الاثنين، 28 يناير 2013

रेडियो बन्द गर्दे आन्दोलनमा mahottari

रेडियो बन्द गर्दे आन्दोलनमा

महोत्तरी समाचारदाता

जलेश्वर, माघ ११ गते । सहकर्मीलाई कुटपिट र तलव नदिएको विरोधमा महोत्तरी जिल्लाको जलेश्वरमा रहेको सामुदायिक रेडियो मिर्चि ८९.६ मेगाहर्जका सबैजना आन्दोलनमा उत्रेका छन् ।

सहकर्मी रबिकुमार झालाई रेडियोका मालिक गीता मिश्रले कुटपिट गरेको र काम गर्ने कर्मचारीहरुलाई तलव नदिएको भन्दै बिहीबारदेखि कामकाज बन्द गरिएको जनाइएको छ ।

रेडियोका स्टेशन म्यानेजर नविनकुमार नवलले तलव माँग गर्न जाँदा सहकर्मीलाई कुटिएको विरोधमा कामकाज ठप्प पारिएको बताउनुभयो । उहाँले कसैको तिन महिनाको त कसैको दुई महिनासम्मको तलव बाँकी रहेपनि माँग्न जाँदा गाली गलौच गर्ने गरेको बताउनुहुदै ‘सहेर  बसेका थियौं, तर एक्कासी नाँनाभातीका आरोप लगाउँदै सहकर्मीलाई कुटेपछि यस्तो गरिएको गुनासो गर्नुभयो ’ ।

सोही एफएममा कार्यरत आरजे दिलिप साह गोरेबाबाले मिहिनेत गरेर काम गर्ने सहकर्मीहरुलाई नै दुःख दिन थालेपछि अब काम नगर्ने निर्णयमा पुगेको बताउदै सबै सहकर्मी बसेर कामकाज नगर्ने निर्णय गरेको बताउनुभयो । उहाँँले समस्या समाधानको लागि अब छिट्टै पत्रकार महासंघ लगायतमा सम्पर्क गर्ने बताउनुभयो ।

यता एफएमकर्मी माथि शोषण भएको थाहापाएपछि बुझन गएका महासंघ महोत्तरी शाखाका केही पत्रकारहरुलाई पनि रेडियो संचालकहरुले गालीगलौच गरेको जनाइएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पार्षद राकेश प्रसाद चौधरीले जानकारी पाएपछि आफु सहितका केही साथीहरु बुझन जाँदा आफुहरु माथि नै गालीगलौच र अभद्र व्यवहार गरिएको बताउनुभयो ।

सामुदायिक रेडियो मिर्चिका प्रस्तोता, समाचारदाता, संयोजकहरुले सातदिन भित्र बाँकी रहेको वक्यौता नदिइए थप आन्दोलन गर्ने निर्णय समेत गरेको छ । सो रेडियोमा कार्यरत स्टेशन म्यानेजर नविनकुमार नवलको ३० हजार, दिलिपकुमार साहको १५ हजार, राजेश चौधरीको २४ हजार, रविकुमार झाको १६ हजार, नविन चौधरीको २० हजार, हैदर अलीको २८ हजार, समाचारसंयोजक महेश दासको १८ हजार रुपैया बक्यौता बाँकी रहेको म्यानेजर नवलले जानकारी दिनुभयो ।

यस सम्बन्धमा रेडियोका संचालिका गीता मिश्रसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

रेडियोकर्मीहरु थप आन्दोलित mahottrai

रेडियोकर्मीहरु थप आन्दोलित

महोत्तरी समाचारदाता

जलेश्वर, माघ १२ गते । महोत्तरी जिल्लाको जलेश्वरस्थित सामुदायिक मिर्ची एफएमका रेडियोकर्मीहरु सहकर्मीलाई भएको कुटपिटको विरोधमा संगठित भई आन्दोलन थालेका छन् ।

रेडियोमा कार्यरत कार्यक्रम सञ्चालक रबिकुमार झालाई रेडियो सञ्चालक गीता मिश्र, उहाँका पतिले घरभित्र थुनेर कुटपिट गरेकोबिरुद्घ रेडियोकर्मीहरु आन्दोलित भएका हुन् । जलेश्वरमा रहेको थप तिनवटा रेडियोका रेडियोकर्मीहरुको बसेको एक भेलाले सुदिपकुमार झाको संयोजकत्वमा एक संघर्ष समिति गठन गर्दे थप आन्दोलन थालेका छन् । बिहीबार कार्यक्रम सञ्चालक झालाई जलेश्वर–५ स्थित रेडियोको कार्यालयमै केही पत्रकारहरुको उपस्थितीमै संचालिका गीता मिश्रका पति भवन मिश्रले कुटपिट गरेका थिए । सहकर्मीको कुटपिट र पारिश्रमिक नपाएको माँग गर्दे रेडियो मिर्चिका रेडियोकर्मीहरुले बिहीबारदेखि नै कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन् ।

सोही क्रममा शुक्रबार बसेको रेडियोकर्मीहरुको बैठकले निर्णयहरु गर्दे प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीलाई सहकर्मीलाई चौविस घण्टाभित्र सार्वजनिक गर्नुपर्ने, पिडकलाई कारवाही गर्नुपर्ने र धम्की पाएका रेडियोकर्मीलाई सुरक्षादिनुपर्ने लगायतका माँग राख्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझदै प्रजिअ बुर्लाकोटीले यो समस्यालाई गम्भीरतापूर्वक लिएको र समस्यालाई चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चार महिनादेखि कसैको पारिश्रमिक नदिएको तथा सहकर्मीलाई कुटपिट गरेको विरुद्धमा आफूहरु आन्दोलनमा उत्रनु परेको रेडियो मिर्ची एफ एमका प्रबन्धक नविनकुमार नवलले जानकारी दिनुभयो ।  रेडियोमा कार्यरत नौजना रेडियोकर्मीले हिजोसाँझ कामकाज ठप्प पार्दै आफ्ना सहकर्मीलाई कुटपिट गर्ने तीनैजनाउपर कार्वाही र आफूहरुको पारिश्रमिक दिलाई दिन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकसँग माग गरिएको जनाएका छन् ।         

यसैबीच नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सचिब नागेन्द्रकुमार कर्ण, प्रेस चौतारी नेपालका जिल्ला सचिब अनु खनाल, नेपाल पे्रस युनियनका जिल्ला अध्यक्ष कमलेश मण्डल र मधेस मिडिया सोसाइटीका सुदीपकुमार झाले छुट्टाछुट्टै बक्तब्य जारी गर्दै घटनाको तत्काल सत्यतथ्य छानबिन गरि कार्वाही अघि बढाउन स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।



विपक्षीहरुको जलेश्वरमा विरोध जुलुस

महोत्तरी समाचारदाता

जलेश्वर, माघ १२ गते । एकिकृत नेकपा माओवादी महोत्तरीले शनिबार जलेश्वरस्थित रंगशालामा गर्ने जिल्ला अधिवेशनको पूर्वसन्धयामा विपक्षीदलहरुले विरोध जुलुस प्रर्दशन गरेको छ ।

एकिकृत नेकपा माओवादीको शनिबार हुने जिल्ला अधिवेशनमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष डा.बाबुराम भट्टराइ, नारायणकाजी श्रेष्ठ प्रकाशको आउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

सो कार्यक्रमको पूर्वसन्धयामा विपक्षीदलहरुको सदरमुकाम जलेश्वरमा प्रर्दशन गरेको हो । दण्डहिनताको अन्त्य गर, कानुनीराज्य स्थापना गर, पत्रकार हत्यारालाई कारवाही गर लगायतका नाराबाजी गर्दे नगरपालिका चौंकबाट शुरु भएको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दे महेन्द्र चोकमा आई कोणसभामा परिणत भएको थियो ।

यसैबिच विपक्षीदलहरुको बसेको बैठकले शनिबार प्रधानमन्त्री लगायतकाहरुलाई कालो झण्डा देखाउने निर्णय गरेको नेपाली काँग्रेस महोत्तरीका जिल्ला सचिव रामशंकर मिश्रले जानकारी दिनुभयो ।

महोत्तरीको कुष्ठ रोगी बढे

(0 Votes)
photo
महोत्तरी , माघ १४ - नेपाललाई तीन वर्षअगि नै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिए पनि तराई क्षेत्रमा अझै यो रोग प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।
साठी औं  विश्व कुष्ठ रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय महोत्तरी तथा लालगढ ल्याप्रोसी असपतालले आइतबार जलेश्वरमा आयोजित कार्यक्रममा तराइमा कुष्ठ रोगीको संख्यमा बृद्धि भएको जनाएकेा हो ।
नेपाललाई २०६६ सालमा कुष्ठ रोग निवारण मुलुक घोषण गरिएको थियो । यसअनुसार प्रति १० हजारमा एक जनाभन्दा पनि कम कुष्ट रोगी पाईनु पर्ने हो । तर पछिल्लो तथ्याङअनुसार महोत्तरीमा २ दशमलव ५ जना यस रोगबाट प्रभवित पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयस्थित क्षय कुष्ठ फाँटका स्वासथ्यकर्मी उमेश यादव तथा रामबाबु यादवका अनुसार महोत्तरीका धिरापुर, रतौली, सिसवाकटैया ,अन्कारलगायत ११ गाविस यसबाट वढी प्रभावित छन् । यीमध्ये उत्तरवर्ती निगौल गाविसमा मात्रै ७ दशमलव १ जना यो रोगले पीडित छन् ।
अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट १ सय ६५ जनाले कुष्ट रोगको निशुल्क औषधी सेवन गरी रहेका छन् । जस्मध्ये सर्ने खाले कुष्ट रोगीको संख्या ८७ रहेको छ ।
साठीऔ विश्व कुष्ट रोग दिवसको अवसरमा 'भेदभावको अन्त्य र प्रभावितको पुर्नस्थापना.कुष्ठरोग मुक्त समाज हामी सवैको चाहना' भन्ने नारासहित जलेश्वरमा चेतनामूलक र्‍यालिको आयोजना गरिएको थियो ।