मोदीको भाषणबाट प्रचण्ड हर्षित, कमल थापा निराश
अशोक सम्राटसँग तुलना गर्दा प्रचण्ड मख्ख
२०७१ साउन १८ गते १८:०७ मा प्रकाशित 333 59 0 १८ साउन,
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नलिइकन उनलाई अशोक सम्राटसँग तुलना गरेका छन् । उता हिन्दुराष्ट्रको वकालत गर्दै आएका कमल थापालाई निराश बनाउने गरी मोदीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्धता जनाएका छन् । ‘अशोक युद्ध छाडेर वुद्धको शरणमा गएका थिए । म तिनलाई बधाइ दिन चाहन्छु, जसले बुलेटको बाटो छाडेर ब्यालेटको बाटो लागेका छन्, युद्धदेखि वुद्धको बाटो लिएका मान्छे यहाँ छन् ।’ मोदीले एमाओवादी नेतालाई अशोक सम्राटसँग तुलना गर्दा व्यवस्थापिका संसदमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड मख्ख परेका थिए । त्यसो त विगतमा प्रचण्ड आफैंले पनि कतिपय अवस्थामा आफूलाई आधुनिक वुद्ध बताउने गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले युद्धको बाटोबाट बुद्धको बाटोमा अनि शस्त्रको बाटोबाट शास्त्रको बाटोमा लागेका नेपाली नेताहरुले संविधान बनाएर सफलता प्राप्त गरे विश्वलाई हतियार छाड्न प्रेरणा मिल्ने मोदीले बताए । आफ्नो संवोधनमा एमाओवादीलाई लक्षित गर्दै मोदीले भने- ‘दुनियाँको नजर तपाईहरुतर्फ छ, किनभने संविधानको माध्यमबाट अघि बढ्ने काम नेपालको सफलताले विश्वलाई समेत शस्त्र छाड्ने प्रेरणा मिल्नेछ ।’
कमल थापा असन्तुष्ट
मोदीको भाषणबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा भने असन्तुष्ट बनेका छन् । मोदीको सम्बोधनपछि संसदबाटै मिडियालाई प्रतिक्रिया दिएका थापाले संघीयता र गणतन्त्रको विषयमा मोदीले बोलेकामा खड्किएको बताए । संसदमा मोदीले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेकोमा एकदमै सही भएको बताएका थिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उत्तम काम हो । नेपालले यो उत्तम बाटो चुन्यो,’ मोदीले संसदमा भने-’ आमी संघीय लोकतान्त्रिक गणतन्त्रको आदर गर्दछौं, प्रतिक्षा यही छ कि जतिसक्दो चाँडो अघि बढियोस् ।’ मधेसी दल सन्तुष्ट
मोदीको भाषणबाट मधेसिवादी दलहरु पनि सन्तुष्ट बनेका छन् । नयाँ संविधान ऋषि मनले बनाइनुपर्ने र हिमालदेखि तराईसम्म सबैको भावना जोड्नुपर्ने मोदीको प्रतिक्रियाबाट मधेसवादी दलहरु सन्तुष्ट बनेका हुन् । ‘संविधान समावेशी हुनुपर्छ । हर नेपाली नागरिक पहाड, तराई सबैकोे होस् । सर्वजन हिताय, सर्वजन सुखाय हुनुपर्छ,’ मोदीले भने-’संविधानले जोड्छ, फुटाउँछ । विवाद समाधान गर्न माध्यम हुन्छ । चाहे पहाड होस्, चाहे तराई होस्, संविधानले जोड्ने र ताकत प्राप्त गर्ने काम गर्छ मेरो पूरा विश्वास छ ।’ भारतले नेपालमा हस्तक्षेप नगर्ने मोदीले बताए । ‘हाम्रो काम तपाईहरुको काममा दख्खल गर्ने होइन, तपाईहरुलाई दिशा दिने, मञ्जिलमा लाने हाम्रो काम होइन,’ मोदीले भने- ‘नेपाल सार्वभौम राष्ट्र हो । हिमालजतिकै उचाइ प्राप्त गरोस्, विश्व गौरवान्वित होस् । यस्तो नेपाल हाम्रो इच्छा हो ।’ भावनात्मक एवं प्रभावी भाषण गरेका मोदीले भने- ‘वुद्धको भूमिमा विचारको कमी हुँदैन, इरादाको कमी हुँदैन र संकल्पको कमी हुँदैन भन्ने मलाई विश्वास छ । भारत र नेपालवी मित्रता रहोस् । अखण्ड नेपाल हिमाल भन्दा पनि उचाइमा उठोस्. ।’ - See more at: http://www.onlinekhabar.com/2014/08/175844/#sthash.rYHFkI24.dpuf

१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नलिइकन उनलाई अशोक
सम्राटसँग तुलना गरेका छन् । उता हिन्दुराष्ट्रको वकालत गर्दै आएका कमल
थापालाई निराश बनाउने गरी मोदीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति
प्रतिवद्धता जनाएका छन् ।
‘अशोक युद्ध छाडेर वुद्धको शरणमा गएका थिए
। म तिनलाई बधाइ दिन चाहन्छु, जसले बुलेटको बाटो छाडेर ब्यालेटको बाटो
लागेका छन्, युद्धदेखि वुद्धको बाटो लिएका मान्छे यहाँ छन् ।’
मोदीले एमाओवादी नेतालाई अशोक सम्राटसँग
तुलना गर्दा व्यवस्थापिका संसदमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड मख्ख
परेका थिए । त्यसो त विगतमा प्रचण्ड आफैंले पनि कतिपय अवस्थामा आफूलाई
आधुनिक वुद्ध बताउने गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले युद्धको
बाटोबाट बुद्धको बाटोमा अनि शस्त्रको बाटोबाट शास्त्रको बाटोमा लागेका
नेपाली नेताहरुले संविधान बनाएर सफलता प्राप्त गरे विश्वलाई हतियार छाड्न
प्रेरणा मिल्ने मोदीले बताए ।
आफ्नो संवोधनमा एमाओवादीलाई लक्षित गर्दै
मोदीले भने- ‘दुनियाँको नजर तपाईहरुतर्फ छ, किनभने संविधानको माध्यमबाट अघि
बढ्ने काम नेपालको सफलताले विश्वलाई समेत शस्त्र छाड्ने प्रेरणा मिल्नेछ
।’
कमल थापा असन्तुष्ट
मोदीको भाषणबाट राप्रपा नेपालका अध्यक्ष
कमल थापा भने असन्तुष्ट बनेका छन् । मोदीको सम्बोधनपछि संसदबाटै मिडियालाई
प्रतिक्रिया दिएका थापाले संघीयता र गणतन्त्रको विषयमा मोदीले बोलेकामा
खड्किएको बताए ।
संसदमा मोदीले नेपाल संघीय गणतन्त्रमा
प्रवेश गरेकोमा एकदमै सही भएको बताएका थिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र
उत्तम काम हो । नेपालले यो उत्तम बाटो चुन्यो,’ मोदीले संसदमा भने-’ आमी
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर गर्दछौं, प्रतिक्षा यही छ कि जतिसक्दो
चाँडो अघि बढियोस् ।’
मधेसी दल सन्तुष्ट
मोदीको भाषणबाट मधेसिवादी दलहरु पनि
सन्तुष्ट बनेका छन् । नयाँ संविधान ऋषि मनले बनाइनुपर्ने र हिमालदेखि
तराईसम्म सबैको भावना जोड्नुपर्ने मोदीको प्रतिक्रियाबाट मधेसवादी दलहरु
सन्तुष्ट बनेका हुन् ।
‘संविधान समावेशी हुनुपर्छ । हर नेपाली
नागरिक पहाड, तराई सबैकोे होस् । सर्वजन हिताय, सर्वजन सुखाय हुनुपर्छ,’
मोदीले भने-’संविधानले जोड्छ, फुटाउँछ । विवाद समाधान गर्न माध्यम हुन्छ ।
चाहे पहाड होस्, चाहे तराई होस्, संविधानले जोड्ने र ताकत प्राप्त गर्ने
काम गर्छ मेरो पूरा विश्वास छ ।’
भारतले नेपालमा हस्तक्षेप नगर्ने मोदीले
बताए । ‘हाम्रो काम तपाईहरुको काममा दख्खल गर्ने होइन, तपाईहरुलाई दिशा
दिने, मञ्जिलमा लाने हाम्रो काम होइन,’ मोदीले भने- ‘नेपाल सार्वभौम
राष्ट्र हो । हिमालजतिकै उचाइ प्राप्त गरोस्, विश्व गौरवान्वित होस् ।
यस्तो नेपाल हाम्रो इच्छा हो ।’
भावनात्मक एवं प्रभावी भाषण गरेका मोदीले
भने- ‘वुद्धको भूमिमा विचारको कमी हुँदैन, इरादाको कमी हुँदैन र संकल्पको
कमी हुँदैन भन्ने मलाई विश्वास छ । भारत र नेपालवी मित्रता रहोस् । अखण्ड
नेपाल हिमाल भन्दा पनि उचाइमा उठोस्. ।’
- See more at: http://www.onlinekhabar.com/2014/08/175844/#sthash.rYHFkI24.dpuf
ليست هناك تعليقات:
إرسال تعليق