الأحد، 26 سبتمبر 2021

शायरी

 


तेरे ख्याल से खुद को छुपा के देखा है,
दिल-ओ-नजर को रुला-रुला के देखा है,
तू नहीं तो कुछ भी नहीं है तेरी कसम,
मैंने कुछ पल तुझे भुला के देखा है।

الثلاثاء، 31 أغسطس 2021

कृष्णावतार नाटक सुगा महोत्तरी

कृष्णावतार नाटक सुगा महोत्तरी

 

Description : 

भगवान विष्णु र माता लक्ष्मीको कृपा पाउनको लागि श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । भगवान कृष्ण नै भगवान विष्णुको अवतार हुन् । यसको अलावा भगवान कृष्णको ध्यान, व्रत र पूजा गर्दा भक्तलाई विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । भगवान कृष्णको दाजू बलरामजी को पालन पोषण पनि नन्दबाबाको घरमा भएको थियो । वासुदेव जी को एक पत्नी थिइन रोहिणी जसको पुत्र बलराम जी महाराज थिए । कंशले देवकीलाई वासुदेवको साथ जेलमा राखे भने रोहिणीलाई नन्द बाबासँग पठाइदिए । वैष्णव पन्थलाई मान्ने हिन्दु धर्मका उपासकले भगवान कृष्णलाई आफ्नो आराध्य मान्ने गर्दछन् । आराध्य लाई सम्झनको लागि उनको जन्मोत्सव मनाउने गर्दछन् ।

जन्माष्टमीमा के चढाउने ?

त्व देवां वस्तु गोविंद तुभ्यमेव समर्पयेति !! यो मन्त्रको साथमा भगवान कृष्णलाई भोग लगाउनु पर्दछ । भोगको लागि मखन, मिश्री, दूध, धीउ, दही र मेवा महत्वपूर्ण मानिन्छ । पूजामा पाँच फल पनि चढाउन सक्नुहुन्छ ।

पूजा विधि

जन्माष्टमीको दिन व्रतालू विहान स्नान गरेर ब्रम्हा आदि पञ्च देवतालाई नमस्कार गरेर पूर्वा या उत्तर मुख भएर आसन ग्रहण गर्नुहोस् । हातमा जल, पुष्प लिएर व्रतको संकल्प यो मन्त्र उच्चारण गर्दै गर्नुहोस् ।

“मम अखिल पाप्रशमनपूर्वक सर्वाभीष्ट सिद्धये श्री कृष्ण जन्माष्टमी व्रत करिष्ये ।”

यसपछि बालक रुप श्रीकृष्णको पूजा गर्नुहोस् । मुहूर्तमा श्रीकृष्णलाई श्रृंगार गरेर विधिवत पूजा गर्नु पर्दछ । बाल गोपाललाई कोक्रोमा हल्लाउनुहोस् । प्रातः पूजनपछि दिउसो राहु, केतु, क्रूर ग्रहको शान्तिको लागि कालो तिल मिश्रित जलले स्नान गर्नुहोस् । यसले तिनको कुप्रभाव कम हुने गर्दछ ।

यो मन्त्र जप गर्नुहोस् 

विहान श्रीकृष्णलाइ पुष्प अर्पित गर्दै- ‘धर्माय धर्मपतये धर्मेश्वराय धर्मसम्भवाय श्री गोविन्दाय नमो नम:।' मन्त्र जप्नुहाेस्र । त्यसपछि चन्द्रमा उदाएपछि-  ‘ज्योत्सनापते नमस्तुभ्यं नमस्ते ज्योतिषामपते:! नमस्ते रोहिणिकांतं अघ्र्यं मे प्रतिग्रह्यताम!' मन्त्र जप्नुहाेस् । राति कृष्णा जन्मपूर्व- ‘ऊं क्रीं कृष्णाय नम:' मन्त्र जप गर्नुहाेस् ।