भारतको पुनाको एक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको थियो । मुख्य द्वारमा एक स्वयंसेवक बसेको थियो । उसलाई निमन्त्रणापत्र हेरेर आउने अतिथिलाई यथास्थानमा बसाउने जिम्मेवारी दिइएको थियो । त्यस कार्यक्रमका प्रमुख अतिथि थिए, मुख्य न्यायाधीश महादेव गोविन्द रानडे । जब रानडे विद्यालयको द्वारमा पुगे, स्वयंसेवकले शालीनतापूर्वक उनलाई रोक्यो र निमन्त्रणापत्र माग्यो ।
'बाबु, मसँग त निमन्त्रणापत्र छैन,' रानडेले भने ।
'त्यसो भए माफ गर्नुस्, तपाईं भित्र जान सक्नुहुन्न,' स्वयंसेवकले नम्रतापूर्वक उनलाई रोक्यो ।
ढोकामा प्रमुख अतिथिलाई देखेर स्वागत समितिका केही सदस्य त्यहाँ आए र उनलाई मञ्चतिर लैजाने प्रयास गरे । तर, स्वयंसेवकले उनीहरूलाई रोक्दै भने, 'श्रीमान्, मेरो कार्यमा यदि स्वागत समितिका सदस्यले नै भाँजो हाल्न थाल्नुभयो भने मैले आफ्नो कर्तव्य कसरी निभाउन सकुँला ? चाहे जति नै ठूलो अतिथि किन नहून्, तिनको साथमा निमन्त्रणापत्र हुनु अनिवार्य छ । भेदभावको नीति मेरा लागि अस्वीकार्य छ ।'
ती स्वयंसेवक पछि गोपालकृष्ण गोखलेको नामले प्रसिद्ध भए, जसको नाम भारतमा अत्यन्त श्रद्धाका साथ लिइन्छ ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق