महोत्तरी समाचारदाता
जलेश्वर, चैत ११ गते । महोत्तरी जिल्लाको बलवा स्थित खोलामा एक महिलाको हत्या गरिएको एक वेवारिशे शव फेला गरिएको छ ।
नाम,थर, वतन खुल्न नसकेको करिब ३०–३५ वर्ष की महिलाको सो शव सडे गलेको अवस्थामा वलवा स्थित अंकुशी खोलामा फेला परेको हो ।
शव सम्बन्धमा आवश्यक अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक रामेश्वर राय यादवले जानकारी दिनुभयो । उहाँले शवलाई अहिले आवश्यक अनुसन्धान र पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जानकारी दिनुभयो । प्रहरीले हत्या गरि सो शव फालेको हुन सक्ने जनाएको छ ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق