महात्मा गान्धीकहां एउटा गणितज्ञ गयो । गान्धीले भन्दा राम्रो चर्खा चलाउन थाल्यो । चर्खा राम्रो घुमाउने घिर्नी राम्रो र कपास राम्रो तैपनि वारम्वार धागो चुँडिइरहन्छ । कारण उसले बुझ्न सकेन । गान्धीसंग समस्या राख्यो । गान्धीले भने - धागो कात्ने बेलामा तिम्रो मन यताउता जान्छ होला र हात अनिश्चित हुँदा झड्का खाएर धागो चुडिन्छ होला । म त मन कहीं पनि लैजान्न । वस् धागो मात्र कात्छु । तिमी धागो कात्न बसेर मनमनै बजार जान्छौ होला । पत्नीसँग वात गर्र्छौं होला । जव धागो कात्न बस्छौ केवल धागो मात्र कात, धागो चुँडिन्न । गणितज्ञ शिष्यले त्यसै गर्यो, धागो चुंडिएन ।
हाम्रा प्रधानमन्त्रीहरु पनि लामो समय नटिक्ने र कतिखेर प्रधानमन्त्रीको पद चुँडिन्छ भनेर डर पैदा हुने कारण पनि यही हो । प्रधानमन्त्री भएपछि केवल प्रधानमन्त्री हुने र चानुमानु बस्ने गर्नुपर्छ । हाम्रा प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुन पाँछैन, यो गर्छु त्यो गर्छु भन्न थाल्छन् । गरीवी निवारण, भ्रष्टाचार निवारण गर्छु भन्छन् । यति किलो मिटर बाटो बनाउँछु, यति मेगावाट बिजुली निकाल्छु, यति विद्यालय खोल्छु यति उद्योग स्थापना गर्छु त्या । अनि ध्यान अन्तै जान्छ । प्रधानमन्त्री पद स्वात्त चुँडिन्छ । अनि भएन सबैकुरा ठण्डा - त्यसैले वर्तमान र भावी प्रधानमन्त्री चूप लागेर प्रधानमन्त्री खाउन् । समस्यै हुँदैन ।
– पं. बाबुराम भट्टरार्इ
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق