الأربعاء، 11 يونيو 2014

यी हुन् अग्रणी दस जातिहरु


यी हुन् अग्रणी दस जातिहरु

  • 1277
     
    107
     
    0
     
    1385
     
  • Get News Alerts

नेपालको नम्बर एक जाति कायस्थ, नम्बर दुई बाहुन
सामाजिक, आर्थिक अवस्था तथा अवसरका हिसाबले मूलतः मधेसमा बसोबास गर्दै आएका कायस्थहरु नेपालको सबैभन्दा अग्रणी जातका रुपमा देखिएका छन्।
त्रिविवि समाज/मानवशास्त्र विभागले साढे २ वर्ष लगाएर गरेको विस्तृत अध्ययनले नेपालका ९७ जातजातिमध्ये कायस्थ(कर्ण, लाल, मल्लिक, निधि, श्रीवास्तव) एक नम्बरमा रहेको देखाएको हो।
दोस्रो र तेस्रो नम्बरमा क्रमशः पहाडे बाहुन र थकाली छन्।
दस अग्रस्थानमा रहेका जातजातिमा बाहुन/क्षेत्री समुदायबाट ४ जाति (पहाडे बाहुन, क्षेत्री, ठकुरी र सन्न्यासी) छन्। यस्तै चार जातजाति मधेसी समुदायबाट (कायस्थ, राजपुत, तराई ब्राम्हण र मारवाडी) छन्। अन्य दुईमा जनजातिबाट नेवार र थकाली छन्।
अन्तिम १० स्थानमा रहेका जातजातिमा मूलतः तराई र पहाडमा बस्ने दलितहरु छन् (हेर्नुहोस् तालिकामा)। 
तथ्याङ्क विभागले गरेको जनगणना २०६८ ले १२५ जातजातिलाई समेटेको भए पनि पूर्ण तथ्याङ्कको अभावमा त्रिविवि अध्ययनले ९७ जातजातिलाई मात्र समेटेको छ।
यी जातजातिको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, लैंगिक अवस्था सूचित गर्ने ३९ महत्वपूर्ण सूचाङ्कहरु समेटेर त्रिविविले नेपाल बहुआयामिक सामाजिक समावेशी सूचाङ्क तयार पारेको छ।
समावेशी एजेन्डामा अहिलेसम्म भएकामध्ये सबैभन्दा विस्तृत अध्ययन हो यो। यसले नेपाली समाजमा आर्थिक, सामाजिक, राजनीति समावेशीको बहस तथ्यपरक बनाउन ठूलो मद्दत गर्नेछ।
यो अध्ययनले नेपाली समाजमा रहेक कुन-कुन जातजातिलाई कहाँ-कहाँ राज्यको सहयोग चाहिन्छ र कसलाई चाहिन्न भन्ने प्रस्ट तस्बिर देखाउँछ।
सेतोपाटीसँग कुरा गर्दै यो अध्ययनका संयोजक प्राध्यापक ओम गुरुङले भने, 'नेपाली समाजमा समावेशीको बहस जोडतोडले चलिरहेको छ। राजनीतिज्ञ, दातृ निकाय, मिडिया, प्राज्ञिक क्षेत्र सबैका लागि यो विषय हटकेकजस्तै हो। तर अहिलेसम्म हामीसँग शोधमा आधारित तथ्य र बुझाइ थिएन।'
प्राध्यापक गुरुङले भने, 'यो अध्ययनले हाम्रो बहसको त्यो कमजोर पाटोलाई अब पूरा गर्नेछ। हामीसँग अब तथ्य छन्। समावेशी सम्बन्धी हाम्रो बहस अब तथ्यमा आधारित हुनेछ।'

ليست هناك تعليقات:

إرسال تعليق