काँग्रेस महोत्तरीमा आधादर्जन सभापतिका प्रत्यासी
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १८ गते । नेपाली काँग्रेसको १३ औं महाधिवेशनको क्रममा महोत्तरी जिल्लामा सभापति पदको लागि आधा दर्जनले उम्मेदवारी दिने हल्ला चलेको छ । तर कुनै पनि प्रत्यासीहरु अहिलेसम्म खुलेर आएका छैनन् ।
जिल्लामा सभापति पदका लागि वर्तमान सभापति महेन्द्रकुमार रायसहित बजरंग नेपाली, नागेश्वर यादव, विनोद यादव, ललन राय, मनु अधिकारी लगायतका नाम चर्चामा रहेका छन् । तर कुनै पनि प्रत्यासीहरुले अहिलेसम्म आफु सभापति पदको प्रत्यासी रहेको भन्दै खुलेर आउनुभएको छैन् ।
सभापति पदको प्रत्यासी एक जना नेताले नाम नलेखिदिन भन्दै वर्तमान सभापति महेन्द्रकुमार रायको स्वेच्छाजारी व्यवहार, बैठक नगर्ने परिपाटी लगायतका कारणले उनलाई नलडन आफुहरुले भन्दै आएको बताउनुहुदै आफुहरुको उम्मेदवारी त्यही सेरोफेरोमा रहेको वताउनुभयो । खुलेरै आफु प्रत्यासी भएको भन्न सकिन्छ नि ? भन्ने प्रश्नमा उहाँले क्षेत्रिय महाधिवेशनबाट चुनेर आउने महाधिवेशन प्रतिनिधिले मात्रै सभापति पदमा लडन सक्ने भएकोले अहिले खुलेर नआएको वताउनुभयो ।
नेपाली काँग्रेसको क्षेत्रिय महाधिवेशन माघ २३ गते हुने छ । काँग्रेसका युवा नेता तथा जलेश्वर नगरपालिकाबाट डेलिगेट भएर आउनुभएका प्रवेन्द्र पाठकले अहिले नै प्रत्यासीहरु खुलेर आएभने क्षेत्रिय महाधिवेशनमा गुटबन्दी गरी प्रत्यासीलाई महाधिवेशन प्रतिनिधी पनि बन्न नदिने चलखेल हुने डरले प्रत्यासीहरु बाहिर नआएको जानकारी दिनुभयो ।
उहाँले केन्द्रमा झैं जिल्लामा पनि दुईखेमामा पार्टी विभक्त रहेको बताउनुहुदै क्षेत्रिय अधिवेशन पछि सबैपदका प्रत्यासीहरु सार्वजनिक हुने वताउनुभयो ।
यसैबीच, गाउँ विकास समिति र नगरपालिकाको वडाहरुको निर्वाचन पश्चात कतिपय गाउँहरुमा यसमा विवाद देखिएको छ ।
कुनै पनि गाउँ तथा नगरमा खुलेरै महाधिवेशन नहुँदा कतिपयले आफुखुशी पदाधिकारी चयन गरेको भन्दै असन्तुष्टी जनाउँदै अधिवेशन रोक्न माँग गरेको छ ।
यही क्रममा जिल्लाको सुगाभवानीपट्टीका काँग्रेसी नेता सुरेन्द्र पाण्डेयले एक विज्ञप्ति जारी गर्नुहुदै गाउँ इकाई सििमतको महाधिवेशन केही व्यक्तिले आफुखुशी केही भाई,भारदारहरुलाई राखेर गरेकोप्रति असन्तुष्टि जनाउनुुहुदै अधिवेशन रोकी पुनः हुनुपर्ने माँग गर्नुभएको छ ।
उहाँले बाहिरी क्रियाशील सदस्यहरुको जाली सहिछाप गराई गाउँमा पदाधिकारी छनौट गरिएको जानकारी दिनुहुदै पार्टीलाई समेत यो जानकारी गराईसकिएको बताउनुभयो ।
संयुक्त मधेशी मोर्चाले महाधिवेशन विथोल्ने निर्णय गरेको कारणले जिल्लाको हरेक गाउँमा लुकेर महाधिवेशन गरिएको छ । क्षेत्रिय अधिवेशन तथा जिल्ला अधिवेशन कहाँ हुने भन्ने बारेमा अहिले सबैको चासोको विषय बनेको छ । यद्यपी नेपाली काँग्रेस महोत्तरीले बर्दिबासमा सम्पर्क कार्यालय स्थापना गरिसकेकोले पनि जिल्ला अधिवेशन बर्दिबासमा हुनसक्ने अड्कल काटिएको छ ।

ليست هناك تعليقات:
إرسال تعليق