الجمعة، 29 يوليو 2016

सहज छैन वैदेशिक रोजगार


रंजन भण्डारी, जलेश्वर, १४ साउन । वैदेशिक रोजगारी अधिकांश नेपालीको सपना हो । विदेशमा गएर मनग्य आम्दानी गरी आफ्नो र आफ्नो परिवारको पुर्ण भरण पोषण गर्ने तथा सुनिश्चित भविष्य निर्माणको कामना गरी विदेशिनेको संख्या दिनानुदिन वढ्दै छ । यहि सपना वोकेर खाडी मुलुक साउदी पुगेका महोत्तरी जिल्ला कै सिस्वा कटैया गाविस वार्ड नं. ८ सहसरामका राम तलेवर साह । आज भन्दा करिव एक वर्ष छ महिना अगाडी १५०० रियाल तलव पाउने एजेन्टको भनाईमा विश्वास गरि उनी त्यहाँ पुगे तर यहाँ एजेन्टले भनेको काम नपाएको र तलव समेत सवै मिलाई जम्मा १ हजार रियाल दिएकोमा उनी ५ महिना काम गरि कमाएको पैसाले नै टिकट बोकि घर फर्के । 

एजेन्टले गाउँ मै ८० हजार लिईदिएर म्यान पावर कम्पनीमा नबुझाई भागेको, साउदी जान पुनः म्यानपावर कम्पनीलाई ६० हजार बुझाउनु परेको पिडासँगै साउदीमै पाएको पिडाले थप मर्माहत भएका उनी फर्केर वैदेशिक रोजगारमा जानेहरुलाई परामर्श दिँदै आएको संस्था सामी परियोजनाको जिल्ला विकास समिति महोत्तरी अन्तर्गतको सुरक्षित आप्रवासन तथा सुचना केन्द्र पुगे । त्यही पाएको सल्लाह र सहयोगले पिपुल्स फोरममा निवेदन हाली पुनः शुन्य लागतमा साउदी नै पुगे । तर, जसले जे जति साथ दिएपनि भाग्यमा लेखेको कसैले मेट्न सक्दैन उनी फेरी त्यस्तै दलदलमा फसे र ३ महिनामै फर्के । तर साथीले देखाई दिएको वाटो अवलम्वन गरि उनी ४० हजार क्षतिपुर्ती पाएर पुन अहिले गाउँमै सानो औषधी पसल खोलेर वसेका छन् । उनी भन्छन्, आज साथी नभईदिएको भए सायद म बवार्द नै हुने थिए । तर, साथी कै कारण टुटि सकेको हौसला पुनः फर्केको छ र अव गाँउ मै काम गर्ने भनी अठोट लिएको छु । 
यीनि एउटा पात्र मात्र हुन । वैदेशिक रोजगारमा जाने सबभन्दा वढी मानिसको जिल्लाहरुमा महोत्तरी दोस्रो नम्बरमा पर्छ । गत आर्थिक वर्षमा मात्रै यस केन्द्रमा परेको ६६ उजुरी मध्ये ३४ समाधान भैसकेको र २४ प्रकृयामा रहेको परियोजना संयोजक कमलेश सिंह वताउँछन् । केन्द्रमा उजुरी परेका विषयहरुमा स्वदेश तथा विदेशमा ठगी, विदेशमा मृत्यु, विदेशमा विरामी पर्दा कम्पनीले उपचार नगराई दिएको, मेडिकल फेल भएर आएकाहरु रहेकोमा केन्द्रले सो विषयमा पहल गरि विदेशमा उनीहरुलाई न्याय दिलाउन भने सफल भएको परियोजना संयोजक सिंह बताउँछन् ।
- See more at: http://www.madheshvani.com/details/13046/news#sthash.Uqjms5kb.dpuf

ليست هناك تعليقات:

إرسال تعليق