स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الأربعاء، 31 أغسطس 2022
सुक्खा बन्दरगाह निर्माणको आग्रह
सुक्खा बन्दरगाह निर्माणको आग्रह: महोत्तरी जिल्लाको मुख्य सीमा नाकाका रूपमा रहेको जलेश्वर नगरपालिकाको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिवलाई आग्रह गरिएको छ। जलेश्वर नगरपालिकाका नगरप्रमुखसहितको टोली अर्थ मन्त्रालयमा पुगेर यसै नगरपालिकाका निवासी रहनुभएका अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने समावेश गरेपछि सो सम्बन्धमा काम अगाडि बढाउन आपूmहरू अर्थ मन्त्रालयमा गएर अर्थसचिवलाई आग्रह गरेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो।
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق