वेपत्ता छोरालार्इ खोजिदिन आग्रह महोत्तरी समाचारदाता जलेश्वर, जेठ २२ गते । करिब एक महिना हुन लाग्दा पनि छोराको अत्तोपत्तो नभएको भन्दै महोत्तरीका एक परिवार चिन्तित बनेको छ । त्यही चिन्ताबीच छोरालार्इ खोजबिन गरिदिन परिवारजनले पत्रकारहरुलार्इ गुहारेका छन्‍ । धनुष्ाा जिल्लाको भुतही पटेर्वा गाउँ विकास समिति(७ घर भइ हाल महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानंं. ५ मा बस्दै आएका वर्ष्ा २६ का अजितकुमार लाल कर्ण्ालार्इ सुरक्ष्ााकर्मीले वेपत्ता पारेको भन्दै उनका परिवारजनले उनको खोजविन गरिदिन पत्रकारहरुलार्इ गुहारेका हुन्‍ । कर्ण्ाकी आमा सुभद्रा देवीले आर्इतबार जलेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गरी वैशाख २४ गते जलेश्वरस्थित घरबाट सुरक्ष्ााकर्मीले आफ्नो छोरालार्इ पत्रmाउ गरेर लगेको तर अहिले सम्म भेटधाट गर्न नदिर्इ वेपत्ता पारेको बताइन । जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय भन्दा ५० मिटरको दुरीमा पूर्व र दक्ष्ािण्ा तफ रहेको घरमा बिरामी भइ बसेका अजितलार्इ ६/७ जनाको समूहमा गएको प्रहरीले विना पत्रmाउपूँजी नै र कसैलार्इ थाहा नै नदिर्इ पत्रmाउ गरेको उनकी आमाको आरोप छ । तिन छोरा मध्ये माहिलो छोरा अजितलार्इ पत्रmाउ गरेर वेपत्ता पारेको बताउदै पत्रकार सम्मेलनमा उनले भक्कानिदै छोरालार्इ पत्ता लगार्इ उनको जीवनरक्ष्ाा गरिदिन आग्रह गरिन्‍ । जनकपुर स्थित रामानन्द चोकमा मिथिला राज्यको माँग राख्दै भएको धर्नामा वैशाख ८ गते भएको वम विष्फोटन पश्चात अनुसन्धानमा खटिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजको टोलीले जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरी अजितलार्इ घरबाटै पत्रmाउ गरेको थियो । उनलार्इ पत्रmाउ गरेको खबर विशेष्ा सुत्रहरुलार्इ हवाला दिदै विभिन्न पत्रपत्रिकाहरुले प्रसारण्ा गरेको थियो । उनकी आमा सुभद्राले अजितलार्इ पत्रmाउ गरेको समाचारहरु आए पनि अहिले आफ्नो छोरालार्इ वेपत्ता पारिएको उनले आरोप लगाइन । उनले २४ गते वैशाखमा घरमा सुरक्ष्ााकर्मीले करिब ३ घण्टा सम्म छापामारी गरेपनि केही वरामद गर्न नसकि अजितलार्इ लिएर गएका थिए तर वैशाख २७ गते घरमा छापामारी गरी विष्फोटक सामग्री वरामद भएको भन्नु गलत भएको प्रतित्रिmया दिनुहुदै उहाँले त्यसत्रmममा छिमेकीहरुसंग पनि भुmठा मुचुल्का उठाइएको बताइन । उनले भनिन्‍, '२७ गते म घरमै थिए, त्यो बेला घरमा केही पनि थिएन तर एक्कासी दिउँसो घरबाट माइत धवौली निस्केपछि प्रहरीले नाटकीय शैलीमा छापामारी विष्फोटक सामग्री बरामद गरेको भन्नु फसाउने सिवाय केही होइन' । यसको प्रमाण्ा मेरो छिमेकी जलेश्वर बस स्टैण्डमा पसल संचालन गदर्े आएकी सीतादेवी सहित अन्य छिमेकीहरु समेत रहेको उहाँको भनार्इ थियो । राष्टि्रय प्राथमिक विद्यालय सुरयाहीमा शिक्ष्ािका भइ कार्यरत रहँदै आएकी सुभद्राले छोराको स्थिती पत्ता लगाउन सर्वोच्च अदालतमा बन्दीप्रत्यक्ष्ाीकरण्ाको रिट दायर गरिएको तर सुरक्ष्ाानिकायले आपुmहरुले अजितलार्इ पत्रmाउ नगरेको प्रतिउत्तर अदालतमा दिएको बताइन । कान्छो छोरा संजितकुमार कर्ण्ाले सर्वोच्च अदालतमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंज, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रहरी कार्यालय महोत्तरीलार्इ विपक्ष्ाी बनाउदै बन्दीप्रत्यक्ष्ाीकरण्ाको आदेश जारी गरी पाउँ दिनुभएको बन्दीप्रत्यक्ष्ाीकरण्ा रिटमा सर्वोच्च अदालतका न्यायधीश कल्याण्ा श्रेष्ठको एकल इजलासले जेठ ५ गते निवेदकको माँग वमोजिम बन्दी प्रत्यक्ष्ाीकरण्ाको आदेश जारी गरी बन्दीलार्इ किन मुत्तm गनर्ु नपनर्े हो ? बन्दीलार्इ मुत्तm गनर्ु नपनर्े भए सो को आधार र कारण्ा सहित यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवत्तmाको कार्यालय माफत बन्दी सहित लिखित जवाफ पठाउन विपक्ष्ाीहरुको नाउँमा आदेश जारी गरेका थिए । आदेश जारी पश्चात केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजमा कार्यरत प्रहरी नायव उपरिक्ष्ाक भुपेन्द्र बहादुर खत्री, प्रहरी प्रधान कार्यालय नक्सालको तफबाट प्रहरी उपरिक्ष्ाक गीता उप्रेतीले जेठ १२ गते र जिल्ला प्रहरी कार्यालय महोत्तरीको तफबाट प्रहरी उपरिक्ष्ाक सुरज के.सी.ले जेठ ११ गते आपुmहरुले अजितकुमार कर्ण्ालार्इ पत्रmाउ नगरेको प्रतिउत्तर दिएका थिए । प्रहरीले जनकपुर घटनाको अनुसन्धानको त्रmममा अजितको दाजु जितेन्द्र लाल कर्ण्ाको संलग्नता रहेकोले घरमा छापामारी गरी विष्फोटक सामग्रीहरु पत्रmाउ गरेको तर अजितलार्इ न समातेको प्रतिउत्तरमा उल्लेख गरेको छ । तर वेपत्ता पारिएका अजितकी आमा सुभद्राले छोरालार्इ प्रहरीले नै पत्रmाउ गरेर लगेको दावी गरिन्‍ । उनले जिल्लाका घुमुवा प्रहरीहरुको त्यसमा समेत संलग्नता रहेको बताउदै वैशाख २५ गते पत्रmाउ परेका छोरालार्इ लिएर प्रहरीले जलेश्वर नगरपालिका १३ धवौलीस्थित माइतघरमा समेत पुगेको बताइन । तर त्यसपछिका दिनमा न आपुmहरुलार्इ भेट गर्न दिएको छ न त छोरालार्इ सार्वजनिक नै गरेको छ बताइन । उनले रुदै जलेश्वरस्थित घरमा प्रहरीले सिलबन्दी गरेको कारण्ा अहिले आपुm भौतारिन वाध्य भएको बताउदै छोरालार्इ सार्वजनिक गराइदिन र उनको जीवनरक्ष्ााको अपिल गरिदिन सम्बन्धित सबैपक्ष्ालार्इ गुहारेकी छिन्‍ । सो पत्रकार सम्मेलनमा प्रत्यक्ष्ादर्शीहरु सुनिता भmा, गम्भीरा चौधरी, सीतादेवी ठाकुरले घटनामा प्रहरीकै संलग्नता रहेको बताउदै प्रहरीले जवरजस्ती मुचुल्कामा सहीछाप गरेको आरोप लगाइन । उनीहरुले तिन दिन सम्म घरमा जाँदा केही पनि फेला नपनर्ु तर एक्कासी चौथो दिनमा गएर विष्फोटक सामग्री पत्रmाउ परेको भनेर मुचुल्का उठाउनु गलत भएको प्रतित्रिmया उनीहरुको रहेको थियो ।

http://www.ekantipur.com/nep/2069/2/22/full-story/348926.html Manchala Jha

http://www.ekantipur.com/nep/2069/2/22/full-story/348926.html