महोत्तरी समाचारदाता
जलेश्वर, साउन २७ गते । ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आज सदरमुकाम जलेश्वरको विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय जलेश्वरका प्रमुख तथा सहायक प्रहरी निरिक्षक रामकुमार यादवले जलेश्वर, मटिहानी, भिठामोड, बखरी, सरपल्लोसहितका विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम पालना गर्ने र गराउने सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।
सो रुटमा सवारी चलाउने ५० भन्दा बढी सवारी चालकहरुको उपस्थिती रहेको सो प्रशिक्षण कार्यक्रममा चालकहरुलाई दुर्घटना न्यूनीकरण गर्ने उपायहरुका साथसाथै सवारी चलाउँदा कागजपत्र बोक्ने, सवारी ओभर स्पिडमा नचलाउने, मादकपदार्थ सेवन गरी सवारी साधन नचलाउने, अन्टेष्ट गाडीहरु नचलाउने जस्ता विषयहरुमा प्रशिक्षण दिइएको ट्राफिक कार्यालय जलेश्वरका प्रमुख यादवले जानकारी दिनुभयो ।
सो अवसरमा चालकहरुले पनि विभिन्न जिज्ञासाहरु चाख मानेर सोधेको तथा ट्राफिक इन्चार्ज यादवले पनि ति प्रश्नहरुको जवाफ दिनुभएको थियो ।