थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान

थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान
महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख २३ गते । साईकल मधेश आन्दोलनको क्रममा शहादत दिनुभएका शहिद परिवारहरुको स्थिती वुझन साइकल यात्रामा निस्कनुभएका तराई मानवअधिकार रक्षक सञ्जाल थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिवेन्द्रकुमार दासलाई बिहीबार महोत्तरीमा स्वागत सहित सम्मान गरिएको छ ।

पूर्वाञ्चलको विराटनगरबाट दुईहप्ता पहिला यात्रा शुरु गर्नुभएका साईकल यात्री दास ७ जिल्लाको यात्रापछि महोत्तरी आईपुग्नुभएको हो । सो क्रममा उहाँले सप्तरी, सिरहा, धनुषा र महोत्तरीका १७ जना शहिद परिवारसंग भेटधाट गरी जलेश्वर आईपुग्नुभएको हो ।

जलेश्वरमा शान्ति र विकासको लागि युवा सञ्जाल र युवा सुचना केन्द्र महोत्तरीले संयुक्त रुपमा दोसल्ला, माला र अबिर लगाई साईकल यात्री दासलाई सम्मान गरेको हो । युवा सञ्जालका सूचना प्रमुख सत्येन्द्र यादवले एक कार्यक्रम गरी उहाँलाई सम्मान गर्नुभएको हो । त्यसैगरी थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्णलाई पनि सोही कार्यक्रममा मधेश आन्दोलनमा थर्ड एलायन्सले पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
सम्मान समारोहमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष दशरथ भण्डारीले मधेश आन्दोलनमा सुरक्षाकर्मीले मानवअधिकारको घोर उल्लंघन गरेको बताउनुहुदै पिडित परिवारको घाउमा मलम लगाउन हिडनु भएका साईकल यात्री दासको कार्यको उच्च प्रशंसा गर्नुभयो । उहाँले मधेश आन्दोलनका शहिद परिवारलाई सबैतर्फबाट उपेक्षा भइरहेको समयमा थर्ड एलायन्सका प्रतिनिधिहरु तथा मानवअधिकार दासले साईकल यात्रा गरी घर घर पुगेर पिडित परिवारसंग भेटधाट गर्नु राम्रो रहेको बताउनुभयो ।

युवा सञ्जालका सूचना अधिकृत सत्येन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा साईकल यात्री शिवेन्द्रकुमार दास, नैन्हीका गाविस सचिव राजेशकुमार शर्मा, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्ण,  उहाँसंगै थर्ड एलायन्स महोत्तरीका प्रतिनिधि नागेन्द्रकुमार कर्णले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

यो भन्दा अगाडी जलेश्वरनाथ महादेव परिसरमै पुगेर नागरिक समाजका राकेशप्रसाद चौधरीसहित मोर्चासम्बद्ध युवाहरुले साईकल यात्री दासलाई स्वागतसहित सम्मान गरेका थिए ।