Friday, August 22, 2025

भोला तिवारीसहितका व्यक्तिहरु एमालेमा प्रवेश

धिरेन्द्र राय

महोत्तरी, भदौ ६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगाका पूर्व अध्यक्ष भोला तिवारीसहितका व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका छन् ।


सुगामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवले भोला तिवारीसहितका व्यक्तिहरुलाई माला र अबिवर लगाउँदै एमालेमा प्रवेश गराउनुभएको हो ।


भोला तिवारी सुगा गाउँ विकास समितिको रुपमा छँदा स्वतन्त्र उम्मेदबारबाट अध्यक्षको रुपमा विजयी हुनुभएको थियो । 

मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एमालेका नेता रामआधार कापर, एमालेका जिल्ला अध्यक्ष बलिराम यादव, जिल्ला सचिव शम्भु ठाकुर, वडाध्यक्ष हरिचन्द्र महतोलगायतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता एमालेका वडासमिति अध्यक्ष रामवृक्ष महतोले गर्नुभएको थियो । 





No comments:

Post a Comment