रथयात्रा जलेश्वरमा, प्रधानमन्त्रीको कार्यक्रम स्थगित

रथयात्रा जलेश्वरमा
महोत्तरी समाचारदाता
जलेश्वर, पुस २ गते । सनातन हिन्दु राष्ट्र घोषणाको माँग गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार जनकपुरबाट शुरु गरेको रथयात्रा महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेको छ । सो रथयात्राको विश्राम सोमबार जलेश्वरमा हुने छ ।
धर्म निरपेक्षताको विरोध गर्दे हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माँगसहित जनकपुरको बारहविग्हा मैदानमा कालीबाबाले उदघाटन गर्नुभएको सो रथयात्रा जनकपुरबाट महोत्तरीको विभिन्न ठाउँ हुँदै सोमबार साँझ जलेश्वर आइपुगेको हो । रथयात्रामा पाँच दर्जन भन्दा बढी रथ सहित गाडीहरु रहेका छन् ।
रथयात्राको क्रममा महोत्तरी जिल्लाको पिपरा र सदरमुकाम जलेश्वरमा स्थानीयहरुलाई सम्बोधन गर्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबैधर्मका बिचमा सदभाव र एकता कायम गर्ने र नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उद्देश्यका साथ रथयात्रा शुरु गरिएको जानकारी दिनुभयो । उहाँले यो रथयात्रा जनकपुर–लुम्बिनी–विन्धवासिनी हुँदै पुस ११ गतेको दिनको काठमाण्डौंको पशुपतिनाथ पुगी समापन हुने जानकारी दिनुभयो । अध्यक्ष थापाले २०६३ को आन्दोलन पश्चात देशमा कथाकथितहरुले धर्मनिरपेक्षता लादी हरेक धर्मावल्म्वीलाई धर्मप्रति वितृष्णा बढाएको आरोप लगाउनुभयो । उहाँले यसकै कारण देशमा सदियौंदेखि रहेको सामाजिक सदभाव र एकता समेत खल्बलिएको बताउनुहुँदै हिन्दु राष्ट्र घोषणा नगरिए मेची देखि महाकाली सम्मका जनतालाई सडकमा ओराली आन्दोलन थाल्ने चेतावनी समेत दिनुभयो । उहाँले हिन्दु राष्ट्र घोषणा गर्ने काममा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
त्यसैगरी सोही रथयात्राको क्रममा सम्बोधन गर्नुहुदै राप्रपा नेपालका सहमहामन्त्री प्रहलाद साहले हरेक धर्मको अस्तित्वलाई ध्यानमा राख्दै यो रथयात्रा शुरु गरिएको जानकारी दिनुभयो । सो रथयात्रामा सहभागी दुई हजार भन्दा बढीलाई सोमबार जलेश्वरमैं राखी स्वागत सत्कार गर्ने र मंगलबार बिहानै रथयात्राका सहभागीलाई विदाई गर्ने राप्रपा नेपाल महोत्तरीका अध्यक्ष रामशंकर साहले जानकारी दिनुभयो । 
रथयात्रा जलेश्वर पुगेपछि स्थानीयहरुको भिड लागेको थियो भने स्थानीयहरुले ताली सहित स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको कार्यक्रम स्थगित
महोत्तरी समाचारदाता
जलेश्वर, पुस २ गते । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले महोत्तरी जिल्लाको सहोडवामा सोमबार एक अस्पतालको शिलान्यास गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
मौसममा सुधार नआएको कारण प्रधानमन्त्री भट्टराई आउन नसकेपछि सो कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।
जिल्लाको राजर्षी जनकनगर सहोडवा–६ स्थित सुबुद्धा पगलाबाबा ईन्टरनेशनल हस्पीटल एण्ड रिसर्च सेन्टरको शिलान्यास गर्न प्रधानमन्त्री भट्टराईको आउने कार्यक्रम थियो । साढे ११ बजे शिलान्यास हुने भनिएको कार्यक्रम मौसममा सुधार नआएको कारण साढे ३ बजे स्थगित भएको घोषणा आयोजक समितिले गरेका थियो । आयोजक समितिले साढे ३ बजे मञ्चमा मौसममा सुधार नआएको कारण प्रधानमन्त्री डा.भट्टराईले गर्ने शिलान्यास कार्यक्रम स्थगित गरेको घोषणा गरेका थिए साथै आगामी दिनमा छिट्टै नै कार्यक्रम आयोजना गरिने जानकारीका साथ नास्ता खाएर जान सहभागीहरुलाई अनुरोध गरेका थिए ।
प्लेन आउने जनकपुरको भिजिविलिटी २ हजार हुनुपर्नेमा १७ सय मात्र रहेकोले प्लेन आउन नसकेपछि सो कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका थिए ।
६ विग्हामा स्थापना गरिने सो अस्पताल निर्माणको प्रथम चरणको लागत २३ करोड ६५ लाख रहेको र भविष्यमा यसलाई १६ विग्हा सम्ममा लगिने निर्माण समितिका महासचिव विष्णुचन्द्र लाल कर्णले जानकारी दिनुभयो ।


शितलहरले जनजीवन प्रभावित, कुहिरोको कारण दुर्घटना हुँदा ६ घाइते, २ को अवस्था गम्भिर

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ३ गते । एकहप्तादेखि महोत्तरीमा चलेको शितलहरको कारण जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि चल्ने हावा र वाक्लो कुहिरोको कारण चिसो बढेको छ भने दुर्घटना समेत बढाएको छ ।
वाक्लो कुहिरोको कारण महोत्तरीको बनौली पेट्रोल नजिक रहेको डाइभर्सनमा मंगलबार बिहान एक बस दुर्घटना हुँदा त्यसमा सवार आधा दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर रहेका मोरंग जिल्लाको जगदिश राम र लिलादेवी रामलाई थप उपचारको लागि धरान लगिएको अंचल अस्पताल जनकपुरका प्रहरी पोष्ट इन्चार्ज संतोष सिंहले फोन सम्पर्कमा जानकारी दिनुभयो । घाइते ४ जना उपचार गराई घर फर्किसकेका छन् ।
विवाहपञ्चमीको मेला भर्न मोरंगबाट आएको को १ख १७१३ नम्बरको बस मंगलबार बिहान ४ बजे वाक्लो कुहिरोको कारण अनियन्त्रित भएपछि दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरमा विवाहपञ्चमीको मेला भरी जलेश्वर स्थित रहेको प्रसिद्ध जलेश्वरनाथको दर्शन गर्न बस जलेश्वर आइरहेको थियो ।
एकहप्तादेखि बढेको चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको छ भने बाजारमा चहलपहलमा समेत कमी देखिएको छ । बाजारमा चिसोबाट बचाउन दाउरा समेत वितरण गरिएको छ । चिसोले सबभन्दा बढी वृद्ध र बालबालिकालाई असर गरिरहेको छ ।
महोत्तरीमा यो एकहप्तामा मात्रै चिसोबाट दुई जनाको मृत्यु भइसकेको छ ।


नेपालमा ८ सय वर्षअघिको महाभूकम्प फर्कन सक्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नेपालमा ८ सय वर्षअघिको महाभूकम्प फर्कन सक्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आठ सय मन्दिर भत्किने अवस्थामा | हाम्रो नेपालमा | ekantipur.com

आठ सय मन्दिर भत्किने अवस्थामा | हाम्रो नेपालमा | ekantipur.com

विवाह गर्न नमान्दा युवती जलाइन् | हाम्रो नेपालमा | ekantipur.com

विवाह गर्न नमान्दा युवती जलाइन् | हाम्रो नेपालमा | ekantipur.com

खुला सिमानाको व्यवस्थापन | सम्पादकीय | ekantipur.com

खुला सिमानाको व्यवस्थापन | सम्पादकीय | ekantipur.com

खुला सिमानाको व्यवस्थापन | सम्पादकीय | ekantipur.com

खुला सिमानाको व्यवस्थापन | सम्पादकीय | ekantipur.com

चुरे संरक्षण नभए तराई मरुभूमि बन्ने | पूर्व | समाचार | ekantipur.com

चुरे संरक्षण नभए तराई मरुभूमि बन्ने | पूर्व | समाचार | ekantipur.com