उपेक्षित जनकपुर अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ । डा. प्रकाशचन्द्र लोहनी

उपेक्षित जनकपुर  अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ । डा. प्रकाशचन्द्र लोहनी                                           ०  19   4   0   0   25     prakash नेपालको धार्मिक-सांस्कृतिक पहिचानका महत्त्वपूर्ण स्थानहरूमध्ये मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जनकपुरधाम अग्रपंक्तिमा आउँछन् । यी 'चार धाम'ले नेपालको सांस्कृतिक व्यक्तित्व र संस्कारमा महत्त्वपूर्ण प्रभाव राख्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको मौलिक चिनारीलाई प्रतिविम्बित गर्छन् । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम एक अर्ब हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हुन् भने लुम्बिनी र कपिलवस्तु विश्वभरका अर्बौ शान्तिकामी मानवतावादीहरूको आस्थाको केन्द्र ।  वास्तवमा दुई ठूला धर्म र संस्कृतिको उद्गमस्थल नेपाल हो । यद्यपि यो तथ्यको गहिरो मर्म र यथार्थलाई आजसम्म हामीले पनि ग्रहण गर्नसकेका छैनौं । यसको ज्वलन्त उदाहरण मैथिली भाषा र सभ्यताको ऐतिहासिक केन्द्रमात्र नभई विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र रहेको जनकपुरधामको अव्यवस्था र दुरावस्थामा स्पष्ट प्रतिविम्बित हुन्छ ।  उपेक्षा र भ्रष्टाचार  केही दिनअघि म राजनीतिक कामको सिलसिलामा जनकपुर पुगेको थिएँ । हवाई अड्डाबाट बस्ने ठाउँसम्मको बाटोको स्थिति दयनीय र दर्दनाक थियो । कुनै सडकमा पिच थिएन, फोहोरको डंगुर जताततै फालाफाल थियो भने ढलको व्यवस्थापन नहुँदा बाटोको दुवैतिर कालो लेदोले हाम्रो सहरी विकासको यथार्थलाई नांगो तरिकाले पेस गरेको थियो ।  होटल पुगेपछि मैले 'केही वर्षअघि आउँदा बाटोमा कालोपत्रे थियो, अहिले झन् फराकिलो र राम्रो हुनुको सट्टा किन यो दुर्दशा ?' भनी सोधेँ । पाएको जवाफ घतलाग्दो थियो । मेरा मित्रले भने, 'हाम्रो जनकपुरमा नेपाल सरकारले बाटो निर्माणका लागि २१ औं शताब्दीको विशेष प्रविधि प्रयोग गरेको छ । अरु ठाउँमा माटोमाथि ग्रावेल गरिन्छ र त्यसमाथि कालोपत्रे गरिन्छ । हामीकहाँ भने कालोपत्रे बाटो बिग्रदैं  गएपछि खाल्टाखुल्टी पुर्न ग्रावेल गरिन्छ । अनि ग्रावेलको बाटो पनि  बिग्रदैं गएपछि नेपाल सरकारले मर्मत गर्न माटो छरिदिन्छ । त्यसैले हाम्रो सहरमा बाटाघाटामा कहीं कालोपत्रे सडक छैन, सबै ठाउँमा अब माटोको सडक छ । यही हो, हाम्रो २१ औं शताब्दीको प्रविधि ।' मैले जवाफ पाएँ ।  मिथिला सभ्यताको केन्द्रविन्दु र हिन्दु धर्मको एउटा प्रमुख तीर्थस्थल जनकपुरमा देखिने लथालिंगपन र अव्यवस्थाले हामी सबै नेपालीको उपहास गरेको छ । जनकपुरको विकासका लागि बृहत जनकपुर विकास समिति गठन नभएको पनि होइन । यो सांस्कृतिक-धार्मिक सहरको संरक्षण र सम्बर्द्धन गर्न सबै बृहत विकास योजना कार्यान्वयन गर्न एमाले, कांग्रेस र एमाओवादीसमेतले आपmनो दल सत्तामा हुँदा आपmना खास व्यक्ति पठाएका हुन् । तर यथार्थमा भन्नुपर्दा कुनै दलले पनि जनकपुरको व्यवस्थापन, संरक्षण र सम्बर्द्धनमा चासो राखेनन् । जनकपुर रहेको धनुषा जिल्लाबाट विभिन्न दलका प्रभावशाली मधेसी नेता सत्तामा पुगे, तर तिनको प्रभाव र चासो अरु धेरैतिर भए पनि जनकपुरको विकासमा पटक्कै देखिएन ।  एक समय जनकपुर नेपालको औद्योगिक सहरको रूपमा चिनिन्थ्यो । सन् १९६५ मा यहाँ ठूलो चुरोट कारखाना रूसको सहयोगमा स्थापना भयो, जसले उद्योग विकासको नयाँ सुरुवात गर्‍यो । तर क्रान्ति र प्रजातन्त्रको चर्काे नाराको बाढीमा मौलाएको लुट र भ्रष्टाचारको संस्कृतिले यसलाई २०११ सालसम्म आइपुग्दा धराशायी बनायो । यत्रो उद्योगको सञ्चालक समिति २०१३ सालमा विघटन भयो । हुन पनि २०१२ सम्म आइपुग्दा चुरोट कारखानाको नोक्सानमात्रै झन्डै एक अर्ब पुगिसकेको थियो । तर यसका गोदाम धेरै वर्ष पुग्ने केमिकल र अन्य आयातीत कच्चा पदार्थले भरिभराउ थिए, जबकि यसले चुरोट बनाउनै छाडिसकेको थियो ।  चुरोट उद्योगबाहेक यस क्षेत्रमा आर्थिक विकासको लागि नगदेबालीको रूपमा सुरु गरिएको सुर्ती विकास कम्पनी र कार्यक्रम पनि धराशायी भयो । यथार्थमा जनकपुरको औद्योगिक विकास र त्यससँग जोडिएको एउटा नगदेबालीको सम्भावना बोकेको संस्था दलीय लुट र भ्रष्टाचारको भुमरीमा हराएर गयो । अहिले चुरोट कारखानाको तिसौं बिगाहा जमिन र सम्पत्ति खण्डहरमा परिणत हँुदै गएका छन् ।  धार्मिक-सांस्कृतिक सम्पत्तिहरूको व्यवस्थापन र रक्षा गर्ने हेतुले जनकपुरमा गुठी अन्तर्गत ठूलो सम्पत्ति छ । तर यी पनि मासिँदैछन् । गुठी अन्तर्गतका सम्पत्तिको आधुनिक व्यवस्थापन गरेर आयआर्जन बढाई देशको सांस्कृतिक सम्पत्तिको संरक्षण र मर्मत-सम्भार गर्ने लक्ष्यलाई नेपाल सरकारले कहिले पनि गम्भीरतासाथ लिएको छैन ।  धेरै वर्ष पहिले २०४१ सालमा म अर्थमन्त्री हुँदा र गुठी संस्थान अर्थ मन्त्रालय अन्तर्गत छँदा आधुनिक सम्पत्ति व्यवस्थापनको सिद्धान्त अनुकूल गुठी सम्पत्तिको व्यवस्थापनबारे विस्तृत अध्ययन भएको थियो । त्यो मान्यता अनुरुपको लक्ष्य र संरचनाको सिफारिस भएको हो । वर्तमान भूमिसुधार मन्त्रीले खोजे त्यो प्रतिवेदन सिंहदरबारको कुनै कुनामा पाउन सक्छन् । तर त्यसबखतदेखि यो प्रतिवेदन कहिल्यै लागु भएन ।  पारदर्शी र आधुनिक व्यवस्थापन सिद्धान्तको संरचनामा अडेको सम्पत्ति व्यवस्थापन पद्धतिले गुठीको नाममा भ्रष्टाचारलाई नियन्त्रण गर्न खोज्छ । नेपालका सबै खाले शासक वर्गलाई यो दृष्टिकोण कहिल्यै मान्य भएन । धर्मको नाममा भ्रष्टाचार जनकपुरको धार्मिक केन्द्रहरूमा मौलाएको छ । कतिपय ठाउँमा गुठी संस्थानले मन्दिर भत्काएर जग्गा बेचेको छ भने यसरी अब मन्दिर नै नभएको ठाउँमा पूजा खर्च भनेर रकम गइरहेको गुनासो व्याप्त छ । वास्तवमा हाम्रो धर्म र संस्कृतिको संरक्षण र यसमा निहित सकारात्मक मानवतावादी मूल्य र मान्यतापट्टिको प्रतिबद्धता नेपाली समाजमा व्यापक रूपमा स्खलन भएर गएको छ । त्यसैले मठ, मन्दिर, पाटी, पौवाको संरक्षण र सम्भारका लागि छुट्याइएको पुँजीगत सम्पत्ति कागज मिलाएर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने संस्कार व्यापक छ । यो संस्कार जनकपुर र वरपरका गुठी सम्पत्तिको व्यवस्थापनको नाममा व्याप्त दुरुपयोगमा स्पष्ट छ ।  धर्म, संस्कृति र विकास  अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि देखिएका विभिन्न दबाबको परिवेशमा आज नेपालीले गर्वको रूपमा लिनुपर्ने मिथिला सभ्यताको केन्द्रविन्दु जनकपुर लथालिंग छ । राज्य र राजनेताहरूले यो क्षेत्रलाई उपेक्षा गरेका छन् । मिथिला क्षेत्रको सांस्कृतिक सम्पदाको साथै साहित्य र भाषाको संरक्षण र सम्बर्द्धनमा राज्यको ध्यान पुगेको छैन ।  त्यस्तै यस क्षेत्रको विशेषता जनकपुर सहरको रूपमा उचित व्यवस्थापन र भौतिक निर्माणले नेपालको सांस्कृतिक पहिचानमात्र नभएर नेपालको आर्थिक विकासमा हुनसक्ने योगदानप्रति आँखा चिम्लिइएको छ । धार्मिक र सांस्कृतिक पर्यटनको हिसाबले मात्र पनि संसारभरिका एक अर्ब हिन्दुका लागि यो तीर्थस्थल हो । यसमध्ये थोरै मात्रलाई पनि यहाँ तान्नसके यस क्षेत्रको अर्थतन्त्रको कायापलट हुनसक्छ । तर तीर्थस्थल भए पनि फोहोर र खुला नाला, धुलो उड्ने बाटो, अव्यस्थित सहर तथा नगर व्यवस्थापनप्रतिको व्यापक उदासीनताको संरचनाले सहरभित्र पसेको पर्यटकलाई पनि कहिले छाडेर जाउँ भन्ने स्थिति सिर्जना गरेको छ ।  सरकार र जनकपुरवासीले पनि अब मिलेर मिथिला सभ्यताको केन्द्रविन्दुलाई नेपाली पहिचानको एउटा उज्यालो बत्तीका रूपमा स्थापित गर्नुपर्छ । विगतमा एकपटक जनकपुर विकासका लागि वर्तमान सहरलाई व्यवस्थित गर्ने र हालको नगरभन्दा दक्षिणपट्ट िजनकपुरको सांस्कृतिक विशेषतासहित 'नयाँ जनकपुर' निर्माण गर्ने कार्यक्रम थियो । यसका लागि त्यस बखतको नगर विकास समितिलाई जग्गा एकीकरण गर्न र नयाँ जग्गा किन्न ऋण दिने योजना थियो । तर देशमा भएका विभिन्न राजनीतिक गतिविधिको परिप्रेक्ष्यमा यो लागु हुनसकेन । अब यही धारणा परिमार्जन गरेर लागु गर्नु उपयुक्त हुनेछ ।  यस कामका लागि आउँदो एक वर्षभित्र जनकपुर सहरी क्षेत्रको ढल निर्माण गर्ने, सहरभित्रको बाटो मापदण्डअनुसार विस्तार गर्ने, सबै बाटो कालोपत्रे गर्ने र गुठी सम्पत्तिको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । यस क्षेत्रको सांस्कृतिक पक्षमा लगानी  गर्न सम्पत्ति व्यवस्थापनका आधुनिक मान्यताअनुरुप सबै सरोकारवाला सहभागी भएको कम्पनी ऐनअनुसार दर्ता गरी जनकपुर गुठी सम्पत्ति व्यवस्थापन संस्था खडा गरेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक-सांस्कृतिक पर्यटन-मैत्री नयाँ जनकपुर निर्माण अब अत्यावश्यक भइसकेको छ । यी सबै कामको सुरुवात र विशेषता अहिले रहेको सहरको नाला बनाउने र सडक कालोपत्रे गर्न सरकारले कमसेकम यो वर्ष एक अर्ब रकम विनियोजन गर्नुपर्छ ।  नेपाली पहिचानको एउटा आधारस्तम्भमात्र नभई धार्मिक पर्यटकीय सम्भावनाको परिपे्रक्ष्यमा जनकपुरमा यो लगानी गर्न कोइराला सरकारले कन्जुस्याइँ नगरोस् । यसको प्रतिफल आर्थिक क्षेत्रमा मात्र सीमित हुने छैन । यसको सकारात्मक प्रभाव नेपालको राष्ट्रियता र राष्ट्रिय पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा पनि स्पष्ट देखिनेछ ।  लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।    - See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388477.html#sthash.2QfH7lko.dpuf

उपेक्षित जनकपुर

अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ ।
19
 
4
 
0
 
0
 
25
 


prakash
नेपालको धार्मिक-सांस्कृतिक पहिचानका महत्त्वपूर्ण स्थानहरूमध्ये मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जनकपुरधाम अग्रपंक्तिमा आउँछन् । यी 'चार धाम'ले नेपालको सांस्कृतिक व्यक्तित्व र संस्कारमा महत्त्वपूर्ण प्रभाव राख्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको मौलिक चिनारीलाई प्रतिविम्बित गर्छन् । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम एक अर्ब हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हुन् भने लुम्बिनी र कपिलवस्तु विश्वभरका अर्बौ शान्तिकामी मानवतावादीहरूको आस्थाको केन्द्र । वास्तवमा दुई ठूला धर्म र संस्कृतिको उद्गमस्थल नेपाल हो । यद्यपि यो तथ्यको गहिरो मर्म र यथार्थलाई आजसम्म हामीले पनि ग्रहण गर्नसकेका छैनौं । यसको ज्वलन्त उदाहरण मैथिली भाषा र सभ्यताको ऐतिहासिक केन्द्रमात्र नभई विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र रहेको जनकपुरधामको अव्यवस्था र दुरावस्थामा स्पष्ट प्रतिविम्बित हुन्छ ।
उपेक्षा र भ्रष्टाचार
केही दिनअघि म राजनीतिक कामको सिलसिलामा जनकपुर पुगेको थिएँ । हवाई अड्डाबाट बस्ने ठाउँसम्मको बाटोको स्थिति दयनीय र दर्दनाक थियो । कुनै सडकमा पिच थिएन, फोहोरको डंगुर जताततै फालाफाल थियो भने ढलको व्यवस्थापन नहुँदा बाटोको दुवैतिर कालो लेदोले हाम्रो सहरी विकासको यथार्थलाई नांगो तरिकाले पेस गरेको थियो ।
होटल पुगेपछि मैले 'केही वर्षअघि आउँदा बाटोमा कालोपत्रे थियो, अहिले झन् फराकिलो र राम्रो हुनुको सट्टा किन यो दुर्दशा ?' भनी सोधेँ । पाएको जवाफ घतलाग्दो थियो । मेरा मित्रले भने, 'हाम्रो जनकपुरमा नेपाल सरकारले बाटो निर्माणका लागि २१ औं शताब्दीको विशेष प्रविधि प्रयोग गरेको छ । अरु ठाउँमा माटोमाथि ग्रावेल गरिन्छ र त्यसमाथि कालोपत्रे गरिन्छ । हामीकहाँ भने कालोपत्रे बाटो बिग्रदैं  गएपछि खाल्टाखुल्टी पुर्न ग्रावेल गरिन्छ । अनि ग्रावेलको बाटो पनि  बिग्रदैं गएपछि नेपाल सरकारले मर्मत गर्न माटो छरिदिन्छ । त्यसैले हाम्रो सहरमा बाटाघाटामा कहीं कालोपत्रे सडक छैन, सबै ठाउँमा अब माटोको सडक छ । यही हो, हाम्रो २१ औं शताब्दीको प्रविधि ।' मैले जवाफ पाएँ ।
मिथिला सभ्यताको केन्द्रविन्दु र हिन्दु धर्मको एउटा प्रमुख तीर्थस्थल जनकपुरमा देखिने लथालिंगपन र अव्यवस्थाले हामी सबै नेपालीको उपहास गरेको छ । जनकपुरको विकासका लागि बृहत जनकपुर विकास समिति गठन नभएको पनि होइन । यो सांस्कृतिक-धार्मिक सहरको संरक्षण र सम्बर्द्धन गर्न सबै बृहत विकास योजना कार्यान्वयन गर्न एमाले, कांग्रेस र एमाओवादीसमेतले आपmनो दल सत्तामा हुँदा आपmना खास व्यक्ति पठाएका हुन् । तर यथार्थमा भन्नुपर्दा कुनै दलले पनि जनकपुरको व्यवस्थापन, संरक्षण र सम्बर्द्धनमा चासो राखेनन् । जनकपुर रहेको धनुषा जिल्लाबाट विभिन्न दलका प्रभावशाली मधेसी नेता सत्तामा पुगे, तर तिनको प्रभाव र चासो अरु धेरैतिर भए पनि जनकपुरको विकासमा पटक्कै देखिएन ।
एक समय जनकपुर नेपालको औद्योगिक सहरको रूपमा चिनिन्थ्यो । सन् १९६५ मा यहाँ ठूलो चुरोट कारखाना रूसको सहयोगमा स्थापना भयो, जसले उद्योग विकासको नयाँ सुरुवात गर्‍यो । तर क्रान्ति र प्रजातन्त्रको चर्काे नाराको बाढीमा मौलाएको लुट र भ्रष्टाचारको संस्कृतिले यसलाई २०११ सालसम्म आइपुग्दा धराशायी बनायो । यत्रो उद्योगको सञ्चालक समिति २०१३ सालमा विघटन भयो । हुन पनि २०१२ सम्म आइपुग्दा चुरोट कारखानाको नोक्सानमात्रै झन्डै एक अर्ब पुगिसकेको थियो । तर यसका गोदाम धेरै वर्ष पुग्ने केमिकल र अन्य आयातीत कच्चा पदार्थले भरिभराउ थिए, जबकि यसले चुरोट बनाउनै छाडिसकेको थियो ।
चुरोट उद्योगबाहेक यस क्षेत्रमा आर्थिक विकासको लागि नगदेबालीको रूपमा सुरु गरिएको सुर्ती विकास कम्पनी र कार्यक्रम पनि धराशायी भयो । यथार्थमा जनकपुरको औद्योगिक विकास र त्यससँग जोडिएको एउटा नगदेबालीको सम्भावना बोकेको संस्था दलीय लुट र भ्रष्टाचारको भुमरीमा हराएर गयो । अहिले चुरोट कारखानाको तिसौं बिगाहा जमिन र सम्पत्ति खण्डहरमा परिणत हँुदै गएका छन् ।
धार्मिक-सांस्कृतिक सम्पत्तिहरूको व्यवस्थापन र रक्षा गर्ने हेतुले जनकपुरमा गुठी अन्तर्गत ठूलो सम्पत्ति छ । तर यी पनि मासिँदैछन् । गुठी अन्तर्गतका सम्पत्तिको आधुनिक व्यवस्थापन गरेर आयआर्जन बढाई देशको सांस्कृतिक सम्पत्तिको संरक्षण र मर्मत-सम्भार गर्ने लक्ष्यलाई नेपाल सरकारले कहिले पनि गम्भीरतासाथ लिएको छैन ।
धेरै वर्ष पहिले २०४१ सालमा म अर्थमन्त्री हुँदा र गुठी संस्थान अर्थ मन्त्रालय अन्तर्गत छँदा आधुनिक सम्पत्ति व्यवस्थापनको सिद्धान्त अनुकूल गुठी सम्पत्तिको व्यवस्थापनबारे विस्तृत अध्ययन भएको थियो । त्यो मान्यता अनुरुपको लक्ष्य र संरचनाको सिफारिस भएको हो । वर्तमान भूमिसुधार मन्त्रीले खोजे त्यो प्रतिवेदन सिंहदरबारको कुनै कुनामा पाउन सक्छन् । तर त्यसबखतदेखि यो प्रतिवेदन कहिल्यै लागु भएन ।
पारदर्शी र आधुनिक व्यवस्थापन सिद्धान्तको संरचनामा अडेको सम्पत्ति व्यवस्थापन पद्धतिले गुठीको नाममा भ्रष्टाचारलाई नियन्त्रण गर्न खोज्छ । नेपालका सबै खाले शासक वर्गलाई यो दृष्टिकोण कहिल्यै मान्य भएन । धर्मको नाममा भ्रष्टाचार जनकपुरको धार्मिक केन्द्रहरूमा मौलाएको छ । कतिपय ठाउँमा गुठी संस्थानले मन्दिर भत्काएर जग्गा बेचेको छ भने यसरी अब मन्दिर नै नभएको ठाउँमा पूजा खर्च भनेर रकम गइरहेको गुनासो व्याप्त छ । वास्तवमा हाम्रो धर्म र संस्कृतिको संरक्षण र यसमा निहित सकारात्मक मानवतावादी मूल्य र मान्यतापट्टिको प्रतिबद्धता नेपाली समाजमा व्यापक रूपमा स्खलन भएर गएको छ । त्यसैले मठ, मन्दिर, पाटी, पौवाको संरक्षण र सम्भारका लागि छुट्याइएको पुँजीगत सम्पत्ति कागज मिलाएर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने संस्कार व्यापक छ । यो संस्कार जनकपुर र वरपरका गुठी सम्पत्तिको व्यवस्थापनको नाममा व्याप्त दुरुपयोगमा स्पष्ट छ ।
धर्म, संस्कृति र विकास
अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि देखिएका विभिन्न दबाबको परिवेशमा आज नेपालीले गर्वको रूपमा लिनुपर्ने मिथिला सभ्यताको केन्द्रविन्दु जनकपुर लथालिंग छ । राज्य र राजनेताहरूले यो क्षेत्रलाई उपेक्षा गरेका छन् । मिथिला क्षेत्रको सांस्कृतिक सम्पदाको साथै साहित्य र भाषाको संरक्षण र सम्बर्द्धनमा राज्यको ध्यान पुगेको छैन ।
त्यस्तै यस क्षेत्रको विशेषता जनकपुर सहरको रूपमा उचित व्यवस्थापन र भौतिक निर्माणले नेपालको सांस्कृतिक पहिचानमात्र नभएर नेपालको आर्थिक विकासमा हुनसक्ने योगदानप्रति आँखा चिम्लिइएको छ । धार्मिक र सांस्कृतिक पर्यटनको हिसाबले मात्र पनि संसारभरिका एक अर्ब हिन्दुका लागि यो तीर्थस्थल हो । यसमध्ये थोरै मात्रलाई पनि यहाँ तान्नसके यस क्षेत्रको अर्थतन्त्रको कायापलट हुनसक्छ । तर तीर्थस्थल भए पनि फोहोर र खुला नाला, धुलो उड्ने बाटो, अव्यस्थित सहर तथा नगर व्यवस्थापनप्रतिको व्यापक उदासीनताको संरचनाले सहरभित्र पसेको पर्यटकलाई पनि कहिले छाडेर जाउँ भन्ने स्थिति सिर्जना गरेको छ ।
सरकार र जनकपुरवासीले पनि अब मिलेर मिथिला सभ्यताको केन्द्रविन्दुलाई नेपाली पहिचानको एउटा उज्यालो बत्तीका रूपमा स्थापित गर्नुपर्छ । विगतमा एकपटक जनकपुर विकासका लागि वर्तमान सहरलाई व्यवस्थित गर्ने र हालको नगरभन्दा दक्षिणपट्ट िजनकपुरको सांस्कृतिक विशेषतासहित 'नयाँ जनकपुर' निर्माण गर्ने कार्यक्रम थियो । यसका लागि त्यस बखतको नगर विकास समितिलाई जग्गा एकीकरण गर्न र नयाँ जग्गा किन्न ऋण दिने योजना थियो । तर देशमा भएका विभिन्न राजनीतिक गतिविधिको परिप्रेक्ष्यमा यो लागु हुनसकेन । अब यही धारणा परिमार्जन गरेर लागु गर्नु उपयुक्त हुनेछ ।
यस कामका लागि आउँदो एक वर्षभित्र जनकपुर सहरी क्षेत्रको ढल निर्माण गर्ने, सहरभित्रको बाटो मापदण्डअनुसार विस्तार गर्ने, सबै बाटो कालोपत्रे गर्ने र गुठी सम्पत्तिको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । यस क्षेत्रको सांस्कृतिक पक्षमा लगानी
गर्न सम्पत्ति व्यवस्थापनका आधुनिक मान्यताअनुरुप सबै सरोकारवाला सहभागी भएको कम्पनी ऐनअनुसार दर्ता गरी जनकपुर गुठी सम्पत्ति व्यवस्थापन संस्था खडा गरेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक-सांस्कृतिक पर्यटन-मैत्री नयाँ जनकपुर निर्माण अब अत्यावश्यक भइसकेको छ । यी सबै कामको सुरुवात र विशेषता अहिले रहेको सहरको नाला बनाउने र सडक कालोपत्रे गर्न सरकारले कमसेकम यो वर्ष एक अर्ब रकम विनियोजन गर्नुपर्छ ।
नेपाली पहिचानको एउटा आधारस्तम्भमात्र नभई धार्मिक पर्यटकीय सम्भावनाको परिपे्रक्ष्यमा जनकपुरमा यो लगानी गर्न कोइराला सरकारले कन्जुस्याइँ नगरोस् । यसको प्रतिफल आर्थिक क्षेत्रमा मात्र सीमित हुने छैन । यसको सकारात्मक प्रभाव नेपालको राष्ट्रियता र राष्ट्रिय पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा पनि स्पष्ट देखिनेछ ।
लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।

 
- See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388477.html#sthash.2QfH7lko.dpuf