Friday, June 15, 2018

एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै

समाचार सच्याईएको 
अमेरिकामा बसोबास गर्दै आएका नेपाली तराईबासीहरुको संगठन एन्टाले जनकपुरमा मिथिला पेन्टिँगको प्रतियोगितासहितको प्रर्दशनी गर्ने भएको समाचारमा असार १६ गते अर्थात जुन ३० गते कार्यक्रम हुनुपर्नेमा असावधानीवश असार ३० गते हुन गएकोमा समाचार सच्याई पुनः प्रकाशन गरिएको छ ।

एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै
असार १ गते ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली तराईबासीहरुको संगठन एन्टाले असार १६ गते शनिबार जनकपुरमा मिथिला पेन्टिँगको प्रतियोगितासहितको प्रर्दशनी गर्ने भएको छ ।
प्रदेशनम्बर २सहित मिथिलामा मिथिला पेन्टिँग बनाउदै आएका कलाकारहरुलाई एउँटै छातामुनी ल्याउन तथा मिथिला पेन्टिँगको प्रचारप्रसारको लागि सो मिथिला पेन्टिँग प्रतियोगिता र प्रर्दशनी गर्न लागिएको एन्टाका कल्चर प्रोगाम कोर्डिनेटर अपराजिता झाले जानकारी दिनुभयो ।

असार 16 (june 30) गते जनकपुरस्थित सिताशरण होटलमा आयोजना गरिने प्रर्दशनीको लागि कलाकारहरुले पहिला नै इन्ट्री गराउनुपर्ने वताउनुहुदै कल्चर कोर्डिनेटर झाले सिट सिमिति रहेकोले समयमै नाम दर्ता गराउन आव्हान गर्नुभयो ।
एन्टाका छनौट समितिले छनौट भएका चित्रलाई प्रथम, द्धितीय, तृतीयसहित ५ जनालाई सान्तवना पुरस्कार दिने जनाएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार, द्धितीय २० हजार, तृतीय १५ हजार र सान्तवना पुरस्कार ५ हजार रहेको जनाइएको छ ।
यो प्रतियोगिता र प्रर्दशनीले स्थानीय तहमा मिथिला पेन्टिँग बनाउनेहरुको संख्यामा वृद्धि हुने र राष्ट्रिय, अन्तराष्ट्रिय तहमा प्रचारप्रसार हुने आयोजकको अपेक्षा रहेको छ ।

Thursday, June 14, 2018

एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै

एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै
असार १ गते ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली तराईबासीहरुको संगठन एन्टाले असार ३० गते शनिबार जनकपुरमा मिथिला पेन्टिँगको प्रतियोगितासहितको प्रर्दशनी गर्ने भएको छ ।
प्रदेशनम्बर २सहित मिथिलामा मिथिला पेन्टिँग बनाउदै आएका कलाकारहरुलाई एउँटै छातामुनी ल्याउन तथा मिथिला पेन्टिँगको प्रचारप्रसारको लागि सो मिथिला पेन्टिँग प्रतियोगिता र प्रर्दशनी गर्न लागिएको एन्टाका कल्चर प्रोगाम कोर्डिनेटर अपराजिता झाले जानकारी दिनुभयो ।

असार ३० गते जनकपुरस्थित सिताशरण होटलमा आयोजना गरिने प्रर्दशनीको लागि कलाकारहरुले पहिला नै इन्ट्री गराउनुपर्ने वताउनुहुदै कल्चर कोर्डिनेटर झाले सिट सिमिति रहेकोले समयमै नाम दर्ता गराउन आव्हान गर्नुभयो ।