Appan Baat

श्रीपंचमीको अवसरमा परम्परागत हलो–गोरु पुजा Ranjan Bhandari | January 25, 2015 | कृषि, मुख्य समाचार, राष्ट्रिय | No Comments Share0Plus0Tweet0Share0PinIt!0Reddit0 राकेश चौधरी महोत्तरी, ११ माघ ।sr1 महोत्तरीका किसानहरु आज श्रीपंचमीको अवसरमा परम्परागत हलो–गोरु पुजा गर्दै कृषि नवबर्ष मनाएका छन् । किसानहरुको सीप राम्रो हुनुका साथै धेरै अन्नवाली फलोस भन्ने कामनाका साथ हलो तथा गोरुको पुजा गरिएको छ । खेतमा लगिएको गोरुले गोबर नदिएसम्म जोतिराख्ने परम्परा रहेको छ । खेतमा गोरुले दिएको गोबर राखेर हलो तथा गोरुको पुजा गरिन्छ । खेतबाट फर्केको हलोलाई आँगनमा बनाइएको अरिपनमा राखेर हलोमा धान चढाउने तथा हरबाहालाई दक्षिणा दिई चामलको पिठोले बनाइएको घोल लगाइदिने गरिन्छ । बेला गाउँका किसान देवेन्द्र सिहंले खेत जोत्न ट्रयाक्टरको प्रचलन बढेसंगै हलो–गोरु नै हराउने थालेको बताए । यो परम्परा मिथिलाञ्चल क्षेत्र भरिकै हो तर फाटफुट रुपमा मनाउने गरिएको छ । खेतमा हलो लानु अगावै किसानहरुले लोहार कहाँ गई कृषि औजारहरु मर्मत गराएका थिए । लोहारले लगाएको भातीमा कृषि औजार तताई त्यसमा धानको लाव फोर्ने चलन पनि छ । आधुनिकतासंगै हलो–गोरु पुजा हराउनुका साथै आफ्नो पेशा पनि संकटमा परेको बद्री ठाकुर लोहारले बताए । श्रीपंचमीकै अवसरमा जलेश्वरनाथ मन्दिरमा मेला लागेको छ । किसानहरु आजको दिन मन्दिरमा धानकोे वाला, भान्टाको भार, दुधसहितका सामग्री चढाउने गरेका छन । त्यही राजदेवीमा रहेको सरस्वती मन्दिरमा निकै भीड देखिएको छ । यस क्षेत्रमा माटोको प्रतिमा राखेर शैक्षिक संस्था, बजार तथा गाउँघरमा सरस्वती पुजा गरिएको छ ।