रेडियोकर्मीहरु थप आन्दोलित mahottrai

रेडियोकर्मीहरु थप आन्दोलित

महोत्तरी समाचारदाता

जलेश्वर, माघ १२ गते । महोत्तरी जिल्लाको जलेश्वरस्थित सामुदायिक मिर्ची एफएमका रेडियोकर्मीहरु सहकर्मीलाई भएको कुटपिटको विरोधमा संगठित भई आन्दोलन थालेका छन् ।

रेडियोमा कार्यरत कार्यक्रम सञ्चालक रबिकुमार झालाई रेडियो सञ्चालक गीता मिश्र, उहाँका पतिले घरभित्र थुनेर कुटपिट गरेकोबिरुद्घ रेडियोकर्मीहरु आन्दोलित भएका हुन् । जलेश्वरमा रहेको थप तिनवटा रेडियोका रेडियोकर्मीहरुको बसेको एक भेलाले सुदिपकुमार झाको संयोजकत्वमा एक संघर्ष समिति गठन गर्दे थप आन्दोलन थालेका छन् । बिहीबार कार्यक्रम सञ्चालक झालाई जलेश्वर–५ स्थित रेडियोको कार्यालयमै केही पत्रकारहरुको उपस्थितीमै संचालिका गीता मिश्रका पति भवन मिश्रले कुटपिट गरेका थिए । सहकर्मीको कुटपिट र पारिश्रमिक नपाएको माँग गर्दे रेडियो मिर्चिका रेडियोकर्मीहरुले बिहीबारदेखि नै कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन् ।

सोही क्रममा शुक्रबार बसेको रेडियोकर्मीहरुको बैठकले निर्णयहरु गर्दे प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीलाई सहकर्मीलाई चौविस घण्टाभित्र सार्वजनिक गर्नुपर्ने, पिडकलाई कारवाही गर्नुपर्ने र धम्की पाएका रेडियोकर्मीलाई सुरक्षादिनुपर्ने लगायतका माँग राख्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझदै प्रजिअ बुर्लाकोटीले यो समस्यालाई गम्भीरतापूर्वक लिएको र समस्यालाई चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चार महिनादेखि कसैको पारिश्रमिक नदिएको तथा सहकर्मीलाई कुटपिट गरेको विरुद्धमा आफूहरु आन्दोलनमा उत्रनु परेको रेडियो मिर्ची एफ एमका प्रबन्धक नविनकुमार नवलले जानकारी दिनुभयो ।  रेडियोमा कार्यरत नौजना रेडियोकर्मीले हिजोसाँझ कामकाज ठप्प पार्दै आफ्ना सहकर्मीलाई कुटपिट गर्ने तीनैजनाउपर कार्वाही र आफूहरुको पारिश्रमिक दिलाई दिन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकसँग माग गरिएको जनाएका छन् ।         

यसैबीच नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सचिब नागेन्द्रकुमार कर्ण, प्रेस चौतारी नेपालका जिल्ला सचिब अनु खनाल, नेपाल पे्रस युनियनका जिल्ला अध्यक्ष कमलेश मण्डल र मधेस मिडिया सोसाइटीका सुदीपकुमार झाले छुट्टाछुट्टै बक्तब्य जारी गर्दै घटनाको तत्काल सत्यतथ्य छानबिन गरि कार्वाही अघि बढाउन स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।



विपक्षीहरुको जलेश्वरमा विरोध जुलुस

महोत्तरी समाचारदाता

जलेश्वर, माघ १२ गते । एकिकृत नेकपा माओवादी महोत्तरीले शनिबार जलेश्वरस्थित रंगशालामा गर्ने जिल्ला अधिवेशनको पूर्वसन्धयामा विपक्षीदलहरुले विरोध जुलुस प्रर्दशन गरेको छ ।

एकिकृत नेकपा माओवादीको शनिबार हुने जिल्ला अधिवेशनमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष डा.बाबुराम भट्टराइ, नारायणकाजी श्रेष्ठ प्रकाशको आउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

सो कार्यक्रमको पूर्वसन्धयामा विपक्षीदलहरुको सदरमुकाम जलेश्वरमा प्रर्दशन गरेको हो । दण्डहिनताको अन्त्य गर, कानुनीराज्य स्थापना गर, पत्रकार हत्यारालाई कारवाही गर लगायतका नाराबाजी गर्दे नगरपालिका चौंकबाट शुरु भएको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दे महेन्द्र चोकमा आई कोणसभामा परिणत भएको थियो ।

यसैबिच विपक्षीदलहरुको बसेको बैठकले शनिबार प्रधानमन्त्री लगायतकाहरुलाई कालो झण्डा देखाउने निर्णय गरेको नेपाली काँग्रेस महोत्तरीका जिल्ला सचिव रामशंकर मिश्रले जानकारी दिनुभयो ।