राजनीतिक हस्तक्षेपका कारण जलेश्वर नगरपालिकामा विवाद बढदै
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक ५ गते । अनावश्यक राजनीतिक हस्तक्षेपका कारण जलेश्वर नगरपालिकामा विवाद चुलिँदै गएको छ ।
जलेश्वर नगरपालिकाका ईन्जिनियर पवनकुमार झालाई हाजिरी गराउने विषयलाई लिएर जलेश्वर नगरका राजनीतिकदलहरु दुई चिरामा विभक्त बनेपछि विवाद बढदै गएको हो ।
असोज २८ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट काज फिर्ता भई आउनुभएका ईन्जिनियर झालाई हाजिरी गर्न दिनुपर्ने पक्षमा एकिकृत माओवादीका नेता सरोज साहसहितकाले हानथाप गर्नुभयो भने नेपाली काँग्रेसका नगरसभापति अशोक साह र एमालेका नगरसभापति लगायतकाहरुले हाजिरी गर्न नदिने अडान राखेपछि विवाद बढदै गएको हो ।
सोही विषयलाई लिएर असोज ३० गते आईतबार नेपाली काँग्रेस र एमालेका नगर समितिले कार्यालयमा तालावन्दी नै गर्न पुगे । ईन्जिनियर झाको हाजिरीलाई लिएर नगरपालिकामा तीव्र राजनीतिकरण भएपछि सेवाग्राही भने सास्ती मात्रै पाएका छन् ।
कर्मचारीलाई हाजिरी गराउने नगराउने विषय नपा प्रशासनको आन्तरीक विषय भएपनि राजनीतिकदलहरु कार्यकारी अधिकृत माघवेन्द्र चौधरी र ईन्जिनियर झाको पक्षमा खुलेरै दुई खेमामा बाँडिएपछि स्थिती थप जटिल बन्न पुगेको हो ।
कार्यकारी अधिकृत चौधरी पक्षधरका राजनीतिकदलहरुले ईन्जिनियरलाई सेवाबाट हटाई कारवाही गरिएको कारणले हाजिरी गर्न नदिने अडान राख्दै आएका छन् भने ईन्जिनियर झा पक्षधरकाहरुले मन्त्रालयले काज फिर्ता गरेको कारण कानुनी रुपमा हाजिरी गर्न दिनुपर्ने वताउँदै आएका छन् ।
झा पक्षधरहरुले जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले पदीय मर्यादा विपरित कार्यालयका ईन्जिनीयर पवनकुमार झालाई कारवाही गरेको दावी गरेपनि विपक्षीहरुले कानुनसम्मत रुपमा झालाई कारवाही गरेको बताउँछन्् ।
जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत चौधरीले ईन्जिनियर झालाई भदौ ३१ गतेको निर्णयले विशेष सजाय अन्तर्गत सेवाबाट हटाई कारवाही गर्नुभएको हो । अधिकृत चौधरीद्वारा हस्ताक्षर गरिएको १५६९ नं.चलानीको पत्रमा भदौ ३१ गते नगरपालिका बोर्डको निर्णयले सोही मिति देखि लागुहुने गरी भविष्यमा स्थानीय निकायको सेवामा अयोग्य नठहरने गरी सेवाबाट हटाइएको उल्लेख गरिएको छ । ति पत्रमा कुन कानुनको प्रयोग गरेर ईन्जिनियर झालाई सेवाबाट हटाइएको सो भन्ने उल्लेख गरिएको छैन् ।
तर, कार्यकारी अधिकृत चौधरीले पत्रकार सम्मेलनको आयोजना गर्नुहुदै स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ को धारा २५६ र धारा २२९ को उपधारा (१) को छ वमोजिम कारवाही गरेको दावी गर्नुभयो । सेवाबाट हटाउने वा बरखास्त गर्ने धारा २२९ को (१) मा देहायको कुनै अवस्थामा स्थानीय निकायको कर्मचारीलाई भविष्यमा स्थानीय निकायको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ उल्लेख गरिएको छ ।
अधिकृत चौधरीले पत्रकार सम्मेलनमा सोही धाराको उपधारा १ को छ मा बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा भन्ने अवस्था देखिएको तथा दुईपल्ट घरमा सुचना टाँस र स्पष्टीकरण सोधेपनि कुनै जवाफ नआएकोले कारवाही गरिएको जानकारी दिनुभयो ।
ज्ञातव्य के छ भने जलेश्वर नगरपालिकाले ईन्जिनियर झालाई गरेको कारवाहीको वखत उहाँ मन्त्रालयमा काजमा रहनुभएको थियो भने अहिले नगरपालिकामा कार्यकारी अधिकृत मात्रै रहेको एक सदस्यीय बोर्ड रहेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा असार १२ गतेदेखि काजमा रहनुभएका ईन्जिनियर झाको असोज २८ गतेको मितिले लागुहुने गरी काज फिर्ता भएपछि तथा असोज २१ गते कार्यकारी अधिकृत माघवेन्द्र चौधरीको पनि पदाधिकार रहेको कार्यालयमा काज फिर्ता भएपछि विवाद बढेको हो ।
तर, यस विषयका जानकार अधिवक्ता विकरु यादवले ईन्जिनियर झालाई कारवाही गरिएको भनेर दिइएको पत्र अपुरो रहेको भन्नुहुदैं पर्याप्त आधार नै नदेखाई जागीर नै खाने गरी गरिएको निर्णय वदनीयतपूर्ण रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘काजमा गएको वखतको पिरियडलाई आधार मानेर कारवाही गर्नु गलत हो तर यो भन्दा अगाडी नै नब्बे दिनसम्म अनुपस्थिती रहेको देखाएर कारवाही गरिएको हो भने सफाईको मौका दिइनुपथ्र्यो ।’
‘स्थानीय स्वायत्त शासन ऐन र नियमावलीको धारा २३२ ले स्पष्ट रुपमा कर्मचारीलाई सजायको आदेश दिनुभन्दा पहिले सजाय दिने अधिकारीले निजलाई दिन लागिएको सजायको सूचना दिई प्रस्तावित सजाय किन नदिने भनी पुनः उचित म्याद दिई निजसँग स्पष्टीकरण माँग्नुपर्ने’ व्यवस्था हुँदाहुँदै पनि सिधै विशेष सजाय दिनु राम्रो नभएको जिकिर अधिवक्ता यादवले गर्नुभयो ।
उहाँले राष्ट्रिय पत्रपत्रिकामा समेत विज्ञापन निकालेर स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था रहेको बताउनुहुदै यस्तो गरिएकोबारे आफुलाई जानकारी नभएको बताउनुभयो ।
यता, ईन्जिनियर पवनकुमार झाले आफु वैशाख १० गते तत्कालिन कार्यकारी अधिकृत चन्द्रशेखर शर्मासंग आदेश लिई मन्त्रालयमा ४ दिन काजमा रहेको र त्यसपछि घर आउँदा विरामी भएपछि पनि त्यसपछि आउनुभएका कार्यालय प्रमुख चौधरीले वदनियत पूर्ण रुपले विरामी विदा स्वीकृत नगरेको आरोप लगाउनुभयो ।
मन्त्रालयले जलेश्वर नगरपालिकामा वरिष्ठ ईन्जिनियर छँदाँछदै पनि विभिन्न सोर्सफोर्सको आधारमा कनिष्ठलाई अधिकृत बनाएको भन्दै इन्जिनियर झा असन्तुष्ट रहँदै आउनुभएको थियो ।