नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

बिहीबार, १० फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो ।
गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।
प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले नेपालमा राजनीतिक र व्यावसायिक भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए ।
उहाँले निगमनकारी निकाय प्रधानमन्त्रीको कार्यालय कमजोर देखिएको र पटक-पटकका सुशासनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न बेवास्था गरेका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।
ट्रान्सपरेन्सीको प्रतिवेदनमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ । त्यसैगरी डेनमार्क दोस्रो स्थानमा छ ।
उनीहरुले क्रमशः ८९ र ८८ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ ।
सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ ।
दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।

कुन-कुन मन्त्रालय खारेज भए ? आफ्नो मन्त्रालयबारे मन्त्री नै अन्योल !


कुन-कुन मन्त्रालय खारेज भए ? आफ्नो मन्त्रालयबारे मन्त्री नै अन्योल !

कम्तिमा एक दर्जन सचिव मन्त्रालयविहीन,योजना आयोग खारेज हुने ?



११ फागुन,काठमाडौं । शुक्रवारको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे लगत्तै हामीले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डिलाई सोध्यौं-अब तपाईलाई हामीले कुन मन्त्री भनेर लेख्ने ? किनकी एमाले र माओवादीबीच बाँडफाँट भएका भनिएका मन्त्रालयको संख्यामा जनसंख्या तथा वातावरण मन्त्रालयको अलग अस्तित्व छैन ।
हाम्रो पटक पटकको प्रयासपछि फोन सम्पर्कमा आएका पण्डितले भने-खोइ अहिले कुन मन्त्रालय भन्ने ? अहिले टुंगिएकै छैन । मन्त्रालयको संख्या १७ मा झारिएको छ,अरु मिलाउनै बाँकी छ । मेरो जनसंख्या मन्त्रालय चाहिँ स्वास्थ्य मन्त्रालयमा गाभिएको छ । तर, उनै मन्त्री रहेको आधा भाग वातावरण भने वनमा गाभिएको छ ।
मन्त्रालयका सचिवहरु समेत आफ्नो कार्यालय कता गाभियो भन्ने अन्यौलमै छन् । मन्त्रालयको संख्या घटेसँगै अब नेपाल सरकारका कम्तिमा एक दर्जन सचिव जिम्मेवारीविहीन हुनेछन् । उनीहरुलाई फाजिलमा राख्ने कि एउटै मन्त्रालयमा दुई सचिव राखेर तत्कालको व्यवस्थापन गर्ने भन्ने टुंगोमा सरकार पुगेको छैन ।
कुन मन्त्रालय यथावत कुन गाभिए ?
सरकारले यसअघि कायम रहेका ३१ मन्त्रालयको संख्या घटाएर १७ कायम गरेसँगै केही मन्त्रालयको अस्तित्वनै समाप्त भएको छ भने केही अर्कैमा गाभिएका छन् । संविधानले २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने भनेकाले वामपन्थी सरकारले मन्त्रालयको संख्या करिब आधा घटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित १७ मन्त्रालय कायम गरेको छ । यसअघिका सात मन्त्रालय यथावत राखेको छ । अन्य २४ मन्त्रालयमध्ये केहीलाई गाभिएको छ भने केही खारेजीमै परेका छन् ।
कामको प्रकृतिअनुसार केही मन्त्रालय यथावत रहेका छन् । गृह, रक्षा र परराष्ट्र मन्त्रालय यथावत रहेका छन् । त्यस्तै भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पनि यथावत राखिएको छ ।
अर्थ मन्त्रालयमा योजना समेत थपेर अर्थ तथा योजना मन्त्रालय बनाइएको छ । अर्थमै योजना थपिएपछि सम्भवतः अब राष्ट्रिय योजना आयोग नरहन सक्छ । त्यस्तै पर्यटन मन्त्रालय पनि यथावत रहेको छ ।
यसअघि अलग अलग रहेका धेरै मन्त्रालय भने कामको प्रकृतिका आधारमा गभिएका छन् । सामान्य प्रशासन मन्त्रालयमा संघीय मामिला थपेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कामम गरिएको थियो । यसअघि कायम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय थियो ।
त्यस्तै शिक्षा मन्त्रालय अझ ठूलो बनेको छ । खेलकुद तथा विज्ञान तथा प्रबिधिलाई पनि शिक्षामै गाभिएको छ । जलस्रोत र ऊर्जा मन्त्रालय गाभेर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइएको छ । स्वास्थ्य मन्त्रालयमा जनसंख्या थपेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गरिएको छ ।
त्यसैगरी शहरी विकासमा खानेपानी तथा सरसफाई समेत गाभेर शहरी विकास, आवास,खानेपानी तथा सरसफाई मन्त्रालय कायम गरिएको छ । वन र वातावरण मन्त्रालय मिलाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।
त्यस्तै कृषी, सहकारी तथा भूमि व्यवस्थापन भनेर नयाँ संरचना खडा गरिएको छ । श्रम तथा रोजगार र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयलाई गाभेर एउटै बनाइएको छ । उद्योग, वाणिज्य र आपूर्ति तीन अलग मन्त्रालय गाभेर एउटै बनाइएको छ ।
जसको अस्तित्व सकियो
मन्त्रालयहरु गाभिएसँगै केही मन्त्रालय भने अघोषित रुपमा खारेजीमै परेका छन् । स्रोतका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय अब अलग अस्तित्वमा रहनेछैन । त्यस्तै स्थानीय विकास मन्त्रालय पनि खारेज भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय पनि रहने छैन । त्यस्तै पशुपन्छी विकास मन्त्रालय पनि रहने छैन । गरिवी निवारण, संस्कृति, विज्ञान प्रबिधि जस्ता अलग अस्तित्व  मन्त्रालय पनि अब रहने छैनन् ।
यस्तै सिचाइँ मन्त्रालय पनि रहने छैन् । यो मन्त्रालय अब जलस्रोत, ऊर्जा र सिचाइँ मन्त्रालयका रूपमा रहने भएको छ ।
सचिवहरु के हुन्छन् ?
मन्त्रालयहरुको पुनसंरचनासँगै अब बिभिन्न मन्त्रालयको नेतृत्व गरिरहेका कम्तिमा एक दर्जन सचिव जिम्मेवारीविहीन हुनेछन् ।
गाभिएका मन्त्रालयको सचिव कसलाई बनाउने ? जिम्मेवारीविहीन भएका सचिववलाई के गर्ने ? यसबारेमा सरकारले टुंगो लगाएको छैन ।
जनसंख्या तथा वातावरण मन्त्री पण्डितले यसबारेमा पनि छलफल सुरु भएको बताए । ‘यसको पनि बिस्तारै टुंगो लाग्ला नि’ उनले भने ‘अहिलेनै सबै कुरा भन्न सकिन्न’ ।

भ्रष्टाचार आरोपदेखि मुख्यमन्त्रीसम्म लालबाबुको यात्रा

भ्रष्टाचार आरोपदेखि मुख्यमन्त्रीसम्म लालबाबुको यात्रा

पदभार ग्रहण बेला खिचिएको भिडियोबाट लिइएको स्क्रिनसट।

२०५१ सालताका उनी ठाकुरराम क्याम्पसमा पढाउँथे, म पढ्थेँ। मेरो कक्षामा नआए पनि यी ठिटौले उमेरका अंग्रेजी गुरूमा चासो थियो। त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातकोत्तर सकेर आएका उनी लगायत एकहुल रैथाने गुरूहरूले क्याम्पसमा नयाँ माहोल सिर्जना गरिदिएका थिए।
उनीबाहेक सुदीप ‘अंकल’, सञ्जय ‘दाइ’, सुशिल ‘दाइ’, कृपासिन्धु ‘दाइ’ लगायत थुप्रै नाम थपिएका थिए। त्यस अघिसम्म हाम्रो क्याम्पसमा अन्तबाट आएर पठनपाठन गराउने गुरूहरूको बाहुल्य थियो।
यसरी मैले पहिलोपटक लालबाबु राउतलाई ‘दाइ शिक्षक’का रुपमा चिनेको हुँ।
यसबीच सिर्सिया नदीमा धेरै पानी बगिसकेको छ।
सबैभन्दा पहिले त नेपाल संघीय गणतन्त्रमा रुपान्तरित भएको छ। त्यही रुपान्तरणको फल अर्थात् प्रादेशिक संरचना हाम्रा सामु प्रस्तुत छ। प्रदेशमध्ये सबैभन्दा ध्यान र चर्चा यतिबेला दुई नम्बर प्रदेशको छ। यो दुई नम्बर प्रदेशका प्रथम मुख्यमन्त्री भएका छन् उनै लालबाबु राउत।
जब जब कसैले लालबाबु राउतको पूरा नाम ‘मोहम्मद लालबाबु राउत गदी’ पुकार्छ तब तब उनी अल्पसंख्यक मुस्लिम समुदायका हुनुको पहिचान पनि खुल्छ। नभए दशरथ राउतका छोरा र रामबाबु राउतका दाइ लालबाबुलाई कसरी गैरहिन्दु भनेर बुझ्नु?
बिहीबार पदभार ग्रहण गर्नेबेला उनै लालबाबु राउतले कार्यकक्षमा हिन्दू विधिबाट पूजापाठ गराउन लगाएको दृश्य सामाजिक सञ्जालमा देखियो।
म चाहिँ यसको पृष्ठभूमिबारे पनि जानकार थिएँ।
अघिल्लो दिन मात्र वीरगन्जमा आयोजित ‘गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार वितरण’ का बेला यो सन्दर्भ उठेको थियो। लालबाबुको पार्टी संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष एवं भर्खरै निर्वाचित एक नम्बर क्षेत्रका सांसद प्रदीप यादवले यसबारे बोलेका थिए। मेरो बुवासँग जोडिएको समारोह भएकाले म त्यहाँ उपस्थित थिएँ।
‘मुसलमानलाई मुख्यमन्त्री बनायो भनेर यतिबेला वीरगन्जमा धमाधम पुत्ला जलाउने काम गरिरहेका छन्,’ यादवले भनेका थिए, ‘हाम्रो पार्टीले अल्पसंख्यक मात्र होइन, आफ्नो दलको सबैभन्दा श्रेष्ठ प्रदेश सभासदलाई अघि बढाउँदा यहाँ अरूहरूको टाउको किन दुखिरहेको छ?’
पछि परेका मधेसी समुदाय यो प्रदेशमा बल्ल अघि बढिरहेका बेला अल्पसंख्यकप्रति यहाँ अझै कति भेदभाव छ भन्ने प्रदीप यादवले गर्न परेको प्रतिरोधबाट बुझिन्थ्यो।
यस्तो अवस्थामा लालबाबु राउतले आफ्नो पदभार ग्रहण बेला अपनाएको हिन्दु परम्पराभित्र अन्तर्य मेरो निम्ति छर्लंग थियो। यसभित्र आफू इतरका मान्छे समेट्न राउतले अपनाएको हदैसम्मको लचकता पनि म देखिरहेको थिएँ।
पहाडे र मधेसी चिरा, मैथिली र भोजपुरी चिरा, सबभन्दा गरिब प्रदेशभित्रै आर्थिक श्रोत भएको क्षेत्र र नभएको क्षेत्रबीचको चिरा अनि हुँदाहुँदा हिन्दु र मुसलमानबीचको चिरा बेहोरिरहेको यो प्रदेश वास्तवमै सबभन्दा जटिल छ। अबका दिन यिनै चिरा लालबाबुका निम्ति सबैभन्दा ठूला चुनौती हुने पक्का छ। यस निम्ति उनले अहिलेबाट आफूलाई तयार राख्नुपर्नेछ। उनी तयार छन् भन्ने संकेत नै बिहीबारको पदभार ग्रहण समारोह थियो।
यति कुरा जानकारी गराउन मात्र म लेखिरहेको छुइनँ। विश्वविद्यालयमा पढाउँदै गरेका गुरूको मुख्यमन्त्री सम्मका यात्रा कम्ता रोचक छैनन्। गत वर्ष मात्र मैले लेखेको पुस्तक ‘वीरगन्जः मेरो सहरको कथा’ को पटाक्षेप लालबाबु राउतबाटै भएको थियो। शुक्रबार बिहान मेरो मनमा तिनै सन्दर्भ घुमिरहे।
दुई वर्षअघिको कुरा हो। लामो अन्तरालपछि म टेलिभिजनका पर्दा र अखबारका तस्बिरमा एउटा चिनेको अनुहार देखिरहेको थिएँ। मेरो चिनाइ र त्यहाँ उनको उपस्थितिबीच कता के मिलिरहेको थिएन। सरकारसँग वार्ता गर्न संघीय लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट बनाइएको उच्चस्तरीय टोलीका तीनमध्ये उनी एक सदस्य थिए। मैले यो अनुहार राम्ररी चिनेको हुँ। ठम्याउन गाह्रो परिरहेको थियो। को हुन् यिनी?
लालबाबु राउत, उपेन्द्र यादवको पार्टीका केन्द्रीय उपाध्यक्ष र त्यतिबेला वीरगन्जबाटै समानुपातिकका सांसद।
मेरो जिज्ञासा अझ बढ्न थाल्यो।
थप पत्ता लाग्यो।
उनी वीरगन्ज उपमहानगरपालिकाका कर्मचारी थिए। जिन्सी फाँट प्रमुख।
त्यतिबेलै मेरा अगाडि अरू केही दृश्य नाच्न थाले। त्यो थियो उही ठाकुरराम क्याम्पसको।
क्याम्पसमा देखेको निकैपछि मैले उनलाई नगरपालिकामा कार्यरत भेटेको थिएँ। विद्यार्थीमाझ रमाइरहने तन्नेरी शिक्षकलाई नगरपालिकाको जञ्जालमा देख्दा अलि अनौठो लागेको थियो। यो पछिल्लो अवस्थाले त झनै आश्चर्य बनाएको थियो।
वीरगन्जमै बसेर पुस्तकको अन्तिम तयारी गरिरहँदा म लालबाबुको विषयमा जान्न आतुर भएँ। नगरपालिकाको जागिरदेखि मधेसी राजनीतिसम्मको उनको यात्राबारे विस्तारमा जानकारी मिल्यो।
म स्तब्ध भएँ।
उनी ठाकुरराम क्याम्पसमा अध्यापनरत रहेकै बेला वीरगन्ज उपमहानगरपालिकामा जनसम्पर्क अधिकारी पदमा आवश्यकता खुलेको रहेछ। त्यो बेला खासमा उपमहानगरलाई अंग्रेजी भाषामा दख्खल भएका अधिकृत चाहिएको थियो। विदेशीसँगको सम्पर्क र सम्बन्ध विस्तार गर्ने उद्देश्यले त्यो पद सिर्जना भएको थियो। ०५२ सालमा त्यस निम्ति आवेदन दिए र अंग्रेजीमा स्नातकोत्तर गरेका लालबाबुले पहिलो नम्बरमा नाम निकाले।
०६० साल अन्तिमसम्म नगरपालिकामा उनको जागिरे जीवन सामान्य चल्दै गयो। पछिल्लो समय उनी जिन्सी फाँट प्रमुख थिए। त्यतिबेलै सूर्यबहादुर थापा प्रधानमन्त्री भए। स्थानीय निकायमा धमाधम मनोनित गर्न थालियो। स्थानीय विकास मन्त्री भएकाले कमल थापाको निर्णयमै सबै नियुक्ति हुन्थ्यो। वीरगन्जमा भने टुंगो गर्ने सर्वाधिकार उनका पुराना सहयोगी राजीव पराजुलीलाई थियो। पहिलो लटमै वीरगन्ज उपमहानगर प्रमुख मेरो बुबालाई बनाइयो। तीन महिना नबित्दै मागेको पाँच लाख रुपैयाँ चन्दा नबुझाएका कारण माओवादीले उहाँको हत्या गरिदिए।
त्यसपछि पराजुलीकै अर्का विश्वासपात्र प्रदीप सुवेदी नगरप्रमुख बने।
त्यसै वर्ष चैत चौथो साता नगरपालिका बोर्डले भारतको सिन्टेक्स कम्पनीले उत्पादन गर्ने ‘ह्विल ब्यारो’ (एकपाङ्ग्रे ठेला) १ सय ५० थान खरिद गर्ने निर्णय लियो।
त्योबेला आर्थिक प्रशासन नियमावलीअनुसार दुई लाख रुपैयाँभन्दा बढीको सामान किन्न टेन्डर आह्वान गर्नुपर्ने अनिवार्य थियो। एउटैको १० हजारसम्म पर्ने त्यो ठेला किन्दा त्यसभन्दा निकै बढी पैसा आवश्यक पर्थ्यो। टेन्डर अनिवार्य भयो। तर, बोर्डले निर्णय गर्ने बेलामै ‘यो प्रोप्राइटरी सामान भएकाले यसका अन्य कुनै पनि डिलर नभएको अवस्थामा बिना टेन्डर खरिद गर्ने’ भनेर ठाडो आदेश दियो।
त्यो ठेला बिक्री गर्न आफूलाई सिन्टेक्स कम्पनीको नेपालस्थित एक मात्र डिलरका रूपमा उभ्याउँदै श्यामसुन्दर टिबडेवालको बुहारीका नाममा एउटा फर्ममार्फत आवेदन आयो। उनै श्यामसुन्दर दोस्रो संविधानसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का समानुपातिक तर्फका सांसद थिए।
नगरपालिका बोर्डले १ सय ५० वटा ठेला खरिद गर्ने निर्णय गरे पनि कर्मचारीहरूले एकै चोटि त्यति धेरै आवश्यक नरहेकाले सुरुमा ७० वटा मात्र किन्ने पहल गरे। बोर्डले निर्णय गरेको महिना नबित्दै नगरपालिकामा ठेला भित्रियो र भुक्तानी पनि भयो।

जानकारका अनुसार श्यामसुन्दरहरूले यो ठेला ‘पाइलट प्रोजेक्ट’ का रूपमा वीरगन्ज उपमहानगरमा छिराएका थिए। तत्कालीन गृह एवम् स्थानीय विकास मन्त्री थापाको प्रभाव प्रयोग गर्दै मनोनित पदाधिकारीमार्फत मुलुकभरका स्थानीय निकायमा यसलाई पुर्याउने योजना थियो। तर, अत्यन्त कम मूल्यमै पाइने भनेर सहजै अनुमान लगाउन मिल्ने प्लास्टिकको त्यो एकपाङ्ग्रे ठेलालाई यसरी १० हजार रुपैयाँ उपमहानगरले तिरेपछि व्यापक चर्चाको विषय बन्यो। किनेको दुई महिना नबित्दै असार अन्तिम साता अख्तियारले ठेलाकै विषयलाई लिएर वीरगन्ज उपमहानगरमा छापा मार्यो।
मनोनित नगरप्रमुख र बोर्डका सदस्यलाई अख्तियारले त एउटा बयान गराएर उन्मुक्ति दियो। कारबाहीमा भने तत्कालीन कार्यकारी अधिकृत ध्रुव कार्की, लेखापाल हरिकिशोर चौरसिया र जिन्सी प्रमुख लालबाबु राउत परे।
कम्तीमा कार्की त बोर्ड बैठकमा उपस्थित थिए। अरू दुई मधेसी अधिकृत भने बित्थामा भ्रष्टाचारी ठहर गरिए। सबै निलम्बनमा परे।
त्यसपछि विशेष अदालतको चक्कर सुरु भयो। त्यहाँ पनि अन्तिममा फैसला फेरि यिनै बेकसुरविरुद्ध भयो। फैसलामा भनिएको थियो–
‘राजनीतिक व्यक्ति भनेका अज्ञानी हुन्छन्। उनलाई कानुनको ज्ञान हुँदैन। त्यसैले स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर उनीहरूलाई तालिम दिन लगाउने र कर्मचारीहरूलाई कारबाही चलाउने।’
त्यति बेला उपमहानगरका उपमेयर त्यसै पदको दोस्रो कार्यकालमा थिए जो लामो समयदेखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता पनि थिए। त्यसबाहेक बोर्डले सल्लाह लिने गरी कानुनी सल्लाहकार पनि हुन्थे। तर, बोर्डले दिएको आदेश कार्यान्वयन गर्ने कर्मचारी घानमा परे।
स्थानीय स्वायत्त शासन ऐनअनुसार बोर्डले गरेका त्यस्ता निर्णयलाई ठाडो कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको कर्मचारीहरू बताउँछन्।
कारबाहीमा परेकामा चरम निराशा, आक्रोश र कुण्ठा सम्झेर अहिले पनि नगरपालिकाका समकक्षी कर्मचारीहरू धिक्कार्छन्।
विशेष अदालतबाट हारेपछि यो मुद्दा सर्वोच्च पुग्यो। लालबाबुहरू आठ वर्षसम्म जागिरबाट निलम्बित भ्रष्टाचारीका रूपमा अदालत धाइरहे। अन्तिममा सर्वोच्चले ‘निर्णय कार्यान्वयन गर्नेलाई सजाय दिनु कानुनसम्मत नरहेको’ भनेर फैसला सुनायो।
उनीहरूको निधारबाट भ्रष्टाचारीको कलंक मेटियो। आठ वर्षपछि नगरपालिकाको जागिर पनि फिर्ता भयो। कार्यकारी अधिकृत कार्कीको अवकाश बेला भइसकेकाले उनले थोरै समय मात्र काम गर्न पाए। लेखापाल चौरसिया उही पदमा कार्यरत मात्र होइन, अझ पाँच वर्षसम्म उनको पदावधि रहनेछ। जिन्सी प्रमुख लालबाबु राउत भने नगरपालिकामा स्थायी अधिकृतको जागिरबाट राजीनामा दिएर मधेसी राजनीतिमा होमिए।
२०७२ साल कात्तिक १५ गते।
सरकारी वार्ता टोली प्रमुख एवम् उपप्रधानमन्त्री कमल थापासँग लालबाबु राउत फेरि आमनेसामने हुँदै थिए। सरकार र मधेसी मोर्चा बीचको वार्ताकै निरन्तरता थियो यो।
मैलै वीरगन्जबाटै एकाबिहानै वार्ता टोली सदस्य राउतलाई फोन गरेर जिज्ञासा राखेँ। दुईतिहाइले कुरा मिलाउनुपर्ने विषयमा चौथो दलका नेता थापालाई नेतृत्व दिनुले नै सरकारी पक्षको मनस्थिति झल्काउँथ्यो। तैपनि वार्ताका निम्ति आफूहरू तयार भएर जाने राउतले बताए।
वार्ता सन्दर्भमा केही बेर कुरा गरिसकेपछि मैले जिज्ञासा राखेँ, ‘कमल थापा नै सम्बन्धित मन्त्री भएका बेला एउटा कर्मचारी तपाईंमाथि त्यत्रो अन्याय भएको थियो। आजभोलि वार्तामा बस्दा थापा कुनै संकेतबाट पनि त्यसका निम्ति दुःख मानेका वा क्षमा माग्ने मुडमा देखिन्छन्?’
‘कमल थापा ठूला मान्छे हुन्,’ त्यतिबेला राउतले भनेका थिए, ‘मसँग त्यस्ता कुरा के गर्थे?’
उनीहरूकै कारणले त्यत्रो दुःख पाएको भए पनि यसबारे थापालाई आफूले वार्ताकालभर संकेतसमेत नदिएको उनले बताए। राजनीतिको फराकिलो र गम्भीर दायित्वमा आइसकेपछि पुराना व्यक्तिगत आग्रह–पूर्वाग्रहको कुनै कामै नहुने भएकाले अब यस्ता कुरा सोच्नै छाडेको राउतको भनाइ थियो।
त्यस दिन हाम्रो कुरा यतिमै टुंगियो।
अलिदिनमै फुर्सदिला भएका लालबाबु वीरगन्ज आइपुगे। मेरो घरमा पत्रकार चन्द्रकिशोर लगायत बसेर कुराकानी गरिरहेका थियौं। वीरगन्ज आइपुग्नेबित्तिकै लालबाबु पनि मेरै घरको जमघटमा मिसिन आइपुगे। हामीबीच जारी वार्ताका विषयलाई लिएर विस्तारमा कुराकानी भए। मलाई भने लालबाबुकै बारेमा थप जान्न मन लागिरहेको थियो। म भोलिपल्टै उनलाई भेट्न उनको घर पुगेँ।
पुस्तौंदेखि पर्साकै जगरनाथपुरमा बसोबास गर्दै आएका सम्पन्न मुस्लिम परिवारका सदस्य लालबाबु नजिकैको पोखरियाबाट एसएलसीपछि पढ्न वीरगन्ज आएका थिए। त्यति बेला उनको संगत नेपाल विद्यार्थी संघका नेतासँग भयो। उनी नेविसंघ आबद्ध रहेरै ठाकुरराम क्याम्पसदेखि त्रिविविको अंग्रेजी विभागसम्म पुगेर पढाइ सिध्याए।
२०४९ सालदेखि अस्थायी शिक्षक रूपमा ठाकुरराम क्याम्पसमा पढाउन सुरु गरे। त्यसैगरी ०५२ सालदेखि वीरगन्ज उपमहानगरमा अधिकृत भए। नगरपालिकामा कार्यरत रहँदै उनको भेट फोरम नामको संस्था चलाएर हिँडेका उपेन्द्र यादवसँग भयो। तीनवटा कलेजमा पढाउने र नगरपालिकाका स्थायी जागिरे उनी आफ्नै दुनियाँमा व्यस्त थिए। ट्युसनसमेत गरेर पर्याप्त कमाइ पनि थियो। यसैबीच सरकारी क्याम्पसमा पढाएर अन्यत्र जागिर पनि खाएको भनेर केहीले टीकाटिप्पणी गरेपछि उनले त्रिविको जागिर छाडिदिए।
त्रिविविको जागिर छाडेको चार महिना नबित्दै उनी आफू संलग्नै नरहेको नगरपालिकाको भ्रष्टाचारमा मुछिए। जिन्सी फाँट प्रमुख रहे पनि राजनीतिका केन्द्रदेखि जिल्लासम्मका हस्तीको योजनाबद्ध बदमासीमा आफूले गर्न सक्ने केही नभएपछि चुप लागेर बसेको उनको दाबी छ। आफ्नै सहरका मान्छे आएर किचकिच गरेपछि उनलाई नाइँ भन्न पनि अप्ठेरो थियो।
अरूले नै लेखेर ल्याएको टिप्पणी पढ्दा पनि नपढेर सही गरिदिएको उनी बताउँछन्। यति गरेकै कारण अख्तियारले उनलाई भ्रष्ट ठहर गरिदियो र नगरपालिकाको जागिरबाट निलम्बित भए। अलि अघिसम्म कलेज र नगरपालिका धाएर व्यस्त जीवन बाँचेका उनी अचानक फुर्सदिला भए।
त्यतिबेलै उनले पहिलो मधेस आन्दोलनका साथ उदाएको मधेसी जनअधिकार फोरमको राजनीतिमा आफूलाई अग्रसर गराए।
नगरपालिकाको जागिरमा लामो समय बिताउँदा पनि लालबाबुले आफ्नो व्यक्तित्व सफा राखेका थिए। एक त उनी पुग्दो घरका सदस्य थिए। त्यसबाहेक एकछिन पनि फुर्सद नबसेर जताततै पढाउँदै हिँड्दाको अतिरिक्त आम्दानी। सुपारी चपाउने लत पनि नराखेका उनीसँग खर्च गर्ने ठाउँ पनि थिएन।
‘म एक पैसा लप्पनछप्पन गर्दिनथेँ,’ उनी भन्छन्, ‘चाडपर्व बेला आउने अतिरिक्त तलब पनि फाँटका साना कर्मचारीलाई बाँडिदिन्थेँ।’
त्यस्ता मान्छेलाई अचानक नखाएको विष लाग्दै थियो। नगरपालिकामा अख्तियारले छापा मारेको केही दिन भइसकेको थियो। यस्तोमा एक दिन फेरि उनलाई नगरप्रमुख प्रदीप सुवेदीको फोन आयो।
‘लालबाबुजी, राजीव पराजुली दाइले आदर्शनगरको टाइम सेन्टरबाट भर्खर एउटा सामान किनेर लैजानुभएछ। त्यसको भुक्तानी गरिदिनुस् न।’
उसै त अख्तियारको कब्जामा परेर रनभुल्ल भएका लालबाबुलाई के गर्ने कसो गर्ने भेउ नै मिलेन। यस्तो बेला नगरपालिकाको पैसा कसरी चलाउने? निजी कलेजमा पढाएर पाएको तलब गोजीमा थियो। त्यही पैसा निकालेर पसलेलाई २० हजार रुपैयाँ बुझाइदिए। लालबाबुका अनुसार त्यो पैसा उनले कहिल्यै फिर्ता लिएनन्।
लालबाबुलाई पहिलोपटक नगरपालिकाको जागिरका निम्ति त्रिविको काम व्यर्थै छाडेछु भन्ने पछुतो भयो। कहाँ स्नातक अध्ययन गरिरहेका ताजा ताजा तन्नेरीसँग अंग्रेजी शिक्षकका रूपमा दैनिक उठबस, कहाँ अरूले गरेका बदमासीको बोझ उठाउनुपर्ने नगरपालिकाको जागिर।
त्यसमाथि कलेजमै पढाइरहेका उनका कतिपय साथी बीचबीचमा अन्यत्र गएर विद्यावारिधि गर्दै फर्केको देख्दा उनलाई इर्ष्या पनि लाग्थ्यो।
नगरपालिका मात्र होइन, यो मुलुकको सारा संयन्त्र नै आफूले भ्रष्ट देखेको लालबाबु सुनाउँछन्। उनका अनुसार उनीहरूमाथि विशेष अदालतमा मुद्दा लगाउनुअघि अख्तियारका अनुसन्धान अधिकृतले मुख खोलेरै पैसा मागेका थिए जसलाई एक पैसा पनि दिन्नँ भनेर लालबाबु नै अडिदिएका थिए।
लालबाबुलाई पहिलो संविधानसभाकै बेला उपेन्द्र यादवले सभासद बन्न प्रस्ताव गरेका रहेछन्। तर, आफूले भ्रष्टाचार मुद्दा खेपिरहेकै कारण त्यो पद लिन मानेनन्। वीरगन्जकै अर्का साथीलाई दिलाइदिए।
‘आफूले गल्ती नगरेको भए पनि टाउकोमा झुन्डिएको कलंक बोकेर जिम्मेवार ओहदामा बस्नु राम्रो हुँदैनथ्यो,’ उनले भने, ‘त्यसैले पहिलो संविधानसभामा सभासदमात्र होइन, अरू पनि पदको प्रस्ताव अस्वीकार गरेको थिएँ।’
कसैले गल्ती गरेको छ वा छैन भन्ने निर्क्यौल नगरी अख्तियारले मुद्दा चलाएकै भरमा भ्रष्टाचारीको पगरी लगाइदिने हाम्रो प्रवृत्तिले पनि उनलाई पिरोलेको रहेछ। त्यति बेला ‘भ्रष्टाचार गरेको थियो र त गयो’ भनेर समाजमा गरिएका टिप्पणीले उनको परिवारै तनावबाट गुज्रनुपरेको थियो। मुद्दा चलुन्जेल आठ वर्षसम्म उनले समाजमा भ्रष्टाचारीको ताडना खेप्दै हिँड्नुपर्यो। यसलाई नमिठो पाठ मान्दै हिजोआज उनले त्यति सम्झन छाडिसकेका छन्।
के नगरपालिकामा त्यो काण्ड नभइदिएको भए उनी यसरी राजनीतिमा आउँथे? मेरो जिज्ञासा थियो ।
‘मैले राजनीति गर्छु भनेर सोचेकै थिइनँ,’ उनले भने, ‘यो क्षेत्रमा आएको भए पनि यति चाँडै आउने थिइनँ।’
हिजोआज उनलाई आज यो स्थानमा ल्याइपुर्याउनै विगतमा ती घटना भएका होलान् भन्ने लाग्न थालेको छ। संघीय नेपालका प्रथम मुख्यमन्त्री।
लालबाबुले गुमाएका छैनन्। बरु आफ्नो नियति फेरि नदोहोरियोस् भनेर लड्ने अठोट गरिरहेका छन्।

कुन महिनामा जन्मेको मान्छे धनी,भाग्यमानी र स्वाभाब कस्तो हुन्छ ?-हेर्नुहोस

कुन महिनामा जन्मेको मान्छे धनी,भाग्यमानी र स्वाभाब कस्तो हुन्छ ?-हेर्नुहोस


Loading...
कुन महिनामा जन्मेको मान्छे धनी,भाग्यमानी र स्वाभाब कस्तो हुन्छ ?-हेर्नुहोस
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः
१. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन्।
६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी)
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः
१. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन्।
६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी)

पढ्नुस पालना गर्नुस, जीवन बदलिने छ

सुत्नु अगाडी पढ्नुहोस जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी ! पढ्नुस पालना गर्नुस, जीवन बदलिने छ


Loading...
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।
गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।
पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन ।
उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे।
अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए।
त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
गौतम बुद्धका केही जीवनउपयोगी वाणी पढ्नुस्:
१. भुतकालमा नउल्झ, भविष्यको सपनामा नहराउ। वर्तमानमा ध्यान देउ। यहि खुसी रहने बाटो हो।
२. तिम्रो क्रोधको लागि कसैले सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ।
३. संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन। शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ।
४. हजारौं लडाइ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ।
५. तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य।
६. लक्ष्यमा पुग्नु भन्दा महत्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसंग गर्नु हुन्छ। हजारौं शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ।
७. घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ। यो एक प्राकृतिक सत्य हो।
८. सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु।
९. क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने इच्छाले समातेर बस्नु समान हो। यसले स्वयम आफुलाई नै जलाउँछ।
१०. एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुदैन। यसै गरि खुसि बाड्नाले बढ्छ, कम हुदैन।


धेरैलाई थाहा नहुन सक्छ ! वेद के हो ? ४ वेद यी हुन् र परिचय सहित

ऋग्वेद
वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् । यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मण्डूकायन ।
ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ । विश्वविख्यात गायत्री मन्त्र (३/६२/१०) पनि यहीँ छ । ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् । रोगनिवारक सूक्त (१०/१३७/१—७), श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त (१०/१२९/१—७) तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन छ जसमा ज्ञान र विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ ।
सामवेद
सामवेद मा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । तैपनि यसको आफ्नै विशिष्ट महत्व छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ ।
सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको छ र सबै वेदका प्रमुख अंश यसमा परेका छन् । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो । यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ । यसमा सविता, अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको छ । यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् । मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् । यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र संगीतशास्त्रलाई प्रधान बनाइएको छ ।
यजुर्वेद
यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ । यजुर्वेदका दुई शाखा छन् । नेपाल र उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित छ । यसमा ४० अध्याय छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् ।
त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् । यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।
अर्थबेद
यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् ।
भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् । मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ । यसमा २० काण्ड छन् ।

प्रदेश अनुसार नेपालका क्षेत्रफलका अाधारमा साना र ठूला जिल्लाहरू

प्रदेश अनुसार नेपालका क्षेत्रफलका अाधारमा साना र ठूला जिल्लाहरू

नेपालमा हालसालै नयाँ संरचनामा विभाजन भएको छ । जस संरचनाअनुसार  अञ्चललार्इ प्रदेशमा विभाजन गरि जम्मा ७ प्रदेश बनार्इएको छ । ति प्रदेशमा विभिन्न जिल्लाहरू रहेका छन् जुन जिल्ला मध्ये क्षेत्रफलका अाधारमा साना र ठूला जिल्लाहरू निम्नानुसार रहेका छन् ।

लोकसेवा अायोग पढ्नेका लागि महत्त्व पूर्ण प्रश्न नेपालमा लगार्इन मुख्य खेती सम्बन्धी केहि जानकारी

लोकसेवा अायोग पढ्नेका लागि महत्त्व पूर्ण प्रश्न नेपालमा लगार्इन मुख्य खेती सम्बन्धी केहि जानकारी

नेपालमा कफी खेती
सुरुवात=वि.स.१९९५(गुल्मीको आपचौरबाट)
सुरुवातकर्ता=हिरा गिरी
व्यवसायिक खेती सुरु=वि.स.२०११
कफी विकास निगमको स्थापना=वि.स.२०४०
कफी दिवस=मंसिर ०१(२०६१ देखि मनाउन थालिएको)
पहिलो कफी प्रशोधन केन्द्रको स्थापना=वि.स.२०४१
पहिलो कफी प्रशोधन केन्द्र=गुल्मी जिल्लाको बलेटक्सार
एक गाउ एक उत्पादन अन्तर्गत छानिएको जिल्ला=स्याङ्जा र गुल्मी
नेपालमा हाल २५ जिल्लामा कफी खेती गरिने!!
नेपालले सर्वप्रथम कफी निर्यात गरेको देश=नेदरल्यान्ड(२०४२सालमा)
कफिमा पाइने तत्व=क्याफिन

नेपालमा चिया खेती
सुरुवात=वि.स.१९२०(इलाम)
सुरुवातकर्ता=गजिरसिंह थापा
चिया विकास निगमको स्थापना=वि.स.२०३३
नेपालमा चिया दिवस=वैशाख १५ गते
चिया क्षेत्र घोषणा=वि.स.२०३९ मा राजा विरेन्द्रद्वारा
चिया क्षेत्र घोषित जिल्ला=इलाम,ताप
्लेजुङ,झापा,तेह्रथुम,धनकुटा(५वटा)
सबैभन्दा पहिला स्थापित व्यवस्थित वगान=वुधकरण टि स्टेट(वि.स.२०१६ मा स्थापित)
हाल चिया वगान संख्या=१४०वटा
चिया प्रशोधन केन्द्र=४०वटा
उत्पादित चियाको प्रकार=२
१.अर्थोडक्स चिया(पहाडमा उत्पादन हुने)
२.CTC चिया(तराईमा उत्पादन हुने)
प्रतिहेक्टर उत्पादन=१००किलोग्राम
आन्तरिक मागको ४५%स्वदेशी उत्पादनबाट पुर्ति हुने गरेको!

नेपालमा जैतुन खेतिको
सुरुवात=वि.स.२०
५२(मकवानपुर बाट)

नेपालमा रबर खेतिको
सुरुवात=वि.स.२०
४७(झापा बाट)
नेपालमा रेन्बो ट्राउट माछा पालन सुरु=सन् १९९०(नुवाकोट बाट)
नेपालमा ट्रपल नामको च्याउ खेती सुरुवात=वि.स.२०७०(रोल्पाबाट)
नेपालमा रेसम खेतिको सुरुवात=आव२०३२/३३बाट

अन्य जानकारी
विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश=भारत
विश्वमा सबैभन्दा धेरै चिया खपत गर्ने देश=वेलायत
विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश=ब्राजिल

मात्र २० सेकेण्डमा त्रिभुजको संख्या कसरी पत्ता लगाउने जान्नुहोस् तरिका सहित

मात्र २० सेकेण्डमा त्रिभुजको संख्या कसरी पत्ता लगाउने जान्नुहोस् तरिका सहित

चत्र नं. १
चित्र नं १ मा हामीले सजिलै देख्न सक्छैा एउटा त्रिभुज छ ।
चत्र नं. २
चत्र नं. २ मा पनि हामीले सजिलै छुट्याउन सक्दछैा त्रिभुज संख्या ३ छ भनेर
चत्र नं. ३
चित्र नं. ३ मा हामीलार्इ त्रिभुज संख्या निकाल्न अलिक गाह्रो पर्ने हुदा यहाँ हामीले के गर्ने भने एक एक अटा त्रिभुज संख्या गन्ने जस्तै चित्रमा त्रिभुज संख्या जम्मा ५ रकेको छ । यस त्रिभुज संख्याहरूको सम्पूर्णको योग नै जम्मा त्रिभुज संख्या हुन पुग्दछ । चित्र नं. ३ मा दिए जस्तै ।
चत्र नं. ४
चित्र नं. तिन कै जसरी हामीले छुट्याउने त्यसपछी माथिल्लो धर्का कति वटा छन् त्यतिले जोडेर अाएको कुल संख्यालार्इ गुनाण गर्दा कुल त्रिभुज संख्या निस्कन्छ । चित्र नं. ४ मा दिए जस्तै

दिएको चित्र नं. ४ मा सिङ्गल त्रिभुजको संख्या ७ रहेको छ । सम्पूर्ण त्रिभुजको संख्याको योगफल यस  त्रिभुुजको जम्मा त्रिभुज हुन्छ । यसलार्इ विचबाट तेस्राे लाइनले काट्दा जम्मा त्रिभुजको संख्याको योगफललार्इ जति धर्काले काटिन्छ । त्यो भन्दा एक संख्या बढीले  गुनण गर्नु पर्दछ । जस्तै चित्र नं. ४ को त्रिभुजमा धर्काले नकाट्दा जम्मा त्रिभुज संख्या २७ हुन्छ । यदी धर्काले काटिन्छ भन्ने जम्मा त्रिभुज संख्या २७×२ हुन पुग्दछ ।

गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

  • गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरहेको छ ।
तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर गर्नु नै हुन्छ ।
स्मार्टफोनबाट डिलिट भएका कन्ट्याक्टसहरु प्राप्त गर्न तपार्इंले ठूलो चिन्ता गर्नु पर्दैन । गुगलको सहयोगले सजिलैसँग तपार्इंले गुगल ड्राइभमा सेभ भएका नम्बरहरु प्राप्त गर्न सक्नुहुन्छ । त्यसका लागि केही चरणहरु पूरा गर्नुपर्दछः
· सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल कन्ट्याक्ट्स  contacts.google.comवेबसाइट खोल्नुहोस् । तपार्इंका नम्बरहरु जुन जिमेल ठेगानासँग आबद्ध गर्नुभएको थियो सोही जिमेलमा लगइन गरी ब्राउजरमा उक्त साइट खोल्नु आवश्यक हुन्छ ।
· वेबसाइट खोलिसकेपछि त्यसको माथि बायाँतर्फ रहेको मेन्यूमा जानुहोस् र Moreबटनमा क्लिक गर्नुहोस् । त्यसपछि तपार्इंले undo changes को अप्सन देख्नुहुनेछ ।
· तत् पश्चात आफूलाई जुन समय भित्र डिलिट भएका वा परिवर्तन गरिएका सम्पर्क नम्बरहरु पुरानै अवस्थामा चाहिएको हो, सोही अनुसारको समय छानेर रिस्टोर गर्न सक्नुहुन्छ । यस प्रकार तपार्इंले डिलिट वा इडिट भएका सम्पर्क नम्बरहरु पुनः प्राप्त गर्न सक्नुहुन्छ । तर ध्यान दिनुपर्ने कुरा के भने तपार्इंले ३० दिन भित्रमा डिलिट भएका कन्ट्याक्स रिस्टोर गर्नैपर्दछ । अन्यथा रिस्टोर गर्न सकिँदैन
-onlinekhabar.com

गहिरिँदो विश्वसनीयताको संकट

गहिरिँदो विश्वसनीयताको संकट

शुक्रबार, ०४ फागुन २०७४, ०९ : ५७ सीके लाल

164

प्रजातान्त्रिक संस्कार भएका समाजहरूमा नगर विमर्श सभा (टाउन हल मिटिङ) जस्ता कार्यक्रम भइरहन्छन् । त्यस्ता सार्वजनिक सुनुवाइका मञ्चहरूबाट जनप्रतिनिधिले प्रस्तावित कानुनबारे छलफल गर्छन् । महत्वपूर्ण मुद्दाहरूमा जनताको प्रत्यक्ष आवाज सुन्न पनि विमर्श सभा उपयोगी हुने गर्छ । अरू केही नभए समुदायिक चासोको मुद्दामा विचारको आदान–प्रदान हुनु पनि आफैँमा उपलब्धिमूलक गतिविधि हो । राजा महेन्द्रले निरंकुश शासन व्यवस्थाका लागि प्रयोग गरेर ‘पञ्चायत’ जस्तो सम्मानित शब्दलाई नै बिटुलो तुल्याउनुअघिसम्म मधेसका गाउँघरतिर स्थानीय पञ्चमहाजन एक ठाउँमा जम्मा भएर त्यसरी नैं महत्वपूर्ण विवाद सल्ट्याउने गर्थे । सन् १९६२ पछि ‘पञ्च’ भनेका जाली फटाहा हुन् भन्ने छवि बलियो बन्दै गएपछि सामूहिक सम्पर्कका त्यस्ता परम्परागत मञ्च पनि हराउँदै गए । आजभोलि कतिपय ठूला योजनामा सार्वजनिक सुनुवाइलाई पूर्वसर्त बनाइएको हुन्छ । प्रायशः त्यस्ता विमर्श प्रायोजिततवरले सिध्याइन्छन् । सामान्यजनमा त्यस्तो औपचारिकतामा खासै रूचि हुँदैन । सहरिया समुदाय भने जनसुनुवाइबारे सचेत हुँदै गइरहेको छ ।
नेपालमा बेलायतको सार्वजनिक प्रशारण संस्था बिबिसी रेडियो पहाडतिर आफ्नो नेपाली सेवा एवं मधेसतिर हिन्दी सेवाका लागि प्रख्यात छ । मधेसमा भने बिबिसी रेडियोको नेपाली सेवाले काठमाडौँको स्थायी सत्ताको प्रचार संयन्त्रका रूपमा काम गर्छ  भन्ने अनुभूति असाध्यै व्यापक छ । अंग्रेजी बुझ्नेहरू पहाड र मधेस दुवैतिर बिबिसीको विश्व सेवा उत्तिकै अभिरुचिपूर्वक सुन्ने गर्छन् । बिबिसी विश्व सेवाको लोकप्रियता बढाउनुमा उल्लेख्य भूमिका च्याउसरि जताततै उम्रिएका अंग्रेजी माध्यममा पढाउने उत्तर माध्यमिक विद्यालयहरूको पनि छ । तिनका अंग्रेजी शिक्षकहरू आफ्ना विद्यार्थीलाई ‘उच्चारण र शैली सुधार्न’ बिबिसीको विश्व सेवा नियमिततवरले सुन्ने सल्लाह दिन्छन् । नेपाली वा हिन्दीमा जस्तो विश्व सेवाको विषयवस्तुमा नेपाल प्राथमिकतामा हुँदैन तर कुनै महत्वपूर्ण घटना हो भने त्यो छुट्दा पनि छुट्दैन ।
दुनियाँभर आजभोलि कम्युनिस्टहरू लोपोन्मुख राजनीतिक प्रजातिमा पर्छन् । नेपालमा भने निर्वाचनबाटै सही, कम्युनिस्टहरूको एकलौटी सरकार बन्न लागेको छ । हुन त कुनैबेला तत्कालीन एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले घोषणा नै गरेका थिए– नेपालमा कम्युनिस्ट भनेको ‘कोकाकोला जस्तै’ प्रचार प्रयोजनका लागि कायम राखिएको छाप नाम (ब्रान्ड नेम) मात्रै हो । तर छाप नामको समेत आफ्नै आकर्षण हुन्छ । नेपालमा विकसित भइरहेको ताजा राजनीतिक प्रवाहमा राजनीतिक अन्वेषकहरूका साथै विश्व समुदायको पनि रुचि बढेको छ । माओवादीहरूले आफ्ना राजनीतिक कार्यसूची विसर्जन गरेरमात्रै एमालेमा विलय हुन लागेका भए तापनि तिनको सशस्त्र द्वन्द्वताकाको हिंसक छवि अझै मेटिएको छैन । एमाले पनि एकताकाका नक्सलपन्थी माओवादीहरूकै मञ्च हो । तिनको नेतृत्वमा नेपालको अर्थराजनीतिले कस्तो मोड लिने हो ? स्पष्ट उत्तर कसैलाई थाहा छैन । परिस्थितिको प्रत्यक्ष ‘थाहा’ लिन आफ्ना संसारभरका स्रोताहरूका लागि बिबिसीको विश्व सेवाको ‘वल्र्ड क्वेस्चन’ कार्यक्रमले हालसालै विमर्श सभाको स्वरूपमा रेकर्ड गरेको थियो । रेडियो प्रशारण भइसकेको एवं त्यो अन्तर्जालमा सहजै उपलब्ध रहेकाले त्यस कार्यक्रमबारे बेलिविस्तार लगाउन जरुरी छैन। 
नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ।
कार्यक्रम अंग्रेजी भाषामा भएकाले होला, सहभागीहरूमा पढे÷लेखेका युवाको बाहुल्य थियो । बहसकर्ताहरूमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एवं एमालेका नेता प्रदीप ज्ञवाली प्रमुख थिए । उस्तै कम्युनिस्ट स्कुलिङले गर्दा होला, दुवै प्रखर वक्ता धेरै बोलेर पनि गुदी कुरा नखोल्ने कलामा पोख्त छन् । त्यसको ठीकविपरित थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमता अन्तर्राष्ट्रिय पत्रकार सुविना श्रेष्ठमा उनी फिल्मकार भएकाले आएको होला । साक्षीका रूपमा भए पनि वार्ताकार बन्ने हैसियत यस पंक्तिकारलाई पनि प्राप्त भएको थियो । मञ्चबाट सहभागीहरूको हाउभाउ झनै चाखलाग्दो देखिने रहेछ । कार्यक्रममा ‘फेक न्युज’ बारे बहस भइरहँदा प्रस्तोता अनु आनन्दले सहभागीहरूलाई सोधिन्– ‘तपाईँहरूमध्ये नेपाली मिडियालाई पत्याउने कतिजना हुनुहुन्छ ?’ अहिले सम्झँदा पनि अचम्भ लाग्छ । झण्डै २५० सहभागीमध्ये जम्माजम्मी एक दर्जन जतिले हात उठाएर नेपाली मिडियालाई विश्वासको मत दिए। 
त्यस कार्यक्रमअघि लाग्ने गथ्र्याे– नेपाली मिडियालाई नपत्याउनेहरू मधेसतिर मात्रै छन् । तर राजधानीका अंग्रेजी बुझ्ने युवा जमातलाई पनि नेपाली मिडियामाथि भरोसा छैन रहेछ । जतिसुकै प्रति अखबार बिके पनि, स्रोता एवं दर्शकको संख्यामा जति नै वृद्धि भए पनि एवं जति धेरै विज्ञापन ओइरिए पनि जनविश्वास गुमाएको मिडियाले ‘चौथो अंग’ भएको दाबी गरिरहन सक्दैन । हुन त अति व्यापारिकताले गर्दा दुनियाँभर नै मिडियाले आफ्नो विश्वसनीयता गुमाउँदै गइरहेको छ । प्रजातान्त्रिक संस्कार बलियो रहेका देशहरूमा त्यस्तो कुराले त्यति धेरै असर गर्दैन । प्रजातन्त्रको बिरूवा बल्लतल्ल टुसाउन थालेका समाजहरूमा भने मिडियाको अविश्वसनीयता घातक ठहरिन सक्छ । प्रजातन्त्रको गाडी सही सूचनाको ऊर्जामा चल्छ । सार्वजनिक समाचार माध्यमबाट विश्वास हराएपछि मतदातामात्र होइन, अन्य निर्णयकर्ता समेत पूर्वाग्रह पुष्टि गर्ने आफन्त एवं आसेपासेका कुरा पत्याउन थाल्छन् । त्यसपछि ध्रुवीकरण तीव्र हुँदै जानु स्वाभाविक हो। 
अनि पूर्वाग्रह पुष्टि, आफ्नो समूहबाहेक ‘अन्य’ जम्मैको दानवीकरण, त्यस्तै किसिमको प्रतिक्रिया एवं आरोप/प्रत्यारोपको आधिक्यता बढ्दै जाने विद्वेष वृत क्रियाशील हुन्छ । त्यस्तो ‘विशस सर्कल’ बाट उम्कन सहज हुँदैन । प्रतिरोध वा राज्यतर्फको हिंसात्मक गतिविधि बढ्न सक्छ । वैदेशिक हस्तक्षेप आकर्षित हुन सक्छ । हेर्दा सामान्य जस्तो लागे पनि मिडियाको छवि जोगाउनु राष्ट्रिय कार्यभार हो । नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ । माओवादीहरूको विलयपछि नेपाली कम्युनिस्टहरूको प्राधिकार बन्ने क्रममा रहेका नृजातीय नेता खड्गप्रसाद शर्मा ओली निसन्देह मिडिया व्यवस्थापन कलामा पोख्त छन् । त्यसले उनका बोली वचन एवं क्रियाकर्मबारे झन् बढ़ी सचेतताको आवश्यकता छ । सत्तालाई विश्वास गरेर शक्तिको मतियार बन्ने मिडियाको विश्वसनीयता स्खलित हुँदै जानु जोखिमपूर्ण भए पनि अनौठो भने होइन।
ज्ञानको बजार
अदालतमा गाईले कम्बल खाने आहान त्यसै चलेको होइन । एक त ‘नेपालको कानुन दैवले जानून्’ भन्ने जनविश्वास छ । त्यसमाथि नाम चलेका अदालतका हाकिमहरूका फैसला सधैँ विवादित रहने गरेका छन् । मानहानिको कानुनले नछेक्ने भइदिएको भए केही न्यायाधीशहरूको सार्वजनिक छविलाई तिनका आलोचकहरूले ‘लोकमान सिंह’ बनाइसकेका हुन्थे । गतिविधि एवं फैसलाको साटो पदधारीको व्यक्तिगत आलोचना उत्तेजित भिडले अपराधी ठह¥याएको व्यक्तिलाई मोसो दल्नेजस्तै कर्म हो । त्यसैले व्यक्ति फेरिन्छन्, प्रवृत्ति यथावत रहिरहन्छ । तर अचम्म ! यो सही भएन भन्ने हिम्मत भएको न्यायज्ञ (जुरिस्ट) नेपालमा अपवादकै रूपमा औल्याउन सकिने एउटै पनि रहेनछन् । अदालतको शक्ति उसको साख र मर्यादा हो । त्यसलाई नै गल्ली÷गल्ली घिसारेपछि न्याय त के, कानुनबमोजिम गरिने फैसलाहरूको स्वीकार्यतासमेत समाप्त हुन्छ । कानुनभन्दा बजारको माहोल बुझेर नागरिकताको मुद्दा अल्झाइरहेका प्रशासकहरू गहिरो रोगका उपरीलक्षणमात्र हुन् । समयमा उपचार गरिएन भने पत्रकार जस्तै कानुनकर्मीको विश्वसनीयता पनि कायम रहन सक्ने छैन।
विवादमा रहनु कार्यपालिका क्रियाशील रहेको प्रमाण हो । कार्यकारी प्रमुखको आलोचना भएन भने बरू डराउनुपर्छ तर विधायिका राज्य र समाजमा सामञ्जस्य स्थापित गर्ने थलो हो । त्यस थलोमा खुला बहस हुन्छ । महत्वपूर्ण मुद्दाहरूमा सहमतिको खोजी हुन्छ । सहमति हुन नसकेका विषयमा बहुमतले निर्णय गर्छ । अल्पमतमा परेकाहरूले आफ्ना निग्रह (रेजर्बेसन्स) कायम राख्दै त्यस्ता कुरा स्वीकार गर्छन् । पक्ष एवं विपक्षको मत विभाजन बाहिर बसेर विधायिकाका गतिविधिहरूको सूक्ष्म विश्लेषण गर्ने जिम्मेवारी सामान्यतया विश्वविद्यालयसँग आबद्ध प्राध्यापक वा स्वतन्त्र चिन्तन चौतारीका प्राज्ञहरूले गर्ने गर्छन् । प्राविधिक विधाहरूमा बाहेक नेपालका विश्वविद्यालयहरू सुस्तरी बनावटी प्रमाणपत्र (स्प्युरिअस डिग्रिज) उत्पादन गर्ने कारखानामा परिणत हुन थालेका छन् । राष्ट्रको घेरा नाघेर ज्ञानको ज्योति जगाउने एवं फैलाउने भएकाले नै उच्च शिक्षाको थलोलाई विश्वविद्यालय भनिएको हो। 
युद्ध चलिरहँदा समेत आफ्नै सरकारको आलोचना विश्वविद्यालयमा मात्र हुन्छ । राजनीतिक दलका झोले बन्दै गएका प्राध्यापकहरूसँग त्यस्तो अपेक्षा त गर्न सकिँदैन तर गुट÷उपगुटको बफादारीमा अल्झिएर चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृतिविरूद्ध नउभिनु प्राध्यापन क्षेत्र भित्रभित्रै कुँहिदै गएको परिचायक हो । विश्वविद्यालय यति धेरै निरिह पञ्चायत कालमा पनि थिएन । प्राज्ञिक अन्वेषणका चिन्तन चौतारीहरू लगभग सबैजसो विदेशी दाताहरूको अनुकम्पामा आधारित छन् । दाताहरूको प्राथमिकता सरकारको निर्देशनबमोजिम निश्चित गरिन्छन् । त्यसैले विश्वव्यापी मानवाधिकार एवं आधारभूत प्रजातान्त्रिक मूल्य तथा मान्यता संकटमा परेको अवस्थामा बाहेक स्वतन्त्र प्राज्ञहरू पनि सत्ताको आलोचना गर्न खासै स्वतन्त्र हुन सक्दैन । समाजिक दायित्वप्रति सचेत आन्तरिक पुँजीपतिहरूको जिम्मेवारीबोधबेगर स्वतन्त्र चिन्तन सम्भव छैन । नेपालको नाफा क्षेत्रमा त्यस्तो परिपक्वता आउन अझै पनि दशकौँ लाग्ने देखिन्छ।
जुनसुकै जिवन्त समाजमा आफ्नो दूरदर्शिता, पूर्वज्ञान एवं पूर्वदृष्टिका आधारमा भौतिक जोखिम, मानसिक शंका एवं समाजिक दबाबका वावजुद अन्तरमनको आवाज मुखर गरेर संकटका बेला दिशानिर्देश गर्न सक्ने केही सीमित व्यक्ति हुन्छन् । त्यस्ता व्यक्तिमा अध्ययन, अनुभव एवं मननबाट हासिल गरेको बौद्धिकता त हुन्छ नै, सँगै अभियन्ता बन्न सक्ने आँट पनि हुन्छ । अन्तरजालका असामाजिक भन्न मिल्ने सञ्जालहरूको व्यापकताले गर्दा त्यस्ता प्रतिमान व्यक्तिहरूको स्वीकार्यता पनि घट्दै गएको छ । केही बौद्धिकहरू नृजातीय ऐक्यबद्धताले गर्दा स्थायी सत्ताको मतियार बन्दै गएका छन् । सार्वजनिक प्रतिक्रियासँग निरपेक्ष रहेर साँचो बोल्न सक्ने व्यक्तिहरूको खडेरीले निम्त्याउने संकटबारे चर्चासमेत नहुनु चिन्ताको विषय हो । विभिन्न भाषा र शैलीमा मिडियाका सबैथरी मञ्चबाट उही राष्ट्रवादको राग अलाप गरिरहेका बिकाउ बौद्धिकहरू अप्ठ्यारो परेका बेला भाग्नलाई चोर बाटो पहिल्याउनमात्र काम लाग्न सक्छन् । संघर्षको मोर्चामा मौलिक चिन्तनको आवश्यकता हुन्छ । र, त्यस्तो रचनात्मकता स्वतन्त्र चिन्तनबेगर सम्भव छैन।
मूल्यहरूको स्खलन
राजनीतिक प्रतिस्पर्धाबाट मूल्य एवं मान्यता समाप्त हुँदै जानु दलहरूको विश्वसनीयतामा आएको ह्रासको मुख्य कारण हो भन्दा फरक पर्दैन । जग्गा बेचेर कुनैबेला नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता पालेका मधेसी गृहस्थ वा ज्यान जोखिममा राखेर तत्कालीन झापाली नक्सलपन्थीहरूलाई आश्रय दिएका जनजाति सामान्यजनले अब के÷कति कारणले तिनका पछाडि लाग्ने ? अभ्यस्तता एउटा कारण हुन सक्छ । राजनीतिक संलग्नता पनि अरू लत जस्तै हो, सितिमिति छुट्दैन । नभए १६ बुँदे षड्यन्त्रपछि पनि यति धेरै मधेसीले नेकालाई मत दिने थिएनन् । लाभ र लोभ अर्को उत्प्रेरक हुन सक्छ । व्यापारिक गिरोह, व्यावसायिक गुट एवं गैसस उद्यममा कायम  एकाधिकारले गर्दा एमालेले आफ्ना समर्थकलाई लोभ्याउने र रिझाउने क्षमता कायम राखेको छ । माओवादीहरूसँग त्यस्तो कुनै शक्ति नरहेकाले पुष्पकमल दाहालले आत्मसमर्पण गरेका हुन । तर तात्कालिक उत्पे्ररक तत्वले राजनीतिक सचेतता बरु कुन्द गर्छ, बढाउन सघाउँदैन । लाभ–हानिको हिसाबकिताब गरेर राजनीति गर्नेहरू अप्ठ्यारो परेका बेला कि रंग फेर्छन् वा विदेश लाग्छन्। 
विकास वा समृद्धि जस्ता नारा प्रक्रिया हुन्, राजनीतिक मूल्य वा मान्यता होइनन् । पछि गएर गलत वा सही जे ठहरिए पनि समय, काल र परिस्थिति सुहाँउदो राजनीतिक दर्शन प्रतिपादन गर्न सक्ने बिपी कोइराला वा मदन भण्डारी जस्ता राजनेता नेपालमा छैनन् । दुर्भाग्यवस त्यस्तो क्षमतावान चिन्तक राजनीतिक वृत्तबाहिर पनि देखापरेको छैन । स्वाभाविक हो, देशमा भविष्य नदेख्नेहरू पैतालाले मत खसाल्दै दिनहुँ बाहिरिन्छन् । भारतको बेंगलुरू जस्तो महानगरमा मात्र नेपालको सामान्य सहरी जनसंख्याभन्दा बढी नेपाली हुनु वा कतारमा कतारी नागरिकभन्दा ज्यादा नेपाली श्रमिक पुग्नु देशभित्र कामको अभावले गर्दामात्र होइन । कृषिको के कुरा, निर्माण क्षेत्रमा समेत नेपाली श्रमिकको उपलब्धता न्यून छ । वर्तमान अवस्थाबाट विरक्त एवं भविष्यबाट भरोसा उठेकाले ठगठाग गरेर गुजारा गर्न असमर्थ सामान्यजन हुलका हुल बाहिरिन हतारिएका हुन्।
विश्वास बढाउने मुख्य उपाय पूर्वकीर्तिमान हो । प्राधिकार ओलीको छवि समाजलाई जोड्नुभन्दा तोड्ने किसिमको छ । त्यसपछि कार्यसम्पादनले आश जगाउन सक्छ । त्यो कुरा धेरै हदसम्म ओलीका सहयोगीहरूको छनोटले देखाउनेछ । मिडियाले भने आफ्नो गुमेको विश्वसनीयता हासिल गर्न नृजातीय विरूदावली गाउनुको साटो आलोचना एवं विसम्मतिको संस्कार बढाउदै लैजानु जरुरी छ । खोजमूलक समाचार आफैँमा राम्रो कुरा हो तर त्यससँगै व्यक्तिभन्दा प्रवृत्ति सुधारका लागि विवेचनात्मक अन्वेषणको आवश्यकता पनि उत्तिकै छ । मिडियामार्फत समग्र देशले आफैँसँग सम्वाद गरिरहेको हुन्छ भन्ने भनाइ छ । त्यस्तो क्षमता निरन्तर विकसित गरिरहनुको विकल्प हुँदैन ।

राष्ट्रियसभा गरिमाको ख्याल गरिएन

राष्ट्रियसभा गरिमाको ख्याल गरिएन
 
आकाश कर्ण
एकदशकभन्दा अगाडीदेखि देशमा मुख्य माँगको रुपमा रहँदै आएको संघीयताको हिडाई वल्ल शुरु भएको छ । अहिले पनि थुप्रै गोरेटो, चौवाटोहरुमा रहेको समस्याको गाँठो पन्छाउन बाँकी छ । तथापी शिशु बोलीमा ‘थइया, थइया..’ को सुस्त हिडाईमा रहेको संघीयता मजवुत बनाउन र जीवनप्रदान गर्न राजनीतिकदलबाहेक सबैको भूमिका टड्कारो रुपमा देखिएको छ । जसरी शिशुको जन्म मात्रैले हुँदैन उनीहरुलाई अगाडी बढाउन हरसम्भव ताकत र प्रयासको आवश्यकता हुन्छ अहिलेको शिशु संघीयतालाई पनि त्यस्तै आवश्यकता छ । २०७२ सालमा जारी भएको संविधान कार्यान्वयनको दिशामा तिनवटा चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको छ । स्थानीयतह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले संविधान कार्यान्वयनले गति लिएको छ । यही चुनावी सेरोफेरोमा प्रदेशसभाको अभिभावकत्व भूमिकामा रहने राष्ट्रियसभाको समेत निर्वाचनको मिति घोषणा भइसकेको छ भने कतिपय प्रदेशमा निर्विरोध समेत भइसकेको अवस्था छ । ५९ सदस्यीय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तिन जना महिला, एक जना दलित र एक जना अपाँगता भएको व्यक्ति वा अल्पसंख्यक तथा अन्य तिन जनासहित ८ जना निर्वाचित हुने तथा एक महिलासहित तिन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचित हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले माघ १० गतेसम्ममा उम्मेदवारीको लागि दिएको समयसिमामा सबै प्रदेश गरेर २४ जना निर्विरोध भइसकेकोले अब माघ २४ गते हुने निर्वाचनमा ३२ सिटमा मात्रै निर्वाचन हुने भएको छ । प्रदेशनम्बर २ मा राष्ट्रियसभाका ८ वटै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थानीय, प्रदेश र केन्द्रबीचको शक्ति सन्तुलन तथा अधिकार सन्तुलन गर्ने गरी अभिभावकत्व भूमिकामा राष्ट्रियसभा रहेको छ । राष्ट्रियसभाका सदस्यहरु जनताद्वारा चुनिएर नआएपनि यसको भूमिका भने ज्यादै नै महत्वपूर्ण छ । ७ वटा प्रदेशमध्ये २ नम्बरप्रदेश बाहेक अन्यमा वामगठबन्धनको स्पष्ट बहुमत छ । केन्द्रीय सरकार वामगठबन्धनको नेतृत्वमा बन्नेछ । एकदशक अगाडीदेखि चल्दै आएको मधेश आन्दोलनमा वामगठबन्धनले खेलेको भूमिकालाई केलाउने हो भने खास गरेर प्रदेशनम्बर २ को प्रादेशिक सरकार तथा केन्द्रीय सरकारबीच तिक्तता सजिलै हट्ला भन्न सकिन्न् । संविधान संशोधनकै लागि दर्जनौ शहिदहरुले शहादत दिएको अवस्थामा अब बन्ने बामगठबन्धनले सजिलै संविधान संशोधन गर्छ भन्ने विश्वास पनि गर्न सकिन्न् । तथापी वामगठबन्धन तथा मधेशवादीदलहरु मिल्ने हो भने अहिले सहजरुपमा संविधान संशोधन हुन सक्ने स्थिती भने विद्यमान देखिएकोले यस्तोमा राष्ट्रियसभाको भूमिका झन महत्वपूर्ण हुनेदेखिएको छ । तर मैथिलीमा भनिने, ‘बाबाजी के बेल, हाते हाते गेल’ भनाईको आधारमा एउटा पदमात्रै ठानेर जस्तो किसिमको व्यक्ति राष्ट्रियसभामा पठाएको छ यसले सभाको गरिमालाई यथास्थानमा राख्नेमा आशंका गर्न सकिने देखिन्छ । यद्यपी अहिले नै कुनै भविष्यवाणी गर्नु हतार मात्रै होइन हताश मानसिकता समेत हुनेछ ।

जनताद्वारा चुनिएका जनप्रतिनिधिहरुको मतदानबाट आउने भएकोले राष्ट्रियसभामा वुद्धिजीवीहरु तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको पहुँच हुनुपर्ने हो । जो आर्थिक, सामाजिक, कानुनहरुको विज्ञ होस् । पहिलो पटक भइरहेकोले विवाद तथा केही अन्यौलता रहेपनि हतारमा गरिएकोले पनि केही आशंका देखिएको छ । यो परिपक्व सदन हो । विज्ञहरुको समुह हो । तल्लो सदनमा जित्न सक्ने राजनीतिक व्यक्तिहरुलाई टिकट वितरण गरिन्छ तर माथिल्लो यो सदनमा विज्ञहरुलाई अभिभावकत्व भूमिकाजस्तो सरसल्लाह तथा उचित निर्णय प्रदानको लागि राख्ने चलन रहिआएको छ । संघ र प्रदेशबीच न्यायोचित प्रतिनिधित्व, व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलन समेतलाई सम्बोधन गर्न माथिल्लो सभाको व्यवस्था गरिएको हो । संघीयताको हित विपरित काम गर्ने तल्लो सदनले बहुमतको नाममा गरेको काम, कारवाहीले केन्द्र र प्रदेशबीच तनाव सिजर्ना गर्न सक्छ । त्यसैले पनि तल्लो सदनबाट त्यस्ता गल्ती कमजोरी नहुन र भएपनि सच्याउने बाटो देखाउने अभिभावकीय भूमिका जरुरी हुन्छ र त्यसतो व्यक्तिको खाँचो राष्ट्रिय सभामा पर्छ । सदनको प्रभावकारीताको लागि पनि व्यक्तिको छनौट जरुरी हुन्छ । व्यक्ति नभई व्यक्तित्वको जरुरी यो सभामा आवश्यक पर्छ । देशको विविधक्षेत्रमा योगदान दिएका विशिष्ट महानुभावहरुलाई यसमा समाहित गर्ने गरिन्छ । यसले उनीहरुको योग्यताको कदर र उनको मानसम्मान पनि हुने र देशले पनि अधिकार र विकासको क्षेत्रमा सब्बल र अब्बल व्यक्तित्व पाउने र उनीहरुले विकास गर्ने परिपाटीको विकास हुन्छ । यो सभा मूलतः प्रदेशको लागि नै काम गर्ने भएकोले पनि यसको गरिमालाई ध्यान दिदै त्यस्ता व्यक्तित्व पठाउन जरुरी छ । साँसदको गन्ती गर्ने गरी मात्रै वा राजनीतिक हिसावले कार्यकर्ता पाल्ने उद्देश्यले मात्रै यसमा पठाउनु उचित हुँदैन् । अहिले झन संघीयताको प्राइटिस भइरहेको समयमा विज्ञहरुलाई यो सभामा दिनुपर्नेमा खेलाँची गरिएको छ जो न त प्रदेशको हितमा छ न त देशको लागि नै हितकर छ । यसको लागि पनि समयमै चेत्नु जरुरी छ होइन भने यसको प्रभाव नकारात्मक पर्न सक्ने र यसले संघीयताको अवधारणाकै विषयमा वहस निम्त्याउने देखिन्छ । केही तत्वहरु संघीयता प्रणाली हितकर नहुने प्रचार गरिरहेको समयमा यस्तो गतिविधिहरुले उनीहरुलाई नै बल मिल्ने र उनीहरुको स्वार्थसिद्ध हुने भएकोले पनि सभाको गरिमालाई ध्यान दिन जरुरी छ ।

तल्लो सदन पाँचवर्षमा सकिन्छ तर यो सभा सकिदैन् । यो स्थायी सभा हो । यसमा एक तिहाईको कार्यकाल २ वर्ष, एक तिहाईको ४ वर्ष र बाँकी एक तिहाईको ६ वर्ष कार्यकाल तोकिएको छ । जो निरन्तर कुम्हारहरुको सामग्री बनाउने चाक जस्तै घुमिरहन्छ । यो कहिल्यै पनि खाली नहुने सभा हो । त्यसैले पनि राजनीतिकदलहरुले सुझवुझको आधारमा, प्रदेशमा लामो अनुभव संगालेका र विभिन्न क्षेत्रका विज्ञहरुको रुपमा चुनिएको व्यक्तित्वहरुलाई यसमा स्थान दिनुपर्नेमा परिवारवाद, नातावाद तथा दलियस्वार्थसिद्धीको माध्यम बनाएकोले पनि यो सभाको गरिमामा ह्रास आउने देखिन्छ । राष्ट्रिसभाका सदस्यहरु सम्बन्धीत प्रदेश प्रति उत्तरदायित्व वहन गरी सो प्रदेशको अधिकार र स्वायत्तत्ताको क्षेत्रमा काम गर्नुपर्ने मुख्य अभिभारा बोकेको हुन्छ । विगतमा पनि महासभाको रुपमा काम गदै आएका माथिल्लो सदनमा विज्ञहरु रहेकाले नै नेपालमा मानवअधिकारको खाँचो बुझेर मानवअधिकार सम्बन्धी मुद्दाहरु हेर्ने कानुन र संवैधानिक अंगको रुपमा मानवअधिकार आयोगको गठन भएको थियो ।

जसरी परिक्षामा जाँच गर्ने जाँचकी अब्बल छैन् भने पास हुने विद्यार्थी फेल हुने र फेल हुने विद्यार्थी पास हुने सम्भावना हुन्छ र यसले सम्पूर्ण शिक्षापद्धती प्रति नै अविश्वास र नकारात्मकता सिर्जना हुनसक्छ । यस्तै पनि प्रदेशसभा र प्रतिनिधिसभाले गरेको कामहरुलाई मिहिन रुपमा केलाउने र सोही अनुसार सल्लाह सुझाव दिने यो सभामा जो पायो त्यसैलाई पठाउनु राम्रो निर्णय मान्न सकिन्न् । हतारमा निर्णय गर्ने र फुर्सदमा पछताउनुको साटो समय छँदै गरेको गल्तीलाई सच्याउनु जरुरी छ यसले भविष्यमा हुन सक्ने सम्भावित खतरा र दुर्घटनाबाट जोगिन सक्ने प्रशस्त बाटो हुनसक्छ ।