संस्कृति परिचय : मिथिलाको चाडपर्व
~रमेश रञ्जन झा~

नयाँ नेपालमे नयाँ संस्कृति विषयक
कार्यक्रमक अध्यक्ष कमरेड, मञ्चस्थ विद्धत्वर्ग, सज्जन वृन्द, आधारशिला
परिवारक सम्पुर्ण परिवारजन आ मान्यजन लोकनिमे हार्दिक अभिवादन । म सम्वोधन
आफनो मातृभाषा मैथिलीमा गरे पनि नेपाली भाषी समूदायको बाहुल्य रहेकोले
मनतव्य नेपाली भाषामै राख्छु ।
यो आधारशिलाभित्र प्रवेश गरिसकेपछि मैले
यहाँ सिङ्गो नेपाल भेटेको छु । नेपालभित्रको जुन विशिष्टता हो, जुन विविधता
हो, त्यसको मूर्तरुप अभ्यासमा आएको हामीले यहाँ भेट्टाएका छौँ । वास्तवमा
यो एउटा चुनौती पनि हो । कम्यून निर्माणमा धेरै अवरोधहरु, अप्ठ्याराहरु छन ।
यस विचमा त्यो आन्दोलनलाई पनि दिशा दिन (जुन
आन्दोलनबाट हामी यहाँ आइपुगेका छौँ) व्यवस्थित गर्न र अगाडि बढाउन हाम्रो
अभ्यासको कति आवश्यकता रहेछ भन्ने कुरा यहाँ प्रमाणित भएको छ । सबैभन्दा
पहिला म यो अवधारणा र अभ्यासलाई व्यवहारमा ल्याउने साथीहरुलाई अभिवादन
गर्दछु ।
कुरा मिथिलाको र मिथिलाको चाडपर्वको हो ।
मैले त्यही विषय पाएको छु । म सबै समक्ष के कुरा अनुरोध गर्न चाहन्छु भने
यहाँ आएर बोल्नु पर्ने ढिलो गरी सूचना पाएकोले मैले विषयलाई व्यवस्थित
ढंगले राख्न गाह्रो भइरहेको छ । अब अनुभवको आदान प्रदानको कोणबाट मेरा
अनुभवहरु तपाँईहरुलाइ सुनाउँछु र तपाईंहरुका अनुभव लिएर फर्कन्छु ।
मिथिलाको कुरा गर्दा यसको ऐतिहासिक
सन्दर्भ यहाँ राख्न उचित ठान्दछु । मिथिला पाँच हजार वर्ष अगाडी मानव
सभ्यताको विकास भएको हामी पाउँछौ । पुरातात्विक आधारमा त्यसलाई पुष्ट्याइ
गर्न अझै बाँकी छ । त्यो आपैmमा अध्ययन अनुसन्धानको विषय हो । तर मोटामोटी
रुपमा रामायणकालीन इतिहास सर्वस्वीकृत हो । वाल्मीकीकृत संस्कृत रामायणको
लेखनकाल पनि ४÷५ हजार वर्ष नै मानिन्छ । त्यस आधारमा हामी रामायणकालीन
इतिहासलाई नै आधार मानौ ÷ त्यहि रुपमा मिथिलाको इतिहासलाइ बुझौ ।
इच्छवाकुका कान्छा छोरा निमी मिथिला राज्य
स्थापना गरेका थिए । जो उनको वंशज मिथीको नाउँबाट भएको होे । सो परम्पराको
राजालाइ जनक भनियो । जनक कालमा यहाँ दर्शन, न्याय तर्कको विषयमा वृहद
विमर्श र विश्लेषण गरिए । अर्थात् विद्वान्हरुको यो विमर्श स्थल थियो । यसै
ठाउँमा महान दार्शनिक याज्ञवलक्यले वेदको वृहद् व्याख्या गरि वृहदारण्यको
उपनिषद् लेखेका थिए । पूूर्विय दर्शनका छ मध्ये चारवटा दर्शनका प्रणेताहरु
जेमिनी, कणाद, गौतम र कपिल यसै भूमिका थिए । जनक कालमै आम व्यक्तिको
लोकजीवनलाइ प्रभाव पार्ने केही महत्वपूर्ण घटना पनि इतिहासमा उल्लेख छ ।
यससँग हामी अपरिचित छैनौ । हामीलाई थाहा छ , हाम्रो समाजमा हलो जोत्ने
ब्राह्मण भेट्टाउन अहिले पनि गाह्रो छ । परिवर्तनको यो चरणमा आइपुग्दासम्म
हलोको मुठ समात्न नसक्ने मान्यतामा अडीग छन् । आफ्नो जातीय अहंकार, परम्परा
अथवा चिन्तन र चेतनाबाट निर्देशित भएर हलो नचलाउने अथवा कृषिकर्म बाट
टाढिएका होलान । त्यस्तो अवस्थामा राजा जनक हलो चलाउनु हुन्छ । यसका
धार्मिक,आध्यात्मिक वा अरु जे कारणले भए पनि हलोको मुठ समात्नु नै जनकवंशले
कृषिकर्मलाइ सम्मान दिएको मान्यता स्थापित हुन्छ । यो आपैmमा तात्कालिक
जीविकाको आधार कृषि र पशुपालन प्रति राजकीय गम्भिरता प्रस्टिन्छ । कृषि र
पशुपालन संस्कृतिलाइ उन्नतीशिल बनाउने उपक्रमको रुपमा लिनु पर्ने हुन्छ ।
मिथिलामा कृषि संस्कृति जीवनको मुख्य आधार
थियो । राजाले अकालग्रस्त जनताको मूत्तिmको लागी पण्डितहरुद्वारा दिएको
अवधारणाका आधारमा हलेष्टि यज्ञ गरेका थिए । यो पण्डितहरुले निकालेको उपाय
थियो । यही द्वारा उहाँले हलेस्टी यज्ञको स्वीकार गर्नुभयो ।
त्यही जनक वंशले यहाँ मानव सभ्यताको विकास
गरेको छ । त्यसमा पनि उल्लेखनीय एउटा घटना म यहाँ राख्न चाहन्छु । जनक
वंंशले बावन्न पिढीसम्म शासन मिथिलामा गरेका थिए । जनक वंशका अन्तिम राजा
कराल थिए । करालको विषयमा के कुरा प्रचलित छ भने उहाँको शासन जनताको
विद्रोहबाट अन्त्य भएको हो । उनले एउटी महिलासँग दुव्र्यवहार गरेकै कारण
जनताद्वारा विद्रोह भयो र त्यो विद्रोहमा करालको हत्या भयो । तात्कालीक
अवस्थामा पनि एउटा त्रूmर अन्यायी शासकलाई जनताले सिकाएको सवक मिथिलाको
जनताको चेतनाको स्तर उच्चकोटीको रहेको प्रमाण दिन्छ ।
तेस्रो अभ्यास स्थलको रुपमा मिथिलाको
महत्व झन बढन जान्छ । संसारमै गणतन्त्रको पहिलो अभ्यास पनि मिथिलामै भएको
हो । बज्जी संघको एउटा अङ्गको रुपमा गणतन्त्रको प्रारम्भिक अभ्यास पनि
मिथिलामा भएको थियो । जनताले निर्वाचनद्वारा आफ्नो शासक चुन्ने विधिको
विकास त्यहीबेला भएको पाइन्छ ।
समयानुकूल शासन परिवर्तनको अभ्यास ।
निरंकुशतालाइ तात्कालीन मिथिलाले पनि अस्वीकार गरेको हो । यी तीनवटा घटनाले
जनस्वर र जनआवश्यकता अनुसार परिवर्तन आवश्यक हो भने तथ्यलाइ स्थापित गर्छ ।
परिवर्तनलाइ आत्मसात नगर्ने श्त्तिm अथवा समाज पतनको अन्धयारोमा विलिन
हुन्छ ।
हामी यसै अवस्थाबाट विकसित हुँदै यहाँसम्म
आइपुगेका छौँ । मानव सभ्यताको विकास क्रममा सकारात्मक र नाकारात्मक धेरै
परम्पराहरु विकसित भएका छन । पर्व, उत्सव, धर्म, संस्कृति आचार व्यवहारका
रुपमा जुन चिजलाइ हामी अभिन्न मान्दछौ त्यसलाइ यही रुपमा ग्रहण गर्ने कि
नगर्ने ? अहिले त्यसको रुप परिवर्तन हुनु पर्छ वा पर्दैन ? हामी त्यसै
प्रश्नको उत्तर खोज्न यहाँ छलफल गरिरहेका छौ ।
यस विषयमा कुरा गर्दा हाम्रो आवश्यकता
हाम्रो चुनौती र हाम्रो चेतनाले धेरै कुरालाई निर्देशित गर्छ । हाम्रो
दर्शन पनि त्यसभित्र पर्दछ । हामी कुन दर्शनको प्रभावमा छौँ । कुनै चिजलाई
हेर्ने हाम्र्रो दृष्टि कस्तो छ । जस्तो आँखा हामी सँग छ, कुनै वस्तु अथवा
विचारलाइ त्यसै रुपमा हेर्छौँ र विश्लेषित गर्छौ । हाम्रो सन्दर्भ वोधको
कुरा पनि त्यहीबाट निर्देशित हुन्छ । अर्थात् हामी पर्व त्योहारलाइ उत्सवको
रुपमा हेर्ने अथवा कर्मकाण्डीय प्रयोजनको रुपमा हाम्रो विमर्श त्यही
केन्द्रित हुनु पर्दछ ।
हाम्रो समाजमा पर्व त्योहारलाइ उत्सवको
रुपमा मान्ने परम्पराको विकास भएको छ । यसका धेरै कारण छन् । पूजाको
संस्कृतिलाई हेर्दा दुइवटा कुरा देखेको छु एक जोसँग हामीलाई भय हुन्थ्यौ
त्यसलाई हामी पूजा गथर््यौं अर्को जसले हामीलाई सहयोग गथर््यो त्यसको पूजा
गर्दथ्यौं । अर्थात् हाम्रो कृषिजन्य जीवन पद्धति थियो । इन्द्रलाई वर्षाको
देवताको रुपमा पूजा गर्दछौँ । ३३ करोड देवताको कुनै न कुनै रुपमा पूजा
भएको हामी पाउँदछौँ । घरमा एउटाको पुजा हुन्छ ,वाहिर अर्कोको पुजा हुन्छ ।
हामी खास समयमा खास देवताको पूजा गर्दछौँ । हाम्रो सहयोगीको रुपमा पूजा
गर्ने देवताहरुको रुप परिवर्तन भएको छ । हाम्रो श्रम र कृषि निर्भर जीवनमा
श्रमको बजारीकरण सँगै देवताका स्वरुप र पूजन विधि पनि परिवर्तन भएका छन ।
यहा म दशैको वारेमा थोडै कुरा राख्दछु ।
दशैं मातृसत्ताको स्वीकारोत्तिm हो । पुरुष योद्धाहरु राक्षसबाट पराजित
भएपछि महिलाको नेतृत्वमा विजय प्राप्त भयो । दशैंलाइ रामायणकालीन राम रावण
युद्धको विजय सँग पनि जोडेर हेर्ने गरिएको छ । तर नेपाली समाजमा दशैं
संस्कृतिक उत्सवको सवभन्दा ठूलो चाडको रुपमा मनाइन्छ । धर्म, साधना र तपको
एउटा माध्यम यस पर्वलाइ मानिए पनि आम जनताको निजी कार्यव्यपारमा पनि यस
पर्वले महत्वपूर्ण ठाउँ ओगोटेको छ । जीविकाको लागी आधार र संधर्ष
परिवर्तनशील हुन्छ । घर बाहिर कामको खोजीमा जानु पर्ने वाध्यता, परिवारजन
सँग टाढिनुपर्ने पीडादायी अवस्था हाम्रो समकालीन समाजको यर्थाथ हो । यस्तो
अवस्थामा कुनै अवसर खोजी हुनु स्वभाविक हो जसमा सम्पूर्ण परिवारजन सँगै
बसेर खाने, पिउने, रमाइलो गर्ने र आशिष ग्रहण गर्ने समय जुडोस । त्यसै
अवसरको रुपमा दशैं नेपालमा विकसित भएको छ । यसका नराम्रा पक्ष पनि छन होला
तर यसलाइ स्वभाविक विधिका माध्यमले परिवर्तनतिर लैजानु आवश्यक छ ।
दशैं मिथिला क्षेत्रमा पनि प्रमुख चाडको
रुपमा मनाइन्छ । यी तमाम सकारात्मक पाटाका सँगै केही पृथक रुप मिथिलाको
दशैमा देखिन्छ । खासमा केही वर्ष यता पूजालाइ प्रर्दशन र मनोरञ्जनको
माध्यमको रुपमा प्रयोग गर्न थालिएको हो । मूर्ती निमार्ण, सजावट तथा अन्य
तात्कालीन संरचनाहरुको निमार्णमा अत्याधिक खर्च गर्ने प्रचलन बढदो छ ।
मनोरञ्जनको नाममा आफ्नो संस्कार र संस्कृति भन्दा पृथक अश्लिल र
अपसंस्कृतिलाइ प्रर्वधन गर्ने कार्य पनि भइरहेको छ ।
दशैंको वेला लोकपक्ष र संस्कृतिको नाउँमा
मध्ययुगिन अन्धविश्वास झन बलियो रुपमा देखा पर्दछ । तन्त्र, धामी झात्रmी र
वोक्सीको कुरिति त्यति बेलै आकार ग्रहण गर्छ । यसले समाजिक ढाँचालाइ
नराम्ररी प्रभाव पारेको छ । अर्थिक र सामाजिक रुपमा साम्र्थयवानहरु आफना
शत्रुलाइ पीडा दिन अनधविश्वासलाइ माध्यम बनाएका छन । सामन्ती दमनचक्रको
यस्ता खाले प्रयोग पर्वको रुपलाइ नै कुरुप बनाउँछ, त्यसैले परिवर्तनकामी
शत्तिmहरु यस्ता परिवर्तनको पक्षपातीको रुपमा उभिनु पर्छ ।
दिपावलीको कुरा गर्दा यो वर्षाको अन्त र
शरद्को आरंभसँगै दिपावली मनाउने गर्दछौँ । वर्षाजन्य झारपात, बिग्रे
भत्केको संरचना यस समयमा सुधार र मर्मत गर्ने गर्दछौँ, अर्कोतर्पm
दिपावलीमा गरिने द्विप प्रज्वलन वैज्ञानिक सम्मत देखिन्छ । एकै पटक सबै
ठाउँमा बत्ती बाले उज्यालोले मानवलाई हानी पु¥याउन सक्ने जीव जनावरहरुको
अन्त्य हुन सक्दछ ।
छठको कुरा गर्दा, यस पर्वले स्थानीय
उत्पादनलाई महत्व दिएको पाइन्छ । छठमा प्रयोग गर्ने ठकुवा, घुसबा, निम्बु,
केला, सबै स्थानीय उत्पादन हुन् । अहिले स्याउको प्रयोग गर्न थालिएको छ ।
नरिवलको पनि प्रयोग हुन थालेको छ । त्यो चाहिँ अहिलेको वाजरीकरणको प्रभाव
हो । भूमण्डलीकरणको प्रभाव कुनै न कुनै रुपमा हामीमा परिरहेको छ । विगतलाई
हेर्दा छठमा प्रयोग गर्ने सबै उत्पादनहरु स्थानीय हुन्थयो । छठ भनेको सूर्य
उपासना हो । सूर्यको प्रकाश ९क्गल दबतज० पनि हाम्रो लागि जरुरी छ । यसले
हामीलाई चर्म रोगबाट मुत्तm गर्ने विश्वास गर्छौ ।
रवि पावनि अर्थात पर्व छठको दिनबाट सुरु
हुन्छ । यो आरोग्यको लागि गरिन्छ । जाडोबाट मुत्तिm पाउन सूर्यलाई आराधना
गर्ने पूजा गर्ने मान्यता छ । किनकि छठसँगै हामी जाडो मौसमतिर गइरहेका
हुन्छौँ ।
तिला संत्रmान्तिमा जाडो तरुण रुपमा आइसकेको हुन्छ । हाम्रो मौसमी उत्पादन तिल, गुड, मुरही, चिउरा कै यस पर्वमा प्रयोग गरिन्छ । यस पर्वमा खिचडीको प्रयोगलाइ प्रमुखता दिइएको छ । खिचडीमा प्रयोग हुने दाल, घ्यू, चामल, अत्याधिक उपलब्धीको यो मौसम हो । यसले शरीर तताउने काम गर्छ । जाडोको प्रभाव न्यून गर्छ । अर्थात यसमा प्रयोग गरिने प्रसाद र खानेकुरा जाडो समयको लागी उपयूक्त मानिएको छ ।
तिला संत्रmान्तिमा जाडो तरुण रुपमा आइसकेको हुन्छ । हाम्रो मौसमी उत्पादन तिल, गुड, मुरही, चिउरा कै यस पर्वमा प्रयोग गरिन्छ । यस पर्वमा खिचडीको प्रयोगलाइ प्रमुखता दिइएको छ । खिचडीमा प्रयोग हुने दाल, घ्यू, चामल, अत्याधिक उपलब्धीको यो मौसम हो । यसले शरीर तताउने काम गर्छ । जाडोको प्रभाव न्यून गर्छ । अर्थात यसमा प्रयोग गरिने प्रसाद र खानेकुरा जाडो समयको लागी उपयूक्त मानिएको छ ।
हाम्रो आमाहरुले गर्ने पर्व जीतियाको
बारेमा केही कुरा राख्न चाहन्छु । यो पर्व छोराको दिर्घायूको लागि
आमाद्वारा गरिने पर्व हो । यसका प्रावधान अत्यन्त विकट छ । अत्यन्त नियम
निष्ठा र कठिन साधनाको यो पर्व वंश वृद्धिमा छोराको महत्वलाइ नै स्थापित
गर्छ । महिलाको हठयोग र निष्ठाको यो पर्व छोरी जातीको पारिवारिक संरचनामा
महत्वहीन स्वरुपको जीवित साक्षी हो । मिथिला समाजमा रहेका लिंगिय भेदको
धार्मिक सांस्कृतिक रुप । तर यसका केही प्रगतीशिल पाटाहरु पनि छन । देवता
सँग दन्दका कारण विश्वामित्रले नयाँ सृष्टि रचना गरेका थिए । सृष्टी
संचालनका लागी उनले चार वटा अन्नको सिर्जना गरेका थिए । त्यसमा कोदो,
गम्हरी, आउस,जौ पर्दछन् । हाल त्यसलाई अन्नको रुपमा लिइन्छ । तर मिथिलाको
समाज यसलाइ कुअन्न भनिने गर्दथ्यो । यस्तो अन्न जसको प्रयोग अनुष्ठानिक
कार्यहरुमा हुँदैन । देउताको प्रसाद बनाउनु हुँदैन । देवतालाई चढाउन प्रयोग
गरिनु हुँदैन ।
दस्तावेज
तर जीतिया पर्वमा कोदोको रोटी पकाइन्छ ।
अपवित्र मनिने माछाको प्रयोग हुन्छ । मूल कुरा के भने धार्मिक
मान्यताअनुसार कुअन्न भनिएका अन्नहरु यस पर्वमा देउतालाइ पनि चढाइन्छ किन त
? यो पर्व खास गरी भाद्र महिनामा पर्दछ । भदौ महिना मडुवा (कोदो) र माछा
उत्पादन हुन्छ । तर त्यो समयमा बजार विकसित भएको थिएन । यस अवस्थामा यी
उत्पादनको उपयोगको लागि जीतिया पर्वसँग जोडिएको हुनसक्छ । त्यसलाइ आस्थासँग
जोडियो । धर्म सँग जोडियो । यसरी हेर्दा यो आन्तरिक बजारीकरणको उदाहरणको
रुपमा लिन सकिन्छ । र अर्को धार्मिक कटट्रताले छोइने मान्यतालाइ नराम्ररी
प्रभावित गरेको छ । अन्नलाइ दलित बनाउँने प्रथाको यो पर्वमा अन्त हुने
भएकोले यसलाइ लोकजीवन संस्कृति र उत्पादनको महत्वलाइ स्वीकार गर्ने पर्वको
रुपमा बुझनु पर्ने हुन्छ ।
पान, मखान र माछालाइ मिथिला संस्कृतिको
प्रतिकको रुपमा मान्यता दिइएको छ । यी वस्तुहरुको सगुनको रुपमा प्रयोग
गरिन्छ । यसका पछाडि उपलब्धता र बजारीकरणको सवाल जोडिएको छ । मिथिला सिमसार
क्षेत्र भएकोले यी तीन वस्तुको उत्पादन अत्याधिक हुन्छ । यसलाई कसरी खपत
गर्ने ? वजार विस्तार नभइसकेको अवस्थामा आफना उत्पादन खपत गर्न ठूलै समस्या
थियो । उपभोत्तmा चिन्हित भइसकेकोे थिएन र उत्पादनलाइ वजारसम्म पुरयाउने
साधन पनि थिएन । यस्तोमा आन्तरिक उपभोत्तmालइ लक्षित गरेर आर्थिक रणनिति
निमार्ण गर्नुलाइ दुरदर्शी सोच मान्नु पर्दछ । उत्पादनलाइ संस्कारसँग
जोडनुले अर्थ व्यवस्थालाई स्वाभिमानी र चलायमान बनाएको हो ।
मैले मिथिलाको केही पर्व त्योहारको मात्रै
चर्चा गरेको छु । यसमा धर्म, अध्यात्म, संस्कार संस्कृति, उत्पादन , रितु
परिवर्तन सँग सम्वन्धित असंख्य पर्वहरु मध्ये मैले उदाहरणार्थ केही खास
पर्वको चर्चा गर्न भ्याएको छु । पहिला पनि उल्लेख गरिसकेको छु,, अर्यावर्त
भित्र मिथिलामा मानव सभ्यताको विकास प्ररम्भमै भएको र त्यसपछि खासै अवरोध
पनि नआएको हुनाले त्यहाँ अनन्त सम्पदा हुनु स्वभाविक हो । मान्छेमा
आवश्यकताले अनुभवजन्य ज्ञानहरु दिएको छ । सभ्यता विकासको क्रममा भोग्नु
परेको समस्या र संधर्षबाट संस्कृति निमार्ण हुन्छ । यसक्रममा धेरै चिज
प्रचलनमा आउँछ र धेरै विलिन पनि हुँदै जान्छ । परम्पराको रुपमा विकसित चाड,
पर्व र उत्सवमा पनि सकारात्मक र नाकारात्मक पाटा हुन्छन । आजको बदलिंदो
समयमा यी सांस्कृतिक, धार्मिक परम्परालाई कसरी हेर्ने ? बदलिंदो समय र
हाम्रा चुनौतीका बीचमा हामीले हाम्रा संस्कृतिलाई हेर्ने सही धारणा बनाउन
सकेनौ भने हामी चेतनाको स्तरमा जड हुन्छौ ।
मिथिलाको समाजमा धर्मको गहिंरो प्रभाव छ ।
धर्मसँग असम्विन्धित विषयलाइ पनि धर्मसँग जोडने प्रक्रिया तिव्र छ । विगत
केही दशकमा पर्व, त्योहार र उत्सवलाइ धार्मिक आवरण दिएर व्याख्या गर्न शुरु
भएको छ । धार्मिक कट्टरता तिर मिथिलाको समाजलाइ लैजाने प्रयत्न पो हो कि
शंका उब्जिन थालेको छ । अन्यथा विगतमा अत्यन्त उदार समाजको रुपमा विकसित
भएको हो । हिन्दु धर्म भित्रै पनि धेरै सम्प्रदाय र पन्थहरु छन जसलाइ
एकअर्कालाइ उदारतापूर्वक स्वीकारर्दैन । तर मिथिलामा थोडै फरक देखन्छ ।
हिन्दु धर्मको तिनवटा मुख्य सम्प्रदाय वैष्णव, शैव र शाक्त मिथिलाको एउटा
परिवारमा हामी भेट्छौै । आँगनमा तुलसी हुन्छ जुन वैष्णवकोे प्रतीक हो ।
कपालमा रत्तmचन्दन अथवा रातो सिन्दुर लगाइन्छ त्यो शाक्तको प्रतीक हो ।
शाक्तकै अर्को रुप घरभित्रै बोका बलि दइने चलनको रुपमा हेर्न सकिन्छ ।
महादेवको प्रत्येक घरमा नियमित पूजा गर्छ त्यो शैवको प्रतीक हो । तीन वटै
सम्प्रदाय एउटै घरमा सम्मानपूर्ण स्थान पाएको छ । यो भनेको सामाजिक र
धार्मिक उदारताको संस्कारबाट विकसित भएको हो ।
अन्तर धार्मिक सम्वन्धको मामिलामा पनि
मिथिला उदार नै देखिन्छ । मुख्यतः हिन्दु र इस्लाम धर्मावलम्वीहरुको सधन
वसोवास रहेको मिथिलामा केही पर्वलाइ द्बै समूदायले अत्यन्त सम्मानपूर्वक
आत्मसात गरेको छ । छठि मुसलिम समूदायले पनि मनाउने गरेको पाइन्छ । त्यसैगरि
मुसलमानहरुको पर्व ताजिया हिन्दू र मुसलमान दुबै समूदायले उत्साहपूर्वक
मनाउने गरेका छन । यसको अर्थ के हो भने धार्मिक र सांस्कृतिक सहअस्तित्वलाइ
स्वीकार गर्ने मिथिलाको मौलिक चरित्र हो ।
संचारको विकासले संसारलाइ एउटा गाउँमा
रुपान्तरण गरिसकेको छ । वैश्वीकरणको प्रभाव मिथिलाको घर आंगनमा पनि पुगेकै छ
। यस्तोमा उग्र फासीवादी चिन्तन पर्व र धर्मको माध्यम बनाइ सजिलै छिर्न
सक्छ । हालै भारतको दलित विद्वान् चिन्तकले देवतालाई रङ्गको आधारमा
वर्गीकरण गरेर लेख लेखेका थिए, । जसमा दुर्गाको रङ्ग गोरो हो त्यसैले त्यो
अभिजात्य वर्गको देवी हो । कालीको रङ्ग कालो हो त्यसैले काली गैर अभिजात्य
(दलित) वर्गको देवी हो । आज यसरी बहस सुरु गरिएको छ । मैले भन्न खोजेको के
भने अब देवताहरुलाई जातीय र रङ्गको आधारर्मा व्याख्या गर्न थालिएको छ ।
लक्ष्मीलाई भौतिक सम्पदाकी र धन दौलतकी
देवी भनेर पूजा गरिन्छ । सम्पन्नताको लागि भौतिक सम्पदाको स्रोतको रुपमा
पूजा गरिन्छ । लिङ्ग विभेदकालमा लक्ष्मीलाइ सुन्दरताको लागि पूजा गरेको
पाइन्छ । त्यस समयमा धनको लागि अग्नी, अश्वनीकुमार, इन्द्र र यक्षलाई पूजा
गरिन्थ्यो । पछि कृषि कार्य र उत्पादनमा महिलाको योगदान हुन थालेपछि
महिलालाई धनको देवीको रुपमा पूजा गर्ने प्रचलनमा आयो र लक्ष्मीलाइ धन
देवीको रुपमा पूजा गर्न थालियो ।
पछि पुराण कालमा आएर समाजमा पितृसत्ताको
स्थापना भयो । जसले सम्पत्तिमा पुरुषको हकलाई स्थापित गरिदियो । यसपछि
लक्ष्मीको स्वरुपमा परिवर्तन आएको पाइन्छ । इश्वरीय प्रतीक अर्थात्
विष्णुको अर्धाङ्गिनीको रुपमा । सर्वशत्तिmमान् विष्णुको अर्धाङ्गीनी भएपछि
इश्वरीय प्रतीकको रुपमा लक्ष्मीको पूजा गर्न थालिएको पाइन्छ । अहिले जहाँ
भोटको राजनीति सुरु भएको छ, समानताको कुरा उठ्न थालेको छ । सम्पतिमा समन
हकको अवस्था निमार्ण भएको छ, यसबेला लक्ष्मीको कस्तो स्वरुप हुने हो आउदो
समयले निधारर्ण गर्ला ।
अहिले हामी जनवादी संस्कृति निर्माणको
प्रत्रिmयामा रहेको अवस्थामा कसरी पर्व त्योहार र देवी देवताको रुप
परिवर्तनको प्रक्रिया लिएर अगाडी जाउँला हाम्रो विमर्श त्यही केनिद्रत हुनु
पर्ने हो ।
तर मैले महाकवि कालिदासको उक्ति यहाँ
उल्लेख गर्न चाहन्छु , उहाँले भन्नु भएको छ, उत्सव प्रियः मानवाः ।
स्वभावले नै मनुष्य उत्सव प्रिय हुन्छ । उत्सवको उद्गम सामूहिकतो हो ।
सामूूहिकतामा दुःख बाडिन्छ । भय त्रास हराउँछ र सुखको अनुभूति हुन्छ । हामी
कर्मकाण्डीय र कट्टर धार्मिकता भन्दा टाढा रहेर आफनो विविधतापूर्ण
संस्कृति भित्रको सुन्दरतालाइ स्वीकार गरौं । उत्सवीय जीवनदर्शन भित्र
कुरुपतालाइ पन्छाउँदै नयाँ सौन्दर्यको सिजर्ना गरौं ।
(आधारशीला कम्युन बर्दिबासमा आयोजित नयाँ
नेपालमा नयाँ संस्कृति विषयक कार्यत्रmममा मिथिलाको चाडवाड विषयमा
लेखकद्वारा व्यक्त गरिएका मन्तव्य । ) Savar : http://sahityasangraha.com/2018/07/13/%e0%a4%ae%e0%a4%bf%e0%a4%a5%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%be%e0%a4%a1%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/