क्यान्सर पिडितलाई बचाउन सहयोगी हात बढदै


क्यान्सर पिडितलाई बचाउन सहयोगी हात बढदै
महोत्तरी समाचारदाता
जलेश्वर, असार २६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. ४ सुगा बस्ने क्यान्सर पिडित १२ वर्षिय रवि पासमानलाई बचाउन सहयोगी हातहरु बढदै गएका छन् ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरी तथा दलित जनजाति उत्थान संघ महोत्तरीले ति बालकलाई बचाउन आर्थिक सहयोग गरेका हुन् ।
सेभ द चिल्डे«नको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत बाल संरक्षण समितिको आग्रहमा सामुदायिक परिवार कल्याण संघले २० हजार नगद हस्तान्तरण गरेका हुन् । https://mail-attachment.googleusercontent.com/attachment/u/0/?view=att&th=1646a09dc62e8ff7&attid=0.1&disp=inline&realattid=file1&safe=1&zw&saddbat=ANGjdJ-zrJTwb7TIZGbxNHWD52zw1Xz-vS3ebUDskMJP2MCxhYHuUJ5qkaZWbB6V2Hpf6JpMOjnwWtPJGYBtcjGkpf6Q5EPQln9iKf9rk10HiG_1_Uwp9M9k_Ash-7qE25r1KYUp_B8IPBUnXkfLE4mmwjtTK1l41jQ7IPM_b3ck75TKEPzEXuahSoiqmiAGmBpNO-SXC2eqXRjoPmvJqqKJAiZ-2_rfAkoGYzQUQIZTRw4Fq3wFBZtJ2eA-zFxbLoB4wg2uuVv-WBxJY8dKKYK9bcDRWv8t70B1ncT0vQPHZTpREIk75fqgtfhhWUs2j_Wjf2dav7xZ2uFQT3A-ZnAtH9RDP6KFT6OQm8zUz3l9_L7zE2FpgAq4yUYHke9xxkq44MfaoMRreeP69KDii38pqh9Bnw0foLalfsolD91l3eesPtO_KV9WFmJ7oYNfli2V3sfHbgqx5xQGVbGrEzViZ9XEHE7POiHaoFtkFFzGXAkIUOCh2ca8acTc1_N-yoncn9Q8I6_q4r2tj-J8o9mWROYlokPINHRnKinG83TL_tfV_42mHuOMmzjpVOK5KWhPMwgfZPjNa11u1pznKnRttLV5iLZJdguZno1Pafp50znpdpDbUSeBLIFPyZI
जलेश्वर नगरपालिका वडानं. ४ का वडाध्यक्ष लोकेन्द्र लाल कर्ण, बाल संरक्षण समितिका सुगाका अध्यक्ष रामएकवाल पाण्डेयले संयुक्त रुपमा नगद क्यान्सर पिडित बालकलाई प्रदान गर्नुभएको हो । सो अवसरमा वडाध्यक्ष लालले आफ्नो व्यक्तिगत तर्फबाट पनि ५ हजार नगद बालक रविलाई प्रदान गर्नुभएको थियो ।
सामुदायिक परिवार कल्याण संघका सामाजिक परिचालक कैलाशकुमार यादवले बालबालिकालाई संरक्षण गर्नुपर्ने सबैको दायित्व भएकोले आफुहरुले दायित्वबोध स्वरुप बालकलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सो रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
त्यसैगरी दलित जनजाति उत्थान संघका अध्यक्ष श्यामसुन्दर दास तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले संयुक्त रुपमा क्यान्सरपिडित बालक रविलाई १० हजार नगद प्रदान गर्नुभएको थियो । कर्मचारीहरुबाट केही रकम संकलन गरेर अरु संस्थाबाट संकलन गरी बालकलाई नयाँ जीवनको लागि थोरै भएपनि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष श्यामसुन्दर दासले जानकारी दिनुभयो ।
केही दिन अगाडी मात्रै विभिन्न पत्रपत्रिकाहरुमार्फत रविका बुवा नागेन्द्र पासमानले ब्लड क्यान्सरबाट जुझिरहेका आप्mना बालकलाई बचाईदिन सबैजनामा आग्रह गर्नुभएको थियो । 
विगत ६ महिनादेखि १२ वर्षिया छोरा रवि पासमानलाई भक्तपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहनुभएका पासमानले उपचारमा रकमको अभाव भएको भन्दै छोरालाई बचाई दिन सबैसंग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म उपचारमा ३० लाखभन्दा बढी खर्च गरिसक्यौं, उपचार अहिले पनि बाँकी नै छ तसथै सबैसंग सहयोगको लागि आग्रह गर्छु ।”
नीजि विद्यालयमा शिक्षण सेवा गर्दै आउनुभएका नागेन्द्रले भएभरको सम्पत्तिबाट उपचार गराएपनि अब उपचार गराउने सामथ्र्य नरहेको बताउनुहुदै सबैले सहयोग गरे मेरो छोराले पनि नयाँ जीवन पाउनेमा आफु आशावादी रहेको बताउनुभयो ।
सदरमुकाम जलेश्वरमा रहेको न्यू मोर्डन बोडिँग स्कुलमा अध्यापन गराउँदै आउनुभएका उहाँले तलवबाट घरखर्च समेत निस्कन नसक्ने अवस्थामा रहेको हुँदा छोराको उपचार कसरी गराउनु ? प्रश्न गर्नुहुदै पैतृक सम्पत्ति तथा दाजुहरु र आफन्तको सहयोगमा अहिलेसम्म उपचारको हिम्मत गरेपनि रकम अभावमा उपचार गराउने धैर्यता गुमेको दुखेसो पोख्नुभयो । उहाँले छोराको उपचारमा खटिएका कारणले विद्यालय नियमित जान नसक्दा नियमित आयआर्जन समेत गुमेको बताउनुभयो ।
रवि आफै पनि सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत रहँदै आएको र आफु उपचारपश्चात निको भएर पुनः विद्यालय जाने वताउँछन् । सबै सहयोगी हातहरुले आर्शिवाद दिने हो भने म पहिले जस्तै हुन्छु रविले वताउनुभयो । उहाँले सहयोग गर्ने महानुभावहरु तथा संस्थाहरुलाई धन्यवाद समेत दिनुभयो ।
अहिले बालकको भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा.अजय झाको निगरानीमा उपचार भइरहेको रविलाई होडस्किन लिम्फोमा क्लासिक रोग लागेको र अवस्था तेस्रो चरणमा रहेको बताइएको छ ।
बालकको जिवनरक्षाको लागि सहयोग गर्न चाहनुहुने महानुभावले जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको बचत खाता नं. १२७००१९९८१० मा सहयोग गर्न सक्ने बालकका बुवा नागेन्द्रले बताउनुभयो ।