क्यान्सर पिडितलाई सहयोग

क्यान्सर पिडितलाई सहयोग
महोत्तरी,मंसिर २७ गते
मटिहानी नगरपालिकाले एक जना क्यान्सर रोगीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

विगत छ वर्षदेखि गलाको क्यान्सरबाट पिडित रहदै आएका मटिहानी नगरपालिका वडा नं. २ बस्ने वर्ष ७० का रामवृक्ष भेरिहरलाई उपचार खर्च वापत सहयोग स्वरूप नगदरू. २०,०००( (बीस हजार) मटिहानी नगरपालिका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले उनको घरमै पुगी सो रकम प्रदान गरेका थिए ।
उनि क्यान्सरबाट पिडित भएदेखि दुध र जाउलो खिचडी मात्र लिने गरेका छन् । उनको उपचार भरतपुर क्यान्सर अस्पतालबाट भईरहेको कुरा जनाएको छ ।