तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्

तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्

राजकरण महतो  प्रकाशित: २०७६-११-१४ गते १०९ पटक हेरिएको
33
SHARES
Share to LinkedInLinkedInShare to WhatsAppWhatsAppShare to ViberViberShare to More
♦राजकरण महतो
हुलाकी राजमार्ग बन्छ, बन्दैछ, अब बनि हाल्छ ,’ सय बर्षीय पचकोटी यादवले सुनेको बर्सौ भयो । हुलाकी सडक बन्ने चर्चा उनले २००७ सालमै सुनेका थिए । जति बेला उनका हजुरवुवा छोटी यादव ज्यूउँदै थिए । उनको हजुरवुवा वित्यो, वुवा घुसर पनि बित्यो । तर, तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन् । हिउँदमा धुलाम्य र बर्षामा हिलाम्य हुनु हुलाकी सडकको बिशेषता रह्यो ।
उनले ५० बर्ष अघि भोगेको दुःख अहिलेसम्म पाइरहनु पचकाटीको मात्रै नियती होइन्,पुरा तराईबासीको बाध्यता हो । धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमा १० अर्ब बढीको हुलाकी राजमार्ग, साहय सडक र पूलहरुको निर्माण सुस्त मात्रै छैन अलपत्र जस्तै छ ।
उनी भन्छन्,‘असारदेखि भदौंसम्म तिन महिना बाढीको भेलमा गाउँ डुब्छ, कोही विरामी भए, गाउँमा एम्बुलेन्स आउने बाटो पनि हुदैंन। कोही बाँच्छ, धेरैलाई मर्ने पर्छ । हामी त भगवान् भरोसे बाँची रहेका छौं ।’ उनको सडक बनेको हेरेर मर्ने इच्छा छ ।
कारवाही नगरेर म्याद थपियो
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामबाट १० अर्बको २३ वटा योजना संचालित छ । छोटीको पुस्ता फेरियो तर, हुलाकी सडकको हिलो र धुलो फेरिएको छैन । हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकको निर्माण लथालिङ्ग छ । सुरु गरिएको पुल र सडकको काम अधुरै छ ।
२०६८ सालदेखिका हुलाकी सडकको योजनाहरु २०७६ सालसम्म आइपुग्दा पनि अधुरै छ । निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाही गर्नुको सट्टा पटक पटक म्याद थपिएको छ । तर, पनि काम अधुरै छ । २३ योजना मध्ये १३ वटा योजना एक, दुई पटकसम्म म्याद थपिदा निर्माण लम्बिएको छ ।
२०७२ साल असारमा ठेक्का लागेको सर्लाहीस्थित धनकौल र हर्कठवा पूलको चार बर्ष बित्दा निर्माण पनि सुरु भएको छैन । जब पूल कि ०७४ सम्ममै बनिसक्नु पर्ने म्याद थियो । डिजाईमा समस्या भएर काम हुन सकेको छैन ।
‘लोकल’ ठेक्केदारको दादागिरी
ठेक्का लिने र वेपत्ता बन्ने ठेक्केदारको प्रवृत्ति हावी भयो । सरकारले ठेक्केदारलाई लगाम लगाउन चुक्यो भने, उचित मुआब्जा व्यवस्थान गर्न सरकार गम्भिर नहुँदा निर्माण सुस्त छ । विजुलीको पोल सार, सडकमा परेको रुख कटान गर्न वन कार्यालयहरुले नसघाउनु हुलाकी सडक निर्माणको बाधक बन्न पुग्यो ।
मुख्य ठेक्केदारले अरु ठेक्केदारलाई पेटी कन्टयाकमा ठेक्का दिनु त मुख्य बाध्क नै बन्यो । लोकल ठेक्केदारले ठेक्का लिएर राजनितिक आड्मा काम नगरेर योजनाहरुलाई कमाई खानेभाँडो बनाएका छन् । निर्माणको ठेक्का लिएका निर्माण व्यवसाही जिम्मेवार देखिए । उनीहरुको चरम लापरवाहीले बर्सौंसम्म योजना अलपत्र बन्नेको छ । ठेक्का तोड्ने भनेपछि बल्ल काम गर्न चासो लिएको छ ।
चार बर्षमा दुई पुलको कामै भएन
चार बर्ष अघि ठेक्का लागेको हुलाकी सडकको दुई पुलको निर्माण कार्य पनि सुरु भएको छैन । गलत डिजाइनका कारण सर्लाहीको धनकौल र हर्कठवा पुलको काम नभएको हो । २५ मिटर लाम्बाईको धनकौल पुल निर्माण गर्न २३ पौष २०७२ मा एक करोंड १० लाखमा भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौले ठेक्का लिएको थियो । भैरव निर्माण कम्पनीले नै
चालिस मिटर लम्बाई भएको हर्कठवा पुल १ करोंड ९१ लाखमा २४ असार २३ गते ठेक्काा लिएको थियो । दुवै पुलको डिजाइनमा समस्या देखिएकोले काम हुन सकेको छैन । पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो लिएको देखिदैंन ।
एकातिर बन्दै अर्को तिर भत्किदैं
जनकपुर–जलेश्वर –भिट्टामोड १८ किलो मिटर छ । यो सडक निर्माण गर्न तीन बर्ष अघि नै ठेक्का लागेको थियो ।गत असोजमै निर्माण भइसक्नु पर्ने थियो । हालसम्म पनि अधुरै छ । यात्रीलाई सकडमा उड्ने धुलोले खेपिनसक्नु सास्ती छ । सडक एकातिर बन्दैछ अर्को तिर भत्किदैं छ । नेपाल –भारतलाई जोड्ने व्यपारिक र धार्मिक राजमार्ग हो ।
सडकको आधारशिलाबाट माटो खनेर सडकमा हुरिएको छ । बर्षाले सडक भाँसिएको छ । सडकमा बारिहबाट माटो ल्याएर राख्ने सम्झौता थियो । तर, ठेक्केदारले नजिकैबाट माटो काटेर ल्यायो । जसले गर्दा सडक कमजोर बन्न पुगेको छ ।
कालोसूचीमा राख्नु पर्ने ठेक्केदारलाई सरकारले ८ महिना थपेर झन मन बढाइदिएको छ । जनकपुर–जलेश्वर –भिट्टामोड (पहिलो खण्ड) ठेक्का प्रतिभा वाइपी जेभी, पुलचोक ललितपुरले पाएको छ ।उसले ९ किलो मिटर फोरलेन सकडकको कालोपत्रे काम गर्न ४८ करोंड ५१ लाख ठेक्का लिएको थियो । ६७ प्रतिशत काम देखाएर २८ करोंड ७५ लाख भूक्तानी लिइसकेको छ । नौं किलो मिटर फोरलेन सडकको कालोपत्रे काम गर्नु पर्नेमा हालसम्म चार किलामिटर मात्रै एक एकतर्फी कालोपत्रे गरेको छ । ठेक्केदारको ढिलासुस्तीले काम सुस्त छ ।
जनकपुर–जलेश्वर –भिट्टामोड (दोस्रो खण्ड ) को निर्माणको जिम्मा आशिष, पप्पु, रोशन जेभी काठमाण्डौं पाएको छ । उसले पनि साढे ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे गर्न भ्याटसहित ४९ करोंड ८९ लाख ठेक्का लिएको छ । ६८ प्रतिशत काम देखाएर २३ करोंड ९० लाख बजेट लिइसकेको छ ।
साढे ९ किलो मटिर बाटो मध्ये ४ किलोमिटर दुवै तिर पिच गरेको छ । बस्ती क्षेत्रमा नालाको काम हुदैं छ । सडकको पोल प्राधिकरणले हटाउन चासो नदिँदा काममा अवरोध पुगेको छ । सडमा परेको मठमन्दिर हठाएर सार्न बजेट अभाव छ । मन्दिर सारे बनाउन ५० लाख बजेट माग गरिएको साइट इन्जिनियर सञ्जिब साहले बताए ।‘ दुवै ठेक्केदारको ५०÷५० लाख रोकेर राखेका छौं, सडक छेउको खाल्टो नपुरे भुक्तानी हुदैंन ।’ ढिलासुस्तीको कारण कामले गति लिएको छैन ।
खोला तर्न धान दिनु पर्ने बाध्यता
सिरहा–धनुषा जिल्लालाई हुलाकी राजमार्गको कमला नदीको पुलले जोड्छ । निर्माण सुरु भएको नौँ वर्षमा पनि पुल बन्न सकेको छैन । पुन नबन्दा स्थानीयलाई सास्ती छ । बर्सेंनी माझीलाई धान तिरेर काठे डुंगामा खोला वारिपारी गर्नु परेको छ ।
नदीमा अत्यधिक बाढी भएका बेला डुंगा पनि चल्दैन् । त्यतिबेला सदरमुकाम सिरहाका वासिन्दालाई जनकपुर पुग्न भारतीय जयनगर बजार वा पूर्व–पश्चिम लोकमार्गबाट जानुपर्छ । ‘नदीमा पुल भए जनकपुर जान एक घण्टा पनि लाग्दैन,’ सिरहा नगरपालिका –६ का रंजित ठाकुरले भने,‘बाढी बढी भएकोले डुंगा पनि चल्दैन् । टाढाको बाटोबाट जनकपुर पुग्नुपर्छ । खर्च पनि बढ्छ ।’
चार सय ४० मिटर पुल निर्माण गर्न ३१, असोज २०६८ सालमा पप्पु लुम्बिनी निर्माण कम्पनीले ठेक्का लिएको थियो । दुई पटक म्याद थप्दा पनि ५६ प्रतिशत मात्रै काम भएको छ । जमिनबाट उठानु पर्ने पुलको १२ वटै पिलर उठाइसकिएको छ । पप्पुले काम नगरेपछि भरखरै लुम्बीनीलाई काम दिएर सुरु गराइएको छ । ठेक्केदारको चरम लापरवाहीले निर्माण निर्माण अलपत्र परेको थियो ।
अलपत्रमा पर्ने अर्को पुलमा छ, सप्तरीको बलान नदीको पुल । १५ फाल्गुण, २०६८ ठेक्का लागेको पूलको निर्माण अधुरै छ । शर्मा पप्पु जेभीले ठेक्का लिएर काम छोड्दा नौं बर्षमा पुल बन्न नसकेको हो । एक पटक म्याद लिएर उनलाई १५ भदौं २०७५ मा निर्माण सम्पन्न गर्नु पर्ने थियो तर, कामै गरेनन् ।
पुलको ६५ प्रतिशत मात्रै काम पुरा भएको छ । जमिनबाट उठाउनु पर्ने पुलको १२ वटै पिलर उठाइ सकिएको, माथिल्लो भागको काम बल सुरु भएको छ । निर्माण कम्पनी पप्पु पछि हटेपछि भरखरै शर्मा जेभी काम दिएको छ । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको । ठेक्केदारको चरम लापरवहीले समयमा योजना सम्पन्न भएनन् ।
हुलाकी राजमार्गको दशबर्षे योजना
नेपालको पूर्व मेची र पश्चिम महाकालीसम्मको तराईका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य राखेर हुलाकी राजमार्गको योजना ल्याइएको हो । लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यस आयोजना पूर्व–पश्चिम ९सय ७५ किमि फैलिएको छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।पछि भारत सरकारले हात झिकेपछि आयोजनाहरु अलपत्र परेको थियो । अहिले नेपाल र भारत सरकारको लागतमा अलग अलग रुपमा काम भइरहेको छ
२०६५ सालमा सुरु गरिएको योजना ०७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएको थियो । पछि तीन बर्ष अझै थपेंर आउँदो ०७८ साल सम्ममा हुलाकी राजमार्ग र शाखा सडकहरु निर्माण भइसक्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १ हजार ६६३ किलो मिटर कालोपत्रे सडक र १ सय २५ वटा पूलहरुको निर्माण हुने अनुमान छ । हुलाकी पहुँच सडक सहितको हुलाकी राजमार्ग आयोजनाको कूल लागत अनुमान करिव ४७ अर्ब २७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट काम भइरहेको छ ।
निर्माणका लागि संघर्ष
हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाईको विरुद्धमा आन्दोलन पनि हुदैं आएको छ पाँच बर्ष अघि नेता रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समिति गठन भयो । निर्माण कार्य छिट्टो अघि बढाउन सिरहा र जनकपुरमा १ महिना रिले अनसन चल्यो । अभियानीहरु सप्तरीदेखि जनकपुरसम्म ७८ किलो मिटर पैदल यात्रा गरे ।
हुलाकी सडक संघर्ष समितिका संयोजक यादव भन्छन्,‘ हुलाकी राजमार्गको निर्माण पुरा नहुँदा ५० बर्ष अगाडीकै जीवनशैलीमा बाच्न विवश छन् । परिवर्तनकारी आन्दोलनको नेतृत्व तराईको जनकपुर, सिरहा, सप्तरीले ग¥यो । यहाँका स्थानीयहरुले त्यो परिवर्तनको स्वाद चाखन पाएका छैनन् ।’
निर्माणको बाधक पेटी ठेक्केदार
हुलाकी सडक राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका इन्जिनियर सञ्जिब साह भन्छन्,‘मुख्य ठेक्केदारले श्रोत, साधन देखाएर ठेक्का लिन्छ । पछि उसले अरुलाई ठेक्केदारलाई पेटी ठेक्कामा दिन्छ । त्योसंग काम गर्ने श्रोत साधन नै हुदैंन । त्यसले त झन योजनाहरु सुस्त भएको छ ।’ पेटी ठेक्केदारको सिस्ट हटाउनु पर्ने उनको तर्क छ ।
‘महँगीको मारमा उपभोक्ता’
हुलाकी राजमार्ग निर्माण नहुँदा व्यपारी, उद्योगी मारमा परेको छन् भने, उपभोक्तालाई महँगिले ढाँड सेकेको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह ‘हिरा’ले बताए । ‘सडकको विकासको पहिलो शर्त हो । झन् हुलाकी सडक तराईबासीको मुटु नै भन्दा हुन्छ,’उनले भने ।
हुलाकी राजमार्ग संचालनमा नआउँदा मालसमान आयात निर्यात गर्न व्यपारीलाई दोहोर भाडा र धेरै समय खर्चनु परेको छ । ‘ बजारमा बस्तु महँगिएको छ । उपभोक्ता महँगीको मारमा परेका छन्,’उनले भने,‘सडक संचालनमा आएपछि दुवानी खर्च घट्छ । किसानहरुले आफ्नो उत्पादन सिधा बजारमा ल्याउन सक्छ , बिचौलीहरु निरुत्साहित हुन्छ,’उनले भने ।
‘ठेक्का बिक्री हुन्छ’
भौतक पुर्वधारसंग सम्बन्धित मन्त्रिहरुको गैरजिम्मेवारीले गर्दा हुलाकी राजमार्ग र त्यसका सडकहरु समयमा समम्पन्न नभएको जनकपुरधामका अर्थ शास्त्री डा. सुरेन्द्र लाभले बताए ।‘ हुलाकी राजमार्ग कोर मधेशको ‘लाइफलाईन’ हो,’उनले भने,‘मन्त्रीहरु इमान्दार नहुँदा हुलाकी सकडले मुहार फेर्न सकेन ।’ हुलाकी सडक वरिपरीका गाउँहरुको विकास बर्सौ पछाडि धकेलिएको उनले बताए । ‘हुलाकी सडकसंग कोर मधेशको जीवन जोडिएको छ । सकड विकासले उद्योग, बजार, शहर चम्किने छ,’उनले भने,‘तर, के गर्ने मन्त्रीहरुले आफ्नै कार्यकर्ताहरुलाई ठेक्का पार्छ, हुलाकी सडक कमाई खाने भाँडो बन्यो ।’
आन्दोलन गर्दा निर्माण अघि बढ्ने , अलिकती बजेट हाल्ने, फेरि सुस्त हुने, जनता फेरि आन्दोलित हुँदा काममा ठेक्केदार चासो लिने यस्तै रवैया छ, हुलाकी सकड निर्माणको । मुख्य ठेक्केदारबाट चार तह तलसम्म पेटी कन्टयाकमा ठेक्का लाग्ने गरेको बताउँदैं उनले थपें,‘ ठेक्का खरिद बिक्री भयो । जसले गर्दा निर्माण अलपत्र भयो ।’
अर्थ मन्त्रालयले बजेट बनाउँदा सबै योजनाहरुबाट बाँकी हरेको बजेट मात्रै हाल्ने गरेको अर्थशास्त्री लाभले उल्लेख गरे । ‘ बजेट बनाएर बाँकी रहेको बजेट कहाँ हाल्ने, हिसाब मिलाउन हुलाकी सडकमा हालिदिउन त भन्ने कुरा हुन्छ । हुलाकी सडक साँच्चै भन्ने हो भने सरकारले ‘मज्जाक’को बिषय बनाएको छ ।’
हुलाकी सडक अन्तरप्रदेशिय सडक हो । प्रदेश १, २, ३, ५, ६ सम्म फैलिएको छ । हुलाकी राजमार्ग आन्तर प्रदेशीय मुख्यमन्त्री बैठकको एजेण्ड बन्नु पर्ने उनले औंल्याए ।‘सबै प्रदेशको जब एजेण्डा बन्छ, तब मात्र हुलाकी राजमार्ग बन्छ ,’अर्थशास्त्री डा. लाभले भने

महोत्तरी, धनुषा, सिरहा, सर्लाहीमा हुलाकी राजमार्ग अन्तर्गत संचालित सडक र पुलको योजनाहरुको अवस्था

(१) योजनाको नाम : जनकपुर–जलेश्वर –भिट्टामोड (पहिलो खण्ड)
काम : ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४८ करोंड ५१ लाख
भुक्तानी : २८ करोंड ७५ लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ जेठ २४ गते ( एक पटक म्याद थप)
निर्माण कम्पनी : प्रतिभा वाइपी जेभी, पुलचोक ललितपुर ।
हालको अवस्था : ६७ प्रतिशत काम मात्रै भएको, चार कलिमिटर मात्रै एक एकतर्फी कालोपत्रे, ठेक्केदारको ढिलासुस्तीले काम, ठेक्का तोड्ने भनेपछि चासो लिएको ।
(२) योजनाको नाम : जनकपुर–जलेश्वर –भिट्टामोड (दोस्रो खण्ड )
काम : साढे ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४९ करोंड ८९ लाख
भुक्तानी : २३ करोंड ९० लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ भदौं २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : आशिष, पप्पु, रोशन जेभी काठमाण्डौं
हालको अवस्था : ६८ प्रतिशत काम मात्रै भएको । साढे ९ किलो मटिर बाटो मध्ये ४ किलोमिटर दुवै तिर पिच भइसेको, बस्ती क्षेत्रमा नालाको काम हुदैं । सडकको पोल प्राधिकरणले हटाउन चासो नदिँदा काममा अवरोध । सडमा परेको मठमन्दिर हठाएर सार्न बजेट अभाव । ढिलासुस्तीको कारण कामले गति लिएन, ठेक्का तोड्ने भनेपछि ठेक्केदार तात्यो ।
(३) योजनाको नाम : नवलपुर–मलंगवा सडक (पहिलो खण्ड)
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ३० करोंड १६ लाख
भुक्तानी : २३ करोंड ९७ लाख
योजना सुरु मिति : २०७३ भदौं ३१ गते
सकिनुपर्ने : २०७५ कात्तिक ३० गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : हिमडुङ्ग एण्ड ठोक्कर एण्ड नमिता जेभी, तिनकुन्ने काठमाण्डौं
हालको अवस्था : ९५ प्रतिशत काम भएको, पाँच सय मिटर कालोपत्रे गर्न बाँकी । सुरुमै ६ महिना काम गर्न ढिलाई गरेर ठेक्केदारले काममा लापरवाही गरेको । ठेक्का तोड्ने कुरो पछि मात्रै चासो लिएको
(४) योजनाको नाम : नवलपुर–मलंगवा सडक (दोस्रो खण्ड)
काम : साढे १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २८ करोंड ६३ लाख
भुक्तानी : २४ करोंड ६० लाख
योजना सुरु मिति : २०७३ असोज १० गते
सकिनुपर्ने : २०७६ भदौ २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : रमण आश्रया जे.भि. बासुन्धरा, काठमाण्डौं
हालको अवस्था : ९८ प्रतिशत काम भएको, कालोपत्रे पुरा भएको नाला ३ किमि बनेको, ठेकेदारले समयमा काम नगर्दा काम ढिलो भयो ।
(५) योजनाको नाम : नयाँरोड–बरहथवा–मधुबनी सडक (पहिलो खण्ड)
काम : २१ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४३ करोंड ७२ लाख
भुक्तानी : ३३ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ असोज ०२ गते
सकिनुपर्ने : २०७६ चैत्र ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : १९ किमी कालोपत्रे भएको । ३ किमी सडक वन क्षेत्रमा परेकोेले वन कटानी ढिलो हुँदा काम प्रभावित । वन क्षेत्रमा साविककै सडकमा कालोपत्रेको तयारी । ठेकेदारको व्यवस्थापकीय पक्षमा कमजोरीले निर्माण प्रभावित ।
(६) योजनाको नाम : नयाँरोड–बरहथवा–मधुबनी सडक (दोस्रो खण्ड)
काम : साढे १९ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४१ करोंड ४२ लाख
भुक्तानी : ३१ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ माघ ०२ गते
सकिनुपर्ने : २०७६ साउन ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : ८४ प्रतिशत काम पुरा भएको । सिंचाईको नहर सडकमा परेकोले काममा ढिलाई । विद्युतले सडकमा रहेको पोल नहटाउँदा काम प्रभावित । अहिले काम भईरहेको ।
(७) योजनाको नाम : कदमचौक–कपटौल–तिनकोरिया सडक ( पहिलो खण्ड)
काम : १२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २७ करोंड ९५ लाख
भुक्तानी : १३ करोंड ३९ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा÷रमण जे.भि.धनुषा
हालको अवस्था : ५५ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
(८) योजनाको नाम : कदमचौक–कपटौल–तिनकोरिया सडक (दोश्रो खण्ड)
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २२ करोंड ९७ लाख
भुक्तानी : १४ करोंड ८३ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते (एक पटक म्याद थपेको)
निर्माण कम्पनी : लामा रमण जे.भि.धनुषा
हालको अवस्था : ७२ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
(९) योजनाको नाम : तिनकोरिया–लगमा–सघरा–कमलापुल सडक
काम : साढे ५ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १९ करोंड १४ लाख
भुक्तानी : ९ करोड ७७ लाख
योजना सुरु मिति : २०७४ असार ३० गते
सकिनुपर्ने : २०७६ असोज २८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : धुकुछु कन्स्ट्रक्सन प्रा.लि., बुद्धनगर, काठमाण्डौं
हालको अवस्था : ५१ प्रतिशत काम भएको । ५ किमीमा २.४ किमि कालोपत्रे भएको । गत अषाढको भिषण बाढीले १ किलोमिटर क्षति ग्रस्त । निर्माण कम्पनी क्षतिपूर्तिको लागि इन्स्योरेन्स कम्पनीमा धाउँदै । निर्माण अलपत्र ।
(१०) योजनाको नाम : बलान –कमला सडक
काम : ३० किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १ अर्ब ३५ करोंड ९२ लाख
भुक्तानी : ३८ करोड ४२ लाख
योजना सुरु मिति : २०७४ पौष ०९ गते
सकिनुपर्ने : २०७७ असार ८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : स्वच्छन्द रोशा महादेव खिम्ती जनकपुर ं
हालको अवस्था : ३० प्रतिशत काम भएको । १६ किलोमिटरमा माटो र ग्रेबलको काम भएको, बस्ती भएको ठाउँमा सडकमा परेको घरटहराले काममा अवरोध, १० महिना काम छाडेर ठेक्केदार वेपत्ता । तागेदा गर्दा आउन मानेन । ठेक्का समझौता तोड्ने कुरा आएपछी ठेक्केदारले काम गर्न चासो लिएको ।
(११) योजनाको नाम : एम.आर.एम.बाँके सग्रामपुर सडक
काम : साँढे २२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८३ करोंड ८९ लाख
भुक्तानी : ३५ करोड ५२ लाख
योजना सुरु मिति : २०७४ पौष ०७ गते
सकिनुपर्ने : २०७७ असार ७ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा डाँफे गोल्डेन जेभी शतिनगर काठमण्डौं
हालको अवस्था : ४३ प्रतिशत काम भएको । माटो र ग्रेबलको काम भएको, ठेक्केदारको लापरवाहीले काम सुस्त ।
(१२) योजनाको नाम : जनकपुर बसविट्टी बलवा,हार्दी पोखरभिण्डा सग्रामपुर सडक
काम : साँवा २२ किलोे मिटर (टुलेन) कालोपत्रे सडक
भ्याटसहितको बजेट : १ अर्ब ७० करोंड ४६ लाख
भुक्तानी : ४० करोड २६ लाख
योजना सुरु मिति : २०७४ पौष ११ गते
सकिनुपर्ने : २०७७ असार १० गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : कालीका रमण जेभी जनकपुर, धनुषा
हालको अवस्था : ३६ प्रतिशत काम भएको । करीब ११ किलोमिटरमा माटो र ग्रेबलको अधुरा काम भएको, सडक केन्द्रको (ऐलाइण्डमेन्ट) को विवादले एक बर्ष काम प्रभावित, बिजुलीका पोलले काममा अवरोध, निर्माणमा ठेक्केदार गैरजिम्मेवार हुँदा कामले गति लिन नसकेको ।
(१३) योजनाको नाम : एम.आर.एम.(फुलजोर)त्रिभुवननगर सडक
काम : सवाँ २१ किलोे मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८६ करोंड १६ लाख
भुक्तानी : ३३ करोड ४४ लाख
योजना सुरु मिति : २०७४ पौष ६ गते
सकिनुपर्ने : २०७७ असार ५ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : टुण्डी आशिष सन्तोष जेभी मैतिदेवी काठमाण्डौं
हालको अवस्था : ३५ प्रतिशत मात्रै काम भएको । साँवा २१ किलोमिटर मध्ये १८ किलो मिटरमा मात्रै माटोको काम भएको र १५ किलोमिटरमा ग्रेबल हालिएको, सडक ऐलाइनमेन्टको विवादले बर्ष दिन ठाउँठाउँमा काम हुन नसकेको,
सुरु सुरुमा हुलाकी सडक विभागबाटै सडकको डिजाईन आउनु ढिलाई, सडकमा परेको घर टहरा नहटिदा निर्माण प्रभावित, पीडितहरुलाई क्षतिपुर्ती बाँड्न ढिलाई हुँदा काम प्रभावित । ठेक्केदारले स्रोतसाधन परिचालन गर्न नसक्दा काम झन सुस्त ।
(१४ ) योजनाको नाम : कमला पुल
काम : चार सय ४० मिटर पुल
भ्याटसहितको बजेट : २४ करोंड ९० लाख
भुक्तानी : १२ करोड ५५ लाख
योजना सुरु मिति : २०६८ जेष्ठ ३१ गते
सकिनुपर्ने : २०७५ मंसिर ३० गते (दुइ पटक म्याद थपेको )
निर्माण कम्पनी : पप्पु लुम्बिनी ं
हालको अवस्था : ५६ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको १२ वटै पिलर उठाइसकिएको । पप्पुले काम नगरेपछि भरखरै लुम्बीनी काममा जुटेको । ठेक्केदारको चरम लापरवाहीले निर्माण ८ बर्षमा पनि योजना सम्पन्न नभएको । निर्माण सुस्त ।
(१५ ) योजनाको नाम : बलान पुल
काम : चार सय ७० मिटर
भ्याटसहितको बजेट : २४ करोंड ६२ लाख
भुक्तानी : १५ करोड ४१ लाख
योजना सुरु मिति : २०६८ फल्गुण १५ गते
सकिनुपर्ने : २०७५ भदौं १५ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : शर्मा पप्पु जेभी ं
हालको अवस्था : ६५ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठाउनु पर्ने पुलको १२ वटै पिलर उठाइ सकिएको, माथिल्लो भागको काम हुदैं, निर्माण कम्पनी पप्पु पछि हटेपछि भरखरै शर्मा जेभी काम गर्न चासो लिएको । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको । ठेक्केदारको चरम लापरवहीले ८ बर्षमा पनि योजना सम्पन्न नभएको ।
(१६ ) योजनाको नाम : गदहिया लच्का पुल
काम : २० मिटर
भ्याटसहितको बजेट : ३ करोंड २६ लाख
भुक्तानी : ८७ लाख ३२ हजार
योजना सुरु मिति : २०७३ असार ५ गते
सकिनुपर्ने : २०७५ असार ४ गते (म्याद थप्ने तयारी )
निर्माण कम्पनी : देव एण्ड सयर कन्ट्रक्सन प्रा. लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । काम अलपत्र । ठेक्केदारको सिधा लापरवाही । धेरै तागेदा गर्दा बल्ल सम्पर्कमा आएको, सुस्त रुपमा काम गरिरहेको ।
(१७ ) योजनाको नाम : सपहा खोला पुल
काम : ६० मिटर
भ्याटसहितको बजेट : ५ करोंड ८४ लाख
भुक्तानी : ३ करोंड ६१ लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६७ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको । नयाँ डिजाईन(प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
(१८ ) योजनाको नाम : बाँके पुल
काम : ४० मिटर
भ्याटसहितको बजेट : ६ करोंड ५४ लाख
भुक्तानी : ३ करोंड ८० लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको ।नयाँ डिजाईन (प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
(१९ ) योजनाको नाम : धनकौल पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : १ करोंड १० लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७३ पुष २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईनमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
(२० ) योजनाको नाम : हर्कठवा पुल
काम : ४० मिटर
भ्याटसहितको बजेट : १ करोंड ९१ लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७४ असार २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
(२१) योजनाको नाम : गोफूधार खोला पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ९४ लाख
भुक्तानी : १ लाख ५० हजार
योजना सुरु मिति : २०७५ असार २९गते
सकिनुपर्ने : २०७७ असार २८ गते
निर्माण कम्पनी : रोशन कन्ट्रक्सन प्रा.लि. जनकपुर
हालको अवस्था : ८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
(२२) योजनाको नाम : कल्यानदह खोला पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ६४ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति ; २०७५ असार २५गते
सकिनुपर्ने : २०७६ फाल्गुण २४ गते
निर्माण कम्पनी : सूर्या ÷विकास जेभी लहान सिरहा
हालको अवस्था : १८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
(२३ ) योजनाको नाम : रामध्यान पुल
काम : ३० मिटर
भ्याटसहितको बजेट : ४ करोंड ८८ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति : २०७६ असोज ०९ गते
सकिनुपर्ने : २०७८ असोज ०८ गते
निर्माण कम्पनी : सुगम निर्माण सेवा महेन्द्रनगर, धनुषा
हालको अवस्था : ले आउट नहुँदा काम अघि बढ्न सकेको छैन । अब केही दिनमा सुरु हुनेछ ।