कारागार जलमग्न
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १ गते । कुनै पनि कार्यालयका कर्मचारीहरु टेबुलमा बसेर काम गदर्ेनन् । काम गर्दा कुर्सी वा बेन्चमा बसेर टेबुलमा कागजपत्र राखी काम गर्छन । तर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको कारागारका कर्मचारीहरुलार्इ भने टेबुलमा बसेर काम गनर्ु परिरहेको छ । सो कारागारमा कुर्सी अथवा बेन्चको भने अभाव छैन तर टेबुलमा बसेर काम गनर्ु उनीहरुको वाध्यता रहेको छ । लगातार दुर्इ दिन देखि परेको पानीको कारण्ा पानी कार्यालय भित्र नै पसेपछि उनीहरु कुर्सी छाडेर टेबुलमै बसी काम गरिरहेका छन् । जिल्ला कारागारका जेलर बस्ने कार्यकक्ष्ा तथा कार्यालय संचालनको लागी कर्मचारीहरु बस्ने कोठामा पानी जमेपछि कामकाजमा कठिनार्इ समेत उत्पन्न भएको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । उहाँले अर्को कोठा नभएको कारण्ा कर्मचारीहरु टेबुलमै बसेर काम गनर्ुपरेको गुनासो गनर्ुभयो । उहाँले पानीको उचित निकास नभएको कारण्ा अलिकति पनि पानी परेपछि कार्यालयमा पानी पस्ने गरेको बताउनुभयो । जेलर ठाकुर कार्यकक्ष्ा छाडेर निर्माण्ा पुरा हुन नसकेको अकर्े कोठामा बस्नु भएको छ भने कार्यालयका कर्मचारीहरु टेबुलमा बसेर दैनिक काम गरिरहेका छन् । जेलर ठाकुरले कोठा अभावका कारण्ा यस्तो भएको जानकारी दिनुहुदै आपुmहरु भन्दा पनि बढी चिन्ता कैदीबन्दीहरुको लाग्ने गरेको जानकारी दिनुभयो । १३५ क्ष्ामताको सो कारागारमा अहिले अढार्इ गुण्ाा भन्दा बढी कैदी बन्दीहरु रहेको छ । अहिले कारागारमा ३६० कैदी रहेका छन् । जसमध्ये ३७ महिला कैदी बन्दी रहेका छन् भने ९ जना बालबालिका आश्रित रहेका छन् । जेलर ठाकुरले धनुष्ाा र महोत्तरी जिल्लाको संयुत्तm रुपमा रहेको यस कारागारमा १८ वर्ष्ा भन्दा तलको करिब २० प्रतिशत कैदी रहेका छन् भने त्यस मध्ये करिब १० प्रतिशत भन्दा बढी कैदी पूर्पक्ष्ाका लागि रहेका छन् । त्यस्तै १८ देखि २५ वर्ष्ा सम्मका करिब ३० प्रतिशत कैदी बन्दीहरु कारागारमा रहेको कारागारका वरिष्ठ स्वास्थ्यकर्मी समेत रहनुभएका जेलर ठाकुरले बताउनुभयो । कारागारमा रहेका बन्दीहरुका नाइके विकरु मिजारले सबभन्दा बढी हातहतियार तथा खरखजाना, अपहरण्ा, तथा ज्यान मुद्दाका कैदीहरु रहेको जानकारी दिनुभयो । उहाँले पहिला भन्दा अहिले १० प्रतिशत देखि १५ प्रतिशत कैदीहरुको संख्या बढेको जानकारी दिनुभयो । मिजारले यताका युवाहरु बैदेशिक रोजगारीमा नगएको भए यस्ता संख्या अभm बढथ्यो दावी गनर्ुभयो । क्ष्ामता भन्दा बढी कैदीहरुको संख्या भएपछि कैदीबन्दीहरुलार्इ खान, बस्न र सुत्न साहै अप्ठयारो हुने गरेको छ । जेलर ठाकुरसंग सोधिएको एक प्रश्नमा उहाँले एउटा कैदीले सुत्न १० इन्चभन्दा बढी ठाउँ पाउँदैन् भन्नुहुदै तपार्इ आफै सोच्नुस् कैदी बन्दीको अवस्था कस्तो छ ? प्रतिप्रश्न गनर्ुभयो । उहाँले कारागारलार्इ सुधारग ृहको रुपमा लाने भनिए पनि अवस्था अहिले सम्म सुधि्रने नदेखिएको बताउनुभयो । राण्ााकालिन बुढो जलेश्वर कारागार अहिले जिर्ण्ा भइसके पनि कसैले नहेरेको आरोप जेलर ठाकुरको रहेको छ । उहाँले देशकै ठुलठुला तथा प्रतिष्ठित नेताहरुले यस कारागारमै बन्दी जिवन विताए पनि सत्तामा गएपछि यसलार्इ नहेरेको जानकारी गराउनुहुँदै कारागारलार्इ बन्दीग ृहको रुपमा नभर्इ सुधारग ृहको रुपमा लग्न सबैसंग अनुरोध गनर्ुभएको छ । फोटो : नागेन्द्रकुमार कर्ण्ा/ महोत्तरी