नेपालमा बन्देज गरिएको राउतको सीडी सिमानाका मधवापुरमा गुञ्जियो

महोत्तरी समाचारदाता
जलेश्वर, पुस १२ गते । देशद्रोहको मुद्दा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतको नेपालमा चलाउन वन्देज गरिएको सिडीहरु भारतीय सिमानाका मधवापुरमा एक कार्यक्रममा दिनभरी बजाइएको छ ।
विहार राज्यको मधुवनी जिल्लाको मधवापुर महोत्तरी जिल्लाको सिमानाका मटिहानीसंगै रहेको छ । जहाँ अहिले संयुक्त मधेशी मोर्चाले नाकावन्दी गरिरहेका छन् ।
मधवापुरमा मधेश आन्दोलनको समर्थन गर्दै नेपाल भारत मैत्री समाजले आयोजना गरेको संवाद कार्यक्रममा प्रमुख अतिथी रहनुभएका भारतका राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री प्रा.डा.रघुवंशप्रसाद सिंह आउन ढिला रहेको समयमा सीके राउतका गीतहरु बजाइएका छन् ।
‘चल भैया आजादी ले, चल बहिना आजादी ले, चल मधेशी आजादी ले’, गीतसहित कार्यकर्तामा उर्जा भर्न बनाइएको भिडियो समेत कार्यक्रममा बजाइएको थियो । मधेश गठबन्धनले सिराहा जिल्लामा गरिरहेको जनमत संग्रहको समयमा यसरी सिमानाकामा उनका गीत बजाईनुलाई जिल्लाबासीहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
संवाद कार्यक्रममा सीके राउतका ठुलो संख्यामा रहेका कार्यकर्ताहरुले उनको नाउँ लेखेको टोपी लगाएर कार्यक्रममा पुगेका थिए । कार्यक्रममा उनको स्वराजसम्बन्धी गीत बजाईनुका साथसाथै पर्चा समेत बाँडिएको थियो ।
महोत्तरी जिल्लाको बलवा सरपल्लोमा केही महिना अगाडी मात्रै सीके राउतको सिडी चलाउने विषयलाई लिएर प्रहरी र स्थानीयबिच झडप हुँदा दर्जन भन्दा बढी घाइते समेत भएका थिए ।
सिमानाकामा आयोजित संवाद कार्यक्रममा महोत्तरी जिल्लाका मोर्चाका नेताहरु सहित जिल्लाका हजारौं कार्यकर्ता तथा स्थानीयहरुका साथसाथै भारतीय मधवापुर, बासुकीविहारी, रामपुरसहित दर्जनौगाउँका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी राजदका राष्ट्रिय उपाध्यक्ष सिंहले नागरिकतासहित विभिन्न प्रावधानहरु नेपाल सरकारले संशोधन नगरे ठुलो क्षति व्योहोर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले भारतमा नेपाली महिलाको विहे हुँदा भारतले आफ्ना अन्य नागरिक झै सवै क्षेत्रमा समान अधिकार दिएको तर नेपालमा जारी नयाँ संबिधानले भारतिय मुलकी महिलाको हकमा सो व्यवस्था नगरि नेपाल भारतको सम्बन्ध चिस्याउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले आफुले नेपाल सरकारसहित भारत सरकारलाई पनि यस विषयमा गम्भीर बनाउनको लागि पुर्वदेखि पश्चिमसम्मको बोर्डरमा आमसभा गरिरहेको जानकारी दिनुभयो । एक सयवटा आमसभा पश्चात आफु काठमाण्डौं गएर पनि यस्तो कार्यक्रम गर्ने चेतावनी समेत दिनुभयो । मधवापुरमा गरिएको कार्यक्रम डा.सिंहको अठारऔ आमसभा हो ।
मधवापुरमा डा.सिंहको मधेश आन्दोलन प्रतिको समर्थन कार्यक्रममा आन्दोलनरत मोर्चा र गठबन्धन  आवद्ध नेताहरु सुरिता साह, सुरेश पाण्डेय, अभिराम शर्मा, डा.सुरेन्द्र यादव, जानकी शरण साह, रामशंकर मिश्र(साहीजी) र विनोद चौधरी लगायतका मधेशी नेताहरुको उपस्थिति रहेको थियो भने भारतवाट राजकिशोर यादव, रामशरण अग्रवाल, रघुनाथ प्रसाद, उमेश आर्य लगायत दर्जनौ विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती महोत्तरीमा पनि मनाइयो

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ९ गते । मुस्लिम धर्मावलम्बीहरुले आफ्नो इष्ट देवता पैगम्बर मोहम्मदको जन्मजयन्ती बिहीबार धुमधामका साथ महोत्तरीमा मनाएका छन् ।
ईस्लाम धर्मका प्रर्वत्तक पैगम्बर मोहम्मदको जन्मजयन्ती हरेक वर्ष ईस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्ल औवल्लको १२ तारिखको दिन मनाइने गरिएको जलेश्वर नगरपालिका वडानं. १६ सुगाका अख्तर रजाले बताउनुभयो ।
मोहम्मद डेको नामले प्रख्यात यो दिवस मनाउने क्रममा बिहीबार महोत्तरी जिल्लाका मुस्लिम धर्मावलम्बीहरु सदरमुकाम जलेश्वरमा भेला भएर मोहम्मदको गुणगान गरेका  छन् ।
इस्वी ५७१ अप्रिल २० तारिखको दिन खाडि मुलुक साउदीको मक्कास्थित ईस्लाम धर्मका प्रवत्र्तक हजरत मोहम्मदको जन्म भएको थियो । बुबा हजरत अब्दुल्लाह र आमा बिबि आमिनाको सन्तानको रुपमा यस पृथ्वीमा अवतरत हुनु भएको वताईन्छ ।






मोहम्मद डेमा सामेल हुनुभएका रजाले आजको दिन हाम्रो समुदायले मोहम्मदको गुणगान गरेर मनाउने गरेको बताउनुभयो । उहाँले पैगम्बर मोहम्मदको जन्मजयन्ती उर्दुको १४३७ वर्षदेखि मनाइदै आएको बताउनुहुदै यो दिनमा मिलाद, नारा जुलुस तथा मोहम्मदको याद गर्ने गरेको जानकारी दिनुभयो ।
बिहीबार गाउँ गाउँबाट सयौं टायरगाडा, टै«क्टर, मोटरसाईकल, साईकलमा आएका हजारौं जनाले सदरमुकाम जलेश्वरको विभिन्न भागको परिक्रमा गर्दै खैरा चोकमा पुगेर सार्वजनिक मञ्चमा पैगम्बर मोहम्मदको जयजयकार गरेका थिए । सो चोकमा बनाइएको मञ्चमा विभिन्न गाउँबाट आउनुभएका मौलाना, शायरीहरुले तकरीर, नात पाठ गर्नुभएको थियो ।
मोहम्मदको जन्मजयन्तीमा सदरमुकाम जलेश्वर मोहम्मदको नाराले गुञ्जयमान भएका थिए । चार महिना लामो बन्दीले गर्दा जनजीवन आजित भएपनि यो जन्मजयन्ती मनाउने उत्साहमा कमी भने देखिएन ।
बन्दीको कारणले अन्य वर्षको तुलनामा केही कम उपस्थिती देखिएपनि मुस्लिम धर्माबलम्बीहरुले भने उत्साहपूर्वक ईष्टदेवता मोहम्मदको जन्मजयन्ती मनाएका छन् ।
पैगम्बर मोहम्मदको जन्मजयन्ती महोत्तरीमा पनि मनाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, पुस ९ गते । मुस्लिम धर्मावलम्बीहरुले आफ्नो इष्ट देवता पैगम्बर मोहम्मदको जन्मजयन्ती बिहीबार धुमधामका साथ महोत्तरीमा मनाएका छन् ।
ईस्लाम धर्मका प्रर्वत्तक पैगम्बर मोहम्मदको जन्मजयन्ती हरेक वर्ष ईस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्ल औवल्लको १२ तारिखको दिन मनाइने गरिएको जलेश्वर नगरपालिका वडानं. १६ सुगाका अख्तर रजाले बताउनुभयो ।
मोहम्मद डेको नामले प्रख्यात यो दिवस मनाउने क्रममा बिहीबार महोत्तरी जिल्लाका मुस्लिम धर्मावलम्बीहरु सदरमुकाम जलेश्वरमा भेला भएर मोहम्मदको गुणगान गरेका  छन् ।
इस्वी ५७१ अप्रिल २० तारिखको दिन खाडि मुलुक साउदीको मक्कास्थित ईस्लाम धर्मका प्रवत्र्तक हजरत मोहम्मदको जन्म भएको थियो । बुबा हजरत अब्दुल्लाह र आमा बिबि आमिनाको सन्तानको रुपमा यस पृथ्वीमा अवतरत हुनु भएको वताईन्छ ।
मोहम्मद डेमा सामेल हुनुभएका रजाले आजको दिन हाम्रो समुदायले मोहम्मदको गुणगान गरेर मनाउने गरेको बताउनुभयो । उहाँले पैगम्बर मोहम्मदको जन्मजयन्ती उर्दुको १४३७ वर्षदेखि मनाइदै आएको बताउनुहुदै यो दिनमा मिलाद, नारा जुलुस तथा मोहम्मदको याद गर्ने गरेको जानकारी दिनुभयो ।
बिहीबार गाउँ गाउँबाट सयौं टायरगाडा, टै«क्टर, मोटरसाईकल, साईकलमा आएका हजारौं जनाले सदरमुकाम जलेश्वरको विभिन्न भागको परिक्रमा गर्दै खैरा चोकमा पुगेर सार्वजनिक मञ्चमा पैगम्बर मोहम्मदको जयजयकार गरेका थिए । सो चोकमा बनाइएको मञ्चमा विभिन्न गाउँबाट आउनुभएका मौलाना, शायरीहरुले तकरीर, नात पाठ गर्नुभएको थियो ।
मोहम्मदको जन्मजयन्तीमा सदरमुकाम जलेश्वर मोहम्मदको नाराले गुञ्जयमान भएका थिए । चार महिना लामो बन्दीले गर्दा जनजीवन आजित भएपनि यो जन्मजयन्ती मनाउने उत्साहमा कमी भने देखिएन ।
बन्दीको कारणले अन्य वर्षको तुलनामा केही कम उपस्थिती देखिएपनि मुस्लिम धर्माबलम्बीहरुले भने उत्साहपूर्वक ईष्टदेवता मोहम्मदको जन्मजयन्ती मनाएका छन् ।


रिपोर्ट कार्यान्वयन हुन्छ ः मानवअधिकार आयोगका सदस्य सुदिप पाठक

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ७ गते । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले चाँडै नै नेपालमा राजनीतिक सहमति भई देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा स्थानीय पत्रकार, मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मीहरु, नागरिकसमाज, युवाहरुसंगको भेटधाट कार्यक्रममा उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।

आयोगले आफ्नो काम ईमान्दारीपूर्वक गरिरहेको बताउनुहुदै आयोगका सदस्य पाठकले सरकारलाई जिम्मेबार बनाउन आयोगको सदस्यकै नेतृत्वमा टोली अनुगमनमा खटिएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर रुपमा काम गरिरहेका छौ, अनुगमनमा छौं र सरकारलाई कारवाहीको लागि रिपोर्टहरु पनि दिइरहेका छौं ।’
सरकारलाई कारवाहीको लागि गरेको रिपोर्टहरु कार्यान्वयन नहुने गरेको विषयमा सहभागीहरुले राखेको जिज्ञासामा आयोगका सदस्य पाठकले भन्नुभयो, ‘ तपाईहरु ढुक्क भए हुन्छ, आयोगले कारवाहीको लागि गरेको सिफारिसहरु खेर जादैन् ।’ जति समय लागेपनि सरकारले आयोगको रिपोर्टलाई कार्यान्वयन गर्नेमा आफु ढुक्क रहेको उहाँको भनाई थियो ।आफु मानवअधिकार बारे वुझेको नाताले यसक्षेत्रमा काम गरिएन भने पदमा नबस्ने समेत उहाँले स्पष्ट गर्नुभयो । आफु सरकारको तलवभत्ता लिए पनि यहि देशको नागरिक भएको नाताले पनि काम गर्नुपर्ने जिम्मेवारी भएको उहाँको कथन थियो ।
आयोगमा कर्मचारीको दरवन्दी अभाव भएकोले पनि अनुगमनमा समस्या भइरहेको जानकारी गराउनुहुदै सदस्य पाठकले ३ सय ५ कर्मचारी मध्ये अहिले डेढ सय कर्मचारी मात्रै रहेको वताउनुभयो ।
मधेशमा भइरहेको आन्दोलन शान्तिपुर्ण र अहिंसक रहेको आफुहरुले भनिरहेको स्पष्ट गर्नुहुदै उहाँले आयोगले कहिल्ये पनि सिमानाकामा नाकावन्दी रहेको नभनि अवरोध रहेको भन्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल वार एशोसिएशन महोत्तरीका अध्यक्ष विजय ठाकुरले मधेशमा मानवीय संकट भइरहेको समयमा अधिकारको वकालत गर्नु नाजायज रहेको बताउनुहुदै आन्दोलनको नाममा सुरक्षाकर्मीबाट हत्या गरिएको बताउनुभयो । उहाँले आयोग यदि सक्षम छ भने यस्तो कार्यमा संलग्नहरुलाई फौजदारी मुद्दामा कारवाही गरेर देखाउनुपर्छ ।
सो अवसरमा महोत्तरीस्थित मानवअधिकार संरक्षण केन्द्रका अध्यक्ष मदनकुमार झा, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजकिशोर झा, प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा, थर्ड एलायन्सका नागेन्द्रकुमार कर्ण, सविता झा, पत्रकारहरु दशरथ भण्डारी, राकेशप्रसाद चौधरी, रञ्जन भण्डारी, युवाहरु सुरेश ठाकुर, सत्येन्द्र यादव, विजय राय, रंजितराज मधेशी, नागेन्द्र दुबे, सुदिप झा लगायतकाहरुले मधेशमा भइरहेको अधिकारको आन्दोलन र आयोगले गर्नुपर्ने कामहरुको बारेमा मन्तव्य राख्नुभएको थियो ।



नेपाली सेनाले चिसोबाट बचाउन दाउरासंगै चिया वितरण गरे

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ७ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सुगाचोकमा मंगलबार एकाविहान चिया खान पुगेका वडानं. ५ का जिरेखन पासमानले चोकमा नेपाली सेनालाई हेरेपछि केही भएको आंशका लाग्यो । चार महिनादेखि लामो वन्दीले केही दुर्घटना भएको हुन सक्ने अड्कल काट्दै उनी डराई डराई छेउमा पुगे । छेउमा पुग्दा त नेपाली सेनाका जवानहरु सदरमुकामवासीलाई केही राहत होस् भनी दाउरा राखेर बाल्दै थिए । उनी नेपाली सेनाको यो कार्यदेखेर मनमनै प्रशंसा गर्दै चिसोबाट बच्न बालिएको दाउरा निर गएर आगो ताप्न थाले ।
महोत्तरी जिल्लामा शितलहरको कारणले जनजीवन प्रभावित बन्दै गएपछि मंगलबार सदरमुकाम जलेश्वरको परिकौलीस्थित फस्ट राइफल गणले विभिन्न ठाउँमा दाउरा बालेको छ ।



सदरमुकाम जलेश्वरको दुर्गाचोक तथा सुगाचोकमा चिसोबाट बचाउन मंगलबार बिहान दाउरा बालिएको परिकौलीस्थित फस्ट राईफल गणका प्रमुख सेनानी पवन खत्रीले बताउनुभयो ।
महोत्तरीमा शितलहरको कारणले चिसो बढदै गएपछि यसबाट सबभन्दा बढी प्रभावित मजदुर तथा दैनिक रिक्सा, टाङ्गा चलाउनेहरु परेको छ । उनीहरुलाई नै लक्षित गर्दै गणले जलेश्वरको सुगा चोक तथा दुर्गाचोकमा दाउरा बालेको हो ।
प्रमुख सेनानी खत्रीले दाउरा बाल्नुको साथै दुबै ठाउँमा चिया पनि वितरण गरेको बताउनुभयो । विहानै चोकमा पुगेका स्थानीयहरु तथा मजदुरहरुलाई लक्षित गर्दै चिया वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
बढदै गएको चिसोबाट सानो राहत भएपनि आफुहरुले यस्तो कार्य गरेको गणले जनाएको छ । नेपाली सेनाको यस्तो कार्यदेखेर त्यहाँ उभिएका मजदुर तथा स्थानीयहरुले प्रशंसा गरेका थिए ।
कुराकानीको क्रममा स्थानीय जिरेखन पासमानले चार महिनादेखिको बन्दले सुरक्षाकर्मी र स्थानीयहरुबीच बढेको दुरीलाई नेपाली सेनाको यो कार्यले सकारात्मक भूमिका खेल्ने वताउनुभयो ।

राजनमुक्तिलाई ज्यानको खतरा रहेको मोर्चाको आरोप

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ५ गते । महोत्तरी जिल्ला कारागार जलेश्वरमा कैदी जिवन व्यतित गरिरहनुभएका रंजित झा राजनमुक्तिलाई ज्यानको खतरा रहेको आरोप जनतान्त्रिक तराई मुक्ति मोर्चाले लगाएको छ ।
राजनमुक्ति जनतान्त्रिक तराई मुक्ति मोर्चाका वरिष्ठ नेता एवं पुर्व अध्यक्ष हुनुहुन्छ ।
मोर्चाका केन्द्रीय सदस्य तथा महोत्तरी, धनुषा प्रभारी दिपककुमार झा भास्कर मुक्तिले जारी गर्नुभएको विज्ञप्तिमा आफ्ना नेतालाई कारागारमै मार्ने षडयन्त्र भइरहेकोले उनको जिवनरक्षाको लागि पहल गरिदिन सबैमा अपिल गरिएको छ ।
विज्ञप्तिमा पटक पटक कारागार भित्र राजनमुक्तिलाई मार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै पछिल्लो घटना यही मङ्सिर २५ गते शुक्रबार भएको उल्लेख गरिएको छ । हाल उनको अवस्था चिन्ताजनक रहेपनि उपचारप्रति कारागार प्रशासन उदासिन रहेको आरोप समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वार्ता टोलीका सदस्य समेत रहनुभएका भाष्करमुक्तिले आफ्ना पूर्व अध्यक्ष राजनमुक्तिलाई कारागार भित्रै कुटपिटमा कारागार प्रशासनको समेत मिलेमतो रहेको भन्नुहुदै यसको पुष्टि पुस २ गतेसम्म पनि उपचारको लागि नलगिनु रहेको बताउनुभएको छ ।
विज्ञप्तिमा मोर्चाले यी घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको उल्लेख गरिनुका साथै राजनमुक्तिको जिवन रक्षाको लागि पहल गरिदिन मानवअधिकारकर्मी, पत्रकारहरुलाई समेत आग्रह गर्नुभएको छ ।
यसैबीच, महोत्तरी जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु मिलेर बनेको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले यो घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कारागारको निरिक्षण गरेको छ ।
तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), इन्सेक, मानवअधिकार संरक्षण केन्द्र, नेपाल पत्रकार महासंघ, नागरिक समाज सञ्जाल, नेपाल वार एशोसिएशनलगायतका संघसंस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा कारागारको निरिक्षण गर्नुका साथै जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता राजनमुक्तिसंग भेटधाट गर्नुभएको छ ।
भेटधाटको क्रममा राजनमुक्तिको अनुहारमा चोट लागेको, बायाँ आँखा रातो बनेको र उनको कुराकानीबाट कारागारमा कुटपिट गरेको हुन सक्ने निष्कर्ष निकालेको अनुगमन निरिक्षणमा संलग्न नागरिक समाज सञ्जालका प्रतिनिधि राकेश चौधरीले जानकारी दिनुभयो ।
उहाँले राजनमुक्तिले आफुलाई कसैले नकुटेको वताएपनि उहाँलाई कहिँबाट चर्को दवाव रहेको स्पष्ट देखिएको वताउनुहुदै कारागारको अवस्थाप्रति सम्बिन्धित निकायको ध्यानाकर्षण गराईसकिएको वताउनुभयो ।
निरिक्षणमा थर्ड एलायन्सका नागेन्द्रकुमार कर्ण, इन्सेकका अजयकुमार साह, नागरिक समाज सञ्जालका राकेश चौधरी, पत्रकार महासंघका विक्रम रौनियार, दिपिका साह, अधिवक्ता विकरु यादव, मानवअधिकार रक्षक सञ्जालका रञ्जन भण्डारीलगायतकाहरु जानुभएको थियो ।
मानवअधिकार रक्षक सञ्जाल महोत्तरीले कारागार अनुगमन पश्चात जारी गरेको विज्ञप्तिमा बन्द, हडतालको कारणले कैदीवन्दीहरु समेत प्रभावित बनेको उल्लेख गर्दै कैदीवन्दीको रासनपानी तथा दाउरा ल्याउन नरोक्न सम्बन्धीत निकायसंग आग्रह गरिएको छ ।
विज्ञप्तिमा मोर्चाका पूर्व अध्यक्ष राजनमुक्तिसंग सम्पर्क पश्चात कारागारभित्र मानवअधिकारको संरक्षण गरिदिन सम्बन्धित निकायसंग आग्रह गरिएको छ ।

जिल्लाका तिन वरिष्ठ पत्रकार युनेष्कोको मिडिया ब्राण्ड एम्बेष्डर घोषित

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ५ गते । युनेष्कोले एक कार्यक्रममा महोत्तरी जिल्लाका तिन वरिष्ठ पत्रकारहरुलाई युनेष्को मिडिया एम्बेष्डर घोषणा गरेको छ ।
युनेष्को आमसंचार विभागका संयोजक तथा गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक सीताराम अग्रहरीले महोत्तरी जिल्लाका प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरी प्रसाद मण्डल, कुँवरकान्त झा तथा वरिष्ठ पत्रकार दशरथ भण्डारीलाई मिडिया ब्राण्ड एम्बेष्डर घोषणा गर्नुभएको हो ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा महोत्तरी, धनुषा र सर्लाहीका संचारकर्मीहरुको लागि युनेष्कोले आयोजना गरेको शान्ति र दिगो विकास कार्यशाला गोष्ठीमा फुलको माला लगाएर उहाँहरुले पत्रकारिताक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप मिडिया ब्राण्ड एम्बेष्डर घोषणा गरिएको संयोजक अग्रहरीले बताउनुभयो । संयोजक अग्रहरीले यस्ता कार्यक्रमहरुले शान्ति तथा सदभाव बढाउनेमा सहयोग पुग्ने अपेक्षा समेत राख्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमहरु विभिन्न जिल्लामा समेत गरिने वताउनुभएको थियो ।

ब्राण्ड एम्बेष्डर बन्नुभएका तिनजना वरिष्ठ पत्रकारहरुलाई मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराज, कान्तिपुरका पत्रकार दिनेश यादव, युनेष्कोका भरतराज त्रिपाठी, पदमराज जोशीसहितकाहरुले फुलमालाले स्वागतसहित धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक रहनुभएका मधेशवाणीका सम्पादक अहिराजले आफुले तालिममा प्रशिक्षण गरेवाप्त पाएको पारिश्रमिक नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सभापति ईश्वरी पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले महोत्तरीका संचारकर्मीहरुको लगनशिलता तथा महोत्तरीको संचारक्षेत्रको सानो भएपनि विकासको लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा सभापति पौडेलले सम्पादक अहिराजबाट पाएको रकम तथा अन्य रकमहरु जुटाएर स्व.युवा पत्रकार कञ्चन भण्डारी तथा स्व.वयोवृद्ध पत्रकार रामस्वार्थ सिंहको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।
उहाँले जनकपुर अञ्चलमा संचारक्षेत्रमा काम गर्ने युवाहरुलाई कञ्चन भण्डारी युवा पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकारहरुलाई रामस्वार्थ सिंह पत्रकारिता पुरस्कारबाट हरेक वर्ष सम्मानित गर्ने जानकारी दिनुभएको थियो ।
सो अवसरमा महासंघले ४ महिना लामो बन्द पश्चात पनि जलेश्वरमा तिन जिल्लाका संचारकर्मीहरुको लागि कार्यक्रम आयोजना गरेकोमा आयोजकसहित प्रशिक्षक, अतिथीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।



नश्लवादी चिन्तनबाट माथि उठन जरुरी

नागेन्द्रकुमार कर्ण
बसका कन्डक्टरले यात्रुहरुसंग भाडा असुलिरहेको थियो । बसमै सवार एक बलियो पाखुरा भएको खाईलाग्दा देखिने युवासंग कण्डक्टरले भाडा माँग्दा उनले एक स्वरमै दिदैनो भने । कण्डक्टर सिधासाधा भएकोले केही पनि नभनि अरु यात्रुसंग भाडा माँग्न थाल्यो । यस्तो कुरा एक दिन होइन दुई दिन होइन हप्तौं चलिरह्यो । कण्डक्टरले बसमा सवार सबै यात्रुसंग भाडा लिने गरेपनि उसलाई भने अब भन्नै छाडिसकेको थियो । तर यात्रुको यो व्यवहारले गर्दा ड्राईभरलाई भित्रभित्रै रिस उठिरहेको थियो । उनले एक स्वरमै भाडा दिदैनौ भन्ने युवासंग आफुले भाडा असुलेर देखाइदिने झोंक चलेछ । त्यसको लागि उनले केही महिनासम्म जुडो, कराँटे सिकेछन् । ड्राईभरले केही महिनाको मेहनत पछि आफ्नो शरिरलाई पनि बलियो र खाईलाग्दो बनाएछ । अर्कोदिन बसमा सवार ति युवासंग कण्डक्टरले भाडा माँग्न पुगेपछि दिदैनौं भन्दा ड्राईभरले गाडी रोकेर यात्रु कहाँ पुगेछ । ओए, मैले तिमीलाई केही महिनादेखि हेरिरहेको छु, तिमीले भाडा दिन्नौ भन्छौ । किन तिमीले भाडा दिदैनौं, भाडा निकाल । नत्र आज तिम्रौ खैर छैन् । यति सुनेपछि ति यात्रुले गम्भीर भएर भनेछ मसंग बसको पास छ ।
समस्यालाई तत्काल समाधान नगरिए थप मेहनत तथा समयको वरवादी बाहेक केही पनि हात लाग्दैन कथाको सार हो । कण्डक्टर र ड्राईभरले तत्कालै ति यात्रुसंग भाडा किन दिदैनौ सोधेको भए समस्याको हल निस्किन्थ्यो । ड्राईभरलाई महिनौसम्म न त जुडो, कराँटे सिक्नुपथ्र्यो न त धन र समयको ववार्दी नै हुन्थ्यो । हो, यही कथाको नाटक अहिले नेपालको राजनीतिक परिदृश्यमा देखिएको छ । कथामा भनिएको ड्राईभरको भूमिकामा  स्वयं प्रधानमन्त्री तथा सत्ताधारी पार्टी छन् भने कण्डक्टरको भूमिकामा विपक्षी तथा सत्तामा नरहेका दलहरु छन् । त्यसैगरी यात्रुको भूमिकामा अधिकारको लागि लडिरहेका जनजाति, थारु, मधेशवादीदलसहितका छन् । सत्ताधारी तथा स्वयं प्रधानमन्त्रीले देशको एक भागमा भईरहेको आन्दोलनलाई तत्कालै सम्बोधन गर्नुपर्नेमा दशैं, तिहार र छठसम्म लम्बाएर शतक पुरा गराइदिएका छन् । प्रधानमन्त्रीले तराई क्षेत्रमा धुमधामका साथ मनाइने दशै, दिपावली तथा छठ लगायतका पर्वहरुमा आफै उनीहरु वन्द फिर्ता लिने विश्वास गर्नुभएको थियो । तर, त्यो विश्वासमा तुसारापात भयो । यसपाली भएन भने अब कहिल्यै पनि नहुने अर्थात आर की पारको सोचमा रहेका मधेशी, थारु, जनजातिहरु यसपाली जति लडेपनि लडने तर लिएरै छाडने मनस्थितीमा छन् । त्यही भएर उनीहरु उत्साहपूर्वक पर्वहरु नमनाए पनि बन्दलाई भने निरन्तरता दिइ नै रहेका छन् । आन्दोलनले शतक दिन भन्दा बढि दिन पनि पुरा गरिसकेको छ । विश्वको कुनै पनि देशमा यतिको दिनसम्म एउटा भूभागमा आन्दोलन भएको घटना विरलै होलान् । तर पनि अहिलेसम्म आन्दोलनको सम्बोधन हुने छाँटकाँट देखिएको छैन् । अझै पनि आन्दोलन लम्बिने संकेत देखिएको छ । तर यो संकेतले देशमा ठुलो अनिष्टताको संकेत पनि गरिरहेको छ । तर व्यक्तिगत निहित स्वार्थमा रहेका राष्टियदलका प्रमुखहरुको जिद्दी भने कायमै छ । भनिन्छ, अतिले गर्छ खति । यस्तै अवस्था नेपालमा नहोला भन्न सकिन्न् । यसमा स्वयं राष्ट्रीय पार्टीका अध्यक्षहरु लागि परेका छन् । समस्याको समाधान गर्नुको साटो समस्यालाई अझै बल्झाउन तर्फ लागिरहेका छन् । कहिल्यै राष्ट्रवादको नाममा त कहिल्यै स्वाभिमानको नाममा । लाग्छ, मधेशमा अधिकारको लागि भइरहेको आन्दोलनको सम्बोधन भयो भने यसले उनीहरुको राष्ट्रियता तथा स्वाभिमानमा प्रश्नचिन्ह खडा हुन्छ । उनीहरुको वेईज्जती हुन्छ ।
अहिले त झन छठ पछिको अवस्था भयावह बन्दै गएको छ । राज्यले आन्दोलनकारीको माँग पुरा गर्नुको साटो थप आक्रामक बनाउँदै लगेको छ । यसको पुष्टि सप्तरी घटनाले गरिसकेको छ । सत्ताको उन्मादमा एमाले, एमाओवादी लगायतका दलहरु रंगिइसकेका छन् । निर्दोष जनताहरुलाई मार्ने कामलाई जारी राखेका छन् । लाग्दछ, काठमाण्डौ, पहाड र हिमाल मात्रै नेपाल हो । बाँकी अन्य भूभाग विदेश हुन् । मधेशी, थारु, जनजातिहरुको समस्यालाई भारतले उचालेको लाग्दछ । आन्दोलनकारीहरुलाई आन्दोलन गर्नुको औचित्य नै थाहा नभएको खस शासकलाई लाग्दछ । समस्यालाई राजनीतिको भोटले तुलना गरिदैछ । ८५ प्रतिशत जनप्रतिनिधिहरुले बनाएको संविधान त्रुटिपूर्ण हुनै सक्दैन् भन्ने सोचाई विद्यमान छ । भोटलाई पनि दुई किसिमले व्याख्या गरिदैछ । भोटको पनि अब नेपालमा दुईवटा मूल्य हुन थालेको छ । पहाडमा एकदिनमै माँग पुरा गरिने तर मधेशमा महिनौसम्म तथा पाँच दर्जन जतिको शहादतलाई पनि विश्वास गर्न नसकिने । कस्तो, राज्य व्यवस्था र शासकहरु छन् । आन्दोलनमा प्रजातान्त्रिक मूल्य मान्यता भएन तर उनीहरुले गरिरहेको आदेश, शासन प्रजातान्त्रिक छन् । कस्तो हास्यास्पद । देखेर, सुनेर पनि ग्लानी महसुस हुन थालेको छ । समस्यालाई तत्काल समाधान गर्नुको साटो स्वावलम्बी बन्ने कुरा गरिदैछ । स्वावलम्बी बन्नुपर्दछ र यस्तो क्रियाक्लाप गर्नु पनि पर्दछ । यसमा कुनै खराबी छैन् र कसैको यसमा रोक पनि छैन् । तर आगो लागेपछि ईनार खन्नुको औचित्य के त ? यसमा पनि विचार गर्नु जरुरी छ । पहिला आगो निभाउ अनि ईनार खन्दा राम्रै हुन्छ नि, कसो ? तर शासन सत्तामा मस्त भएकाहरु ‘मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरुँ’ मा लागेका छन् । तराई, पहाड, हिमालको समस्या भन्दा उसलाई काठमाण्डौको समस्या बढी विकराल भएको लाग्छ । तराईका मानिसहरु करिब चार महिनादेखि कसरी बाँचिरहेका छन् भन्ने हेक्का पनि छैन् र राख्न जरुरी पनि वुझेको छैन् । किनकी तराईका जनताहरु अहिले पनि उनीहरुको लागि रैती नै हुन् । विदेशी हुन् । त्यही भएरै होला काठमाण्डौ लगायत अन्य जिल्ला तथा शहरकाहरुले सरकारसंग वा राज्यसंग कहिले पनि मधेशको माँग पुरा गर भनेनन् मात्रै पेट्रोल उपलब्ध गराउ, ग्याँस उपलब्ध गराउ भन्नमै मस्त छन् । महाभुकम्प जाँदा नमो नमोको रटान रटने त्यही समुदाय अहिले उनको पुत्ला दहन गर्नमै मस्त छन् । उनको राष्ट्रियता पनि पुत्ला जलाउने र विरोध गर्नुमै देखिन्छ । मैथिलीमा भनिन्छ, दुरके ढोल सुहावन लागे झै आन्तरिक समस्या नदेख्नेहरु भारतले नाकावन्दी गरेको र विभिन्न सन्धीसम्झौताले गर्न नसकिने कार्य गरिरहेको भन्छन् तर अन्य नाकाबाट दिनहुँ सयौं गाडीहरु नेपाल प्रवेश गरेको देखदैनन् । भदौमा आँखा फुटेको गोरु सधै हरियो नै देख्छ भन्ने उखान चरितार्थ गर्न लागिपरेका छन् । झन अहिले त बालअधिकारको वकालत गर्ने तथा वालअधिकारलाई संस्थागत गर्नुपर्ने निकायबाट नै यसको विपरितको कार्य हुन थालेको छ । विद्यालयका कलिला बालबालिकालाई मानव साङ्गलो निर्माणको नाममा उत्तेजना फैलाउने काम भइरहेको छ । आखिर विद्यार्थीलाई सडकमा उतारेर के सन्देश दिन खोजिएको छ यसको उत्तर सम्बन्धित निकायले दिनुपर्छ, होइन भने यस्तो कार्यलाई तत्कालै बन्द गर्नुपर्छ । तराई मधेशमा पनि तत्कालै प्रतिक्रिया शुरु गरिहाल्ने प्रवृत्ति हावी भएको छ । यसलाई पनि संयुक्त मधेशी मोर्चा तथा अन्य वुद्धिजीवीहरुले विरोध गरेर यस्तो कार्य गर्न गराउनबाट सचेत गराउन लाग्नुपर्छ । अहिले त नेपालीहरुमा नश्लवादी चिन्तन हावी भइरहेको बेला विद्यार्थी बालबालिकालाई पनि यसमा समावेश गरिदिने हो भने भविष्यको कल्पनाले आङ्गसिरिङ्ग बनाउँछ । त्यसैले पनि यस्तो कार्य गर्न गराउनु कुनै पनि पक्षबाट क्षम्य नहुने वातावरण बनाउन जरुरी छ । देशको वर्तमान परिदृश्य हेर्दा नेपालमा दुईथरीका नश्लवादी चिन्तन हावी भएको देखिन्छ । एकातर्फ खसवादी चिन्तन हावी छ भने अर्कोतर्फ मधेशवादी चिन्तन हावी छ । एउटा नश्लवादी राष्ट्रवादको खोक्रो रटानमा मस्त छ भने अर्को नश्ल आफ्नो राष्ट्रवाद खोज्दै हिडिरहेका छन् । अवस्था कतिसम्म भयावह छ भने एक नश्लवादी चिन्तनले अर्को नश्लवादी चिन्तनलाई पनि शंकाको दृष्टिले हेरिरहेका छन् र ति दुवै तर्फका केही नश्लचिन्तनधारीहरुले शंकाको लाभ लिन खोज्दैछन् । ती लाभ विद्यार्थी बालबालिकाहरुलाई सडकमा उतारेर लिइरहेको भन्न सकिन्छ । तर यो नश्लवादी चिन्तन समयमै रोकिएन भने यसले नराम्रो परिणाम ल्याउने देखिन्छ । त्यसैले पनि अहिलेको यो समयमा नश्लवादी चिन्तनबाट माथि उठनु जरुरी छ ।
 

माफ गर्नुहोला राष्ट्रपतिज्यू, बिनानिम्तो आउँदा स्वागत हुँदैन

  |  रोशनकुमार झा

 
 


सुस्ताएको मधेस आन्दोलनलाई पुनः प्राणवायु दिएकोमा धन्यवाद छ, प्रथम महिला राष्ट्रपति एवं गणतान्त्रिक नेपालका द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई । नेताहरूको दिल्ली दौडाहापछि शिथिलतातिर गएझैँ देखिएको मधेस आन्दोलनलाई पुनः गतिशील बनाउन उनले शान्त पोखरीमा ढुंगा फालेकी छिन् । roshankumar jha
अहिले त उनी स्वतन्त्र छिन् र हुनुपर्छ पनि । तर, हिजो उनी एमाले नेतृ थिइन् ।
आज जसरी मधेस आन्दोलनमा छ, यो एकैपटक सतहमा देखिएको आन्दोलन होइन । यो सतहमा आउनुमा ठूला पार्टीहरु र सत्ताधारी पार्टीको भूमिका छ नै । वास्तवमा मधेस आन्दोलन आज जुन उचाइमा पुगेको छ, यसमा उपेन्द्र, महन्थ वा राजेन्द्रको राजनीतिभन्दा एमालेका शीर्षस्थ नेता केपी ओली, माधव नेपाल, झलनाथ खनालहरुको बोलीले बढी काम गरेको देखिन्छ ।
त्यस्तै, मधेस आन्दोलन यो उचाइमा पुग्नुमा सबैभन्दा ठूलो पार्टी कांग्रेसका नेता सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरु पनि जिम्मेवार हुने नै भए । र, एमाओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठको भूमिका छ नै ।
परापूर्व कालमा हिमालय ऋषिकी छोरी तथा महादेवकी पहिलो पत्नी सती बिनानिम्तो उनको बाबाले आयोजना गरेको यज्ञमा गएको र त्यो यज्ञ विध्वंश भएको इतिहास छ । त्यही इतिहासलाई दोहोर्याउँदै मधेसी जनताले राष्ट्रपतिको रुपमा ‘नचिनेको’ तथा बिनानिम्तो आएकी भूतपूर्व क. विद्यादेवी भण्डारीले राम जानकी विवाह महायज्ञलाई ध्वंश गरेकी छन् । देशको नागरिक देशभरि घुम्नु, तीर्थ जानु, मन्दिर, मस्जिद, चर्च लगायतमा जानु सामान्य हो । तर, देशको उच्च पदमा आसिन व्यक्तित्व बिनानिम्तो कुनै पनि समारोहमा जानु हुँदैन, गए सम्मान पाइँदैन । यो कुरा देशको सर्वोच्च पदमा आसीन व्यक्तिले बुझ्नुपर्ने हो । उनलाई सल्लाह दिने सल्लाहकारले पनि उनलाई सम्झाउनुपर्ने हो । तर, न त राष्ट्रपति र उनका सल्लाहकारहरूले नै उचित निर्णय गरेको देखिन्छ ।
सैन्य बलको भरमा जानकी मन्दिरलाई छाउनीमा परिणत गरी भण्डारीले जुन ताण्डव प्रस्तुत गरिन्, त्यसलाई जनकपुरले वर्षौं स्मरण गरिरहनेछ । विवाह पञ्चमीको इतिहासमा पहिलोपटक श्रद्धालुले प्रहरीको लाठी खाएका छन् । राम जानकीको डोली नगर परिक्रमा गरेको छैन । उत्सव कर्मकाण्डीय हिसाबमा मात्र मनाइएको छ, त्यो पनि अन्तिम समयमा युवा क्लबहरूको अगुवाइमा, जसले जनकपुरको अस्मिताप्रति चिन्ता गर्छ र त्यसको रक्षाका लागि सधैंभरि प्रयत्नशील रहन्छ ।
भूतपूर्व कमरेड भण्डारीलाई विवाह महोत्सवको मूल आयोजक जानकी मन्दिरले आमन्त्रण गरेको होइन । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास चिच्याइचिच्याई कसैलाई पनि निम्तो नगरेको बताउने गरेका छन् । उनी निर्वाचित हुँदै गर्दा ब्लाक आउट गरेका मधेसी जनताले उनलाई ‘राष्ट्रपति’को रुपमा चिन्दैनन् । उनलाई थाहा हुनुपर्ने हो, अब उनी एमालेको कार्यकर्ताभन्दा पनि देशको राष्ट्रपति हुन् । उनका व्यवहार, विचार, बोलाई तथा गराईले बृहत राष्ट्रिय एकतालाई परिलक्षित गर्नुपर्छ । तर उनी मधेसी जनताको व्यापक विरोधका बाबजुद हठजोडले जनकपुर आइन् । उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट केही सिक्न सकिनन् । प्रथम तथा द्वितीय मधेस आन्दोलनलाई व्यापक विरोध गरेका यादव राष्ट्रपतिको रुपमा सधैं सन्तुलित भाषा प्रयोग गरे र सन्तुलित व्यवहार प्रदर्शन गरे, विद्वताको महत्त्व यहाँनेर झल्किन्छ ।
हुन त राष्ट्रपति भएपछि भण्डारी स्वतन्त्र भएकी छिन्, हुनु पनि पर्छ । कम्युनिस्टहरू भगवानलाई मान्दैनन् । उनीहरू भौतिकवादमा विश्वास गर्छन् । अझ अहिले गणतन्त्रमा गइसकेको जुन अवस्था छ, जीवनका सम्पूर्ण समय कम्युनिस्ट आन्दोलनमा बिताएकी, कम्युनिस्ट विचार र व्यवहारबाट दीक्षित उनीमा जानकी माताको दर्शनको उत्कट लालसा कसरी जागृत भयो ? के नेपालका कम्युनिस्ट ढोंगी हुन्छन् ? होइन भने उनी एमालेको एजेन्ट भएर आन्दोलनको पारो नाप्न उत्रेकी हुन् त ? यस्ता प्रश्नलाई पनि नकार्न सकिँदैन ।
जानकी मन्दिरभित्र चप्पलजुत्ता लगाएर जानु निषेध छ । तर, उनको सुरक्षामा खटिएका सेना जुत्ता लगाएर मन्दिरको गर्भ गृहभित्र पनि प्रवेश गरे । मूल्य–मान्यताका दृष्टिले अपवित्र मानिने कुकुरसमेत जानकी मन्दिरको छतहरूमा देखियो । झाँकी प्रदर्शनका क्रममा राम जानकीको प्रतीक बनेकाहरूलाई उठाएर भण्डारी उनीहरूको आसनमा बसिन् । राष्ट्रपतिजस्तो व्यक्तिमा यतिको समान्य शिष्टाचार त हुनुपर्ने हो । के उनी कुमारीलाई हटाएर उनको आसनमा बस्न सक्छिन् ? उनको कुकृत्यबाट जानकी मन्दिर स्तब्ध छ, जनकपुरवासी स्तब्ध छ । त्यसैले उनीहरू जानकी मन्दिरलाई चोख्याउन पूरै मन्दिरलाई सफा गरेका छन् । गंगाजल छर्केका छन् र क्षमापूजा पनि गरेका छन् । राष्ट्रपतिको आगमनले विवाहोत्सव बिथोलिएकाले जनकपुरवासीले जानकी मातासँग क्षमा मागेका छन् ।
त्यसैले यो पंक्तिकार अनुरोध गर्न चाहन्छ । राष्ट्रपतिज्यू, तपाईंलाई मिथिलाको त्यत्तिको परवाह छ भने, यहाँको जनताको भावनालाई सम्मान गर्नुपथ्र्यो । विगत चार महिनामा चार बुलेट ग्यास आएको छैन । जनता त्राहिमाममा छन्, दानापानीको अभाव भएको छ । बैंकहरू खुलेका छैनन्, कठ्याङ्ग्रिदो जाडोमा सानासाना बालबालिका बिहानबिहानै स्कुल जान बाध्य छन् । काठमाडौंमा आपूर्ति सहज गर्न दिल्ली तथा बेइजिङ धाउने सरकारलाई जनकपुर त्राहिमाममा छ भनेर भन्दिनुस् न । तपाईंकै पूर्वपार्टीको सरकार छ, तपाईंले भनेको कसो नसुन्ला र ?
तर, परिस्थितिले यस्तो देखाउँछ— तपाईंलाई त शक्ति परीक्षण गर्नु थियो, गर्नुभयो र जनकपुरका जनताबाट लखेटिनुभयो । राष्ट्रपतिज्यू, जनताको तागत अगाडि कसैको तागत चल्दैन, तपाईंको सुरक्षामा खटिएका सेनाले जनआक्रोशलाई थाम्न सकेन । कालो झन्डाले स्वागत गरेका जनकपुरवासीले तपाईंलाई ढुंगा हान्दै बिदाइ गरे ।
तर, यसबाट मधेस आन्दोलनलाई बल पुगेको देखिन्छ । धान भित्र्याउन गाउँ पसेका आन्दोलनकारी यसै मेसोमा सदरमुकाम फर्केका छन् । आन्दोलनको स्वरुप फेर्न बल गर्न थालेका व्यापारी बन्दलाई अझ कडा बनाउन उद्घोष गर्न थालेका छन् । पठनपाठनमा सक्रिय हुन थालेका विद्यार्थी पढाइ र आन्दोलनलाई सँगै लैजाने ‘मुड’ बनाउन थालेको देखिन्छ । महिलाहरू झाडु लिएर र युवाहरू लाठी लिएर आन्दोलनमा होमिएका छन् । आन्दोलन फेरि उत्कर्षमा पुग्ने वातावरण बनिसकेको छ ।
तर, तपाईंहरूको जठजोड र शक्ति परीक्षणले घाइते भएका दर्जनौँ दर्शनार्थीलाई उनको घाउको हिसाब चाहिन्छ । अंगभंग भएका मानव पिण्डले आफ्नो हरेक रगतको कतराको हिसाब माग्दै छ । निर्दोष दर्शनार्थीले पक्कै पनि तपाईंलाई श्राप दिएका होलान् । जानकीले हिसाब माग्नेछिन्, जनकले हिसाब माग्नेछ, भनिन्छ कि अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाइन्छ, तर जनकपुरमा गरेको पापबाट मुक्ति पाउने स्थान अन्यत्र कहीँ छैन ।
(यो लेखकको निजी विचार हो ।)
- See more at: http://www.ratopati.com/aakchaar-bhityo/20116/#sthash.tEn7pONc.dpuf

साँस्कृतिक राज्य र राजनीतिक राज्य

CK LAL
काठमाडौं मंसिर २३, २०७२- 
म नेपाली कांग्रेसको सक्रिय वा निस्क्रिय सदस्य कहिल्यै पनि भइनँ । तर कांग्रेसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्दै आएको छु । म अहिले कांग्रेस बदलिएको देख्छु । सन् १९७०/८० को दसकमा नेविसंघका कार्यक्रममा आउने मान्छेहरु खुट्टामा चप्पल लगाएका हुन्थे । अहिले सबैले जुत्ता लगाएको देखें । अहिले सुकिला–मुकिला भएका रहेछन् । त्यसबेला नेविसंघको कार्यक्रममा किताब, कापी र कलम नबोक्ने एक जना पनि हुँदैन थिए । त्यो यहाँ देखिएन । तर अहिले फोन चाहिँ सबैसँग रहेछ । अर्को त्यसबेला महिला विद्यार्थीहरु कम थिए, ४० वर्ष पछि पनि त्यस्तै देखियो । यो दु:खलाग्दो कुरा हो । कुनै पार्टीसँग सम्बन्ध नभएकोले मलाई माले, मसाले, मण्डले सबैले बोलाउँछन् । उनीहरुको कार्यक्रममा गए भने हरेक वक्ताको बोल्ने, विचार दिने शैली एउटै हुन्छ, तलदेखि माथिको तहसम्म उही भनाई हुन्छ । कांग्रेस अथवा नेविसंघ वा तरुण दलका भने फरक हुन्छन् । हरेक वक्ताले फरक बोल्छन् । अघिल्लो र पछिल्लो बीचका कुरामा केही फरक आइहाल्छ । महाभारतमा एउटा कथा छ । महाभारतमा कौरवहरुको विनाश भयो, पाण्डवहरु पनि विनास भए । महाभारतको युद्धमा सबैभन्दा बलियो निस्किए, यादवहरु । बलियो भएपछि यादवहरुमा दम्भ निस्कियो । एकपटक कृष्णजीका छोरा ऋषिहरुसँग जिस्किए । उनले आफू पुरुष भए पनि गदाको माथिल्लो भागको फलाम पोको पारि पेटमा राखेर, म दुई जीउको भएको छु, मेरो बच्चा के हुन्छ ? म पुरुष भएर कसरी बच्चा पाउने ? जस्ता प्रश्न सोधेर जिस्क्याए । तीमध्ये एक ऋषिलाई यो देखेर रिस उठ्यो । उनले श्राप दिए– तिम्रो जिउबाट मुसल (फलाम) जन्मिछ । यादव केटाहरु तर्सिए । एकजना जान्ने मान्छे कहाँ गएर गुनासो गरे । उनले भनिदिए– यदि मुसल जन्मियो भने यादव वंशको सर्वनास हुन्छ । त्यसलाई धुलो बनाएर फालिदेउ । त्यसपछि दुई कुरा भयो भन्ने सुनिन्छ । धुलो पारेर फलामको धुलो फलिदिए । पहिलो कथाले त्यो धुलो फालेर उम्रेको वाण लागेर कृष्णको मृत्यु भयो भन्छ । अर्कोले होइन, त्यो धुलो खाएको माछाबाट निस्केको काँडा बिझेर यादवहरुको मृत्यु भयो । उनीहरु कमजोर भएर गए । गुजरात, द्धापरका यादव अब छैनन् भन्दा हुन्छ । यादवहरु अहिले भारतको उत्तरप्रदेश, बिहार र हाम्रो मधेसमा छन् । तर गुजरातमा वंश नाश भएर गयो । त्यो एउटा सानो दम्भबाट आएको गल्तीले भएको थियो । संविधानमा अहिले भएको गल्ती कांग्रेसमा आएको त्यस्तै दम्भका कारण उब्जिएको हो । कांग्रेसमा दम्भ आयो, एमाओवादी र एमालेलाई खुब लडायौं । हामी बलियो भयौं भन्ने दम्भ पलायो । त्यही दम्भबाट जन्मिएको संविधान हो यो । यसको पृष्ठभूमिमा जानु आवश्यक छ । बीपी कोइरालाले नारा त दिए– समाजवाद, प्रजातन्त्र र राष्ट्रियता । यो नारा शीत युद्धताका तत्कालीन विश्वयुद्धमा कमजोर राष्ट्रहरुले आफ्नो राष्ट्रियता कसरी बनाउने भन्नका लागि ल्याइएको थियो । समाजवादले गरिब र धनीबीचको वर्गिय द्वन्द्वलाई कम गर्छ । प्रजातन्त्रले वर्चश्वशाली र अन्य समुदायहरुको बीचको दुरीलाई कम गर्छ । र, हरेक मतको महत्व बराबर हुने अवश्कता सिर्जना गर्छ । सैनिक सोच राष्ट्रवादमा आधारित हुन्छ । दोस्रो विश्व युद्धमा महान् राष्ट्रवादी हिट्लर भएका हुन्, स्टालिन, माओत्सेतुङ महान राष्ट्रवादी भएका हुन् । राष्ट्रियताले सैनिक सोचलाई हावी गर्छ । त्यसलाई हटाएर सैनिक राष्ट्रवादको साटो सिविक (नागरिक) राष्ट्रवाद आयो । नागरिकताको राष्ट्रियताले सबै नागरिकहरु बीचमा सामन्वय स्थापित हुन्छ । यी तीन विचार धाराको आधारमा नेपाली कांग्रेसको राजनीति सन् १९६० देखि ८० को दसकसम्म चल्यो । त्यसपछि बीपी कोइरालाले के देखे भने यति मात्रले नेपालको राष्ट्रियता बलियो नहुँदो रहेछ । नेपाली समाजमा सैनिक सोच बलियो रहेछ । सैनिक सोचमा राजाले नेतृत्व गर्छन् । त्यसैले प्रजातान्त्रिक सोच भनेको प्रचण्डको भाषामा (सिविक सोच) र सैनिक सोच फ्युजन हो, बीपी कोइरालाको भाषामा भन्ने हो भने समन्वय हो । यसको लागि मेलमिलाप भन्ने भयो । यसको अर्थ एउटा अर्कोमा विलय होइन । दुवै मिलेर बसेनौं भने हामी दुवै बिलाउँछौ भन्ने हो । हामी दुई फरक छौं तर दुवै मिलेर बसेनौं भने दुवै विलय हुन्छौं भनेर मेलमिलापको नीति आयो । यो नीतिको सान्दर्भिकता सन् १९९० मा सकियो । त्यो बेलामा जापानी मूलका अमेरिकी राजनीतिशास्त्री थिए– फ्रान्सिस फुकुयामा, स्यामुयल हन्टिनटनका शिष्य । फुकुयामाले पुरानो विचार धाराहरुकै अन्त्य गरिदिए । सोभियत संघको पतन भएपछि एउटा विचारधारा हावी भयो । त्यसपछिको विचारधाराको द्वन्द्व सैनिक राष्ट्रवादको सट्टा वर्गिय सैनिक राष्ट्रवाद (जसलाई माक्र्सवाद भनिन्यो) ले प्रतिनिधित्व गर्ने भयो । अर्कोतर्फ नागरिक राष्ट्रवाद त छँदै थियो । यो दुई राष्ट्रवादलाई मिलाउने काम गरे सन् २००६ मा आएर गिरिजाप्रसाद कोइरालाले । त्यो पनि अर्को किसिमको मेलमिलाप थियो । न कांग्रेसमा माओवादीको विलय भयो न माओवादीमा कांग्रेसको विलय भयो । माओवादीले संसदीय व्यवस्था, निर्वाचन प्रणाली स्वीकार गरेको हो तर विलय भएका होइनन् । किनकि, उनीहरुको आस्था आफ्नै ठाउँमा थियो । कांग्रेस त विलय हुने कुरा हुँदै भएन । त्यो एउटा समन्वय, मेलमिलाप भएको थियो । हुन त गिरिजालाई पढेका मान्छे भनेर मानिदैन । तर, उनको राजनीतिक समझ ज्यादै राम्रो थियो । उनको सुचनाको स्रोत व्यापक थिए । आजभोलीका नेताको सुचनाको स्रोत कम छन् । फेसबुक हेरे पुग्छ, गाउँमा आफ्ना काका छन्, निर्वाचन क्षेत्र हेर्ने एउटा मुनिम छ, उसँग कुरा गरे भइहाल्छ भन्छन् । हाम्रा नेताहरु आफ्ना आसेपासेका कुराबाहेक नसुन्ने । कान र नाक बन्द राख्ने र मुखमात्र चलाउने छन्, अहिलेका हाम्रा नेताहरु । गिरिजाप्रसाद अलि फरक थिए । उनले के देखे भने यो मेलमिलापले पनि पुगेन । २१ औं शताब्दीको विचारधाराको द्वन्द्व चाहिँ एकल पहिचानको हो । उनले सैनिक राष्ट्रवादमा पनि एकल पहिचान हुन्छ भन्ने बुझे । एक समान बनाउनु पर्छ भनेर हिटलरको राष्ट्रवाद र प्रजातन्त्रमा पनि एकल राष्ट्रियता नै थियो । एउटै भाषामा समाहित गर्नुपर्छ भने दोस्रो विश्वयुद्धमा जितेको अमेरिका, बेलायत, फ्रान्स थुप्रैको पहिचान एउटै बनाउनु पर्छ भन्ने थियो । बहुपहिचानले राष्ट्र कमजोर हुन्छ भने विचारधारा आएको थियो । यो विचारधाराको अन्त्यले अर्को विचार धारा आएको हो । उनलाई कसले सुचना पुर्‍याउँथ्यो मलाई थाहा छैन । त्यो मलाई जानकारी हुने कुरा भएन । सन् १९९० पछि नेपाली कांग्रेसका नेताहरुसँग यस्तै सार्वजनिक कार्यक्रमको मन्चमाबाहेक भेट भएको छैन । सन् १९९० भन्दा अघि उनलाई भेट्न कोही जादैन थिए, म जान्थें । त्यसपछि उनकामा ताँती लाग्न थाल्यो, मलाई त्यसो गरि भेट्न मन कहिल्यै लागेन । नेपाली कांग्रेसको सरकारले, जो राष्ट्र र सरकार प्रमुख दुवै थियो, मधेसवादीहरुसँग सम्झौता गरेको हो । सम्झौताको विस्तृतमा नगएर पनि त्यसको मर्मलाई नसमात्ने हो भने जसरी कांग्रेसले समाजवादलाई पोलेर खायो, प्रजातन्त्रलाई पनि पोलेर खायो । राष्ट्रियतालाई पोलेर खाने हो कि भन्ने जोखिम चाहिँ उत्पन्न हुन्छ । त्यो मधेसवादीसँग भएको सम्झौता नेपालको राष्ट्रियता जोगाउने अवसर हो । त्यो अवसरलाई दूर्भाग्यबस सुशील कोइरालाले बुझ्न सकेनन् । सन् १९९० मा गिरिजाले भनेका थिए यही टुँडिखेलबाट– प्रजातन्त्रमा कसैको हार हुँदैन, यो पञ्चहरुको पनि जित हो । यो संविधान जारी गर्दा सुशीलले कस्तो घोषणा गरिदिए भने– यो पञ्चेहरुको मात्रै जित हो । अरु यो देशमा छैन । नेपाली कांग्रेसलाई विघटन गरिदिने हो कि भन्ने डरमा पारिदिए, प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत भएको व्यक्तिले । तर नेपाली कांग्रेसमा कहिलेकाही कमाल हुन्छ । हामी विद्यार्थी हुँदाखेरि माले, मसाले, मण्डले भन्थें, ‘अनि नेविसंघहरु के त ?’ यिनीहरु कमाले हुन् । सन् १९६०/७० को दसकमा नेविसंघमा लाग्ने कमाले हुन् । बाटोमा, भीडमा नदेखिने तर कलेजमा चुनावको निर्वाचनमा जित्ने । त्यस्तै कमाल सुशीलमा भयो । उनमा आत्मवोध भयो– ठूलो गल्ती भएको छ । कांग्रेस यो संविधानमा कायम भयो भने प्रजापरिषद हुन्छ । देश पञ्चहरुलाई बुझाइदिएको हो । कांग्रेस अराष्ट्रिय तत्व हुँदा प्रजापरिषद् राष्ट्रवादी तत्व थियो । त्यही स्थितिमा पुग्ने हो । दोस्रो बुँदा मधेस आन्दोलन कुरा । मधेसवादी दलका नेताहरुको अनुहारमा हेरेर मात्र जाने भने हो नेपाली कांग्रेसका नेताहरुको अनुहारमा पनि धेरै आकर्षण छ र ? भीमबहादुर तामाङ, महेन्द्र नारायण नीधि, रामहरी जोशी, यी दुई चार जनाको नाम हटाइदिने हो भने कसको अनुहार हेर्दा यसको लागि जीवन अपर्ण गर्न सक्छु भन्ने लाग्छ ? बीपी कोइराला त अब कांग्रेसका मात्र नेता होइनन् । उनी त अहिले सबैभन्दा ठूला नेता बाबुराम भट्टराईका, सबैभन्दा ठूला नेता कमल थापाका, सबैभन्दा ठूला नेता केपी ओलीका हुन् । उनी त अब राष्ट्रिय नेता भइहाले । त्यसैले बीपीलाई अब कांग्रेसमा मात्र बाँध्न सकिन्न । तपाई अहिले कुन चाहिँ काग्रेसका नेताको अनुहार हेरेर ज्यान अर्पण गर्न सक्छु जस्तो लाग्छ । जस्तो कि, दुर्गानन्द झाले गरे जनकपुरमा । लाठी खान चाहिँ तयार हुनु हुन्छ होला । किनकि बाँचेपछि त्यसको ब्याजसहित असुल्न पाइन्छ । गोली खान तयार हुनु हुन्न होला, किनकी त्यो किसिमको भावना जगाउन सक्ने महेन्द्रनारायण निधि, सरोज कोइराला, गणेशमान सिंह, भीमबहादुर तामाङ, जिउँदोमा त रामहरी जोशीको भन्दा अरुको नाम लिन आएन मलाई, त्यो किसिमको छैन त । कांग्रेसमा त्यही छ, एमालेमा त्यही छ । कांग्रेसमा जस्तो नेता छ, मधेसमा पनि त्यस्तै नेता छन् । जसरी कांग्रेसको नेताले मात्र होइन, नेपाली जनताले आन्दोलन गरेर सन् १९९० को परिवर्तन भयो, सन् २००६ को परिवर्तन भयो । त्यसरी अहिले मधेसमा रहेका नेपाली जनताले आन्दोलन गरिरहेका छन् । अब मधेसका मुद्दाहरु के–के हुन् भन्ने कुरा त कतिपटक दोहोर्‍याउने ? मेरो जानकारीअनुसार गिरिजाप्रसाद कोइराला भाङ, गाँजा खाँदैन थिए । रक्सी अलीअली खान्थे । सन् १९९० अघि रक्सी पनि लाग्नेगरि खाएको मेरो जानकारी छैन । भाङ, गाँजा, रक्सी नखाइकन भारतका राजदूतलाई साक्षी राखेर सम्झौता भएको छ भने त्यसबारेमा १९ होला, २१ होला, २० का २० नहोला, तर त्यसलाई आधार मानेर संविधान बन्नुपथ्र्यो नि । मधेसमा आधाभन्दा बढी जनसंख्या छन् । मधेसको थारु मुसलमान लगायत, कम्तिमा एक तिहाई जनसंख्या छ । नेपाली राष्ट्रियताको सबैभन्दा ठूलो प्रश्न साँस्कृतिक राष्ट्रियतालाई राजनीतिक राष्ट्रियता कसरी बनाउने भन्ने हो । अहिलेसम्म पञ्चायतको धङधशङीले धानिरहेको छ । एउटै धर्म, एउटै भेष, एउटै जाति, एउटै जीवन शैली । त्यसैले बढे–बढे साहित्यकारले के भन्छन् भने, अछामको एउटा नेपालीको घरमा पुग्दा नेपाल आए जस्तै भयो । तर सुगामा (जनकपुर) सीके लालको घरमा पुग्दा विदेश पुगे जस्तै भो । म एउटा नाम चलेका पत्रकारसँग कार्यक्रममा जनकपुरमा थिए । चीतवनमा उनले भनेका थिए, ‘मेरो विद्यालयका हेडमस्टर यतैतिरका हुन् । तर उनी नेपाली होइनन्, तपाईजस्तै हो ।’ उनी जनकपुरको मान्छे । नागरिकताबिना त हेडमास्टर हुन पाउने नियम पहिले नै हटेको थियो । घर जनकपुरमा छ, जनकपुर त भारतमा पर्दैन । पछि थाहा भयो हेडमास्टर मेरै दाई पर्ने रहेछन् । मैले पछि भनिदिए, ‘उनी मेरा दाई रहेछन्, नेपाली होइन रहेछन् ।’ हो म र मेरो दाई नेपाली हुने वातावरण छैन । किनकि नेपाली हुने परिभाषा साँस्कृतिक छ । राजनीतिक परिभाषा नेपाली हुनुको के हुन्छ भने देशमा जन्मिएका, देशमा बस्ने, देशका लागि काम गर्ने, देशका लागि कटिबद्ध । राजनीति दलहरु भने राष्ट्रियतालाई राजनीतिक परिभाषा दिनका लागि बसेका हुन् । नेविसंघको राजनीतिकमा आएकाहरुले पनि मधेसीहरुलाई नेपाली बनाउनु पर्छ भन्ने हो भने त नेविसंघको आधारभूत मूल्य र मान्यता तिरस्कार गरेको ठहरिन्छ नि । राजनीतिक दल र उनीहरुका भातृसंगठनहरुले राष्ट्रियताको परिभाषा दिने हो । भुटानका नेपाली भाषी नेपाली हुने । अमेरिकामा ३ लाख नेपाली छन् । तीमध्ये भुटानका शरणार्थी एक लाख, भारतका नेपाली मूलका एक लाख, नेपालका नेपालीहरु एक लाख । मधेसी ३०/४० हजार गनिदैनन् । किनभने नेपाली कार्यक्रम हुन्छ, त्यो राजनीतिक प्रकृतिको हुँदैन, त्यो साँस्कृतिक प्रकृतिको हुन्छ । दसैंमा मधेसीले टिका लगाउँदैन । नेपालमा भएको बेलामा त तत्कालीन राष्ट्रपति रामवरण यादवले धानेका थिए । तराईमा छठ मनाइन्छ । बरु भारतीय आउँछन्, पहाडीयाहरु गइदिँदैनन् । राजनीतिक राष्ट्रियताको कुरो गर्नुपर्ने यो संविधानको मुख्य जिम्मेवारी हो । राजनीतिक नेपाल राज्य निर्माण गर्ने कुरा, सुगौली सन्धीदेखिको हो त्यो अहिलेसम्म हुन सकेको छैन । साँस्कृतिक राज्य त रहिरहेको छ । यसको नेतृत्व कहिले थापा, राणा, शाह, पाण्डे, कोइरालाले गरे । व्यवस्थाहरु बदलिदै गए तर नेपाल साँस्कृतिक इकाईको रुपमा मात्र रह्यो । पित्रृभूमिको रुपमा रह्यो । यसलाई राजनीतिक इकाइको रुपमा स्थापना गर्ने भूमिका नयाँ संविधानको हुनु पर्थ्यो । ७० वर्षपछि मुसल जन्माउँदैमा त्यसले देश थाम्दैन । देश थाम्न जे कुरा आश्यकता हो, यो गर्न सक्नुपर्छ । त्यहाँनेर कता कता यो देश चुकेको छ । र, मधेशको आन्दोलन त्यही नेपालीको राष्ट्रियताको आन्दोलन हो, जसले नेपालको साँस्कृतिक परिभाषालाई बदलेर नेपाललाई राजनीतिक राज्यको रुपमा स्थापना गर्न चाहन्छ । त्यसका लागि जनसंख्याको आधारमा प्रतिनिधित्वको कुरा, समानुपातिका सवावेशीताको कुरा, संघीयता यस्तो होस, जसले पहिचानहरुको कमसेकम सम्मान गरोस, जुन मूल पहिचानको प्रश्न हो, त्यसलाई कमसेकम हल गरोस् । सुन्दै आएको छु– ओली र मोदीको कुरा मिल्दै छ रे । ओली र मोदीको कुरा जति मिलाए पनि कुनै बेला महेन्द्र र इन्दिरा गान्धीबीच पनि कुरा भएको थियो । तर त्यसले सन् १९९० को परिवर्तन रोकिएन । ओली र मोदीको कुरा मिलाएर मधेसको समस्या समाधान हुँदैन । यो बिलकुल बेग्लै हो । भारतले किन नाकाबन्दी गर्‍यो भनेर किन मधेसवादीलाई सोध्नु हुन्छ । ती भन्दा त धेरै नजिक ओलीजी हुनु हुन्छ । त्यही कोइराला हुनुहुन्छ, राष्ट्रप्रमुख नहुँदै राष्ट्रप्रमुखको सम्मान पाएको । त्यही कमल थापा हुनुहुन्छ, भारतीय जनता पार्टी र राप्रपा नेपालको सबै कुरा मिल्छ । एकै थरी छ । भारत के चाहन्छ, नाकाबन्दी के हो भने यिनीहरुलाई भन्दा अरुलाई के थाहा होला । यीनले के भने के गरेनन् । नाकाबन्दी भनेको राज्यको कुरा हो, सरकारको कुरा हो । सरकारले सम्बोधन गर्ने हो । आन्दोलन भनेको राजनीतिक कुरो हो । र, त्यो आन्दोलन अहिले राजनीतिक कुराहरुको लागि भइरहेको छ । (गत मंसिर १६ मा नेविसंघ सिरहा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको ‘संघीयता, मधेस आन्दोलन र बीपीको राष्ट्रिय मेलमिलाप नीति’ विषयक विचार–गोष्ठीमा राजनीतिक बिश्लेषक सीके लालले प्रस्तुत गरेको विचारको सम्पादित अंश)

http://kantipur.ekantipur.com/news/2015-12-09/20151209174309.html

http://bit.ly/1jNRXE8

गोलाप्रथाद्वारा ग्याँस वितरण, जिम्मेवारी पाएकालाई नै ग्याँस परेनन्

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २५ गते । महोत्तरी जिल्लाको नवघोषित बर्दिबास नगरपालिकामा शुक्रबार गोलाप्रथाद्वारा ग्याँस सिलिण्डर बाँडिएको छ ।
बिहीबार श्रेष्ठ साईकल स्टोर र लुम्बिनी हार्डवेयरको कोटामा आएको २५० थान प्रिमा कम्पनीको ग्याँस गोलाप्रथाद्वारा वितरण गरिएको हो ।
एकिकृत सेवा केन्द्र बर्दिबासका प्रमुख सुरेन्द्र प्रधानले २५० थान मात्रै ग्याँस सिलिण्डर आएपनि ग्याँस वितरण गर्न गोलाप्रथामा ७४२ जनाको नाम समावेश गरिएको जानकारी दिनुभयो ।
उहाँले समावेश भएको संघ,संस्था र व्यक्तिलाई बोलाउने र व्यक्तिको गोलाप्रथाबाट आएको नतिजा अनुसार ग्याँस वितरण गरिएको बताउनुभयो । गोलाप्रथामा ग्याँस र शुन्य लेखिएको थियो ।
ग्याँस वितरण कार्यक्रमको जिम्मेवारीमा एकिकृत सेवा केन्द्र, इलाका प्रहरी कार्यालय तथा उद्योग वाणिज्य संघ बर्दिबास खटेका थिए । तर, गोलाप्रथामा जिम्मेवारी पाएकै संघसंस्थाको ‘शुन्य’ परेपछि सहभागीहरु खित्का छाँडेर हाँसेका थिए ।
ग्याँस वितरण कार्यक्रमको शुरुमै एकिकृत सेवा केन्द्रका प्रमुख प्रधानले बाल्टिनबाट कागजमा लेखिएको टुक्रा खोल्दा इप्रका बर्दिबास लेखिएको  थियो । उहाँले बोलाउन नपाउँदै ईप्रका बर्दिबासका प्रहरी नायव उपरिक्षक रमेश पंडित अर्को बाल्टिनबाट कागजको टुक्रा निकाल्नुभयो । त्यसमा ‘शुन्य’ थियो । त्यसपछि सहभागीहरु हाँस्दै ‘लौ बाँडनेलाई नै ग्याँस परेन् ! भन्न थालेका थिए ।’
विगत चारदिनदेखि यसक्षेत्रमा शितलहरको कारणले चिसो बढेको छ । तर पनि खाना पकाउने ग्याँसको लागि लाईनमा तथा हेर्नको लागि पनि भिड लागेको थियो ।

मानवअधिकार दिवसमा हाजिरी जवाफ प्रतियोगिता

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २५ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १६ सुगा स्थित शुक्देव उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले ६७ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर शुक्रबार हाजिरी जवाफ प्रतियोगिता गरेका छन् ।
प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्ष अधिकारी कृष्णचन्द्र झा विद्यार्थीलाई मेडल दिनुहुदै

शिक्षिका मंजु कर्ण विद्यार्थीलाई मेडल दिनुहुदै

प्रधानाध्यापक कृष्णचन्द्र चौधरी विद्यार्थीलाई मेडल दिनुहुदै 

एसएलसीको परिक्षाको तयारीका वावजुद शुक्रबार अतिरिक्त क्रियाक्लाप अन्तर्गत विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गरेका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्मको विद्यार्थीहरुलाई क देखि घ सम्मको ४ समूहमा राखेर गराईएको सो प्रतियोगितामा ‘ख’ समूहले प्रतियोगिता जितेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरु तथा सहभागी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले मेडल तथा शिल्डसहित पुरस्कृत गर्नुभएको थियो । त्यसैगरी प्रधानाध्यापक कृष्णचन्द्र चौधरी, शिक्षिका मंजु कर्ण, गोरखापत्रका पत्रकार नागेन्द्रकुमार कर्णले समेत सहभागी विद्यार्थीहरुलाई मेडल दिएर पुरस्कृत गर्नुभएको थियो ।
प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्ष अधिकारी कृष्णचन्द्र झा विद्यार्थीलाई शिल्ड दिनुहुदै

सो अवसरमा प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि विद्यालय पोशाक सार्वजनिक गर्नुहुदै छिटै नै सम्पूर्ण विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतियोगिताको क्रममा विद्यार्थीहरुले नृत्य, गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो । सो क्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी बिट्टु पासवानले सम्पूर्णपक्षहरुलाई मानवअधिकारको संरक्षण गर्नुपर्ने वताउनुहुदैं विद्यार्थीको पठनपाठनको वातावरण कायम राख्न आग्रह गर्नुभएको थियो ।
शुक्देव उच्च मावि सुगाको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सामुहिक फोटो खिचाउँदै

प्रतियोगितामा विद्यालयका शिक्षक, शिक्षिकासहित विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रदेशको सिमाङ्कनमा काँग्रेस र एमाले बाधक ः एमाओवादी उपाध्यक्ष श्रेष्ठ

महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर २४ गते । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेशको सिमाङ्कन तुरुन्त हेरफेर गर्नुपर्ने भएपनि यसमा काँग्रेस र एमाले बाधक रहेको आरोप लगाउनुभएको छ ।
महोत्तरी जिल्लाको बर्दिबासमा बिहीबार पत्रकारहरुसंगको कुराकानीमा उहाँले एकिकृत माओवादी प्रदेश सिमाङ्कनको हेरफेर गर्ने पक्षमा रहेको बताउनुहुदै यसलाई चाँडै गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँ एकिकृत माओवादीका जिल्ला इन्चार्ज राजु खड्काको आमा कृष्णकुमारी खड्काको १३ औं दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जलीसभामा भाग लिन उहाँ बर्दिबास आउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रदेशको सिमाङ्कन हेरफेर तुरुन्त हुनुपर्नेमा एकिकृत नेकपा माओवादी स्पष्ट छ तर, नेपाली कांग्रेस र नेकपा एमाले यसमा तयार छैन ।’
संविधान संसोधन गर्न कांगे्रस र एमाले नभइ नहुने बताउनुहुँदै उहाँले संसद भित्रका वा संसद बाहिरबाट राजनीतिक समिति बनाई तीन महिना भित्रमा यसलाई समाधान गर्नुपर्ने समेत बताउनुभयो ।
संविधानमा पहिले नै समावेशी समानुपातिक प्रतिनिधित्व संस्थागत हुनुपर्ने बताउँनुहुुँदै उपाध्यक्ष प्रकाशले जनसंख्या र भुगोलको आधारमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र हुने गरि निर्वाचन क्षेत्रको समस्या समाधान गरिनुपर्ने स्पष्ट गर्नुभयो ।
आन्दोलन चल्ने वा रोकिने कुरा दिल्ली पुगेर आएका मधेशी नेताहरुमा भरपर्ने बताउनुहुदै प्रकाशले दिल्लीको भनाई जे रहेपनि विवेकपूर्ण राजनीतिक सहमतिबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
वार्ता समितिमा समेत रहनुभएका उहाँले आन्दोलनरतपक्ष र सरकारपक्ष बीच चलिरहेको वार्ता प्रगतितिर उन्मुख भएको जानकारी दिनुहुदै भन्नुभयो, ‘वार्तामा प्रगति भएको छ तर निर्णायक मात्रै बन्न सकेको छैन ।’ संस्थागत उपलब्धिलाई स्वीकार गर्न नसक्नू मधेशवादी दलहरुको ठूलो भूल रहेको उहाँको कथन थियो ।

प्रेस युनियनका अध्यक्ष मण्डललाई मातृ शोक

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २४ गते । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सल्लाहकार तथा नेपाल प्रेस युनियन महोत्तरीका जिल्ला अध्यक्ष कमलेश मण्डललाई मातृशोक परेको छ ।

मण्डलको ममतामयी आमा दोना देवीको बिहीबार विहान ५ बजे जिल्लाको मटिहानीस्थित घरमा निधन भएको हो । उहाँको ८५ वर्षको उमेरमा निधन भएको जनाइएको छ । उहाँको ५ छोरा र ५ छोरी रहेका छन् ।

एभिन्यूजका जिल्ला संवाददाता तथा महोत्तरी साप्ताहिकका प्रकाशक÷सम्पादक कमलेश मण्डलको आमाको असामयिक निधनप्रति पत्रकार महासंघ, प्रेस युनियनसहितका संघसंस्थाहरुले आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

जन्ती र मुख्यमन्त्रीको घर

नागेन्द्रकुमार कर्ण
विहारका मुख्यमन्त्री नितिशको बख्तियारपुर स्थित पैतृक घर
चिसो मौसमको शुरुवात भईसकेको छ । तर पनि तराईमा विगत चार महिनादेखि निरन्तर चलिरहेको वन्दको कारणले चिसो मौसममा केही तातोपना कायम रहेको छ । चिसो मौसमको यो तातोपना कहिल्ये सम्म रह्ला यसको जवाफ ज्योतिषीहरुसंग पनि छैन् । तर, विश्वास गर्न सकिन्छ, नेपाल अब यस्तो स्थितीलाई लामो समयसम्म धान्ने स्थितीमा छैन् । यही मौसमको सेरोफेरोमा मलाई जन्ती जाने अवसर आयो । अवसर झण्डै ६ महिनाभन्दा अगाडीदेखि नै भइरहेको निम्ता हो । चिसो मौसममा म जन्ती जान जहिल्ये पनि हिच्किचाउने गरेको छु । किनकी, चिसो मौसममा जन्ती जानु मेरो लागि महँगो सावित हुँदै आएको छ । एक दुर्घटनामा लागेको चोट चिसो आएसंगै तर्साउने गरेकोले चिसो मौसममा हरसम्भव बच्ने प्रयास गदै आएको छु । त्यही भएर चिसो मौसममा जन्ती जाने वा अन्य ठाउँमा जाने कार्यबाट बच्दै आएको छु । तर पनि नजिकको आफन्तको विहेमा वा आयोजना गरेको सामुहिक कार्यमा जाने वाध्यतालाई नकार्न पनि सक्दिँन । त्यही जन्तीको सेरोफेरोमा भान्जा पंकज साहको जन्ती जाने अवसर पनि पाइयो । जन्ती जान उनले झण्डै ६ महिना पहिलादेखि नै निमन्त्रणा दिँदै आएको थियो । चिसो मौसम तथा टाढाको जन्ती भएकोले नजाने मनस्थितीमा थिएँ । तर राज सरले (राजकुमार कर्ण, जलेश्वर) विहारका मुख्यमन्त्रीको गाउँमा जन्ती जाने कुरा गर्नुभएपछि जानुपर्ने मनस्थिती तयार भईयो । एकातर्फ लगातारको बन्दीले जनजीवन आक्रान्त भइरहेको समयमा पेशागत मर्यादालाई विचार गर्नु जरुरी थियो भने अर्को तर्फ विहारका मुख्यमन्त्रीको गाउँमा जाने अवसर पनि थियो । मेरो पत्रिकाले मधेश आन्दोलनको कवर न्यून गरिरहेको कारणले मैले अवसरलाई सदुपयोग गर्ने अवसरको रुपमा लिएँ । एक तिरले दुई निशान लगाए झै । भान्जाले पनि मामाले विवाहमा सहभागी भएनन् भन्न नपाउने तथा मुख्यमन्त्रीको गाउँमा जाने अवसर पनि पुरा हुने । त्यही भएर मैले जन्ती जाने दिनको एक दिन पहिला साँझमा निर्णय लिँए । जसरी बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेर बन्दको जानकारी गराईन्छ । त्यसरी नै मैले भोली जन्ती जाने कुराको जानकारी भारु (भारतीय रुपैया) खोजेर सबैलाई दिँए । चार महिनादेखिको बन्दले त भारुको महत्व नै यसक्षेत्रमा बढेको छ । भगवान मिल्ला तर सजिलै भारु रुपैया पाइदैन् । पाइयो भने एक सयमा थप दश रुपैया बट्टा लाग्ने । अवसरलाई सदुपयोग गर्नु थियो । जति सुकै बट्टा लागेपनि भारु रुपैया संकलन तिर लागे । भाग्य मेरो ठिक थियो साथी सुदिप झाले तत्कालै दुईसय भारु दियो भने गज्जु दाई (गजेन्द्र गुप्ता) ले भारु ५ सय उपलब्ध गराईदिनुभयो । एक रुपैया पनि बट्टा नलिइकनै । त्यही साँझ भान्जा पंकजको कुमरण (मटकोर र पुजा) रहेकोले मलाई निम्ता पनि थियो । साँझमा म, राज सर अनि जय हनुमान साह (सुन्दर मोबाइल संचालक) तिनै जना भोज खान गयौं । चिसोको मौसम र पुजापाठमा अलि ढिलो हुने देखेर म भोज नखाई घर फर्कने सुरमा थिएँ । किनकी, साँझ ७ बजेपछि लाग्ने कुहिरो र चिसोले सडकनै देखिदैन् । पूर्णतः अँध्यारो हुन्छ । म साईकलमा गएकोले त्यहाँबाट करिब अढाई किलोमिटर घर जान अप्ठयारो हुने भएकोले म हतारिएको थिँए । तर राज सर र हनुमानजीले पंकज वा उसको दाई चिन्टुसंग नसोधेर नजानु भनेर सल्लाह दिँए । भोजको लागि खाने परिकार सबै तयारी अवस्थामा थियो तर विना पुजापाठ भोज खुवाउन नमिल्ने परम्परा रहेकोले पुजाको लागि कुर्नुपर्ने वाध्यता थियो । त्यसमा पनि पंकज र चिन्टु पुजामा बसिसकेकोले भन्ने आँट नै आएन । वरु जति चिसो भएपनि रुक्नु वाध्यता थियो । त्यही बेलामा मेरै गाउँको एकजनालाई सोध्दा मोटरसाईकलमा आएको वताएपछि जानेबेलामा मलाई लाइट देखाएर विस्तारै जान आग्रह गर्दा उनले मानेका थिए । अनि सन्तोषका साथ कुराकानी गरेर भोजको लागि पर्खिएका थिएँ । राति करिब साढे ९ बजेतिर खाना खाएर बाहिर आउँदा पंकजले विहान ७ बजे नै जन्ती जाने भएकोले समयमै आउने आग्रह गरेका थिएँ । त्यसको भोलीपल्ट निश्चित समयमा जलेश्वर पुगे । खानाखाइवरी जन्तीको गाडी १० बजे जलेश्वरबाट विहारका मुख्यमन्त्री नितिशकुमारको जन्मथलो बख्तियारपुरको लागि हिड्यो । बख्तियारपुर विहारको राजधानी पटनाबाट ५० किलोमिटर टाढा पर्छ । हामी बख्तियारपुर साँझ ६ बजेतिर पुग्यौं । बख्तियारपुर जलेश्वरभन्दा कयौं गुणा ठुलो र जनकपुरजस्तो बाजार हो । सम्पूर्ण सुखसुविधाले भरिपूर्ण भएको पायौं । रेल्वेको जंकसन पनि रहेछ । विजुली, खानेपानी लगायतका सम्पूर्ण सुविधा रहेको छ भने केही ठुला शहर जाने ट्रान्जिट प्वाइन्ट पनि रहेछ । त्यही भएरै होला सडकहरु पनि चौडा छन् भने बजार पनि व्यवस्थित छ । ति क्षेत्रमा तरकारीको राम्रो उब्जाउ हुने भएकोले ताजा तरकारीहरु बजारमा छ्पाप्छयाप्ती पाईन्थ्यो भने मूल्य पनि हामीभन्दा करिब आधाको फरक । केही बेरको बजार घुमघामपछि हामी जन्ती बसेको ठाउँमा गएर नाश्ता खायौं । नाश्ता खाएपश्चात स्वयंम्बरमा केही विलम्ब भएको थाहा पाएर मैले विहारका मुख्यमन्त्री नितिशकुमारको घर जाने ईच्छा देखाए । साथी जलेश्वर टुडेका प्रकाशक तथा सम्पादक पवन साहले मैले हेरेको जाऊँ भनेपछि हामी ६÷७ जना हिड्यौं । तर बाटोमा गएपछि केही साथीले जन्तीमा आएकोले वियर खाऔं न भनेपछि हामीले मुख्यमन्त्रीको घर जाने कुरा भोलीलाई थाँती राखेर वियर खोज्न हिड्यौं । नेपालमा किराना पसलमा पनि सजिलैसंग पाइने रक्सी वियर भारतमा त्यत्तिकै पाईदैन् । एक घण्टाको खोजपछि हामीले रेल्वे जंकसन निर विदेश शराव लेखिएको पसल पायौं र त्यहाँ दुईवटा वियर किनेर केही साथी खाने पसलमा छिर्यो भने मसहित केही साथीहरु रेल्वे जंकसन घुम्न गयौं । त्यहाँबाट हामीले घुमघाम पश्चात जन्ती भएको ठाउँमा आयौ । खाना खाएर स्वयंम्बर हेरेर हामी भोली मुख्यमन्त्रीको घर हेर्ने कल्पना गदै राति विश्राम तिर लाग्यौं ।
विहान व्युझिँदा मसंगै सुत्नुभएका राजसरको मोबाइल र पर्स हराएको थाहा पाएँ । विहान मुख्यमन्त्रीको घर जाने रहरलाई थाँती राख्दै रातीदेखिकोे उमँग तथा आनन्द हरायो । पर्स र मोबाइल खोज्न तिर लागियो । तर भेटिएन । केही व्यक्तिमाथि आशंका गरिए पनि सफल भइएन । उमंगमा ब्रेक लागेको थियो । जन्ती विदा हुने समयपनि आइरहेको थियो । साथी पवनलाई एक छिनको लागि भएपनि जाउँ न भने । उनले नास्ता तयार छ खाएर जाउँला भने । नास्ता खाएर फेरी आग्रह गरेपछि उनले जाउँ भने । त्यसपछि सडकमा आयौ । सडकमा आएपछि पवनलाई पनि कुन ठाउँमा मुख्यमन्त्रीको घर हो भनेर हेक्का भएन । उनले एक पसलेलाई सोध्दा उनले त्यही अगाडीको घर देखायो । म त हैरान । हिजो साँझदेखि दर्जनौपल्ट त्यहाँ आएको थिएँ तर कसैलाई पनि हेक्का भएन कि यो घर पाँचौपल्ट विहारको मुख्यमन्त्री बनेका नितिशकुमारको घर हो भनेर । हेक्का पनि होस् कसरी । साधारण जस्तो घर थियो । जन्ती जाने बाटोकै छेउमै भएकोले मैले सो सडकबाट रातिदेखि बिहानसम्म दर्जनौपल्ट ओहोरदोहोर गरेको थिएँ । मैले त शुरुमा कल्पना गरेको थियो । ठुलो क्षेत्र ओगटिएको ठाउँमा ठुलै घर होला । तर त्यस्तो थिएन । करिब पाँचधुरमा काठको दुईतले घर थियो । माथि खपडाको छानो थियो । गेटमा बन्दुक लिएको होमगाडी थियो । माथिको घर बन्द थियो भने तलको घरमा एकातर्फ दुईजना केटाकेटीलाई एक पुरुषले पढाउदै थिएँ भने अर्को तिर एकजना महिला खाना बनाउन व्यस्त थिईन । फलामे पर्खालबाट भित्र पस्दा दायाँपट्टी पुजापाठ गर्न तुलसी राखिएको थियो । फलामे ढोकाको ठयाक्कै अगाडीको ढोकाको दायाँपट्टी तथा तुलसी राखिएको ठाउँ भन्दा दक्षिणतिर ओछ्यान लगाइएको थियो र त्यही ओछयानमा बसेर दुईजना बालबालिकाहरु पढदै थिएँ भने एकजना पुरुष उनीहरुलाई पढाइरहेका थिएँ । मुलगेट अर्थात फलामे ढोकाको बाँयापट्टी एक महिला खाना बनाइरहेकी थिईन । भित्रपसेपछि हामीले गार्डलाई परिचय दियौं । गार्डको नाम अमरदिप कुमार रहेछ ।
 शुरुमा हामीले नेपालको जनकपुरबाट आएको वतायौ । तर, उनले म पनि उत्तैतिरको रहेको भनेपछि हामीले जलेश्वरबाट आएको भन्दा उनले म पनि उतातिर गएको भन्यो । उनको घर चाही पटना नजिकैको हाजीपुर रहेछ । उनले यो घर मुख्यमन्त्री नितिशकुमारको दाजुको नाउँमा रहेको तर हाल सबैजना यहाँ नबसेर विहार शरिफको कल्याणविग्हामा रहँदै आएको बताए । 
विहारका मुख्यमन्त्री नितिशको बख्तियारपुर स्थित पैतृक घर अगाडी साथी पवन साह, म तथा गाडीका गुरुजी

विहारका मुख्यमन्त्री नितिशको बख्तियारपुर स्थित पैतृक घर अगाडी सेल्फी लिदै
कल्याणविग्हा त्यहाँबाट करिब ४० किलोमिटरको दुरीमा पर्दछ । अहिले पनि नितिश भने भोट त्यहीबाट खसाउँदै आउनुभएको छ । केही महिना अगाडी मात्रै भएको निर्वाचनमा नितिशले त्यहाँको २०३ नम्बर बुथबाट मतदान गर्नुभएको थियो । त्यहाँको घर भाडामा लगाइएको रहेछ । हामीलाई घरको सुरक्षामा खटिएका अमरदिपले नेपालको अवस्थाको बारेमा जिज्ञासा राख्नुभएको थियो । हामीले पनि उनको जिज्ञासालाई शान्त पारेका थियौं । उनले आफुहरु पनि यसबारेमा अपडेट रहँदै आएको जनाउ दिएका थिएँ ।
  

दर्जनौ विद्यालयका हजारौ विद्यार्थी सडकमा

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर १८ गते । विद्यार्थीको पढन पाउनुपर्ने अधिकार रक्षाको लागि महोत्तरीका सदरमुकाम जलेश्वरबाट पूर्व रहेका दर्जनौ गाउँका विद्यार्थीहरु सडकमा उत्रेर मानव साँगलो बनाएर शुक्रबार विहान प्रर्दशन गरेका छन् ।


धनुषा जिल्लाको कोल्हुवा, तुल्सीयाहीसहित महोत्तरीका मटिहानी, पर्सापतैली, सिमरदही गाउँविकास समिति सहित जलेश्वर नगरपालिकामा हालै गाभिन पुगेका सुगामा रहेको विद्यालयका विद्यार्थी विहानैदेखि सडकमा जम्मा भएर मानव साँगलो बनाएर विद्यार्थी शान्ति क्षेत्र हो भन्दै प्रर्दशन गरेका थिए ।
विहानको वाक्लो चिसो र सिरेटोको प्रवाह नै नगरी सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले ११ किलोमिटर लामो मानव साँगलो बनाएको सुगास्थित चिल्ड्रेन्स पाराडाइज इ.बो.स्कुलका फाउण्डर शम्भु ठाकुरले जानकारी दिनुभयो ।


विद्यार्थीको पढन पाउनुपर्ने हकको सुनिश्चितता, मधेश आन्दोलन सम्बोधन गरि विद्यार्थीको पढन पाउने वातावरण निर्माण लगायतका नारा सहित विद्यार्थीहरुले एकतर्फीरुपमा मानव साँगलो बनाएर प्रर्दशन गरेका हुन् ।
विहिवार मात्रै महोत्तरी जिल्लाको विभिन्न गाउँ विकास समितिमा प्याबसन महोत्तरीको निर्णयमा मानव साँगलो बनाएर प्रर्दशन गरिएको थियो । हामी विहिवारको सांगलो देखेर निक्कै प्रभावित भयौ र विद्यार्थीको अधिकार सुनिश्चितताको लागि हामीले पनि सांगलो निर्माण गर्नुपर्छ भन्दै स्वस्फुर्तरुपमा आज सांगलो निर्माण गरेको एक शिक्षकले कुराकानीमा जानकारी दिनुभयो ।


साँगलोमा धनुषाको कोल्हुवास्थित श्री वैजनाथ देवनारायण जनता माध्यमिक विद्यालय, मटिहानीको श्रीराम उ.मा.वि, नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गत रहेको लक्ष्मीनारायण विद्यापीठ, राजकिय संस्कृत मावि, ,मा.वि.सुगा, चिल्ड्रेन्स पाराडाईज, ल.च.मु.उ.मा.वि. जलेश्वर ,महेन्द्र उ.मा.वि जलेश्वर, गणेश प्राथमिक विद्यालय लगायतका दर्जनौ विद्यालयको विद्यार्थी तथा शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

‘हम आपके हैं कौन’

मंसिर १७, २०७२- तराईतिर पुख्र्यौली घर भएका एक मित्र हालै काठमाडौंमा भेटिए । सामाजिक विन्यासमा उनी पहाडी मूलका हुन् । तराईतिरको पहाडी मूलमा उनलाई ‘नयांँ पुस्ता’का रूपमा परिचय दिन सकिन्छ । कुराकानीकै सिलसिलामा उनले भने, ‘बहुसंख्यक मधेसीहरूको देशसँंगको प्यार छैन ।’ उनी मात्रै किन, काठमाडौंमा यसपटक भेटिएकामध्ये अधिकांशले यही भन्थे, ‘मधेसी तो भारत के ही आदमी हैं ।’ यस्ता भावहरू पछिल्ला समयमा विभिन्न शब्दावलीमा मधेसीहरूले प्रशस्त सुन्न पाइरहेका छन् । यी सुन्दै गरेका मधेसीहरूले आजभोलि देशसँंग भन्न थालेका छन्, ‘हम आपके हैं कौन ।’ अहिलेको राष्ट्रिय संकटको मूलपक्ष नै यही हो । दक्षिणी नेपालमा बसोबास गर्ने एउटा विशिष्ट सांस्कृतिक समुदाय, जसको सीमावर्ती भारततिर पनि बहुआयामिक सम्बन्ध छ, उनीहरूले यो देशमा आफ्नो हैसियतको व्याख्या खोजिराखेका छन् ।
बहसको अर्को पाटो पनि छ । काठमाडौंका एकथरीलाई लाग्छ, हैन यो मधेसीहरू भारतको काँंध चढेर हामीलाई यतिसम्म दु:ख दिने ? उता मधेसीलाई लाग्छ, ‘हाम्रोसमेत मतले यो सरकार चुनिएको हो । हामीले पनि तिरेको करले सरकारी बन्दुक किनिएको हो । अनि अधिकारको कुरा गर्दा यत्रोविधि दमन हुने ? नेतृत्व पंक्तिबाट हेपाइ खेप्नुपर्ने ?’ मधेसतिर अर्को खालको पनि बुझाइ छ, ‘हामीले आफ्नै खुट्टामा उभिएर आफ्नो सरोकार देखाउन आन्दोलन गर्‍यौं । तर मध्यान्तरमा आएर भारत हाम्रो काँधमा चढ्यो । नत हामी बिसाउन सक्छौं, नत आफैंखुसी उफ्रिन सक्ने स्थितिमा छौं ।’ समकालीन सामाजिक मनोविज्ञानभित्र देखापरेका यी नवीन परिदृश्य हुन् ।
गत साता काठमाडौंमा निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसँंग उहाँकै सरकारी निवासबाट सत्र मिनेट पैदल हिँडेर एकजना शुभेच्छुककहांँ पुग्ने मौका जुर्‍यो । सडक छेउको करेसाबारीमा गोडमेल गरिरहेका एक पाका नागरिक पूर्व राष्ट्रपतिलाई यसरी बटुवाको रूपमा देखेर चकित हँुदै, नमस्कार गरे । केही अगाडि बढ्यौं, आफ्ना अभिभावकसंँग उभिरहेका एक बालकले पूर्वराष्ट्रपतितर्फ फ्याट्ट औंला देखाउँदै भने, ‘ए ऊ प्रेसिडेन्ट ।’ अभिभावकले तुरुन्त सच्याउँदै सिकाए, ‘पूर्वप्रेसिडेन्ट ।’ केही साता पहिलासम्म देशको शीर्ष राजनीतिक तहमा आसिन व्यक्ति, जो सेनाका परमाधिपति पनि थिए, बडा सहज तरिकाले जनताको बीच समिप भएर हिँडिरहेका थिए । घुलमिल हुँदै थिए । यसरी सहजताको स्थिति दक्षिण एसियामा अगाडि बढेको विरलै उदाहरण पाइन्छन् । भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद कार्यकाल सकिएपछि रेलबाट दिल्ली फर्किएका थिए र जीवनका बांँकी समय विहारको पटनास्थित सदाकत आश्रममा बिताएका थिए । डा. यादव पनि निवृत्त भएपछि विना कुनै प्रचार यसपाला छठ मनाउन आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपही पुगे ।
यसरी हेर्दा सहज सत्ता हस्तान्तरण र संक्रमणकालको सहज अवतरणले नेपालको लोकतान्त्रिक धारा फराकिलो हुँदै गएको बुझिन्छ ।
तर कुरो यसो रहेनछ, लोकतान्त्रिक आवरणमा अनुदार शक्तिहरू बर्चस्वशाली हुँदै गएका छन् । ठूला दलहरूमा एकाधिकार प्राप्त गरेका केही गिन्तीका नेताहरूले सम्पूर्ण शक्ति संरचनालाई आफ्नो प्रभावमा राखेका छन्, राख्न खोजिरहेका छन् । मधेसबाट हेर्दा यो प्रवृत्तिलाई पहाडे बर्चस्वशाली समुदायको कर्तुत लाग्छ । तर पहाडकै आम वासिन्दाको कोणबाट हेर्दा यो सरकार पहाडी समुदायको हित चिताउने सरकार पनि हैन । चिताउँथ्यो भने त यो जाडोमा लाखौं भूकम्प पीडितले कहर काट्ने थिएनन् । कर्णालीका बासिन्दाहरू आसन्न भोकमरीबारे तयारी सुरु भइसक्थ्यो । भूकम्प पश्चात दुईटा सरकार देखिए, तर पुनर्निर्माणको कार्यविधिको सम्पादन किन हुनसकेन ? सरकारलाई यो कार्य गर्न के मधेस आन्दोलनले रोकेको हो ? मधेस आन्दोलनका घाइतेहरूको उपचारको व्यावहारिक प्रबन्ध गर्न के सरकारले भारतसँंग सोध्नुपर्छ ? यी सबै परिदृश्यले मुख्य दलका सीमित नेताको एकाधिकार र बर्चस्वलाई देखाउँछ । पहाड र मधेसका आम जनताको पीडा उही छ । उस्तै छ ।
निश्चित रूपमा राजसंस्था समाप्ति र संविधान प्राप्तिमा यिनै दलका नेताहरूको संलग्नता छ । लोकतन्त्र भनेको राजसंस्था समाप्ति र संविधानको एउटा ढाँचा प्राप्त हुनेमात्रै होइन । संविधान बनाउने भनेको मूल कानुन र राज्यको चरित्र निर्माण गर्ने पनि हो । राष्ट्रिय हित र ऐतिहासिक आवश्यकतालाई पहिचान गर्न सक्नु पनि हो । व्यवहारबाट परम्पराको यस्तो गोरेटो बनाउँदै जाने हो, जसले पछि एउटा समुन्नत लोकमार्गको निर्माण गर्छ । त्यसैले लोकतन्त्रलाई अझ बढी उन्नतशील बनाउन वा राष्ट्रियताको परिभाषालाई सामयिक बनाउन मधेसले सार्थक हस्तक्षेप गर्न खोज्दा राज्यले त्यसलाई आत्मवरण गर्नबाट पन्छिन खोजेको देखिन्छ । राष्ट्रको प्राथमिक पक्ष स्वीकारिएको भए, यसलाई बेलैमा सम्बोधन गरिन्थ्यो ।
पहाड र मधेस दुई विपरीत भूगोल हो, तर विचार होइन । नेपालभित्र पहाड र मधेस भौगोलिक यथार्थ हो र सांस्कृतिक सच्चाइ पनि । नेपालको राष्ट्रियता पहाड र मधेस जोडिएर मात्रै निर्माण भएको हो । मधेस त्यो पृष्ठभूमि हो, जहांँ पहाड अग्लिएको छ । मधेस त्यो फांँट हो, जो पहाडको कारणले तह पाएको छ । नेपालको राजनीतिक इतिहासमा लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका लागि पहिलो जनप्रस्फुटन मधेसमै भएको हो । यतिखेरको मधेस आन्दोलन नेपाली राज्यका लागि स्वर्णिम अन्तिम अवसर हो । त्यो कुन अर्थमा भने नेपालजस्तो प्रशासनिक इकाइबाट एउटा राष्ट्र बन्ने दिशामा अभिमुख भएको राजनीतिक भूगोलका लागि एउटा फरक राष्ट्रियता (नेसनालिटी) ले स्वस्फुर्त यस्तो उभार ल्याएको छ, जो केन्द्रसंँग जोडिन खोज्छ र नेपाललाई समग्रमा ‘नेसन स्टेट’को रूपमा विकसित गर्न चाहन्छ । हाम्रोजस्तो राजनीतिक, सामाजिक पृष्ठभूमिमा रहेका देशले यस्तो लोकउभारका लागि अनेकौं सुविचारित यत्न र समय खर्च गर्छ । मधेसमा जुन मध्यमार्गी लोकउभार देखिएको छ, त्यो केन्द्राभिमुखी छ । त्यस अर्थमा नेपाल राज्यले यसलाई अभिनन्दन गर्नमा ढिलो गर्नु हुँदैन ।
आन्दोलनको दिन बित्दै गयो । महिना बित्दै गयो । राज्यका मुख्य अभियन्ताहरूको रवैया ज्युँकात्युँ छ । यो ढिलाइको कारणले बरु यस अवधिमा मानसिक रूपमा राष्ट्र खण्डित भएको छ र धु्रवीकरण तीव्र देखिएको छ । यही बीचमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राज्यको बनोट र राष्ट्रिय पहिचानका बारेमा दुई भिन्नभिन्नै धार देखिए । त्यतिमात्रै कहांँ हो, छिमेकीसंँगको सवालका बारेमा पनि एउटा भूगोलका लागि भारत प्रिय देखियो र अर्काका लागि चीन वन्दनीय । अनुभवले के देखाउँछ भने हाम्रो निम्तिमात्रै होइन, जुनसुकै मुलुकका निम्ति राष्ट्रियता भनेको कुनै समुदायमा आधारित हुनुहुँदैन । नत अन्तर्राष्ट्रिय सम्बन्धको इकाइ समुदाय विशेषप्रतिको अतिरिक्त मोह नै ।
संविधान निर्माणको चरण भनेको राज्य र यहांँका बासिन्दा माझको सम्बन्धको वैधानिक निर्धारणको क्रम थियो । यसको सही र सार्थक जवाफ नखोजिँदै अर्को दुईटा सवाल सतहमा देखापरे । त्यो भनेको पहाड र मधेसको सम्बन्ध र नेपाल र भारतको सम्बन्ध । राज्यसंँगको सम्बन्धलाई मधेसी समुदायले सम्मानित, स्वतन्त्र र सुरक्षित बनाउन खोज्दा बीचमा पहाडी समुदायसँंगको सम्बन्ध पनि पुनर्भाषित हुनपुग्यो । त्यसैगरी मधेसको काठमाडौंसंँगको संघर्षमा भारतसंँगको साइनो देखापर्‍यो । अहिले देखापरेका राजनीतिक विकासक्रमका पछाडि विगतका सामाजिक विन्यास पनि बुझ्नुपर्छ । यो नबुझेसम्म वीरगन्ज नाकामा खल्तीमा नागरिकता बोकेका प्रत्येक धर्नाकारी मधेसी काठमाडौंका आंँखामा ‘मोदीपुत्र’ नै झल्किन्छ ।
केही दसक पहिलेसम्म मध्यपहाडी क्षेत्रका बासिन्दाहरू शिक्षा, स्वास्थ्य, आर्थिक क्रियाशीलताका लागि भारतका सिमाञ्चल क्षेत्रमा पुग्थे । त्यसका अलावा राजनीतिक रूपमा पनि फारविसगन्ज, दरभंगा, बैरगनिया, जयनगर र रक्सौलजस्ता भारतीय सहरहरू नेपालका प्रजातान्त्रिक वा वामपन्थी आन्दोलनका निम्ति महत्त्वपूर्ण थिए । यसले गर्दा सिमाञ्चलमा भारतसंँगको सम्बन्धबारे पहाडी समुदायकाहरू पनि परिचित थिए । नाकामा भइरहेको धर्नाबारे जुन संशय देखिएको छ, त्यस्तो पहिला देखिँदैनथ्यो । यसले के बुझाउँछ भने एकातिर सञ्चार तथा यातायात सुविधाले जनसांख्यिक बनोटलाई चलयमान बनायो, त्यहींनेर नेपालका निम्ति दैनिकीको भारत अर्थात् सिमाञ्चलबारे रिक्तता पनि ल्यायो ।
मधेसका जनता यत्रो संघर्ष गरेर नेपालबासी नै हुनखोजेका हुन् । नेपाली नागरिकता नै प्राप्त गर्न खोजेका हुन् । नेपालको नवनिर्माणमा साझा अंशियार बन्न खोजेका हुन् । तर केही एकाधिकारबादी नेतृत्व पंक्तिका कारण त्यसमा अवरोध देखापरेको छ । अहिलेको यो नेतृत्व पंक्ति न पहाडवासीप्रति इमानदार र जवाफदेही छन्, न त मधेसवासीप्रति । यही नै अहिलेको मुख्य त्रासदी हो । सीमित नेतृत्व पंक्तिका कारणले विभिन्न भूगोल र समुदाय बीचको सम्बन्धमा प्रतिकूल असर पर्नु हँुदैन । पहाड र मधेसका बासिन्दामाझ जति खुला संवाद हुन्छ, त्यति नै बहुआयामिक सम्भावनाहरूको प्रस्फुटन हुन्छ । जसले नेपालमा लामो संघर्षपश्चात बनाउन खोजिएको जवाफदेही पद्धति र राष्ट्रियतालाई दिगो बनाउँछ र समृद्धितर्फको समानुपातिक यात्रा प्रारम्भ हुन्छ । संघीयताको आधारमा राजनीतिक भूगोलका
सीमांकन जेजसरी भए पनि नेपालका बासिन्दाहरूको स्वाभिमान, स्वतन्त्रता र आसलाग्दो सुरक्षित भविष्यका लागि पहाड र मधेसको परस्पर पुरकताको विकल्प छैन । पहाड वा मधेसमा जुन प्रकारको मानवीय संकट देखापरेको छ, त्यसका लागि मधेसले सीमानाकामा धर्ना कार्यक्रमलाई स्थगित गरेर पहाडका आम जनताको सहानुभूति आर्जन गर्दै राज्यसँंगको लडाइँलाई निर्णायक बनाउनुपर्छ । नाका अवरुद्ध रहेसम्म सत्ता नेतृत्वले त्यही बहानामा पहाड र मधेसबीच खेल्ने मौका पाइरहन्छ ।
प्रकाशित: मंसिर १७, २०७२
http://kantipur.ekantipur.com/news/2015-12-03/20151203081418.html

मधेस आन्दोलनमा महिला हिंसा

मंसिर १७, २०७२-
  • विराटनगरकी २८ वर्षीया सदिना खातुनले जारी मधेस आन्दोलनका क्रममा जोगवनी नाकामा धर्ना बसेको बेला पुरुष प्रहरीले कपाल तानेर लछारपछार गरेको, भद्दा गाली गर्दै कुटपिट गरेको घाउ—खत देखाइन् ।
  • संविधानको मस्यौदामाथि राय—सुझाव संकलनको कार्यक्रम सप्तरी जिल्ला विकास समितिको हलमा आयोजना गरिएको थियो । फोरम नेपालकी महिलाहरूले त्यसको विरोध गर्दा महिला प्रहरीहरूलाई अगाडि राखेर पुरुष प्रहरीले लाठी लिएर पछाडिबाट संवेदनशील अंगहरूमा घोच्ने, पिट्ने तथा साडीसमेत तान्दै कुटपिट गरेको थियो । यो घटना विवरण राजविराजकी गीता यादवले सुनाएकी हुन् । यसो भनिरहँदा उनको आँखा रसाएको थियो ।
  • वीरगन्जकी करिमा वेगम लगायतका महिलाहरूलाई नाकामा धर्नामा बसेको बेला पुरुष प्रहरीले लुगा तानेर लछारपछार गदै, घिसार्दै निर्मम तरिकाले कुटपिट गरेको थियो । रातभरि थुनामा पनि राखेको थियो । उक्त घटनामा घाइते भएकी करिमा वेगम हालसम्म पनि कम्मरमा बेल्ट लगाएर मात्र हिँडडुल गर्न सक्छिन् ।
उल्लिखित घटनाहरू प्रतिनिधिमात्र हुन् । मधेसका जिल्लामा यस्ता घटनाहरू दिनदिनैजसो भइरहेका छन् । असोज महिनामा मधेस आन्दोलनसँग सम्बन्धित विषयमा अध्ययन गर्न विराटनगरदेखि वीरगन्जसम्म घुम्ने अवसर मिलेको थियो । त्यही क्रममा आन्दोलनकारी महिलाहरूसँग र घटना भएको ठाउँमा पुगेर प्रत्यक्ष रूपमा कुराकानी गर्ने अवसर मिलेको थियो ।
मधेसमा आन्दोलन चलेको सय दिनभन्दा पनि बढी भइसकेको छ । यस आन्दोलनमा हजारौंको संख्यामा मधेसी महिलाहरूको सहभागिता छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट धेरै महिला हिंसाका घटनाहरू भएको कुरा विभिन्न अधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको रिपोर्टहरूमा उल्लेख छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीहरूले घर–घरमा पसेर महिलाहरूलाई कुटपिट, गालीगलौजदेखि टाउकोमा गोली हान्नेसम्मका घटनाहरू सार्वजनिक भइसकेका छन् । अहिले पनि दिनदिनै यस्ता घटनाहरू हुने क्रम जारी नै छ । यसको ताजा उदाहरण राजविराजको पछिल्लो घटनालाई लिन सकिन्छ । मंसिर ६ गते राजविराजमा सात वर्षीय मुस्कान साहलाई बुबा दिलिप साहसँगै आफ्नै घरको छतमा बसिरहेको बेला प्रहरीको गोली लागेर घाइते भएकी थिइन् । उक्त घटनामा परेर दिलिप साहको मृत्यु भएको थियो ।
केही अघि महोत्तरीको जलेश्वरमा ४१ वर्षीया रामशिला मण्डलको हत्यालाई अर्को उदाहरणका रूपमा लिन सकिन्छ । वर्षा भइरहेको बेला स्थानीय जुली ब्युटी पार्लरमा ओत लागेको बेला प्रहरीले उनको दुवै आँखा बीचमा गोली हानिएको थियो । उनी आन्दोलन भएको ठाउँभन्दा २० मिटर टाढा थिइन् । तर पनि प्रहरीले उनलाई गोली हान्यो । रामशिलाको मृत्युबाट उनको परिवार, बच्चाहरूको कन्तविजोग भएको छ ।
तर विडम्बना मधेसमा यतिका महिला हिंसाका घटनाहरू भइरहँदा काठमाडांैमा रहेका महिला अधिकारकर्मीहरूले कुनै चासो लिएको देखिँदैन । मधेसमा महिलाहरूमाथि सुरक्षाकर्मीहरूबाट दिनदिनै हिंसाका घटना हुने गर्छन्, तर अहिलेसम्म कुनै पनि महिला अधिकारकर्मीहरू मधेस पुगेका छैनन् । मधेस जानु त कता हो कता एउटा विज्ञप्तिसम्म निकालेको देखिन्न । काठमाडांैमा महिलाहरूको हकहितका लागि भनेर दिनदिनै सभा–सेमिनार हुन्छन्, तर कसैको प्राथमिकतामा मधेसी महिलाहरूको पीडा परेको छैन ।
नेपालमा दर्जनौं संघ—संस्थाहरू महिलाको क्षेत्रका काम गर्छन् । सयौं अधिकारकर्मीहरू महिलाको पक्षमा वकालत गर्छन् । तर मधेसी महिला हिंसामा परिरहँदा कसैले चुइँक्कसम्म बोलेको छैन । अचम्म लाग्छ, यिनै महिला अधिकारकर्मीहरू हुन्, जसले यसअघि मधेसमा दाइजो, बालविवाह, बोक्सी, छुवाछूतका घटनाहरू हुँदा तिललाई तार बनाएर होच्याउन तल्लिन देखिन्थे ।
तर आज ती अधिकारकर्मीहरू कुन दुलोभित्र पसेका छन् ? मैले यस्तो भन्नुको तात्पर्य यो होइन कि मधेसमा हुने दाइजो लगायत कुप्रथाको बारेमा बोल्नु हँुदैन । तर त्यतिबेला मधेसी महिलाप्रति सहानुभूति देखाउनेहरू आज किन मौन भए ? के आज तिनीहरूको प्राथमिकतामा मधेसी महिला पर्दैनन् ? कि मधेसी महिलाको हक–अधिकार, सुरक्षाको कुरा मधेसीहरू मात्रैले उठाउनुपर्ने सोच हो ? कतै महिला अधिकारकर्मीहरू पनि मधेसी र पहाडीको कित्तामा बाँडिएका त होइनन् ?
महिला हिंसाका घटनाहरूको अनुगमन, मूल्यांकन गर्ने सरकारको आधिकारिक निकाय हो– राष्ट्रिय महिला आयोग । यसले देशभरिमा हुने महिला हिंसाका घटनाहरूको छानबिनदेखि मुद्दा चलाउनेसम्मको काम गर्छ । तर हाल भइरहेको मधेस आन्दोलनमा सुरक्षाकर्मीहरूबाट भएको महिला हिंसाको घटनाहरूमा चासो लिएको देखिँदैन ।
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभरि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइने गरिन्छ । अहिले नेपालमा पनि ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान व्यवहार’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ । यस अभियानलाई विभिन्न चेतनामूलक कार्यक्रम, विचार गोष्ठी आदि गरेर मनाइन्छ । एकातिर महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ भने अर्कोतिर मधेसका महिलाहरू दिनदिनै हिंसा खेप्न बाध्य छन् । यस्तो अवस्थामा महिला हिंसा विरुद्धको अभियान काठमाडौंको ठूलठूला होटलमा गर्नुको औचित्यमाथि प्रश्न उठेको छ । नेपालमा महिला हिंसाको बहसले तबमात्र सार्थकता पाउँछ, जब मधेस, पहाड, हिमालका सबै समुदाय, क्षेत्रका महिलाहरूको मुद्दालाई समेटिन्छ ।
प्रकाशित: मंसिर १७, २०७२
http://kantipur.ekantipur.com/news/2015-12-03/20151203080638.html

कति श्रीलंकाली त्रासदी भोगेपछि मात्रै चेत्ने हो सरकार ?

कति श्रीलंकाली त्रासदी भोगेपछि मात्रै चेत्ने हो सरकार ?

कति श्रीलंकाली त्रासदी भोगेपछि मात्रै चेत्ने हो सरकार ?

कुनै समाधान होइन सेना परिचालन 

खतरनाक छ राष्ट्रवादको नाउँमा मनमस्तिष्कको सैनिकीकरण

सेना परिचालनको खण्डनभित्रको रहस्य
नागरिक पत्रिकामा केपी ढुंगानाले गरेको रिपोर्टअनुसार मंसिर ६ को केन्द्रीय सुरक्षा समिति बैठकले गृह मातहतका सुरक्षा संगठन परिचालित भएको तीन दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने रणनीति बनाएको थियो । एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको एक साताभन्दा बेसी समय बित्दासमेत राजमार्ग र नाकाको अवस्था उस्तै रहेको र सरकार तराई–मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनलाई सेनाको सहयोग लिन असफल भएको छ ।
उक्त रिपोर्टअनुसार वार्तामार्फत मधेसको समस्या समाधान गर्नुपर्ने सैनिक नेतृत्वको धारणा, सेना परिचालन प्रक्रियामा मतान्तर, सेना परिचालन भए वार्ता भंग गर्ने आन्दोलनरत मधेसी मोर्चाको चेतावनी, सेना परिचालन भए अवस्था थप बिग्रने भारतीय राजदूत रन्जित रेको सार्वजनिक टिप्पणी र विपक्षी दल नेपाली कांग्रेसको असहमतिका कारण सरकारले आफैंले पारित गरेको रणनीति कार्यान्वयन गर्न सकेको छैन ।
तराई–मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउने निहुँमा गर्न खोजेको सेना परिचालन र त्यसको प्रक्रियासँगै राजनीतिक नियत बहसको विषय भएको छ । यो विषयले मधेसी मोर्चासँग भएको त्रिपक्षीय वार्तामा समेत प्रवेश गरेको र सञ्चारमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले सेना परिचालन नगरिने भनी एकपछि अर्को खण्डन गरिरहनु परेको स्थिति छ । र एमाओवादीलगायत सत्तासीन दल र अन्य दलले पनि राजनीतिक समस्याको समाधान बलप्रयोगबाट होइन राजनीतिक रुपमा गर्नुपर्नेमा त्यत्तिकै जोड दिइरहेको पक्कै पनि होइन । यसले सत्तावृत्तमा बलप्रयोग र सैनिक समाधानबारे गृहकार्य भएको स्पष्ट संकेत गरको छ, जुन खतरनाक समयको घण्टी हो ।
के कुनै न कुनै निहु र नारामा सेना परिचालन गर्दै तराई–मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनु उचित रणनीति हो ? यसले थारु मधेस आन्दोलनमाथि सैनिक दमन गरेको सन्देश प्रवाहित गर्छ कि गर्दैन ? यसले आन्दोलन र मागलाई सम्बोधन गर्छ कि श्रील‌ंकामा जस्तो नयाँ ढंगले हिंसात्मक र विखण्डकारी द्वन्द्वको खाडलमा फँसाउँछ ? यही सन्दर्भमा केही विश्लेषण गर्ने प्रयास गरिन्छ ।
राज्यको वैधता र स‌ंविधानको स्वीकार्यतामाथि प्रश्न 
समाजशास्त्री म्याक्स वेबरका अनुसार सामान्यतः कुनै पनि आधुनिक राज्य भनेको तीनखुट्टे ओदानजस्तै हो । ती तीन खुट्टा हुन्ः भू–क्षेत्रीय सीमा, हिंसामाथि प्रभुत्व र वैधता । अहिले नेपाली राज्यले चर्चेको भू–क्षेत्रीय सीमामा कुनै विखण्डनकारी कारबाही भएको छैन र हिंसामाथि जमाउँदै आएको प्रभुत्वप्रति पनि कुनै शक्तिले भ्वाङ पारेको छैन । तर यसको वैधता, विशेषतः नयाँ संविधानबाट प्राप्त गर्न खोजिएको वैधता र स्वीकार्यतामाथि भने प्रश्न उठेको छ, मधेसमा जनस्तरबाट प्रतिवाद भएको पनि सय दिन नाघिसकेको छ । राज्य चलाउने तीन दलका शीर्ष नेताले मनपरी थोपरेको सीमांकनप्रति असन्तुष्टि पोख्दै राज्यमा समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको मागमा समेत भएको व्यापक आन्दोलनविरुद्ध अब नेपाली राज्यले युद्धघोष गर्दैछ ।
नेपाली राज्यले गर्न लागेको युद्धघोषका लागि मधेसमा भू–क्षेत्रीय सीमामा ‘विखण्डनकारी कारबाही’लाई निहुँ बनाइँदैछ । जबकि ‘विखण्डनकारी’का रूपमा प्रचारित मधेसी आन्दोलनकारीहरूले भने पहिचानसहितको सीमांकन र नामांकनका आधारमा ‘नेपालीय’ हुन पाउनुपर्ने माग गरिरहेका छन् । संघीयता र सीमांकनलाई समेत नेपालकै विखण्डनको रूपमा बुझ्ने राजनीतिक नेतृत्वद्वारा सञ्चालित नेपाली राज्यले उनीहरूलाई त्यस्ता ‘अन्य’ र ‘अराजक’ ठान्दै कारबाहीको भागीदार बनाउन खोजिरहेको छ । र, उनीहरूका राष्ट्रियता र बफादारीमाथि शंका गर्दै नागरिकता नै छानबिन गर्ने र विदेशी वा भारतीय ठान्दै देशनिकाला गर्ने धम्की दिइँदैछ ।
वार्तालाई सुस्त पार : युद्धका लागि तयारी गर ?
नेपाली राज्यले घोषणा गर्न लागेको युद्धका लागि अब तराईमा नागरिकहरूको आवागमन, बाँच्नका लागि चाहिने खाद्यान्न र औषधिको आयात बन्द हुनेगरी सीमानाका र राजमार्ग बन्द गरेको तथा हिंसात्मक कारबाही थालेको निहुँ झिक्दैछ । जुन राज्यले आफ्नै मधेसी नागरिकले तीन तीन महिनासम्म तराई बन्द र सीमामा धर्ना दिँदासम्म पनि कुनै सार्थक संवाद गर्दैन, ठोस प्रस्ताव पेस गर्दैन, बरु पचासको हाराहारीमा नागरिकलाई मृत्युको मुखमा पुर्‍याउँछ, त्यसले डा. सिके राउतको अगुवाइमा मधेस रक्षावाहिनी खडा गर्न लागेको नाउँमा हिंसामाथि एकाधिकार जमाउन युद्धघोष गर्नु अनौठो होइन । तर गाउँगाउँमा नागरिक स्तरमा व्यापक भएको मधेस आन्दोलनलाई कुनै न कुनै निहुँमा युद्ध वा हिंसा थोपरियो भने मधेस रक्षावाहिनीको विस्तार र विखण्डनकारी हिंसात्मक कारबाहीका लागि धरातल र औचित्य निर्माण हुनेछ, जुन नेपालकै स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका लागि खतरनाक हुन्छ ।
मधेसका जनताको अगुवाइ गरिरहेका दलहरूसँग जारी सुस्त संवादलाई सार्थक बनाउनुको साटो, वार्ता छिटै निर्णायक नहुने निष्कर्षका साथ सेना परिचालनको तयारीमा लागेको नेपाली राज्यका लागि नयाँ संविधान वैधताको ठूलो मुहान हो । दक्षिण एसियाको मात्रै होइन, विश्वकै उत्कृष्ट मानिएको नयाँ संविधानको वैधानिकतामा धेरै प्रश्न उठेको छैन, तर वैधता र स्वीकार्यतामाथि सवाल उठेको छ । नेपालमा संघीयतालाई अन्तरिम संविधानमा स्थापित गरेको मधेस आन्दोलनसँग जोडिएको ‘मधेस’ शब्दसमेत प्रस्तावनामा स्वीकार्न नसकेको नयाँ संविधान घोषणा नहुँदै जलाइएको तथ्यबाट जोकोही पनि बेखबर छैन । सीमांकन, नामांकन, प्रतिनिधित्व र पहिचानका लागि भएको मागलाई समेत नसमेटीकन संविधान बनाइयो भने नेपालमा हिंसात्मक र विखण्डनकारी द्वन्द्वको बीउ बाँकी रहन्छ भन्ने चेतावनीलाई बेवास्ता गरिँदा यति लामो आन्दोलन भएको तथ्य पनि स्पष्ट छ । जारी नहुँदैदेखि संशोधनका प्रस्तावसहित निर्माण भएको संविधानको वैधतामाथि प्रश्न उठेपछि संविधान भनेको सुधार्दै जान सकिने जीवन्त दस्ताबेज भन्दै थामथुम गर्ने र मूर्त रूपमा आन्दोलनलाई सम्बोधन गर्न कन्जुस्याइँ गर्ने प्रवृत्तिले भने आन्दोलनमा आगो थपेको जगजाहेर छ ।
तीनतीन महिनासम्म नेपालको आधा जनसंख्या बस्ने भूभाग ठप्पै हुँदा समेत आन्दोलनका माग र मर्म बुझ्न नसक्ने शासकहरूले ‘अब शान्ति र सुरक्षाका लागि युद्धघोष’ गर्दैछन्, त्यही आगो निभाउने नाराका साथ । उनीहरूले औषधीका गाडी र एम्बुलेन्समा हमला भएपछि आन्दोलन ‘अराजक’ बन्दै गएको निष्कर्ष निकाल्दै राजमार्ग र सीमानाकामा सेना खटाउने तयारीलाई अन्तिम रूपमा दिएका छन् । दुई दुई पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेपछि पहिलो चरणमा गृहमन्त्रालयका सुरक्षा संगठनलाई परिचालन र दोस्रो चरणमा सेना खटाउने नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको छ जसमा अनेक बाधा र अवरोध आएका छन् ।
राज्यको चौथो अंग, सेना परिचालनका लागि बाटो सफा गर !
यसबीचमा टीकापुर काण्डपछि सेना परिचालनका लागि गरिएको शैलीमै प्रचारयुद्ध तीव्र पारिएको छ । औषधी बोक्ने गाडी र एम्बुलेन्समा भएको आक्रमणलाई एकपक्षीय रूपमा प्रचार गर्न थालिएको छ । र, ‘सप्तरीमा गोली नचलाइएको भए टीकापुरको त्रासदी दोहोरिने’ विचारको व्यापक प्रसार गरिएको छ । अब प्रहरी र अन्य बलप्रयोगका निकाय परिचालनबिना शान्ति र सुरक्षा कायम नरहने भावभूमि राम्ररी तयार गरिएको छ । कम मात्रै भइरहेको राजनीतिक संवादलाई झनै झारा टार्ने प्रक्रियाका साथ अगाडि बढाइने छ, किनभने त्यसले बलप्रयोगको औचित्य र आवश्यकतालाई मद्दत गर्नेछ । र, राष्ट्र र राष्ट्रियताका लागि सेना परिचालन र ‘अराजक’ पक्षमाथि बलप्रयोग अनिवार्य र विकल्पहीन भएको उद्घोष राज्य, राज्यका सञ्चालकहरू र राज्यपोषित मनमस्तिष्कबाट बान्ता हुन थालिसकेको छ ।
यसमा ‘राज्यको चौथो खम्बा’का रूपमा स्थापित मिडिया र यसका सैनिकीकृत कलम र माउसको काम सबैभन्दा महत्वपूर्ण हुने छ । त्यसैले अहिले नै आन्दोलनकारीलाई आतंककारी र आततायी भन्दै सम्पादकीय लेखनसँगै राज्यपोषित समाचारको बाढी आइसकेको छ । तर्क, तथ्य र विवेकसहित लेख्ने कलममा पनि मधेस आन्दोलनमा देखिएका केही विकृतिकै आधारमा राज्यदमन र हिंसात्मक कारबाहीलाई जायज र आवश्यक ठान्ने प्रवृत्ति बढ्दो छ । यसको अर्थ अब जनयुद्धका नायक गृहमन्त्री शक्ति बस्नेतले जनयुद्धको कलासहित शक्ति प्रदर्शनलाई तेज पार्नेछन् । त्यसपछि रक्षामन्त्री भीम रावलले जबजको जादुसहित हिंसामाथि राज्यको एकल प्रभुत्व जमाउनेछन् । यसले भू–क्षेत्रीय सीमा र हिंसामाथि एकाधिकार कत्तिको कायम गर्नेछ, यक्षप्रश्न र भयानक आशंकाकै विषय हो, तर राज्य र संविधानको वैधता खतरामा रहेको तथ्य भने नराम्ररी उजागर गर्नेछ ।
राष्ट्रवादी नाराका आधारमा
मनमस्तिष्कको सैनिकीकरण
जेजस्तो निहुँ र नारामा राज्यले गर्न लागेको सेना परिचालन र हिंसामाथि एकाधिकारप्रति पहाडी जनतामा भने समर्थन र सहयोगको भाव देखिएको छ । यसको नेपथ्यमा पहाडी राष्ट्रवादको प्रबल ‘हेजिमोनी’ (वर्चस्व)सँगै हाम्रा मनमस्तिष्कको सैनिकीकरण वा ‘रेजिमेन्टेसन’को बलियो प्रभाव देखिन्छ । आमजनताले राज्यको आदेश मान्नुको कारण खोतल्दै म्याक्स वेबरले वैधताको धारणा प्रतिपादन गरेका थिए । कहिले परम्पराको नाममा, कहिले करिश्माको नाममा, कहिले वैधानिकताको नाममा राज्यले आज्ञापालनतिर डोर्‍याउने गर्दछ, जुन नेपाली राज्यको आदेशपालनमा लागु हुन्छ । विशेषतः नेपालमा ‘मधेस’ नै नभएको, मधेसीहरू नेपाली नभएको, उनीहरू भारतीय वा भारतका दलालका रूपमा भित्रिएको तथा उनीहरूका माग विखण्डकारी र साम्प्रदायिक भएको ‘डिस्कोर्स’ (विमर्श)मा विशेषत पहाडी जनमानस नै पूरै रचेबसेको देखिन्छ, जुन पहाडी राष्ट्रवादले वैधताका लागि फैलाएको हो ।
मिशेल फुकोको अनुसार शक्तिका अनेक सांस्कृतिक रूपको रचना र स्थापनामार्फत राज्यले जनमानसलाई आफ्नो घोषित लक्ष्यतिर जान प्रेरित गर्ने तथ्य यहाँ पनि प्रस्ट देखिँदैछ । त्यसै क्रम नेपाली जनमानसमा जारी सैनिकीकरण फेसबुके पुस्ताले सामाजिक संजालमा देखिएको छ, जहाँ सेना प्रयोगबाट समस्या समाधानको मागको गरिएको पाइन्छ । सानोमा ड्रेसमा विविधता नस्वीकार्ने र सैनिक ट्युनिकजस्तो एउटै ड्रेसमा आनन्दित हुने स्कुलिङबाट हुर्केका हाम्रो मानसिकताले भाषा, जात, जाति, क्षेत्र, धर्म, संस्कृति र रुचिमा पनि विविधता, अनेकता वा बहुलतालाई त्यत्ति रुचाउँदैन, मुखले जे बोले पनि । त्यसैले विविधता, अनेकता वा बहुलता देखेपछि हाम्रो मुखले अनेकतामा एकता, विविधतामा समायोजन वा बहुलतामा एकत्व खोज्ने खालका नारा ओकलिहाल्छ, मनमस्तिष्कको सैनिकीकरणकै कारण । वास्तवमा हाम्रा एकता, एकत्व, एकीकरण वा समायोजनका मूल मर्म, मूल्य र मान्यताचाहिँ पहाडी, हिन्दु, खस ब्राम्हण, पुरुष र खस नेपाली भाषाको सेरोफेरोमै केन्द्रित छन्, जुन नेपाली राष्ट्रवादका खम्बा हुन् । ती खम्बामाथि प्रश्न उठाउनेहरू हामीलाई ‘अराष्ट्रिय’ लाग्छ र त्यसको कुनै खालको प्रतिरोध पनि ‘अराजक’ अनुभूत हुन्छ अनि हामी पनि सेना परिचालनसँगै हिंसाको पक्षपोषण गर्न पुग्छौं ।
rajendra-maharjan
सेना परिचालन वा हिंसाको प्रयोगले नेपाली राज्यलाई बलियो हैन, कमजोर पारेको इतिहास जनयुद्ध लडेका माओवादी र त्यसको प्रतिकार गर्ने राज्यको नेतृत्व गरेका एमाले, कांग्रेस र राप्रपालाई जत्तिको अरु कसलाई थाहा होला र ! मधेसी, थारुलगायत सबैलाई नेपाली राज्यमा समानुपातिक प्रतिनिधित्व र पहिचानसँगै सम्मान दिलाउँदै, सशक्त आन्तरिक राष्ट्रियतामार्फत बलियो समावेशी र लोकतान्त्रिक राज्य निर्माणका आधारमा वैदेशिक हस्तक्षेपको प्रतिवाद गर्नुपर्नेमा हामी भने आफ्नै देशका जनताविरुद्ध नयाँ युद्धमा फँस्दैछौं । राष्ट्रवादी काठेघोडामा सवार भएर, भारतसँग वाकयुद्ध गरिरहेका हाम्रा शासकहरूले अब अन्तहीन जातीय र क्षेत्रीय युद्धतिर हामीलाई धकेल्दैछन् । र, नौ धार्नी चाकु खाइसकेपछि पनि चाकुको स्वाद थाहा नपाउनेगरी राष्ट्रवादको डोजले झुम्मिएका हामी जनताले भने उनीहरूकै पिछलग्गु हुँदैछौं । अब कति वटा श्रीलंकाली त्रासदी भोगेपछि मात्रै हामी जनता र हाम्रा शासकहरू चेत्ने होलान् ?
ट्विटर : @rmaharjan72
तस्बिर : मंसिरको पहिलो हप्ता जनकपुरमा गस्तीमा रहेका नेपाली सैनिक ।