महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २५ गते । महोत्तरी जिल्लाको नवघोषित बर्दिबास नगरपालिकामा शुक्रबार गोलाप्रथाद्वारा ग्याँस सिलिण्डर बाँडिएको छ ।
बिहीबार श्रेष्ठ साईकल स्टोर र लुम्बिनी हार्डवेयरको कोटामा आएको २५० थान प्रिमा कम्पनीको ग्याँस गोलाप्रथाद्वारा वितरण गरिएको हो ।
एकिकृत सेवा केन्द्र बर्दिबासका प्रमुख सुरेन्द्र प्रधानले २५० थान मात्रै ग्याँस सिलिण्डर आएपनि ग्याँस वितरण गर्न गोलाप्रथामा ७४२ जनाको नाम समावेश गरिएको जानकारी दिनुभयो ।
उहाँले समावेश भएको संघ,संस्था र व्यक्तिलाई बोलाउने र व्यक्तिको गोलाप्रथाबाट आएको नतिजा अनुसार ग्याँस वितरण गरिएको बताउनुभयो । गोलाप्रथामा ग्याँस र शुन्य लेखिएको थियो ।
ग्याँस वितरण कार्यक्रमको जिम्मेवारीमा एकिकृत सेवा केन्द्र, इलाका प्रहरी कार्यालय तथा उद्योग वाणिज्य संघ बर्दिबास खटेका थिए । तर, गोलाप्रथामा जिम्मेवारी पाएकै संघसंस्थाको ‘शुन्य’ परेपछि सहभागीहरु खित्का छाँडेर हाँसेका थिए ।
ग्याँस वितरण कार्यक्रमको शुरुमै एकिकृत सेवा केन्द्रका प्रमुख प्रधानले बाल्टिनबाट कागजमा लेखिएको टुक्रा खोल्दा इप्रका बर्दिबास लेखिएको थियो । उहाँले बोलाउन नपाउँदै ईप्रका बर्दिबासका प्रहरी नायव उपरिक्षक रमेश पंडित अर्को बाल्टिनबाट कागजको टुक्रा निकाल्नुभयो । त्यसमा ‘शुन्य’ थियो । त्यसपछि सहभागीहरु हाँस्दै ‘लौ बाँडनेलाई नै ग्याँस परेन् ! भन्न थालेका थिए ।’
विगत चारदिनदेखि यसक्षेत्रमा शितलहरको कारणले चिसो बढेको छ । तर पनि खाना पकाउने ग्याँसको लागि लाईनमा तथा हेर्नको लागि पनि भिड लागेको थियो ।