महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि सातौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगितामा रजि हैदर तथा लक्ष्मण सेठ चयन हुुनुभएको छ ।
आइतबार सम्पन्न भएको खेलमा रजि हैदर ७ अंक ल्याउनु भई तथा सेठले ६ अंक तथा रतन साह ५ अंक ल्याउनु भएको जिल्ला वुद्धिचाल संघका अध्यक्ष दिपुकुमार साहले जानकारी दिनुभयो ।
विजयी भएका मध्ये प्रथम हैदर तथा द्धितीय सेठले क्षेत्रिय वुद्धिचाल प्रतियोगितामा भाग लिनुहुनेछ ।
वुद्धिचाल प्रतियोगितामा भाग लिनुभएका १४ खेलाडीहरु मध्ये गंगा प्रसाद साह तथा लक्ष्मीकुमार साह चौथो, राकेशकुमार झा पाँचौ, नागेन्द्रकुमार कर्ण, मुकेश साह, राकेश प्रसाद चौधरी छैठो स्थान ल्याउनुभएको हो ।
सम्पन्न प्रतियोगितामा वुद्धिचाल संघका अध्यक्ष दिपुकुमार साहले विजयी खेलाडीहरु प्रथम, द्धितीयलाई शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गर्नुभएको थियो ।
समापन अवसरमा खेलकुद विकास समितिका प्रतिनिधी तथा कराँते प्रशिक्षक विन्देश्वर साह, प्रथम हुनुभएका रजि हैदरले मन्तव्य राख्नुभएको थियो ।
विजयी खेलाडीहरुले आफुहरु महोत्तरीको नाम क्षेत्रिय र राष्ट्रियस्तरमा पु¥याउन अहिले देखि नै मेहनत गर्ने जानकारी दिनुभएको थियो ।