सुगाका युवा, परिवर्र्तित सोचका उदाहरण
नागेन्द्रकुमार कर्ण
लोकसेवा आयोग र विभिन्न प्राधिकरणको परिक्षाको विषयमा तराईका युवाहरुको सोच सधैं नकारात्मक रुपमा रहँदै आएको छ । आयोगको परिक्षा पहाडीमूलका लागि मात्रै छन् भने प्राधिकरणको परिक्षा विना सोर्स र फोर्स पास गर्न नसकिने सोच तराईका युवाहरुमा विद्यमान छन् । तर महोत्तरीको सुगाभवानीपट्टीका युवाहरु भने यो सोचलाई परिवर्तन गरी यसक्षेत्रमै उदाहरणिय बन्न थालेका छन् ।
महोत्तरी जिल्लाको सुगाभवानीपट्टी वडानं. २ बस्ने नेत्रहीन भविष्यकुमार झा लोकसेवाको परिक्षा दिएर खरिदारमा नाम निकाल्न सफल हुनुभएको छ । उहाँ नेत्रहिन भएपनि खरिदारको अपाँग कोटामा नभई खुलाबाट नाम निकालेर अहिले जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत रहनुभएको छ । दुई वर्ष अगाडी उहाँले खुलामा नाम निकालेपछि यस क्षेत्रमै वहस चलेको थियो ।
त्यसैगरी यसपालि अधिकृतको लिखित परिक्षामा गाउँकै वडानं. २ निवासी दिपेन्द्रकुमार झा र मनोजकुमार झा (साखै दाजु भाई) गरी दुबैजनाले पनि नाम निकाल्नुभएको थियो तर मौखिक परिक्षामा भने दाई दिपेन्द्रको हुन सकेन भने भाई मनोज भने अधिकृत पास गरी अहिले तालिममा रहनुभएको छ ।
यी दुईटा त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । जिल्लाको यस सुगाभवानीपट्टी गाविसबाट मात्रै आधा दशकमा दुई दर्जनजतिले लोकसेवा सहित प्राधिकरण लगायतका अन्य प्रतिष्पर्धी आयोगको परिक्षामा पास भएर विभिन्न क्षेत्रमा काम गरिरहनुभएको छ ।
त्यस्तै गाउँका केही युवाहरु पटक पटक आयोगको लिखित परिक्षामा सफल भए पनि मौखिकमा असफल भई राष्ट्रसेवक कर्मचारी बन्नबाट बञ्चित रहँदै आएका छन् । अधिकृतको मौखिक परिक्षाबाट बाहिरिनु भएका दिपेन्द्र नायब सुब्बाको (परराष्ट्र) को लिखित परिक्षामा दुईपल्ट नाम निकालिसक्नु भएको छ र दुवैपल्ट मौखिक परिक्षाबाट बाहिरिनु भएको हो ।
लोकसेवा आयोगको निष्पक्षताकै कारण महोत्तरी जिल्लाका युवाहरुको दिनप्रतिदिन यसप्रति आकर्षण बढिरहेका छन् । त्यसैको परिणाम केहीवर्षमै यस गाविसबाट मात्रै विभिन्न प्रतियोगिताहरुमा नाम निकाल्नेहरुमा बढोत्तरी हुदै गएको छ । लगनशिल भएर जो पढछ् त्यो पास हुन्छ, कुनै सोर्सफोर्स चाहिँदैन् योग्यता र क्षमता भए पुग्छ भन्ने वुझाईकै कारणले युवाहरुको यसप्रति झुकाब बढदै गएको हो ।
अहिले पनि लोकसेवा सहित विभिन्न आयोगमा तयारी गर्ने युवाहरुको संख्यामा बढोत्तरी हुँदै गएको छ । कतिपय युवाहरु कुनै तालिम वा ईन्स्टिच्यूटमा अध्ययन विना स्वविवेकले परिक्षामा सफल भईरहेका छन् भने कतिपय युवाहरु काठमाण्डौंसहित विभिन्न पायक पर्ने जिल्लामा गएर यस सम्बन्धि कक्षाहरुमा सहभागी भई तयारी गरिरहनुभएको छ ।
सुगा गाउँका युवाहरु विभिन्न आयोग सहित लोकसेवा आयोगको परिक्षामा विना सोर्सफोर्सको नाम निकाल्न सकिने ज्ञान वा ‘रोलमोडल’ को रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सहसचिव कृष्णहरी पुष्करलाई लिनुहुन्छ । सुगा गाविसका स्थायी वासिन्दा आयोगका प्रवक्ता पुष्करसहित उहाँका पाँच भाई पनि विभिन्न आयोगहरुमा प्रतिष्पर्धा गरी अहिले विभिन्न सरकारी कार्यालयहरुमा कार्य गर्दै आउनुभएको छ ।
उहाँले गर्नुभएको अथक मेहनत र त्यसपछिको योगदानलाई सुगाका युवाहरुले निजामति कर्मचारी सहित विभिन्न आयोगमा विना सोर्सफोर्स पास गर्न सकिने अर्थमा लिन्छन् । उहाँका पाँच भाई पनि यही अवधिमा लोकसेवाबाट विभिन्न पदमा पुगेपछि पनि युवाहरुको यसतर्फ आकर्षण बढेको युवाहरुको भनाई रहेको छ ।
महोत्तरी जिल्लामा एकै गाविसबाट यत्तिको संख्यामा लोकसेवामा उत्तिर्ण हुने अर्को गाउँ जिल्लामा नरहेको जानकारहरु वताउँछन् । आधा दशकदेखि लोकसेवा आयोग जनकपुर अञ्चल कार्यालयमा प्रमुखको रुपमा रहनुभएका दिनेश साहले अञ्चलमा सबभन्दा बढी राम्रो रिजल्ट आउने जिल्ला सिन्धुली, सर्लाही रहेको बताउनुभयो । उहाँले महोत्तरी जिल्लाको सुगा गाविसबाट लोकसेवामा नाम निकाल्नेहरुको बढोत्तरी भएपनि अझै मेहनतको जरुरी रहेको बताउनुभयो । उहाँले युवाहरुलाई घरबाट टाढा राजधानी गएर कोचिँग क्लास गरेर एकवर्ष यसैमा रमाएर, साथीभाईसंग छलफल गरेर अध्ययन गर्ने हो भने उत्तिर्ण हुन कठिनाई नहुने सुझाव समेत दिनुभयो ।
सुगा गाउँकै वडानं. ५ बस्ने जिबेन्द्रकुमार कर्णले खरिदारमा नाम निस्केको एक वर्ष नबित्दै नायवसुब्बामा समेत नाम निकालेर अहिले वनेपा स्थित आईटी पार्कमा रहनुभएको छ भने वडानं. २ बस्ने मनोज झा नायवसुब्बाबाट अहिले अधिकृतमा नाम निकालेर तालिममा रहनुभएको छ । त्यत्ति मात्रै होइन जिबेन्द्रकुमार कर्णसहित गाउँकै वडानं. ३ बस्ने भावेशकुमार कर्ण र पवनकुमार साह गरी तिनजना युवाहरु राष्ट्रिय वाणिज्य बैंकको लिखित परिक्षाको लिखितमा पनि नाम निकाल्नुभएको थियो । तर, मौखिक परिक्षामा तिनैजना अनुत्तिर्ण हुनुभएको थियो । यद्यपी, भावेश नेपाल टेलिकममा पनि नाम निकालेर अहिले त्यसमा कार्यरत रहनुभएको छ ।
गाउँकै वडानं. २ का युवा प्रविणकुमार कर्ण कम्प्युटर अपरेटरमा ४ पल्ट तथा वडानं. २ बस्नुहुने दिपेन्द्रकुमार झा नायव सुब्बाको परराष्ट्रमा दुईपल्ट तथा अधिकृतमा एकपल्ट लिखितमा नाम निकाल्नुभएपनि मौखिकबाट हरेकपल्ट बाहिरिनुहुन्छ । युवा दिपेन्द्र झाले भन्नुभयो,‘ लोकसेवा लक सेवा पनि हो, मिहिनेत सहितको भाग्य भयो भने लोकसेवा पास गर्न सकिन्छ ।’
त्यसैगरी वन विभागले वनरक्षकसहितको विभिन्न पदमा निकालेको विज्ञापनमा पनि परिक्षा दिएर यस गाविसका दुईजना युवाहरु जयनारायण झा तथा जितेन्द्र महतोले लिखित परिक्षा उत्तिर्ण गर्नुभएको थियो तर उहाँहरु पनि मौखिक परिक्षामा अनुत्तिर्ण हुनुभयो ।
गाउँबाट केही वर्षको अन्तरालमा मात्रै रञ्जित कर्ण (नासु) , नविन पाण्डेय (नासु), कौशलेन्द्र झा (नासु), ऋषिकेश तिवारी (खरिदार), रजनिश झा (खरिदार), भावेश कर्ण (टेलिकम), राकेश लाल कर्ण (विद्युत), नूतन कर्ण (विद्युत) उमेश ठाकुर (हेअ), संदिपकुमार कर्ण (नार्क), भविष्य झा (खरिदार) लगायतका युवाहरु उत्तिर्ण भएर आ–आफ्नो कार्यक्षेत्रमा खटिनुभएको छ भने लिखितमा उत्तिर्ण भएपनि मौखिकमा उत्तिर्ण हुन नसकेका दिपेन्द्र झा, पवन साह, जयनारायण झा, जितेन्द्र महतो, सरोज पासमान, विमलेन्द्र दत्तलगायतका युवाहरु अहिले पनि तयारीमै लाग्नुभएको हो । कतिपय युवाहरु विभिन्न जिल्लामा गएर तयारीमै व्यस्त रहेकाले पनि आफुहरुलाई यसबारे जानकारी नभएको युवा अर्पणकुमार कर्णले बताउनुभयो । उहाँले लोकसेवा र विभिन्न प्राधिकरणहरु बाहेक विमा, प्राध्यापक, शिक्षक लगायतका पनि उत्तिर्ण हुनेहरु बढेको बताउनुभयो ।
शिक्षाको परिवर्तन भएपनि अझ पनि केही युवाहरुमा भने नकारात्मक भाव अद्यापी देख्न सकिन्छ । नेपालमा संघीयताको लडाईले गर्दा कतिपय युवाहरुले अझै पनि यसमा भेदभाव हुने गरेको बताउँदै आएका छन् । यसैले पनि यसक्षेत्रका स्थानीयहरुले यो भावलाई चिर्न जरुरी छ भने युवाहरुलाई पनि यसक्षेत्रमा उत्प्रेरणा बढाउन विभिन्न आयोगका तालिमहरुको व्यवस्था यही जिल्लामै गर्न जरुरी देखिएको छ ।
nagendrakarna@gmail.com