जिल्ला मतदाता मञ्च गठन कार्यक्रम |
जिल्ला मतदाता मञ्चको गठन गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख २३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार एक समारोहका बीच हरिप्रसाद मण्डलको संयोजकत्वमा जिल्ला मतदाता मञ्चको पूर्नगठन गरिएको छ ।
पूर्नगठन गरिएको मतदाता मञ्चको जिल्ला सदस्यहरुमा कृपाशंकर साह, ईश्वरी पौडेल, धर्मेन्द्र झा, विनोद झा, सुशिल राउत, हरिनारायण मण्डल, चन्दनकुमार मिश्र, सत्येन्द्र यादव, सुरेश ठाकुर, खुश्वु झा, प्रकाश साह, प्रविण कर्ण, कमलेश मण्डल, चन्दा अधिकारी, राजेश शर्मा, गजेन्द्र गुप्ता, अकवर अंसारी तथा काजल गुप्ता रहनुभएको छ ।
युएसएआईडी तथा इन्टरनेशनल फेडरेशन अफ इलेक्ट्रोल सिस्टमस्को सहयोग तथा बागमत्ती सेवा समाज नेपाल सर्लाहीको आयोजना र मधेश जागरण अभियान नेपाल बर्दिबास महोत्तरीको स्थानीय आयोजनामा भएको कार्यक्रममा जिल्ला मतदाता मञ्चको पुर्नगठन गरिएको हो ।
जिल्लामा अवस्थित निर्वाचन, लोकतन्त्र, मानवअधिकार, सुशासन, उद्योग व्यवसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार महासंघ सहित सञ्चारकर्मीहरु र विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु राखेर यो मतदाता मञ्चको गठन गरिएको बागमत्ती सेवा समाज नेपाल सर्लाहीका परियोजना संयोजक प्रमोदकुमार महतोले जानकारी दिनुभयो ।
परियोजना संयोजक महतोले जिल्लामा नागरिकताबाट बञ्चित तथा फोटोसहितको मतदाता नामावलीमा दर्ता कार्यबाट बञ्चित भएका स्थानीयहरुलाई यी दर्ता कार्यमा सहयोग गर्न तथा चुनावको समयमा मतदाताहरुलाई सहज ढंगले मतदान कार्यमा पहुँच भए÷नभएको कार्यको सहजीकरण मतदाता मञ्चले गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र, निर्वाचन, मानवअधिकार र मतदाता शिक्षा सम्बन्धि स्थानीयस्तरमा सूचना, अनुभव र ज्ञान आदानप्रदान गर्नका लागि साझा थलोको रुपमा मतदाता मञ्च रहेको छ ।’ जिल्ला प्रशासनले दिने नागरिकता प्रमाणपत्र तथा निर्वाचन कार्यालयले दर्ता गर्ने फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्न सहयोग गर्ने मुख्य काम पनि यो मञ्चले गर्ने उहाँको भनाई थियो ।
महोत्तरी जिल्लामा रहेको ६ वटा निर्वाचन क्षेत्रको तिन नगरपालिका र ६६ गाउँ विकास समितिमा २०६८ को जनसंख्या अनुसार १६ वर्ष र सो भन्दा माथि ३ लाख ६५ हजार ९९ जना रहेका छन् जसमध्ये २ लाख ९१ ह्जार ८ सय १५ जना फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकिएको जिल्ला निर्वाचन कार्यालयको तथ्याँकमा उल्लेख रहेको जानकारी परियोजनाका महोत्तरी संयोजक नागेन्द्रकुमार कर्णले दिनुभयो । उहाँले वैशाखको पहिलो सातादेखि जिल्लाको एक नगरपालिकासहित ६० गाविसमा जिल्ला निर्वाचन कार्यालयले विशेष अभियान चलाएपनि अहिलेसम्म जिल्लामा ६९ हजार ३ सय ६३ जना मतदानको अधिकारबात बञ्चित हुन सक्ने देखिएको जिकिर गर्नुभयो ।
सो मतदाता मञ्च पुर्नगठन कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी पिंकी रायले पुर्नगठित जिल्ला मतदाता मञ्चका पदाधिकारीहरुलाई शुभकामना दिनुहुदै जिल्लामा फोटोसहितको मतदाता नाम दर्तामा छुट भएकाहरुलाई ल्याउन पहल गर्नुपर्ने वताउनुभयो । उहाँले नागरिकता र मतदाता नाम दर्तामा सहजीकरणको लागि मञ्चको योगदान महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल, प्रयास महोत्तरीका प्रविणकुमार कर्ण, नैन्ही गाविसका सचिव राजेशकुमार शर्मा, एकिकृत माओवादीका सत्येन्द्र यादव, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, तराई मधेश लोकतान्त्रिक पार्टीका हरिनारायण मण्डल, मतदाता मञ्चका संयोजक हरिप्रसाद मण्डलले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
परियोजनाले जिल्लाको दश गाविसमा मतदाता शिक्षा, मतदानमा सहभागीता र नेपाल नागरिकता प्रमाणपत्रमा सहयोग कार्यक्रम गर्दै आएको छ ।

गठन पश्चात सामूहिक फोटो |