सुन्दरी प्रतियोगिता र मधेश suga mahottari
सुन्दरी प्रतियोगिता र मधेश
नागेन्द्रकुमार कर्ण्
भदौं २३ को मधेशवाण्ाी पत्रिकामा निस्केको
हालै नेपालमा मिस नेपाल प्रतियोगिता सकिएको छ । यसपालिको मिस नेपाल प्रतियोगिता (सुन्दरी प्रतियोगिता) मा कुनै पनि हो(हल्ला सुनिएन । शान्तिपूर्ण्ा तवरबाट यो सम्पन्न भयो । विगतका वर्ष्ाहरुमा यस्ता प्रतियोगिताको हल्ला चलेदेखि नै मिडियामा बादविवाद प्रतियोगिताको शुरुवात हुन्थ्यो । विद्यालयमा विद्यार्थी बिच पक्ष्ा र विपक्ष्ामा गरिने तर्क जस्तै । कसैले यो सुन्दरी प्रतियोगिता भनेको महिलालार्इ बाजारमा किनबेचको लागि राखिने पशु भmै तुलना गरेर यो आैचित्यहिन भएको तर्क राख्दै यो हुनुनपनर्े तर्क दिन्थे भने कतिपय यस्ता प्रतियोगिताहरुले महिलाको सर्वाङ्गिण्ा विकासमा मद्दत पुरयाउँछ र महिला हरेक क्ष्ोत्रमा अगाडी बढछन् भन्ने बिचार राख्थे । यति मात्रै होइन, 'मुण्डे मुण्डे मतिर्भिन्ना' भmै हरेकले आ(आफ्नो तर्क नै राम्रो रहेको जिकिर गथर्े । यसकै कारण्ा विगतमा दुर्इ वर्ष्ा यस्ता प्रतियोगिता हुन नपाएको यर्थातता सबैको सामु छर्लङ छ । दुर्इ चार वर्ष्ामै कसरी नेपालमा यस क्ष्ोत्रमा विकास भयो त ? बिना हो(हल्ला, बिना तर्क(वितर्क, बिना पक्ष्ा(विपक्ष्ा कसरी हालै सुन्दरी प्रतियोगिता सम्पन्न भयो त ? कौतुहुलको विष्ाय बन्न थालेको छ । समय परिवर्तनशिल छ । समय अनुसार हिडनु नै वुद्धिमानी हो भन्ने यर्थातता यस प्रकारका प्रतियोगिताहरुले सिकार्इसकेको बुभmन कठिन छैन् । यस्ता प्रतियोगिताहरुले महिला भित्रका प्रतिभाहरुलार्इ बाहिर ल्याउन मद्दत गर्छ भने महिलाहरुलार्इ यसकै माध्यमबाट समाजसेवा लगायत महिलाका क्ष्ोत्रमा समेत उपयोग गर्न सकिन्छ । अब सुन्दरी प्रतियोगितामा अब्बल आउनका लागि व्युटी मात्रै नभर्इ ब्रेनको समेत उत्तकिै महत्व दिन थालिएको छ । कयौं चरण्ा पार गरेपछि बल्ल उनलार्इ सुन्दरी धोष्ाण्ाा गरिन्छ । यसै कारण्ाले नेपालमा सुन्दरी प्रतियोगिताहरुको आयोजना विस्तारै बढ्दै गएको छ । सुन्दरी प्रतियोगिता अब पश्चिमी सभ्यता मात्रै रहेन, अब शनै शनै: सबैतिर फैलिदै र भmाँगिदै गएको छ । मिस युनिभर्स बन्ने सपना अब नेपाली चेलीहरुले समेत देख्न थालेका छन् र भविष्यमा बन्लान् पनि । नेपालमा अब यस्ता प्रतियोगिताहरु क्ष्ोत्रिय, जातिय रुपहरुमा मात्रै होइन अब त हरेक क्ष्ोत्र, तप्कामा हुन थालेका छन् । अहिले त बाल, युवा, लगायतका नाममा समेत यस्ता प्रतियोगिताहरु गरिन थालिएको छ । पटक पटक यस्ता प्रतियोगिताहरु आयोजना हुँदा एकहप्ता सम्म महिलाअधिकारवादीहरुको टिकाटिप्पण्ाी हुन्थ्यो तर अचेल यस्ता टिकाटिप्पण्ाीहरु मन्द पर्दै गएको छ । शारीरिक प्रर्दशनले यस्ता प्रतियोगितालार्इ केही असहज बनाए पनि अब यस्ता प्रतियोगिताहरु शारीरिक रुपमा मात्रै सुन्दर भएर जितिदैंन् भन्ने कुरा बढदै गएपछि सहज र सरल रुपमा यसलार्इ लिन थालिएको छ । यसै कारण्ाहरुले गर्दा होला यस्ता प्रतियोगिताहरु अब क्ष्ोत्रिय, जातिय, नगर हरेक ठाउँमा हुन थालेका छन् । यो जरुरी पनि छ, किनकी नेपाल विविधता युत्तm देश हो । चार वर्ण्ा छत्तसि जातको पुmलबारी हो भनेर भनिएको छ । त्यसैले हरेक तह, तप्का, वर्ण्ाको पहिचान, स्वाभिमान, उनीहरुलार्इ अगाडी ल्याउन यस्ता प्रतियोगिताहरुले एक महत्वपूर्ण्ा भुमिका खेल्ने गरेको छ । पुmलबारीमा जति पुmल हुन्छ त्यसको त्यत्तकिै नै महत्व हुन्छ र सबैले आ(आफ्नै सुवास दिइरहेका हुन्छन् । तर अहिले सम्म मधेशमा यसलार्इ सहज रुपमा लिइएको पाइदैन् । मधेशमा अहिले पनि यसलार्इ अंग प्रर्दशनको रुपमा मात्रै लिइएको पाइन्छ । यसका विभिन्न कारण्ाहरु हुन सक्छन् । सदियौंदेखि दासताको जंजिरमा जकडिएका मधेशमा अहिले पनि चेतना र पुरानो मानसिकताको स्तर माथि उठन सकेको छैन् । अहिले पनि मधेशमा चेलीबेटीहरुलार्इ हेनर्े द ृष्टिकोण्ामा परिवर्तन आएको छैन् । अहिले पनि छोराछोरीमा भेदभाव कायमै छ । दहेज लगायतका कारण्ाहरुले गर्भमै हत्या गनर्े परिपाटीको विकास भएको देखिएको छ । अभmै घर बाहिर चेलीहरुलार्इ निस्कनुपर्दा एउटा पुच्छर (कुनै पुरुष्ा आफन्तलार्इ) लगाइएकै हुन्छ । अहिले पनि गाउँ भन्दा बाहिरका विद्यालयमा चेलीबेटीलार्इ पढन दिइदैन् । अहिले पनि चेलीबेटीलार्इ घरको काम धन्दा गनर्े र अर्काको घर जाने सोच रहेको छ । अहिले पनि चेलीबेटी घरबाहिर निस्कयो भने खानदानको नाक जान्छ भने भावना छ । यसले समेत मधेशका चेलीहरुलार्इ पछाडि पानर्े काम गरिएको छ । के मधेशका चेलीहरु एक्लै हिड्न सक्दैन त ? के उनीहरु कमजोर नै छन् त ? तर सत्यता यो चाही होइन । मिस तरार्इको आयोजना पश्चात मधेशका चेलीहरु समेत कुनै तहमा, कुनै क्ष्ोत्रमा पछाडी छैन भन्ने सन्देश जोडदारमा उठाएको पाइन्छ । मलार्इ लाग्छ मिस तरार्इको आैचित्यता त्यो पनि हो । जोखिमबाट बच्न तथा सुरक्ष्ाित हुन एउटा पुच्छर राख्ने कदम राम्रो रहे पनि स्वतन्त्रताको हकबाट एकातफ उनीहरु बन्चित हुने गरेको यर्थाततालार्इ स्विकानर्े पनर्े हुन्छ । मधेशमा भाइबहिनी हाँसो ठट्टा गदैर्े कहि गइरहेको देख्यौ भने पनि गलत सोच राख्नेहरुको संख्या कम छैन् । कुरै नबुभmी उनिहरुलार्इ प्रेमी प्रेमिका ठान्न थाल्छन् । अहिले पनि कुनै केटासंग बोल्यो भने त्योसंग लसपस परेको ठानिन्छ । यर्थातता यो रहे पनि बुभmनेको पनि दोष्ा होइन यो त यताको संस्कार, प्रव ृत्तहिरुको दोष्ा रहेको छ । यताका चालचलन, रीतिरिवाज रहेको छ । यसको अर्थ यो होइन कि आफ्ना रीतिरिवाजलार्इ त्याग्नुपर्छ, आफ्ना चालचलनलार्इ हटाउनुपर्छ । समयानुकुल हिडनु नै वुद्धिमानी हो । त्यस्ौले यस्ता कुराहरुलार्इ समयानुकुल परिवर्तन गरी अभिभावकहरुले समेत यसप्रति छोराछोरीलार्इ हौस्याउनुपर्छ । अभिभावकहरुले यसलार्इ हटाउन पुरानो मानसिकतालार्इ त्याग्नु आवश्यक छ भने यस्ता त्रिmयाक्लापबाट हुन सक्ने फाइदा वेफाइदाबारे समेत जनचेतना जगाउनुपर्छ । त्यस्तै मधेशका चेलीहरुमा समेत यस प्रति रुचि र भावना जगाउनुपर्छ ।