भ्रष्टाचारका विरुद्ध mahottari

भ्रष्टाचारका विरुद्ध आमरण्ा अनसन महोत्तरी समाचारदाता जलेश्वर, भदौं २६ गते । महोत्तरी जिल्लाको बनौलीदनौली गाउँ बिकास समितिका तिनजनाले सोमवारदेखि भ्रष्टाचार विरुद्धको अभियानमा सदरमुकाम जलेश्वरमा आमरण्ा अनसन सुरु गरेका छन्‍ । जलेश्वरको दुर्गा चोकमा बनौलीदनौली(५का शारदा भुष्ााल भmा, सोही गाविस(१ का सन्त दास र सोही गाविस(९ का रामदुलारीदेवी मण्डलले भ्रष्टाचार विरुद्धको अभियानमा आमरण्ा अनसन थालेका हुन्‍ ।सरकारले गाउँको विकासको निमित्त दिएको अनुदान रकममा विगत चारवर्ष्ादेखि भ्रष्टाचार हुँदै आएपनि सम्बन्धित निकायले चासो नदिएकाले वाध्य भर्इ आमरण्ा अनसन गनर्ु परेको भ्रष्टाचार विरुद्ध संघर्ष्ा समिति बनौलीदनौलीका संयोजक समेत रहनुभएकी शारदाभुष्ााल भmाले बताउनुभयो । उहाँले पटक पटक १७ सुत्रिय माँग राख्दै विभिन्न निकायमा गएपनि सुनुवार्इ नभएपछि वाध्यभएर अनसन थाल्नु परेको बताउनुभयो । सो त्रmममा सो गाविसका सयौ महिलापुरुष्ा सहभागीहरुले हौसला दिदै अभियानलार्इ सुचारु राख्न हौस्याएका थिए । गाविसमा सचिव र दलीय संयन्त्रका प्रतिनिधिहरुले काम नै नगरी अनुदान रकम भागवण्डा गरेर हजम गर्न थालेपछि उनीहरु आन्दोलित भएका हुन्‍ । यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्‍कर अर्यालले भने भ्रष्टाचार बिरुद्ध परेका उजुरीहरुबारे गम्भीरताका साथ छानबिन भर्इरहेको जानकारी दिनुभयो ।यसअघि अनसनकारी महिलाहरुले जिल्ला प्रशासन कार्यालयबाट जुलुस प्रदर्शन गर्दै नगरपरित्रmमापछि अनसन स्थल दुर्गाचोक पुगेका थिए ।