भ्रष्टाचार गनर्े गाबिस सचिव निलम्बनमा

भ्रष्टाचार गनर्े गाबिस सचिव निलम्बनमा महोत्तरी समाचारदाता जलेश्वर, भदौ २९ गते । महोत्तरी जिल्लाको बनौलीदनौली गाउँ बिकास समितिका सचिव शत्रुधन मिश्रलार्इ आर्थिक अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । सो गाबिसका सचिव मिश्रलार्इ निलम्बन गनर्े माँग सहित आमरण्ा अनसन जारी रहेकै बेला उनी निलम्बनमा परेका हुन्‍ । गाबिसमा भएको आर्थिक अनियमितताबारे छानविनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो गाबिसका सचिव मिश्रलार्इ निलम्बन गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । सचिब मिश्रले २०६४ साल यता दलीय संयन्त्रका प्रतिनिधि र उपभोत्तmा समितिका पदाधिकारीसंगको मिलोमतोमा लाखौं रकम अनियमितता गरेको बारे परेको उजुरीका आघारमा उनलार्इ निलम्बन गरिएको जानकारी प्राप्त भएको कार्यालयका प्रशासकीय अधिक ृत नागेन्द्र प्रसाद चौधरीले बताउनुभयो । बनौलीदनौली गाबिसमा आर्थिक अनियमितता भएको भन्दै, सो बारे छानविन र कारवाहीको माग गर्दैं सोही गाबिसका शारदा भुष्ााल भmा, सन्त साह र रामदुलारी देवी गत आइतबारदेखि आमरण्ा अनसनमा बसेका छन्‍ । सो गाबिसमा आर्थिक अनियमितता भएको बारे जिल्ला प्रशासन कार्यालयले पनि छुट्‍टै छानविन समिति गठन गरेर खोजविन गरिरहेको जनाएको छ । जिल्ला प्रशासनले प्रशासकिय अधिक ृत नागेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा सरकारी वकिल कार्यालयका एकजना तथा रातो नदि नियन्त्रण्ा कार्यालयका एकजना गरी तिनजनाको टोली राखेर छानविन समिति गठन गरेको हो । समितिले ४५ दिनभित्र छानविन गरी प्रतिवेदन सार्वज्ानिक गनर्े छ । अनुसन्धानका क्रममा दोष्ाी देखिनेहरुमाथि तत्काल कारवाही सुरु गरिने छानविन समितिका संयोजकसमेत रहेका प्रशासकीय अघिक ृत चौधरीले जानकारी दिनुभयो ।यता भ्रष्टाचारको विरोधमा तथा अनसनको समर्थनमा बिहीबार समेत जुलुस प्रर्दशन गरिएको छ । माँग पुरा भएको भनिए पनि अनसनकारीहरुले अहिले सम्म अनसन भने जारी राखेका छन्‍ । उनीहरुले ठोस कार्यान्व्ायन नभए सम्म अनसन जारी राख्ने जनाएका छन्‍ ।