देश, विकास र मधेशको प्रव ृत्त नागेन्द्रकुमार कर्ण्
देश अहिले जनकपुर जयनगर चलिरहेको रेल कै अवस्थामा रहेको छ । हरेक क्ष्ोत्र लथालिङ्ग छ । जे गरे पनि हुने मानसिकताले बास गरेको छ । राजनीतिक तवरले देश अभmै ठप्पको अवस्थामा रहेको छ । संविधान निर्माण्ा गर्न पठाइएका हाम्रा सभासदहरु अतिरिक्त लाभका लागि हदै सम्मको क ृक ृत्य गरिरहेको देखिएको छ । त्यसमा पनि मधेशका नेताहरु त अग्रपंत्तmिमै देखिएका छन्‍ । भनिन्छ, एक्कासी कुनै वस्तुको लाभ वा खुसी भेट्‍यो भने मान्छे खलवलिन्छ र त्यस्तो अवस्थामा उनले हदै सम्मको काम गर्न थाल्छ, । यस्तै प्रव ृति मधेशका सभासदहरुमा देखिएका छन्‍ । कहिल्यै जित्न आँट नगरेकाहरु एक्कासी संविधानसभामा पुगेपछि उनीहरु भासिएका हुन्‍ र हदैसम्मका क ृक ृत्य गरिरहेका छन्‍ । त्यत्त िमात्र होइन उनीहरु कानुनको समेत उपहास गरी आफुले जे गरेपनि हुने भन्ने मानसिकताले समेत ग्रस्त भएको देखिएको छ । गाडी नदिएको बहानामा कुटपिट गनर्े, आफ्नो परिक्ष्ाामा अरुलार्इ बस्न लगाउने, रातो पासपोर्टको दुरुपयोग गनर्े लगायतका कार्य यसैको उपज हो । त्यत्तकिै नभर्इ कुर्सीको लागि त आफ्नो पार्टी पुmटाउन समेत उनीहरुमा एकरत्त िहिचकिचाहट देखिन्न्‍ । त्यसैले होला अहिले सम्म मधेशवादीदलहरु सिसाको टुत्रmा सरी टुत्रिmएका छन्‍ । तर विस्तारै विस्तारै देश रेल्वेको लिकमा आइरहेको आभास भइरहेको छ । सुडान घोटालामा विशेष्ा अदालतले थालेको कामकारवाहीले गर्दा अबका दिन राम्रै गरी व्यतित हुने र न्याय अब चाँडै सबैले पाउने आशा समेत जगाएको छ । तर सो काण्डका हर्ताकर्तालार्इ केही नभएबाट र कमजोरहरु बलिका बोका बनाइएबाट अभm यस प्रति जनता भने संशकित नै छ । हाम्रा छिमेकी मुलुक भारतमा अन्ना हजारेले त भ्रष्टाचारको विरुद्ध गान्धीको शैलीमा नै अनसन थाली भारत सरकारलार्इ घुँडा टेक्न वाध्य बनायो । तर नेपालमा सो भन्दा पनि प्रभावकारी र उन्नत किसिमका अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहे पनि यसको कार्यान्वयन पक्ष्ा फितलो रहेका कारण्ा अब नेपालमा पनि यस्ता किसिमका गान्धीवादी आन्दोलनको जरुरत महसुस हुन थालेको देखिएको छ । राजनीतिक अवस्था डामाडोल रहेको अवस्थामा यस्ता आयोगहरुको काम कारवाहीले नै जनतामा आश, भरोसा जगाउने र यस्ता आयोगले नै मानवअधिकारको प्रत्याभूति दिर्इ दण्डहिनतालार्इ रोक्न मद्दत पुरयाउने देखिन्छ । देशमा आफै धामी आफै बोक्सीको भनार्इ चरितार्थ गर्न हाम्रो दिग्गज नेताहरु लागि परेकै कारण्ा कानुन र नीतिको हविगत यस्तो भएको छ । देशमा लागु गरिएका नीति तथा अन्तरिम संविधानलार्इ मात्रै आधार बनाएर कार्यान्वयनमा लगियो भने अधिकाँश मानवअधिकार हननका घटना रोकि दण्डहिनताको अन्त्य हुने देखिन्छ तर हाम्रा नेताहरुमा त्यस्तो मनस्थिती नरहेको देख्न सकिन्छ । आफै कारवाहीमा फस्न सक्ने र जेल जान सक्ने भएकोले नै उनीहरुले यसरी डराएका हुन्‍ । नेताहरुले राजनीतिबाट माथि उठेर आउने सन्ततीको लागि भएपनि नजिर स्थापना गर्न चाँडै नै नीति, नियम र आयोगलार्इ कार्यान्वयनपक्ष्ामा फराकिलो तवरले लानुपनर्े आवश्यकता अहिले टड्‍कारो देखिन्छ । देशमा संत्रmमण्ाकालीन अवस्थाकै कारण्ा विकासको गति पनि सुस्त नै रहेका छन्‍ । विकास जति हुनुपनर्े हो त्यत्त िभने नभएको आभास भइरहेको छ । त्यसमा पनि असारे प्रव ृत्तलिे गर्दा त देशको समग्र विकासमा नै नकारात्मक असर पारेको छ । जे सुकैको विकासको कार्य भने असारमै हुने प्रव ृति रहेको छ । यसले भ्रष्टाचारलार्इ समेत मलजल गरेको देखिन्छ । असारे प्रव ृत्तकिो विकास सबभन्दा बढी मधेशमा भएको पाइन्छ । त्यही कारण्ाले होला मधेश अहिले सम्म पछाडीको पछाडी नै रहेको छ । सर्वप्रथम विकास के हो त ? भन्ने बारेमा बुभmन जरुरी रहेको छ । विकास बारे नजान्ने शायदै कोही होलान तर विडम्बना नै भन्नुपर्छ मधेशमा सडक, विद्यालय, लगायतका कार्यहरुलार्इ मात्रै समग्र रुपमा विकासको परिपाटीको रुपमा हेनर्े चलन रहेको छ । साँच्चिकै विकासको अर्थ के हो त ? सडक र विद्यालयको विकास मात्रै विकास हो त ? यो बारे बुभmन जरुरी रहेको छ । विकासको अर्थ व्यापक छ तर नेपाली शब्दकोष्ाले विकासको अर्थ यसरी देखाएको पाइन्छ,' क्रमश: बढ्‍दै वा सुधि्रदै गएको स्थिति, उन्नति, उत्त्ारोत्तर प्रगति, क्रमिक परिवर्तन, हुकर्ेको वा सप्रेको अवस्था, व ृद्धि ' । अर्थात कुनै पनि कुराहरुहरुमा सुधार आउनु नै विकास हो भनेर बुभmन सकिन्छ । सुधारको अर्थ अलिकति वा बढीसंग गाँसिएर हेर्न सकिदैंन्‍ । अलिकति वा बढी आफै एउटा विकासको मापन होइन । जो छ त्यो भन्दा अभmै राम्रो हुनु, त्यसमा अभm परिस्क ृत हुनु, त्यसमा अभm विकसित हुनु, नै विकास हो भनेर भन्न सकिन्छ । यसरी हेर्दा मधेशमा विकासको लहर भने आउन नसकेको भान हुन्छ । सामुदायिक विद्यालयमा विकासको लागि सरकारले विद्यालय व्यवस्थापन समिति गठन गनर्े नीति ल्यायो तर मधेशमा यसले भmन हिंसा र मारकाटलार्इ बढावा दिएको छ । के विद्यालय सुधारको लागि ल्याइएको व्यवस्थापन समिति नै विकास हो त ? पहिला पनि हरेक विद्यालयमा सञ्चालन समिति हुन्थ्यो त्यसको काम पनि विद्यालयमा शिक्ष्ााको बातावरण्ा बनाउनु हुन्थ्यो तर लेवर मात्रै परिवर्तन गरिएको भए पनि विद्यालय व्यवस्थापन समितिलार्इ पहिले भन्दा बढी अधिकार सुम्पिए पछि यो समितिले अभmै तरार्इमा वा मधेशमा हिंसालार्इ बढावा दिएको छ । अहिले अपवाद बाहेक मधेशका कुनै पनि विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शिक्ष्ाालार्इ सुधार्न नसकेको यर्थातता कसैसंग लुकेको छैन्‍ । विद्यालय व्यवस्थापन समितिले आफ्नो मान्छेलार्इ विद्यालयमा शिक्ष्ाक नियुत्तmि गनर्े, कुनै शिक्ष्ाकले विरोध जनाए उसको सरुवा गनर्े, विद्यार्थीको कुनै बौद्धिक ज्ञान बढाउने कार्य नगरी विद्यालयलार्इ राजनीतिको अखाडा बनाएर नै विकास हुन्छ भने यस्तो विकासको आैचित्यतामाथि नै अब प्रश्न उठाउने बेला आइसकेको छ । विद्यालयमा शिक्ष्ााको वातावरण्ा बनार्इ राम्रो र गुण्ास्तरीय शिक्ष्ाा दिने विकासको परिपाटी कहिले वसाउने भन्ने कुरामा अब बहस हुनु जरुरी भइसकेको छ । अब विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले यस्ता कुरामा ध्यान दिनु अहिलेको प्रमुख र एकमात्र आवश्यकता रहेको बोध गरी यसलार्इ राजनीतिबाट टाढा राख्न हरसम्भव पहल गनर्ुपर्छ । सरकारले विद्यालयलार्इ शान्तिक्ष्ोत्र घोष्ाण्ाा गरिसकेको अवस्थामा पनि यस्ता कार्यहरु विद्यालयमा भइरहेको देख्न सकिन्छ ।त्यस्तै मधेश क ृष्ाि प्रधान भएको क्ष्ोत्र हो । अन्नको भण्डारको रुपमा मधेशलार्इ हेनर्े गरिन्छ तर यहाँ सडक, सिँचाइको समुचित विकास भने भएको पाइदैन । यहाँ हरेक वर्ष्ा सडकमा करौडौ खर्चिन्छ तर पछि हात ल्ााग्यो शुन्य भmै हुन्छ । मधेशको हरेक गाउँमा सडक निर्माण्ा हुन्छ, चाहे त्यो अलिकति नै किन नहोस्‍, देखाउनकै लागि किन नगरुन, तर त्यो असारमा मात्रै गनर्े परिपाटीले गर्दा साउन भदौमा परेको पानी र आएको बाढीले सबैलार्इ जस्ताको त्यस्तै बनाइदिन्छ । यसरी विकास भएको भनिए पनि विकास कागजमा मात्रै सिमित भएको पाइन्छ । भनिन्छ, भ्रष्टाचार गनर्ु छ भने सडक निर्माण्ा गरिदिए पुग्छ ? सत्यता यसमा कति हो, सबैले बुभmेकै कुरा हुन्‍ यसको लागि थप कुरा भन्नै पर्छ भने पनि छैन । राजा गए, प्रजा आए तर पनि स्थिती त्यस्तै हात्ती आयो हात्त िआयो पुmस्स । तर अहिले सम्म मधेशले कुनै पनि कुरामा फड्‍को मार्न नसकेको र विकास पनि गर्न सकेको सत्य हो त ? भन्ोर प्रश्न उठन सक्छ । तर सत्य त्यस्तो चाही होइन । अहिले मधेशले थु्रपै कुरा पाएका छन्‍ तर त्यसता कुरालार्इ संस्थागत गर्न नसकेकोले नै मधेशको यो हविगत भएको हो । एेतिहासिक मधेश आन्दोलन पश्चात मधेशले पहिचानका साथसाथै विभिन्न क्ष्ोत्रमा अवसरहरु पाएका छन्‍ तर मधेशीका स्वार्थीगत प्रव ृत्त िर आफैमा सिमिति राख्ने परिपाटीले पाएर पनि गुमाउने बढी देखिएको छ । मधेशले गण्ातन्त्र पश्चात केही कुराहरु पाए पनि त्यसलार्इ अनुकुल बनाउन नसक्दा पनि यहाँ विकासका लहर आउन नसकेको हो । यहाँ लोकसेवा आयोगले समावेशी विज्ञापन निकाल्न थालेपछि केही परिवर्तनको आश पलाए पनि आखिर सबै त्यस्तै जुन जोगी आए पनि कानै चिरेका जस्ता देखिए । मात्र, मै खाउँ मै लाउँ..भएको छ । लठ्‍ठी राख्न दिएपछि आपुmलार्इ हबल्दार बुभmने प्रव ृत्त िकायमै छ । मधेशका अधिकाँश जिल्लामा बढी मधेशी कार्यालय प्रमुखहरु रहेका छन्‍ तर पनि अपवाद बाहेक उनीहरुमा विकास गनर्े लक्ष्य छैन्‍, उनीहरुलार्इ मधेशलार्इ कसरी अगाडी बढाउने सोच छैन्‍, मधेशका धरोहर, सम्पत्तलिार्इ कसरी रक्ष्ाा गर्न सकिन्छ भन्ने ज्ञान पनि छैन मात्र उनीहरु थप मधेशलार्इ नै लुट्‍ने, थिर्चोने गरेको देखिएको छ । यो कतिको सत्य हो यो त भुत्तmभोगीले मात्रै बुभmेका हुनुपर्छ । रातपछि दिन आउँछ, चिसो पछि गर्मी आउँछ, दु:ख पछि सुख आउँछ भन्ने कुराको हेक्का राख्न नसक्नेहरु बिलाएर जाने भएकोले यसलार्इ अब पनि मधेशका नेता तथा सरोकारवालाहरुले हेक्का नराखे मधेश पुन: पछाडी पनर्ेमा कुनै शंकै छैन्‍ । मैथिल सन्देश साप्ताहिकमा भदौ २२, २०६८ मा निस्केको द एक्सक्लुसिभमा भदौ २५, २०६८ मा निस्केको