विषाक्त पानीले गाउँमा समस्या

विषाक्त पानीले गाउँमा समस्या

बर्दिवास, २९ माघ । महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा जिल्लाका १४ गाविसका बासिन्दा विषाक्त पानीको संसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ । मुहानमा औरही नाउँबाट सुरु हुने यो नदीमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविस बासिन्दा प्रभावित भएका हुन् । धनुषा जिल्लाको चुरे शृङ्खलामा मुहान रहेको औरहीे नदीको महेन्द्रनगरस्थित मङ्गलपुरमा नदी किनारमै २०४२ सालमा स्थापित एभरेस्ट पेपर मिल्सले उद्योगबाट निस्कने दूषित झोलपदार्थ नदी प्रवाहमा मिसाइदिँदा नदीको पानी नै कालो भएको छ । सो प्रदूषित झोल नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म जिल्लाका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको संसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् । ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो । धनुषा जिल्लाको चुरे शृङ्खला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ । महोत्तरी जिल्लाका हरिहरपुरहरिनमरी, महदैयातपनपुर, खुट्टापिपराढी, पडौल, बदियाबन्चौरी, भ्रमरपुरा, सहोड्वा, पिपरा,  महोत्तरी, पिगौना, इकरहिया, धिरापुर, सिमरदही र मटिहानी गाविस यो विषाक्त पानीबाट प्रत्यक्ष प्रभावित रहेका ‘महोत्तरी जोगाऔँ’ अभियानमार्फत वातावरण क्षेत्रमा कार्यरत रहँदै आउनुभएका जिल्लाकै सुगाभवानीपट्टीका बासिन्दा सुरेश पाण्डेयले बताउनुभएको छ । यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएका छन् । मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ । कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँड्डुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताउनुभयो । पेपर मिल्स स्थापनायता दूषित पानी शुद्धीकरण गर्न विभिन्न सामाजिक सङ्घसंस्था र वातावरण क्षेत्रका अभियन्ताहरूले निरन्तर दबाब बढाए पनि उद्योग र दुवै जिल्लाका स्थानीय प्रशासन सोबारे उदासीन रहँदै आएका आम टिप्पणी सुनिने गरेको छ । विषाक्त पानीलाई नदीबाहेक अन्तै प्रवाह गर्न वा पानी शुद्धीकरण गर्न बढेको दबाबबीच नै २०५८ सालमा जनहित संरक्षण मञ्च काठमाडाँैसहितका संस्थाले दिएको रिटमा सर्वोच्च अदालतले २०६१ साल साउनमा नदीमा प्रदूषित पानी प्रवाह नगर्न आदेश दिए पनि उद्योग र स्थानीय प्रशासनले केही वास्ता नगरेको जिल्लावासीले बताएका छन् । सधैं माछा र अन्य जलचर विचरण गर्ने सो नदीमा अब जीव भने केही नरहेका आसपासका बासिन्दाको भनाइ छ । अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको जिल्लाकै हरिहरपुरहरिनमरी गाविसका निवर्तमान अध्यक्ष तथा ‘बिग्ही बचाआँै’ अभियानका अगुवा रमेश यादवको गुनासो छ । स्थानीय प्रशासनको मौनता र उद्योगको बेवास्ताले सर्वोच्चको आदेश पालना नभएको जिल्लाका बुद्धिजीवीको धारणा छ । जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको दूषित पानी सफा गर्न वा बहाव परिवर्तन गराउन तत्काल उपल्लो निकायले पहलकदमी लिनपर्ने आवश्यकता देखिएको नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको भनाइ छ । यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले योबारे उद्योग र धनुषा प्रशासनसँग समन्वय गरिने जानकारी दिनुभयो । उता उद्योगले भने आपूmले नदीमा प्रवाह गराएको प्रयोगहीन केमिकलको झोल विषाक्त वा दूषित नरहेको दाबी गर्दै आएको छ । गोपालप्रसाद बराल - See more at: http://www.sambadmedia.com/?p=73931#sthash.p3M0mxwm.dpuf

विषाक्त पानीले गाउँमा समस्या

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
paniबर्दिवास, २९ माघ । महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा जिल्लाका १४ गाविसका बासिन्दा विषाक्त पानीको संसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ ।
मुहानमा औरही नाउँबाट सुरु हुने यो नदीमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविस बासिन्दा प्रभावित भएका हुन् ।
धनुषा जिल्लाको चुरे शृङ्खलामा मुहान रहेको औरहीे नदीको महेन्द्रनगरस्थित मङ्गलपुरमा नदी किनारमै २०४२ सालमा स्थापित एभरेस्ट पेपर मिल्सले उद्योगबाट निस्कने दूषित झोलपदार्थ नदी प्रवाहमा मिसाइदिँदा नदीको पानी नै कालो भएको छ । सो प्रदूषित झोल नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म जिल्लाका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको संसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् ।
ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो । धनुषा जिल्लाको चुरे शृङ्खला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ ।
महोत्तरी जिल्लाका हरिहरपुरहरिनमरी, महदैयातपनपुर, खुट्टापिपराढी, पडौल, बदियाबन्चौरी, भ्रमरपुरा, सहोड्वा, पिपरा,  महोत्तरी, पिगौना, इकरहिया, धिरापुर, सिमरदही र मटिहानी गाविस यो विषाक्त पानीबाट प्रत्यक्ष प्रभावित रहेका ‘महोत्तरी जोगाऔँ’ अभियानमार्फत वातावरण क्षेत्रमा कार्यरत रहँदै आउनुभएका जिल्लाकै सुगाभवानीपट्टीका बासिन्दा सुरेश पाण्डेयले बताउनुभएको छ ।
यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएका छन् । मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ ।
कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँड्डुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताउनुभयो ।
पेपर मिल्स स्थापनायता दूषित पानी शुद्धीकरण गर्न विभिन्न सामाजिक सङ्घसंस्था र वातावरण क्षेत्रका अभियन्ताहरूले निरन्तर दबाब बढाए पनि उद्योग र दुवै जिल्लाका स्थानीय प्रशासन सोबारे उदासीन रहँदै आएका आम टिप्पणी सुनिने गरेको छ ।
विषाक्त पानीलाई नदीबाहेक अन्तै प्रवाह गर्न वा पानी शुद्धीकरण गर्न बढेको दबाबबीच नै २०५८ सालमा जनहित संरक्षण मञ्च काठमाडाँैसहितका संस्थाले दिएको रिटमा सर्वोच्च अदालतले २०६१ साल साउनमा नदीमा प्रदूषित पानी प्रवाह नगर्न आदेश दिए पनि उद्योग र स्थानीय प्रशासनले केही वास्ता नगरेको जिल्लावासीले बताएका छन् ।
सधैं माछा र अन्य जलचर विचरण गर्ने सो नदीमा अब जीव भने केही नरहेका आसपासका बासिन्दाको भनाइ छ । अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको जिल्लाकै हरिहरपुरहरिनमरी गाविसका निवर्तमान अध्यक्ष तथा ‘बिग्ही बचाआँै’ अभियानका अगुवा रमेश यादवको गुनासो छ ।
स्थानीय प्रशासनको मौनता र उद्योगको बेवास्ताले सर्वोच्चको आदेश पालना नभएको जिल्लाका बुद्धिजीवीको धारणा छ । जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको दूषित पानी सफा गर्न वा बहाव परिवर्तन गराउन तत्काल उपल्लो निकायले पहलकदमी लिनपर्ने आवश्यकता देखिएको नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको भनाइ छ ।
यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले योबारे उद्योग र धनुषा प्रशासनसँग समन्वय गरिने जानकारी दिनुभयो । उता उद्योगले भने आपूmले नदीमा प्रवाह गराएको प्रयोगहीन केमिकलको झोल विषाक्त वा दूषित नरहेको दाबी गर्दै आएको छ । गोपालप्रसाद बराल
- See more at: http://www.sambadmedia.com/?p=73931#sthash.p3M0mxwm.dpuf