लैला मजनूको प्रेम ः समर्पण र त्यागको प्रतीक

लैला मजनूको प्रेम ः समर्पण र त्यागको प्रतीक
कुनै प्रेमजोडीलाई उपमा दिनु प¥यो भने हामीबाट अकस्मात निस्कन्छ ‘लैला मजनू’ को जोडी । तर लैला मजनूको कथा के हो त ? धेरैलाई थाहा नहुन सक्छ । तपाईं पनि सुन्ने कि उनीहरुको कथा ?
लैला मजनू पौराणिक कालका भारतीय प्रेम जोडी हुन । उनीहरु धरतीबाट विदा भएको संयौं वर्ष भइसक्यो तर उनीहरुको पिरती अहिले पनि हजारौं युवायुवतीको लागि आदर्श भएको छ । परम्परागत कहानी भएकोले लैला मजनूको बारेमा प्रमाणित इतिहास पुष्टि छैन । उनीहरुको बारेमा विभिन्न मिथक बनेका छन ।
कतिपय प्रेम सम्बन्धलाई परिवारले अस्वीकार गर्दछन । लैला मजनूको जीवनमा पनि यस्तै भएको थियो । जब उनीहरु मायामा डुबेका थिए, लैलाको दाजु र उसको आमाबुबाले उनीहरुको सम्बन्ध अस्वीकार गरेका थिए ।

परिवारले अस्वीकार गरेपनि लैला र मजनू आपसमा सँगै जिउने कसम खाएका थिए । उनीहरुको प्रेममा समर्पण र प्रतिवद्धता थियो । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई औपचारिकता दिने निष्कर्षमा पुगे । अनि आफ्नो गाउँ सिन्धबाट भागेर बिञ्जोर गए । त्यहीँ विहे गरेर सँगै बसे । वर्षो साथै रहे उनीहरु ।
केही वर्षपछि उनीहरुको मृत्यु भयो । परिवारले अस्वीकार गरेपनि उनीहरुको आत्मीय प्रेम र समर्पणलाई अरु धेरैले सम्मान दशाबmसर््एका     थिए । बिञ्जोरवासीले उनीहरुको समाधीस्थल नै बनाइदिए । अहिले पनि हजारौं युवायुवतीहरु यहाँ    पुग्छन । आफूहरुको प्रेम सफल पारिदिन आर्शीवाद माग्छन । विवाहित मानिसहरु पनि उनीहरुको समाधीमा श्रद्धाले शिर निहु¥याउँछन । हिन्दू, मुसलमान, शिख, इसाइ, बुद्धमार्गी सबैले उनीहरुको समाधीमा सम्मान प्रकट गर्दछन ।
लैला सुन्दर र धनी परिवारकी चेली थिइन । राजकीय सुखसयल थियो उनको । उनको परिवार र उनी स्वयं पनि आफूजस्तै सम्पन्न युवकसित विहे होस भन्ने चाहन्थे । तर नियतिको खेल, उनी आफ्नै बालसखा मजनूसितको प्रेममा डुबिन । मजनू गरिब परिवारको थियो । तर प्रेमको सामुन्ने सम्पन्नताले प्रभाव पार्दैन भन्ने कुरा उनीहरुले पुष्टि गरिदिए ।
यता, लैलाको प्रेम सम्बन्ध उनको परिवारले पटक्कै स्वीकारेनन । एउटा धनी युवासित उनको विहे गरिदिए । तर लैला सो युवासित बस्न     चाहिनन । मजनूको प्रेम समर्पणको सामु उनी मुग्ध थिइन ।
परिवारले विहे गराइदिएको पतिबाट भागेर उनी मजनूको साथमा आइपुगिन । दुबैजना बिजौर पुगे । तर यहाँ पनि लैलाको परिवारले दुःख दिन छाडेनन । आखिरमा लैला विछोडको बेदनामा पागल भइन । केही वर्षपछि उनको मृत्यु भयो ।
केही किँवदन्तीमा लैलासित प्रेम सम्बन्ध राखेको अभियोगमा लैलाको पूर्वपतिले मजनूको हत्या गरेको उल्लेख छ । मजनूको हत्या भएको जानकारी पाएपछि लैलाले आत्महत्या गरेको भनाइ छ ।
अहिले उनीहरुको समाधीस्थल रहेको राजस्थानको गंगानगर जिल्लास्थित बिजौरमा हरेक जुन १५ तारिखमा भव्य मेला लाग्दछ । भारत, नेपाल र पाकिस्तानलगायत मुलुकबाट हजारौं मानिस पुग्छन मेलामा । विवाहित जोडी जीवनमा एक चोटी भएपनि यहाँ पुगेमा आपसी प्रेम अमर हुने विश्वास छ ।
मिथक जे सुकै हुन, समग्रमा लैला मजनूको प्रेम कथा पवित्रताले भरिएको छ । प्रेममा धन र सुखसखयलमात्र मापदण्ड होइन भन्ने तथ्य उनीहरुले प्रमाणित गरिदिएका छन ।
अर्थात, प्रेममा समर्पण र त्याग हुन्छ भन्ने सार बोकेका जोडी हुन लैला मजनू । शनिबार प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाइरहँदा हाम्रै छिमेकको लैला मजनूको कथा पनि उत्तिकै सार्थक हुन सक्छ । सलाम लैला मजनू तिमीहरुलाई ।।