सदरमुकाम सहित कच्ची सडक हिलाम्मे
फागुन ४ गते, २०७०
विगत तीनदिनदेखि लगातार परेको पानीले महोत्तरीको सदरमुकाम जलेश्वर हिलाम्मे भएको छ ।
शुक्रबार बिहानैदेखि परेको पानीले गर्दा जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलहरुमा हिलैहिलो भएको छ भने लगातार रुपमा परिरहेको पानीले सर्व साधारणहरु घर बाहिर निस्कन सकेका छैनन् ।

अबिरल रुपमा परेको पानीले जलेश्वरको शंकरचौक, नगरपालिकाचौक, दुर्गाचौक, खैराचौक, बुद्धिजीविचौक, अस्पतालचौक, जिल्ला प्रशासन, जिल्ला विकास समिति, जिल्ला प्रहरी, जिल्ला अदालत, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँहरुमा हिलैहिलो बनाएको छ भने नगरभरि बाटोहरुमा रहेका खाल्डाखुल्डीमा पानी जमेर हिडडुल गर्न समस्या भएको छ ।
लगातारको वर्षाले गर्दा जिल्लाको सदरमुकाम स्थित सरकारी गैरसरकारी कार्यालय, संघसंस्था, प्रहरी प्रशासन तथा हाट बजारमा सेवाग्राहीहरुको कमी देखिएको छ भने कर्मचारीहरुको उपस्थिति पनि पातलिएको छ ।
त्यस्तै जाडोको बेला बेमौसम पानी पर्दा जिल्लामा थप चिसो बढेको छ भने सर्वसाधारण अचानक पानी परेर बढेको चिसोबाट प्रभावित भएका छन् ।
तर यता करीब ३ महिनापछि परेको पानीले जिल्लाको कृषि क्षेत्रमा राम्रो फाईदा पुगेको किसानहरुले बताएका छन् । किसानहरुले जिल्लाको हजारौं विग्हा क्षेत्रफलमा लगाएको दलहन र तेलहन बाली सहित गहुँखेतीलाई अहिलेको वर्षाले धेरै फाईदा गरेको बताउँदै किसानहरु सोचेको भन्दा यसपल्ट बढी उब्जनी र आम्दानी हुने भनेका छन् ।
सदरमुकाम जलेश्वरसहित जिल्लाका विभिन्न गाउँठाउँका कच्ची सडकहरुमा पनि अहिले पानी जमेकोछ । जसको कारणले आवागमनमा कठिनाई समेत उत्पन्न भएको छ ।