मानवसहितको चुरे संरक्षण हुनुपर्ने माँग

मानवसहितको चुरे संरक्षण हुनुपर्ने माँग महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २६ गते । महोत्तरी जिल्लाको बर्दिबासस्थित चुरे संरक्षण जनअधिकार अभियानले मानवसहित चुरे संरक्षण हुनुपर्ने माँग गरेका छन् । उनीहरुले सरकारले चुरे वासिन्दाहरुलाई त्रुटिपूर्ण निर्णय गरेर उठिबास लगाउन खोजेको आरोप लगाउँदै मानव सहितको चुरे संरक्षणको कार्यक्रम अगाडी बढाउन सरकारसंग माँग गरेको हो । अभियानले बर्दिबासमा गरेको पत्रकार सम्मेलनमा त्रुटिपूर्ण निर्णय फिर्ता लिन माँग गर्दै यस्तो नगरिए आन्दोलनको चेतावनी समेत दिएको छ । अभियानकर्मीहरुले ‘समुदाय जागौं, संगठित होऔं र चुरे बचाऔं’ नारा अगाडी सार्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा भूमि अधिकार मञ्च नेपाल महोत्तरीका अध्यक्ष फौदसिंह स्याँगवाले सरकारले चुरेलाई मानवरहित संरक्षण गर्ने गरेको निर्णय हचुवाको भरमा भएको बताउनुहुदैं चुरेबासीलाई हटाउनु नै थियो भने किन नगरपालिका घोषणा गर्नुप¥यो त ? प्रश्न समेत तेस्र्याउनु भयो । उहाँले चुरेबासीलाई हटाइयो भने देशमा ठुलो संकट निम्त्निे दावी समेत गर्नुभयो । त्यसैगरी उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष सुरेशबहादुर राउतले जनताबिना सरकारको औचित्य नहुने चेतावनी सहित मानवसहितको चुरे संरक्षण गर्नुपर्ने माँग गर्नुभयो । उहाँले त्यसै चुरेबासीलाई लखेटन नपाइने भन्नुहुदै सरकारले मानवरहित चुरे संरक्षणको निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो । सोही पत्रकार सम्मेलनमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले चुरे क्षेत्रको भुबनोट निकै कमजोर र सम्वेदनशिल रहेको बताउनुहुदै चुरे क्षेत्रको रेखाङ्कन र सीमाङ्कन वैज्ञानिक तरीकाले हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले मानव रहे मात्र चुरे रहने बताउनुहुदै काठमाण्डौंमा भाषण गर्नेहरुले चुरे घुमेर तथ्य कुरा बुझेर निर्णय लिनु जरुरी रहेको बताउनुभयो । यसमा संचारकर्मीहरुको भूमिका सबभन्दा बढी हुने भएकोले यसको लागि पत्रकारहरुले कलम चलाउनुपर्ने जिकिर उहाँले गर्नुभयो । उनीहरुले कार्यक्रममा नेपाल सरकारले गठन गरेको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति विगठन हुनुपर्ने माँग समेत अगाडी सारेका थिए । सबैले आन्दोलनलाई सशक्त बनाउन आउँदौ पुष ४ गते महोत्तरीको बर्दिवासमा विरोधसभाको आयोजना गर्ने जानकारी समेत सम्मेलनमा दिएका छन् ।