अप्पन वात अप्पन विचार

स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।

Logo मैथिल संदेश
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • E PDFपत्रिका
  • ई-पेपर

Monday, January 18, 2016

राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत डढेलो नियन्त्रण समिति र चुरे वन उपभोक्ता समुह गठन

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २६ गते । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिकाको वडा नं. ९ किसाननगरमा शनिबार एक अन्तरक्रिया कार्यक्रमबीच खुल्ला चरिचरण तथा डढेलो नियन्त्रण समिति र चुरे वन उपभोक्ता समुह गरी दुई समिति गठन गरिएको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय सामाजिक परिचालन कार्यक्रम महोत्तरीको साझेदार संस्था रतौली युवा क्लव (आरवाईसी) ले आयोजना गरेको सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरी तथा सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुसंगको अन्तरक्रिया गोष्ठी कार्यक्रम संगै उक्त दुईवटा समुह गठन गरिएको आरवाईसीका कार्यक्रम संयोजक अजय साहले जानकारी दिनुभयो ।
गठन गरिएका उक्त दुई समुह मध्ये खुल्ला चरिचरण तथा डढेलो नियन्त्रण समितिको अध्यक्षमा निरञ्जन बुढाथोकी, उपाध्यक्षमा बेद बहादुर लुम्रे, सचिवमा दुर्गा थापा सुस्लीङ्ग र कोषाध्यक्षमा पुजा बि.क. रहनुभएको छ भने सदस्यहरुमा उज्जवल काफ्ले, लोक बहादुर कार्की, उषा खत्री, सुमन कुमाई, भोगेन्द्र थापा, राधिका श्रेष्ठ र रमेश बराल रहनुभएको छ ।
त्यसैगरी चुरे वन उपभोक्ता समुहको अध्यक्षमा श्याम बहादुर खत्री, उपाध्यक्षमा बिहारी महतो, सचिवमा नेत्र बहादुर कार्की, कोषाध्यक्षमा सीतामाया बुढाथोकी, र सदस्यहरुमा गणेश बहादुर कार्की, इन्द्र बहादुर खड्का, केशवप्रसाद काफ्ले, सन्तमाया लुम्रे, ब्रह्मदेव महतो, रामवृक्ष महतो र जानुका बि.क. रहनुभएको जनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले चुरेसंग सम्बन्धित समस्या अन्तर्गत नदीबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता सामग्रीको अत्यधिक उत्खननले गर्दा नदी गहिरो बनेको, खोलाको स्तर नमिल्नाले बढी भुस्खलन, माटो बग्ने, जमिनको कटान, उब्जाउपनमा कमी जस्ता समस्याहरू आइपर्ने गरेको, चुरे क्षेत्रमा रुख तथा जङ्गली जनावरहरूका तस्करीका कारण चुरे क्षेत्रको विनाश निम्तिएको, बढेको जनसङ्खया र त्यसका आवश्यकताले गर्दा पनि चुरे क्षेत्रमा थप जोखिम निम्त्तिएको, विश्वमा बढिरहेको ‘ग्लोवल वार्मिङ्ग’ र ‘ओजोन होल’ ले गर्दा पनि चुरे क्षेत्रको विनाशमा वृद्धि भएको कुरामा जोड दिनुभएका थियो ।
on January 18, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

जलेश्वर कारागारका ६ कैदीबन्दीलाई झुम्का सारियो

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २६ गते । महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एकमात्र जलेश्वर कारागारका ६ जना कैदीलाई अन्य कारागार सरुवा गरिएको छ ।
जिल्ला कारागार महोत्तरीका जेलर शोभेन्द्र ठाकुरले कारागारको माथिल्लो तल्लाको भवन चर्किएको कारणले कारागारमा रहेका ६ जना कैदीलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको जानकारी दिनुभयो । सरुवा भएका कैदीहरुमा तिनजना पूर्पक्षको र तिनजना सजाय पाएका रहेको जनाइएको छ ।
यसरी सरुवा गरिएका कैदीहरुमा धनुषाका जवरजस्ती करणीमा १० वर्ष कैद सजाय पाएका घिरज लामा, धनुषाकै कर्तव्य ज्यानमा २० वर्ष सजाय पाएका उमेश यादव तथा धनुषाकै कर्तव्य ज्यानमा २० वर्षका सजाय पाएका राजनमुक्ति भनिने रंजित झा रहेको जेलर ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी लागुऔषध मुद्दामा पूर्पक्षमा कारागारमा रहेका जिल्लाको बथनाहाका दिपककुमार सिंह, कर्तव्य ज्यानमुद्दामा पूर्पक्षमा रहेका धनुषाका सुनिलकुमार अधिकारी र हातहतियार तथा कर्तव्य ज्यानमुद्दामा पूर्पक्षमा रहेका धनुषाका राकेशकुमार पाण्डेलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको हो ।
कारागारको तेस्रो तल्लाको छाना भत्किने अवस्थामा रहेको कारणले सुरक्षासमितिको निर्णय तथा कारागार व्यवस्थापन विभागको निर्देशनमा उनीहरुलाई अर्को कारागारमा सरुवा गरिएको जेलर ठाकुरले जानकारी दिनुभयो । माथिल्लो तल्लामा दुईसय भन्दा बढी कैदी बन्दीहरु रहेको र उनीहरुलाई पनि अन्य कारागारमा सार्ने प्रयास भइरहेको उहाँको कथन थियो ।
१ सय ३५ क्षमताको जिल्ला कारागार जलेश्वरमा अहिले ३४ महिला, ६ आश्रित बालबालिकासहित ३ सय ९१ कैदीबन्दीहरु रहेका छन् ।
यता, जिल्लाका मानवअधिकारवादीहरुले केही हप्ता अगाडी मात्रै जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजनमुक्ति भनिने रंजित झालाई कारागारभित्र कुटपिट भएपश्चात असुरक्षा बढेको कारणले सरुवा गरेको हुन सक्ने जनाएका छन् ।
on January 18, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

तमलोपाको जनजागरण अभियान शुरु

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २३ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) महोत्तरीले बिहीबारदेखि महोत्तरीमा ‘जागो, जगाओ’ नारासहित जनजागरण अभियान शुरु गरेको छ ।
तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्माले जिल्लाको जलेश्वर नगरपालिकाको वडानं. १२ मलिवाडाबाट यो कार्यक्रमको विधिवत् शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
जनजागरण अभियानमा मधेश आन्दोलनको एजेण्डा, अन्तरिम संविधानमा मधेश सम्बन्धि गरिएको व्यवस्था तथा लागु गरिएको नेपालको संविधान २०७२ मा मधेशलाई विभेद गरिएको बुँदाहरुबारे सर्वसाधारण जनतालाई जानकारी दिने उद्देश्य राखिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
हालै नेपाल सरकारले ‘जनताको संविधान जनताको माझमा’ नारासहित संविधानको विषयवस्तुबारे जानकारी गराउने उद्देश्यका साथ गरिएको कार्यक्रमको समानान्तर तमलोपाले जिल्लामा यस्तो कार्यक्रम गरिरहेको हो ।
तिन चरणमा गरिने यो कार्यक्रममा पहिलो चरणमा जिल्लाको क्षेत्रनं. ३ को १२ वटा गाविससहित सो गाउँको वरिपरी पनि यो कार्यक्रम गरिने लक्ष्य तमलोपाको रहेको छ । १० दिनसम्मको पहिलोचरण अन्तर्गतको कार्यक्रममा कार्यकर्ताहरुसहित पदयात्रा गरि विभिन्न गाउँमा गएर कार्यक्रम गर्ने छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरिरहेको नाकावन्दी, सरकारी कार्यालय बन्द तथा आमहडताल कार्यक्रमलाई जारी राख्दै तमलोपाले आन्दोलनलाई थप उचाईमा लैजान यो कार्यक्रम ल्याएको सो पार्टीका युवा नेता सुशिल राउतले जानकारी दिनुभयो ।
यो अभियानमा मोर्चासहित समावेशी गठबन्धन, वुद्धिजीवी, नागरिकसमाज सबैलाई सहभागी हुन समेत तमलोपाले आग्रह गरेको छ ।
जनजागरण अभियानपूर्व तमलोपाले आयोजना गरेको पत्रकारसम्मेलनमा यो पत्रकारहरुले संगठन विस्तार गर्ने अभियान शुरु गरेको भन्ने प्रश्नमा अध्यक्ष अभिरामले यस्तो नभई मोर्चाले गरिरहेको आन्दोलनको विषयवस्तु र आफुहरुले गरिरहेको कामबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्य रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले आन्दोलनको समय हो, संगठन विस्तार गर्ने होइन, हाम्रो उद्देश्य जनतालाई सूसुचित गराउने रहेको छ ।’
जनजागरण अभियानमा तमलोपाका सयौं कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।
विस्तारै विस्तारै बजार, नाका, विद्यालयहरु खुल्न थालेपछि तथा मोर्चाले गरेको आन्दोलनमा सर्वसाधारणको उपस्थिती न्यून हुन थालेपछि तमलोपाले यस्तो अभियान थालेको हो ।
on January 18, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

पिकनिक गर्न गएका बालकको बसबाट लडेर मृत्यु

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २१ गते । महोत्तरी जिल्लाको बर्दिबास ४ मा मंगलबार बिहान पिकनिक गर्न गएका एक बालकको बसबाट लडेर मृत्यु भएको छ ।
जनकपुर स्थित मिथिला मन्टेश्वरी स्कुलका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुलीको करकरे गाविसको माईस्थानतर्फ गइरहेको बेला बसको ढोकाबाट लडेर सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत सहमत राईनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
ना४ख ३५७९ नम्बरको बसमा सवार ५० जना विद्यार्थीहरु नयाँ वर्ष मनाउन जाने क्रममा विपी राजमार्गको बर्दिबास ४ मा बस मोड्ने क्रममा राईन बसको ढोकाबाट एक्कासी लडेका थिए । उनलाई तत्कालै बर्दिबासको जनसेवा अस्पताल पु¥याईएको थियो ।
राईन धनुषा जिल्लाको पटेरवा ७ का वासिन्दा रहेका छन् । उनी विद्यालयकै होस्टलमा बसेर पढदै आएका थिए । उनको वुवा अहिले वैदेशिक रोजगारमा गएका छन् ।
बस र चालकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ ।
on January 18, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Thursday, January 14, 2016

महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरियो

कांग्रेसका युवाको निश्कर्षः काठमाडौं र मधेस दुबैको गल्ती देखियो

२०७२ माघ १ गते १२:१० मा प्रकाशित
 64  1
 0
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका केही युवा नेताहरुले हालै मात्र आन्दोलन भइरहेको मधेसको भ्रमण गरे । उनीहरु मधेसको कोर एरियामा पुगे, जसको उनीहरुले प्रतिवेदन बनाइरहेका छन् । कांग्रेसका युवा नेताहरुले भ्रमणका क्रममा काठमाडौं र मधेसका केही गल्तीहरु खुट्याएका छन् । यसै सन्दर्भमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले कांग्रेस नेता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी:
Bishow Prakash Sharma
तपाईं भर्खरै मधेस यात्रा गरेर आउनुभएको छ । काठमाडौं र मधेसको दुरी कति रहेछ ?
अहिले संवादमा रहेका मधेस केन्द्रीत दलका नेताहरुबाटै मधेसको सम्पूर्ण प्रतिनिधित्व हुन्छ भनेर बुझ्ने हो भने मधेस र काठमाडौंको दुरी छैन भन्दा पनि हुन्छ । किनभने दुवै पक्ष एकै ठाउँ बसेर छलफल गरिरहेका छन् । काठमाडौं र मधेसको भौगोलिक दुरी पनि केही किलोमिटर मात्रै हो । तर, भावनात्मकरुपमा चाहिँ दूरी बढ्दै गइरहेको छ ।
मधेस र काठमाडौंलाईर् हेर्ने दृष्टिकोणमा दुई अतिवाद हावी भएको हो त ?

निश्चय नै ।
कसरी ?
फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो
काठमाडौंले पनि ४/५ वटा गल्ती गरेको छ । कांंग्रेस सबैभन्दा ठूलो दल के कारणले भयो भने यसले मधेसमा सबैभन्दा बढी सीट जितेको थियो । राजेन्द्र महतो वा महन्थ ठाकुरको कुरा नसुन्ने हो भने पनि कांग्रेसले आफ्नै सभासदको कुरा सुन्नुपथ्र्यो । उनीहरुको भनाइ ठूलो थिएन । हामी युवाहरुले पनि भनेका थियौं कि कम्तिमा केही दिन पर्खिएर सम्बोधन गरौं । तर, फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो । काठमाडौंमा मैनवत्ति बल्यो, मधेसमा टायर बल्यो । त्यसैले पहिलो त्रुटी हामीले के गर्‍यौं भने केही दिन पनि पर्खिएनौं ।
दोस्रो, दुई बुँदे संशोधन विधेयक जुन आएको छ, त्यो राज्यको निकायमा समानुपातिक सहभागिता र जनसंख्याका आधारमा प्रतिनिधित्वलाई संविधानमा सुरुमै समाहित गरिदिएको भए आन्दोलन यो रुपमा उठ्ने थिएन ।
हामीले विश्वको उत्कृष्ट संविधान भन्यौं । हो, कयौं विषयमा जापान, भारत र बेलायतको भन्दा राम्रो छ । तर, उत्कृष्ट भन्दै गर्दा दुई वटा ट्याबलेट रेडी राख्यौं, जन्मनासाथ खुवाउनुपर्छ भनेर । त्यो भनेको यो दुईबुँदे संशोधन हो ।
तेस्रो, हामीले सीमांकनको सवालमा मधेस केन्द्रीत दलहरु खुसी होलान् भनेर (प्रदेश नम्बर २) आठ वटा जिल्ला राख्यौं । कांग्रेस र एमालेका सांसद त यसमा खुसी थिएनन् । तर, मधेसी दलहरु पनि खुसी भएनन् र अन्तत त्यो गलत सावित भयो । चुरे र कोशी नगाँसेर सीमांकन गर्नु हाम्रो त्रुटी हो ।
यद्यपि म यो पनि मान्छु कि राई, तामाङ, थारु, मगरले राज्य नपाउँदा सप्तरीदेखि पर्सासम्म मधेसीले राज्य पाए । तर, त्यही कुरो बुझाउन पनि हामी मधेसमा गएनौं । संविधानमा भएका राम्रा कुराहरु पनि मधेसका जनतालाई बुझाउन नसक्दा भ्रम उत्पन्न भयो ।
र चौथो त्रुटी, काठमाडौंमा ब्याङ्केट ओढेर ब्लाक टी खाँदै हामीले मधेसको सन्दर्भमा बोल्यौं । कसैले भन्यो, धोती कसैले भन्यो विहारी । कसैले यो, कसैले त्यो भन्यो । मैथिलीमा भनाइ छ ‘बचन विचार के बोली, बचनका हाथ न पाउ, वो ही बचन गरे औषधि, वो ही बचन घाउ’ । हामीले यहाँ सिरकभित्र पसेर बोल्दै गर्दा उता चोट कति पर्‍यो भनेर विचार नै गरेनौं । त्यसले मधेसमा घिऊ थप्यो ।
पाचौं त्रुटी के भयो भन्दा आन्दोलनलाई नियन्त्रणमा लिने नाममा गोली चलाउँदा सुतेर घुँडामुनि हान्न सकिन्नथ्यो ? तर, शीरमा, छातिमा लागेको छ । जलेश्वरमा पुग्दै गर्दा कस्तो पीडा सुन्नुपर्‍यो भने ट्युशन पढ्न जाँदै गरेको रोहन चौधरी गोली लागेर मरे । दुई दिनपछि उनका हजुरबालाई गोली लाग्यो ।
दुईजनाको शव जलाइँदैछ । चारतारे झण्डा लिएर कांग्रेसका साथीहरु जान सक्ने अवस्था छैन । कांग्रेसको अफिस जलिरहेको छ । यताबाट भनिन्छ कि, आत्मरक्षाका लागि गोली चलाउन बाध्य भए सुरक्षाकर्मी । ट्युसन पढ्दै गरेको विद्यार्थीबाट सुरक्षाकर्मीलाई कसरी असुरक्षा भो ?
यसरी हामीले एकपछि अर्को गल्ती गर्‍यौं, जसले आन्दोलनमा मुद्धाहरुले भावनात्मक रुप लिए । मुद्दा, मुद्दाकै रुपमा रहँदा हल गर्नु उचित हो । मुद्धाले भावनात्मकको रुप लियो भने दिर्घायु हुन्छ । लामो समय जान सक्छ ।
काठमाडौंले त अझै पनि यो आन्दोलन मधेसीको होइन, अरु कसैले गरिदिएको हो भन्ने हिसाबले बुझेको पाइन्छ । के यो सोह्रैआना गलत बुझाइ हो ?
हो । मधेसका नागरिक ती हुन्, जसले राजेन्द्र महतोलाई एउटा सिट जितेर संविधानसभामा जान योग्य देखेनन् । हामीले वार्ता गर्दा पनि तिनै सांसदहरुसँग गर्नुपर्थ्यो, जो कांग्रेस, एमाले, एमाओवादी वा जुनसुकै दलका हुन् । पहिला हामीले तीनलाई सुनेनौं, राजेन्द्र महतोहरुलाई सुन्न खोज्यौं र सीमांकन गलत गर्‍यौं ।
त्यसपछि जब राजेन्द्र महतोहरुले आन्दोलन उठाउँदै गए र अब साँच्चै राजेन्द्र महतोहरुलाई सुन्नुपर्ने बेला आयो । त्यसपछि हामीले भन्यौं, यीनीहरुसँग कुरा गरेर कहाँ हुन्छ, दिल्लीसँग कुरा गर्नुपर्छ भन्यौं । त्यसैले हाम्रो नजर कहाँ गलत छ भने राजेन्द्र महतोजीहरु नै प्रथम र अन्तिम हुन् भन्ने बुझाइ पनि गलत छ । र, यो सन्दर्भमा भारतलाई मधेस केन्द्रीत दलहरुले कुनै न कुनै रुपमा संलग्न गराए र दशगजामा धर्ना दिए । त्यो उनीहरुको तर्फबाट भएको गलत क्रियाकलाप हो ।
हिजो कांग्रेस, एमालेसहितका दलका मधेसी सांसदलाई भाउ नदिनु गलत थियो भन्नु भो । अहिले फेरि राजेन्द्र महतोहरुलाई मात्र भाउ दिइएको छ, के यो पनि गलत हो ?
उनीहरुको मात्र कुरा सुनेर गर्नुपर्ने एकखालको परिस्थितिगत बाध्यता आइलागेको हो । तर, अहिले पनि हामी के गरिरहेका छौं भने यसको बहुआयामिक पक्षलाई बिर्सिरहेका छौं ।
मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब
मधेस भन्दै गर्दा कांग्रेस अलग्गै छ, जनताले दिएको मतका कारण । मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब । उनीहरुको मुद्दा स्थापित भएका छन् । सही मुद्दा गलत मान्छेको हातमा पर्‍यो भन्नुस् वा हारेकै मान्छेले सही मुद्दा उठायो भन्नुस् । खुला सीमा छ, र भारतसँग रोटीबेटीको सम्वन्ध छ भन्छौं । त्यसैले यो बहुआयामिक मधेसलाई हामीले कहिले एउटा चश्मा लगाएर हेर्ने, कहिले त्यो खोलेर अर्को लगाएर हेर्ने गरिरहेका छौं । एकै ठाउँमा राखेर समग्रमा विश्लेषण गर्न हामी चुकेका छौं ।
मधेस पनि त दोष मुक्त छैन होला नि ?
मधेसको पनि उत्ति नै दोष छ । उनीहरुले संविधानसभालाई सुरुमा नै बहिस्कार गरेर जानु पहिलो गल्ती थियो । काठमाडौंलाई बुझ्ने उनीहरुको नजर गल्ती थियो । यो काठमाडौं, त्यो काठमाडौं होइन, जहाँ श्री ३ को हुकुम चल्थ्यो । राजा महाराजाको शासन थियो । यो काठमाडौं त त्यो काठमाडौं हो, जहाँ मधेसी व्यक्तित्व (डा. रामवरण यादव) राष्ट्रपति भएर बस्नुभएको थियो । मधेस आन्दोलनको राप र तापले पनि उहाँ राष्ट्रपति बन्नुभएको हो ।
दोस्रो गल्ती, उहाँहरु माग्ने भन्ने मनोविज्ञानमा जानु भो । संविधानसभा कसैले माग्ने र कसैले दिने थलो थिएन । सँगै बसेर रचना गर्ने थलो हो । कांग्रेसले भनेको मात्र हुन्छ भन्ने थिएन, त्यसैले प्रस्तावनामा बहुलवाद लेखिएन । माओवादीले भनेको मात्र हुनेवाला थिएन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा भएन । त्यसैले मधेस केन्दि्रत दलहरुले लेनादेना गरेर मिलाउनुपर्थ्यो ।
तेस्रो, उहाँहरुले नाकाबन्दीलाई सहयोग गर्दै दशगजामा धर्ना दिनुभो । यो नाकाबन्दीले मुलुकलाई भूकम्पले भन्दा बढी प्रताडीत बनाएको छ मुलुक । चौंथो, कतिपय सन्दर्भमा काठमाडौंलाई दबाव दिन दिल्लीतिर जानु भो । दिल्लीले दबाव दिएपछि काठमाडौंले मान्छ भन्ने मनोविज्ञानले काम गर्‍यो ।
पाँचौं, कांग्रेस र एमालेका मधेसीहरु आन्दोलनमा समर्थन गर्न चाहन्थे । तर, उनीहरुको झण्डा जलाइयो । कार्यालयमा तोडफोड गर्नु भो । छैठौं गल्ती, आन्दोलन शान्तिपूर्ण भन्ने अनि एउटा एम्बुलेन्समा जाँदै गरेको घाइतेलाई निकालेर तालिवानले जस्तो मार्ने काम गर्नुभो ।
त्यसैले मुद्दा ठीक हो । तर, उहाँहरुले अधैर्यता राखेर आन्दोलन सुरु गर्नु भो र अहिले पनि व्यवस्थापकीय कुरामा कमजोरी भइरहेको छ ।
काठमाडौैंमा लगातार निष्कर्षविहीन वार्ताहरु भइरहेका छन् । मधेसमा कुनै न कुनैरुपमा आन्दोलन पनि चलिरहेको छ । कतै-कतै सीके राउतहरुले पनि विभिन्न खेलकुद गरिरहेका छन् । मधेस समस्या समाधान उन्मुख छ कि ढीलो हुँदैछ ?
चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर
समाधानमा ढिलाइ हुुँदैछ । तर, त्यति ढीलो पनि भइसकेको छैन कि समाधान नै नभेटियोस् । मैले के उदाहरण दिने गरेको छु भने गोरखाल्याण्ड मुद्दा नभएर सेन्टिमेन्ट बन्यो । ५० वर्षअघि अर्कैले हाँक्यो, ती गए । घिसिङ आए र उनले २०/२५ वर्ष खाए । अहिले बिमल गुरुङले खाँदैछन् र फेरि पछि अर्कोले खानेछन् ।
मधेस विगतमा कांग्रेस र एमालेको हातमा थियो । तर, त्यो मुद्दालाई नबोक्दा विस्तारै राजेन्द्र महतो र महन्थ ठाकुरको हातमा गयो । चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर ।
मधेसी मोर्चाका नेताहरुसित विन-विन सहमति भएन भने मधेस विखण्डन हुन सक्छ भन्न खोज्नुभएको हो ?
यो अनौंठो होइन जस्तो लाग्छ । किनभने यो राजनीतिको नेचर पनि हो । सेन्टिमेन्टले एउटा सिर्जनात्मक बाटोमा पुगेन भने ध्वंसात्मक बाटोमा जान्छ । जुन बेला हामी सप्तरीको राजविराज पुगेका थियौं, त्यसको दुई दिनअघि गोइत समूहको गोली लागेर प्रहरीका असईको हत्या भएको थियो । त्यसको संकेत के त ? हतियार बोक्ने युवाको अभाव छैन । हतियार किन्न पैसाको पनि अभाव हुँदैन । एक मान्छेको हत्या गरेर लाखौ भेला गर्छन् । त्यसैले हामीले हेर्दा यो मुद्दालाई मुद्दाकै रुपमा समाधान गर्नु देश र दलहरुको हितमा छ ।
ढीलो गर्दै गयो भने अहिलेका आन्दोलनकारी नेताको हातबाट यो फुस्किन्छ र अतिवादीको हातमा जान्छ । त्यसपछि कहाँ पुगिन्छ भन्न सकिन्न । किनभने संसारको उदाहरण हेर्‍यो भने एउटा अतिवादबाट अर्को अतिवादमा गएको छ, यदि बीचमा लोकतन्त्रले जितेन भने । इरानमै पनि एउटा अतिवाद गयो, तर, अर्को पनि अतिवाद नै आयो ।
भनेपछि, राष्ट्रहित विपरीत नहुने गरी अहिलेका आन्दोलनकारी दलहरुसँग सम्झौता गर्नुको विकल्प रहेन होइन ?
हो, तर निकै ढीलो भइरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये कतिपय गुमेको खास फर्काउन चाहन्छन् । मुद्दामा जितेर मात्र हुँदैन, कांग्रेसलाई जराबाट नै सफाया गर्नुपर्छ भन्ने उद्देश्य छ उनीहरुको । संघीयताको घोषणा गर्ने प्रधानमन्त्री गिरिजाप्रसादको सालिक किन ढालियो ? ३५ वर्षअघि निधन भएका पुष्पलाल श्रेष्ठको सालिकले के बिगारेको थियो ? वीपी कोइरालाको सालिकको के दोष थियो ?
मधेस आन्दोलनको समर्थनमा नै कांग्रेसले जुलुस निकाल्न खोज्दा झण्डा जलाइयो । यसले के देखिन्छ भने मधेसमा जनाधार भएका दलहरुलाई नामेट पार्ने योजनामा पनि मधेस आन्दोलन लम्बिन सक्ने अवस्था छ ।
तपाईले भन्नुभो, मधेस केन्द्रित दलहरुलाई फकाउने नाममा ८ वटा जिल्लाको प्रदेश बनाउनु गल्ती भो । तर, काठमाडौंमा सिंगो मधेसको प्रदेश बनायो भने देश टुक्रिन्छ, भन्छन् नि ?
प्रान्त बनाउने क्रममा कुनै जिल्ला यता पर्दा वा उता पर्दा देश टुक्रिन्छ भन्ने म मान्दिँन । मात्र सोच्ने के हो भने त्यो प्रदेश चल्छ कि चल्दैन । धेरै जातिले प्रदेश नपाउँदा मधेसीले प्रदेश नम्बर २ मा आठ वटा जिल्ला पाएका हुन् । तर, त्यो रुपमा दिँदा उसलाई हाइड्रोरहित, चुरेरहित बनाइदिनु गल्ती हो ।
वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ?
राष्ट्रवाद र राष्ट्रियताप्रति मधेसीको प्रतिवद्धतामा आशंका गरेर अलगावमै जान्छन् भन्ने पहाडे मनोविज्ञान गलत छ । राजा महेन्द्र चढेको मोटरमा बम हान्ने कांग्रेसका कार्यकर्ता थिए । तर, सबै मधेसी थिए । किन (बम हानेका थिए) त भन्दा लोकतन्त्रका लागि । वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ? त्यो राष्ट्रभक्ति हो ।
शरणार्थी शिविरमा भुटानीले लगाएको टोपीचाहिँ नेपालीकै जस्तो सोचिदिने, तर धनुषामा, जलेश्वरमा लगाएको धोती चाहिँ दरभंगाको जस्तो सोचिदिने भन्ने गुनासो उहाँहरुको छ । मधेसी हुँ, तर तिमीभन्दा कम स्वदेशी होइन भन्ने मनोविज्ञान छ मधेसमा ।
तर, नेताहरुले काठमाडौंबाट लगाएको बचनले पनि धेरै चोट पुगेको छ भन्छन् नि ?
निश्चय नै । मैले अघि भनेँ नि बचनले नै औषधिको काम गर्छ भने बचनले नै घाउ दिन्छ । मधेस घुम्दै गर्दा साथीहरुले त्यहाँ भन्नु भो । जब टेलिभिजनमा समाचार हेरिरहेका हुन्छौं, राजेन्द्र महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरिन्छ, हामीलाई दुख्छ । जब जिम्मेवार कुरा गर्नुहुन्छ, चोकमा निस्किएर हामी भन्छौं, हेर हाम्रा नेताहरुले मुद्दालाई समर्थन गरेका छन् । जब कांग्रेसकै अमूक नेताहरुको कुरा आउँछ, टीभी नै बन्द गर्छौं ।
मधेसको विरुद्धमा बोलेपछि हाम्रो घर अगाडि टायर बल्छ । बाहिर निस्कन सकिँदैन । त्यसैले अहिलेको आन्दोलन भडि्कनुमा हाम्रा कतिपय नेताहरुको अभिव्यक्तिले काम गरेको छ ।
केही नेताको अंगीकृत नागरिकता छ, र पारिबाट आएका हुन् भन्ने नाममा सिंगो मधेसलाई गाली गरिनु पनि त ठीक भएन नि हैन र ?
अंगीकृत नागरिकता मधेसभित्रको सानो अंश मात्र हो । बाहिरबाट आएकै हिसाबले भन्ने हो भने खस-आर्य पनि त बाहिरबाटै आएका हुन् । कोही दुई-अढाई सय वर्ष पहिले आए, कोही ३/४ सय वर्ष अगाडि । समग्रमा केही अघि र पछि न हो । त्यसैले पारिबाट आएको भन्दैमा भारतीय हुन्, बिहारी हुन्, अझ धोती हुन् भनेर बस्त्रमा आलोचना गर्नु सर्वथा गलत हो ।
धोती लगाएकाले टोपी लगाएकालाई सम्मान गर्ने र टोपी लगाएकाले धोती लगाएकालाई सम्मान गर्ने भएपछि मात्रै राष्ट्र बलियो हुन्छ ।
तपाईले जुन दुरी अथवा खाडल देखाउनुभयो, यो छिट्टै पुरिएलाजस्तो छ त ?
पछिल्लो संकेत खतरनाक छ । उदाहरणका लागि लभराजा सिंह एक जना मधेसको युवा नेता हुनुहुन्छ । हामीसँगै यात्रामा हुनुहुन्थ्यो । उहाँले के सुनाउनुभयो भने, ८ वर्षको छोरालाई मोटरसाइकलमा लिएर जाँदै हुनुहुन्थ्यो, बाटोमा एकजनाले दाइ जयनेपाल भन्नु भो, उहाँले जय नेपाल फर्काउनुभयो । त्यहाँबाट हिँड्न नपाउँदै छोराले पछाडिबाट ‘बाइक रोको, रोको’ भनेर कराएछन् । ‘किन जय नेपाल भनेको ? जय मधेस भन्नुपर्छ’ छोराले बाबुलाई भनेछन् ।
जय मधेस भन्दा आपत्ति होइन । जय लिम्बुवान, जय थरुहट भन्नु पनि गलत होइन । तर, जय नेपाल भन्ने शब्दप्रति आपत्ति हुनथाल्यो भने त्यसले के बुझ्नुपर्छ भने हावा फरक बग्दैछ । राष्ट्रिय मनोविज्ञान त देशको जय खोज्ने हो नि । यो सेन्टिमेन्ट गलत बाटोमा गयो भने त्यसले राष्ट्रलाई हित गर्दैन ।
जिम्मेवार ठाउँमा रहेका नेताहरुमा यस्ता विषयप्रति गम्भीरता देख्नुहुन्छ ?
कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ
देखिँदैन । राज्यले के सोचेको छ भने अहिले मधेसमा ठूलो-ठूलो जुलस छैन । थाक्दै गएका छन्, सिथिल भएका छन् भन्ने खालका समाचारहरु आएका छन् । आन्दोलन विस्तारै फेजआउट हुन्छ, त्यसकारण ल्याङल्याङ गरे हुन्छ भन्ने प्रमुख दलहरु र राज्यको बुझाइ छ ।
उता मधेस केन्द्रित दलहरुलाई के छ भने जुलुसमा मान्छे भए पनि नभए पनि नाकाबन्दी जारी छ । जबसम्म हामीलाई सम्बोधन गरिँदैन, तबसम्म नाका खुल्दैन । लाखौं मान्छे अब निकाल्नु परेको छैन । दुबैले एउटा-एउटा चिजलाई पक्रिरहेका छौं र दुबै गलत छन् । त्यो दशगजाको धर्ना छाडेर सिंहदरबारमा दिए हुँदैन ? राज्यले पनि चारजना मान्छे होइन, ५० औं जना ज्यान गुमाएकाहरुलाई सम्झिनुपर्छ र सेन्टिमेन्टको रुप धारण गर्दैछ भन्नेर बुझ्नुपर्छ । त्यसैले दुबैले जति गम्भीरता देखाउनु पर्ने हो, त्यति देखाइरहेका छैनन् ।
कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ । त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने प्रश्न हो ।
अब यसलाई कसरी सम्बोधन गर्ने त ?
यसमा तीन-चारवटा कुरा छन् । राज्यका अंगहरुमा समानुपातिक-समोवशी प्रतिनिधित्व भन्ने छ । यसमा लामो बहस जरुरी भएन । आर्मीको सन्दर्भमा समेत भनेका छन्, तर त्यहाँ त प्रतिस्पर्धाबाट हुने हो । हामीले मधेस केन्दि्रत दलहरुलाई विश्वासमा लिनुपर्छ । अर्को, प्रतिनिधित्वको सवालमा मधेस केन्द्रित दलहरुले नल्याएको के गाँस्नुपर्छ जस्तो लाग्छ भने समानुपातिक प्रतिनिधित्व गर्दा देशभरिलाई नै एउटा निर्वाचन क्षेत्र मानिन्थ्यो । अब यसमा मधेस केन्द्रित दलहरुले माग गरेभन्दा पनि बढी दिन सकिन्छ । प्रत्येक प्रदेशबाट प्राप्त कुल मतको प्रतिनिधित्व त्यही प्रदेशलाई दिने ।
तेस्रो, सीमांकनमा हेरफेर गर्ने सन्दर्भ छ । सीमांकन हेरफेर गर्दा प्रान्त नम्बर २ मा चुरेलाई अलिकति गाँस्ने र कोशीको केही भाग लगेर जोड्ने ।
सजिलो छ र कोशीको भाग प्रदेश नम्बर २ मा गाँस्न ? झापा, मोरङ र सुनसरीको एउटा गाविस पनि दिन्न भनेर प्रधानमन्त्री स्वयमले भन्नु भएको छ …
दिनै पर्दैन । त्यहीँ रहन्छ त्यो त । बुझाइ गलत हो । यो देशमा सबैलाई संघीयता चाहिएको तर, आफ्नो जिल्ला र वडा अखण्ड पनि चाहिएको अवस्था विरोधावासपूर्ण छ । एकैचोटि मान्छे भनिरहेको छ, संघीयतामा जानैपर्छ, तर अखण्डरुप्मा । यसरी सम्भव छैन । दुध र मदिरा फरक-फरक समयमा पिउने हो । तर, हाम्रा राजनीतिज्ञहरुले एकै ठाउँमा पिउन खोजिरहेका छन् ।
यसो भए सीमांकन फेरफेर नगरी हुन्न भन्नेमा तपाईं दृढ हुनुहुन्छ ?
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ?
सीमांकन हेरफेर नगरी हुन्न । तर, सीमांकन हेरफेर गर्दा एकतातिरको आन्दोलन सम्बोधन गर्ने नाममा अर्कोतिर जोखिम उत्पन्न हुन दिनु हुन्न । सीमांकन भनेको प्राज्ञिक र प्राविधिक दुबै दृष्टिकोणबाट पनि हेर्नुपर्छ, राजनीतिक मनोविज्ञानले मात्र हेरेर पुग्दैन । यात्राका क्रममा मित्र देवराज चालिसले भन्नुहुन्थ्यो कि हाम्रा नेता यति विज्ञ भइसके कि हस्पिटलमा डाक्टर भेटिएन भने गएर किड्नीको अपरेशनमा छिर्लान् भन्ने चिन्ता भो ।
त्यसैले सीमांकन जटिल कुरा हो । त्यो पनि आन्दोलनहरु उठिरहेको बेला । एकातिरको आन्दोलन चुप लागेर हेरिरहेको छ । पूर्वी पहाडमा कुमार लिंगदेनहरु के हेरिरहेका छन् भने झापा, मोरङ, सुनसरीसहितको नौ वटा जिल्ला हामीले मागेका थियौं । ५ वटा थपेर बोनसमा पाइएको छ । किन धेर भो भन्ने उनको छ । धेर हुँदा त बरु धेरै समस्या नहुँदो रहेछ । त्यसैले धरान हेर्नुस्, लिम्बुवानमा सुहाउँछ । तर, इनरुवा मधेसमा सुहाउन सक्छ । त्यसैले नबुझाइकन काटिदिनुभयो भने समस्या आउँछ । कुन भुगोल कहाँ सुहाउँछ भनेर बुझाउनुपर्छ ।
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ? पहाडे ठाउँ, पहाडे नेता, पहाडेलाई सम्बोधन । पहाडे नेताको हातमा डाडु पन्यौं छ, मधेसलाई सम्बोधन भएन । यसो भन्दा के जवाफ दिने ? ठिक गर्नु भो नेताहरुले भन्न सकिएन । ठिक कतिबेला भन्न सकिन्छ भने बाग्लुङ र सुर्खेतसँगै सर्लाहीलाई सम्बोधन गर्दा ।
- See more at: http://www.onlinekhabar.com/2016/01/375407/#sthash.HSmpLeZW.dpuf
on January 14, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Sunday, January 10, 2016

जहाँ जिन्दगीलाई सुर्तीले बनायो सहज

जहाँ जिन्दगीलाई सुर्तीले बनायो सहज

January 10, 2016 sancharakadmin कृषि/वन/वातावरण No comments
Tobacco2
गोपाल बराल/महोत्तरी, २६ पुस ।
महोत्तरी जिल्लाको मध्यक्षेत्रका किसानले सुर्ती खेतीबाट जीवनस्तर उकासेका छन् । केही वर्षपहिलेसम्म हातमुख जोर्ने समस्या व्यहोर्दै आएका जिल्लाको सो क्षेत्रका बनौटा, धमौरा र पडौल गाविसका किसानले आफूहरु सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् । पाँच वर्ष पहिलेसम्म परम्परागत अन्नबाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेको बेला सुर्ती खेती गर्न लागेपछि राम्रो आम्दानी हुन थालिएको यस क्षेत्रका किसानको भनाइ छ । कम सिंचाइमा पनि उत्पादन लिन सकिने र भण्डारण एवं प्याकिङ्गको काम गर्न घरपरिवारका सदस्यले भ्याउने भएपछि सुर्ती खेतीले आफ्नो बस्तीमा प्रमुख बालीको स्थान लिएको पडौल–४ का अघनु पासवानले बताउनुभयो ।
थोरै मात्र व्यक्तिको संलग्नतामा गर्न सकिने खेतीले गर्दा रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको किसानको भनाइ छ । यादव, कोइरी, मुसलमान र पासवान जातिको बाहुल्य भएको यी गाविसमा सूर्ती खेतीबाट मनग्गे आमदानी हुन थालेपछि नानीहरुको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् । यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान समुदाय र पासवान जातिका दलितले पनि अब छोराछोरी पढाउन थालेको धमौरा गाउँका बासिन्दा एवं नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष सुशीलकुमार यादवको भनाइ छ । आफैं प्रधानाध्यापक रहेको धमौरा–४ को निम्नमाध्यमिक विद्यालयमा अहिले पढ्न आउने नानीहरुमा पासवान र मुसलमानका छोराछोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको यादवले बताउनुभयो । धमौरामा करिब हाराहारी ५० बिग्घाको जग्गामा सुर्ती खेती हुने गरेको त्यहाँका किसानको भनाइ छ । प्रतिकठ्ठा (२० कठ्ठाको एक बिग्घा) १२५ किलोसम्म उत्पादन हुने सूर्तीबाट राम्रो भाउ पाउँदा एक कठ्ठाबाट २५ हजारसम्म आम्दानी भएको धमौरा– ४ का बासिन्दा बासुदेव पासवान बताउनुहुन्छ । भाउ केही खस्कँदासमेत २० हजारभन्दा नघटेको उनीहरु बताउँछन् । पडौल र बनौटामा पनि ५० बिग्घाको हाराहारीमा सुर्ती खेती रहेको बनौटा गाविसका निवर्र्तमान अध्यक्ष तथा किसान विजयकुमार महतोले जानकारी दिनुभयो । खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारीले घरमै आएर सुर्ती लगिदिएपछि बजार खोज्ने झण्झट हराएको किसानले बताएका छन् । यसपाली भने बन्द र हड्तालले गर्दा सूर्तीको बीउ, मलखाद र सिंचाइमा समस्या भने झेल्नु परेको किसानको भनाइ छ । पछिल्ला दिनमा यी गाविसबस्तीको देखासिकीबाट हतिसर्वा, बलवा, खुट्टापिपराढी, बदियावनचौरी र सरपल्लोलगायतका छिमेकी गाविस बस्तीमा समेत त्यहाँका किसानले सुर्ती खेती गर्न लागेका छन् । आफ्नो बस्तीमा ब्यापक सुर्ती खेती भए पनि सरकारी कृषि विभागबाट कुनै राय सल्लाह, प्राविधिक सहयोग, परामर्श र अन्य अवसर नपाएको किसानले गुनासो गरेका छन् । यता जिल्ला कृषि विकास कार्यालय महोत्तरीले भने किसानहरु बीउबिजन र अन्य कुनै परामर्श सहयोगका लागि आफ्नो सम्पर्कमा नआएको जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले आफूहरु नियमित रुपमा बिज्ञसहितको टोली लिएर जिल्लाका विभिन्न भेगका पकेटबाली क्षेत्रको अनुगमन र किसानसँग अन्तरक्र्रिया गर्ने योजनासाथ लागिपरेको बताउनुभएको छ । पछिल्लो समयमा सुर्ती खेतीबाट मनग्गे आम्दानी भए पनि आफ्नो उत्पादन भारतीय बजारमा आश्रित रहेको किसानको गुनासो छ । उत्पादनको मूल्यमासमेत आफूहरुको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको बनौटाका किसान जगतनारायण महतोले बताउनुभयो । आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादन लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको किसान बताउँछन् ।
on January 10, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’

महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’

January 10, 2016 sancharakadmin सामाज No comments
Bidesh
गोपाल बराल महोत्तरी, २६ पुस ।
गाउँघरमै रोजगारीको सम्भावना नभएपछि महोत्तरी जिल्लाका अधिकांश गाउँबस्तीमा तन्नेरीहरु देखिन छोडेका छन् । पूर्णकालिन काम नपाएर बिल्लीबाँठ भएका युवकहरु लगातारको आन्दोलनले विरक्तिएर विदेशिएपछि गाउँबस्तीमा युवाविहीनता बढेको हो ।
बन्द र हड्तालका कारण मधेशको जनजीवन ठप्प भएको बेला स्थानीय युवकहरुले गाउँठाउँमा पहिलेबाट उपलब्ध रोजगारीका औसरबाट वञ्चित रहँदैआएका छन् । आफ्नो गाउँका दौंतरीहरु कामका लागि कतार जान लाग्दा पनि गएको बैशाखमा गाउँमै बसेर काम गर्ने सोच बनाएका जिल्लाको भङ्गाहा–४ रामनगरका २५ वर्षीय चन्दनकुमार ठाकुर केही दिनअघि साहुँसँग चर्को ब्याजमा ऋण काढेर कतार नै हानिएका छन् । बिरामी बाबुको हेरचार गरेर परिवारसँग यतै बसेर काम गर्ने सोच बनाएर बसेका सवारी चलाउने सिप भएका सोही बस्तीका मकबुल राइन पनि लगातारको आन्दोलन र नाकाबन्दीले गाडी चल्ने छाँट नदेखेपछि कामकै लागि साउदी अरब पुगेका छन् । चन्दन र मकबुलजस्तै बस्तीका गाउँमै बसेर काम गर्ने सोच बनाएकाहरु विदेशिदैँछन् । साहुले ऋण पत्याएका युवा खाडी राष्ट्रतिर र ऋण नपाउने युवा भारतका पञ्जाव, हरियाणा र अन्य सहरतिर लाग्ने क्रम बाक्लिदोँ छ । साथीभाइले बिदेश जान कर गर्दा पनि गाउँमै बसेर काम गर्ने बताउँदै आएका भङ्गाहा–३ का २० वर्षीय अमिरुल राइन लगातार बन्द लम्बिदैँ गएर काम पाउने छाँट नदेखेपछि साहुसँगै ऋण लिएर भए पनि कतार पुगेका छन् । यी उदाहरण भङ्गाहा गाबिसका केही बस्तीको भए पनि यसले जिल्लाकै सबैजसो नगरगाउँ बस्तीको अवस्था दर्शाउँछ ।
भङ्गाहाको छिमेककै हरिहरपुरहरिनमरी र धर्मपुर गाविसमा पनि युवा उमेरका पुरुष देख्न पाउने अवस्था छैन । घरबाटै थोरबहुत पैसाको जोहो गर्नसक्ने र गाउँघरका साहुले पत्याएकाहरु चैं मलेसिया, साउदी अरब र कतार पुगेका छन् । वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनीले माग्ने मोटो रकम नभेटाउने गरिब र दलित बस्तीका मुसहर, बाँतर, चमार र दुसाध जातिका युवा भने कृषिमजदूरीका लागि भारतका पञ्जाव र हरियाणा पुगेको हरिहरपुरहरिनमरी गाविसका निवर्तमान उपाध्यक्ष राजवीर यादव बताउनुहुन्छ । आफ्नो गाउँबस्तीमा भैपरी आउँदा दौडधुप गर्नसक्ने युवा नहुँदा आपतविपद्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको यादवको भनाइ छ । धर्मपुर गाविसको वडा नम्बर ६, ७ , ८ र ९ भएको पडरिया बस्तीमा १८ वर्षदेखि ४० सम्मको उमेर समूहका पुरुष देख्न छाडिएको दुई÷चार वर्ष नै भइसकेको शिक्षण पेशामा रहनुभएका सोही बस्तीका हबिब राइन बताउनुहुन्छ । ‘गाउँमा अहिले सानोतिनो काममा यसो अराउन पाइने युवा छैनन्’राइनले भन्नुभयो–,‘मर्दापर्दा त झनै सकस पर्छ ।’ जिल्लाको भ्रमरपुरा गाविसलाई त एक दशक अघिदेखि नै ‘नेपालको साउदी’ भनेर चिनिन्थ्यो । गाउँबस्तीका ९५ प्रतिशतभन्दा युवा साउदी अरेबिया पुगेको हुँदा उनीहरुकै परिचय जोडेर गाउँलाई ‘नेपालको साउदी’ भनिन थालिएको सो गाविसका निवर्र्तमान अध्यक्ष हबिब राइनको भनाइ छ । पछिल्लो समयमा जिल्लाको सम्पन्न गाउँ (साहु महाजनको गाउँ) मानिने लोहारपट्टीसहित धमौरा, बिसबिट्टी, लक्ष्मीनिंयाबैरेगिया, हतिसर्वा र पडौल गाविसमा पनि नयाँ उमेरका युवा विदेश जाने क्रम बढेपछि गाउँबस्ती शुन्यजस्तै बनेको ती गाउँका बुढापाका बताउँछन् । यसपालीको दशैं, तिहार, छठ र ईस्लाम धर्मावलम्बीको पर्व मुहर्रम सकिएपछि त गाउँबाट भारतको हरियाणा, पञ्जाव र दिल्ली जाने युवाको लर्को नै लागेकाले बस्तीमा ससाना नानी, बुढापाका र महिला मात्र रहेको भङ्गाहा–४ को दलित मुसहर टोलका ६० वर्षीय जुगल सदा मुसहरले बताउनुभयो ।
काम नपाएपछि भोकभोकै मर्नुभन्दा विदेश गएर दुई÷चार पैसाको मुख देखिने आसले मन बाँधेर तन्नेरी छोरालाई पञ्जाव पठाएको हतिसर्वा–९ झपौलको चमार जातिको बस्तीका ७० वर्षीय बृद्ध दलित मनरुप महरा चमारले दिक्क मान्दै बताउनुभयो । जिल्लाको उत्तरवत्र्ती क्षेत्रमा थोरै जेथा हुने र साहुले ऋण पत्याउनेका छोरा अरब, कतार, मलेसिया र गरिबगुरुवाका छोरा भारतका पञ्जाव, हरियाणा जाने आम प्रचलनजस्तै देखिएको छ । हिजोआज थोरै लेखपढ भएकाले पनि आफ्नो ठाउँमा काम पाउन मुस्किल भएपछि रोजगारीका लागि विदेश जाने क्रम बढेको गाउँबस्तीका बुढापाका बताउँछन् । यो क्रम जिल्लाको दक्षिणी क्षेत्रमा पनि निकै बढेको देखिन्छ । आफ्नो गाविसका ९० प्रतिशत घरपरिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार रहेको भटौलिया गाविसका निवर्र्तमान अध्यक्ष जामुन मण्डल बताउनुहुन्छ । पछिल्लो समयमा युवा पुस्ताको भारत र अरब राष्ट्रतिरको बढ्दो पलायनले गाउँनगर बस्ती युवाविहीन हुने मात्र नभई सामाजिक र साँस्कृतिक महत्वका पर्वतिहार निरस हुँदै गएको बुढापाकाको भनाइ छ । अचेल गाउँघरमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पु¥याइदिने र मर्दा घाट पु¥याउने मान्छेको समेत अभाव खट्कन लागेको जिल्लाको सुदूर दक्षिणवर्ती एकडारा गाविसका पूर्वअध्यक्ष ६५ वर्र्षीय शेषनारायण झा बताउनुहुन्छ ।
मुलुकमा सुरक्षा अवस्था भरपर्दो नहुनु पनि युवा पलायनको कारण बनेको जानकारहरु बताउँछन् ।े खासगरी कृषिमजदूरी गर्ने युवा पुस्ताको भारत पलायनले खेतीपातीको काम निकै प्रभावित भएको छ । यसले गर्दा धानबाली लगाउन नपाएकाले धेरै जग्गा बाँझो बस्ने गरेको जिल्लाको भारतीय सीमावर्ती पर्सापतैली गाविसको चौडिया गाउँका ६० वर्षीय किसान रहिमन मण्डलले बताउनुभयो । युवाहरुको बढ्दो विदेश पलायन रोक्न नसके अब चाँडै जिल्लाका लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने आमकिसानको चिन्ता छ । यस क्षेत्रमा विज्ञहरुले समाधान पहिल्याएर राज्यलाई ठोस सुझाव दिनुपर्ने महोत्तरीबासी बताउँछन् ।
जिल्लाबाट अरब राष्ट्रबाहेक भारतमात्र जानेको सङ्ख्यापनि १० हजारको हाराहारी भएको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सङ्घसंस्थाले अनुमान गरेका छन् । जिल्लामा भारतबाहेकका खाडी राष्ट्रमा रोजगारीका लागि जाने युवाको सङ्ख्या कार्यालयमा बनेका राहदानीलाई आधार मान्ने हो भने एकलाखभन्दा बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीको राहदानी शाखाले जनाएको छ ।
on January 10, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सारे लेख यहाँ है





on January 10, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Thursday, January 7, 2016

वकील हुँदादेखि नै देशको अन्न खाएको छुः गिरीशचन्द्र लाल (अन्तर्वार्ता)

हिमालखबर  516  23  539

  • Shares

  • 10

girishcl
सबै तस्वीर: बिक्रम राई
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गिरीशचन्द्र लाल २० पुसदेखि सेवानिवृत्त भएका छन् । कानून व्यवसाय गर्दागर्दै २०४८ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भएका उनी त्यसयता विभिन्न पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै, सर्वोच्च पुगे ।
२०६५ मा अस्थायी न्यायाधीशबाट शुरू भएको सर्वोच्चको उनको यात्रा स्थायी हुँदै वरिष्ठतम न्यायाधीशसम्म पुग्यो । त्यही हैसियतमा न्यायपरिषद् सदस्य बने । न्यायपालिकाभित्रका विकृति, विसंगति अध्ययन गर्न सर्वोच्चले गठन गरेको दुई वटा समितिमा काम गरे ।
न्यायाधीशको रूपमा लालको २४ वर्षको अनुभव, त्यहाँभित्रका समस्या र उनको सेवानिवृत्त जीवनबारे हिमालखबर का लागि तुफान न्यौपानेले उनीसँग गरेको कुराकानी–
२४ वर्ष इजलासमा बस्दाको अनुभव कस्तो रह्यो ?
राम्रै रह्यो । पहिले वकालत गर्दाको अनुभव पनि राम्रै थियो । त्यसवेला डेमोक्रेटिक संघर्ष चलिरहेको थियो । वकीलको रूपमा त्यो संघर्षमा सहयोग गर्न पाएँ । सोसल रिफर्मतिर पनि मेरो बढी प्रयास हुन्थ्यो । हुनेखानेहरूको मात्र होइन, कमजोरहरूको पनि सेवा गर्न पाएँ । आफ्नो पक्षको न्यायका लागि काम गर्नु वकीलको कर्तव्य हो । त्यो सन्दर्भमा वकालत गर्दा पनि मलाई आनन्दकै अनुभव भयो ।
त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको रूपमा न्याय प्रदान गर्ने निकायमा २०४८ साल कात्तिक १८ गतेदेखि कार्यरत रहें । न्यायको खोजी गर्ने ठाउँबाट प्रदान गर्ने ठाउँमा गएँ । धेरै फरक थिएन । वकीलहरूको व्यवहार अलि खुला हुन्छ, न्यायाधीशहरूको हुँदैन । आ–आफ्नो ‘इथिक्स’ मा बस्नुपर्छ । म न्यायाधीशको ‘इथिक्स’ मा बसेर काम गर्ने प्रयास गरें ।
सकभर निष्पक्ष नै भएँ होला भन्ने मेरो अनुभव छ । न्यायाधीशमा हुँदा रुल अफ ल, जस्टिस फर द पिपुल, जुडिसियल इन्डिपेन्डेन्ट जस्ता कुरामा आफूलाई समर्पित गर्ने प्रयास गरें । कोही खुशी, कोही दुःखी भए होलान् । आफ्नो पक्षमा फैसला नआउँदा दुःखी पनि हुन्छन् ।
तर समग्रमा मप्रति शायद शिकायत पनि छैन । र यदि छ भने पनि बहुत अल्पकालको शिकायत भएको होला । सबैले मेरो भावना बुझ्ेका छन् । रिटायर्ड हुने वेला न्यायाधीश, कर्मचारी र बारका साथीहरूको मनोभाव पढ्ने प्रयास गरें । त्यसमा उहाहरू मप्रति सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ ।
आदेश वा फैसलाका कारण विवादमा पनि पर्नु भयो होला, न्यायाधीशको रूपमा विवादको प्रतिवाद पनि गर्न मिल्दैन, त्यो वेलाको अनुभव कस्तो रहन्छ ?
प्रतिवाद गरिरहनुपर्छ जस्तो लाग्दैन । हामीले जे भनेका हुन्छौं, त्यो लेखेकै हुन्छौं ‘आर्गुमेन्ट’ त्यहींभित्र हुन्छ । त्यसैले प्रतिवाद गर्न वा स्पष्टीकरण दिन जरूरी हुँदैन । आदेश/फैसला कानूनसम्मत छ कि छैन भनेर वकीलहरूले हेर्छन्, कानूनसम्मत छैन भने त्यसको समालोचना गर्न त उनीहरू स्वतन्त्र नै हुन्छन् । समालोचनाले नै न्यायप्रणाली दिगो र बलियो बनाउँछ भन्नेमा विश्वास गर्छु ।
कसैले अनावश्यक आलोचना गरेको रहेछ भने पनि त्यसैले ‘ब्यालेन्स’ गर्छ । बार स्वतन्त्र हुन्छ, हाम्रो ‘प्रोटेक्सन’ उसैले गर्छ । ‘प्रोटेक्सन’ मा प्रेस नै हुन्छ । प्रेसको कुनै पक्षले न्यायपालिका, न्यायाधीशमाथि ‘एटेक’ गरे पनि सबैले गर्दैन । हामी प्रेसको स्वतन्त्रताको पक्षमा पनि त्यत्तिकै छौं, जति न्यायपालिकाको स्वतन्त्रताको पक्षमा छौं ।
प्रेसले मेरो बारेमा पनि राम्रै समाचार छापे होला, केहीले नराम्रो छापेको पनि होला, तर अन्तिमसम्म कुनै ‘कन्फ्यूजन’ बाँकी रहेन । म कसैले आलोचनात्मक समाचार छाप्यो भने पनि खुशी नै हुन्छु, किनभने त्यो समाचारपछि सबैले आ–आफ्ना तर्क–वितर्क राख्न थाल्छन् र यथार्थ बाहिर निस्कन्छ । त्यसैले आलोचनात्मक समाचारले पनि लाभ नै दिन्छ । त्यसकारण प्रेसको स्वतन्त्रताको हनन् होस्, यसलाई ‘कन्ट्रोल’ गरौं भनेर म कहिल्यै लागिनँ ।
अदालतमा विचाराधीन मुद्दामा विभिन्न स्वार्थ समूहले चर्चा चलाएका हुन्छन् । आफ्नो ‘नम्र्स’ प्रेसवालाले राम्रोसँग बुझेका छैनन् । त्यो प्रेसको मात्र कुरा पनि छैन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कसैले पनि आफ्नो ‘नम्र्स’ राम्रोसँग पालना गरेको देखिंदैन ।
हामी त्यो दिशामा अग्रसर हुनुपर्छ भन्ने भावना मात्रै आइदियो भने पर्याप्त हुन्छ जस्तो लाग्छ । सबैले आ–आफ्ना कर्तव्य पूरा गर्नुपर्छ । त्यसैकारण कुनै एक पक्षलाई मात्र दोषी देखाइरहनु आवश्यक छैन । लोकतान्त्रिक प्रणालीले विस्तारै सबैलाई राम्रो ठाउँमा पुर्‍याउँछ भन्ने मेरो विश्वास छ ।
girishप्रेसको कुरा आइहाल्यो, न्यायालयमा बाह्य तत्व (खासगरी राजनीति) को प्रभाव कत्तिको छ ?
राजनीतिको प्रभाव जहाँ–कहीं छ । तर, न्यायपालिकामा अन्य निकायमा भन्दा कम छ । कुनै व्यक्ति न्यायाधीश हुनुपूर्व कुनै दलमा आबद्ध भएको भए पनि न्यायपालिकामा आउँदा उसले संविधान, कानून र प्रमाणलाई बढी महŒव दिएको हुन्छ । र न्यायिक सिद्धान्त ‘फ्लो’ गरेको हुन्छ । त्यसो गर्दा राजनीतिक प्रभाव शून्य भएर जान्छ । उसको व्यावसायिक कर्तव्य नै यही हो ।
न्यायाधीशलाई प्रभाव पार्ने जुन चेष्टा हुन्छ, त्यो त उसैले घटाउनुपर्छ । मैले राजनीति प्रेरित भएर कुनै काम गर्न मिल्दैन, कानून/प्रमाण विपरीत कुनै काम गर्न मिल्दैन भन्ने हेक्का राख्नुपर्छ । यस भावनाले काम गर्दा धेरैले सहयोग गर्छन् । मेरो सन्दर्भमा बारले सधैं मद्दत गरेको छ ।
कहिल्यै शंकाको दृष्टिले हेरेन । बारका वकीलहरू जुनसुकै पार्टीसँग आवद्ध भएको भए पनि न्याय सम्पादनका सिलसिलामा मबाट भएका कामबारे बढी दिनसम्म ‘कन्फ्यूजन’ मा रहेन बार । कुनै आदेशमा तत्काल केही शंका भए पनि थोरै दिनमै त्यो मेटियो ।
न्यायपालिकाको विकृति विसंगतिबारे अध्ययन समितिमा काम गर्नुभएको छ, केही समयअघि तपाईंकै संयोजकत्वको समितिले प्रतिवेदन पनि दिएको छ । के रहेछन्, न्यायपालिकाभित्र विकृतिहरू ?
हामीले प्रतिवेदन प्रधानन्यायाधीशलाई बुझएका छौं । त्यसका केही अंश प्रेसका लागि खुला पनि छन् । तपाईंहरू आफैं त्यसको अध्ययन गर्न सक्नुहुन्छ । न्यायपालिकामा विकृति विसंगति छैन भनेर कसरी भनूँ म ? हामी धेरै कुरामा ‘पर्फेक्ट’ हुन, राम्रो बाटोमा अग्रसर हुन बाँकी नै छ ।
तर, व्यवस्थापिका, कार्यपालिका, प्रेस जस्ता अन्य निकायहरूसँग तुलना गर्दा सबैभन्दा उच्चतहको आचरण अपनाएको भने न्यायपालिकाले नै हो । बिल्कुलै कमजोरी छैन भन्ने पक्षमा म छैन । कमजोरीहरूलाई औंल्याएर सुधार गर्नुपर्ने हुन्छ । अधिकांश न्यायाधीश निष्पक्ष रूपमा नै काम गर्छन् ।
जिल्ला अदालतले गरेको गल्ती पुनरावेदन अदालतले सुधार्छ । त्यहाँबाट केही गल्ती भएमा सर्वोच्चले सुधार्छ । सर्वोच्चमा त ‘सिङ्गल बेन्च’ देखि ‘डिभिजन’ र ‘फूल बेन्च’ समेत हुने भएकाले न्यायपालिकाबाट भूल सुधार हुनै नसक्ने अवस्था छैन । एक न एक स्थानबाट भूल सुधार हुन्छ हुन्छ । तर अन्य निकायमा यस्ता प्रणाली नभएका कारणले कतिपय गलत कुरा धेरै दिनसम्म कायम रहन्छ ।
नेपाली ‘एभरेज क्यारेक्टर’ नै सबै ठाउँ प्रतिबिम्बित हुन्छ । त्यसैकारण केही न केही त्रुटि होला, तर अन्य निकायलाई न्यायपालिकासँग दाँज्ने प्रयास गर्ने हो भने न्यायपालिकाको अवस्था धेरै राम्रो छ ।
तर, तपाईंकै समितिले पनि थुप्रै विकृति औंल्याएको छ, सुझाव दिएको छ । सर्वोच्चमा यस्ता प्रतिवेदन कार्यान्वयनको विगत त्यति सन्तोषजनक नभएकाले यो प्रतिवेदन कार्यान्वयनको अपेक्षा के गर्नुभएको छ ?
यो पूर्ण रूपमा कहिल्यै कार्यान्वयन हुँदैन । मानवीय सभ्यता रहेसम्म कमजोरी रहिरहन्छन् । एकप्रकारका कमजोरीहरूको निराकरण भयो भने अर्का प्रकारका कमजोरी आउँछन् ।
अहिले संक्रमणकाल छ । न्यायपालिका स्वतन्त्र रूपमा काम गर्नुपर्छ भन्ने सोचाइ एउटा छ तर, यसमाथि कसैको प्रभाव परेको छैन भन्ने त हुँदैन । जस्तो–न्यायपालिकामा आउने न्यायाधीशहरू न्यायपरिषद्ले नियुक्त गर्छ । उसले जस्ता न्यायाधीश नियुक्ति गर्छ, त्यस्तै न्यायाधीश आउँछन् । त्यस्तै न्यायपालिकाको अभिन्न अंग बार एसोसिएसन हो ।
त्यसको पनि प्रभाव पर्छ अदालतमा । सबैको एकअर्काका आचरणका प्रभावहरू पर्छन् । न्यायाधीशहरूमा मात्र दोष हुन्छ भन्ने होइन । दुनियाँमा कोही पनि दोषमुक्त नभएकाले न्यायाधीशहरू पनि दोषमुक्त हुन्छन् भनेर म भन्दिनँ । प्रभाव पार्ने निकायहरूले केही न केही शुद्ध रूपमा काम नगरेसम्म प्रभाव परिरहन्छन् ।
girishcपुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट सेवा प्रवेश गरेको व्यक्ति सर्वोच्चको वरिष्ठ न्यायाधीशको रूपमा रिटायर्ड हुनुभयो । प्रधानन्यायाधीश हुन पाएको भए अझ राम्रोसँग यसलाई कार्यान्वयन गर्ने थिएँ भन्ने लाग्छ कि लाग्दैन ?
प्रधानन्यायाधीश हुन पाएको भए म आफ्नै प्रकारले काम गर्थें । धेरै ‘स्पीड’ मा मैले काम गर्दिनँ । दिगो रूपमा प्रभाव पार्ने गरी ‘स्लो स्पीड’ मा काम गर्दै आएकोे मलाई अनुभव छ । अरूको पनि यस प्रकारको टिप्पणी सुन्छु ।
तर, अहिलेका प्रधानन्यायाधीश मैले वकालत गर्ने वेलादेखि नै न्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो । मभन्दा सिनियर न्यायाधीशको रूपमा पुनरावेदन अदालतमा आउनुभयो । सर्वोच्चमा पनि उहाँ मभन्दा पहिले आउनुभयो । म सेवा प्रवेश गर्दादेखि नै उहाँ प्रधानन्यायाधीश हुनुहुन्छ, म वरिष्ठतम न्यायाधीशसम्म जान सक्छु भन्ने ‘क्यालकुलेसन’ थियो । हामीकहाँ एउटालाई पछार्ने, अर्कोलाई उछिन्ने भन्ने चेष्टा बिल्कुलै न्यून छ । यो चेष्टालाई कसैले राम्रो मान्दैन । त्यसैले म यही रूपमा सेवानिवृत्त हुन्छु भन्ने थाहा थियो ।
मेरो मूल्यांकन के छ भने उहाँ (प्रधानन्यायाधीश) को कार्यक्षमता, योग्यता मभन्दा धेरै बढी छ । त्यसकारण उहाँको ठाउँमा म हुन पाएको भए राम्रो हुन्थ्यो भन्ने लाग्दैन । उहाँपछि म भएको भए मैले आफ्नो प्रकारले प्रयास गर्थें । तर, उहाँले अहिले पनि न्यायपालिका सुधार्न भरमग्दुर प्रयास गर्दै हुनुहुन्छ । प्रयासको प्रभाव पनि देखिन थालेका छन् । उहाँ धेरै हदसम्म सफल हुनुहुन्छ । तर पूर्ण सफलताको अपेक्षा गर्न त सम्भव छैन ।
सर्वोच्चमा ‘जुनियर जस्टिस’ को रूपमा रहँदा तपाईंलाई ‘सिनियर’ ले आफ्नो राय मिलाउन प्रयोग गरे भन्ने आरोप छ नि ? त्यस्तो बिल्कुलै छैन । जहिले पनि मेरो आफ्नै राय रहेको छ । न्यायको लागि स्वतन्त्रपूर्वक विचार गर्ने हो भने धेरैजसो ‘केस’ हरूमा हाम्रो रायमा एकरूपता नै रहन्छ । ‘सिनियर जज’ हरूले मलाई माया गरेका हुन् । मैले पनि उनीहरूलाई आदार गरेको हुँ, यसमा कुनै सन्देह छैन । तर ममाथि कसैले गलत प्रभाव प्रयोग गर्ने प्रयास कहिल्यै गरेको छैन, न मैले गरेको छु । यो आरोप बाहिर बसेर गरेको अनुमान हो । यो विल्कुल भ्रम हो ।
तपाईं न्यायपरिषद् सदस्यको रूपमा रहँदा परिषद्ले सर्वोच्चमा न्यायाधीश नियुक्त गर्न सकेन, समस्या के थियो ?
परिषद् आफैंमा केही समस्या थिएन, छैन । त्यहाँ प्रधानन्यायाधीशको अध्यक्षतामा, कानूनमन्त्री, सर्वोच्चको वरिष्ठ न्यायाधीश र प्रधानमन्त्री तथा बारबाट मनोनीत थप दुई जना सदस्य हुन्छन् । कानूनमन्त्री, प्रधानमन्त्री र बारको मनोनीतमा गएका सदस्य राजनीतिक प्रभावमा परेका हुन्छन् । त्यसैले यहाँ राजनीतिको सीधै प्रभाव पर्ने अवस्था विद्यमान छ । दुई जना न्यायाधीश अल्पमतमा हुन्छन् ।
न्यायपालिकामा सीधै राजनीतिक प्रभाव पर्न नहुनेमा परिषद्मा त्यो प्रभावलाई ‘अभ्वाइड’ गर्न गाह्रो हुन्छ । यसको संरचनामा विचार गर्न जरूरी छ । ‘फूल कोर्ट’ ले यसबारे संविधानसभालाई सुझव दिएको थियो । सभाले बनाएको संविधानमा सुधारको आवश्यकता छ तर, संविधान त सबैले पालना गर्नुपर्छ ।
तर, न्यायाधीशको नियुक्ति किन हुन सकेन ?
प्रधानमन्त्रीद्वारा मनोनीत सदस्यको पदावधि सकिएपछि अर्को मनोनयन समयमा भएन । बारबाट मनोनीत सदस्यले राजीनामा गरेपछि त्यसको पूर्ति पनि समयमा भएन । प्रधानन्यायाधीश फेरिनुभयो । नयाँ प्रधानन्यायाधीश आएकै मितिदेखि म पनि परिषद्‍मा आएँ । त्यो वेला संविधान जारी हुने क्रममा थियो । संविधानमा स्थायी, अस्थायी न्यायाधीश कति हुन्छन् भन्ने अन्योल थियो ।
संविधानको व्यवस्था भन्दा बढी नियुक्ति भएमा पछि के गर्ने भन्ने समस्या हुन्थ्यो । संविधानले अस्थायी न्यायाधीशको व्यवस्था गरेन । हामीले अस्थायी न्यायाधीश नियुक्ति गरेका भए उहाँहरूको स्थिति ज्यादै नराम्रो हुन्थ्यो । त्यसैले संविधानलाई पर्खंदा बुद्धिमानी नै भएको छ । पछि प्रधानमन्त्री र बारबाट मनोनीत परिषद् सदस्य रहनुभएको छ कि छैन भन्ने संविधानमा उल्लेख भएन । बाधा अड्काउबाट पनि आउन सकेन ।
त्यसपछि परिषद्‌मा प्रधानन्यायाधीश, कानूनमन्त्री र म मात्र भयौं । अहिले पनि प्रधानमन्त्री र बारबाट मनोनीत सदस्य आएको छैन । संसदीय सुनुवाइको नियमावली छैन । यस्तो बाधाले नियुक्ति हुनसकेको छैन । प्रधानन्यायाधीश प्रयासरत हुनुहुन्छ ।
सेवानिवृत्त जीवन कसरी बिताउनुहुन्छ ?
मैले आफ्नो लागि गरें । मेरा छोरा–छोरी सक्षम भइसकेकाले उनीहरूप्रति मेरो दायित्व पनि धेरै छैन । मलाई समाजले धेरै दिएको छ । मैले वकील हुँदादेखि नै आफ्नै देशको अन्न खाएको छु । न्यायाधीश हुँदा पनि जनताले तिरेको ‘ट्याक्स’ बाट भरणपोषण गर्न पाएको छु ।
त्यसकारण समाजलाई केही कुरा फर्काऊँ भन्ने मेरो सोचाइ छ । म आर्थिक रूपमा कुनै योगदान गर्न सक्ने गरी सक्षम नभए पनि मेरो श्रमले, विचारले केही योगदान गर्न चाहन्छु । विभिन्न व्यक्तिहरूलाई ऐक्यबद्ध बनाउने, कसैप्रति अन्यायको भावना ल्याउन नदिने, परस्पर सद्भाव राखौं भन्नेमा लाग्नेछु ।
पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका सबै जनताले एकअर्काका भावना बुझन सक्ने, समभाव राख्ने वातावरण होस् भन्ने म चाहन्छु ।
त्यसका लागि के गर्नुहुन्छ ?
त्यसमा म योगदान गर्न चाहन्छु । सद्भाव, मेलमिलापको वातावरण बनाउने मेरो कोशिश हुन्छ ।
राजनीतिक महत्वाकांक्षा पनि छ कि ?
म प्रत्यक्ष राजनीतिमा चैं आउँदिनँ । तर, मेरो मनमा लोकतन्त्रप्रति समर्थन छ । विद्यार्थीकालदेखि नै मेरो विचारधारा त्यस्तै छ । वकील वा न्यायाधीश हुँदा पनि यो कुरा लुकाएको छैन । तर, लोकतन्त्रका समर्थक जो पनि राजनीतिमा लाग्नुपर्छ भन्ने जरूरी पनि छैन । लोकतन्त्रको जग अझ बलियो बनाउनुपर्ने, जनताका अधिकार सुनिश्चित गर्नुपर्ने, सद्भाव बढाउनुपर्ने काम गर्नुछ ।
आफूलाई मन पर्ने पार्टीलाई भोट दिनु जनताको अधिकारको कुरा हो । मैले मलाई भोट नदेऊ, तर आफूलाई ठीक लाग्ने पार्टीलाई भोट देऊ भन्न सक्छु । यसो गर्दा विश्वास पनि बढी आर्जन होला । हामीसँग प्रशस्त भौगोलिक विविधता छ । यसबाट लाभ लिनुपर्छ, हानि पु¥याउने काम गर्नुहुँदैन ।
सांस्कृतिक, भाषिक विविधता छन् यसमा कसरी एकता सिर्जना गर्ने भन्ने प्रयास गर्नेछु । वकील र न्यायाधीशको रूपमा समाजले मेरो भूमिका स्वीकार गरेकोले मेरो नयाँ भूमिकालाई पनि स्वीकार गरिनेछ । यसले मेरो प्रतिष्ठा अझ बढ्नेछ । मैले फेरि त्यो जनतालाई नै फर्काउने साइकल जारी राख्ने प्रयास गर्नेछु ।
- See more at: http://www.himalkhabar.com/119302#sthash.zqK3atij.DgYetVTx.dpuf
on January 07, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

विभिन्न जाति सग सम्बन्धि नृत्यहरु

विभिन्न जाति सग सम्बन्धि नृत्यहरु
● पुटपुटे नाच = गुरुङ
● चन्डि नाच = राई
● च्याब्रुङ नाच = लिम्बु
● धान नाच = लिम्बु
● बार्हमासे नाच = थारू
● झुमरा नाच = थारु
● लठ्ठी नाच = थारू
● तरवाल नाच = थारु
● जटजटिन नाच = थारू
● कटेहर नाच = थारु
● सेलो नाच = तामाङ
● कर्माधर्मा नाच = झागड
● धिन्तामे नाच = ज्यापू
● झिझिया नाच = मैथिली समुदाय
● कौरा नाच = मगर
● पाङ्दुरे नाच = मगर
● मारुनी नाच = मगर
● बसन्त नाच = नेवार
● तयमचा नाच = नेवार
● लाखे नाच = नेवार
● गहेडि नाच = माझी
● कहरवा नाच = कहार
● स्याब्रु नाच = तामाङ शेर्पा भोटे लोवा
● रोदि, साेरठि, झाम्रे र टप्पानाच = गुरुङ मगर
on January 07, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

बाहुन, क्षेत्रीको संविधान र मधेस

बाहुन, क्षेत्रीको संविधान र मधेस
नेपालको स्थायी सत्ताको मूल चरित्र बाहुन, क्षेत्री र गोरखा दरबारसँग नातागोता भएका मात्र जोडिएका छन् । त्योभन्दा बाहिर गएको छैन । एक,दुईवटा देखाउनका लागि जनजाति, मधेसी र दलितलाई लिइन्छ । यो देखाउने र सजावटका लागि मात्र हो । तर, मूलतः यहाँको स्थायी सत्तामा निरन्तरता बाहुन, क्षेत्री, पुरुष गोरखा साम्राज्यको पालामा स्थापना भएको थियो, अहिलेसम्म त्यही नै चलिरहेको छ ।
38
ck-lal

सीके लाल
अहिले नेपालमा उपेक्षित मधेसी, थारू, मगर, दलित तथा महिला आन्दोलित छन् । उनीहरूको मुद्दा राज्यले सुन्न सकिरहेको छैन । एउटा पक्ष उनीहरूका माग र आवाजको बेवास्ता गर्दै संविधान बनाउन लागेका छन् । यो संविधान नेपालको बाहुन, क्षेत्री र पुरुषको मात्र हित सुनिश्चित गर्न र त्यसलाई निरन्तरता दिनका लागि मात्र बन्न गइरहेको छ । बाँकी अरू कसैको मुद्दा आक्कलझुक्लमा पर्नु बेग्लै कुरा हो । यीबाहेक अरू कसैका लागि यो संविधान बनेको होइन । नेपालमा अधिकांश संविधान प्रायःजसो बन्दुकको भरमा कार्यान्वयन हुने गरेको छ । यो संविधान पनि कार्यान्वयनको प्रयत्न त अवश्य हुन्छ तर त्यसको प्रतिरोध पनि हुन्छ । यो सजिलै लागू हुँदैन ।
अखण्ड सुदूरपश्चिमको नारा लगाउने राज्य सञ्चालकका आफन्त, दाजुभाइ, काका, मामा र ‘ब्राह्मणश्य ब्राहमणो गति’ भनेझैँ बाहुन जहाँको भए पनि एक अर्काको भइहाल्छ । क्षेत्री, बाबुसाहेब र राजा सबै नातागोता पर्ने भए । उनीहरूको सेना र प्रशासनमा पहुँच भयो, राजनीति उनीहरूकै कब्जामा छ । सबै आफ्ना मान्छे भएपछि अलिकति बढी भाग माग्दा सजिलै दिन तयार भए । त्यो पनि थारूहरूको भाग खोसेर दिइएको हो, आफ्नो दिनुपर्ने नभएपछि सजिलै दिन तयार भए । अनि सबै खुसी भए । त्यसैले उनीहरूको माग तत्काल सुनुवाइ भयो र यो संविधानमा समेटियो ।
असमान व्यवहार
राज्यले मधेसीलाई आफूबराबरको नठान्दा लामो समयदेखि मधेससँग भएका सम्झौता कार्यान्वयन हुन सकेको छैन । मधेसी नागरिकलाई अर्को दर्जाको नागरिकसरह हेरिन्छ । मधेसका नागरिकले बढी नै दबाब दिए भने हुन्छ भनेर सम्झौता हुन्छन्, सम्झौता जे भए पनि गरिदिने तर कार्यान्वयन गर्नु पर्दैन भनेर ढुक्क भएर गर्छन् । अनि मधेसीहरू पनि बिचरा कमजोर छन् । उनीहरूको राज्यसँग केही लाग्दैन अनि मालिकहरू जे गर्छन् गरून् भनेर चुप लागेर बस्ने गरेका छन् । फेरि तात्तिएपछि उफ्रन्छन्, सेलाउँछन् । यो २००७ सालदेखि नै चल्दै आएको छ ।
भन्नलाई २०६२÷०६३ को आन्दोलनलाई जनताको आन्दोलन भनियो तर अन्ततः राजा हटाउने, राजाको सट्टा यहाँका चल्तापुर्जा बाहुन, क्षेत्रीले शासन चलाउने भन्ने किसिमको मात्र आन्दोलन भयो । जनतालाई नै सक्षम बनाउने, मधेसी, दलित, महिला, सीमान्तकृतका लागि व्यवस्था परिवर्तन भएको आभास आजको मितिसम्म भएको छैन । र, त्यस्तो कुनै संकेत पनि देखिँदैन ।
अधिकार होइन पुरस्कार
नेपालको एउटा स्थायी सत्ता छ । जुन गोरखाबाट पृथ्वीनारायण शाह आएपछि त्यसैको निरन्तरतामा छ । त्यसमा जंगबहादुरको उदयपछि केही थपियो, त्यसअगाडि केही भीमसेन थापाको पालामा थपियो । चन्द्रशमशेर, जुद्धशमशेर र महेन्द्रको पालमा पनि केही थपियो । केही–केही थपिँदै गएको पक्का हो । तर, नेपालको स्थायी सत्ताको मूल चरित्र बाहुन, क्षेत्री र गोरखा दरबारसँग नातागोता भएका मात्र जोडिएका छन् । त्योभन्दा बाहिर गएको छैन । एक÷दुईवटा देखाउनका लागि जनजाति, मधेसी र दलितलाई लिइन्छ । यो देखाउने र सजावटका लागि मात्र हो । तर, मूलतः यहाँको स्थायी सत्तामा निरन्तरता बाहुन, क्षेत्री, पुरुष गोरखा साम्राज्यको पालामा स्थापना भएको थियो, अहिलेसम्म त्यही नै चलिरहेको छ । यसका लागि मधेसी भनेका तिनलाई सेवा गर्ने सेवकका रूपमा मात्र हेरिँदै आइएको छ । कहिलेकाहीं पुरस्कार पाउने बेग्लै कुरा हो, तिनले अधिकार कहिल्यै पाउँदैनन् । पुरस्कार दिन तयार हुन्छन् बरु राष्ट्रपतिकै पद दिन तयार अधिकार पाउँदैनन् ।
गएको निर्वाचनमा पनि मधेसी दलहरूभन्दा धेरै बढी कांग्रेस, एमाले र एमाओवादीले मधेसबाट सिट पाएका छन् । तर, आन्दोलनको ठेक्का मधेसी दलले मात्र लिनुपर्छ भन्नेजस्तो देखिएको छ । यो हुनुका कारण पहाडी दलमा लागेका मधेसी नेताहरू आफ्नो मेरुदन्ड भाँचेर लागे । तिनको स्वतन्त्र सोच केही पनि बाँकी रहँदैन । तिनले मालिकको सेवामात्र गर्ने हो, त्यो पनि पुरस्कारका लागि गर्ने हो । अधिकारका लागि त उनीहरूले मधेसबाट जितेका होइनन् । त्यसैले उनीहरूले अधिकार लागि गएको भए पो आन्दोलनको भाषा बोल्थे । त्यसैले तिनले मधेसी अधिकारको भाषा बोल्ने सम्भावना पनि छैन ।
साम्प्रदायिकता झाँगिन्छ
मधेसलाई उपेक्षा गरेका कारण साम्प्रदायिकताको बीउ विगतदेखि नै छ । अहिले मधेसलाई उपेक्षा गरेर जारी गरेको संविधानले साम्प्रदायिकताको बीउ झन् झाँगिने देखिन्छ । तर, सत्ताधारीले आफ्नो के जोड घटाउ गरे भने सेना हाम्रै, प्रशासन हाम्रै, बन्द–व्यापार हाम्रै, अखबार, पत्रपत्रिका सबै हाम्रै, बुद्धिजीवी हाम्रै र अन्तर्राष्ट्रिय सम्बन्धमा हाम्रै हालीमुहाली यति भएपछि यिनले केपो गरिहाल्लान्, जे पर्ला देखिजाला, यिनलाई माथि जान दिनुहँुदैन खुट्टामुनि नै राख्नुपर्छ । दबाएर ठाउँमै राख्नुपर्छ भन्ने निर्णय नै गरेर अघि बढेका हुन् । यो आँखा चिम्लेर गरेका होइनन् ।

मिलनबिन्दु छैन
एउटा पक्ष अघि बढेको छ । अर्को पक्ष आन्दोलनमै छ । त्यसैले यी दुईको तत्काल मिलन हुने सम्भावना देखिँदैन । आखिर राणा शासन त १०४ वर्षसम्म चल्यो । राजा महेन्द्रको अधिनायकवाद पनि ३० वर्षसम्म चल्यो । जब शक्तिको सबै स्रोतमा एकाधिकार एकथरी समुदायको कायम छ भने त्यो समुदायको साम्प्रदायिकताको राजनीति त चल्छ । त्यसैले तत्कालै मधेसमा तीन विकल्पमात्र छन् । एउटा आत्मसर्मपण गर्नु हो । लौ मालिक जे गर्नुहुन्छ गर्नुस् भनेर एमालेको मधेसी सभासद्ले भनेझैं आत्मसमर्पण गर्नुपर्यो । मालिकको भरमा छाड्नुप¥यो । दोस्रो भनेको संघर्ष गर्नुपर्यो । त्यो पनि शान्तिपूर्ण गर्योभने चल्छ । हिंस्रक भयो भने राज्यसँग यति धेरै सेना छ दबाउँछ । तेस्रो विकल्प भनेको यो देश यस्तै हो भनेर बाहिर जानुपर्यो । सक्ने युरोप, अमेरिका जानुपर्यो नसक्ने अरब गएर पसिना कमाएर आफ्नो जसरी भए पनि गुजारा चलाउनुपर्यो। यो व्यवस्थाबाट बाहिर बस्नुपर्यो ।
सल्किरहने द्वन्द्व
अहिले अन्तर्राष्ट्रिय शक्तिलाई पनि नेपालमा संक्रमणकाल धेरै लम्बियो । सत्ताधारीले यदि केही गर्छन् भने के गर्दा रहेछन् हेरौं न त भएन भने फेरि जे गर्नुपर्ला देखाजाला भनेर बसेका छन् । उनीहरूले पनि अहिले तत्काल केही गरिहाल्नेजस्तो देखिँदैन । अहिलेको द्वन्द्व भुसको आगोजस्तो सल्किरहने र अवसर मिल्यो भने फेरि फुट्ने अवस्था कायम रहिरहन्छ । जुन संविधानले साम्य पार्नुुपर्ने परिस्थितिलाई संविधानले गर्न सक्ने कुनै सम्भावना छैन । अहिलेको संविधान २०४७ को जत्तिको पनि छैन । पञ्चायतकालको राजा महेन्द्रको संविधानको झझल्को दिनेखालको छ ।
on January 07, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

राष्ट्र, राज्य र मधेस

राष्ट्र, राज्य र मधेस

राष्ट्र, राज्य र मधेस
05 Jan, 2016 by डम्बर चेम्जोङ
Print this article Font size -16+

थालनी
मधेस, मधेसी पहिचान र प्रदेश सीमाङ्कनलाई संविधानमै सुनिश्चित गर्न मधेसी आन्दोलनको नेतृत्व गरिरहनुभएका नेता महन्थ ठाकुरले ‘मधेस एउटा छुट्टै राष्ट्र हो, सबै मापदण्ड पुग्छ’ भन्ने अभिव्यक्ति दिएपछि ‘एकल राष्ट्र’मा विश्वास गर्ने धेरै ‘नेपाली’हरु मधेसीले साँच्चै नै ‘राष्ट्र’ विखण्डन गर्ने भए भनेर डराएको भान हुन्छ । नेता ठाकुरले उक्त कुरा भावावेशमा भन्नुभएको होइन । उहाँले केही समयअघि पनि भन्नुभएको थियो, ‘तराई, गोरखा राज्य बनेदेखि नै राज्यको आन्तरिक उपनिवेश भएको छ ।’ यसैले उहाँ ‘राष्ट्र’बारे स्पष्ट हुनुहुन्छ ।
‘राष्ट्र’को परिभाषा सांस्कृतिक आयामबाट हुन्छ भने ‘राज्य’को परिभाषा प्रशासनिक, शासनपद्धतिको आयामबाट । अहिले हेर्दा केही अपवाद छोडेर, नेपालका सत्तासीन जाति–समुदायमा पर्ने भनेर स्पष्टै पहिचान हुने राजनीतिजीवी, बुद्धिजीवी, प्राध्यापक, विद्यार्थीहरुले समेत ‘राष्ट्र’, ‘राज्य’ र ‘देश’लाई समानार्थीका रुपमा अर्थात एकार्कामा उस्तै रुपमा प्रयोग गर्दै ‘राष्ट्र’ ‘राज्य’ ‘देश’ तीनै कुरा भनेकै नेपाल हो भनेर गोलमटोल रुपमा अथ्र्याउने गरको देखिन्छ । अर्कातिर सामूहिक पहिचान र देशमा समान अस्मिताको आन्दोलनमा होमिएका सीमान्तकृत मधेसी, आदिवासी जनजातिहरुले ‘राष्ट्र’ र ‘राज्य’लाई फरक–फरक रुपमै बुझिरहेको देखिन्छ । यसै सन्दर्भलाई प्रस्ट्याउन ‘राष्ट्र’ र ‘राज्य’को शब्द व्युत्पत्ति, परिभाषा, सान्दर्भिकतालाई देश, काल, र समाजहरुको विशिष्ट राजनीतिक–ऐतिहासिकीको कसीमा घोट्दै नेपाली समाजहरु र सांस्कृतिक बहुलताको परिप्रेक्षमा बुझ्न प्रयोजनीय हुन्छ ।
मानव समुदाय राष्ट्र हो भने राज्य भनेको त्यही मानव समुदायका खास उद्देश्य परिपूर्तिका निमित्त बनेको संस्था हो । यसो गर्दा ‘अन्य’ समुदाय वा ‘राष्ट्र’समेत खुसीराजीले, जोरजबर्जस्तीले वा खुनी हमलाद्वारा राज्यमा गाभिएको हामी पाउँदछौं । नेपाल राज्य यसरी नै निर्माण भएको थियो ।
‘राष्ट्र’को आधार समाज र संस्कृति
अंग्रेजी शब्द नेसन (राष्ट्र)को व्युत्पत्ति ल्याटिन भाषाको नेसियो शब्दबाट भएको हो, जसको अर्थ ‘जन्मका आधारमा’ वा ‘कुन जराबाट पलाएको’ हो भन्ने हुन्छ । एन्थनी डी. स्मिथ (१९९१), लोवेल ब्यारिङटन (१९९७) का अनुसार १) ‘कुनै निश्चित सामूहिक जाति नामधारी मानव समुदाय एउटा निश्चित ऐतिहासिक नातासहितको भूखण्डभित्र बसोवास गर्छन्; २) उनीहरुबीच निश्चित भाषा संस्कृतिमा आधारित साझा भावना हुन्छ; ३) उनीहरुले साझा ऐतिहासिक राजनीतिक भोगाइका अनुभूति गर्छन; ४) उल्लेखित पक्षहरुका आधारमा उनीहरुबीच ऐक्यभावना छ; र ५) उनीहरुमाझ आफू बसोबास गरेको भूखण्डमा आत्मनिर्णयको अधिकार वा स्वशासनको अधिकार पाउनुपर्छ भन्ने राजनीतिक अधिराज्यात्मकताको भावना, चेतना र काल्पनिकी छ भने त्यस्तो समुदाय र संस्कृतिलाई ‘राष्ट्र’ भनिन्छ ।
राष्ट्र र सामूहिक पहिचानलाई बुझ्न अधिराज्यात्मकताको अवधारणाको राजनीतिक पक्ष बुझ्नैपर्दछ । राष्ट्रहरुको आत्मनिर्णय वा आत्म–निर्माणको अधिकार भनेको समुदायहरुको आफ्नो समाज र संस्कृति निर्माणको निर्बाध एवं अविच्छिन्न अधिकार हो । मानवशास्त्रमा यस्तो किसिमको अधिकारलाई सांस्कृतिक अधिकार भनिन्छ । ‘राष्ट्र’को उक्त परिभाषा नै मधेसलाई एउटा राष्ट्र मान्नुपर्ने पर्याप्त मापदण्ड हुन् । यस अर्थमा मधेस नेपाल राज्य वा देशभित्रको एउटा राष्ट्र हो भने नेता ठाकुर मधेसी राष्ट्रवादी नेपाली राजनीतिज्ञ हुन् ।
जहाँकहीँ पनि ‘राज्य’ बनाउने क्रममा सत्तासीन समूहले ‘आफन्त जाति’ र ‘पराइ जाति’ निर्माण गर्दछ । नेपालमा खस–पर्वते भाषी गोरखाली ठूला–जातेहरु ‘आफन्त’ जाति वा वर्ग बने । ‘अन्य’ वा ‘पराइ’ जातिहरु बनाइए । ‘पराइ’ जातिको उदाहरण ‘मतवाली’ जाति पनि हो ।
‘राज्य’को आधार प्रशासन र सुशासन
‘राज्य’ वा ‘देश’ शब्दको व्युत्पत्ति ‘राष्ट्र’को जति पुरानो छैन र होइन पनि । स्टेट (राज्य) ल्याटिन शब्द ‘स्टाटस्’बाट समाजको अवस्था, शासकीय संगठनहरुको स्वरुप, संरचना र हैसियत जनाउने अर्थमा शुरु भयो भन्ने अनुमान गरिन्छ । पिटर रास्मुसनले स्टेट (राज्य)को सुरुवात इटालियन शब्द ‘स्टाटो’बाट भएको भनेका छन् । उनका अनुसार म्याकिअवेलीले देशमा शासन व्यवस्था चलाउने सांगठनिक सोपानिकीको समग्रतालाई सम्बोधन गर्न ‘स्टाटो’शब्द सुरुवात गरेका हुन् । समाज वैज्ञानिक म्याक्स वेबरका अनुसार राज्य भनेको ‘जनताहरुमाथि हिंसाको प्रयोग वैध रुपमा गर्न पाउने प्राधिकारी संस्था हो ।’
राज्यले राष्ट्र/राष्ट्रहरुमाथि घात पनि गर्छ, गर्न सक्छ । राज्य भनेको कुनै एउटा खास ‘राष्ट्र’ वा विशेष सांस्कृतिक, भाषिक समुदायद्वारा समाज विविधिकृत हुँदै जाँदा प्रशासनिक र शासन व्यवस्थालाई व्यवस्थित गर्न निर्मित संस्था हो । मानव समुदाय राष्ट्र हो भने राज्य भनेको त्यही मानव समुदायका खास उद्देश्य परिपूर्तिका निमित्त बनेको संस्था हो । यसो गर्दा ‘अन्य’ समुदाय वा ‘राष्ट्र’समेत खुसीराजीले, जोरजबर्जस्तीले वा खुनी हमलाद्वारा राज्यमा गाभिएको हामी पाउँदछौं । नेपाल राज्य यसरी नै निर्माण भएको थियो । जहाँकहीँ पनि ‘राज्य’ बनाउने क्रममा सत्तासीन समूहले ‘आफन्त जाति’ र ‘पराइ जाति’ निर्माण गर्दछ । नेपालमा यही भयो । खस–पर्वते भाषी गोरखाली ठूला–जातेहरु ‘आफन्त’ जाति वा वर्ग बने । ‘अन्य’ वा ‘पराइ’ जातिहरु बनाइए । ‘पराइ’ जातिको उदाहरण ‘मतवाली’ जाति पनि हो । कालान्तरमा ‘पराइ’हरु नै सीमान्तकृत कहलिए । ‘मधेसी’ले आफ्नो पहिचानसँगै अनेक विशेषण, अलङ्कार र उपमा मूलतः सत्तासीन जातिहरुबाट विभूषित हुन पाउनु भनेको यही ‘पराइ’ वा ‘अन्य’ जाति निर्माणकै परिणाम हो ।
स्मरणीय के छ भने मधेस राष्ट्र र मधेसी समाज संस्कृति नेपाल राज्य र भारत राज्य स्थापना हुनु अगाडि नै अस्तित्वमा थिए । नेपाल र भारत राज्यले दशगजा लाइन कोर्नुभन्दा सदीयौंअघिदेखि मिथिला सभ्यता निर्माण र त्यो भूमि आवाद गरेका हुन् आजका मधेसीहरुका पुर्खाले ।
यो किन पनि हुन्छ भने सत्तासीन जातिले ‘राज्य’मार्फत आफ्नै जातिलाई सभ्यता र विकासको बाहक समेत ठान्दछ । सत्तासीनहरुको चिन्तनको आधार र आयाम नै अहंकारयुक्त हुन्छ र सम्पूर्ण राज्यलाई नै आफ्नो बपौती ठान्दछ । संघीयता र सामूहिक पहिचानका लागि मधेसीहरु, आदिवासी जनजातिहरु आन्दोलनमा होमिएको बेला सत्ताधारी जातिकाले ‘मधेस, लिम्बुवान, ताम्सालिङ आदि दिन सकिँदैन’ भन्दै आफूलाई ‘दाता’ र ‘शासक’को रुपमा प्रस्तुत गर्दै आन्दोलनरत समुदायहरुलाई ‘माग्ने’को रुपमा बुझ्न खोज्नुमा पनि राज्य निर्माणले ‘आफन्त’ र ‘पराइ’ जाति निर्माण गरेको छ भन्ने पुष्टि हुन्छ ।
राज्यका अर्थ र सान्दर्भिकता एउटा निश्चित भोगोलिक चौहद्दीभित्र प्रशासनिक, राजनीतिक सांगठनिक व्यवस्थापन, सैन्य–सामरिक व्यवस्था, नागरिकता, बालिग मताधिकार, मौद्रिक एवं आर्थिक, र वैदेशिक सम्बन्ध आदिको व्यवस्थापनसँग हुन्छ । राज्य भनेको व्यवस्थापकीय कौशलसँग सम्बध्द हुन्छ । राज्यले राजनीतिक, नागरिक, भू–राजनीतिक, प्रशासनिक अर्थ बहन गर्दछ । तर ‘राष्ट्र’मा भाषिक, धार्मिक, जातीय, पुख्र्यौली परम्परा र समुदायहरुको इतिहासको सांस्कृतिक सार समाहित हुन्छ । यसरी ‘राज्य’ वा ‘देश’ भनेको ‘राष्ट्र’ होइन र ‘राष्ट्र’ भन्नुले पनि ‘राज्य’ बुझिँदैन । नेपाल ‘राज्य’ हो, ‘देश’ हो, तर ‘राष्ट्र’ होइन । भाषा, संस्कृति, विशिष्ट जीवनपद्धति, रीतिथिति, पुर्खाहरुको विरासतमा ‘राष्ट्र’ जिउँदो रहन्छ भने ‘राज्य’चाहिँ देशको प्रशासन, सुशासनको संयन्त्रमा जीवन्त रहन्छ ।
स्मरणीय के छ भने मधेस राष्ट्र र मधेसी समाज संस्कृति नेपाल राज्य र भारत राज्य स्थापना हुनु अगाडि नै अस्तित्वमा थिए । नेपाल राज्य र भारत राज्य बन्नु तथा यी दुई राज्यले दशगजा लाइन कोर्नुभन्दा सदीयौंअघिदेखि मिथिला सभ्यता निर्माण र त्यो भूमि आवाद गरेका हुन् आजका मधेसीहरुका पुर्खाले । पछि पर्वते खस गोरखाली राज्य आयो र हावी भयो मधेसी समाज र संस्कृतिमा । मधेसी माटोबाट मधेसीहरुकै श्रमको शोषण गरेर प्रतिफल खाँदै नेपाली राज्यको विकास भयो । मधेस भूमि र मधेसी समाजलाई नेपाली राज्यले उपनिवेश बनायो । यसरी भारतीय र नेपाली राज्यहरु बन्नुभन्दा सदीयौंअघिदेखि आफ्नो समाज र संस्कृति आफै निर्माण गर्दै आइरहेको मधेसी समाजलाई आज ‘सिमाना पारिबाट आएका’ भन्नु ‘भारतीय मूलका’ आदि भन्नुमा सत्तासीन जातको उपनिवेशवादी अहंकार स्पष्टिन्छ ।
राज्यले राजनीतिक, नागरिक, भू–राजनीतिक, प्रशासनिक अर्थ बहन गर्दछ । तर ‘राष्ट्र’मा भाषिक, धार्मिक, जातीय, पुख्र्यौली परम्परा र समुदायहरुको इतिहासको सांस्कृतिक सार समाहित हुन्छ । यसरी ‘राज्य’ वा ‘देश’ भनेको ‘राष्ट्र’ होइन र ‘राष्ट्र’ भन्नुले पनि ‘राज्य’ बुझिँदैन । नेपाल ‘राज्य’ हो, ‘देश’ हो, तर ‘राष्ट्र’ होइन ।
‘राष्ट्र’ शब्दको दुरुपयोग, खुला प्रयोगले सिर्जना गरेको भ्रम
ब्यारिङटन (सन् १९९७) ले ‘राष्ट्र’ (नेसन) ‘राज्य’ (स्टेट) र ‘देश’ (कन्ट्री) शब्द र अवधारणा राजनीतिक सन्दर्भ र स्वार्थमा कसरी दुरुपयोग गरिन्छ वा भइरहेको छ भन्नेमा साह्रै सटीक विश्लेषण गरेका छन् । उनका अनुसार राजनीति विज्ञानमा ‘राष्ट्र’ (नेसन) शब्दको सबैभन्दा बढी र बारम्बार दोहोर‍्याएर गरिने दुरुपयोग भनेको यस शब्दलाई ‘राज्य’ (स्टेट) र ‘देश’ (कन्ट्री)को अर्थ समानतामा बुझ्नु वा उस्तै देख्नु नै राजनीतिशास्त्रमा सबैभन्दा व्यापक र बारम्बार दोहोरिने गरेको शब्द र अर्थ दुरुपयोग हो । उनले संयुक्त राज्य अमेरिकाकै उदाहरण दिएर यसो भनेका छन् । कहाँसम्म भने विद्यालयका पाठ्यपुस्तकमा समेत यस्तो दुरुपयोग भएको छ ।
सुन्दा अनौठो लाग्न सक्छ तर ‘राष्ट्र’ र ‘राज्य’ शब्दलाई एकार्काको सट्टामा प्रयोग गर्दा ‘संयुक्त राज्य संघ’ हुनुपर्नेमा संयुक्त राष्ट्र संघ नामकरण भएको छ । त्यस्तै हुनुपर्ने ‘संयुक्त राष्ट्र अमेरिका’, भएको छ संयुक्त राज्य अमेरिका । नेपालमा पनि हामी यसैको शिकार भइरहेका छौं । नेपालका राज्य–सत्तासीन जातिहरु राष्ट्र र पहिचान शब्दको दुरुपयोग गर्दै भ्रम छर्न सफल भएका छन् । यसरी नै उनीहरुले मधेसी, आदिवासी–जनजाति राष्ट्रहरुको विगत दुई शताब्दीदेखि राजनीतिक शिकार गर्दै आइरहेका छन् । भद्र राजनीतिक भाषामा यो प्रक्रियालाई आन्तरिक औपनिवेशीकरण भनिन्छ ।
सामाजिक सांस्कृतिक बहुलताको यो युगमा, सबै जातजातिको समान अस्मिता वा पहिचानको आन्दोलनको माहौलमा मैले बुझेको अर्को पक्ष के हो भने ‘नेपाली समाज’ भनेर यस्तो कुनै खास विशेष संस्कृति र समाज मान्ने दिन गए अब । हामीले नेपाली समाजहरु, नेपाली संस्कृतिहरु भन्दा र बुझ्दा अर्थ लाग्दछ तर ‘नेपाली संस्कृति’ भन्नुको तुक छैन अब । नेपाली संस्कृति र समाज भनेर सत्तासीन ठूला जातेको लवाइ–खवाइ र रीतिथिति ठड्याएर मात्रै राज्य चल्दैन, राष्ट्रहरु बन्दैनन् । काठमाडौंमा ‘टोपी जात्रा’ निस्केकै दिन मधेसमा ‘धोती जात्रा’ निस्केको देखियो त । टोपीवाला राष्ट्रियता अच्छा जातको, धोतीवाला राष्ट्रियता तुच्छ खालको भन्ने किञ्चित पनि हुँदैन पहिचानमा । यी दुबैखाले राष्ट्रियताको उत्तिकै महत्ता र अस्मिता छ ।
राज्य सञ्चालकहरुको जातको भाषा, धर्म, संस्कृति, जीवनपरम्परालाई कानुन र संविधानद्वारा संरक्षण गरेर ‘एकल राष्ट्रवादी राज्य’ स्थापना गर्ने कुरा जहाँकहीँ भए पनि उपनिवेशवादी कर्म हो । नेपालमा यही भयो र अझै भइरहेको छ । सत्तासीन जातले ‘आर्य–खस’ र ‘सनातन धर्म’जस्तो सामूहिक हिन्दू पहिचानको सर्वाधिक उदात्त पहिचानलाई वर्तमान संविधानमा समावेस गरेका छन् । यसबाट सत्तासीन जातको उपनिवेशवादी चरित्र र ‘आर्य–खस’ सर्वोच्चता र हैकमलाई निरन्तरता दिने कुटिल राजनीति उदाङ्गिएको छ ।
अझ भन्ने हो भने ‘आर्य’ शब्दको प्रवेशले संविधान नश्लीय समेत भएको छ । कथित ‘जातीय’ संविधान हुनुहुँदैन भन्नेहरुले नै आफ्नै नश्लवादी हैकम र सर्वोच्चतालाई संविधानमै सुनिश्चित गराएका छन् । राज्यद्वारा संरक्षित भाषा, धर्म, संस्कृति भएका जनसमुदायहरुका लागि ‘एकल राष्ट्रिय राज्य’ पनि मुक्तिकामी र प्रगतिशील नै हुने भो, तर राज्यसंरक्षित राष्ट्रिय भाषा संस्कृतिभन्दा फरक जनसमुदायहरुका लागि त्यही राज्य औपनिवेशिक ठहरिन्छ ।
‘एकल नेपाली राष्ट्र’को निर्माणले नेपालको सत्तासीन जाति समुदायकै ‘राष्ट्र’को उन्नति प्रगति भइरहेको छ । त्यसो हुँदा ती समुदायका लागि एकल नेपाली राष्ट्रियता नै आधुनिक, अपरिहार्य र पुज्य लाग्दछ भने मधेसी तथा आदिवासी–जनजातिहरुका लागि औपनिवेशिक, अन्यायपूर्ण र त्याज्य लाग्दछ ।
राष्ट्र सामूहिक पहिचानको स्रोत हो भने राज्य वैयक्तिक पहिचानको आधार
राष्ट्र र राज्यको प्रसंगमा भन्ने हो भने कुनै एक व्यक्तिले राष्ट्रसम्बद्ध र राज्यसम्बद्ध दुई पहिचान धारण गरेको हुन्छ । व्यक्तिको राष्ट्रसम्बद्ध पहिचान भनेको सामूहिक पहिचान हो । सामूहिक पहिचान चिरस्थायी र व्यक्तिको जीवनबाट अविच्छिन्न हुन्छ । व्यक्तिले सामूहिक पहिचानबिनाको जीवन बाँच्नै सक्दैन । व्यक्तिले आफूखुसीले सामूहिक पहिचान फेर्न पनि सक्दैन । किनभने सामूहिक पहिचानको स्रोत भनेको परिवार, भाषा, नातागोता, रीतिथिति, धर्मकर्म, संस्कृति, भूमिसँगको नाता, पूजाआजा, चाडपर्व आदि हुन् र राष्ट्रभाव पैदाकारी स्रोतहरु पनि यिनै हुन् ।
त्यसैगरी वैयक्तिक पहिचान मूलतः राज्यसम्बद्ध हुन्छ । उही व्यक्तिको नागरिकताको कुरा, नोकरी, बालिग मताधिकार, राहदानी, राजनीतिक नेता–कार्यकर्ता, व्यक्तिगत जीवनका आर्थिक, राजनीतिक, आरोहअवरोह राज्यमुखी र वैयक्तिक पहिचान हुन् । राज्यमुखी पहिचान व्यक्तिले आफ्नो इच्छाअनुसार कतिपय सन्दर्भमा फेर्न पनि सक्छ वा सहज रपान्तरण हुन्छ । खसोखास भन्दा व्यक्तिले सामूहिक पहिचान आफ्नै समाज र संस्कृतिबाट पाउँछ भने वैयक्तिक पहिचान राज्यबाट समेत पाउँछ ।
गोरखा/नेपाल राज्यको निर्माणः
आफन्तलाई काखा, पराइलाई पाखा
स्पष्टै छ, ‘एकल नेपाली राष्ट्र’को निर्माणले नेपालको सत्तासीन जाति समुदायकै ‘राष्ट्र’को उन्नति प्रगति भइरहेको छ । त्यसो हुँदा ती समुदायका लागि एकल नेपाली राष्ट्रियता नै आधुनिक, अपरिहार्य र पुज्य लाग्दछ भने मधेसी तथा आदिवासी–जनजातिहरुका लागि औपनिवेशिक, अन्यायपूर्ण र त्याज्य लाग्दछ । ‘राष्ट्र’लाई यसरी बुझ्ने र आत्मसात् गर्ने प्रयास गरियो भने मात्र राष्ट्रबहुल नेपाल राज्यकोे अपरिहार्यता बुझिन्छ ।
यहाँ लेख्नैपर्ने हुन्छ, पृथ्वीनारायण शाहले राज्य निर्माण गरेका हुन् । अखण्ड नेपाल राज्यप्रति आस्थावानहरुको सम्मान राज्य निर्माताप्रति हुन्छ र छ पनि । तर उनी असली हिन्दू राष्ट्र निर्माता पनि हुन । उनले नै एकल राष्ट्रिय हिन्दू राज्यको जग बसाएका हुन् । यहीँबाट समस्या सुरु हुन्छ । उनले गोरखा मुलुकलाई ‘असली हिन्दुस्थान’ भनेकै थिए । यो ‘असली हिन्दुस्थान’ भनेको के हो ? ‘राष्ट्र’ र ‘राज्य’बारे बहस गर्दा ‘असली हिन्दुस्थान’को विनिर्माण गर्नैपर्दछ ।
२०७२ पौष २१ को गोरखापत्रमा प्रकाशित लेखको विस्तारित रुप
on January 07, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Monday, January 4, 2016

अख्तियारले गौशाला नपाका सब इन्जिनियरलाई घुससहित गरे पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २० गते । महोत्तरी जिल्लाको नवघोषित गौशाला नगरपालिकाका सव इन्जिनियरलाई घुस लिँदालिदै अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको  छ ।
गौशाला नगरपालिकाका सब ईन्जिनियर शत्रुधनप्रसाद साह कानुलाई सुचनाको आधारमा अख्तियारको टोलीले धनुषा जिल्लाको महेन्द्रनगरमा रकमसहित पक्राउ गरेको हो ।
गौशाला नगरपालिका ७ अन्तर्गत रहेको पिसीसी सडक ढलान कार्य सम्पन्न भए पश्चात ठेक्का शर्त वमोजिम पाउनुपर्ने तिस लाख भुक्तानीका लागि ठेक्केदारले निवेदन दिएपनि आर्थिक प्रलोभनमा परि सब इन्जिनियर साहले भुक्तानी कार्य अगाडी बढाएको थिएन ।
सब इन्जिनियर साहले भुक्तानी कार्यको लागि ठेक्केदारसंग रकम माँग गर्दै आएको थियो ।
ठेक्केदारसंग घुस रकम माँग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले धनुषाको महेन्द्रनगरमा रहेको लक्ष्मी आईरन स्टोरबाट चार लाख ५० हजार नगद सहित इन्जिनियर साहलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियारले साहलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

on January 04, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Saturday, January 2, 2016

ईश्वरीय कृपाको आस

ईश्वरीय कृपाको आस
02 Jan, 2016 by सीके लाल
Print this article Font size -16+

राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीको अबसर पारेर जनकपुरस्थित जानकी मन्दिर पुग्दा राज्यशक्तिको प्रदर्शन त्यस भ्रमणको प्रमुख अबयव बन्न पुगेको थियो । कम्तीमा दुई दिनका लागि जानकी मन्दिर परिसर सैनिक छाउनीजस्तै देखिएको थियो । जुत्ता र कुत्ताले गर्दा वैष्णव धर्मावलम्बीहरूको आस्था कुल्चिएको विवाद अझै पनि मिथिला क्षेत्रमा साम्य भइसकेको छैन । विधि र पवित्रतालाई अरू हिन्दु सम्प्रदायमा भन्दा वैष्णवहरूले केही बढी महत्व दिन्छन् ।
शैव र शाक्तहरूको बोलवाला रहेको नेपालको सुरक्षा निकायले वैष्णवहरूको संवेदनशीलता ठम्याउन नसक्नु अस्वाभाविक भएन । राष्ट्रपतिको सुरक्षा संयन्त्रले मन्दिरको गर्भगृहसम्म जुत्ता लगाएरै पसेको गल्तीका लागि माफी मागेको भए तिनकै इज्जत बढ्थ्यो । तर, शासकीय दम्भले अन्धो भएपछि तार्किक कुरा पनि अर्घेल्याइँ लाग्ने रहेछ । उल्टै जनकपुरका धर्मभीरूलाई दोषी ठहर्‍याउने माले–मण्डले–मसाले (मामम) सरकारसँग सम्बद्ध प्रचारवाजहरूको कुतर्क अद्यापि चली नै रहेको छ।
कम्युनिस्ट धमभीरू भएपछि भैँसीपूजा गर्ने रहेछ भन्ने कुरा देखिएकै हो । फेरि राष्ट्रपति भण्डारीको आस्था पुनर्परिवर्तन नयाँ कुरा पनि होइन । सुनिएअनुसार विश्व हिन्दु परिषद्का अशोक सिंघल काठमाडौँ आउँदा उनलाई भेट्न सकभर छुटाउँदैनथे । त्यस अर्थमा उनी साम्यवादबाट जन्मकालको धर्मतर्फ फर्केको धेरै भइसकेको हुनुपर्छ।
पशुपतिमा विशेष पूजा लगाइँदा भने जुत्ता र कुत्ताजस्ता कुराको चर्चा कतै सुनिएन । तखत किल्लाभित्रको धार्मिकस्थलमा सायद सुरक्षाको त्यस्तो आवश्यकता नदेखिएको पनि हुन सक्छ । जनकपुरमा चढाइएको भेटी गोप्य थियो । पशुपतिनाथका चरणकमलमा भने धर्मनिरपेक्ष गणतन्त्रका प्रथम नागरिकको एक महिनाको पारिश्रमिक अर्पण गरिएको कुरा छापाहरूमा श्रध्दा एवं भक्तिपूर्वक छापिएको रहेछ । राजतन्त्रका जराहरू नेपाली समाजमा गहिरोसँग गाडिएकाले होला, राष्ट्रपतिको राजकीय तामझाममा कसैले औंला उठायो भने सोझै राजद्रोह (लेज मैजेस्टे) ठहरिने अवस्था कायमै छ ।
अन्य सामान्य नागरिकजस्तै सम्माननीय राष्ट्रपतिलाई पनि आफ्नो आस्थाअनुसारको कर्म गर्ने छुट छ । उनी कुनै बेला कम्युनिस्ट थिइन् वा थिइनन् भन्ने कुरा सार्वजनिक चासोको विषय होइन । साम्यवाद पनि अरू धर्मजस्तै एउटा आस्था हो । आस्था परिवर्तन गर्न पाइन्छ । नयाँ मुसलमानले धेरै प्याज खान्छ भन्ने उखान छ । कम्युनिस्ट धमभीरू भएपछि भैँसीपूजा गर्ने रहेछ भन्ने कुरा देखिएकै हो । फेरि राष्ट्रपति भण्डारीको आस्था पुनर्परिवर्तन नयाँ कुरा पनि होइन । सुनिएअनुसार विश्व हिन्दु परिषद्का अशोक सिंघल काठमाडौँ आउँदा उनलाई भेट्न सकभर छुटाउँदैनथे । त्यस अर्थमा उनी साम्यवादबाट जन्मकालको धर्मतर्फ फर्केको धेरै भइसकेको हुनुपर्छ।
वैष्णव मन्दिर र शैव देवालयपछि अब राष्ट्रपति कुनै शाक्तहरूको शक्तिपीठतिर लागिन् भने अचम्म मान्नुपर्दैन । त्यसपछि बाबा र गुरूहरूको पालो आउन सक्छ । तेत्तीसकोटी देवीदेउता भएको धर्ममा जति पूजापाठ गरे पनि एकजुनिमा पुग्ने होइन । कुरा के मात्र हो भने स्वस्तिशान्ति गरे संकटमोचन हुन्छ भन्ने आसले गर्दा कर्मबाट समस्त नेपाली समाजको विश्वास समाप्त भएको छ । आफ्नो कर्मको जिम्मेवारीसमेत कोही लिन चाहँदैन । जे भइरहेछ, त्यो सबै प्रभूकै इच्छा हुने भएपछि केही नगरे पनि फरक नपर्ने नै भयो । वर्तमान मामम गठजोड सरकारको मूलमन्त्र नै निरपेक्षता, उदासीनता एवं अकर्मण्यता बन्न गएको त्यसै होइन रहेछ ! वार्तारूपी भजनकिर्तन गर्दै गरे कुनै न कुनै दिन संयुक्त मधेसी मोर्चा आफ्नो आन्दोलन फिर्ता लिन बाध्य हुनेछ । अनन्य भक्तले आफ्नो भगवानलाई धम्क्याउन पनि पाउँछ । घुर्की लगाउँदै चाकरी गरिरहे दिल्लीको मन पनि पग्लिने छ । र, नाकाकस्सी सुस्तरी सहज हुँदै जाने छ । त्यतिबेलासम्मका लागि राज्यसंरक्षित तस्करीमा भर पर्नुको विकल्प छैन।
भुइँचालो पीडितका लागि त उसै पनि भगवानबाहेक अरू कुनै कुरामा भरोसा गर्ने ठाउँ नै छैन । सरकारले दानमा आएको खाद्यान्न अव्यवस्थित गोदाममा कुहाँउछ । प्रहरीहरूले राहत सामग्रीको सुरक्षा गर्नुको साटो व्यापारीलाई जिम्मा लाउँछन् ! सेनाले सहयोगको भाँडाकुँडा रक्सी र कुखुरासँग विनिमय गर्छ ।
भुइँचालो पीडितका लागि त उसै पनि भगवानबाहेक अरू कुनै कुरामा भरोसा गर्ने ठाउँ नै छैन । सरकारले दानमा आएको खाद्यान्न अव्यवस्थित गोदाममा कुहाँउछ । प्रहरीहरूले राहत सामग्रीको सुरक्षा गर्नुको साटो व्यापारीलाई जिम्मा लाउँछन् ! सेनाले सहयोगको भाँडाकुँडा रक्सी र कुखुरासँग विनिमय गर्छ । ईश्वरीय सत्ताबाट पनि विश्वास उठ्ने हो भने यस्तो विषम परिस्थितिमा बाँच्ने समेत आस हराउन सक्छ।
पुरानालाई त बानी परिसकेकाले कुनै कुरामा पनि अब अचम्म लाग्दैन । दुनियाँ देखेका तर देश बुझ्न बाँकी रहेका नयाँ पुस्ताका मान्छेले भने कहिलेकाहीँ आश्चर्य मान्दै सोध्छन्– हैन, यस्तो पनि कुनै राज्य हुन्छ ! सातामा एकदिन पनि धारामा पानी आउँदैन । लगालग ३ दिनसम्म बिजुली बेपत्ता रहन्छ । पैसा तिरेर पनि मट्टीतेल, ग्यास वा अन्य इन्धन पाइँदैन । अख्तियार दुरूपयोगको जाँच गर्ने निकायले लगभग पूरै राज्य संयन्त्रलाई निगरानीमा राखेको जनाउ दिन्छ । तैपनि कहीँकतै कोही बोल्दैन । लाग्छ, देशमा अमनचैन छ । असन्तुष्टि र आक्रोशजस्ता भाव नै नेपाली समाजबाट हराएको छ । किन यस्तो भएको होला ? प्रश्न जटिलजस्तो लागे पनि उत्तर खोज्नेलाई दुईटा शब्द सजिलै फेला पर्छ– भाग्यवाद र राष्ट्रवाद !
अल्बर्ट आइन्स्टाइनलाई सन् १९२९ को अन्त्यतिर ‘अजासु’ पत्रकारले सोध्यो, ‘लौ भन्नुस्, तपाईं पहिला यहूदी कि जर्मन ?’ उनले तुरून्तै भने, ‘म त यहूदी नै हो नि, त्यसपछि मात्र जर्मन !’ उनले हिटलर सत्ताको उदयभन्दा ४ वर्षअगाडि नै घोषणा गरिदिए– राष्ट्रवाद बुझ्न नसकिने रोग हो, मानवजातिको दादुरा ।
कर्मको खेल
नेपालको विकास हुन नसकेको कारण खोतल्ने क्रममा समाजशास्त्री डोरबहादुर विष्टले परिवारवाद, चाकरी प्रथा, ‘आफ्नो मान्छे’ प्रवृत्ति एवं नियतिको निसर्त स्वीकारतालाई राम्ररी केलाएर भाग्यवादको व्यापकतालाई मुलुकको निरन्तर पछौटेपनका लागि दोषी ठहरयाएका छन् । गालीगलौजबाहेक उनका प्रस्तावनाहरूको तर्कसंगत खण्डन गर्ने हिम्मत अहिलेसम्म कुनै बौद्धिकले जुटाउन सकेका छैनन् । हुन पनि दलित जति नै पढे पनि दलित नै रहिरहने, तर जनै भिर्नासाथ अनपढ बाहुन पवित्र ठहरिने समाजमा तर्कको कुरा गर्नु व्यर्थ नै ठहरिन्छ । राजाजस्तै राष्ट्रपति हुन पनि ललाटमै लेखिएर आउने कुरा हो । बाँकी अंकगणित त आफसेआफ मिल्छ।
भाग्यवादी व्याख्यालाई पत्याउने हो भने हिन्दुहरूको पुण्यभूमिलाई विदेशी प्रभावमा अर्धधर्मनिरपेक्ष बनाइएकाले भुइँचालो गएको हो । भूगर्भविद्हरू त्यसै जान्ने भई टोपल्छन् । भूखण्डहरूको गति र टक्करका बारे शास्त्रहरूमा कतै केही छैन । त्यसैले त्यस्ता सबै कुरा वाहियात छन् । एक महिनाको पारिश्रमिक भूकम्पपीडितको साटो बरू पशुपतिनाथमा नै चढाउन उपयुक्त हुन्छ । त्यसैमा देशको कल्याण छ । सम्माननीय राष्ट्रपतिको सल्लाहकार मण्डलसँग असहमत हुन सकिएला, तर त्यस्तो विश्वास नेपाली समाजमा व्यापक छ भन्ने तिनको निर्क्योललाई ठाडै खारेज गर्न सक्ने ठाउँ छैन।
नागरिकता लिन चाहनेलाई शंका गर्ने, तर घरखेत बेचेर जसरी भए पनि अमेरिका जान मरिहत्ते गर्नेहरूको राष्ट्रप्रेमको गुणगान गर्ने देश जस्तो हुन सक्थ्यो, समसामयिक नेपाल त्यसभन्दा रत्तिभर फरक छैन ।
हिन्दुधर्ममा भाग्यवादको अर्को व्याख्याले भने पुरेततन्त्रका सञ्चालकहरूलाई अप्ठ्यारोमा पार्न सक्छ । जातीय व्यवस्थाबेगरको हिन्दु धर्मको कल्पनासमेत गर्न गाह्रो छ । जात रोजेर पाइने कुरा नभएर पूर्वजन्मको कर्मले निर्धारण गर्छ । त्यसैले जातअनुसारको कर्मलाई पनि धर्मकै हैसियत प्राप्त छ । ब्राह्मणलाई प्रतिपादन, क्षत्रियलाई प्रतिरक्षा, वैश्यलाई प्रतिपालन र शूद्रलाई परिचर्याको जिम्मेवारी दिइएको जातीय व्यवस्थाको पवित्रतालाई प्रजातन्त्रले खल्बल्याएको छ । त्यस्तो मान्यतालाई मान्ने हो भने, नेपालका सबै समस्याको जरो गणतन्त्र हो । बरू शूद्र राजा हुन सक्छ, तर ब्राह्मण सर्वोच्च राजकीय पदका लागि उपयुक्त मानिँदैनन् । क्षमापूजा त चाहिएकै रहेछ । परम्पराको उल्लंघन जो भएको छ।
बाहुन राजा भएको देशमा विपत्ति निम्तन्छ भनिएको छ । भनाइ छ, ३२ दाँतका साथ जन्मिएका चाणक्यका राजज्योतिष बाबुले ब्राह्मणकुलको व्यक्ति राजा हुने डरले आत्तिएर आफ्नो नवजात शिशुको जम्मै दाँत उखेल्न लगाएका थिए । त्यसैले चाणक्य राजगुरू भएर उनको कीर्ति अजरअमर भयो । सायद उनी स्वयं सम्राट भएका भए दम्भी र अत्याचारी हुन्थे । धर्मभीरूता घट्दै गएकाले होला, नयाँ पुस्तामा समारोहिक राजासमेतको आकर्षण खासै छैन । धर्मको पकड भने कमजोर भएको देखिँदैन । गएको चुनावमा दाइ वा भाइ जोसँग जोडिएर भए पनि गाई छापले तहल्का मच्चाएको त्यतिकै होइन ! राजासँग जोडिएर आउने राजधर्मभन्दा पुरेत–पुजारीतन्त्रले ल्याउने धर्मराज्य बढी विध्वंशक ठहरिन सक्छ । त्यो किनभने, धर्मराज्यको अवधारणासँग राष्ट्रवादको उन्माद जोडिएर आउँछ । र, आम वातोन्माद (मास हिस्टिरिया) मूलतः राष्ट्रवादले जन्माउँछ।
भाग्यवादलाई दोषी ठहरयाउने समाजशास्त्री विष्टको अवधारणा आवश्यक र महत्वपूर्ण भए पनि अपूरो छ । नेपालको नियतिका लागि सरकारी तवरमा बढावा दिइएको राष्ट्रवाद कति पनि कम जिम्मेवार छैन । राष्ट्रवादका अगाडि ‘खोक्रो’ विशेषण झुन्ड्याउनै पर्दैन । आफ्नो माटो, भाषा, संस्कृति एवं परम्परासँग लगाव झल्काउने राष्ट्रियता मानवीय स्वभाव हो । जब त्यो राष्ट्रवादमा रूपान्तरित हुन्छ तब आफ्नासँग प्रेमको ठाउँ अरूप्रतिको घृणाले ओगट्छ । त्यसपछि समाज पतनोन्मुख हुन बेर लाग्दैन । नेपाल सुस्तरी लगभग त्यस्तै अवस्थाउन्मुख हुन लागेको हो कि ? डरसँग सधैँ डराउनैपर्छ भन्ने छैन । कहिलेकाहीँ भयले सच्चिने उत्प्रेरणा पनि प्रदान गर्न सक्छ।
मामम सरकारप्रमुख नचिनिएका व्यक्ति होइनन् । उनी सार्वजनिकरूपमै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, संघीयता एवं सकारात्मक विभेदद्वारा सारभूत समानता स्थापित गर्ने राजनीतिक कार्यसूचीका घोरविरोधी रहँदै आएका छन् । जीवनको यो मुकाममा आएर आस्था फेरिन सक्दैन । भत्किनलाई देशले दुःख पाउनु थियो, त्यो भइरहेछ।
संक्रामक सोच
साम्यवादका सन्त महर्षि मार्क्सले घोषणा गरिदिए– धर्म सामान्यजनको अफिम हो । उनले प्रतिपादन गरेको राजनीतिक सोचको लत भने विश्व इतिहासमा सबैभन्दा छिटो फैलिएर समाप्त हुने ‘धर्म’रूपी अफिममा दरिन पुगेको छ । ‘विचारधाराको अन्त्य’ नामकरण गरिएको त्यस्तो खालीपन पुर्न थरीथरीका प्रयोग भइरहेका छन् । सभ्यताको संघर्ष भनिएको अमेरिकीहरूको धर्मयुद्ध संसारभरि नै चलिरहेको छ । ससाना सांस्कृतिक संघर्ष पनि जताततै चालू छन् । सबैभन्दा प्रभावकारी नयाँ अफिम भने राष्ट्रवादको उन्मादको रूपमा द्वितीय विश्वयुद्धपछि पुनः उदाउन थालेको पूर्वाभाष नेपालको सार्वजनिक वृत्तमा समेत अनुभव गर्न सकिन्छ।
हिजोआज एकथरी खाँटी राष्ट्रवादीहरूले ‘लौ भन्नुस्, तपाईं पहिले मधेसी कि नेपाली ?’ भन्ने प्रश्न सोध्छन् । उत्तरदाताका लागि सामाजिक स्वीकारताको महत्व बढी छ भने सगर्व पहिले नेपाली भएको घोषणा गरेर आफ्नै स्वत्वको हुर्मत आफै लिन्छन् । धेरैजसो भने सत्य बोले आलोचित हुने डरले प्रश्नबाटै पन्छिन खोज्छन् । अल्बर्ट आइन्स्टाइन झूठो बोल्न जरूरी ठान्दैनथे । सन् १९२९ को अन्त्यतिर उनलाई एउटा ‘अजासु’ पत्रकारले सोध्यो, ‘लौ भन्नुस्, तपाईं पहिला यहूदी कि जर्मन ?’ उनले तुरून्तै भने, ‘म त यहूदी नै हो नि, त्यसपछि मात्र जर्मन !’
नभन्दै आइन्स्टाइन आजीवन यहूदी रहिरहे । जर्मन भएर रहन उनीभन्दा अगाडि तीन हात उफ्रेर ‘म त सबैभन्दा पहिले जर्मन !’ भन्न नामूद यहूदी राष्ट्रप्रेमीहरूले पनि सकेनन् । शेक्शपियरले भूतकाललाई भविष्यको पूर्वाभाषका रूपमा अर्थाएका छन् । सायद आइन्स्टाइनले युरोपमा राष्ट्रवादको उन्मादलाई राम्ररी पहिल्याएका थिए । त्यसैले त उनले हिटलर सत्ताको उदयभन्दा कम्तीमा ४ वर्षअगाडि नै घोषणा गरिदिए– राष्ट्रवाद बुझ्न नसकिने रोग हो, मानवजातिको दादुरा । त्यसबेलासम्म पनि दादुरा भयंकर संक्रामक एवं निको नहुने रोग मानिन्थ्यो, राष्ट्रवादजस्तै । CK-Lal-post-2
द्वितीय विश्वयुद्धपछि जर्मनी, जापान, फ्रान्स, बेलायतलगायत धेरै मुलुकले त्यस रोगबाट मुक्ति पाए । नेपालमा इतिहास ढिलो सुरू भएकाले होला, संक्रमण अद्यापि बाँकी छ । धरातलीय यथार्थले भने पुरानो रोगको पकडले गर्दा मुलुक थला परेको आत्मबोध बढ्दै गइरहेको छ । नागरिकता लिन चाहनेलाई शंका गर्ने, तर घरखेत बेचेर जसरी भए पनि अमेरिका जान मरिहत्ते गर्नेहरूको राष्ट्रप्रेमको गुणगान गर्ने देश जस्तो हुन सक्थ्यो, समसामयिक नेपाल त्यसभन्दा रत्तिभर फरक छैन । मामम सरकारप्रमुख नचिनिएका व्यक्ति होइनन् । उनी सार्वजनिकरूपमै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, संघीयता एवं सकारात्मक विभेदद्वारा सारभूत समानता स्थापित गर्ने राजनीतिक कार्यसूचीका घोरविरोधी रहँदै आएका छन् । जीवनको यो मुकाममा आएर आस्था फेरिन सक्दैन । भत्किनलाई देशले दुःख पाउनु थियो, त्यो भइरहेछ।
ईश्वरीय आदेश हो, जे भयो त्यो हुनु नै थियो । र, राम्रैका लागि भयो । जे भइरहेछ, त्यो पनि हुनु नै छ । राम्रैका लागि भइरहेछ । अन्ततः जे हुनेछ, त्यो पनि राम्रै हुनेछ । राष्ट्रवादले निम्त्याउने विध्वंशभन्दा बरू भाग्यवादकै भर परे उत्तम हुनेछ । सम्माननीय राष्ट्रपतिको धार्मिक सक्रियता स्वागतयोग्य छ । मामम सरकारबाट लोकतान्त्रिक संस्कार वा धर्मनिरपेक्ष व्यवहारको अपेक्षा राख्नु मुर्खता हुनेछ । हुनेहुनामी भइसकेपछि गर्न बाँकी त प्रार्थनामात्र न रहन्छ!
नागरिक ,२०७२ पुस १७ बाट ।
on January 02, 2016 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)

क्रामिक खबरें

Facebook | Twitter | LinkedIn
शेयर गर्नुस्:
Facebook X WhatsApp

WHAT’S HOT NOW

Labels

Labels

E PDFपत्रिका Shubham shuvam shuvamshah Social Videos गतिविधी गृहपृष्ठ समाचार राजनीति विचार गृहपृष्ठ समाचार राजनीति विचार E PDFपत्रिका राजनीति विचार समाचार

Sports

Business

Life & style

Games

Pages

  • Home

विगतका पोष्टहरू

  • ▼  2026 (33)
    • ▼  July (18)
      • सत्ता, सत्य र नैतिक वैधता
      • मैथिल संदेश साप्ताहिक असार २५ गते २०८३, अंक ४८
      • मैथिल संदेश साप्ताहिक असार १८ गते २०८३, अंक ४७
      • मैथिल संदेश साप्ताहिक असार ११ गते २०८३, अंक ४६
      • मैथिल संदेश साप्ताहिक असार ४ गते २०८३, अंक ४५
      • लोकतन्त्रको क्षय: इतिहासको चेतावनी र नेपालको वर्तम...
      • मैथिल संदेश साप्ताहिक जेठ २८ गते २०८३, अकं ४४
      • मैथिल संदेश साप्ताहिक जेठ २१ गते २०८३, अकं ४३
      • मैथिल संदेश साप्ताहिक जेठ १४ गते २०८३, अकं ४२
      • मैथिल संदेश साप्ताहिक जेठ ७ गते २०८३, अकं ४१
      • मैथिल संदेश साप्ताहिक वैशाख ३१ गते २०८३, अकं ४०
      • मैथिल संदेश साप्ताहिक वैशाख २४ गते २०८३, अकं ३९
      • मैथिल संदेश साप्ताहिक वैशाख १७ गते २०८३, अकं ३८
      • मैथिल संदेश साप्ताहिक वैशाख १० गते २०८३, अकं ३७
      • मैथिल संदेश साप्ताहिक चैत्र २६ गते २०८२, अकं ३६
      • मैथिल संदेश साप्ताहिक चैत्र १९ गते २०८२, अकं ३५
      • मैथिल संदेश साप्ताहिक चैत्र १२ गते २०८२, अकं ३४
      • मैथिल संदेश साप्ताहिक चैत्र ५ गते २०८२, अकं ३३
    • ►  March (3)
    • ►  February (10)
    • ►  January (2)
  • ►  2025 (136)
    • ►  December (12)
    • ►  October (1)
    • ►  September (44)
    • ►  August (23)
    • ►  July (55)
    • ►  February (1)
  • ►  2024 (26)
    • ►  June (14)
    • ►  March (8)
    • ►  January (4)
  • ►  2023 (53)
    • ►  December (9)
    • ►  October (4)
    • ►  September (8)
    • ►  July (8)
    • ►  June (3)
    • ►  May (6)
    • ►  April (2)
    • ►  March (6)
    • ►  February (3)
    • ►  January (4)
  • ►  2022 (61)
    • ►  December (14)
    • ►  September (1)
    • ►  August (5)
    • ►  July (2)
    • ►  June (7)
    • ►  May (8)
    • ►  March (3)
    • ►  February (4)
    • ►  January (17)
  • ►  2021 (7)
    • ►  September (3)
    • ►  August (4)
  • ►  2020 (18)
    • ►  August (1)
    • ►  July (1)
    • ►  June (1)
    • ►  March (3)
    • ►  February (7)
    • ►  January (5)
  • ►  2019 (8)
    • ►  September (1)
    • ►  July (1)
    • ►  March (1)
    • ►  February (2)
    • ►  January (3)
  • ►  2018 (30)
    • ►  December (2)
    • ►  September (1)
    • ►  July (10)
    • ►  June (2)
    • ►  March (1)
    • ►  February (14)
  • ►  2017 (22)
    • ►  December (2)
    • ►  November (4)
    • ►  October (1)
    • ►  September (6)
    • ►  August (1)
    • ►  July (1)
    • ►  June (1)
    • ►  February (2)
    • ►  January (4)
  • ►  2016 (162)
    • ►  December (26)
    • ►  November (10)
    • ►  October (6)
    • ►  September (13)
    • ►  August (18)
    • ►  July (24)
    • ►  May (5)
    • ►  April (7)
    • ►  March (6)
    • ►  February (17)
    • ►  January (30)
  • ►  2015 (116)
    • ►  December (21)
    • ►  November (19)
    • ►  October (25)
    • ►  September (35)
    • ►  August (1)
    • ►  March (2)
    • ►  February (2)
    • ►  January (11)
  • ►  2014 (127)
    • ►  December (16)
    • ►  November (26)
    • ►  October (6)
    • ►  September (2)
    • ►  August (21)
    • ►  July (20)
    • ►  June (3)
    • ►  May (3)
    • ►  April (2)
    • ►  March (2)
    • ►  February (18)
    • ►  January (8)
  • ►  2013 (73)
    • ►  December (2)
    • ►  August (10)
    • ►  April (4)
    • ►  March (3)
    • ►  February (32)
    • ►  January (22)
  • ►  2012 (26)
    • ►  December (9)
    • ►  November (1)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (4)
    • ►  June (6)
    • ►  May (4)
  • ►  2011 (104)
    • ►  November (2)
    • ►  September (10)
    • ►  August (6)
    • ►  July (2)
    • ►  June (6)
    • ►  May (3)
    • ►  April (21)
    • ►  March (33)
    • ►  February (20)
    • ►  January (1)

Popular Posts

  • चौरचन के कथा
    चौरचन के कथा चौरचन के सम्बन्ध में स्कन्दपुराण मे चन्द्रोपाख्यान शीर्षक सँ वर्णित कथा - नन्दिकेश्‍वर सन्तकुमार सँ कहैत छथिन्ह- "...
  • ट्राफिक कार्यालयले चालकलाई दिए प्रशिक्षण
    महोत्तरी समाचारदाता जलेश्वर, साउन २७ गते । ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आज सदरमुकाम जलेश्वरको विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्...
  • थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान
    थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान महोत्तरी समाचारदाता जलेश्वर, वैशाख २३ गते । साईकल मधेश आन्दोलनको क्रममा शहादत दिनुभएका श...
  • कलश यात्रा निकालियो
    महोत्तरी समाचारदाता जलेश्वर, माघ २९ गते । विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजाको पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुगाभवानीपट्टी स्थित श...
  • भोला तिवारीसहितका व्यक्तिहरु एमालेमा प्रवेश
    धिरेन्द्र राय महोत्तरी, भदौ ६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगाका पूर्व अध्यक्ष भोला तिवारीसहितका व्यक्तिहरु विभिन्न ...
  • Purbeli Nagrik ma Asar 1 gate niske ko Articals
  • एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै
    समाचार सच्याईएको  अमेरिकामा बसोबास गर्दै आएका नेपाली तराईबासीहरुको संगठन एन्टाले जनकपुरमा मिथिला पेन्टिँगको प्रतियोगितासहितको प्रर्दशनी ग...
  • मैथिली नाट्‍य-साहित्य : एकटा संक्षिप्त परिचय
    मैथिली नाट्‍य-साहित्य : एकटा संक्षिप्त परिचय काव्यक अन्तर्गत सर्वाधिक रमणीय रचना नाटक मानल गेल अछि - ‘काव्यषु नाटकं रम्यम्‌ ।’ दृश्य एवं श्र...
  • स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती
    स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती नागेन्द्रकुमार कर्ण  हालै जलेश्वर नगरपालिका वडानं. ४ सुगामा रहेको शुक्देव माध्यमिक विद्यालयले स्वर...
  • Profile : Suga Bhawani village, Mahottari, Janakpur
    Source : Media Gufa Profile Feature: Suga Bhawani village, Mahottari, Janakpur (Gufa #6)...

ताजा खबरें

Maithilsandesh Weekly

मैथिल सन्देश साप्ताहिक पत्रिका
सम्पादक/प्रकाशक: श्रीनागेन्द्रकुमार कर्ण
सह-सम्पादक: निकिता कर्ण
सस्थापक सम्पादक: कृष्णचन्द्र झा

हाम्रो बारेमा

जलेश्वर नगरपालिका वडानं. ४ सुगा, महोत्तरी (मधेश प्रदेश)
☎ +977 9844031194
✉nagendrakarna@gmail.com

समाचार

  • राजनीति
  • सम-सामयिक
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
© 2025 मैथिल संदेश | Developed for Blogger

Find Us on Facebook

अपने चेहरे से जो ज़ाहिर है छुपाएँ कैसे, तेरी मर्ज़ी के मुताबिक़ नज़र आएँ कैसे : वसीम बरेलवी हर आदमी में होते हैं दस बीस आदमी जिस को भी देखना हो कई बार देखना : निदा फ़ाज़ली
Powered by Blogger.