Wednesday, June 25, 2014

Rahman, Raju and State

रहमान, राजु र राज्य...

तुलानारायण साह 

  • 202
     
     
    70
     
     
    0
    Google +
     
    0
     
     
    274
     
  • GET NEWS ALERTS


सप्तरीका अव्दुल रहमान रीहा भए। '२१ दिनपछि बल्ल घरको खाना नसीब भयो' 'सेन्टीमेन्टल' स्टाटस उनले आफ्नो फेसबुकको 'वाल' मा लेखेका छन्। 
 
सप्तरी प्रहरीले २१ दिनसम्म उनलाई हिरासतमा राखेको थियो। 'के को सुध्रिनु , आफ्नै चोरी भएको मोटरसाइकल फर्काउन पैसा तिर्नु परिरहेछ, त्यो पनि पचास हजार।' –  सप्तरीबाट प्रेसीत समाचारबारे फेसबुक टिप्पणी लेखेका थिए, रहमानले। त्यो नै उनको ठूलो अपराध थियो। 
 
सप्तरी प्रहरीलाई  भ्रष्ट भनेको आरोप अव्दुललाई लगाइयो। 'कसलाई पैसा दिइस? कस्ले पैसा लियो? देखा..' भन्दै प्रहरीले आफ्नै शैलीमा अव्दुलसँग सोधेको थियो। 'माफी माँग्न तयार छुँ' भन्दा पनि प्रहरीले उनीमाथि झण्डै तीन हप्तासम्म 'गम्भीर' अनुसन्धान गरीराख्यो, हिरासतमा राखेर। 
 
जेठ १५, गणतन्त्र दिवसको दिन बाराका राजु साहलाई पनि प्रहरीले फेसबुके टिप्पणीकै कारण अपहरण शैलीमा गिरफतार गरेको थियो। सिरहाको लहान इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समेत रहेका राजुले गृहमन्त्री बामदेव गौतमद्वारा भएको असोभनीय कार्यप्रति असोभनीय प्रकारको फेसबुक टिप्पणी लेखेका थिए।
 
यी दुवै युवाहरूको गिरफतारी लगभग एकै समय भएको थियो। यी दुवै घटनामा केही समानताहरू छन्। दुवै मधेसमा घटेका घटनाहरू हुन्। मधेस आन्दोलनका उर्बर भूमि सप्तरी र सिरहामा घटेका। दुवै घटना स्थानीय पत्रकारहरूद्वारा सम्प्रेशित समाचारका कारण घटेका। दुवै घटनाबाट मधेसी समाजका जागरुक युवाहरू पीडित भएका। दुवै घटनालाई प्रहरीले अस्वभाविक ठानेको तर अदालतले सामान्य मानेर रिहा गरिदिएको। दुवै घटनाका पीडितहरूले सोसल मिडियामा जवर्जस्त सहानुभुति पाएका। 
 
दुवै घटनामा पिडक पुलिस र पीडित मधेसी युवा रहेपनि पहाडे समुदायका पत्रकार मित्रहरूको अतुलनीय सहयोग मिलेको छ। अनलाइन पोर्टल र ब्लगहरूमा घटनालाई निन्दा गर्ने, पीडितप्रति सहानुभुति दर्साउने, पीडितको पक्षमा प्रतिक्रिया दिनेमा पहाडे समुदायका मित्रहरूको जवर्दस्त सहभागिता थियो। त्यसैले यो पहाडे र मधेसी मात्रको कुरा होइन। 
 
त्यसो भए के राजु साह वा अव्दुल रहमान जस्तै कुनै पहाडे थरका व्यक्तिले गृहमन्त्री वा पुलिस विरुद्ध त्यस्तै प्रकारको फेसबुके टिप्पणी लेखेको भए बामदेव गौतम वा दिनेश आमात्यले यसरी नै उर्दी जारी गर्थ्यो त? 
 
नेपालको फेसबुक, ट्वीटर प्रयोगकर्तामा कसले कुन सरकारी कर्मचारी वा निकायको बारेमा के लेखेको छ भन्ने कुराको अनुगमन गर्ने निकाय कुन हो, जसले राजु साह वा अव्दुल रहमान जस्तो अरु कसैले पनि कुनै मन्त्री, पुलिसको बारेमा लेखेकै छैन भनेर भन्न सक्छ? 
 
त्यसैले यो विषय सामाजिक स्तरमा दुई समुदायबीचको विषयभन्दा अलीक टाढाको र विशेष प्रकारको हो। यो मधेसी पहाडीबीचको सम्बन्धको पनि विषय हो तर त्यति मात्रै होइन। यो मुलतः राज्य संयन्त्रमा नगन्य उपस्थिति रहेको मधेसी समुदाय र पहाडे समुदायको बर्चस्व रहेको राज्य संयन्त्रबीचको सम्बन्धको विषय हो। समग्रमा हेर्ने हो भने समाज र राज्य संयन्त्रबीचको सम्बन्धको विषय हो। यो नागरिक र राज्यबीचको सम्बन्धको विषय हो। यस आलोकबाट हेर्ने प्रयास गर्‍यौँ भने डोल्पाको प्रहरी ज्यादती, बाराका राजु साहको अपहरणशैलीको गिरफतारी र सप्तरीका अव्दुल रहमानमाथिको प्रहरी दादागीरी जस्ता घटनाहरूको जडो खोतल्न सजिलो हुनेछ।  
 
अव्दुल रहमान वा राजु साहको घटना काठमाडौँबाट हेर्नेलाई अचम्म लाग्न सक्छ।  विदेसीहरूलाई झनै आश्चर्य लाग्न सक्छन् तर यी घटनाहरू मधेसी समुदायका लागि भने धेरै आश्चर्यको विषय होइन। बरु यस्ता घटनाहरूबारे अब समाचार बन्न लागेकोमा हामी आश्चर्यसँगै हर्षित छौँ। यस्ता कुराहरूप्रति काठमाडौँको ध्यान आकृष्ट हुनथालेको प्रशंसा योग्य छ। त्यसैले नेपालका विभिन्न समुदाय र समाज एवं  राज्यका विभिन्न संयन्त्रबीचको सम्बन्धको थप बहस हुनुपर्छ। 
 
समग्रमा नेपाली समाज र राज्य संयन्त्रबीचको सम्बन्ध शङ्कामा आधारित छ। सुमधुर छैन। तराई मधेसको सवालमा फरक यति छ कि त्यहाँ केवल शङ्कामा मात्र होइन औपनिवेशिक प्रकारको शोषणमा आधारित छ। 
 
राज्य संयन्त्रका हर्ताकर्ताहरू पहाडमा पनि जोड जुलुम नगर्ने होइन, पहाडे अनुहारका मानिसहरूसँग दुर्व्यवहार नगर्ने होइन तर ती ठाउँ, क्षेत्र, त्यहाँका मानिसप्रति तिनको मनमा थोरै भएपनि सहानुभूति, शिष्टता हुन्छ। मधेसमा त्यो सहानुभूति वा शिष्टताको पूर्ण अभाव पाइन्छ। 
 
यस प्रसँगमा पूर्व रक्षामन्त्री शरतसिंह भण्डारीले पटक–पटक दोहोर्‍याउने एक प्रसँग उल्लेख्य योग्य छ। भण्डारी भन्ने गर्नुहुन्छ, “पुलिसहरूको बोली पनि ठाउँ अनुसारको हुँदो रहेछ। उही पुलिस सिन्धुलीको कुनै थानामा कुनै भारी बोक्ने, फाटेको लुगा लगाउने भरियालाई देखे भने दाई के काम थियो? भन्दै आदरपूर्वक कुरा गर्छन्। तर त्यही पूलिस मेरो जिल्ला महोत्तरीमा कुनै कालो अनुहार, धोती कुर्ता पहिरनका मानिससँग कुरा गर्यो भने, कहाँ आइस? के छ तेरो? भन्दै अपमानको शैलीमा वार्ता गर्छन्। भलै ती मानिस गाविस अध्यक्ष नै किन नहोस्।” 
 
'त्यसैले यो मुलतः शासक र शासितबीचको मनोविज्ञानको समस्या हो'– शरतसिंह भण्डारी भन्ने गर्नुहुन्छ।  
 
सप्तरीका प्रहरी प्रमुखलाई आफ्नो संस्था र मातहतका कर्मचारीको चरित्रमाथि ठूलो  भरोसा छ। यो हुनु पनि पर्छ। कुनै पनि कार्यालयका प्रमुखले त्यस्तो कुराको हेक्का नराखे कसले राख्ने? प्रश्न उठ्न सक्छ।
 
तर, सप्तरी प्रहरी नेपाल प्रहरीकै मातहतका एक शाखा मात्र हुन। नेपालको प्रहरी प्रशासनको बारेमा समग्रमा आम नागरिक र राजनीतिकर्मीको खास धारणा छ। मधेसमा कार्यरत प्रहरी प्रशासनबारेमा पनि आम नेपाली र मधेसी समुदायको केही खास धारणा छ। यसलाई पनि सप्तरी प्रहरी प्रमुखले बुझ्नु जरुरी छ। 
 
सेतापाटीमा सप्तरी प्रहरी प्रमुखको वयान प्रकाशित भएकै दिन नेपाली काँग्रेसका विद्वान नेता प्रदिप गिरीले कान्तिपुरको आफ्नो आलेखको छैठौं प्यारामा भन्नुभएको छ, 'नेपालमा पुलिस प्रशासन र निजामती कर्मचारी भ्रष्ट र अक्षम समेत छन्।' प्रदीप गिरीको मुखबाट पटक–पटक सुनिएको प्रसँग हो यो। सुडान घोटालादेखि ब्रिफकेस काण्डसम्ममा व्यापक चर्चा पाएका नेपालको प्रहरी प्रशासनबारे गिरी अझ रमाइलो पारामा भन्नुहुन्छ, नेपालका पुलिस प्रशासनको दुइटा खास गुणहरू छन्, 'इनकम्पीटेन्ट एण्ड करप्ट'। 
 
सप्तरी प्रहरी प्रमुखले चिन्ता व्यक्त गरेको र आफ्नो कर्मचारीमध्ये कसैले त्यस्तो गरेकै हो कि भन्ने शङ्का निवारणको लागि पनि अव्दुल रहमानलाई पक्रेको हुनसक्छ। उहाँको आफ्नै नेटवर्क होला भन्ने हामीलाई विश्वास छ। तथापि सप्तरी प्रहरीले पैसा खाएर अपहरित बालक मुक्त गरेको धेरै भएको छैन। प्रमाणको रूपमा एउटा उदाहरण उल्लेख गर्न चाहन्छु। 
 
घटना गएको बैशाखको शुरु ताकाको हो। पीडितको सुरक्षाको कारण नाम गोप्य राखेको हुँ। राजविराजदेखि दक्षिण पश्चिम दिसामा पर्ने ३/४ किमी टाढा एक गाउँका एक बालक अपहरणमा परेको थियो। बालक साह थरका थिए। अपहरणको जाहेरी सप्तरी प्रहरीमा दर्ता भयो।
 
केही दिनपछि सप्तरी प्रहरीका घुमुवाहरूले अपहरित बालकका अभिभावकलाई लिएर भारतको लौकही क्षेत्रमा खोजतलास गरेका थिए। लौकही भारतको सीमा क्षेत्रको एउटा सानो बजार हो, जुन सप्तरीको पश्चिम दक्षिण भेगमा पर्छ। दुई दिनको खोजतलासपछि बालक त्यस क्षेत्रमा रहेको र पैसा नदिई छुटाउन खोज्दा बालकको ज्यान खतरामा पर्न सक्ने कुरा प्रहरीले अपहरितको अभिभावकलाई जानकारी दियो। बालकको परिवारले साढे दुई लाख भारतीय रूपैया खोजबिनमा संलग्न घुमुवा मार्फत बुझाएका थिए। बालक अपहरण मुक्त भयो। तर त्यसको ३/४ दिनपछि सप्तरी प्रहरीले पुनः उक्त बालकलाई पक्रेर जिल्ला प्रहरी कार्यालयमा थुनिदियो।
 
राजनीतिकर्मी र पत्रकारहरूले बालकलाई थुन्नुको कारण बुझ्न खोज्दा प्रहरीको जवाफ हुन्थ्यो, 'बालकले अपहरणकारीलाई चिनेको छ , अपहरणकारीको नाम र ठेगाना सोधखोजको लागि राखिएको हो।' पूर्व सभासद्, पूर्वमन्त्री स्तरका स्थानीय नेताहरूको दबाब सहितको हस्तक्षेपपछि मात्र बालकलाई मुक्त गरियो। बुझ्दौ जाँदा थाहा भयो – अपहरण मुक्त बालकलाई फेरी प्रहरी हिरासतमा राख्नुको उद्देश्य अपहरणकारीको खोजी थिएन बरु प्रहरीलाई बुझाएको पैसाबारेमा कसैलाई नभनिदियोस् भन्ने उद्देश्यले अभिभावकमा त्रास पैदा गर्नु थियो। यसबारेमा गृहमन्त्रालय र सप्तरी प्रहरी र खोज पत्रकारहरू थप सोधखोज गरे हुन्छ। 
 
नेपालमा समाज र राज्यबीच निरन्तर द्वन्द्व छ। राज्यमाथि नागरिकको भरोसा घट्दै गएको छ। विश्लेषक सिके लालको शब्दमा लोकतान्त्रिक व्यवस्थामा भने नागरिक–राज्यबीचको सम्बन्ध केही लिखित तथा धेरै प्रचलित अनुबन्धमा आधारित हन्छ। राज्य नागरिक अनुबन्धको आधार नागरिकता एवं मताधिकार हो। यसको प्रयोग गरेर नागरिकले सरकारलाई मान्यता दिन्छ एवं सम्बन्ध नवीकरण गरिरहन्छ। राज्यले नागरिकलाई भन्छ, तिमी मेरा कानुन मान, मलाई हतियारमाथि एकाधिकार देऊ, मलाई कर तिर। ...यस वापत राज्यले तिमीलाई तिन किसिमको सुविधा दिनेछ। पहिलो, राज्यले तिम्रो सुरक्षा सुनिश्चित गर्नेछ। दोस्रो, राज्यले सेवा दिन्छ। तेस्रो, राज्यले नागरिकलाई सम्मान दिन्छ।' 
राज्यको प्रमुख संयन्त्र प्रहरी प्रशासनले मधेसमा कति सुरक्षा दिएको छ, यो हत्या, अपहरणको दैन्दिनको समाचारबाट थाहा हुन्छ। राज्यबाट मधेसीले कति सम्मान पाउँछन्, यो कुरा शरतसिंहको अनुभवबाट स्पष्ट हुन्छ। 
 
मधेसी समाजले स्थानीय राज्य संयन्त्रमा आफ्नो अनुहार देख्दैनन्। त्यसकारण अपनत्व महसुस गर्दैनन्। सरकारी अ•ामा सेवाग्राहीको कागज–प्रमाण हेरिदैनन्, उनको अनुहार हेरिन्छन्। भाषा नमिल्ने छँदैछ। कुनै पनि सरकारी अधिकारीको मनोदसा दिनेश आमात्यको भन्दा फरक छैन। न त उनीहरू आफुलाई परिवर्तन गर्ने सोचमा छन्। त्यसैले मधेसी नभएको राज्य संयन्त्र र मधेसी समुदायको बाहुल्य भएको समाजमा दुईबीचको सम्बन्ध सुमधुर बनाउनका लागि नयाँ शिराबाट सोचिनु पर्छ, जसरी राजु साह र अव्दुल रहमानको बारेमा काठमाडौँको सोसल मिडियाकर्मीले सोच्यो। सबैलाई चेतना भया।

Wednesday, June 11, 2014

यी हुन् अग्रणी दस जातिहरु


यी हुन् अग्रणी दस जातिहरु

  • 1277
     
    107
     
    0
     
    1385
     
  • Get News Alerts

नेपालको नम्बर एक जाति कायस्थ, नम्बर दुई बाहुन
सामाजिक, आर्थिक अवस्था तथा अवसरका हिसाबले मूलतः मधेसमा बसोबास गर्दै आएका कायस्थहरु नेपालको सबैभन्दा अग्रणी जातका रुपमा देखिएका छन्।
त्रिविवि समाज/मानवशास्त्र विभागले साढे २ वर्ष लगाएर गरेको विस्तृत अध्ययनले नेपालका ९७ जातजातिमध्ये कायस्थ(कर्ण, लाल, मल्लिक, निधि, श्रीवास्तव) एक नम्बरमा रहेको देखाएको हो।
दोस्रो र तेस्रो नम्बरमा क्रमशः पहाडे बाहुन र थकाली छन्।
दस अग्रस्थानमा रहेका जातजातिमा बाहुन/क्षेत्री समुदायबाट ४ जाति (पहाडे बाहुन, क्षेत्री, ठकुरी र सन्न्यासी) छन्। यस्तै चार जातजाति मधेसी समुदायबाट (कायस्थ, राजपुत, तराई ब्राम्हण र मारवाडी) छन्। अन्य दुईमा जनजातिबाट नेवार र थकाली छन्।
अन्तिम १० स्थानमा रहेका जातजातिमा मूलतः तराई र पहाडमा बस्ने दलितहरु छन् (हेर्नुहोस् तालिकामा)। 
तथ्याङ्क विभागले गरेको जनगणना २०६८ ले १२५ जातजातिलाई समेटेको भए पनि पूर्ण तथ्याङ्कको अभावमा त्रिविवि अध्ययनले ९७ जातजातिलाई मात्र समेटेको छ।
यी जातजातिको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, लैंगिक अवस्था सूचित गर्ने ३९ महत्वपूर्ण सूचाङ्कहरु समेटेर त्रिविविले नेपाल बहुआयामिक सामाजिक समावेशी सूचाङ्क तयार पारेको छ।
समावेशी एजेन्डामा अहिलेसम्म भएकामध्ये सबैभन्दा विस्तृत अध्ययन हो यो। यसले नेपाली समाजमा आर्थिक, सामाजिक, राजनीति समावेशीको बहस तथ्यपरक बनाउन ठूलो मद्दत गर्नेछ।
यो अध्ययनले नेपाली समाजमा रहेक कुन-कुन जातजातिलाई कहाँ-कहाँ राज्यको सहयोग चाहिन्छ र कसलाई चाहिन्न भन्ने प्रस्ट तस्बिर देखाउँछ।
सेतोपाटीसँग कुरा गर्दै यो अध्ययनका संयोजक प्राध्यापक ओम गुरुङले भने, 'नेपाली समाजमा समावेशीको बहस जोडतोडले चलिरहेको छ। राजनीतिज्ञ, दातृ निकाय, मिडिया, प्राज्ञिक क्षेत्र सबैका लागि यो विषय हटकेकजस्तै हो। तर अहिलेसम्म हामीसँग शोधमा आधारित तथ्य र बुझाइ थिएन।'
प्राध्यापक गुरुङले भने, 'यो अध्ययनले हाम्रो बहसको त्यो कमजोर पाटोलाई अब पूरा गर्नेछ। हामीसँग अब तथ्य छन्। समावेशी सम्बन्धी हाम्रो बहस अब तथ्यमा आधारित हुनेछ।'

साम्प्रदायिक सद्भावका प्रतीक पिरबाबाको मजार


साम्प्रदायिक सद्भावका प्रतीक पिरबाबाको मजार

Share this post
FaceBook  Twitter  Mixx.mn     
गौशाला,  जेठ २८ गते । महोत्तरीको मटिहानी पुग्ने जो सुकै पनि एक पटक पिरबाबाको मजार दर्शन गर्न खोज्छन् ।
स्थानीय बासिन्दामा पिरबाबाप्रति ठुलो श्रद्धा र सम्मान छ । हिन्दू होउन वा मुसलमान पिरबाबाका दुवै थरी भक्त उत्तिकै आस्थावान छन् तर पिरबाबा र उनको (मजार)मन्दिरको स्थितिप्रति कोही संवेदनशील भएको पाइँदैन । मन्दिरको जीर्ण अवस्थाले यही दर्शाउँछ ।

जलेश्वरबाट सात किलोमिटर पूर्वमा रहेको मटिहानी गाविस– ६ स्थित अवस्थित पिरबाबाको मजारमा बकरिद, मोहरम, इदका बेला भव्य मेला लाग्दछन् । पिरबाबाको मजारले यस क्षेत्रमा साम्प्रदायिक सद्भाव कायम गर्ने कार्यमा महत्वपूर्ण योगदान निर्वाह गरेको छ ।
मटिहानीको सबैभन्दा चाखलाग्दो विषय पिर बाबाको मजार हो । भनिन्छ, आजभन्दा करिब ४०० वर्षअघि भारतको अजमेर सरिफबाट एक जना तपस्वी मटिहानी पुगेका थिए । उनले मटिहानीको मध्यभागमा आफ्नो स्थान निर्माण गरेर तपस्यामा बसेका थिए । त्यसैबेला दक्षिणबाटै आएका तस्मैया बाबालाई उनले देखाइदिएको बाटोमा हिँडेपछि मटिहानी मठको जन्म भएको हो ।
हिन्दू धर्मग्रन्थको अनुसार पिरबाबाले तस्मैया बाबालाई भनेका थिए यहाँबाट जानुहोस् र जहाँ मुसा बिरालोबीच झगडा भइरहेको हुन्छ र जित मुसाको हुन्छ त्यो ठाउँमा तपस्या थाल्नु । तस्मैया बाबाले भेटाएको सोही ठाउँ हो अहिलेको मटिहानी मठ ।
मुसाले बिरालोलाई जितेपछि तस्मैया बाबाले हातमा रहेको खन्ती गाडेको ठाउँ अहिले पनि सुरक्षित राखिएको छ मठभित्रको एउटा कोठामा ।  महन्थका अनुसार प्रत्येक साँझ सफा गरी मिलाइने उक्त ओछ्यानमा बिहान गएर हेर्दा राति कोही सुतेको जस्तो देखिन्छ ।
पिरबाबाको मजार मुस्लिम धर्मावलम्बीको पूज्य स्थल रहेपनि त्यसको संरक्षण र संवद्र्धन हिन्दू र मुस्लिम दुवैले मिलेर गरेका छन् । स्थानको आकार स्वरुप र रङ मुस्लिम समुदायको धर्मस्थल जस्तो देखिए पनि मटिहानीमा हिन्दू समुदायमा पनि कुनै धार्मिक काम किरिया हुँदा पहिलो सलामी मजारमा दिने चलन छ ।
स्थानीय श्यामकुमार मण्डलका अनुसार गाउँमा कसैको विवाह, व्रतबन्ध हुँदा पनि मैथिली परम्पराअनुसार महिलाले गाइने गीतमा पहिलो स्तुति पिरबाबाकै सम्बोधनले गरिन्छ । उनका अनुसार मटिहानीमा हिन्दू र मुस्लिम समुदाय जोड्ने सेतुको काम पिरबाबाको मजारले गरेको छ ।
अहिलेको मटिहानी बजारको स्थापनासँग जोडिएको महापुरुष तस्मैया बाबा र पिरबाबा अलगअलग धर्म मान्ने भए पनि उहाँहरुले कायम गर्नुभएको घनिष्ठ सम्बन्ध शताब्दि पछि पनि हिन्दू मुस्लमानका लागि आदर्श बनेको धारणा राम उच्च मावि मटिहानी प्रधानाध्यापक अमिरीलाल मण्डलको छ ।
पिरबाबा स्थानलाई नेपालको एक महत्वपूर्ण धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको स्थानीय नागेश्वर गुप्ता बताउनु हुन्छ ।  रासस

Thursday, May 1, 2014

उखु खेती गर्ने किसानको समस्या नै समस्या

उखु खेती गर्ने किसानको समस्या नै समस्या 
धनबीर महतो, गौशाला, महोत्तरी ।
बैशाख ११ गते -

उखु खेती गर्ने किसानहरु अहिले विभिन्न समस्याबाट गुज्रिरहेका छन । एक त बैशाख महिनाको चर्को घाम त्यसमा पनि अर्कोतर्फ आफुले खेतमा लगाएको उखु आशिंक रुपमा खेतमा नै खडा अवस्थामा रहेकोले उनीहरुमा चिन्ता छाएका छन । सीमित अवधिमा खेतमा रहेको उखु काटि चिनीमिलमा पु¥याउने अभिप्रायले उखु किसानहरु आजकाल टन्टलापुर घाममा समेत उखु किसानहरु दिनभरि नै उखु खेतमा व्यस्त रहेको पाईन्छ । आफनो पायक पर्ने चिनीमिलले आफूहरुसित करार गरे अनुसार समयमा उखु आपुर्ति गर्ने पुर्जी ( चलान ) नदिएपछि अन्तिम समयमा आई महोत्तरी, धनुषा, सिरहा, सर्लाही लगायतका किसानहरु खेतमा लगाएको उखु काट्नमा व्यस्त देखिन्छ ।  यथासम्भव आफनो पायक पर्नेे चिनीमिलमा उखु आपुर्ति गर्ने उद्देश्यले मध्य तराईका किसानहरु प्राय स–परिवार नै ३० देखि ३६ डिग्री सेल्सियस तापक्रम सम्म रहेको कडा घाममा आफनो शरीरको ख्याल नै नगरी प्रत्येक विहानदेखी साँझसम्म उखु खेतमा उखु काट्ने, उखु सफा गर्ने, गाडीमा लोड गर्ने, उखु लोड भएको गाडीलाई मिलसम्म पु¥याउने कामकाजहरु उखु खेती गर्ने किसानहरुको लागि नियमित नै भईसकेको छ । नगदे बालीको रुपमा परिचित रहेको उखु खेती महोत्तरी, धनुषा, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायत तराईका जिल्लाहरुमा प्रमुख बालीको रुपमा प्रसिद्ध रहेको छ । अन्य बालीको तुलनामा कम मेहनेत, खर्च परेको र आम्दानी बढी भएको कारणले यस क्षेत्रका किसानहरुको प्रमुख रोजाई भनेको नै उखु खेती रहेको पाईन्छ ।  तराईमा संचालित चिनीमिलहरु यही बैशाख मसान्त सम्ममा यसबर्षको उखु क्रसिङ्ग (उखु पेलाइ) सिजन बन्द गर्ने समयसीमा तोकेकोले खेतमा खडा रहेको उखु आपुर्ती गर्नको लागि किसानहरु प्राय व्यस्त देखिन्छ । हुनेखाने ( बढी जग्गा भएको व्यक्ति ) को लागि उखु खेती वरदान साबित भएपनि कम जग्गा भएको किसानहरुको लागि अभिशाप बन्न पुगेको स्थानिय उखु किसानहरुले प्रतिक्रिया दिएका छन । विशेषतः चिनीमिलका मिलगेट क्षेत्र अर्थात स्थानिय चिनीमिलको लागि पकेट एरियाको रुपमा रहेको क्षेत्रका किसानहरुलाई चिनीमिलले समयमा चलान पुर्जी उपलब्ध नगराउनु, एकै पल्ट मिलगेटमा सैयौँको संख्यामा सवारीसाधनहरु जम्मा हुनु, मिलमा उखु बोक्ने साधनहरुको लागि राख्नको लागि बनाएको यार्डहरु व्यवस्थित तरिकाको नहुनु जस्ता कारणहरुले गर्दा उखु खेती अभिशाप बन्न पुगेको पिडित किसानहरुको गुनासो रहेको छ । त्यस्तै अन्तिम समयमा आएर चिनीमिलले एकैपल्ट चलान फ्रि रुपमा बाँडेपछि गाँउघरमा उखु काटने मजदुरको अभाव हुनु, उखु आपुर्ति गर्नको लागि साधनहरु नपाउनु जस्ता समस्याहरु सृजना भएका हुन ।  नेपाल कृषि प्रधान भएतापनि उखु किसानको समस्या समाधानको निम्ती सरकारी पक्षले कुनै किसिमको सेवा सुविधा उपलब्ध नगराएपछि किसानहरु थप मार्कामा परेका छन । प्रत्येक बर्ष चिनीमिल संचालनको क्रममा चिनी व्यवसायी संघ तथा किसान संघका प्रतिनिधीहरु बीच उखुको मुल्य कायम गर्ने क्रममा लामो समयसम्म विवाद भएपछि समयमा मिल संचालन हुन नसक्ने स्थिती सिर्जना हुनु समान्य बनेको छ । उखु किसान तथा उखुको मुल्य निर्धारण गर्नका लागि समय समयमा उत्पन्न हुने विवाद समाधानका लागि नेपाल सरकारले पहल गर्नु आजको आवश्यक्ता रहेको स्थानिय बुद्धिजिवीहरुको भनाई रहेको छ ।

चुरे कसैको भएन !

चुरे कसैको भएन !
 चुरे संरक्षणका लागि मेची-महाकाली एकीकृत प्रयास तथा चुरेदेखि दसगजासम्म संरक्षण कार्यनीति ल्याउनु आवश्यक छ । चन्द्रकिशोर                                  

 तराईमा एउटा राजनीतिक चुट्किला विस्तारै फैलिँदैछ । त्यो के हो भने समग्र तराई अब एक प्रदेश हुने भएको छ । र त्यो सम्भव पहाडमा बसेकाहरूको सहयोगबाट भइराखेको छ । प्रश्न उठ्छ, कसरी ? पहाडमा जता हेर्‍यो त्यतै डोजर लगाएर समतल बनाउने काम भइरहेको हुन्छ । आखिर तराई भनेको समतल भूभाग हो । भोलि यस्तै भइराख्यो भने 'पुरै नेपाल सिङ्गो तराई प्रदेश' हुन्छ । यो व्यङ्ग्योक्तिले पहाडमा भइराखेको प्राकृतिक दोहनलाई प्रतिविम्बित गर्छ । विनाश नगरी विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने सवालमा घोत्लिन प्रेरित गर्छ । मधेसका लागि दुःखसुखको आधार चुरे पर्वत शृङखलामाथि भइराखेको विनाशलीलाले गर्दा त्यस क्षेत्रको जनजीवनमा मात्र होइन, राष्ट्रिय परिवेशमै गम्भीर असर पुर्‍याउने निश्चित छ ।  चुरे क्षेत्र सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण भूभाग हो । यो भिरालो र कमलो ढुङ्गा, माटो, चट्टानले बनेको छ । भौगोलिक बनावट तथा माटो-ढुङ्गाको प्रकारअनुसार चुरे पर्वत श्रेणीलाई दक्षिणदेखि उत्तरतर्फ क्रमशः तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा बाँड्न सकिन्छ । त्यसैगरी पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेलाई महाकालीदेखि राप्तीसम्मको पश्चिमी भाग, दोस्रो खण्डमा राप्तीदेखि हेटौंडाको राप्तीसम्मको मध्यभाग र तेस्रो मेचीसम्मको पूर्वी भागको रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् । पूर्वभन्दा पश्चिमका चुरे शृङखला अग्ला छन् । चुरे क्षेत्रलाई चुरिया पहाड, शिवालिक पहाड वा चुलाचुली भनेर चिनिन्छ । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । चुरेको संकटले तराईको भूमिगत जलस्रोतको तहलाई अवरुद्ध पार्न र कृषि उत्पादनमा ह्रास ल्याउनुका साथै दुन, भावर र तराईको भूभागलाई बाढी-पहिरोजस्ता प्रकोपको व्यूहमा धकेलेको छ ।  आजभन्दा करिब चौध वर्ष पहिला पत्रकार मोहन मैनालीलाई कञ्चनपुर जिल्लाका तत्कालीन जिल्ला विकास सभापति ऋषिराज लुम्सालीले भनेका थिए, 'पूर्व-पश्चिम लम्बाइ ४४ किमि भएको कञ्चनपुर जिल्लामा ११ वटा ठूला खोला र नदी उत्तरबाट दक्षिण बग्छन् । यिनले दुवै किनारका जमिन काट्दै आफ्नो चौडाइ बढाइराखेका छन् । यस्तै हो भने पुरै कञ्चनपुर जिल्ला बगर बन्न बेर छैन ।' उनको भनाइलाई लिएर मैनालीले यसरी विश्लेषण गरेका थिए, 'पूर्व-पश्चिम राजमार्गको त्यस जिल्लामा पर्ने १७ वटा साना-ठूला खोलामा हालिएको पुलको लम्बाइ १ किमिभन्दा बढी छ । खोलालाई साँघुरो बनाएर पुल हालिने र पुल हालेको ठाउँभन्दा तल खोलाको चौडाइ कम्तीमा पनि दोब्बर हुने हुनाले त्यस जिल्लाको खोलाको चौडाइमात्र २ किमि हुन आउँछ, जुन त्यस जिल्लाको लम्बाइको ५ प्रतिशत हुन्छ । यो दसा कञ्चनपुरको मात्र होइन, सम्पूर्ण तराईको हो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ८८५ किमि लम्बाइमा रहेका साना र ठूला गरी ४७८ वटा खोला र नदीहरूले कम्तीमा ५७ किमि अर्थात नेपालको पूर्व-पश्चिम लम्बाइको ७ प्रतिशतभन्दा अलि बढी भाग ढाकेका छन् । यी नदी र खोलामा आउने बाढीले माथिल्लो भेगमा कटान गर्छन् । माथिल्लो भेगबाट बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा खोलाको पिँधमा बस्नाले खोलाको पिँधमाथि उठेर वर्षामा पानी आउँदा तल्लो भेग डुबानमा पर्छ ।  यी खोला र नदीहरूको चौडाइ प्रत्येक वर्ष बढिरहेको छ । केही पहिला कैलाली र कञ्चनपुरका राजनीतिकर्मी- अधिकारकर्मीहरूसँंग छलफल गर्ने अवसर जुटेको थियो, जसमा उनीहरूले त्यस क्षेत्रको मुख्य समस्याका रूपमा चुरेमाथिको दोहनलाई बताएका थिए । पछिल्ला चौध वर्षमा तराईको भौगोलिक स्थिति निकै परिवर्तन भइसकेको छ । चुरे र महाभारतबाट निस्केका नदी र खोलाहरूको स्वभावमा व्यापक परिवर्तन आएको छ । चुरे क्षेत्रका खोलाहरू निकै चञ्चल देखिएका छन् । विज्ञहरू भन्छन्- नेपाल एकीकरण समयमा र बि्रटिस-इन्डियासंँग राम्रो सम्बन्ध कायम नहुँदासम्म चुरे पर्वतलाई राष्ट्रिय सुरक्षाका दृष्टिले संरक्षण गरिएको थियो । शत्रुहरू आउन नपाउन् भनेर चुरेमा बाटोघाटो निर्माण गर्न बन्देज लगाउने र भएका बस्ती उठाई जंगल बनाउने नीति लिइएको थियो । राणाकालमा जब बि्रटिस-इन्डियासँंग मैत्री सम्बन्ध भयो, त्यस उप्रान्त चुरे पर्वत र दुन बंेसीहरूको जंगल फँडानी गरी काठ निर्यात गर्न थालियो । आज भारतमा बि्रटिसको शासन छैन, नत नेपालमा राणाहरू नै छन् । शाहहरूको पनि शासन ढलिसकेको छ । नेपाल गणतन्त्र व्यवस्थापनको यात्रामा छ । तर बि्रटिसहरूको पालादेखि सुरु भएको नेपाली क्षेत्रको प्राकृतिक स्रोतहरूको दोहन अहिले पनि कायम छ । चुरे क्षेत्रको दोहनलाई सीमाञ्चलका भारतीय क्षेत्रमा हुने विकास निर्माणसंँग अनुवाद गर्न थालिएको छ । उसो त राष्ट्रपति डा. रामवरण यादवले आफ्नो पहिलो राजकीय भ्रमणताका भारतका तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलले दिएको रात्रिभोजको अवसरमा प्रधानमन्त्री मनमोहन सिंहको समेत उपस्थितिमा उत्तर प्रदेश र विहारका अग्ला नेता मुलायमसिंह यादव र लालु यादवलाई सँगै राखेर चुरे शिवालिक पर्वत शृङखलाको पर्यावरणीय संकट र त्यसले गंगाको तटीय मैदानमा पार्नसक्ने नकारात्मक असरबारे चर्चा गरेका थिए । तर अहिलेसम्मको स्थिति हेर्दा भारतीय संस्थापन पक्षले चुरेको संकटलाई आफ्नो सीमा क्षेत्रभित्र पर्नसक्ने संकटका रूपमा आत्मसात गर्नसकेका छैनन् वा त्यसलाई प्रकट गर्न चाहिरहेका छैनन् । मूलतः नेपालको तराई मधेसका अतिरिक्त कतिपय भारतीय र बंगलादेशी भूभाग एवं त्यहाँका जनताको हितमा पनि चुरे पर्वत शृङखलाको संरक्षण जरुरी छ । खासगरी भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा ठूलो नकारात्मक प्रभाव पर्ने निश्चित छ । पूर्व-पश्चिम राजमार्गको परिकल्पना र रेखांकनका बेला राजमार्गको उत्तरी भागमा वन कायम गर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति रहेको कुरा अहिले पनि कतिपय संरक्षणविदहरू सम्भिmन्छन् ।  नेपालमा पनि चुरेलाई माया गर्ने, सम्मान गर्ने र संरक्षण गर्ने कोही भएन । चुरे क्षेत्र वरिपरि बसोबास गर्नेहरूले आफ्नो दुइटै हात बहती गंगामा भएको ठान्छन् भने दक्षिणी क्षेत्रमा बास गर्नेहरूले चुरेमाथिको प्रहारले आफ्नो सामाजिक-आर्थिक हैसियत खस्किँदै गएको चाल नै पाउन सकिरहेका छैनन् । चुरे माथिको दोहन एउटा समस्यामात्र होइन, यो त छलफल, विवाद र लेनादेनाको विषय हुनेवाला छ । तराईमा थेगि्रएको जनसंख्याको ठूलो हिस्सा चुरेकै काखीमै गएर जमेको छ, नगरपालिका र नगरोन्मुख बस्तीहरू त्यहीं थपिँदैछन्, कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षहरू पनि त्यहीं जोडिएका छन्, राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण पक्ष सेनाका व्यारेकहरू पूर्वदेखि पश्चिमसम्म चुरे क्षेत्रमै फैलिएको छ ।  - See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388479.html#sthash.rafWd02L.dpuf

चुरे कसैको भएन !

चुरे संरक्षणका लागि मेची-महाकाली एकीकृत प्रयास तथा चुरेदेखि दसगजासम्म संरक्षण कार्यनीति ल्याउनु आवश्यक छ ।
2
 
0
 
0
 
0
 
2
 


chandra kishor
तराईमा एउटा राजनीतिक चुट्किला विस्तारै फैलिँदैछ । त्यो के हो भने समग्र तराई अब एक प्रदेश हुने भएको छ । र त्यो सम्भव पहाडमा बसेकाहरूको सहयोगबाट भइराखेको छ । प्रश्न उठ्छ, कसरी ? पहाडमा जता हेर्‍यो त्यतै डोजर लगाएर समतल बनाउने काम भइरहेको हुन्छ । आखिर तराई भनेको समतल भूभाग हो । भोलि यस्तै भइराख्यो भने 'पुरै नेपाल सिङ्गो तराई प्रदेश' हुन्छ । यो व्यङ्ग्योक्तिले पहाडमा भइराखेको प्राकृतिक दोहनलाई प्रतिविम्बित गर्छ । विनाश नगरी विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने सवालमा घोत्लिन प्रेरित गर्छ । मधेसका लागि दुःखसुखको आधार चुरे पर्वत शृङखलामाथि भइराखेको विनाशलीलाले गर्दा त्यस क्षेत्रको जनजीवनमा मात्र होइन, राष्ट्रिय परिवेशमै गम्भीर असर पुर्‍याउने निश्चित छ । चुरे क्षेत्र सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण भूभाग हो । यो भिरालो र कमलो ढुङ्गा, माटो, चट्टानले बनेको छ । भौगोलिक बनावट तथा माटो-ढुङ्गाको प्रकारअनुसार चुरे पर्वत श्रेणीलाई दक्षिणदेखि उत्तरतर्फ क्रमशः तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा बाँड्न सकिन्छ । त्यसैगरी पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेलाई महाकालीदेखि राप्तीसम्मको पश्चिमी भाग, दोस्रो खण्डमा राप्तीदेखि हेटौंडाको राप्तीसम्मको मध्यभाग र तेस्रो मेचीसम्मको पूर्वी भागको रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् । पूर्वभन्दा पश्चिमका चुरे शृङखला अग्ला छन् । चुरे क्षेत्रलाई चुरिया पहाड, शिवालिक पहाड वा चुलाचुली भनेर चिनिन्छ । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । चुरेको संकटले तराईको भूमिगत जलस्रोतको तहलाई अवरुद्ध पार्न र कृषि उत्पादनमा ह्रास ल्याउनुका साथै दुन, भावर र तराईको भूभागलाई बाढी-पहिरोजस्ता प्रकोपको व्यूहमा धकेलेको छ ।
आजभन्दा करिब चौध वर्ष पहिला पत्रकार मोहन मैनालीलाई कञ्चनपुर जिल्लाका तत्कालीन जिल्ला विकास सभापति ऋषिराज लुम्सालीले भनेका थिए, 'पूर्व-पश्चिम लम्बाइ ४४ किमि भएको कञ्चनपुर जिल्लामा ११ वटा ठूला खोला र नदी उत्तरबाट दक्षिण बग्छन् । यिनले दुवै किनारका जमिन काट्दै आफ्नो चौडाइ बढाइराखेका छन् । यस्तै हो भने पुरै कञ्चनपुर जिल्ला बगर बन्न बेर छैन ।' उनको भनाइलाई लिएर मैनालीले यसरी विश्लेषण गरेका थिए, 'पूर्व-पश्चिम राजमार्गको त्यस जिल्लामा पर्ने १७ वटा साना-ठूला खोलामा हालिएको पुलको लम्बाइ १ किमिभन्दा बढी छ । खोलालाई साँघुरो बनाएर पुल हालिने र पुल हालेको ठाउँभन्दा तल खोलाको चौडाइ कम्तीमा पनि दोब्बर हुने हुनाले त्यस जिल्लाको खोलाको चौडाइमात्र २ किमि हुन आउँछ, जुन त्यस जिल्लाको लम्बाइको ५ प्रतिशत हुन्छ । यो दसा कञ्चनपुरको मात्र होइन, सम्पूर्ण तराईको हो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ८८५ किमि लम्बाइमा रहेका साना र ठूला गरी ४७८ वटा खोला र नदीहरूले कम्तीमा ५७ किमि अर्थात नेपालको पूर्व-पश्चिम लम्बाइको ७ प्रतिशतभन्दा अलि बढी भाग ढाकेका छन् । यी नदी र खोलामा आउने बाढीले माथिल्लो भेगमा कटान गर्छन् । माथिल्लो भेगबाट बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा खोलाको पिँधमा बस्नाले खोलाको पिँधमाथि उठेर वर्षामा पानी आउँदा तल्लो भेग डुबानमा पर्छ ।
यी खोला र नदीहरूको चौडाइ प्रत्येक वर्ष बढिरहेको छ । केही पहिला कैलाली र कञ्चनपुरका राजनीतिकर्मी- अधिकारकर्मीहरूसँंग छलफल गर्ने अवसर जुटेको थियो, जसमा उनीहरूले त्यस क्षेत्रको मुख्य समस्याका रूपमा चुरेमाथिको दोहनलाई बताएका थिए । पछिल्ला चौध वर्षमा तराईको भौगोलिक स्थिति निकै परिवर्तन भइसकेको छ । चुरे र महाभारतबाट निस्केका नदी र खोलाहरूको स्वभावमा व्यापक परिवर्तन आएको छ । चुरे क्षेत्रका खोलाहरू निकै चञ्चल देखिएका छन् । विज्ञहरू भन्छन्- नेपाल एकीकरण समयमा र बि्रटिस-इन्डियासंँग राम्रो सम्बन्ध कायम नहुँदासम्म चुरे पर्वतलाई राष्ट्रिय सुरक्षाका दृष्टिले संरक्षण गरिएको थियो । शत्रुहरू आउन नपाउन् भनेर चुरेमा बाटोघाटो निर्माण गर्न बन्देज लगाउने र भएका बस्ती उठाई जंगल बनाउने नीति लिइएको थियो । राणाकालमा जब बि्रटिस-इन्डियासँंग मैत्री सम्बन्ध भयो, त्यस उप्रान्त चुरे पर्वत र दुन बंेसीहरूको जंगल फँडानी गरी काठ निर्यात गर्न थालियो । आज भारतमा बि्रटिसको शासन छैन, नत नेपालमा राणाहरू नै छन् । शाहहरूको पनि शासन ढलिसकेको छ । नेपाल गणतन्त्र व्यवस्थापनको यात्रामा छ । तर बि्रटिसहरूको पालादेखि सुरु भएको नेपाली क्षेत्रको प्राकृतिक स्रोतहरूको दोहन अहिले पनि कायम छ । चुरे क्षेत्रको दोहनलाई सीमाञ्चलका भारतीय क्षेत्रमा हुने विकास निर्माणसंँग अनुवाद गर्न थालिएको छ । उसो त राष्ट्रपति डा. रामवरण यादवले आफ्नो पहिलो राजकीय भ्रमणताका भारतका तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलले दिएको रात्रिभोजको अवसरमा प्रधानमन्त्री मनमोहन सिंहको समेत उपस्थितिमा उत्तर प्रदेश र विहारका अग्ला नेता मुलायमसिंह यादव र लालु यादवलाई सँगै राखेर चुरे शिवालिक पर्वत शृङखलाको पर्यावरणीय संकट र त्यसले गंगाको तटीय मैदानमा पार्नसक्ने नकारात्मक असरबारे चर्चा गरेका थिए । तर अहिलेसम्मको स्थिति हेर्दा भारतीय संस्थापन पक्षले चुरेको संकटलाई आफ्नो सीमा क्षेत्रभित्र पर्नसक्ने संकटका रूपमा आत्मसात गर्नसकेका छैनन् वा त्यसलाई प्रकट गर्न चाहिरहेका छैनन् । मूलतः नेपालको तराई मधेसका अतिरिक्त कतिपय भारतीय र बंगलादेशी भूभाग एवं त्यहाँका जनताको हितमा पनि चुरे पर्वत शृङखलाको संरक्षण जरुरी छ । खासगरी भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा ठूलो नकारात्मक प्रभाव पर्ने निश्चित छ । पूर्व-पश्चिम राजमार्गको परिकल्पना र रेखांकनका बेला राजमार्गको उत्तरी भागमा वन कायम गर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति रहेको कुरा अहिले पनि कतिपय संरक्षणविदहरू सम्भिmन्छन् ।
नेपालमा पनि चुरेलाई माया गर्ने, सम्मान गर्ने र संरक्षण गर्ने कोही भएन । चुरे क्षेत्र वरिपरि बसोबास गर्नेहरूले आफ्नो दुइटै हात बहती गंगामा भएको ठान्छन् भने दक्षिणी क्षेत्रमा बास गर्नेहरूले चुरेमाथिको प्रहारले आफ्नो सामाजिक-आर्थिक हैसियत खस्किँदै गएको चाल नै पाउन सकिरहेका छैनन् । चुरे माथिको दोहन एउटा समस्यामात्र होइन, यो त छलफल, विवाद र लेनादेनाको विषय हुनेवाला छ । तराईमा थेगि्रएको जनसंख्याको ठूलो हिस्सा चुरेकै काखीमै गएर जमेको छ, नगरपालिका र नगरोन्मुख बस्तीहरू त्यहीं थपिँदैछन्, कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षहरू पनि त्यहीं जोडिएका छन्, राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण पक्ष सेनाका व्यारेकहरू पूर्वदेखि पश्चिमसम्म चुरे क्षेत्रमै फैलिएको छ ।
- See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388479.html#sthash.rafWd02L.dpuf

चुरे कसैको भएन !

चुरे संरक्षणका लागि मेची-महाकाली एकीकृत प्रयास तथा चुरेदेखि दसगजासम्म संरक्षण कार्यनीति ल्याउनु आवश्यक छ ।
2
 
0
 
0
 
0
 
2
 


chandra kishor
तराईमा एउटा राजनीतिक चुट्किला विस्तारै फैलिँदैछ । त्यो के हो भने समग्र तराई अब एक प्रदेश हुने भएको छ । र त्यो सम्भव पहाडमा बसेकाहरूको सहयोगबाट भइराखेको छ । प्रश्न उठ्छ, कसरी ? पहाडमा जता हेर्‍यो त्यतै डोजर लगाएर समतल बनाउने काम भइरहेको हुन्छ । आखिर तराई भनेको समतल भूभाग हो । भोलि यस्तै भइराख्यो भने 'पुरै नेपाल सिङ्गो तराई प्रदेश' हुन्छ । यो व्यङ्ग्योक्तिले पहाडमा भइराखेको प्राकृतिक दोहनलाई प्रतिविम्बित गर्छ । विनाश नगरी विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने सवालमा घोत्लिन प्रेरित गर्छ । मधेसका लागि दुःखसुखको आधार चुरे पर्वत शृङखलामाथि भइराखेको विनाशलीलाले गर्दा त्यस क्षेत्रको जनजीवनमा मात्र होइन, राष्ट्रिय परिवेशमै गम्भीर असर पुर्‍याउने निश्चित छ । चुरे क्षेत्र सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण भूभाग हो । यो भिरालो र कमलो ढुङ्गा, माटो, चट्टानले बनेको छ । भौगोलिक बनावट तथा माटो-ढुङ्गाको प्रकारअनुसार चुरे पर्वत श्रेणीलाई दक्षिणदेखि उत्तरतर्फ क्रमशः तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा बाँड्न सकिन्छ । त्यसैगरी पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेलाई महाकालीदेखि राप्तीसम्मको पश्चिमी भाग, दोस्रो खण्डमा राप्तीदेखि हेटौंडाको राप्तीसम्मको मध्यभाग र तेस्रो मेचीसम्मको पूर्वी भागको रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् । पूर्वभन्दा पश्चिमका चुरे शृङखला अग्ला छन् । चुरे क्षेत्रलाई चुरिया पहाड, शिवालिक पहाड वा चुलाचुली भनेर चिनिन्छ । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । चुरेको संकटले तराईको भूमिगत जलस्रोतको तहलाई अवरुद्ध पार्न र कृषि उत्पादनमा ह्रास ल्याउनुका साथै दुन, भावर र तराईको भूभागलाई बाढी-पहिरोजस्ता प्रकोपको व्यूहमा धकेलेको छ ।
आजभन्दा करिब चौध वर्ष पहिला पत्रकार मोहन मैनालीलाई कञ्चनपुर जिल्लाका तत्कालीन जिल्ला विकास सभापति ऋषिराज लुम्सालीले भनेका थिए, 'पूर्व-पश्चिम लम्बाइ ४४ किमि भएको कञ्चनपुर जिल्लामा ११ वटा ठूला खोला र नदी उत्तरबाट दक्षिण बग्छन् । यिनले दुवै किनारका जमिन काट्दै आफ्नो चौडाइ बढाइराखेका छन् । यस्तै हो भने पुरै कञ्चनपुर जिल्ला बगर बन्न बेर छैन ।' उनको भनाइलाई लिएर मैनालीले यसरी विश्लेषण गरेका थिए, 'पूर्व-पश्चिम राजमार्गको त्यस जिल्लामा पर्ने १७ वटा साना-ठूला खोलामा हालिएको पुलको लम्बाइ १ किमिभन्दा बढी छ । खोलालाई साँघुरो बनाएर पुल हालिने र पुल हालेको ठाउँभन्दा तल खोलाको चौडाइ कम्तीमा पनि दोब्बर हुने हुनाले त्यस जिल्लाको खोलाको चौडाइमात्र २ किमि हुन आउँछ, जुन त्यस जिल्लाको लम्बाइको ५ प्रतिशत हुन्छ । यो दसा कञ्चनपुरको मात्र होइन, सम्पूर्ण तराईको हो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ८८५ किमि लम्बाइमा रहेका साना र ठूला गरी ४७८ वटा खोला र नदीहरूले कम्तीमा ५७ किमि अर्थात नेपालको पूर्व-पश्चिम लम्बाइको ७ प्रतिशतभन्दा अलि बढी भाग ढाकेका छन् । यी नदी र खोलामा आउने बाढीले माथिल्लो भेगमा कटान गर्छन् । माथिल्लो भेगबाट बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा खोलाको पिँधमा बस्नाले खोलाको पिँधमाथि उठेर वर्षामा पानी आउँदा तल्लो भेग डुबानमा पर्छ ।
यी खोला र नदीहरूको चौडाइ प्रत्येक वर्ष बढिरहेको छ । केही पहिला कैलाली र कञ्चनपुरका राजनीतिकर्मी- अधिकारकर्मीहरूसँंग छलफल गर्ने अवसर जुटेको थियो, जसमा उनीहरूले त्यस क्षेत्रको मुख्य समस्याका रूपमा चुरेमाथिको दोहनलाई बताएका थिए । पछिल्ला चौध वर्षमा तराईको भौगोलिक स्थिति निकै परिवर्तन भइसकेको छ । चुरे र महाभारतबाट निस्केका नदी र खोलाहरूको स्वभावमा व्यापक परिवर्तन आएको छ । चुरे क्षेत्रका खोलाहरू निकै चञ्चल देखिएका छन् । विज्ञहरू भन्छन्- नेपाल एकीकरण समयमा र बि्रटिस-इन्डियासंँग राम्रो सम्बन्ध कायम नहुँदासम्म चुरे पर्वतलाई राष्ट्रिय सुरक्षाका दृष्टिले संरक्षण गरिएको थियो । शत्रुहरू आउन नपाउन् भनेर चुरेमा बाटोघाटो निर्माण गर्न बन्देज लगाउने र भएका बस्ती उठाई जंगल बनाउने नीति लिइएको थियो । राणाकालमा जब बि्रटिस-इन्डियासँंग मैत्री सम्बन्ध भयो, त्यस उप्रान्त चुरे पर्वत र दुन बंेसीहरूको जंगल फँडानी गरी काठ निर्यात गर्न थालियो । आज भारतमा बि्रटिसको शासन छैन, नत नेपालमा राणाहरू नै छन् । शाहहरूको पनि शासन ढलिसकेको छ । नेपाल गणतन्त्र व्यवस्थापनको यात्रामा छ । तर बि्रटिसहरूको पालादेखि सुरु भएको नेपाली क्षेत्रको प्राकृतिक स्रोतहरूको दोहन अहिले पनि कायम छ । चुरे क्षेत्रको दोहनलाई सीमाञ्चलका भारतीय क्षेत्रमा हुने विकास निर्माणसंँग अनुवाद गर्न थालिएको छ । उसो त राष्ट्रपति डा. रामवरण यादवले आफ्नो पहिलो राजकीय भ्रमणताका भारतका तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलले दिएको रात्रिभोजको अवसरमा प्रधानमन्त्री मनमोहन सिंहको समेत उपस्थितिमा उत्तर प्रदेश र विहारका अग्ला नेता मुलायमसिंह यादव र लालु यादवलाई सँगै राखेर चुरे शिवालिक पर्वत शृङखलाको पर्यावरणीय संकट र त्यसले गंगाको तटीय मैदानमा पार्नसक्ने नकारात्मक असरबारे चर्चा गरेका थिए । तर अहिलेसम्मको स्थिति हेर्दा भारतीय संस्थापन पक्षले चुरेको संकटलाई आफ्नो सीमा क्षेत्रभित्र पर्नसक्ने संकटका रूपमा आत्मसात गर्नसकेका छैनन् वा त्यसलाई प्रकट गर्न चाहिरहेका छैनन् । मूलतः नेपालको तराई मधेसका अतिरिक्त कतिपय भारतीय र बंगलादेशी भूभाग एवं त्यहाँका जनताको हितमा पनि चुरे पर्वत शृङखलाको संरक्षण जरुरी छ । खासगरी भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा ठूलो नकारात्मक प्रभाव पर्ने निश्चित छ । पूर्व-पश्चिम राजमार्गको परिकल्पना र रेखांकनका बेला राजमार्गको उत्तरी भागमा वन कायम गर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति रहेको कुरा अहिले पनि कतिपय संरक्षणविदहरू सम्भिmन्छन् ।
नेपालमा पनि चुरेलाई माया गर्ने, सम्मान गर्ने र संरक्षण गर्ने कोही भएन । चुरे क्षेत्र वरिपरि बसोबास गर्नेहरूले आफ्नो दुइटै हात बहती गंगामा भएको ठान्छन् भने दक्षिणी क्षेत्रमा बास गर्नेहरूले चुरेमाथिको प्रहारले आफ्नो सामाजिक-आर्थिक हैसियत खस्किँदै गएको चाल नै पाउन सकिरहेका छैनन् । चुरे माथिको दोहन एउटा समस्यामात्र होइन, यो त छलफल, विवाद र लेनादेनाको विषय हुनेवाला छ । तराईमा थेगि्रएको जनसंख्याको ठूलो हिस्सा चुरेकै काखीमै गएर जमेको छ, नगरपालिका र नगरोन्मुख बस्तीहरू त्यहीं थपिँदैछन्, कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षहरू पनि त्यहीं जोडिएका छन्, राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण पक्ष सेनाका व्यारेकहरू पूर्वदेखि पश्चिमसम्म चुरे क्षेत्रमै फैलिएको छ ।
- See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388479.html#sthash.rafWd02L.dpuf

उपेक्षित जनकपुर अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ । डा. प्रकाशचन्द्र लोहनी

उपेक्षित जनकपुर  अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ । डा. प्रकाशचन्द्र लोहनी                                           ०  19   4   0   0   25     prakash नेपालको धार्मिक-सांस्कृतिक पहिचानका महत्त्वपूर्ण स्थानहरूमध्ये मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जनकपुरधाम अग्रपंक्तिमा आउँछन् । यी 'चार धाम'ले नेपालको सांस्कृतिक व्यक्तित्व र संस्कारमा महत्त्वपूर्ण प्रभाव राख्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको मौलिक चिनारीलाई प्रतिविम्बित गर्छन् । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम एक अर्ब हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हुन् भने लुम्बिनी र कपिलवस्तु विश्वभरका अर्बौ शान्तिकामी मानवतावादीहरूको आस्थाको केन्द्र ।  वास्तवमा दुई ठूला धर्म र संस्कृतिको उद्गमस्थल नेपाल हो । यद्यपि यो तथ्यको गहिरो मर्म र यथार्थलाई आजसम्म हामीले पनि ग्रहण गर्नसकेका छैनौं । यसको ज्वलन्त उदाहरण मैथिली भाषा र सभ्यताको ऐतिहासिक केन्द्रमात्र नभई विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र रहेको जनकपुरधामको अव्यवस्था र दुरावस्थामा स्पष्ट प्रतिविम्बित हुन्छ ।  उपेक्षा र भ्रष्टाचार  केही दिनअघि म राजनीतिक कामको सिलसिलामा जनकपुर पुगेको थिएँ । हवाई अड्डाबाट बस्ने ठाउँसम्मको बाटोको स्थिति दयनीय र दर्दनाक थियो । कुनै सडकमा पिच थिएन, फोहोरको डंगुर जताततै फालाफाल थियो भने ढलको व्यवस्थापन नहुँदा बाटोको दुवैतिर कालो लेदोले हाम्रो सहरी विकासको यथार्थलाई नांगो तरिकाले पेस गरेको थियो ।  होटल पुगेपछि मैले 'केही वर्षअघि आउँदा बाटोमा कालोपत्रे थियो, अहिले झन् फराकिलो र राम्रो हुनुको सट्टा किन यो दुर्दशा ?' भनी सोधेँ । पाएको जवाफ घतलाग्दो थियो । मेरा मित्रले भने, 'हाम्रो जनकपुरमा नेपाल सरकारले बाटो निर्माणका लागि २१ औं शताब्दीको विशेष प्रविधि प्रयोग गरेको छ । अरु ठाउँमा माटोमाथि ग्रावेल गरिन्छ र त्यसमाथि कालोपत्रे गरिन्छ । हामीकहाँ भने कालोपत्रे बाटो बिग्रदैं  गएपछि खाल्टाखुल्टी पुर्न ग्रावेल गरिन्छ । अनि ग्रावेलको बाटो पनि  बिग्रदैं गएपछि नेपाल सरकारले मर्मत गर्न माटो छरिदिन्छ । त्यसैले हाम्रो सहरमा बाटाघाटामा कहीं कालोपत्रे सडक छैन, सबै ठाउँमा अब माटोको सडक छ । यही हो, हाम्रो २१ औं शताब्दीको प्रविधि ।' मैले जवाफ पाएँ ।  मिथिला सभ्यताको केन्द्रविन्दु र हिन्दु धर्मको एउटा प्रमुख तीर्थस्थल जनकपुरमा देखिने लथालिंगपन र अव्यवस्थाले हामी सबै नेपालीको उपहास गरेको छ । जनकपुरको विकासका लागि बृहत जनकपुर विकास समिति गठन नभएको पनि होइन । यो सांस्कृतिक-धार्मिक सहरको संरक्षण र सम्बर्द्धन गर्न सबै बृहत विकास योजना कार्यान्वयन गर्न एमाले, कांग्रेस र एमाओवादीसमेतले आपmनो दल सत्तामा हुँदा आपmना खास व्यक्ति पठाएका हुन् । तर यथार्थमा भन्नुपर्दा कुनै दलले पनि जनकपुरको व्यवस्थापन, संरक्षण र सम्बर्द्धनमा चासो राखेनन् । जनकपुर रहेको धनुषा जिल्लाबाट विभिन्न दलका प्रभावशाली मधेसी नेता सत्तामा पुगे, तर तिनको प्रभाव र चासो अरु धेरैतिर भए पनि जनकपुरको विकासमा पटक्कै देखिएन ।  एक समय जनकपुर नेपालको औद्योगिक सहरको रूपमा चिनिन्थ्यो । सन् १९६५ मा यहाँ ठूलो चुरोट कारखाना रूसको सहयोगमा स्थापना भयो, जसले उद्योग विकासको नयाँ सुरुवात गर्‍यो । तर क्रान्ति र प्रजातन्त्रको चर्काे नाराको बाढीमा मौलाएको लुट र भ्रष्टाचारको संस्कृतिले यसलाई २०११ सालसम्म आइपुग्दा धराशायी बनायो । यत्रो उद्योगको सञ्चालक समिति २०१३ सालमा विघटन भयो । हुन पनि २०१२ सम्म आइपुग्दा चुरोट कारखानाको नोक्सानमात्रै झन्डै एक अर्ब पुगिसकेको थियो । तर यसका गोदाम धेरै वर्ष पुग्ने केमिकल र अन्य आयातीत कच्चा पदार्थले भरिभराउ थिए, जबकि यसले चुरोट बनाउनै छाडिसकेको थियो ।  चुरोट उद्योगबाहेक यस क्षेत्रमा आर्थिक विकासको लागि नगदेबालीको रूपमा सुरु गरिएको सुर्ती विकास कम्पनी र कार्यक्रम पनि धराशायी भयो । यथार्थमा जनकपुरको औद्योगिक विकास र त्यससँग जोडिएको एउटा नगदेबालीको सम्भावना बोकेको संस्था दलीय लुट र भ्रष्टाचारको भुमरीमा हराएर गयो । अहिले चुरोट कारखानाको तिसौं बिगाहा जमिन र सम्पत्ति खण्डहरमा परिणत हँुदै गएका छन् ।  धार्मिक-सांस्कृतिक सम्पत्तिहरूको व्यवस्थापन र रक्षा गर्ने हेतुले जनकपुरमा गुठी अन्तर्गत ठूलो सम्पत्ति छ । तर यी पनि मासिँदैछन् । गुठी अन्तर्गतका सम्पत्तिको आधुनिक व्यवस्थापन गरेर आयआर्जन बढाई देशको सांस्कृतिक सम्पत्तिको संरक्षण र मर्मत-सम्भार गर्ने लक्ष्यलाई नेपाल सरकारले कहिले पनि गम्भीरतासाथ लिएको छैन ।  धेरै वर्ष पहिले २०४१ सालमा म अर्थमन्त्री हुँदा र गुठी संस्थान अर्थ मन्त्रालय अन्तर्गत छँदा आधुनिक सम्पत्ति व्यवस्थापनको सिद्धान्त अनुकूल गुठी सम्पत्तिको व्यवस्थापनबारे विस्तृत अध्ययन भएको थियो । त्यो मान्यता अनुरुपको लक्ष्य र संरचनाको सिफारिस भएको हो । वर्तमान भूमिसुधार मन्त्रीले खोजे त्यो प्रतिवेदन सिंहदरबारको कुनै कुनामा पाउन सक्छन् । तर त्यसबखतदेखि यो प्रतिवेदन कहिल्यै लागु भएन ।  पारदर्शी र आधुनिक व्यवस्थापन सिद्धान्तको संरचनामा अडेको सम्पत्ति व्यवस्थापन पद्धतिले गुठीको नाममा भ्रष्टाचारलाई नियन्त्रण गर्न खोज्छ । नेपालका सबै खाले शासक वर्गलाई यो दृष्टिकोण कहिल्यै मान्य भएन । धर्मको नाममा भ्रष्टाचार जनकपुरको धार्मिक केन्द्रहरूमा मौलाएको छ । कतिपय ठाउँमा गुठी संस्थानले मन्दिर भत्काएर जग्गा बेचेको छ भने यसरी अब मन्दिर नै नभएको ठाउँमा पूजा खर्च भनेर रकम गइरहेको गुनासो व्याप्त छ । वास्तवमा हाम्रो धर्म र संस्कृतिको संरक्षण र यसमा निहित सकारात्मक मानवतावादी मूल्य र मान्यतापट्टिको प्रतिबद्धता नेपाली समाजमा व्यापक रूपमा स्खलन भएर गएको छ । त्यसैले मठ, मन्दिर, पाटी, पौवाको संरक्षण र सम्भारका लागि छुट्याइएको पुँजीगत सम्पत्ति कागज मिलाएर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने संस्कार व्यापक छ । यो संस्कार जनकपुर र वरपरका गुठी सम्पत्तिको व्यवस्थापनको नाममा व्याप्त दुरुपयोगमा स्पष्ट छ ।  धर्म, संस्कृति र विकास  अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि देखिएका विभिन्न दबाबको परिवेशमा आज नेपालीले गर्वको रूपमा लिनुपर्ने मिथिला सभ्यताको केन्द्रविन्दु जनकपुर लथालिंग छ । राज्य र राजनेताहरूले यो क्षेत्रलाई उपेक्षा गरेका छन् । मिथिला क्षेत्रको सांस्कृतिक सम्पदाको साथै साहित्य र भाषाको संरक्षण र सम्बर्द्धनमा राज्यको ध्यान पुगेको छैन ।  त्यस्तै यस क्षेत्रको विशेषता जनकपुर सहरको रूपमा उचित व्यवस्थापन र भौतिक निर्माणले नेपालको सांस्कृतिक पहिचानमात्र नभएर नेपालको आर्थिक विकासमा हुनसक्ने योगदानप्रति आँखा चिम्लिइएको छ । धार्मिक र सांस्कृतिक पर्यटनको हिसाबले मात्र पनि संसारभरिका एक अर्ब हिन्दुका लागि यो तीर्थस्थल हो । यसमध्ये थोरै मात्रलाई पनि यहाँ तान्नसके यस क्षेत्रको अर्थतन्त्रको कायापलट हुनसक्छ । तर तीर्थस्थल भए पनि फोहोर र खुला नाला, धुलो उड्ने बाटो, अव्यस्थित सहर तथा नगर व्यवस्थापनप्रतिको व्यापक उदासीनताको संरचनाले सहरभित्र पसेको पर्यटकलाई पनि कहिले छाडेर जाउँ भन्ने स्थिति सिर्जना गरेको छ ।  सरकार र जनकपुरवासीले पनि अब मिलेर मिथिला सभ्यताको केन्द्रविन्दुलाई नेपाली पहिचानको एउटा उज्यालो बत्तीका रूपमा स्थापित गर्नुपर्छ । विगतमा एकपटक जनकपुर विकासका लागि वर्तमान सहरलाई व्यवस्थित गर्ने र हालको नगरभन्दा दक्षिणपट्ट िजनकपुरको सांस्कृतिक विशेषतासहित 'नयाँ जनकपुर' निर्माण गर्ने कार्यक्रम थियो । यसका लागि त्यस बखतको नगर विकास समितिलाई जग्गा एकीकरण गर्न र नयाँ जग्गा किन्न ऋण दिने योजना थियो । तर देशमा भएका विभिन्न राजनीतिक गतिविधिको परिप्रेक्ष्यमा यो लागु हुनसकेन । अब यही धारणा परिमार्जन गरेर लागु गर्नु उपयुक्त हुनेछ ।  यस कामका लागि आउँदो एक वर्षभित्र जनकपुर सहरी क्षेत्रको ढल निर्माण गर्ने, सहरभित्रको बाटो मापदण्डअनुसार विस्तार गर्ने, सबै बाटो कालोपत्रे गर्ने र गुठी सम्पत्तिको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । यस क्षेत्रको सांस्कृतिक पक्षमा लगानी  गर्न सम्पत्ति व्यवस्थापनका आधुनिक मान्यताअनुरुप सबै सरोकारवाला सहभागी भएको कम्पनी ऐनअनुसार दर्ता गरी जनकपुर गुठी सम्पत्ति व्यवस्थापन संस्था खडा गरेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक-सांस्कृतिक पर्यटन-मैत्री नयाँ जनकपुर निर्माण अब अत्यावश्यक भइसकेको छ । यी सबै कामको सुरुवात र विशेषता अहिले रहेको सहरको नाला बनाउने र सडक कालोपत्रे गर्न सरकारले कमसेकम यो वर्ष एक अर्ब रकम विनियोजन गर्नुपर्छ ।  नेपाली पहिचानको एउटा आधारस्तम्भमात्र नभई धार्मिक पर्यटकीय सम्भावनाको परिपे्रक्ष्यमा जनकपुरमा यो लगानी गर्न कोइराला सरकारले कन्जुस्याइँ नगरोस् । यसको प्रतिफल आर्थिक क्षेत्रमा मात्र सीमित हुने छैन । यसको सकारात्मक प्रभाव नेपालको राष्ट्रियता र राष्ट्रिय पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा पनि स्पष्ट देखिनेछ ।  लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।    - See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388477.html#sthash.2QfH7lko.dpuf

उपेक्षित जनकपुर

अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि दबाबको परिवेशमा मिथिला सभ्यताको केन्द्रविन्दु आज लथालिंग छ ।
19
 
4
 
0
 
0
 
25
 


prakash
नेपालको धार्मिक-सांस्कृतिक पहिचानका महत्त्वपूर्ण स्थानहरूमध्ये मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जनकपुरधाम अग्रपंक्तिमा आउँछन् । यी 'चार धाम'ले नेपालको सांस्कृतिक व्यक्तित्व र संस्कारमा महत्त्वपूर्ण प्रभाव राख्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको मौलिक चिनारीलाई प्रतिविम्बित गर्छन् । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम एक अर्ब हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हुन् भने लुम्बिनी र कपिलवस्तु विश्वभरका अर्बौ शान्तिकामी मानवतावादीहरूको आस्थाको केन्द्र । वास्तवमा दुई ठूला धर्म र संस्कृतिको उद्गमस्थल नेपाल हो । यद्यपि यो तथ्यको गहिरो मर्म र यथार्थलाई आजसम्म हामीले पनि ग्रहण गर्नसकेका छैनौं । यसको ज्वलन्त उदाहरण मैथिली भाषा र सभ्यताको ऐतिहासिक केन्द्रमात्र नभई विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र रहेको जनकपुरधामको अव्यवस्था र दुरावस्थामा स्पष्ट प्रतिविम्बित हुन्छ ।
उपेक्षा र भ्रष्टाचार
केही दिनअघि म राजनीतिक कामको सिलसिलामा जनकपुर पुगेको थिएँ । हवाई अड्डाबाट बस्ने ठाउँसम्मको बाटोको स्थिति दयनीय र दर्दनाक थियो । कुनै सडकमा पिच थिएन, फोहोरको डंगुर जताततै फालाफाल थियो भने ढलको व्यवस्थापन नहुँदा बाटोको दुवैतिर कालो लेदोले हाम्रो सहरी विकासको यथार्थलाई नांगो तरिकाले पेस गरेको थियो ।
होटल पुगेपछि मैले 'केही वर्षअघि आउँदा बाटोमा कालोपत्रे थियो, अहिले झन् फराकिलो र राम्रो हुनुको सट्टा किन यो दुर्दशा ?' भनी सोधेँ । पाएको जवाफ घतलाग्दो थियो । मेरा मित्रले भने, 'हाम्रो जनकपुरमा नेपाल सरकारले बाटो निर्माणका लागि २१ औं शताब्दीको विशेष प्रविधि प्रयोग गरेको छ । अरु ठाउँमा माटोमाथि ग्रावेल गरिन्छ र त्यसमाथि कालोपत्रे गरिन्छ । हामीकहाँ भने कालोपत्रे बाटो बिग्रदैं  गएपछि खाल्टाखुल्टी पुर्न ग्रावेल गरिन्छ । अनि ग्रावेलको बाटो पनि  बिग्रदैं गएपछि नेपाल सरकारले मर्मत गर्न माटो छरिदिन्छ । त्यसैले हाम्रो सहरमा बाटाघाटामा कहीं कालोपत्रे सडक छैन, सबै ठाउँमा अब माटोको सडक छ । यही हो, हाम्रो २१ औं शताब्दीको प्रविधि ।' मैले जवाफ पाएँ ।
मिथिला सभ्यताको केन्द्रविन्दु र हिन्दु धर्मको एउटा प्रमुख तीर्थस्थल जनकपुरमा देखिने लथालिंगपन र अव्यवस्थाले हामी सबै नेपालीको उपहास गरेको छ । जनकपुरको विकासका लागि बृहत जनकपुर विकास समिति गठन नभएको पनि होइन । यो सांस्कृतिक-धार्मिक सहरको संरक्षण र सम्बर्द्धन गर्न सबै बृहत विकास योजना कार्यान्वयन गर्न एमाले, कांग्रेस र एमाओवादीसमेतले आपmनो दल सत्तामा हुँदा आपmना खास व्यक्ति पठाएका हुन् । तर यथार्थमा भन्नुपर्दा कुनै दलले पनि जनकपुरको व्यवस्थापन, संरक्षण र सम्बर्द्धनमा चासो राखेनन् । जनकपुर रहेको धनुषा जिल्लाबाट विभिन्न दलका प्रभावशाली मधेसी नेता सत्तामा पुगे, तर तिनको प्रभाव र चासो अरु धेरैतिर भए पनि जनकपुरको विकासमा पटक्कै देखिएन ।
एक समय जनकपुर नेपालको औद्योगिक सहरको रूपमा चिनिन्थ्यो । सन् १९६५ मा यहाँ ठूलो चुरोट कारखाना रूसको सहयोगमा स्थापना भयो, जसले उद्योग विकासको नयाँ सुरुवात गर्‍यो । तर क्रान्ति र प्रजातन्त्रको चर्काे नाराको बाढीमा मौलाएको लुट र भ्रष्टाचारको संस्कृतिले यसलाई २०११ सालसम्म आइपुग्दा धराशायी बनायो । यत्रो उद्योगको सञ्चालक समिति २०१३ सालमा विघटन भयो । हुन पनि २०१२ सम्म आइपुग्दा चुरोट कारखानाको नोक्सानमात्रै झन्डै एक अर्ब पुगिसकेको थियो । तर यसका गोदाम धेरै वर्ष पुग्ने केमिकल र अन्य आयातीत कच्चा पदार्थले भरिभराउ थिए, जबकि यसले चुरोट बनाउनै छाडिसकेको थियो ।
चुरोट उद्योगबाहेक यस क्षेत्रमा आर्थिक विकासको लागि नगदेबालीको रूपमा सुरु गरिएको सुर्ती विकास कम्पनी र कार्यक्रम पनि धराशायी भयो । यथार्थमा जनकपुरको औद्योगिक विकास र त्यससँग जोडिएको एउटा नगदेबालीको सम्भावना बोकेको संस्था दलीय लुट र भ्रष्टाचारको भुमरीमा हराएर गयो । अहिले चुरोट कारखानाको तिसौं बिगाहा जमिन र सम्पत्ति खण्डहरमा परिणत हँुदै गएका छन् ।
धार्मिक-सांस्कृतिक सम्पत्तिहरूको व्यवस्थापन र रक्षा गर्ने हेतुले जनकपुरमा गुठी अन्तर्गत ठूलो सम्पत्ति छ । तर यी पनि मासिँदैछन् । गुठी अन्तर्गतका सम्पत्तिको आधुनिक व्यवस्थापन गरेर आयआर्जन बढाई देशको सांस्कृतिक सम्पत्तिको संरक्षण र मर्मत-सम्भार गर्ने लक्ष्यलाई नेपाल सरकारले कहिले पनि गम्भीरतासाथ लिएको छैन ।
धेरै वर्ष पहिले २०४१ सालमा म अर्थमन्त्री हुँदा र गुठी संस्थान अर्थ मन्त्रालय अन्तर्गत छँदा आधुनिक सम्पत्ति व्यवस्थापनको सिद्धान्त अनुकूल गुठी सम्पत्तिको व्यवस्थापनबारे विस्तृत अध्ययन भएको थियो । त्यो मान्यता अनुरुपको लक्ष्य र संरचनाको सिफारिस भएको हो । वर्तमान भूमिसुधार मन्त्रीले खोजे त्यो प्रतिवेदन सिंहदरबारको कुनै कुनामा पाउन सक्छन् । तर त्यसबखतदेखि यो प्रतिवेदन कहिल्यै लागु भएन ।
पारदर्शी र आधुनिक व्यवस्थापन सिद्धान्तको संरचनामा अडेको सम्पत्ति व्यवस्थापन पद्धतिले गुठीको नाममा भ्रष्टाचारलाई नियन्त्रण गर्न खोज्छ । नेपालका सबै खाले शासक वर्गलाई यो दृष्टिकोण कहिल्यै मान्य भएन । धर्मको नाममा भ्रष्टाचार जनकपुरको धार्मिक केन्द्रहरूमा मौलाएको छ । कतिपय ठाउँमा गुठी संस्थानले मन्दिर भत्काएर जग्गा बेचेको छ भने यसरी अब मन्दिर नै नभएको ठाउँमा पूजा खर्च भनेर रकम गइरहेको गुनासो व्याप्त छ । वास्तवमा हाम्रो धर्म र संस्कृतिको संरक्षण र यसमा निहित सकारात्मक मानवतावादी मूल्य र मान्यतापट्टिको प्रतिबद्धता नेपाली समाजमा व्यापक रूपमा स्खलन भएर गएको छ । त्यसैले मठ, मन्दिर, पाटी, पौवाको संरक्षण र सम्भारका लागि छुट्याइएको पुँजीगत सम्पत्ति कागज मिलाएर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने संस्कार व्यापक छ । यो संस्कार जनकपुर र वरपरका गुठी सम्पत्तिको व्यवस्थापनको नाममा व्याप्त दुरुपयोगमा स्पष्ट छ ।
धर्म, संस्कृति र विकास
अव्यवस्था, उपेक्षा, भ्रष्टाचार र सामाजिक सद्भावमाथि देखिएका विभिन्न दबाबको परिवेशमा आज नेपालीले गर्वको रूपमा लिनुपर्ने मिथिला सभ्यताको केन्द्रविन्दु जनकपुर लथालिंग छ । राज्य र राजनेताहरूले यो क्षेत्रलाई उपेक्षा गरेका छन् । मिथिला क्षेत्रको सांस्कृतिक सम्पदाको साथै साहित्य र भाषाको संरक्षण र सम्बर्द्धनमा राज्यको ध्यान पुगेको छैन ।
त्यस्तै यस क्षेत्रको विशेषता जनकपुर सहरको रूपमा उचित व्यवस्थापन र भौतिक निर्माणले नेपालको सांस्कृतिक पहिचानमात्र नभएर नेपालको आर्थिक विकासमा हुनसक्ने योगदानप्रति आँखा चिम्लिइएको छ । धार्मिक र सांस्कृतिक पर्यटनको हिसाबले मात्र पनि संसारभरिका एक अर्ब हिन्दुका लागि यो तीर्थस्थल हो । यसमध्ये थोरै मात्रलाई पनि यहाँ तान्नसके यस क्षेत्रको अर्थतन्त्रको कायापलट हुनसक्छ । तर तीर्थस्थल भए पनि फोहोर र खुला नाला, धुलो उड्ने बाटो, अव्यस्थित सहर तथा नगर व्यवस्थापनप्रतिको व्यापक उदासीनताको संरचनाले सहरभित्र पसेको पर्यटकलाई पनि कहिले छाडेर जाउँ भन्ने स्थिति सिर्जना गरेको छ ।
सरकार र जनकपुरवासीले पनि अब मिलेर मिथिला सभ्यताको केन्द्रविन्दुलाई नेपाली पहिचानको एउटा उज्यालो बत्तीका रूपमा स्थापित गर्नुपर्छ । विगतमा एकपटक जनकपुर विकासका लागि वर्तमान सहरलाई व्यवस्थित गर्ने र हालको नगरभन्दा दक्षिणपट्ट िजनकपुरको सांस्कृतिक विशेषतासहित 'नयाँ जनकपुर' निर्माण गर्ने कार्यक्रम थियो । यसका लागि त्यस बखतको नगर विकास समितिलाई जग्गा एकीकरण गर्न र नयाँ जग्गा किन्न ऋण दिने योजना थियो । तर देशमा भएका विभिन्न राजनीतिक गतिविधिको परिप्रेक्ष्यमा यो लागु हुनसकेन । अब यही धारणा परिमार्जन गरेर लागु गर्नु उपयुक्त हुनेछ ।
यस कामका लागि आउँदो एक वर्षभित्र जनकपुर सहरी क्षेत्रको ढल निर्माण गर्ने, सहरभित्रको बाटो मापदण्डअनुसार विस्तार गर्ने, सबै बाटो कालोपत्रे गर्ने र गुठी सम्पत्तिको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । यस क्षेत्रको सांस्कृतिक पक्षमा लगानी
गर्न सम्पत्ति व्यवस्थापनका आधुनिक मान्यताअनुरुप सबै सरोकारवाला सहभागी भएको कम्पनी ऐनअनुसार दर्ता गरी जनकपुर गुठी सम्पत्ति व्यवस्थापन संस्था खडा गरेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक-सांस्कृतिक पर्यटन-मैत्री नयाँ जनकपुर निर्माण अब अत्यावश्यक भइसकेको छ । यी सबै कामको सुरुवात र विशेषता अहिले रहेको सहरको नाला बनाउने र सडक कालोपत्रे गर्न सरकारले कमसेकम यो वर्ष एक अर्ब रकम विनियोजन गर्नुपर्छ ।
नेपाली पहिचानको एउटा आधारस्तम्भमात्र नभई धार्मिक पर्यटकीय सम्भावनाको परिपे्रक्ष्यमा जनकपुरमा यो लगानी गर्न कोइराला सरकारले कन्जुस्याइँ नगरोस् । यसको प्रतिफल आर्थिक क्षेत्रमा मात्र सीमित हुने छैन । यसको सकारात्मक प्रभाव नेपालको राष्ट्रियता र राष्ट्रिय पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा पनि स्पष्ट देखिनेछ ।
लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।

 
- See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388477.html#sthash.2QfH7lko.dpuf

Friday, April 25, 2014

छर-छिमेक साक्षी गवाहलाई भत्ता वितरण गरिदै

 समाचार » छर-छिमेक साक्षी गवाहलाई भत्ता वितरण गरिदै  0  0   कमलेश मण्डल जलेश्वर, १३ बैशाख ।  सरकारीवादी मुद्दालाई बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको छ । यसै क्रममा महोत्तरी बगडा ८ का मैथिल यादवले मंगलवार जिल्ला प्रहरी कार्यालयबाट साक्षी दैनिक तथा भ्रमण खर्च बुझेका छन् । उनले गर्भपतन मुद्दामा २०७० चैत्त २६ गतेदेखि वैशाख २ गतेसम्मको ३ हजार ६ सय रकम बुझेका छन् । उनकी पत्नीले बयान दिएवापत २ हजार ५ सय र पीडित उनकी छोरीले १ हजार रुपैया प्रहरीबाट बुझेका छन् ।       सर्वोच्च अदालतको विशेष इजलासले २०७० वैशाख १९ गते गरेको फैसलाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र साक्षी गवाहलाई सो भत्ता वितरण गर्ने कार्य सुरु गरेको हो । सरकारवादी मुद्दामा दावी पक्षका साक्षी गवाही अदालतले वक पत्रका लागि तोकेको मितिमा उपलब्ध नहुँदा मुद्दामा प्रतिकुल असर परी अपराधमा सँलग्न व्यक्तिहरुले सजायमा छुट पाई समाजमा शान्ति सुरक्षा र अमनचयनमा गम्भीर असर पर्ने तथा अपराधिहरुको मनोबल बढी अपराधका श्रृखंला बढने हुदा साक्षी गवाहलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । सरकारी पक्षको मुद्दा बलियो होस र पीडितलाई न्याय दिलाउनका लागि साक्षीको भत्ता दिने व्यवस्था गरिएको उनले बताए ।       सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ को नियम १५ (१) बमोजिम अदालतले साक्षी गवाहलाई उपस्थित गराउन तोकेको मितिमा सरकारी साक्षी गवाहलाई अनिवार्य रुपमा उपस्थित गराउने साक्षी गवाह फेला नपरेमा सोही नियमको नियम १५ २ बमोजिम मुचुल्का खडा गरी पेश गर्ने तथा सोही नियमावलीको १५ ३ ले सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएकोे प्रहरी उपरीक्षक  श्रेष्ठले  बताए ।     उनका अनुसार सो कानुनी व्यवस्थालाई कार्यान्वयन गरिएमा सरकारी साक्षीको उपस्थितमा साकारात्मक प्रमाण आइ मुद्दाको सफलता वृद्धि हुने बताए । प्रहरी प्रतिवेदनबाट मुद्दाहरुमा प्रतिवेदक प्रहरी कर्मचारीहरु उपस्थित नहुने, बरामदी मुचुल्काका मानिसहरु र बरामदी मुचुल्का तयार पार्ने कर्मचारी नै वकपत्रका लागि उपस्थित नहुदा मुद्दाको अस्तीत्व खतरामा पर्ने भएका ले साक्षी गवाहलाई भत्ताको व्यवस्था गरिएको हो ।       मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको मुद्दा तथा अन्य सरकारीवादी फौजदारी मुद्दामा सरकारी पक्षको साक्षीलाई अदालतमा उपस्थित गराउदा लाग्ने खर्च समेत भुक्तानी दिने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस आवमा १ लाख २६ हजार रुपैया रकम निकासा गरेको छ ।        साक्षी गवाहलाइ अदालतमा उपस्थित गराउदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउने छ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी गवाहलाइ राजपत्र अनधिकृत प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ । सरकारी कर्मचारीलाई साक्षी गवाहको रुपमा उपस्थित हुनुपर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट नै त्यस्तो रकम दिइने व्यवस्था पनि सो ऐनमा छ । - See more at: http://www.janakpurtoday.com.np/detail.php?nid=8094#sthash.yFD3zxVV.dpuf
समाचार »
छर-छिमेक
साक्षी गवाहलाई भत्ता वितरण गरिदै
 0  0

कमलेश मण्डल
जलेश्वर, १३ बैशाख ।
सरकारीवादी मुद्दालाई बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको छ । यसै क्रममा महोत्तरी बगडा ८ का मैथिल यादवले मंगलवार जिल्ला प्रहरी कार्यालयबाट साक्षी दैनिक तथा भ्रमण खर्च बुझेका छन् । उनले गर्भपतन मुद्दामा २०७० चैत्त २६ गतेदेखि वैशाख २ गतेसम्मको ३ हजार ६ सय रकम बुझेका छन् । उनकी पत्नीले बयान दिएवापत २ हजार ५ सय र पीडित उनकी छोरीले १ हजार रुपैया प्रहरीबाट बुझेका छन् ।

    सर्वोच्च अदालतको विशेष इजलासले २०७० वैशाख १९ गते गरेको फैसलाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र साक्षी गवाहलाई सो भत्ता वितरण गर्ने कार्य सुरु गरेको हो । सरकारवादी मुद्दामा दावी पक्षका साक्षी गवाही अदालतले वक पत्रका लागि तोकेको मितिमा उपलब्ध नहुँदा मुद्दामा प्रतिकुल असर परी अपराधमा सँलग्न व्यक्तिहरुले सजायमा छुट पाई समाजमा शान्ति सुरक्षा र अमनचयनमा गम्भीर असर पर्ने तथा अपराधिहरुको मनोबल बढी अपराधका श्रृखंला बढने हुदा साक्षी गवाहलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । सरकारी पक्षको मुद्दा बलियो होस र पीडितलाई न्याय दिलाउनका लागि साक्षीको भत्ता दिने व्यवस्था गरिएको उनले बताए ।

    सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ को नियम १५ (१) बमोजिम अदालतले साक्षी गवाहलाई उपस्थित गराउन तोकेको मितिमा सरकारी साक्षी गवाहलाई अनिवार्य रुपमा उपस्थित गराउने साक्षी गवाह फेला नपरेमा सोही नियमको नियम १५ २ बमोजिम मुचुल्का खडा गरी पेश गर्ने तथा सोही नियमावलीको १५ ३ ले सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएकोे प्रहरी उपरीक्षक  श्रेष्ठले  बताए ।
    उनका अनुसार सो कानुनी व्यवस्थालाई कार्यान्वयन गरिएमा सरकारी साक्षीको उपस्थितमा साकारात्मक प्रमाण आइ मुद्दाको सफलता वृद्धि हुने बताए । प्रहरी प्रतिवेदनबाट मुद्दाहरुमा प्रतिवेदक प्रहरी कर्मचारीहरु उपस्थित नहुने, बरामदी मुचुल्काका मानिसहरु र बरामदी मुचुल्का तयार पार्ने कर्मचारी नै वकपत्रका लागि उपस्थित नहुदा मुद्दाको अस्तीत्व खतरामा पर्ने भएका ले साक्षी गवाहलाई भत्ताको व्यवस्था गरिएको हो ।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको मुद्दा तथा अन्य सरकारीवादी फौजदारी मुद्दामा सरकारी पक्षको साक्षीलाई अदालतमा उपस्थित गराउदा लाग्ने खर्च समेत भुक्तानी दिने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस आवमा १ लाख २६ हजार रुपैया रकम निकासा गरेको छ ।

     साक्षी गवाहलाइ अदालतमा उपस्थित गराउदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउने छ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी गवाहलाइ राजपत्र अनधिकृत प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।
सरकारी कर्मचारीलाई साक्षी गवाहको रुपमा उपस्थित हुनुपर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट नै त्यस्तो रकम दिइने व्यवस्था पनि सो ऐनमा छ ।
- See more at: http://www.janakpurtoday.com.np/detail.php?nid=8094#sthash.yFD3zxVV.dpuf