Saturday, February 9, 2019

स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती

स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती
नागेन्द्रकुमार कर्ण 

हालै जलेश्वर नगरपालिका वडानं. ४ सुगामा रहेको शुक्देव माध्यमिक विद्यालयले स्वर्ण जयन्ती समारोह मनाएको छ । सो जयन्तीको सेरोफेरोमा धेरै कुरा भयो धेरै कुरा गर्न पनि बाँकी छ । वास्तविकतामा हेर्दा स्वर्ण जयन्तीको अवधिभन्दा ढिलो १३ वर्षमा मनाउन कुन ‘शक्ति’ले त्यत्रो विधि ‘शक्ति’ दिएको हो जो दश दिनमै मनाउन सक्नुपर्ने ‘माइण्डेड’ दियो त्यो खोतल्न भने आवश्यक छ । स्वर्ण जयन्ती कुनै उपभोक्ता समिति गठन गरे झै कोठामा गर्ने विषय होइन भन्ने जानकारी सामान्यजनलाई पनि छ भने प्रधानाध्यापक र वडाध्यक्षलाई सिकाउनुपर्ने कुरा त पक्कै होइन होला । यद्यपी सबैको बुझाई अलग अलग हुन सक्छ तर यो आलेखमा मलाई लागेको कुराहरु भन्न चाहन्छु । भनिन्छ,‘मुण्डे मुण्डे मतिर्भिन्ना, कुंडे कुंडे नवं पयः, जातौ जातौ नवाचाराः नवा वाणी मुखे मुखे ।’
यस क्षेत्रमा पुरानो कुरालाई दोहोरयाउनु अक्षम्य मानिन्छ । पुरानो कुरा कोटयाउनुको कुनै तुक हुन्न भनिन्छ । कार्यक्रम सकियो, भयो । अरुलाई मतलव हुन्न खाली तिम्रै टाउको दुखाई किन । छोडिदेउ ति कुरा । खाटा बसेको घाउलाई किन कुरेदनुपर्यो । यावत कुराहरु सबै जनको मुखमा अर्ति झै झुण्डिएको हुन्छ । तर कतिपय कुराहरुमा भन्नुपर्छ, भन्न सक्नुपर्छ । होइन भने, सुन्नुपर्ने कुरा कसैले सुन्न पाउदैनन्, जान्न पाउने अधिकार कुण्ठित हुन्छ, भन्नुपर्ने कुरा भन्न छुटछ र त्यही भएर यो समाज पछाडि छ । हामी पछाडी छौं र यसरी नै हामी पछाडी पछौं र पारिन्छौं ।
जसरी हिरा बन्न वर्षो लाग्छ त्यसरी नै बितेको कुराहरु नयाँ पुस्ताका लागि हिरा हुन् । अब हामीलाई बुझनुपर्छ हामी हिरा खोज्ने की प्लाष्टिकमै चित्त बुझाउने । त्यही भएर नै बितेको कुरासंग केही न केही लिन सक्नुपर्छ । पहिला के ठिक थियो । कहाँ ठिक थियो । कहाँ गलत थियो । गलत थियो भने कसरी थियो । राम्रो के थियो र ति राम्रो किन नराम्रो भयो कहाँ हरायो त्यसको खोजी हुनुपर्छ । त्यसको लागि चुप भएर हुदैन् बोल्नुपर्छ । गलत भएपनि भाषा मिलाएर बोल्नुपर्छ । झक्झकाउनुपर्छ र अरुलाई यस विषयमा थप बोल्न लगाउनुपर्छ । भनिन्छ, गलतलाई गलत र सहीलाई सही भन्ने क्षमता छैन् भने तपाईको प्रतिभा र शिक्षाको हकमा प्रश्न गर्ने ठाउँ हुन्छ । अहिलेको प्राविधिक शिक्षालयको रुपमा रहेको शुक्देव माविको स्वर्ण जयन्तीलाई यही सेरोफेरोमा हेर्ने, बोल्ने र वहस गर्नु जरुरी छ ।
शुरुवातको कुरा एउटा प्रसंगबाट शुरु गरौं । स्वर्ण जयन्तीको दुई दिन अगाडी अर्थात माघ १२ गते बेलुका । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले मलाई वधाई दिनुभयो । ल बधाई छ तिमीहरुले पढेको विद्यालयले स्वर्ण जयन्ती मनाइरहेको छ । मैले प्रतिप्रश्न गरे, स्वर्ण जयन्ती मनाउने वर्ष त धर्किएको धेरै भयो अब त हिरक जयन्ती मनाउने समय आउन लाग्न थालिसक्यो । उहाँले होइन १४ गते सोमबार शुक्देव माविले स्वर्ण जयन्ती मनाउन लागेको पत्र पठाएको छ तिमीलाई जानकारी छैन् । मैले भने मलाई त केही पनि जानकारी छैन् । उहाँले गाउँको यति ठुलो कार्यक्रम अनि तिमीलाई जानकारी छैन् । मैले पनि प्रतिकार गरे मटिहानीमा सानो कम्बल वितरण हुन्छ भने मलाई जानकारी हुन्छ तपाईलाई हुन्छ । कुराहरु यत्तिकै सिमित थियो । तर यो प्रसंगले मलाई किन किन हाँसो, आश्चर्य र दुःख तिनटै लागिरहेको थियो । म सोच्न वाध्य भए । स्वर्ण जयन्ती त महोत्सव जस्तो मनाइनुपर्नेमा चोरी चोरी किन मनाइरहेको छ । यस्तो त नहुनुपर्ने हो तर बढी सोचेर आफुले आफैलाई गलाउनुभन्दा ‘बत्ति मुनि अँध्यारो हुन्छ’ भनेर सोच्दै चित्त बुझाए ।
मलाई ठयाक्कै सम्झना त छैन् तर विद्यालय उच्च मावि भएको समयमा हुनुपर्ने हो गाउँमा स्वर्ण जयन्ती मनाउनुपर्ने भनेर हल्ला चलेको थियो । धेरैले यो विषयमा मसंग सरसल्लाह पनि गर्नुभएको थियो । सो समयमा मैले यो गर्न कम्तीमा पनि ६ महिनाको समय लगाएर वृहत रुपमा गर्न सक्नुभयो भने धेरै कुरा छुट्छ तर पनि टिम वर्क गरेर एउटा वृहत मूल समारोह समिति र त्यसको मातहतमा छुट्टाछुट्टै अन्य समितिहरु बनाएर गर्ने हो भने नसकिने होइन भनेर सल्लाह, सुझाव दिएको थिएँ । किनकी, स्वर्ण जयन्ती समारोह जत्तिको महत्वपूर्ण छ बजेटको दृष्टिकोणले त्यत्तिकै खर्चिलो पनि छ । सबैले बुझेकै हुनुपर्छ स्वर्ण जयन्ती समारोह कुनै बाजा बजार अन्तरक्रिया गरे जस्तो होइन । यो त पुस्तान्तरण जोडने एउटा ‘यज्ञ’ हो जो पूर्णाहुतिपछि पनि कालान्तरसम्म त्यसको धुँवाले समाजलाई आलोकित र पुलकित गरिरहन्छ र समाजलाई सधै ऊर्जावान भइरहन मद्दत पु¥याउँछ । तर, दुर्भाग्य भन्नुपर्छ हामीहरु विकासी बिचारधाराबाट अभिप्रेरित छौं । काम भयो सक्कियो । काम पनि कर्मकाण्डी मात्रै । झारा टार्ने उद्देश्यले । कुनै स्वार्थबाट अभिप्रेरित भएर । आफुलाई फाइदा पुग्ने मात्रै । कुनै पनि समिक्षा गदैनौं । समिक्षा त के त्रुटी पनि सुन्न चाहदैनौ । ‘मैं खाऊँ, मै लाऊ, सुखसयल वा मोज....।’
सबैले बुझेका छन् ५० वर्षमा स्वर्ण जयन्ती मनाइन्छ । ५÷६ वर्ष ढिलो हुनुलाई सामान्य मान्न सकिन्छ तर १३ वर्ष ढिलो गरी मनाइनुलाई सामान्य मान्न सकिन्न् । वरु यत्तिकै वर्ष अझ रुकेको भए ‘हीरक’ जयन्ती मनाउन सकिन्थ्यो । तर खै के कारणले हो यत्तिको वर्षपछि सो पनि हतार हतारमा मनाउनुको के अर्थ छ र ? भनिन्छ,‘मुख’ मिलेपछि जे पनि गर्न सकिन्छ ।’ ‘मुख’ मिलाई कुनै नयाँ शब्द होइन जसरी शब्दमा ‘सेटिँग’, औजारमा ‘सलाइरिन्च’ झै यो पनि प्रचलित शब्द हो । जहाँसम्म विद्यालयको स्वर्ण जयन्ती समारोहको कुरा छ तयारीदेखि लिएर कार्यक्रमसम्म हेर्दा भद्रगोल र हतार हतारमा गरिएको त्यसै देखिन्थ्यो । स्मारिका पनि स्वर्ण जयन्ती स्मारिका हो कि विद्यालयको प्रकाशन हो भन्न कठिन । तर, भन्नैपर्छ त्यो स्वर्ण जयन्ती स्मारिका कुनै पनि कदले, कुनै पनि मतले र कुनै पनि वादले हुदै होइन । यो त विशुद्ध विद्यालयको प्रकाशन हो । जसमा शिक्षकहरु र विद्यार्थीहरु आफना कुरा, गाथा राख्छन् सक्कियो । स्वर्ण जयन्ती स्मारिका भनेको सो क्षेत्रको लागि एउटा यस्तो ‘गीता, कुरान, वाइवल’ हो जो यो विद्यालयबाट पुष्पित, पल्लिवत भइ आ–आफ्ना ठाउँमा जमेको ‘धु्रवतारा’हरुको विगतको भोगाइ, वर्तमानको सोचाई र भविष्यको दिशा बदल्ने सोचले अभिप्रेरित पुष्पगुच्छा हो । पुस्ता दर पुस्ताको अध्ययनबाट, आत्माको प्रष्फुटनबाट निस्केको, आल्हादित भएको र भविष्य, वर्तमान र भूतको पनि समिश्रण हो । जो जुन क्षेत्रमा जमेको होस् सबैको साझा फुलबारी हो । यो विद्यालयबाट पढेर देश चलाउन हैसियत राख्नेदेखि लिएर गाउँमै रिक्सा चलाउनेहरुको भोगाइ हो र अहिलेको पुस्तासंग जोडिनसक्ने कडि हो । तर यसमा कहिँ पनि ति व्यक्तित्वहरुको न त आलेख छ, न त टिप्पणी छ न त कुनै कुरा नै । यो कुरा भन्दा मलाई लाग्दैन् कि मैले जुन शिक्षक, शिक्षिकाहरुबाट शिक्षा ग्रहण गरेर यहाँसम्म आइपुगे उहाँहरुलाई थाहा नहोला । स्मारिकाको के कुरा विद्यालयको प्रकाशनभन्दा पनि विद्यालय प्रशासनको यत्तिको लाचारीपन देखिएको छ कि जिवित व्यक्तिहरु एउटा सानो फोटो पनि राख्न सकिएको छैन् । मैले नबुझेको कुरा के हो भने यत्ति छिटो कार्यक्रम गर्नुपर्ने विवशता किन थियो ? के को लागि थियो ? कमाई गर्ने थुप्रै बाटाहरु हुँदाहुदै सुगाको माटोलाई नै अपमान गर्ने गरी गरिएको यस्तो ‘यज्ञ’ अनुष्ठानलाई वदनाम गर्नेहरुको फलिफाप कहिल्यै नहोला भन्नेमा म ढुक्क छु । आमिन् ।
प्रधानाध्यापक वा वडाध्यक्षलाई स्वर्ण जयन्ती सम्पन्न गराएको ‘यश’ लिनु थियो भने सोही समयमा गराएको भए पनि हुन्थयो नि । सो समयमा पनि प्रधानाध्यापक उहाँ नै हुनुहुन्थयो र एउटा पार्टीको सर्वेसर्वा वडाध्यक्ष । तर सो समयमा गराएको भएँ ‘भाग’ बढी लगाउनुपर्ने विवशता थियो होला र अहिले सर्वेसर्वाको दम्भ भएपछि पुगियो । एक पन्थ दुई काज । तर मलाई दुःख छ प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई के सोचले यस्तो अशोभनिय कार्यक्रममा ल्याइपु¥यायो भन्ने प्रश्न । उहाँका सल्लाहकारहरु खाली तलव लिएर बसेका छन् कि केही सल्लाह पनि दिइरहेका छन् बुझनै कठिन भयो । देशका पहिलो राष्ट्रपति डा.रामवरण यादव कुनै पनि कार्यक्रमको निम्तो स्विकार्नुभएँ पनि विवादको हल्का गन्ध आउने वित्तिकै क्यान्सिल गर्नुहुन्थ्यो तर हाम्रै गाउँका प्रदेश २ का राष्ट्रपतिलाई त्यस्तो गन्ध थाहा नभएको होला मेरो मानसपटलले मान्न तयार छैन् । उहाँ आफैले आउने ढिपी लिनुभएको हो भन्ने अर्के कुरा हो तर कार्यक्रमको अव्यवस्था र अक्षमयतालाई हेर्दा मजस्तो सानो सञ्चारकर्मीले लज्जित महसुस गर्नुपर्यो भने झन उहाँलाई कस्तो भयो होला । गाउँघरको कुरा हो भनेर उहाँले चित्त बुझाउनुभएको छ भने उहाँको त्यो महानता होला तर आगामी दिनहरुमा प्रदेशमा कुनै पनि यस्ता कार्यक्रमहरुमा उहाँको गरिमालाई ख्याल गरेर उपस्थिती गराइदिन म उहाँका सल्लाहकारहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु । म पनि यही माटोमै हुर्केको, बढेकोले उहाँको इज्जत, गरिमासंग मेरो र यस समाजको पनि सरोकार भएकोले उहाँबारे म यत्तिकै भन्न चाहन्छु । पक्कै पनि उहाँको लागि मूल्याँकन गर्ने समय यो होइन तर समिक्षा गर्ने यो उपयुक्त समय हो ।
शिक्षा विनाको समाजको परिकल्पना निरर्थक छ । भनिन्छ, कि पढेर जानिन्छ कि गरेर जानिन्छ । दुवै एक अर्काका परिपूरक हुन् । केही वर्ष अगाडी यही विद्यालयमा आयोजित एक कार्यक्रममा राजनीतिक विष्लेषक सीके लालले शिक्षाको अर्थ व्यक्ति व्यक्तिबीचको सम्बन्ध, व्यक्ति र समाजबीचको सम्बन्ध, वितेको र आउने पुस्ताबीचको सम्बन्ध, यी तिनटैको मापक गर्ने र तिनटैबीचको सम्बन्ध स्थापित गर्न सक्नेलाई शिक्षा भनेर औंल्याउनुभएको थियो । उहाँको यो शिक्षाको मापक सिद्धान्तमा स्वर्ण जयन्तीको सफलता र असफलता देखाएको छ । म भन्दिन् यो स्वर्ण जयन्ती कत्तिको फलिफाप भयो तर यत्तिको मात्रै भन्छु,‘हडवडीके विवाह कनपट्टीमे सिन्दुर ।’
अन्तिममा भन्नुपर्ने धेरै कुराहरु थियो । मन भित्र धेरै उकुसमुकुस थियो । म जान्न इच्छुक छु र थिएँ आखिर सुगाको यो माटोमा त्यस्तो के छ ? यहाँको पानी र हावामा के छ ? यहाँका अभिभावक र विद्यार्थीमा के त्यस्तो क्षमता छ ? यहाँको विद्यालय, शिक्षक र शिक्षिकामा के त्यस्तो गुण छ ? र यहाँको सम्पूर्ण वातावरणमा कहाँ त्यो शक्ति लुकेको छ, जो देशको हरेक कुनाकाप्चामा यस विद्यालयका विद्यार्थीहरु आ–आफ्नो ठाउँमा आलोकित, पुष्वित र धु्रवतारा बनेर बसेका छन् । तर निरुत्तर पनि छु । यो स्मारिका र जयन्तीबाट केही पनि पाउन सकिएन । तर पनि आशावादी भने अवश्य छु । अहिले पनि हीरक जयन्ती बाँकी छ । त्यसबेला मेरो प्रश्नको जवाफ आउँला कि ? मैले यही विद्यालयबाट शिक्षा आर्जन गरेकोले नतमतस्तक भएर यो भूमिलाई, यो विद्यालयलाई र यहाँको सम्पूर्ण शिक्षक, शिक्षिकाहरुलाई .....गुरुवे नमः सहित ढोग्न चाहन्छु । मैले प्रश्न गर्ने हिम्मत गरें किनकी आज म जुन स्थानमा छु, त्यहाँ बसेर प्रश्न गरिँन् भने मलाई शिक्षा दिनुहुने गुरु, गुरुआमाहरुको अपमान हुन्थ्यो र ति अपमानवोध सहेर बस्नुभन्दा हिम्मत गर्नु वेश ठानेर प्रश्न गरेको छु । अस्तु ।

Monday, February 4, 2019

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २१ गते । पटक पटक आफुखुशी एजेण्डा र निर्णयहरु राखेर आफुलाई गुमराहमा राख्दै बदनाम गर्न खोजेको भन्दै जलेश्वर नगरपालिकाका उपमेयरले बैठकको उपस्थिती पुस्तिका (माइन्यूट) नियन्त्रणमा लिएर बैठक रोकेकी छिन् ।
जलेश्वर नगरपालिकाका उपमेयर मुनचुन देवीले मेयर र कार्यकारी अधिकृत पटक पटक आफुलाई जानकारी नै नदिई माइन्यूट लेख्ने र सहिछाप गराउन थालेपछि शनिबार बसेको बैठकको माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र कार्यकारी अधिकृत अधिकृत रामुराज कडरियाले मिलेमतो गरी पटक पटक बिना एजेण्डा बैठक बोलाउने र कम्प्युटराइज्ड नामावलीमा सबैको उपस्थिती गराउने र त्यसपछि आफै प्रस्ताव निर्णय लेख्ने गरेको बताउनुहुदै आफुले सम्झाउँदा पनि अटेरी गरिएपछि माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।


पटक पटक सुधार्नको लागि प्रयास गरेपनि यहि रवैया दोहोरिएपछि र वदनाममा आफु पनि जिम्मेवार बन्दै गएपछि यस्तो गर्नुपरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले अब सह्रय नहुने वताउनुभयो ।
गाउँ नगरपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को छलफल सम्बन्धी विषयमा स्पष्टमा कार्यपालिकाको बैठकमा छलफल गरिने विषयवस्तु स्पष्ट रुपले किटान गरी बैठक बस्ने मिति भन्दा २४ घण्टा अगावै छलफल गरिने एजेण्डा सहितको सूचना दिनुपर्ने प्रावधान छ । तर सो कार्यविधि अनुसार पनि आफुहरुलाई कुनै जानकारी नदिने गरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले भन्नुभयो,‘आफुहरु यहाँ मात्रै मेयर र कार्यकारीको साझी बन्न आएका होइनौं, जनताप्रति उत्तरदायित्व पनि रहेकोले सोही अनुसार मैले गरेको हुँ ।’
उहाँले भन्नुभयो, ‘शनिबार ११ बजे हुने बैठकको लागि शुक्रबार दिउँसो १ बजे मोबाइलमा म्यासेज आउँछ तर त्यो म्यासेजमा कुनै छलफलको विषय हुदैनन् ।’ त्यसैगरी माइन्यूट रजिष्टरमा माइन्यूट लेख्नुपर्नेमा फोटोकाँपी पन्नामा सबैको उपस्थितीको हस्ताक्षर गराई कोठामा माइन्यूट लेख्ने चलन यहाँ चलाइएको छ जो आपत्तिपूर्ण रहेको उहाँको स्पष्ट गर्नुभयो ।

उपमेयर मुनचुन देवीले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफुलाई दिएको दायित्वबाट समेत मेयर र कार्यकारी अधिकृत मिलेर पन्छाएको छ ।’ आगामी दिनहरुमा समेत यस विषयमा आफुले बोल्ने बताउनुहुदै उहाँले नियत उनीहरुको खराब हुने र वदनाम हामी हुनुपर्ने यस्तो काम अब हुँदैन् ।
तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले कुनै पनि माइन्यूट उपप्रमुखले नियन्त्रणमा लिनु नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यविधि अनुसार नै बैठक बोलाउने गरेको छु । उपमेयर ज्युले भनेपछि बैठक नबसेको हो ।’
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तिर्थयात्राको क्रममा बाहिर रहनुभएकोले उहाँसंग सम्पर्क हुन सकेन । 

फोटो क्याप्सन ः उपमेयरलाई बैठकको लागि पठाइएको म्यासेज पत्र तथा माइन्यूटको लागि राखिएको उपस्थिती पुस्तिका ।

Tuesday, January 22, 2019

छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण

कार्यक्रममा राजदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गजेन्द्र गुप्ता छात्रछात्राहरुलाई सामग्री वितरण गर्नुहुदै ।
तस्वीर ः नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता
छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ८ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित राजदेवी सामुदायिक सिकाई केन्द्र जलेश्वरले एक कार्यक्रमकाबीच बैकल्पिक सिकाई केन्द्रका छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ ।
जलेश्वर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा वैकल्पिक सिकाई केन्द्रका २५ जना छात्रछात्राहरुलाई स्कुल पोशाक, जुत्ता, शैक्षिक सामग्रीसहितको स्कुल व्याग वितरण गरिएको राजदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गजेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिका र युनिसेफको सहयोगमा सो सामग्रीहरु वितरण गरिएको बताउनुहुदै अध्यक्ष गुप्ताले भन्नुभयो,‘सामग्री पाएपछि छात्रछात्राहरुको पठनपाठनमा नियमितता हुने आफुहरुको विश्वास रहेको छ ।’
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका शाखा अधिकृत अरुणशंकर पाठकले प्रमुख अतिथीको रुपमा बोल्नुहुदै भन्नुभयो, ‘बालबालिकाहरुलाई जुन किसिमबाट विद्यालयतर्फ आकर्षित गर्न र पठनपाठनको वातावरण निर्माण भइरहेको यो खुशीको विषय हो ।’ हरेक स्थानीय तहले यस्तै गरी निरन्तरता दिने हो भने विद्यालय बाहिर कुनै पनि बालबालिकाहरु नरहने उहाँको तर्क थियो ।
कार्यक्रममा जलेश्वर नगरपालिका वडानं. २ का वडासदस्य बलविर गुप्ता, गणेश प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार चौधरी, रंजित चौधरी, सञ्चारकर्मी सञ्जित मण्डललगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Sunday, January 20, 2019

कैदी बन्दी स्थानान्तरण हुन थाले

कैदी बन्दी स्थानान्तरण हुन थाले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । क्षमताभन्दा ४ गुणाबढी कैदीवन्दी भएपछि धनुषा र महोत्तरी जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वर कारागारले कैदी बन्दी स्थानान्तरण गर्न थालेका छन् । 

बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । जिल्लाको सदरमुकाम जलेश्वरमा पत्रिका पसल सञ्चालन गर्दै आउनुभएका महादेव दास अहिले आफुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने पिरले सताएको बताउनुभएको छ । उहाँ जस्ता सयौं जना आफुहरुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने भन्दै निराश हुन थालेका छन् । 
बचतकर्ताबाट संकलन गरिएको ४ करोड ८३ लाख रुपियाँ अपचलन गरेको आरोपी पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था जलेश्वरका सञ्चालक समितिका पदाधिकारीलाई जिल्ला अदालत महोत्तरीले धमाधम धरौटीमा रिहा गर्न थालेपछि बचतकर्ताहरु निरास भएका हुन् । 
पक्राउ पूर्जी जारी भएपछि अदालतमै हाजिर भइ बयान दिएर उनीहरुको थुनछेकको बहस सकिएपछि अदालतको आदेशमा धरौटीमा छुटेकाका कारण सो सहकारी संस्थामा आवद्ध १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ निक्षेप पनि जोखिममा परेको छ ।   
महोत्तरी जिल्ला अदालतले पिपुल्स हेल्पफुल बचतका तत्कालिन अध्यक्ष विमल आचार्यलाई ७ लाख रुपैयामा धरौटीमा छाडेका छन । उनलाई साउन ३१ गते अदालतले छाडेका थिए ।
त्यस्तै कात्तिक १४ गते बिजय ठाकुरलाई ७० हजार, कात्तिक १५ गते रामकिशोर साहलाई १ लाख, संगिता देवीलाई १ लाख, कात्तिक १६ गते चन्दन कुमार साहलाई १ लाख, सकुन्तला देवीलाई ५० हजार, कात्तिक १८ गते दुर्गा देवी स्वर्णकार, अर्जुन कुमार पाण्डे, पिताम्बर झालाई जनही १ लाख, संगिता मिश्रलाई ५० हजार, कात्तिक १९ गते अलि राजा खाँ, प्रमोद लाल कर्ण, अब्दुल कादिर खाँ, संगिता पासवान लाई जनही ५० हजार, कात्तिक २९ गते मञ्जु महासेठलाई ५० हजार, मंसिर २ गते राजु बहादुर पन्त, कान्ता पन्त, उषा पन्त, जिवछी देवीलाई जनही १० हजार, मंसिर ३ गते अम्बिका कुमारी, कविता कुमारीलाई जनही १० हजार, सुलेखा रोक्का क्षेत्रीलाई ५० हजार, श्रवण चौधरीलाई ३० हजार धरौटीमा छाडेका छन् । 
त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयले जलेश्वर नगरपालिका–२ का रविन्द्रनाथ मल्लिक र वडा नम्बर ११ का राघवेन्द्र पाण्डेलाई हाजिरी गराई जमानीमा छोडेको थियो ।
४ करोड ८३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा  २० एजेन्ट, सञ्चालक समितिका पदाधिकारी, ३ प्रबन्धक र क्यासियर गरि ३७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दायर गरेको थिए । कतिपय सञ्चालकहरु पहिला नै सहकारी छोडेपनि उनीहरुले फरक फारक नगर्दा उनीहरु पनि यसमा मुछिन पुगेका थिए ।  
०७१ माघ १० गतेपछि साधारणसभा पनि नगरेपछि सहकारी शंकाको घेरामा परेको थियो ।  सहकारीले एजेन्ट परिचालन गरेर दैनिक रकम संकलन गरेको थियो । यसमा बचतकर्ताले ५० देखि २ सय रुपैयाँसम्म दैनिक बचत गर्दै आएका थिए । 
जलेश्वर–२ का पत्रिका व्यवसायी दासले पनि ०७३ चैतदेखि बचत गर्दै आएको बताउनुहुदै छोरीको बिहेमा सहज होस् भनी दैनिक रुपमा २ सय रुपैया वचत गरेका थिएँ तर बैंकका पदाधिकारीहरुलाई अदालतले धमाधम धरौटीमा रिहा गर्न थालेपछि रकम फिर्ता होला कि नहोला प्रश्न गर्नुभयो ? उहाँले भन्नुभयो, ‘मेरो सावाँ मात्र २३ हजार डुब्यो ।’ सहकारीले एक वर्षे बचतमा ४ प्रतिशत दुई वर्षेमा ७ प्रतिशत, ३ वर्षेमा ९ र ७ वर्षेमा बचतको दोब्बर दिनेजस्ता योजना अघि सारेर आफूहरूलाई फसाएको वचतकर्ताको गुनासो छ । 

Thursday, December 13, 2018

आयआर्जनको लागि अभिभावकहरुलाई सहयोग

आयआर्जनको लागि अभिभावकहरुलाई सहयोग
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर २७ गते । अभिभावकको अभावमा बालबालिकाको पठनपाठनमा अवरोध नहोस भन्ने अभिप्रायले जिल्लाको जलेश्वर नगरपालिकाका पाँच अभिभावकलाई आयआर्जनको सामग्री वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सामुदायिक परिवार कल्याण संघ महोत्तरीको सहजिकरणमा संचालित विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत यस्तो सहयोग गरिएको संस्थाका सामुदायिक परिचालक मनोजकुमार साहले बताउनुभयो ।
जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष बरुणकुमार दाहालले वडा कार्यालयमा सबै अभिभावकहरुलाई बोलाएर उहाँहरुले रोज्नुभएको आयआर्जनको सिप सामग्रीहरु वितरण गर्नुभयो ।

जलेश्वर नगरपालिका वडानं. १ का जुही चौधरीलाई सिलाई मेशिन, वडानं. २ का ममता मुखिया र पिंकी साहलाई किराना पसलको सामग्री, शिला देवी साह र कमलेशिया देवी साहलाई मुरही,कचरीको व्यापारको सामग्री वितरण गरिएको हो । वडाध्यक्ष दाहालले भन्नुभयो,‘उहाँहरुकै सिप र ईच्छाको आधारमा सो आयआर्जनको सामग्री वितरण गरिएको हो ।’
सामग्री वितरणपश्चात उहाँले अभिभावक अभावमा कुनै पनि बालबालिका शिक्षा, दिक्षाबाट बन्चित नहोस् भन्ने चाहनाको आधारमै आयआर्जनको सामग्री दिइएको बताउनुहुदै उहाँले अभिभावकहरुलाई आयआर्जनको लागि आफुहरुले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
वडा संरक्षण समितिका सचिव राजेश्वर ठाकुरले संस्थाले अभिभावकविहिन बालबालिकाको संरक्षणको लागि गरेको पहलको प्रशंसा गर्नुहुदै यी कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।

फोटो क्याप्सन ः अभिभावकहरुलाई आयआर्जनको सहयोग प्रदान गर्नुहुदै वडाध्यक्ष वरुण दाहाल ।
तस्विर ः नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता

क्यान्सर पिडितलाई सहयोग

क्यान्सर पिडितलाई सहयोग
महोत्तरी,मंसिर २७ गते
मटिहानी नगरपालिकाले एक जना क्यान्सर रोगीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

विगत छ वर्षदेखि गलाको क्यान्सरबाट पिडित रहदै आएका मटिहानी नगरपालिका वडा नं. २ बस्ने वर्ष ७० का रामवृक्ष भेरिहरलाई उपचार खर्च वापत सहयोग स्वरूप नगदरू. २०,०००( (बीस हजार) मटिहानी नगरपालिका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले उनको घरमै पुगी सो रकम प्रदान गरेका थिए ।
उनि क्यान्सरबाट पिडित भएदेखि दुध र जाउलो खिचडी मात्र लिने गरेका छन् । उनको उपचार भरतपुर क्यान्सर अस्पतालबाट भईरहेको कुरा जनाएको छ ।

Tuesday, September 11, 2018

सकारात्मक सोचाईले काम गर्न जरुरी

सकारात्मक सोचाईले काम गर्न जरुरी
नागेन्द्रकुमार कर्ण 


आफुले चाहे जस्तो र खोजे जस्तो जीवन भइदिएको भए स्वर्गको अनुभूति गर्न सकिन्छ तर त्यस्तो हुन्न् । त्यसैले त मनुष्य जीवनमा नकारात्मकता र सकारात्मकताले बास गरेका छन् । नकारात्मक सोचाईले नराकारात्मक उर्जा प्रदान गर्छ भने सकारात्मक विचारले सकारात्मक उर्जा प्रदान गरी काम गर्न अभिप्रेरित गर्दछ । त्यही भएर नै जुनसुकै हालतमा पनि हामीले सकारात्मक भएर बाँच्नुपर्ने धार्मिक वचन रहेको छ । तर, कहिलेकाँही सकारात्मक सोचाई, विचार र काम गराईले पनि राम्रो प्रतिफल नदिँदा मान्छे निराश हुनपुग्छ र निराश जीवनले अन्ततः नकारात्मकतालाई वढावा दिइरहेको हुन्छ । नकारात्मकतालाई हटाउन झिनो आशाको दियो जरुरी छ । नेपालीहरु पनि यही सकारात्मक र नकारात्मकको जालमा फसेको देखिन्छ । दुईदशकसम्म जनप्रतिनिधि विहिनताको अवस्थाले गर्दा एकातर्फ नकारात्मकताले जनमानसमा निराशा उत्पन्न गराएको थियो । भ्रष्टाचार, सुशासन अभाव, राजनीतिक स्थिरता, महँगाई, विकासको चरम दुरुपयोगका साथसाथै विभिन्न वेथितीले मुलुक आक्रान्त थिएँ । नेताहरुको गुटबन्दीले यी यस्ता कुराहरुलाई अझ बढाउनेतिर लागेको थिएँ । राणाशासनदेखि लिएर गणतन्त्र प्राप्तिसम्मको अवस्थालाई हेर्दा यस्ता थुप्रै विकृति, विसंगतीहरु केलाउन हामी सक्छौं तर त्यही वेथितीको नकारात्मकतामा एउटा आशाको झिनो त्यान्द्रोले अब आउने दिनमा समस्याको पार लगाउनेमा विश्वस्त थियो । नेपालीहरु विकास, समृद्धि, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता, विधिको शासन, राजनीतिक स्थिरता, हक, अधिकारको सुनिश्चितता, सूचनाको हकको प्रत्याभूतिसहित अन्यान्य विषयहरु आगामी दिनमा पुरा हुने आश र विश्वासमा थिएँ । त्यही आशाको फलस्वरुप (मधेशलाई अमान्य भएपनि) संविधान निर्माण भयो । संविधान निर्माणपछि त्यसको कार्यान्वयनको लागि स्थानीयतहको निर्वाचनदेखि लिएर प्रदेश सभा र प्रतिनिधिसभाको समेत निर्वाचन भयो । गाउँ गाउँमा सिंहदरवार पुग्यो तर अवस्था हेर्दा झन कहालिलाग्दो नै छ । जुन जोगी आएपनि कानै चिरेको । गाउँ गाउँमा सिंहदरवार पुग्यो । प्रमुखहरु र उनका आसेपासेहरु सिंह बने र उनीहरुले प्रयोग गर्ने कार्यालय तथा अतिरिक्त कमाईले बनाएको घर दरवार सरह बनेका छन् । यसले सोझा नेपाली जनतामा खासै परिवर्तनको संकेत देखिएको छैन् अझ पहिलाको अवस्थाभन्दा दर्दनाक र वेथितीपूर्ण देखिएको छ । पहिला एउटा राजा थिए अहिले त थुप्रै राजाहरुको दमनमा स्थानीय नेपाली जनता परेको छ । त्यसमा झन मधेशी जनता त नेपाली जनता बन्न सकेको देखिएको छैन् । संविधान निर्माणपूर्वदेखि नै आफनो माँगको विरुद्ध आन्दोलनरत मधेशको माँग न त संविधानमा लेखियो न त त्यसपछि संशोधन नै । बरु, जति पटक यस विषयमा अधिकार माँगियो शासकले गोलीले मृत्युवरण दियो । नेपाली काँग्रेसको पालामा होस् अथवा अहिलेको वामगठबन्धनको सरकारमा, काम गराईको हिसाबमा कुनै दल कोही कसैभन्दा उन्नाइस र बीस छैन् । त्यसैले पनि अहिले झन निराशाको बादल मडारिएको अवस्था छ । मडारिएको वादललाई समयमै बर्सन दिएर खुला छाडन जरुरी छ थुन्ने कोशिश गरियो भने बादल फाटेर बाढीको विभिषिका नल्याउला भन्न सकिन्न् ।
संविधान कार्यान्वयनको दिशामा गरिएको स्थानीयतहसहितको अन्य निर्वाचनले केही राम्रो प्रतिफल दिएपनि समग्रतामा ति अपवाद बाहेक केही होइन । सडक सञ्जालहरुको विकास भएको छ । स्थानीय जनताहरुलाई प्रशासनिक काममा केही सहजता भएको छ । त्यसैगरी विभिन्न ठाउँहरुमा बैंकको पहुँच बढेको छ र आर्थिक कामहरुमा सहजता देखिएको छ । वडाध्यक्षहरुमा विकासे कामलाई लिएर प्रतिष्पर्धा देखिएको छ जुन स्थानीयहरुको लागि राम्रो कदम भन्न सकिन्छ । त्यसैगरी पहिलाभन्दा केही मात्रामा भएपनि शिक्षाक्षेत्रको परिक्षाप्रणालीमा सुधार भएको छ । कतिपय कामहरुमा नीति नियमको अभावको कारणले समस्या नदेखिएको होइन तर पनि स्थानीयतहको निर्वाचनले केही सकारात्मक सन्देश दिन खोजिएको पक्कै हो र केही सुधारहरु भएका पनि छन् । यसलाई अझ व्यापकता बनाउन जरुरी छ ताकि जनताहरु सरकारको अनूभूति गर्न सकून । तर अहिलेको स्थानीयतहको रवैयाले जनताहरुलाई अझ भयावह अवस्थामा पु¥याइएको छ । आफुखुशी कुनै मापदण्ड नै नबनाई बनाइएको करले जनतालाई झस्काएको छ । स्थानीय सरकारले करको कुनै मापदण्ड नै नबनाई आफुखुशी कर निर्धारण गरेको छ । यसले उनीहरुमा सेवाभन्दा बढी पदलोलुपता तथा आनन्दमय जीवनयापनको चाहना रहेको गन्ध पाउन सकिन्छ । स्थानीय तहहरु करको दायरा बढाएर जनताको करबाटै आलिशान कार्यालय (दरवार) र वाहन खरिदमा लागेका छन् भने कतिपय प्रयोग पनि गरिरहेका छन् । यसले झन जनतामा आशाभन्दा बढी निराशा जन्माएको छ । मापदण्ड बनाएर करको दयरा बढाएको भएँ सहज हुन्थ्यो । जनतालाई पनि मार पर्दैन्थ्यो तर आफुखुशी र मनपर्दी स्थानीयतह संचालकहरु गर्न थालेपछि कतिपय ठाउँमा विवाद पनि भएको छ । जनताको मतबाट चुनिएर आएका प्रतिनिधिहरुलाई भोग, विलासमा लिप्त भएर आफुखुशी र मनपर्दी गर्ने छुट छैन् त्यसैले उनीहरुलाई मालिक नभएर सेवक भएर सेवा गर्नुपर्ने दायित्व बोध गराउन जरुरी छ ।
एकदशकभन्दा (त्यो भन्दा अगाडीदेखि नै भएपनि २०६३ को मधेश आन्दोलनपछि व्यापकता पाएकाले) बढी समयदेखि विभिन्न माँगलाई लिएर मधेशवादीदलहरु आन्दोलनरत रहँदै आएका छन् । अहिले पनि माँग पुरा नभएको अवस्था छ । यद्यपी पटक पटक सरकारले माँग सम्बोधन गर्ने आश्वासन दिदै तथा पदलोलुपता देखाउँदै संविधान जारी गरायो र सोही संविधानको कार्यान्वयनको तहत निर्वाचनहरु सम्पन्न भई संघीय, प्रदेश र स्थानीयतहको सरकारले कामकाज गरिरहेका छन् । एक मधेश एक स्वायत्त प्रदेश, दुई प्रदेश हुँदै अहिले ८ जिल्लामा सिमित हुनपुगेका मधेशवादीदलहरुले संविधान संशोधन गर्ने मुख्य वाचासहित प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गएको थियो । संघीय फोरम तथा राष्ट्रिय जनता पार्टी नेपालले संयुक्तरुपमा जनताको चाहना वमोजिम निर्वाचनमा गएका कारणले प्रदेशनम्बर २ मा उनीहरु सरकार बनाउन सफल भएका छन् र कामकाज गरिरहेका छन् त्यस्तै तत्कालिन एमाले र माओवादी मिलेर संयुक्त रुपमा निर्वाचनमा जाँदा उनीहरुले प्रदेशनम्बर २ बाहेक अन्य प्रदेशमा सरकार बनाउन सफल भएका छन् र वर्तमानको दुवै सम्मिलित पार्टी नेकपा पूर्ण वहुमतका साथ सरकारमा छन् । संविधान संशोधनको मुख्य एजेण्डा पाएका संघीय फोरम र राजपाले पनि दुई तिहाई पाएका यो सरकारले संविधान संशोधन गर्ला भन्ने आशामा सरकारलाई समर्थन समेत गरेको छ भने संघीय फोरम सरकारमा समेत छन् । ‘भाई फुँटे गवाँर लुटे’ भने झै सरकारमा संघीय फोरमलाई राखेर वामगठबन्धनले एउटा आँप(फोरम) झारिसकेको छ तर जुन उद्देश्य र सहमतिले फोरम सरकारमा गएको हो र राजपाले समर्थन गरेको हो अहिलेसम्म सोमा एकशब्द पनि खर्चिएको छैन् । बोलाईमा त सयौपल्ट भएको होला तर काम गराईमा एकइन्च पनि नबढेको स्थितीको कारणले निराशाको स्थिती उत्पन्न नभएको होइन । त्यसैले त प्रदेशनम्बर २ को संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनको विषयमा मतान्तर भयो । अहिलेसम्मको अवस्थामा सरकारले संविधान संशोधन गर्ने आश्वासन दिनुवाहेक कुनै काम अगाडी बढाएको छैन् । प्रदेश नम्बर २ को संसद भवनमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा समेत संविधान धार्मिक ग्रन्थ नभएकोले संशोधन गर्ने भनेर भनियो तर भनाई र गराईमा फरकपन देखिएको छ । साखी ग्रन्थमा कबीर दासले ‘‘सब से हिलिये, सब से मिलिये, सबका लीजै नाम । हाँजी हाँजी सब से कहिये, बसिये अपने ठाम । (सबैसंग प्रेमपूर्वक रहनु र मिल्नु, सबैको इष्टका नाम लिनु, सबैसँग हजुर, हजुर भन्नु तर आफ्नो योग्यस्थान र व्यवहारमा रहनु ) प्रधानमन्त्री ओलीको चरित्रसंग ठयाक्कै मेल खान्छ ।
देशमा वामगठबन्धनको (दुई नम्बर प्रदेश बाहेक) सरकार छ । दुई नम्बर प्रदेशको सरकारमा रहेका दलहरुको संघीय सरकारलाई समर्थन प्राप्त छ । तर पनि देशकै ध्यान अहिले प्रदेश नम्बर २ माथि छ । जहिले पनि विरोध र समर्थनको कारणले होला प्रदेश नम्बर २ चर्चामा रहने गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनदेखि लिएर प्रदेश सरकारले दिएको विदा समेत कतिपय कार्यालयले नमान्दा गरिएको तालावन्दीले अहिले चर्चामा छन् । संविधानले नै प्रदेशसभालाई त्यस्तो अधिकार दिएपछि सो प्रदेशमा रहेका कार्यालयले निर्णय नमान्नु अराजकता नै हो । संघीय सरकारले गर्ने निर्णय मात्रै मान्नु र प्रदेश सभाले गरेको निर्णय नमान्नु गलत प्रवृत्ति हो । यसको निरुत्साहित जरुरी छ । यसले संघीयतामा एउटा खोट लगाउने देखिन्छ । राजनीतिकर्मीहरुको प्रभाव र दम्भले स्थानीय तहमात्रै होइन संघियता नै खतरामा पार्ने सम्भावना त्यत्तिकै प्रवल देखिएको छ । त्यसैले पनि संघीयतालाई विफल बन्ने नदिने रणनीति प्रदेशनम्बर २ सरकारले लिनुपर्छ । अन्त्यमा,‘मै आईना हुँ और आईना ही रहँुगा, फिक्र बो करें जिनकी शक्लें खराब हैं..’ झै मधेशवादीदलहरुले आफुले गरेको वाचा अनुसारको रणनीति बनाएर सोही अनुसारको काम गर्नु जरुरी छ । यसले प्रदेश २ को साख पनि रहनेछ भने मधेश र मधेशीको चाहना, माँगहरु समेत पुरा हुने छ ।
   




Sunday, July 22, 2018

मन्त्रालयको पत्रको अवज्ञा गदै जलेश्वर नगरपालिकाले हाजिरी गराएनन्

मन्त्रालयको पत्रको अवज्ञा गदै जलेश्वर नगरपालिकाले हाजिरी गराएनन्
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकाका सबइन्जिनियरलाई हाजिरी गराउन दिएको आदेशको अवज्ञा गर्दै जलेश्वर नगरपालिकाले हाजिरी गराउन मानेको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गते तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन ६ गते जलेश्वर नगरपालिकालाई सब इन्जिनियर मनोजकुमार साहलाई हाजिरी गर्न÷गराउन निर्देशन दिएपनि नगरपालिकाका प्रमुख र निमित्त प्रशासकिय अधिकृतले अटेर गरी हाजिरी गर्न दिएका छैनन् ।
मन्त्रालयले साउन १ गते जलेश्वर नगरपालिकालाई पठाएको पत्रमा जिल्ला कर्मचारी व्यवस्थापन समिति महोत्तरीको मिति २०७४÷०५÷०५ को निर्णयले जिल्ला प्राविधिक कार्यालयबाट तहाँ नगरपालिकामा कामकाज गर्न खटाइएका सब इन्जिनियर मनोजकुमार साहलाई हाजिरी गराई कामकाजमा लगाउन गरेको पत्राचारको ठाडै उल्लंघन गर्दै जलेश्वर नगरपालिकाले अहिलेसम्म हाजिरी गराएको छैन् ।

साउन २ गते हाजिरी हुन जाँदा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत तथा इन्जिनियर माघवेन्द्र चौधरी र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रको आदेशमा हाजिरी गर्न नदिएको बताउनुहुदै सबइन्जिनियर मनोजकुमार साहले भन्नुभयो,‘नीति, नियमको वर्खिलाप गर्दै माथिल्लो निकायले पठाएको पत्रलाई समेत वेवास्ता गरी हाजिरी गर्न दिएको छैन् ।’
उहाँले नगरपालिकाले हाजिरी गर्न नदिएपछि आफुले मन्त्रालयको पत्रसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा गएर उजुरी गरेको र जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि हाजिरी गर्न दिने व्योहोराको पत्र पठाएपनि नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत तथा प्रमुखले सुनुवाई नगरेको गुनासो गर्नुभयो । उहाँले माथिल्लो निकायकै आदेशको अवहेलना गरी हाजिरी गर्न नदिएपछि आफु अन्यायमा परेको बताउनुहुदै उहाँले अब न्यायको लागि कहाँ जाने गुनासो गर्नुभयो ।

केही दिन अगाडी मात्रै जलेश्वर नगरपालिकाका १२ वडामध्ये ७ वडाका वडाध्यक्षहरु जलेश्वर नगरपालिकाका प्रमुख मिश्र र प्रशासकीय अधिकृतले आफुखुशी कार्य गर्दै आएको विरोध गर्दै रिले अनसन गरेका थिए । रिले अनसनको क्रममा वडाध्यक्षहरुले प्रशासकिय अधिकृत चौधरीलाई सरुवा भइसकेको स्थानमा रमाना दिएर पठाउनुपर्ने, सबइन्जिनियर मनोज साहको काज फिर्ता वदर गरि हाजिरी गराउनुपर्ने, विभिन्न वडाहरुमा गरिएको नगरस्तरीय कामकाजको अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेसहित ११ बुँदे माँग राखेर १८ दिनसम्म रिले अनसन गरेका थिए । ज्ञातव्य छ, सब इन्जिनियर साहलाई नगरपालिकाका प्रमुखले आफ्नै हस्ताक्षरमा काज फिर्ता गर्नुभएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियर माघवेन्द्र चौधरीलाई तत्काल रमाना दिने, सब इन्जिनियर साहलाई काज फिर्ता वदर गरी नगरपालिकामा हाजिरी गराउने तथा मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटाले दिएको प्रतिवेदनको आधारमा दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमति गरेपछि आन्दोलनरत वडाध्यक्षहरुले १८ दिनपछि साउन २ गते साँझ अनसन स्थगित गरेका थिए । तर मन्त्रालयले गरेको सहमति विपरित जलेश्वर नगरपालिकाका प्रमुख तथा निमित्त प्रशासकिय अधिकृतले सब इन्जिनियर साहलाई हाजिरी नगराएपछि अहिले पनि वडाध्यक्षहरु आन्दोलनको मानसिकतामा पुगेको देखिएको छ ।
आन्दोलन गर्नुभएका जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष वरुण दाहालले नीति, नियमको पालना गरी चल्नुपर्नेमा जलेश्वर नगरपालिकाका प्रमुख र अधिकृतले दादागिरी देखाएको बताउनुहुदै हाम्रो माँगको सुनुवाई नभए पुनः आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अधिकार भन्दाबढी प्रमुख र निमित्त प्रशासकिय अधिकृतले गरिरहेको छ, यो बलपेलाई बाहेक केही होइन, यसको हामी भत्सर्ना गर्दछौं ।’
उहाँले इन्जिनियर चौधरीले भ्रष्टाचार गर्ने नियत राखी अहिले पनि कामकाज गरिरहेको वताउनुुहुदै भन्नुभयो, ‘मन्त्रालयले इन्जिनियर चौधरीलाई तत्काल रमाना दिएर पठाउन पत्र पठाएपनि इन्जिनियर चौधरीले आफ्नै स्वहस्ताक्षरबाट साउन ३ गतेको मितिमा लिएको रमानापत्र साउन ११ गतेदेखि लागु हुने गरि लिएको देखिएको छ ।’ यो पत्रबाट नै निमित्त प्रमुख चौधरीको नियतमा खोट देखिएको उहाँको बुझाई छ ।  

यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यस विषयमा मन्त्रालयलाई जानकारी गराइसकिएको वताउनुहुदै मन्त्रालयले आफै यस विषयमा पहल गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।
मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको पत्रलाई किन वेवास्ता गरी सब इन्जिनियर मनोज साहलाई हाजिरी नगराएको भन्ने विषयमा जलेश्वर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत चौधरीसंग जिज्ञासा राख्दा उहाँले आफु कामचलाउ मात्रै रहेको र यो विषयमा नगरप्रमुखसंग सोध्न भन्नुभयो । नगरप्रमुख रामशंकर मिश्रलाई फोन सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् ।

Thursday, July 19, 2018

पुरस्कृत गर्नुको साटो कमिशनको लोभमा हैरानी

पुरस्कृत गर्नुको साटो कमिशनको लोभमा हैरानी
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३ गते । निर्माण व्यबसायीले तोकिएको समय अगावै काम सम्पन्न गर्दा पुरस्कृत गर्ने चलन रहेको छ तर महोत्तरीका एक व्यवसायीलाई पुरस्कृत (बोनस रकम दिने) गर्नुको साटो कमिशनको लोभमा हैरानी गरिएको देखिएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीले कनकाई जेएच÷जेभी जलेश्वर ११ लाई समय अगावै सम्पन्न गरेपनि कमिशनको लोभमा बोनस रकम दिन आलटाल गरिरहेको देखिएको छ । कनकाई जेएच÷जेभीका प्रोपाइटर मुनेश्वर चौधरीले सो कार्यालयका प्रमुख तथा लेखापालले कमिशनको लोभमा बोनस रकम दिन आलटाल गरिरहेको आरोप लगाउनुभयो ।
जिल्लाको रामनगरस्थित खानेपानी योजनाको ओभरहेड टंकीको (४५० ध.मी.) कार्यसम्पन्न गर्नको लागि कनकाई जेएच÷जेभीले वि.सं.२०७५ साल जेठ १२ गतेसम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी २०७० साल जेठ १२ गते ठेक्का सम्झौता गरेको थियो । तर, सो निर्माण कम्पनीले निर्माण सम्पन्नको ५ महिना १६ दिन अगावै कार्यसम्पन्न गरेको थियो । निर्माण कम्पनीले सोही आधारमा बोनस (पुरस्कार) रकम पाउन २०७४ मंसीरमै निवेदन दर्ता गराएपनि कमिशनको लोभमा परेर कार्यालयले अहिलेसम्म भुक्तानी नदिएको आरोप सो निर्माण कम्पनीका प्रोपाइटर चौधरीले लगाउनुभयो । 

सार्वजनिक खरिद नियमावली २०६४ को दफा १२६ को (१) मा खरिद सम्झौतामा तोकिएको अवधिभन्दा अघि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक निकायले पुरस्कार दिन सक्ने व्यवस्था गर्न सकिनेछ उल्लेख छ भने सोही दफाको उपनियम ४ मा पुरस्कारको कुल रकम सम्झौता रकमको दश प्रतिशतभन्दा बढी हुने छैन्, उल्लेख गरिएको छ ।
सो निर्माण कम्पनीले पुरस्कारको लागि निवेदन दर्ता गराएकै दिन (२०७४÷०८÷२५) सो कार्यालयका लेखापाल पवनकुमार अधिकारी तथा इन्जिनियर विष्णुदेव ठाकुरले टिप्पणी आदेश उठाएर बोनस रकम दिन निर्णयार्थ पेश गर्नुभएको थियो । टिप्पणी आदेशको निर्णयार्थमा भनिएको छ, ‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२६ बमोजिम निज निर्माण व्यवसायीले कार्य सम्पन्न गर्नुपर्ने मिति भन्दा १६५ दिन अगावै कार्य सम्पन्न गरेको देखिएकोले उपनियम (२) बमोजिम दैनिक ०.०५ प्रतिशत (ठेक्काको क्ऋऋ मा उल्लेख भए अनुसार) का दरले १६५ दिनको हुन आउने रकम रु.१२ लाख ९३ हजार ८ सय ७ रुपैया पुरस्कार (बोनस) उपलब्ध गराइ दिनुहुन आवश्यक निर्णयार्थ प्रस्तुत गर्दछु ।’



निर्माण व्यवसायी चौधरीले टिप्पणी निर्णयार्थ पेशभएको ७ महिना भइसक्दा पनि कार्यालयले अहिलेसम्म बोनस रकम नदिएको बताउनुहुदै भन्नुभयो,‘नराम्रो काम गर्नेलाई कारवाही गर्ने मात्रै होइन राम्रो काम गर्नेलाई समयमै पुरस्कृत गर्नुपनि जरुरी छ ।’ बोनस रकम मात्रै होइन कमिशनको लोभमा कार्यालयले आफुले काम सम्पन्न गरेको भरतपुर खानेपानी योजना डिप बोरिँगको भुक्तानी समेत नदिइरहेको आरोप उहाँको थियो ।
यता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका निमित्त प्रमुख इन्जिनियर सुरेन्द्रप्रसाद शर्माले पुरस्कारको लागि विभागमा पठाइसकिएको तर विभागले आफुहरुलाई यससम्बन्धमा कुनै पनि परिपत्र नगरेको कारणले पुरस्कृत गर्न नसकेको बताउनुहुदै कमिशनको लोभमा आफुहरुले यस्तो गरिरहेको आरोप पूर्णतः गलत भएको बताउनुभयो । विभागबाट परिपत्र आएपछि आफुले पुरस्कृत गर्ने उहाँको भनाई थियो । 


१८ दिनपछि रिले अनसन तोडियो

१८ दिनपछि रिले अनसन तोडियो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका ५ जना वडाध्यक्षहरु आफ्नो विभिन्न माँगसहित शुरु गरेको रिले अनसन १८ औं दिनमा तोडिएको छ ।
जलेश्वर नगरपालिकाका प्रमुखले आप्mना माँगको वेवास्ता गरेको भन्दै असार १७ गते आईतबारदेखि शुरु गरिएको रिले अनसन साउन २ गते साँझ तोडिएको हो ।

जलेश्वर नगरपालिकाको प्राँगनमै पाल टाँगेर विभिन्न ११ बुँदे माँग राख्दै वडानं. २ का अध्यक्ष बरुण दाहाल, वडानं. ६ का अध्यक्ष रविन्द्रप्रसाद साह, वडानं. ७ का वडाध्यक्ष रामछविला यादव, वडानं. ८ का वडाध्यक्ष बिजय सिंह तथा वडा नं. १० का वडाध्यक्ष विकाउ दासले रिले अनसन शुरु गर्नु भएको थियो ।
वडाध्यक्षहरुले राख्नुभएको विभिन्न माँगहरु मध्ये इन्जिनियर माघवेन्द्र चौधरीलाई तत्कालै खटाइएको स्थानमा रमाना दिएर पठाउने, सब इन्जिनियर मनोज साहको काज फिर्ता गरी काममा खटाउने तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटाले दिनुभएको प्रतिवेदनको आधारमा दोषी देखिएकालाई कारवाही गर्नेसहितका माँगहरु पुरा भएपछि अनसन तोडिएको जलेश्वर नगपालिका वडानं. २ का वडाध्यक्ष बरुण दाहालले जानकारी दिनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आन्दोलनरतपक्षहरुलाई सम्बोधन गरेर माँगहरु सम्बोधन गर्ने प्रतिवद्धतापछि अनसन तोडिएको हो ।



वडाध्यक्षहरुले रिले अनसन थालेपछि मन्त्रालयबाट आउनुभएका उपसचिव महेन्द्रकुमार सापकोटासहितको तिनसदस्यीय टोलीले माँगहरु सुनेर र विभिन्न वडाहरुमा गएर विकास निर्माणको अवलोकन, अनुसन्धान गरेर फर्किएका थिए ।
जलेश्वर नगरपालिकामा रहेको १२ वडाहरु मध्ये ५ वडाका वडाध्यक्षहरुले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तथा इन्जिनियर माघवेन्द्र चौधरीले मिलेर विभिन्न कार्यहरुमा गरिरहेको अनियमित कार्यको छानविन हुनुपर्ने तथा इन्जिनियरको काज सरुवा फिर्ता हुनुपर्ने मुख्य माँग राख्दै रिले अनसन शुरु गरेका थिए ।
वुधबार साँझ नेकपाका साँसद भरतप्रसाद यादवसहित महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुस खुवाएर अनसन तोडाउनुभएको थियो । सो अवसरमा महोत्तरीका सुरक्षानिकायका प्रमुखहरुको साथै नेकपाका जिल्ला संयोजक राजु खड्का, नेता रामआधार कापर तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


अप्पन मैथिली, अप्पन मिथिला

अप्पन मैथिली, अप्पन मिथिला

भाषा
ऐतिहासिक र समृद्ध मैथिली भाषा सधैं उही औकातमा टिकिरहन सकेन । किन ? अनि, अहिले यो भाषामाथि कस्तो राजनीति चलिरहेको छ ?
अखण्ड भण्डारी, श्यामसुन्दर शशिकाठमाडौं — भाषा अनुसन्धानकर्ता प्रा. रामावतार यादवले राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८ औं शताब्दीभित्र लेखिएका नाटकका १ सय ५० पाण्डुलिपि फेला पारे । तिनमा २६ नेवारी, ५ बंगाली र बाँकी १ सय १५ वटा मैथिली भाषाका थिए ।
तीमध्ये भूपतिन्द्र मल्लरचित ‘परशुरामोपाख्यान’ को विस्तृत अध्ययनसहित प्रकाशन गरेका डा. यादव भन्छन्, ‘अहिलेसम्म मैथिली भाषाका १३ वटा मात्र नाटकको अध्ययन र प्रकाशन भएको छ । १२ वटा भारत र जर्मनीमा ।’
अहिलेसम्मको पुष्ट्याइँका आधारमा भारतीय–आर्य समुदायका कम्तीमा २८ भाषामध्ये मराठीपछि मैथिली पुरानो मानिन्छ । यादवले प्रकाशन गरेको ‘परशुरामोपाख्यान’ को पाण्डुलिपि नेवारी लिपिमा छ । नाटकमा पात्र प्रवेश संस्कृतका श्लोकबाट हुन्छ । मञ्चमा दृश्य फेरिने निर्देशनहरू नेवारीमा छन् । संवाद सबै मैथिलीमा ।
नेवारी भाषाका दिग्गज प्रेमबहादुर कंसाकारले एक दिन उनलाई सुनाएछन्, ‘हामीकहाँ मल्लकालीन नाटकका पाण्डुलिपि छन् । ठाउँ–ठाउँ भाषा बुझिन्छ, धेरै ठाउँ बुझिँदैन ।’ उनी दौडिएर गई हेरेछन् । यादवले लिपि बुझेनन् । कंसाकारले भाषा । कंसाकारले पढेर सुनाए । भाषा मैथिली पो रहेछ । यादवले अथ्र्याइदिए । त्यसपछि उनको अनुसन्धानको दिसा मोडियो– मल्लकालीन नाटकतर्फ ।
‘मल्ल राजाहरू मैथिली भाषामा पोख्त थिए । नेवार राजकुमारको सिम्रौनगढका राजकुमारीसँग बिहेबारी हुनु यसको मुख्य कारण जर्मन अनुसन्धानकर्ताहरूले ठहर्‍याएका छन्,’ यादवले सुनाए । मैथिली भाषाको प्राचीनता र समृद्धतालाई पुष्ट्याइँ गर्दै उनले भने, ‘जतिबेलाको मैथिली नाटकको म अध्ययन गरिरहेको छु, त्यस कालखण्डमा नेपाली भाषामा लेखिएका कुनै नाटक फेला परेको छैन ।’

प्राचीनतम अस्तित्व
विद्वान्हरू दाबी गर्छन्— प्राचीन मिथिलाको मातृभाषा मैथिली थियो । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार रावणले हरण गरेर सीतालाई अशोक वाटिकामा राखेका बेला हनुमान उनीसँग मातृभाषामा संवाद गर्थे । संस्कृत भाषामा कुराकानी गर्दा रावणका गणहरूले सजिलै बुझ्ने हुँदा आपसमा मात्र बुझ्ने भाषा प्रयोग गर्नु बाध्यता थियो । त्यो थियो— मैथिली ।
यदि वाचं प्रदास्यामि, द्विजातिरिव संस्कृतम्
रामणं मन्यमाना मां सीता भीता भविष्यति ।
अवश्यमेव वक्त्वयं मानुसं वाक्यमर्थवत्
मया सान्त्वयितं शक्या नान्यथेयम निन्दिता ।।

– वाल्मीकि रामायण सुन्दरकाण्ड श्लोक १८ 
(हनुमानको भनाइ : यदि संस्कृतमा संवाद गर्छु भने रावणका गणहरूले बुझ्नेछन्, अनि सीतालाई अझ दु:ख दिनेछन् । तसर्थ म आफ्नै भाषामा संवाद गर्न चाहन्छु ।)
डा.दुर्गानन्द झा श्रीशद्वारा लिखित ‘मैथिली साहित्यक इतिहास’ का अनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै मानिन्छ । वेद, पुराण, उपनिषद, मीमांशा आदिमा वर्णित वातावरण, वनस्पति, जीवजन्तु आदि मिथिलासँग मेल खान्छन् । जनकवंशको उदयसँगै विधिवत् रूपमा मिथिला राज्यको स्थापना भएको थियो । इतिहासकारहरूले जनकवंशको कार्यकाललाई इसापूर्व ३००० देखि ६०० सम्म मानेका छन् । यसबीचमै सीताको जन्म भएको हो । कोसी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीहरूको मध्यमा रहेको यस भूमिलाई तीरभुक्ति अर्थात् तीनतिरबाट नदीले घेरिएको पनि भनिन्छ । यहाँका गुणस्तरका माछा, मखाना तथा पान स्वर्गसम्ममा पाइँदैन भन्ने किंवदन्ती छ ।
आठौं शताब्दीमा लिखित सिद्धहरूको ग्रन्थ मैथिली भाषामा भएको प्रमाणित भइसकेको छ । त्यस कालका डाक, भास, भुसुप्पालगायत सिद्ध कविको दोहा तथा गान अहिले पनि उपलब्ध छन् । यी कविका अधिकांश रचना नेपालको तराई भूमिमै पाइएको हो ।
डा. झाकै अनुसार पछिल्लो कालखण्डमा हेर्ने हो भने भारोपेली भाषा समूहका भाषाहरूमध्ये सबभन्दा प्राचीन गद्यग्रन्थ ज्योतिरीश्वरको ‘ध्रुत समागम’ (१३ औं शताब्दी) मैथिलीमै लेखिएको उपलब्ध भएको हो । ‘धु्रत समागम’ हास्य नाटिका हो । यो अहिले पनि मञ्चन हुदै आएको छ । १४ औं शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो । सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा बढी गद्यग्रन्थ रचना गरेका थिए । जसमा ‘भूपरिक्रमा’ (भूगोल), ‘गोरक्ष विजय’ (नाटक), ‘कीर्तिलता’, ‘कीर्तिपताका’ लगायत प्रमुख छन् ।
विद्यापतिलाई साहित्यतर्फ एसियाकै पहिलो नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरले समेत आफ्ना काव्य गुरु स्विकारेका छन् । भारतका चर्चित साहित्यकार तथा ‘मधुशाला’ जस्ता कालजयी काव्यका रचनाकार डा. हरिवंश राय बच्चनले महाकवि विद्यापतिबारे लेखेका छन्—
थे न सूर और जब न थी बाबरी मीरा
तब तुमने ही मुखरित की थी मानवके मानसका पीडा 

(अर्थात्, जब सुरदास थिएनन्, मीरा थिइनन्, त्यति बेला तिमीले मानिसको पीडा काव्यमार्फत् चित्रण गरेका थियौ ।)
विद्यापतिले संस्कृत, प्राकृत र मैथिली भाषामा पुस्तक लेखे । उनले मैथिलीमा लेखेका गीत अझै मिथिला समाजमा लोकप्रिय छन् । तिनमा मुख्य संस्कारगीत, ऋतुगीत, श्रमगीतलगायत पर्छन् । विद्यापतिले लेखेको ‘कीर्तनिया’ नाटकको परम्परा मध्यकालीन समाजमा मिथिलासँगै नेपाल उपत्यका, आसाम, बंगाल, उडिसासम्म प्रचलनमा थिए । मल्ल राजाहरूले लेखेका मैथिली नाटक ‘कीर्तनिया’ नाटक परम्पराकै निरन्तरता हो भनिन्छ ।
महाकवि विद्यापति तत्कालीन मिथिला नरेश शिवसिंहको बालसखा तथा दरबारका कवि थिए । शिवसिंह मुसलमान शासकसँगको युद्धमा हारेपछि विद्यापतिले यता आएर शरण लिए । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका सहप्राध्यापक तथा ‘मिथिलाको राजनीतिक इतिहास’ का लेखक डा. वासुदेवलाल दासका अनुसार उनी तत्कालीन सप्तरी (हाल सिरहा) जिल्लाको लहान पश्चिमस्थित छपरारी चोकमा रहेको द्रोणवार (दोनवार) ब्राह्मण वंशका राजा पुरादित्य सिंहको राज्यमा १२ वर्षसम्म गुप्तवास बसेका थिए । नेपाल प्रवासका क्रममा उनले भगवत गीताको मैथिली अनुवाद गर्नुका साथै झन्डै आधा दर्जन पुस्तक लेखेका थिए ।
उनका लेखनमा धर्म, कर्म, चेतना, प्रेमदेखि शृंगारिकतासम्म हुन्थे । उनको एउटा गीत यस्तो छ–
ससन परसेँ खसु अम्बर रे
देखल धनि देह ।
नव जलधर तर चमकए रे
जनु बीजुरि रेह ।।

(अर्थात्, हावाको स्पर्सले सारी तल झर्‍यो
मैले उनको शरीर नियाल्ने मौका पाएँ ।
वर्षा हुनुअघिको कालो आकाशमा
चम्किने बिजुलीको रेखाजस्तै चम्किएँ ।।)

अनि लाग्यो ओरालो
ऐतिहासिकता र समृद्धता रहेको मैथिली भाषा नेपालमा सधैं उही औकातमा टिकिरहन भने सकेन । विद्यापतिको आगमनअघि यो निकै खस्किइसकेको थियो । यसका आन्तरिक र बाह्य दुवै कारण रहे ।
साहित्यकार तथा मैथिली संस्कृतिका जानकार डा.रेवतीरमण लालका अनुसार पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको सरकारी कामकाजको भाषा मैथिली थियो । मल्ल राजाहरू मैथिलीमा बोल्थे, साहित्य रचना पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजमा छिराएको दाबी गर्दै उनले भने, ‘अनि मैथिलीको गति ओरालो लाग्यो ।’ राजा महेन्द्रले ‘एउटै राजा एउटै देश एउटै भाषा एउटै भेष’ चलाएपछि धेरै भाषा–संस्कृतिको घाँटी निमोठियो । त्यसको घानमा बढ्ता पर्‍यो— देशको दोस्रो भाषा मैथिली ।
अर्कातिर भारत स्वतन्त्र भएपछि त्यहाँका राजा–रजौटालाई अपदस्थ गरियो । तत्कालीन दरभंगाका महाराजले मैथिली भाषा साहित्यको संरक्षण–संवद्र्धनमा सहयोग गर्दै आएका थिए । उनी पनि हटाइएपछि मैथिलीतिर कसैको ध्यान पुगेन । त्यसको प्रभाव नेपालसम्म पर्‍यो ।
राजविराज निवासी प्रा. अमरकान्त झाको ठम्याइमा मैथिलीको विकास अवरुद्ध हुनुको प्रमुख कारण राजनीतिक शक्ति यस भाषाको विपक्षमा रहनु हो । ‘प्रारम्भमा मैथिलीलाई बंगाली भाषा भनिएको थियो । पछि भाषा वैज्ञानिकहरूले मैथिली स्वयं भाषा भएको प्रमाणित गरिदिए । मिथिलाञ्चल (नेपाल र भारतका मैथिलीभाषी क्षेत्र) मा मैथिलीलाई कथित उच्च वर्ण (शोत्री, ब्राह्मण, कायस्थ आदि) को भाषाका रूपमा प्रचार गरियो । यस भूगोलका कथित निम्न वर्गका भाषाभाषीले मैथिली बोले पनि आफूले मैथिली बोलेको स्वीकार गर्न आनाकानी गरे,’ उनले भने, ‘अर्कातिर सञ्चार, प्रशासन तथा शिक्षामा यसको पहुँच हुन सकेन, जसले मानकीकरण गराएन ।’
प्राडा रामावतार यादव भने मैथिली भाषा–संस्कृति ओरालो लाग्नुमा स्वयं मैथिलीभाषीलाई पनि उत्तिकै जिम्मेवार देख्छन् । ‘मैथिलीभाषाको मुख्य प्रचलन रहेका बिहार र नेपालका विद्वान्हरू संस्कृतलाई देवभाषा मान्थे, मैथिलीलाई भाषा मात्रै । वौद्धिक वर्गले संस्कृतको प्रयोग गर्नुलाई इज्जतिलो ठान्न थाल्यो । मैथिली क्रमश: हीनताबोधको सिकार भयो,’ उनको अनुसन्धानले भन्छ, ‘कृतिका नाममा पनि मैथिली नलेखेर मिथिला लेख्न थालियो । आफ्नै घर घाटजस्तो बन्यो ।’
विद्यापतिको आगमनसँगै यसको दर्जा फेरियो । मैथिली साहित्यको समृद्ध भाषा रहेछ भन्ने छवि निर्माण भयो । ‘नत्र यो आफैंमा अपहेलित थियो । यहाँको प्रकृति, हावापानी, परम्परा र कालबेला त्यस्तै थियो । दोष कसैलाई दिनु राम्रो होइन,’ उनले भने ।
हिन्दीको ‘हैकम’
जनकपुर आसपास र पूर्वी मधेसको परापूर्वदेखिको मातृभाषा मैथिली हो । तर, पूर्वाञ्चल विश्वविद्यालयका डा. यादव सम्झन्छन्, ‘हामीले सुरुमा स्कुल जाँदा हिन्दीका किताब पढ्यौं । भाषा हिन्दी, कुरा भारतका । हमारे देश की राजधानी दिल्ली है भन्दै पढ्थ्यौं । हामीलाई नेपालको राजधानी काठमाडौं हो भन्ने पछि मात्र थाहा भयो । प्रधानमन्त्री उतैको, मुद्रा उतैको पढ्नुपथ्र्यो । जब पारसमणि प्रधानले नेपालीमा लेखेका पुस्तक सरकारले छ्यापछ्याप्ती पार्‍यो अनि मात्र मधेसले स्वदेशी पाठ्यपुस्तक पायो ।’
त्यसमाथि हिन्दी चलचित्रले मधेसको भाषा–संस्कृतिमाथि सीधै हस्तक्षेप गर्‍यो । मैथिलीभाषी समुदायमा हिन्दीको प्रभुत्व बढ्दै गयो । ‘मैथिलीभाषी समुदायमा नेपालीभन्दा हिन्दी जबर्जस्त छिर्‍यो । वर्षौंवर्ष यसले जरा गाड्यो । पछिल्लो कालखण्डमा आइपुग्दा भारतले मैथिलीभाषीको बाहुल्य रहेको क्षेत्रलाई भाषिक उपनिवेश बनाउन खोज्यो । हाम्रा नेताहरू त्यतै बहकिए,’ त्रिभुवन विश्वविद्यालय मैथिली भाषा विभागका पूर्वप्रमुख प्रा. परमेश्वर कापडी भन्छन्, ‘हिन्दी भाषालाई मान्यता दिलाउन जोडबलले लागेका थिए । संविधान संशोधनमार्फत् गराउन पनि प्रयास गरे ।
तर, सफल भएनन् । मैथिली, भोजपुरीजस्ता भाषालाई कामकाजी बनाउन पहल गर्नु त कता हो कता हिन्दीको भक्तिगान किन गाउँछन् उनीहरू ? अचम्म छ, संसद्मा हिन्दीमा बोल्छन्, त्यही हिन्दीलाई राष्ट्रिय मान्यता दिलाउन पहल गर्छन् ।’ हिन्दी सम्पर्क भाषा भएकाले कसैले प्रयोग गर्नुलाई अन्यथा ठान्न नहुने धारणा राख्दै रामावतारले भने, ‘यसको अर्थ मैथिली, भोजपुरीहरूलाई पछि पारिनु पनि हुँदैन ।’
नेपालमा नेपालीपछि बढी जनसंख्याले बोल्ने भाषा हो– मैथिली । राष्ट्रिय जनगणना, २०६८ का अनुसार नेपालीभाषी ४४.६ र मैथिलीभाषी ११.७ प्रतिशत छन् । कापडी भन्छन्, ‘त्यति बेला आन्दोलनरत मधेसवादी दलले मातृभाषा हिन्दी लेखाउन उर्दी जारी गरेका थिए ।’ जनगणनाअनुसार हिन्दभाषी ०.३ प्रतिशत अर्थात् ७७ हजार ५ सय ६९ जना छन् ।
‘मैथिली भाषा इसापूर्वको हो । तर, विडम्बना, २१ औं शताब्दीमा हामी पहिचानको आन्दोलन गरिरहेका छौं,’ कापडीले भने, ‘यसको मुख्य कारण बाहिरिया प्रभाव हो । हिन्दीको हैकम र नेपालीको एकलौटीपना हो ।’
समृद्ध संस्कृति 
भाषा–साहित्यमा मात्र होइन, कला–संस्कृतिमा पनि मैथिली र मिथिला अग्रणी छन् । मैथिलीमा जन्मदेखि मृत्युसम्मका संस्कारमा गाइने लोकगीत यथा: सोहर, वधैया, पमरिया, गोसाञुनिक गीत, मुण्डन, चूडाकर्म, विवाह, बटगमनी, फागु, चैतावर, झुला, समदाओनलगायत प्रसिद्ध छन् । प्रा. कापडी भन्छन्, ‘मिथिलाका भोजनमा यथा: चुडा, दही, दाल, भात, तरकारी, तरुवा (पकौडा), बड, बडी, पान, मखाना, माछा आदि प्रमुख छन् ।’
मिथिला चित्रकला विश्वमै प्रख्यात छ । यो कला पुस्तान्तरण हँुदै आएको छ । स्थानीय उत्पादन तथा सीपमा आधारित मिथिला चित्रकला अचेल देशी–विदेशी हवाई अड्डादेखि होटल रेस्टुरेन्टमा देख्न सकिन्छ । जनकपुरमा अचेल आधा दर्जन संघ–संस्थाले मिथिला चित्रकला उत्पादन गर्ने गरेका छन् । यसमा सयौं महिला कलाकार सक्रिय छन् ।

पर्खाइ पहिचानको
ब्रिटिस–इन्डियाकालीन भाषाशास्त्री जर्ज अब्राहम ग्रियर्सनले सन् १८८० मा मैथिलीको सूक्ष्म भाषा वैज्ञानिक अध्ययन गरेका थिए । उनले मैथिलीकै ७ वटा व्याकरण लेखे । त्यसअघि यसलाई बंगाली र हिन्दीका शाखाका रूपमा दाबी गर्ने जमात ठूलै थियो । त्यसलाई ग्रियर्सनले मिथ्या साबित गराइदिए । उनले भने, ‘मैथिलीको भाषिका, लिपि, साहित्य हरेक गुण छ । यो आफैंमा समृद्ध अस्तित्वको र प्राचीन हैसियतको भाषा हो ।’
भाषा विज्ञ तथा साहित्यकार रामभरोस कापडी ‘भ्रमर’ मैथिली भाषा अधोगतिमा जानुको मुख्य कारण ‘अपसंस्कृतिको बोध’ ठान्छन् । ‘भारतमा अहिले पनि पाठ्यक्रमा राख्न करोडौं मैथिलीभाषी कराइरहेका छन् । नेपालमा यसको पढाइ त छ’, उनले भने, ‘तर, विद्यार्थी घट्दै गएका छन् । मैथिली ग्रन्थहरू पढ्ने संस्कृति छैन । जो लेखक हुन्छ, उसैले किन्छ । यसमा रोजगारको अवसर नि छैन । पढेर के गर्ने भन्ने चिन्ता छ । लोकसेवामा पनि मैथिलीलाई मान्यता छैन ।’
त्रिभुवन विश्वविद्यालयले २०३८ सालदेखि मैथिली केन्द्रीय विभाग मिथिला क्षेत्रको जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा स्थापना गरेको छ । त्यहाँबाट धेरै जना मैथिली भाषामा दीक्षित भइसकेका छन् । हाल उक्त विभागमा ६ शिक्षक कार्यरत छन् । स्नातकोत्तर प्रथम वर्षमा १३ र द्वितीय वर्षमा २४ विद्यार्थी अध्ययनरत छन् । तीन वर्षअघिसम्म स्नातकोत्तरमा १ सय ५० विद्यार्थीसम्म पढ्थे । संख्या बर्सेनि घट्दो छ ।
केन्द्रीय विभागकी प्रमुख डा. श्यामा महतो मैथिली भाषाको विकास हुन नसक्नुमा देशको शिक्षा नीतिलाई मुख्य दोषी देख्छिन् । ‘प्राथमिक शिक्षा मातृभाषा (मैथिली) मा दिनु र्ने हो । तर छैन । प्लस टु (११–१२) निजी कलेजलाई दिइएको छ । तिनले यसको प्रवद्र्धनभन्दा व्यापार हेर्छन्,’ उनले भनिन्, ‘तल्लो तहमै उत्पादन नभएपछि स्नातक र स्नातकोत्तरमा विद्यार्थी कहाँबाट आऊन् ?’
रामभरोसका अनुसार मैथिली भाषा लेख्य स्वरूपमा कम प्रयोग हुनुको मुख्य कारणमा व्याकरणिक जटिलता पनि हो । ‘लेखेर दियो भने बुझ्न गाह्रो छ । जसरी लेखिन्छ, अर्कै उच्चारणमा बोलिन्छ । यो पक्ष सुधार्न हामीले भाषा वैज्ञानिकहरूको पटक–पटक ध्यानाकर्षण गरेका छौं,’ उनले थपे ।
भारतको संविधानको आठौं अनुसूचीमा मैथिली भाषालाई सूचीकृत गरिएको छ । नेपालमा पनि संविधानकै अनुसूचीमा यसलाई राख्नुपर्ने मैथिल अधिकारकर्मीहरूको माग छ । मिथिला राज्य संघर्ष समितिका अध्यक्षसमेत रहेका परमेश्वरले भने, ‘मैथिली हाम्रा लागि अस्मिताको पहिचान र स्वायत्तताको बोध हो । पहिला एउटै भाषा, एउटै भेष ठूलो बन्धन थियो । त्यसलाई संविधानले फुकाएको त छ, तर मैथिलीलाई जुन पहिचान दिनुपर्ने हो, त्यसमा कन्जुस्याइँ गरेको छ ।’
बल्ल आयो बेला
देश संघीयतामा गएको छ । पहिचानको राजनीति गर्मिएको छ । संविधानले समावेशिता र पिछडिएकाको उत्थानलाई प्राथमिकता दिएको छ । त्यसअनुसार राज्य संयन्त्रहरूको सोच बदलिएको छ । ‘अब प्रादेशिक सरकार बन्दै छन् । प्रदेश २ का ८ मध्ये साढे ५ जिल्ला मैथिलीभाषी छन् । अब यसको प्रवद्र्धनमा केही गुन्जायस हुन सक्छ,’ रामभरोसले भरोसा जनाए, ‘संविधानले भाषा आयोग बनाएको छ । सरकारको ध्यान यता गयो भने अवसर अब आएको छ । पहिचानको बेला भएको छ ।’
रामावतार पनि समय बदलिएको देख्छन् । अब रोइकराइ गरेर माग्ने होइन, आफैंले झिकेर लिने बेला आएको ठान्छन् । ‘पहिला मैथिलीलाई संकोच लागेर मिथिला भन्थे, अब सबैले नि:संकोच मैथिली भन्न थालेका छन् । बिस्तारै एकरङ्गी नेपालको कल्पना अदूरदर्शी थियो भन्ने पुष्टि भइसकेको छ,’ उनले भने, ‘असल समावेशिता संविधानको परिकल्पना हो । यसको इमानदार कार्यान्वयन नै मैथिली भाषाको प्रवद्र्धनको आधार हो । त्यसमा आशा गर्न सकिन्छ ।’
पछिल्ला प्रगतिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानले मैथिली शब्दकोश निकालेको छ । जनकपुरमा स्थापित राजर्षि जनक विश्वविद्यालयको ऐनमा स्थानीय कला, संस्कृति र मैथिली भाषाको संवद्र्धन गर्नुलाई एउटा उद्देश्य राखिएको छ । यी पहलका लागि धन्यवाद दिँदै उनले थपे, ‘अब भागेर वा टारेर जाने ठाउँ छैन । मुलुकले बनाएको ऐनामा आफ्नो अनुहार हेर्ने सबैको चाहना छ । कसैलाई पछि पारेर मख्ख पर्ने जमाना छैन । मैथिली भाषाले पनि अब अवश्य हैसियतअनुसारको पहिचान पाउनुपर्छ, पाउनेछ ।’
https://www.kantipurdaily.com/feature/2017/12/16/20171216094809.html

छठपूजा

संस्कार परिचय : छठपूजा

~उमाशङ्कर द्विवेदी~
कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा देखा पर्दछ । कठिन शुचिता, दृढ संयम, पूर्ण ब्रह्मचर्य, तथा नितान्त उदासीनताका साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । अन्य व्रतहरूमा एक वा दुई छाक उपवास गर्दा मात्र व्रत सफल हुन्छ । कुनै कुनै व्रत निर्जला (पानीसम्म नखाने) वा फलाहारी पनि हुने गर्दछ भने छठ व्रतमा अठचालीस घण्टामा केवल एक छाक नून न हालेको (रसियाव–रोटी) मात्र ग्राह्य मानिन्छ । बाँकी समय निर्जला तथा पूर्ण उपवास गरेर छठी माताको पूजा गर्ने विधान रहेको छ । छठ पूजाको विशेषता उदाउँदो सूर्यलाई मात्र अघ्र्य नदिई अस्ताउँदो सूर्यलाईसमेत अघ्र्य दिनु पनि हो । यस प्रदेशका मानिसहरूले आफ्नो निजी स्वार्थपूर्तिको याचनामा केवल उदाउँदो सूर्यको पूजा र सम्मान गर्दैनन् अपितु अस्ताउँदो सूर्यलाई पनि उचित तथा समान पूजा र सम्मान गर्दछन् । वस्तुत: हिन्दू धर्ममा गरिने कुनै पनि व्रत, पूजामा कुनै अखण्ड देवतालाई साक्षी राख्नुपर्ने अवधारणा रहेको छ । बलिरहेको दियो वा प्रज्वलित अग्निमा आहूति गरेर तिनीहरूलाई साक्षी मानिएको हुन्छ । छठ व्रतमा भने नदी वा पोखरीको घाटमा सिरसोप्ता बनाएर पूजा गर्नुपर्ने भएकोले त्यस्ता सामग्री उपलब्ध न भएकोले नै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने चलन चलेको हो कि जस्तो लाग्दछ ।
छठको पहिलो दिन नुहाएर खाने विधि हुन्छ, जसलाई भोजपुरी भाषामा ु‘नहाए–खाएके’ भन्दछन् । यस दिन बर्तालुले बिहानै नित्य क्रियापश्चात् नुहाएर पवित्र भई शुद्ध सात्विक भोजन ग्रहण गर्दछन् । भोजनमा लसुन, प्याज वर्जित हुन्छ । भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहरी वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुन्छ । कार्तिक महिनाको शुक्ल पञ्चमीको दिन दिउँसोभरि निराहार बसेर बेलुकीपख नव निर्मित माटाको चोखो चुल्होमा आँपको काठको दाउरा बालेर अगहनी चामलमा गुड हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुँको पीठोको रोटी पकाइन्छ । यस प्रकारले तयार पारिएको रसियाव रोटीलाई अक्षता, सिन्दूरले पूजा गरी बर्तालु स्वयंले पनि नाकदेखि पूर्ण सिउँदोभरि सिन्दूर लगाएर (भोजपुरी भाषामा मा· बहोरल) अग्नि तथा गाईलाई अग्रासन दिई ग्रहण गर्दछन् । कार्तिक महिनाको शुक्ल षष्ठीको दिन बर्तालु पूर्णरूपेण निराहार बसी साँझपख छठीघाटमा गई ‘सिरसोप्ता’ माताको पूजाआजा गरी अस्ताउन लागेको सूर्यलाई पश्चिमाभिमुख भई अघ्र्य दिई पुन: सिरसोप्तालाई पूजा गरेर घर फर्किन्छन् । भाकल पुगेकाहरू रात्रिमा आआफ्नो घरको आ·नमा कोसी भर्ने गरेका पाइन्छन् ।
कोसीमा सात वा नौवटा उखु टुप्पातिरबाट एकै ठाउँमा बाँधेर जरोलाई सात वा नौ ठाउँमा सधवा पुरुषहरूले फैलाएर प्रत्येक जरामा समान सङ्ख्यामा माटाको ‘ढकना’मा ठेकुवा, अदुवा, केरा, पानीमा फुलाएको मटर, फर्सीको चानो, ल्वाङ, सुकमेल, सुपारी, मुला, निबुआ, अरिपन तथा माटोको दियो बालेर राखिन्छ । केन्द्रमा माटोको कलशमा पनि सोही सामानहरू राखिन्छ । उखुको टुप्पा बाँधिएको ठाउँमा पनि तिनै सामग्रीहरू बाँधेर चँदुवा झुन्ड्याइन्छ । कोसीको वरिपरि बसेर बर्तालु महिलाका साथै घरका अन्य महिलाहरू पनि छठीमाताका विभिन्न गीतहरू गाउँछन् । यस प्रकारका धार्मिक गीतको कार्यक्रम प्राय: रात्रिको तेस्रो प्रहरसम्म चलिरहन्छ । रात्रिको तेस्रो प्रहरमैं बर्तालुले नित्यक्रियाबाट निवृत्त भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन् । बिहानको समयमा सिरसोप्ता माताको पुन: पूजा हुन्छ, छठीमाताका गीतहरू गाइन्छ । त्यसपछि सूर्योदय हुनु भन्दा केही प्रहर अगावै सम्पूर्ण बर्तालुहरू नदी वा पोखरीको पानीमा पूर्वाभिमुख भएर उदाउँदो सूर्यलाई बिहानको अघ्र्य दिन लहरै उभिन्छन् । सूर्योदयको साइतमा अघ्र्य दिई बर्तालुहरू घर फर्किन्छन् । यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाई, इनार वा धारालाई ढोगी, पूजा गरी घरमा आई छोराबुहारी तथा नातिनातिनीहरूलाई छठीमाताको प्रसादस्वरूप टीका लगाई दिई छठपूजाको उद्यापन भएर समाप्त हुन्छ ।
छठ कसको पूजा हो भन्नेतिर विचार गर्दा के निक्र्योलमा पुग्न सकिन्छ भने वस्तुत: छठ पूजा विशुद्ध प्रकृति र पुरुषको पूजा हो । भारतको बिहार तथा उत्तरप्रदेशमा छठलाई ‘डालाछठ’ वा ‘सूर्यषष्ठी’ भन्दछन । नेपालमा भने छठलाई बालदाछठ भनिन्छ किनकि श्रीमद्देवी भागवतमा यो नै नाम उल्लेख रहेको छ । झट्ट हेर्दा छठ सूर्यको पूजाझैं देखिए पनि वास्तवमा छठपूजा मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो, जसलाई पुराणहरूमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रूपमा उल्लेख गरिएको पाइन्छ ।
शक्ते: षष्ठांशरूपायै सिद्धाए च नमो नम: ।
मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नम: ।

( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं) ।
षष्ठी देवी को हुन् त भन्दा सोही पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्मपत्नी हुन्–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नम: । पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु ।। आफ्ना भक्तहरूलाई प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरूमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाई बारम्बार नमस्कार छ । षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाट सन्तान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन् । माता षष्ठी देवीको कृपाबाट गुणी , विद्वान्, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ ।
सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते ।
वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम् ।
सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादत: ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)
http://sahityasangraha.com/2017/10/31/%e0%a4%9b%e0%a4%a0%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be/

बज्जि र बज्जिका

संस्कृति परिचय : बज्जि र बज्जिका

~शीतल गिरी~
बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो ।
बुद्धको समयमा बज्जि एउटा प्रसिद्ध महाजनपद थियो । यस अन्तर्गत आठ जनपदहरूमा विदेहको राजधानी मिथिला एवं बज्जिसङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो ग्रन्थ ‘अष्टाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्जयो’ को रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनकवंशको पतनको साथै बनेको बज्जिसङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोशी पश्चिमको भूभाग प्राचीन बज्जि विदेह सङ्घको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा पहिलेका राजा विशालको वंशावली उपलब्ध छ ।
राजा विशालको वंशको तेतीसौं राजा सुमतिले ग·ाको उत्तरी किनारस्थित विशालापुरीमा विश्वामित्रको साथमा राम र लक्ष्मणको राजकीय सत्कार गरेका थिए । ‘वाल्मीकि रामायण’ (१.४५.९) अनुसार विशालापुरीको भूगोल निम्न अनुसार छ—
उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदा:
ग·ा कूले निविष्टास्ते विशालां दर्दशु: पुरीम्
राजा सुमति पछिको इतिहास एकदम चुप छ । तब पनि यति कुरो त थाहा हुन्छ नै कि वैशालीका राजा सुमति, अयाध्याका दशरथ र विदेहका शिरध्वज जनकका समकालीन थिए । लिच्छविहरूले वैशालीमा गणराज्यको स्थापना गरेको तिथिमिति प्राय: अनिर्धारित छ । बज्जि सङ्घको प्रजातन्त्रको दीपज्योति गौतम बुद्धको परिनिर्वाणको तीन वर्षपछि ४८४ ई.पू.मा निभ्यो । नेपाल बहुभाषा, बहुधर्म बहुसंस्कृति भएको देश हो । नेपालका बज्जिका भाषीहरू हिन्दू धर्म मान्छन् र आफ्नै संस्कृति भएका विभिन्न जातका छन् ।
विभिन्न जात भए पनि आपसमा मिलेर बसेका छन् । कसैले पनि जातीय अहड्ढार देखाउँदैन । संस्कृति बचाउनमा सबैको योगदान छ । आफ्नो भाषा बज्जिका भएको र आफू प्राचीन प्रजातन्त्रप्रेमी पूर्वजका सन्तान भएको सत्य बिर्सिसकेका छन् । युगौंदेखि यथास्थितिमा बाँचिरहेका छन् । सजीव भएर पनि कतिपय संस्कृति बिर्सिसकेका छन् । यस्तो हुनु भनेको सुखद पक्ष कदापि होइन । यसबाट आफ्नो पहिचान गुम्छ । जो बाँचेको मात्र छ, विगत बिर्सेको छ, उसको पहिचान गरिमामय हुन सक्तैन । बज्जिसङ्घले सङ्घीय शासन प्रणाली बलियो बनाएको थियो । यस्तो अवस्थामा राजतन्त्रले घेरिएको बज्जिसङ्घको वैशाली मगध साम्राज्यवादी लिप्साको शिकार बन्न पुग्यो । मगधले बज्जिसङ्घमा पहिले आक्रमण गरेको थियो तर बज्जिका दूरदर्शी सङ्घनायक चेटकले आफ्नी छोरी चेल्लनाको विवाह (५३० ई.पू.) बिम्बसारसँग गरिदिए । तर चेल्लनाको छोरो अजातशत्रु (४९५–४६३ ई.पू.) को दुर्धर्ष महत्त्वाकाङ्क्षाको कारण वैशालीको पतन ४८४ इं.पू. मा भयो । यस पतनको साथसाथै बज्जिसङ्घको सांस्कृतिक गरिमा र्‍हास हुन थाल्यो ।
बज्जिसङ्घको उत्तर जीवनयात्रा धार्मिक क्रान्तिको समय हो । जैन तीर्थंकर महावीर र गौतम बुद्धले आफ्नो धर्मोपदेश गरेको पाली–अप्रभंश भई आधुनिक भारतीय आर्य भाषाको उद्भव भयो । बुद्ध शाक्यवंशी थिए र लिच्छवि क्षेत्रीय थिए । वैशाली पतनपछि यो भूभाग मगधको अधीनमा भयो, उनीहरूले यहाँको सङ्घीय पद्धतिमा बाधा हालेनन् । कालान्तरमा बज्जि र लिच्छवि एक अर्काका पर्याय बन्न पुगे ।
नेपाल अद्भुत प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको ज्यादै आकर्षक देश हो । अधिकांश प्रकृतिप्रेमी र संस्कृतिविद्हरूले एकमतमा स्वीकार गरेको कुरा हो यो । वैशालीको पतन पछि बज्जि र लिच्छविहरू अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको नेपालमा आएको कुरा इतिहासमा पाइन्छ ।
आकारले सानो देखिए पनि सांस्कृतिक गुणवत्ताका दृष्टिले निकै ठूलो यस देशमा एक सयभन्दा अधिक जाति र त्यति नै सङ्ख्याका भाषाभाषीहरू बसोवास गर्दछन् । लामो समयदेखि यहाँ विविध जातजाति र अनेकौं भाषाभाषीको पारस्परिक सौहार्दपूर्ण बसाइ रहिआएको छ । चन्द्रगुप्त मौर्यपछि बज्जिसङ्घको स्वतन्त्रता समाप्त भइसकेको थियो । अशोकको अभिलेखमा, बज्जि–लिच्छविको उल्लेख छैन, तर वैशालीको कोल्हुआ (कोल्लाग सन्निवेश) मा एउटा उत्तराभिमुख अशोकस्तम्भ आज पनि उभिएको छ । तर ईसाको पहिलो शताब्दीको अंतिम समयमा वैशाली र पाटलिपुत्रमा कुषाण सम्राट् कनिष्कको अधिपत्य भइसकेको थियो । कुषाणहरू यहाँ टिक्न भने सकेनन् । पुन: स्वतन्त्रता प्राप्त गरेपछि बज्जि–लिच्छविको प्रतिष्ठा बढ्यो । चन्द्रगुप्त प्रथमको छोरा समुद्रगुप्त (३३५–३७५ ई.) लिच्छवि दौहित्र हुनुमा गर्व गर्थे । फाहियान (चौथो शताब्दी) ले आफ्नो यात्रा वृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेका छन् । यहाँको पुरातात्त्विक उत्खननबाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामको सिक्का पाइएको छ ।
छैठौं शताब्दीको अन्तसम्म वैशालीबाट लिच्छविहरूको पतन भयो । हुएनसाङले नेपालमा बज्जि राज्य भएको उल्लेख गरेका छन् ।
कर्णाटकपछि बज्जिहरूको भूमि सिमरौनगढ मुस्लिम शासनको अधीनमा भयो । कर्णाटकले राज्य गरेको डोय भूमि यथार्थमा बज्जि देशको स्मृतिको अवशेष हो । बज्जिका तत्कालीन डोय राज्यको जनभाषा हो ।
प्राचीन बज्जिसङ्घको भाषा भएको हुँदा यसलाई वृजिका, वैशालीको भाषा, बज्जिका आदि नामहरूबाट सम्बोधन गर्ने गरिन्छ । बज्जिका शब्दको निर्माण बज्जि शब्दमा ‘क’ र ‘आ’ प्रत्यय लाग्नाले भएको हो जुन धेरै प्रास·िक एवं उपयुक्त छ । बज्जिसङ्घको सीमाझैं नेपालमा बज्जिकाभाषी क्षेत्रको सीमा निर्धारणमा पनि एकमत बनिसकेको छैन । बारा, रौतहट, सर्लाही र महोत्तरीको क्षेत्रलाई बज्जिकाभाषी क्षेत्र मान्नु उचित हुनेछ । रौतहटको बोलीलाई नेपालीय बज्जिकाको मानक भाषा मानी शास्त्रीय अध्ययन गरिनुपर्दछ । तब मात्र बज्जिकाको क्षेत्रीय स्परूपको वैज्ञानिकता प्रमाणित हुनेछ ।
भाषिक दृष्टिले नेपालीय बज्जिका भाषी क्षेत्रको पूर्वमा मैथिली, पश्चिममा भोजपुरी र उत्तरमा नेपाली प्रचलित छ । वर्तमानमा बज्जिकाको स्थिति मैथिली एवं भोजपुरीको बीचको छ । अत: ग्रियर्सनको स्थिति द्विधात्मक छ— “मैले सेवेन ग्रामर्स आफ दि बिहारी लैंग्वेज
(भाग–२) मा यसलाई भोजपुरीको एउटा भेद भनेको थिएँ तर वर्तमान सर्वेक्षणमा यसलाई मैथिलीको विभाषा यस कारण भनिरहेको छु कि जुन क्षेत्रमा यो बोलिने गरिन्छ त्यो ऐतिहासिक दृष्टिले प्राचीन मिथिला राज्यको अन्तर्गत छ । तर आजको सम्पूर्ण तिरहुत प्रमण्डल बज्जि महाजनपदमा समाहित थियो ।”
विदेशी भएका हुँदा ग्रियर्सनले ध्वनिको सूक्ष्मता राम्ररी बुझ्न सकेनन् । बज्जिका मैथिली र भोजपुरीभन्दा पूर्णत: फरक छ । यसको प्रवृत्ति तद्भव शब्दतर्फ धेरै रहेको हुँदा यसमा मध्यम वर्णलाई द्वित्व बनाइदिने प्रवृत्ति छ । बज्जिकामा ध्वनिको आफ्नै नियम छ ।
कुनै पनि भाषाको स्वतन्त्र अस्तित्व एवं रूपगत पहिचानको लागि अन्त:साक्ष्यलाई सबल आधार मानिएको छ, यद्यपि बहिर्साक्ष्य पनि सर्वथा उपेक्षणीय हुँदैन । डा.सियाराम तिवारी, डा.अवधेश्वर अरुण, डा.सुरेन्द्रमोहन प्रसाद, डा.विमलेश्वर झा, डा.योगेन्द्र प्रसाद सिंह आदिले बज्जिकाको स्वतन्त्र अस्तित्वको प्रकाश छरिदिएका छन् । सोही प्रकाशमा प्राचीन इतिहासमा गर्व गर्दै वर्तमान उठ्न खोज्दै छ । यो लेखन जागरणको पाइला चलाइ मात्र हो ।
वैशालीको पतनपछि त्यहाँबाट विस्थापित भएका बज्जि–लिच्छवी नेपाल आएका र सोही वंशका विक्रमादित्यले संवत् चलाएको सही पहिचान हुन सक्यो भने हालसम्म गौतमबुद्ध र सगरमाथाको देश भनेर चिनिने यो मुलुकले, संसारकै प्राचीन गणतन्त्र स्थापना गर्ने जातिको रूपमा पहिचान पाउने सम्भावना निकै ज्यादा छ । लेख्नको लागि मात्र नभएर अतीतको भुलिएबिर्सिएको सम्पदाको जगेर्ना गर्नु पनि आवश्यक देखिन्छ । विक्रम संवत्बारे समय समयमा कुरा उठ्दै आएको छ । यसको अनुसन्धान कार्यमा ढिलासुस्ती भने भएकै देखिन्छ । यथार्थ कुराको बोध नभएर केही व्यक्तिले आधारहीन र मनगढन्त विचार व्यक्त गरेका भरमा पहिचानका आधारमाथि लामो समयदेखि खेलवाड हुँदै आएको अवस्थामा आउँदा दिनमा सचेत भएर यथार्थको खोजी र प्रामाणिक कुराको विश्लेषण हुन जरुरी छ । यही आवश्यकताप्रति सजग भएर नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘बज्जि र बज्जिका’ लेखेको हुँ । हालका दिनमा जातीय र क्षेत्रीय पहिचानका कुरा जोरदाररूपमा उठेको छ । यस क्रममा पारस्परिक सम्मान, शान्ति, प्रेम, मित्रता, सहगोग, समझदारी, विश्वासजस्ता कुरामा आघात पर्न सक्ने कतिपय कार्य पनि भएका देखिन्छन् । सबैका पहिचानका आधारहरू सुरक्षित हुनुपर्दछ । मेरो विचारमा लखनदेही नदीभन्दा पश्चिम, अडुवा नदीभन्दा पूर्वको भाग आदर्श बज्जिका क्षेत्र हो । लखनदेही नदीभन्दा पूर्वको बज्जिकामा मैथिलीको प्रभाव धेरै छ । अडुवा नदीभन्दा पश्चिमको भाषा पश्चिमी बज्जिका हो, जो भोजपुरी प्रभावित छ । स·ठितरूपमा नेपालको बारा, रौतहट, सर्लाही र महोत्तरीका मानिसले बज्जिका नै बोल्छन् । भाषाको आधारमा समाज हुने गर्छ र सामाजिक प्रकृतिले भाषागत प्रकृतिको नियमन गर्ने गर्छ । यस भाषाको प्रकृति मध्यममार्गी छ । संरचनाको दृष्टिले यसमा हिन्दीमा झै अयोगात्मकताको प्रवृत्ति छ । वर्ण द्वित्वीकरणको कारण यसको प्रकृति बलाघातप्रधान छ । बज्जिका यथार्थत: एउटा विकासोन्मुख भाषा हो ।
भारोपेली भाषाहरूको स्रोत वैदिक भाषा हो, जसको समानान्तर जनभाषा पनि वनफूलझैं विकसित हुँदै गरेको थियो । गौतम बुद्ध एवं वर्धमान महावीरले देववाणीको अपेक्षा जनवाणी (पाली–प्राकृत) मा आफ्नो धर्मोपदेश दिन धेरै उचित ठाने । वास्तवमा आधुनिक आर्य भाषाहरूको उद्भवभन्दा पहिले यस भूभागमा एउटै प्राकृतमा लेखन हुने गथ्र्यो । यसलाई प्राच्या, गामिल्ल, देसी भाषा, देसिल वयना, अवहट्ट, पूर्वी अपभैंश आदि नामले जानिन्थ्यो । सातौं आठौं शताब्दीमा रचित सिद्ध साहित्यमा जनपदीय भाषाहरूको आरम्भिक रूप पाउन थालिएको छ जसमा बज्जिका पनि एक हो—
ब्राह्मणो हि न जानंत हि भेउ । एवउ पढवउ वेउ ।।
मट्ठि पाणि कुस लई पढन्त । घर ही बइसी अग्गि हुणन्त ।।
कज्जे विरहई होमें । अक्खि डहाविअ कडुए धूमे ।।
—सरहपा (दोहाकोश)
अधिकांश सिद्धकवि बज्जि भूमिका थिए । ब्रजगीतिका, धर्मगीतिका, उक्ति व्यक्ति प्रकरण, देशी नाममाला, काव्यानुशासन, प्राकेत पैगलम, ब्रजडाक तन्त्र, वर्ण रत्नाकर, कीर्तिलता, कीर्तिपताका, पारिजातहरण आदि ग्रन्थहरूमा पूर्वी अपभ्रंशका क्रमश: विकसित रूप अवशिष्ट छ । भोजपुरी र मैथिलीको बीचको अवस्थितिको कारण बज्जिका स्वत: यसमा परिणित भइहाल्छ । एक ठाउँमा रहँदा–बस्दा यहाँको जनसमुदायले एक अर्काको रीतिरिवाजप्रति सम्मान जनाउँदै तिनमा रहेका उपयोगी पक्षको अनुकरण पनि गर्दै आएका छन् । आफ्नोपनको सुरक्षा गर्दै यहाँको जनताले सँगै बस्ने अर्को जातिका सांस्कृतिक र भाषिक मूल्य तथा मान्यताको संवद्र्धनमा सहयोग गर्दै आएका पनि छन् ।
जातीय सौहार्द, भाषिक सौहार्द र सांस्कृतिक सौहार्द यहाँको विशेषता हो । नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परम्परा र पहिचान नेपालको हो । समस्त नेपालीका पुर्खाहरूले सिर्जना गरेका संरचना र जीवनका उपलब्धि तथा उच्चताको लागि अनुसरण गरेका सांस्कृतिक धरोहरको महत्ताको ज्ञान नयाँ पुस्तालाई हुनु जति आवश्यक छ, त्यति नै त्यस्ता तत्त्वको संरक्षण संवद्र्धनप्रति संवेदनशील हुनु आवश्यक छ । त्यसो नभएमा जातीय तथा राष्ट्रिय गौरवका आधारभूत तत्त्व हराउने र पहिचान लोप हुने डर रहन्छ । यस क्रममा परम्परागत जातीय विरासत तथा सांस्कृतिक सम्पदाको र्‍हास हुन सक्ने सम्भावना व्यापकरूपमा देखिएको छ । नयाँनयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज र सांस्कृतिक विशाल वटवृक्षको जरामा आवश्यक मलजल पुग्न नसक्ने खतरा बढ्दछ । समयको गतिमा हिंड्न नसक्ने जीवनको उच्चतामा बाधक बन्ने चालचलन तथा संस्कृतिका नाममा चल्दै आएका आडम्बर रूढि, अन्धविश्वास र पछौटेपनका आधारहरू त समाप्त हुनै पर्दछ तर व्यावहारिक स्वच्छता, चारित्रिक उच्चता, सामाजिक सद्भाव र जातीय गौरवका विशिष्ट पहिचान भने हराउनु हुँदैन । जगेर्ना गर्नुपर्ने, पुस्तान्तरण गर्नुपर्ने, संरक्षण तथा संवद्र्धन गर्नुपर्ने सांस्कृतिक वैभव भनेका पनि यिनै कुरा हुन् । जुन जाति, समाज र राष्ट्रले यसको पहिचान गरी संरक्षण गर्न सक्तैन त्यो दु:खी हुनै पर्नेछ । आफ्नोपनलाई नबुझेर दु:ख पाउनु भनेको पूर्णरूपले विखण्डित हुनु हो । आफ्नोपनको व्यथा बुझेकाहरू मरिमेटेर सड्ढलन र संरक्षण गर्न लाग्छन् । निस्स्वार्थ रूपले लाग्दा पाइने दु:खमा पनि आफ्नै किसिमको आनन्द हुन्छ, जुन आनन्द प्रेमीको प्रतीक्षा गर्दा प्राप्त हुन्छ ।
पुर्खाहरूले काम लाग्ने ठानेर जोगाएका सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका कुरा पनि जोगाउनुपर्दछ । परम्परादेखि चल्दै आएका सबै चालचलन, व्यवहार, क्रियाकलाप, चाडबाड, विधि प्रविधि अन्धविश्वास मात्र हुँदैन । तिनको गहिरो अध्ययन भयो भने अनेकौं लोककल्याणकारी तत्त्व तिनमा पाइन सक्तछ । ओखतीमुलो इन्जिनियरिङका विविध पक्ष, कृषि प्रविधि, वन संरक्षणका उपाय, जलाधारका स्रोतहरूको दीर्घकालिक उपयोग, सांस्कृतिक सम्पदाको ज्ञान, सामाजिक मूल्यको चिनारीसमेत थुप्रै पक्षमा आज गम्भीर वैचारिक मन्थन गर्नुपर्ने बेला आएको छ । बज्रयानी सिद्ध सरहपा, गयाधर, दीपड्ढर श्री आदिको भाषा जनभाषा थियो । ब·ला, असमिया, उडिया, मगही, मैथिली र भोजपुरीको झैं बज्जिका पनि मागधी अपभ्रंशबाट बनेको हो । बज्रयानी सिद्धहरूका समय आठौंदेखि बार्‍हौं–तेह्रौं शताब्दी मानिएको छ । क्रमश: विकसित हुँदै गएर जनभाषा हिन्दी भाषाको सहगामी बन्न पुग्यो । बज्जिका भाषामा रामसुन्दर श्रेष्ठ, सञ्जय साह ‘मित्र’, सञ्जय सुदामा, हरिकृष्ण काफ्ले, मेश सर्मनलगायत साहित्यकारले रचना गर्ने गरेका छन् । बलचनमा (नागार्जुन), मैला आँचल (रेणु) आदिमा मिथिलाको जनजीवन पाइएझैं ‘माटी की मूरतें (बेनीपुरी), अम्बपाली (राजेश्वरप्रसाद नारायण सिंह) आदिमा बज्जिकाको जनपदीय सौन्दर्य अभिव्यञ्जित छ । गोरखापत्रको नयाँ नेपालमा प्रकाशित रचनाहरूलाई केलाउँदा यो स्पष्ट हुन्छ कि बज्जिका भाषाको स्वरूप अनेकौं क्षेत्रीय शैलीमा वनफूलझैं विकसित हुँदैछ । सञ्जय साह ‘मित्र’ गोरखापत्रको नयाँ नेपालको बज्जिका पातोको माध्यमबाट यसको मानकीकरण गर्ने सत्प्रयास गर्दैछन्, अझ मेहनतको आवश्यकता छ ।
आधुनिक बज्जिका साहित्यको लेखन, नेपालमा भर्खरै प्रारम्भ हुन थालेको छ । केही थान पुस्तक मात्र प्रकाशित हुन सकेको छ । केही राम्रा प्रतिभाहरू मेरो नजरमा छन् । जसले भाषाको महत्त्व बुझेको हुँदैन, त्यस्तो व्यक्ति लेखपढमा रमाउँदैन । त्यस्ता व्यक्तिलाई भाषा बाँचोस् कि मरोस् केही वास्ता हुँदैन । त्यस्तैलाई हामी जड भन्ने गर्दछौं । आफ्नो भाषा छ, संस्कृति छ । आफ्नो भनेको आफ्नै हो किन यसप्रति चिन्तित हुने ? यस्तो सोचाइ राख्नेहरू पनि छन् । थाहा छैन, उनीहरू कसको ताबेदारी गर्दैछन् । जसलाई थाहा छ, उसले आफ्नो भाषालाई माया गर्छ, संस्कार पालन गर्छ । ऊ समयको ढुकढुकीसँगै संस्कृति टिकाउँछ । लोकको बीचबाट सम्मुनत संस्कृति बाहिर ल्याउँछ । यस्तै व्यक्तिलाई लोकनायक भनिन्छ । आज समयले बज्जिको पहिचान गराउने, संस्कार टिकाउने, भाषा उच्च बनाउन चाहेको छ । यो कार्य भनेजति सजिलो पनि छैन । संस्कार–संस्कृतिहरू आपसमा मिसिएका छन्, जेलिएका छन् । जीवन जसरी गतिशील हुँदै जाँदैछ, त्यसैगरी बज्जि संस्कृति–संस्कार पनि स्वत: पहिचान बनाउँदै छ । जीवन आरम्भ हो, सम्बन्ध हो, जसले भिन्नलाई मिलाएर अभिन्न भएको छ । नर र नारीको मायाले गुमाएको होइन, नयाँ प्राप्ति गरेको छ । समय भनेको सिर्जना गर्नको लागि हो । सिर्जना गर्न चुक्यो कि समय सकिन्छ । यसैलाई हामी आयु भन्दछौं ।
जीवनमा अवलम्बन गर्नुपर्ने परम्परागत आचारविचारका कुरा वैज्ञानिक आधार र प्रामाणिकरूपमा सिद्ध गरेर समय सापेक्ष ध्यान पुर्‍याउनु अतिकै जरुरी छ । जान्नेलाई चन्दन न जान्नेलाई खुर्पाको बिँड भनेजस्तै चन्दन र खुर्पाको बिँडबीच अन्तर खुटयाउनु पनि आज आवश्यक भएको छ । यिनै कुराप्रति विचार गर्दा इतिहासमा गौरवपूर्ण स्थान रहेको तर हराएको बज्जिलाई वर्तमानमा खोज्ने प्रयास मात्र हो यो । यो त्यो प्रयासको दस्तावेज हो । यस पवित्र कार्यमा संलग्न सबैजनालाई धन्यवाद भन्न चाहन्छु । विशेषगरी बज्जिका भाषी र गैरबज्जिका भाषी बौद्धिक जमात, जागरुक युवा, यसको महत्त्व बुझ्ने जनसमुदाय तथा अनुभवी लेखकहरूप्रति आभार व्यक्त गर्नु जरुरी छ । यो लेखन थालनी मात्र हो । बज्जिको जीवनसित सम्बद्ध संस्कृति, भाषा, कला, विश्वास, चालचलन, साहित्य, रहनसहन, खानपान, साजसज्जा, चित्रकला, बाजागाजा, चाडबाडजस्ता विविध कुराको खोजी गरी अगाडि ल्याउने काम बाँकी नै छ । बज्जिका साहित्यको ऐतिहासिकता रेखाड्ढित गर्ने काम सबभन्दा पहिले डा.अजितनारायण सिंह तोमर (बज्जिका भाषा और साहित्य, १९६४) ले गरे । डा. सियाराम तिवारीले भक्तकवि हलधर दासको काव्यकृति ‘सुदामा चरित्र’ को सम्पादितरूप प्रकाशित (१९६६ ई.मा) गरेर यस प्राचीन साहित्यको उद्धार प्रारम्भ गरे । बज्जिकाको भक्ति साहित्यको सर्वेक्षणको क्रममा सन्त बुनियनद दास एवं उनका निर्गुण भक्तिमूलक काव्य ‘राम जग उत्पत्ति’, योगेश्वरानन्द, कर्ताराम, धवलराम, शिवनारायण, जीवनराम रघुनाथ, अक्षय कुमार, नन्दुराम, मुरलीधर तिवारी, जीवनराम, टेकमनराम, रामरूप दास, भैरव राय, महेश राउत, रामलखन पण्डित आदिको भाषा–साहित्यको जानकारी पाइएको छ । नेपालमा बज्जिका–साहित्यको इतिहास लेखनको कार्य प्रारम्भ मात्र भएको छ । प्रारम्भ भएको जानकारी गराउने काम मात्र यसले गरेको छ ।
– गौर—८/रौतहट, हाल काठमाडौं—३४
(स्रोत : प्रतीक दैनिक पत्रिका)
http://sahityasangraha.com/2017/09/12/%e0%a4%ac%e0%a4%9c%e0%a5%8d%e0%a4%9c%e0%a4%bf-%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%95%e0%a4%be/

लोकदेवता गणिनाथ गोविन्द जयन्ती

संस्कार परिचय : लोकदेवता गणिनाथ गोविन्द जयन्ती

~अज्ञात~
नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ ।
मध्यकालीन भारतमा जब जादु, टुना र डाइनी जोगिनको प्रकोप निकै बढेको थियो र अन्धविश्वासले अन्धकारमय युग हुन लागेको थियो त्यस अवस्थामा, त्रिलोकीनाथ, महादेव बाबाका अनन्यभक्त मनसाराम र उनकी निःसन्तान अर्धाङ्गनिी पुनमतिया शिलादेवी सन्तान प्राप्तिको लागि निकै लालायित थिए । मनसाराम दम्पतीको भक्तिले प्रसन्न भएर अघोरदानी जनकल्याणकारी महादेव बाबा स्वयं तीन दिनको नवजात शिशु बनेर कृष्णाष्टमी शनिबारको दिन मध्यान्ह एउटा पीपलको रूखमुनि भेट्टाइनुभएको थियो । मनसारामले भगवान् भोले शङ्करको प्रसाद सम्झेर नवजात शिशुलाई आफ्नो घरमा ल्याएर पालनपोषण गरेका थिए । त्यो ठाउँ भारतको बिहार राज्यको वैशाली जिल्लाअन्तर्गत हाजीपुरदेखि पचीस किलोमिटर पूर्व गङ्गानदीको तटमा पलबैया नामक ठाउँमा पर्दथियो ।
त्रिलोकीनाथ भोले शङ्करको अँशको रूपमा अवतरित गणिनाथ पाँच वर्षकै बाल्यकालमा अनेक लीला प्रदर्शन गर्न थालेका थिए र त्यसैक्रममा एक दिन घरबाट निस्केर यत्रतत्र घुम्दै विक्रमशिला विश्वविद्यालयमा पुगेर उच्चशिक्षा प्राप्त गर्नुभएको थियो । उहाँ वेद उपनिषद्, रामायण र महाभारत आदिको साथै दर्शन, सैन्य विज्ञान, आयुर्वेद, राजनीतिशास्त्र एवं इतिहासको गहिरो अध्ययन गरी त्यसमा दक्षता प्राप्त गर्नुभएको थियो । उहाँले आश्विन पूणिर्माको दिनमा आयुर्वेद विद्याद्वारा एउटी बाँझी गाईबाट दूध दुहाएर खीर बनाई गाउँलेहरूमा वितरण गराएको उल्लेख पाइन्छ । त्यसले निकै टाढाटाढासम्म उनको प्रसिद्धी भएको थियो । पलबैयाको राजा धर्मपालको एकमात्र छोरा परशुरामको सर्पदंशले अकाल मृत्यु हुन गएर निकै कोलाहल मच्चिएको थियो र कुनै उपाय नदेखेर जब अन्त्यमा दाहसंस्कारको लागि मसानघाटतिर लैजाने तयारी हुन लागेको थियो, त्यो कोलाहल सुनेर बाबा गणिनाथले त्यसलाई रोकेर नजिकैको झाडीबाट एउटा वनौषधि ल्याएर दिए । त्यो लगाउनासाथ राजाको छोरा पुनर्जीवित भए । त्यस घटनाले राजा निकै खुसी भएर आफ्नो राज्यको आधाभाग चौध सय बिघा भूमि बाबालाई चढाइदिनुभएको थियो ।
असमको कामरूप कामख्याको नैनामैना जोगिनको जादु-टुनाको प्रकोप मिथिलाञ्चलसम्म पुगेकोले पीडितहरू त्राहिमाम् थिए । सिद्धसन्त बाबा गणिनाथ असमको यात्रा गरेर कामरूप कामाख्यामा योगासिद्धी गरी नैनामैनालाई गुणरहित बनाएर लाखौँ मानिसहरूलाई भय र आतङ्कबाट मुक्त गर्नुभएको थियो । पलबैयाका मान साह र पुण्यवतीदेवी समेतका दम्पतीद्वारा पालित क्षेमावती पार्वतीकी अवतार थिइन् । लोकतारक बाबा गणिनाथ राजा धर्मपालद्वारा प्राप्त भूमि संरक्षणको लागि क्षेमावतीको साथ वसन्त पञ्चमीको शुभदिनमा परिणय सूत्रमा बाँधिनुभएको थियो । दाम्पत्य जीवनमा उहाँले रामचन्द्र राय र श्रीधर राय तथा शिलमती र सोलमती पछि कनिष्ट सुपुत्र गोविन्दजी पाँचौँ सन्तान थिए । गोविन्दजी साक्षात् विष्णुको रूपमा भाद्रकृष्ण अष्टमी शनिबारको मध्यान्हमा अवतरित हुनुभएको थियो र बडो प्रतापी हुनुहुन्थ्यो तर पण्डितहरूले अनेक अनिष्ट हुने बताएर नवजात शिशुलाई एउटा बाकसमा राखेर गङ्गानदीमा बहाउन लगाएका थिए । दुष्टहरूका अनेक दुष्कर्मको बाबजुद पनि उहाँ सकुशल बाँच्नुभयो । त्यसपछि मातापिताद्वारा उहाँको लालनपालन भयो र दस वर्षकै बाल्यकालमा उहाँ घरबाट निक्लेर सन्न्यास लिनुभएको थियो । बालबम्हृचारी गोविन्दजी शास्त्र, शस्त्र र तन्त्र तीनै विद्यामा निपुर्ण हुनुहुन्थ्यो । उहाँले महोत्तरीको पडौल गाउँस्थित कारी बाबालाई बन्धनमुक्त गराउनुको साथै बाबा गणिनाथद्वारा बन्धनमा राखिएकी नैनामैनालाई गुणहीन बनाएर समाप्त पार्नुभएको थियो ।
त्यसैगरी मुसलिम सुल्तानद्वारा हिन्दू मठ-मन्दिरहरू तोडिँदै सोनपुरस्थित हरिहरनाथ मन्दिरको लुटपछि हाजीपुरदेखि पूर्व विदुपुर नजिकको केदलीवनमा गोविन्दजीले मुसलिन आक्रमणकारीहरूको छक्का छोडाउनुभएको थियो । त्यसबेला घमासान युद्ध भएको थियो र त्यसमा उनका दिदीहरू शिलमती र शोलमतीले पनि ठूलो योगदान पुर्‍याई वीराङ्गना सिद्ध भएका थिए । गोविन्दजीको तीरले मुसलमान नायक घाइते भएको थियो । शरणागत भई देहत्याग गरेको थियो । हाजीपुरको केदली वन आज पनि गङ्गा नदीको किनारमा कयौँ किलो मिटरमा फैलिएको छ ।
साम्राज्यवादी शक्तिलाई परास्त गरी पलवैयालाई स्वतन्त्र बनाएपछि बाबा गणिनाथ गोविन्द बाबाको गाथा यश र कृति टाढाटाढासम्म फैलियो । बाबा गणिनाथ एक महान् वैद्यराज थिए । उनले बारा जिल्लाको सिमरौनगढको कुष्टरोगी सरयुग साहलाई निको पारेपछि उनका दुईवटै छोराहरू परुकुराम र दयाराम जो पितालाई निको पार्न धेरै कष्ट भोगेर पनि असफल भएका थिए, बाबा गणिनाथले निको पारेपछि दुवै दाजुभाइ शिष्य बनेर बाबाको महिमागानमा लागेका थिए ।
त्यसपछि बाबा गणिनाथले एउटा विद्वत्-सभा आमन्त्रित गरेका थिए । त्यसमा ९३४ गाउँका मानिसहरू पुगेका थिए र बाबा गणिनाथ समेतका ९३५ ठाउँका मानिसहरू रहेकाले ती सबैको डिह (गोत्र) सगोत्रीय मानिए र उनीहरू बीचमा विवाद नहुने परम्परा आजसम्म कायम छ, जो निकै समाजोपयोगी मानिन्छ ।
बिहारको वैशाली जिल्लाअन्तर्गत हाजीपुरदेखि पूर्व धर्मपुर राजपलवैयामा गंगा नदीको तटमा चौधौँ शताब्दीमा बनाइएको बाबा गणिनाथ गोविन्द भगवान्को प्राचीन मन्दिर १९९९ साल (सन् १९४२) को बाढीमा गङ्गा नदीमा काटिएकोले अर्को मन्दिर निर्माण गरिएको थियो तर त्यो पनि २०४९ सालको बाढीमा ध्वस्त भएपछि अब अलि उत्तरपूर्वको आमको बगैँचामा २०६२ सालमा पाँचौँ मन्दिर बनाइएको छ । त्यस ठाउँमा अब एउटा विशाल मन्दिर र धर्मशाला निर्माणको योजनाअनुसार काम भइरहेको छ । पलवैयाको त्यस पवित्र ठाउँमा हरेक वर्ष कृष्णाष्टमी शनिबार भएमा त्यसै दिन अथवा त्यसपछिको पहिलो शनिबारको दिन गणिनाथ गोविन्द जयन्ती महोत्सव बडो धुमधामको साथ मनाइन्छ । वि.स.ं २०६५ भाद्र १४ गते १२५८ औँ गणिनाथ गोविन्द जयन्ती समारोह बडो भव्यताका साथ आयोजना गरिएको थियो । पलवैयामा एक लाखभन्दा बढीको भीड लागेको थियो ।
बाबा गविनाथ गोविन्द भगवान्ले सर्व जन हिताय काम गर्नुभएकाले सबै जातजातिद्वारा कुल देवताको रूपमा पुजित हुनुभएको छ । मध्यदेशीय कानुर हलवाइको साथै ब्राहृमण, राजपुत, तेली, सुडी, कलवार, रौनियार, सोनार, कोइडी, लहेडी र डोमसम्मका घरमा कुलदेवताको रूपमा पुजित हुने गरेकाले नै बाबा गणिनाथ गोविन्दलाई लोकदेवता मानिएको हो ।
त्यसैले नेपालको जनकपुरधाम, विराटनगर, वीरगञ्ज, जलेश्वर आदि ठाउँहरूमा उहाँको मन्दिर बनाइएको छ र ती ठाउँहरूका साथै अब त राजधानी काठमाडौँमा पनि वि.सं. २०५३ सालदेखि बर्सेनि नेपाल मध्यदेशीय वैश्य सेवा समितिद्वारा पुजनोत्सव मनाइन्छ । त्यसैगरी इनरुवा, राजविराज आदि ठाउँहरूमा पनि हरेक वर्ष जयन्ती महोत्सवको आयोजना गरिन्छ ।
त्यसैगरी भारतको विहार झारखण्ड, उत्तरप्रदेश, उत्तराखण्ड, दिल्ली, हरियाणा, मध्यप्रदेश, छत्तीस गढ, उडिसा, पश्चिम बङ्गाल र असमसमेतका प्रान्तहरूका सयौँ ठाउँहरूमा बाबा गणिनाथ गोविन्द भगवान्को जयन्ती ठूलो श्रद्धा र भक्तिपूर्वक मनाउँछन् । नेपालमा लाखौँ परिवारका कुलदेवताको रूपमा पुजित बाबा गणिनाथ गोविन्दको जयन्तीमा सबै पलबैया जान नसक्ने भएकोले नै वि.सं. २०२९ साल चैत्र २५ गते जनकपुरधामदेखि एक किलोमिटर दक्षिणमा रहेको लादोबेला गाउँको दूधमतीको तटमा रमदैया निवासी सय वर्ष नाघेका रामलोचन साहको संयोजनमा एक सभाको आयोजना भएको थियो र सबैको सहमतिले वि.सं. २०३० सालको गङ्गा दशहराको दिन बाबाको मन्दिर बनाउन थालनी भएको थियो ।
बाबा गणिनाथ गोविन्द भगवान्को मन्दिरमा बाबा गणिनाथ र क्षेमावती माताको साथै गोविन्द बाबाको मूल तीन पुस्ता छन् । त्यसका साथै बाबा गणिनाथको जेठो सुपुत्र रामचन्द्र राय र माहिलो श्रीधर राय तथा बुहारीहरू चतुरा कन्या र बिजली बहुरीया तथा छोरीहरू शिलमती र शोलमती तथा नातिहरू चक्रपाणि, नीलकण्ठ, जगन्नाथ बौद्धश्रापत र साहेब रायका छुट्टाछुट्टै पुस्ताहरू राखिएका छन् । उहाँका सम्पूर्ण परिवारका १४ जनाका पुस्ताहरू रहेकोले चौदह देवान भनिन्छ । त्यसको साथै अगाडिमा हनुमानजीको ध्वजापताका छ र नित्य पुजन हुन्छ । जयन्ती महोत्सवको अवसरमा मन्दिर अगाडि बाबा बालखण्डीको धुनी लगाइन्छ र त्यसको विभूतिले अनेकनको दुःख दर्द समाप्त हुन्छ र कतिपय निःसन्तानले सन्तान पनि प्राप्त गरेका किंवदन्तीहरू छन् । त्यस अवसरमा टाढाटाढाबाट पुगेका भगतीयाहरूले गरेका झुमरले लोकसंस्कृतिलाई झल्काउँछ ।
जयन्तीको अघिल्लो दिन शुक्रबारको साँझ देवताहरूलाई निमन्त्रणा गरिन्छ र शनिबार बिहान कलश यात्रा हुन्छ र त्यसपछि मध्यान्हमा बाबा गणिनाथ गोविन्दको पुजनोत्सवमा केरा, चिउरा, फलफूल, पान, सुपारी, नरिवल, खीर, अमधुर, धूप, अगरबत्ती, कपुर आदि चढाउनुको साथै दुई ठाउँमा बारीमा दूध राखिन्छ । त्यसैगरी बाबालाई धोती, मातालाई साढी र गोविन्द बाबालाई कोपिनको कपडा चढाई मन्दिरलाई निकै आकर्षक बनाइएको हुन्छ ।
(स्रोत : मधुपर्क २०६६ साउन) http://sahityasangraha.com/2018/04/26/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%a3%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%97%e0%a5%8b%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/