स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Sunday, January 30, 2022
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक २५ गते २०७८ को अंक १६
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक २५ गते २०७८ को अंक १६
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक १८ गते २०७८ को अंक १५
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक १८ गते २०७८ को अंक १५
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक ४ गते २०७८ को अंक १३
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक ४ गते २०७८ को अंक १३
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज २१, २०७८ गतेको अंक ११
Monday, September 27, 2021
Sunday, September 26, 2021
शायरी
तेरे ख्याल से खुद को छुपा के देखा है,
दिल-ओ-नजर को रुला-रुला के देखा है,
तू नहीं तो कुछ भी नहीं है तेरी कसम,
मैंने कुछ पल तुझे भुला के देखा है।
Tuesday, August 31, 2021
कृष्णावतार नाटक सुगा महोत्तरी
Description :
भगवान विष्णु र माता लक्ष्मीको कृपा पाउनको लागि श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । भगवान कृष्ण नै भगवान विष्णुको अवतार हुन् । यसको अलावा भगवान कृष्णको ध्यान, व्रत र पूजा गर्दा भक्तलाई विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । भगवान कृष्णको दाजू बलरामजी को पालन पोषण पनि नन्दबाबाको घरमा भएको थियो । वासुदेव जी को एक पत्नी थिइन रोहिणी जसको पुत्र बलराम जी महाराज थिए । कंशले देवकीलाई वासुदेवको साथ जेलमा राखे भने रोहिणीलाई नन्द बाबासँग पठाइदिए । वैष्णव पन्थलाई मान्ने हिन्दु धर्मका उपासकले भगवान कृष्णलाई आफ्नो आराध्य मान्ने गर्दछन् । आराध्य लाई सम्झनको लागि उनको जन्मोत्सव मनाउने गर्दछन् ।
जन्माष्टमीमा के चढाउने ?
त्व देवां वस्तु गोविंद तुभ्यमेव समर्पयेति !! यो मन्त्रको साथमा भगवान कृष्णलाई भोग लगाउनु पर्दछ । भोगको लागि मखन, मिश्री, दूध, धीउ, दही र मेवा महत्वपूर्ण मानिन्छ । पूजामा पाँच फल पनि चढाउन सक्नुहुन्छ ।
पूजा विधि
जन्माष्टमीको दिन व्रतालू विहान स्नान गरेर ब्रम्हा आदि पञ्च देवतालाई नमस्कार गरेर पूर्वा या उत्तर मुख भएर आसन ग्रहण गर्नुहोस् । हातमा जल, पुष्प लिएर व्रतको संकल्प यो मन्त्र उच्चारण गर्दै गर्नुहोस् ।
“मम अखिल पाप्रशमनपूर्वक सर्वाभीष्ट सिद्धये श्री कृष्ण जन्माष्टमी व्रत करिष्ये ।”
यसपछि बालक रुप श्रीकृष्णको पूजा गर्नुहोस् । मुहूर्तमा श्रीकृष्णलाई श्रृंगार गरेर विधिवत पूजा गर्नु पर्दछ । बाल गोपाललाई कोक्रोमा हल्लाउनुहोस् । प्रातः पूजनपछि दिउसो राहु, केतु, क्रूर ग्रहको शान्तिको लागि कालो तिल मिश्रित जलले स्नान गर्नुहोस् । यसले तिनको कुप्रभाव कम हुने गर्दछ ।
यो मन्त्र जप गर्नुहोस्
विहान श्रीकृष्णलाइ पुष्प अर्पित गर्दै- ‘धर्माय धर्मपतये धर्मेश्वराय धर्मसम्भवाय श्री गोविन्दाय नमो नम:।' मन्त्र जप्नुहाेस्र । त्यसपछि चन्द्रमा उदाएपछि- ‘ज्योत्सनापते नमस्तुभ्यं नमस्ते ज्योतिषामपते:! नमस्ते रोहिणिकांतं अघ्र्यं मे प्रतिग्रह्यताम!' मन्त्र जप्नुहाेस् । राति कृष्णा जन्मपूर्व- ‘ऊं क्रीं कृष्णाय नम:' मन्त्र जप गर्नुहाेस् ।
Friday, August 27, 2021
Thursday, August 26, 2021
Monday, August 24, 2020
देशको खाद्यान्न भकारी प्रदेश २
Wednesday, July 22, 2020
Wednesday, June 17, 2020
भर्चुअल कक्षाको लागि प्रचारप्रसार गरिदै
महोत्तरी समाचारदाता
जलेश्वर, असार २ गते । सरकारले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शुरु गरेको भर्चुअल कक्षामा महोत्तरीका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पहुँच पुरयाउन शिक्षा समन्वय र स्थानीयतहहरु लागिपरेका छन् ।
असार १ गतेदेखि विभिन्न टेलिभिजन तथा रेडियोबाट शुरु भएको भएको सो कक्षाहरुमा विद्यार्थीहरुको पहुँच पु¥याउन अभिभावक तथा विद्यार्थीहरुमा सुचना पु¥याउन आफुहरु लागिपरेको शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुख शत्रुधन यादवले बताउनुभयो ।
उहाँले महोत्तरी जिल्लाको ८४ वटा विद्यालयमा सुचना प्रविधिको पहुँच पुगिसकेको जानकारी दिनुहुदै आफुहरुले विद्यालय, अभिभावक तथा विद्यार्थीहरुलाई सुचना प्रविधिको माध्यमबाट शिक्षण सिकाईको फाइदा लिन समन्वय गरिरहेको बताउनुभयो । कतिपय विद्यालयहरुमा यसको अभाव भएकोले विद्यालय तथा स्थानीयतहहरुलाई समन्वय गर्न आग्रह गरिरहेको जानकारी दिनुहुदै लकडाउनको अवधिमा हामीले विभिन्न विद्यालयहरुसंग ६ पटक जुम मिटिँग समेत गरेको जानकारी दिनुभयो ।
अधिकाँश विद्यालयहरुमा क्वारेन्टाइन राखिएको तथा सबै विद्यार्थीहरुसंग टिभी र इन्टरनेट अभाव रहेको कारणले केही समस्या देखिएको बताउनुहुदै आफुहरु यसको लगत संकलन गरेर विकल्पको खोजी गर्ने जानकारी दिनुभयो ।
उहाँले जिल्लाको अधिकाँश माध्यमिक विद्यालयहरुलाई कम्प्युटर, इन्टरनेट जडानको लागि साढे ६ लाख दिएको जानकारी दिनुहुदै उहाँले कतिपय विद्यालयहरुमा कम्प्युटर शिक्षक अभावमा केही समस्या भएपनि भर्चुअल शिक्षाको लागि समस्या नरहेको दावी गर्नुभयो । कतिपय विद्यालयहरुले कम्प्युटर जानेका शिक्षकहरुबाट काम गर्ने गरेका छन् भने अधिकाँश मावितहमा स्थानीयतहहरुले कम्प्युटर शिक्षकको व्यवस्थापन गरेको उहाँको भनाई थियो ।
त्यसैगरी जलेश्वर नगरपालिकाका शिक्षा शाखाका अधिकृत जयकुमार साहले बैकल्पिक शिक्षाको सहजीकरणको लागि सरकारले शुरु गरेको टिभी रेडियो कार्यक्रमबारे प्रचारप्रसार भइरहेको जानकारी दिनुभयो । उहाँले घरमा इन्टरनेट र टिभी नभएका विद्यार्थीहरुको लगत संकलनको काम पनि भइरहेको जानकारी दिनुभयो ।
महोत्तरी जिल्लामा बाहिरबाट आउनेहरुको लागि तयार गरिएको क्वारेन्टाइनहरु अधिकाँश विद्यालयमा राखिएका छन् । जिल्लामा रहेको ९२ वटा क्वारेन्टाइनहरु मध्ये ६ दर्जनभन्दा बढी क्वारेन्टाइन विद्यालय र मदरसामा नै छन् । कति विद्यालयहरुमा क्वारेन्टाइन राखिएको छ भन्ने कुनै तथ्याँक शिक्षा समन्वय इकाईसंग नभएपनि स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना कोभिड १९ हेर्नुहुने फोकलपर्सन गिरेन्द्रकुमार झाले ६ दर्जनभन्दा बढी क्वारेन्टाइन विद्यालय, मदरसा र क्याम्पसमा रहेको बताउनुभयो ।
जलेश्वर नगरपालिमामा २७ वटा, सम्सी गाउँपालिकामा ४ वटा विद्यालय र ८ वटा मदरसामा १२ वटा, भंगहा नगरपालिकामा ११ वटा, गौशाला नगरपालिकामा ११ वटा रामगोपालपुरमा ८वटा, मनरामा ६ वटा बलवामा ४ वटा, औरहीमा २ वटा, मटिहानीमा ४ वटालगायतका सबै स्थानीयतहहरुमा क्वारेन्टाइन विद्यालयमा बनाइएको फोकल पर्सन झाले बताउनुभयो ।
Friday, March 13, 2020
परिक्षा समयमै विद्यालयमा भोज
Thursday, March 12, 2020
उपचार अभावमा समस्या झेल्दै एक किशोरी
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २९ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. १२ नैन्ही बस्ने शिवजी ठाकुर बरहीको १७ वर्षिया छोरी मन्जु बरहीको दैनिकी तिनवर्षदेखि ओछयानमै बितिरहेको छ । उनी दैनिक कार्य समेत गर्न नसक्ने स्थितीमा छन् । उपचार अभावमा उनको कम्मरदेखि मुनिको भाग नचल्ने अवस्थामा रहेको कारणले यस्तो नियती बनेको बताउँदै उपचार गराउन सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन् ।
तिन वर्ष अगाडी धनुषा जिल्लाको मुजेलियास्थित मामाघर पुगेका उनी छठको लागि घर लिपपोत गर्न माटो ल्याउने क्रममा माटोको ढिस्को उनको कम्मरमा खसेको थियो । ढिस्कोेले घाइते भएकी उनलाई उपचारको लागि लगिएको र चिकित्सकले तत्काल बेल्ट लगाउनुपर्ने बताएपनि रकम अभावमा उपचार नहुँदा अहिले उनी पुरै थला परेकी छिन् । आमाको स्याहार, सुसार र व्यवहारले अहिलेसम्म आफ्नो दैनिक कृयाक्लाप भइरहेको बताउँदै आफुु पहिलाजस्तै आफ्नो काम गर्न चाहेको बताइन ।
पैसा अभावमा उपचार हुन नसक्दा अहिले उनको खुट्टामा घाउ फैलिएको छ । मन्जुकी आमा शैल देवीले भगवानले चाहने हो र मनकारी व्यक्तिहरुले सहयोग गर्ने हो भने मेरी छोरी ठिक भएर हिडन सक्ने बताउनुहुदै सबैलाई सहयोगको अपिल गरिन । छोरीलाई बिहे गर्ने सपना देखेकी उनले ति सपना तुहिएको बताउनुहुदै सपनालाई पुरा गरिदिन सबैसंग आग्रह गरिन् ।
एक छोरा र एक छोरीकी आमा शैलदेवीले पति र छोरा राम्रो नभएकै कारणले छोरीले उपचार नपाएको गुनासो गर्दै आफुले मात्रै अहिलेसम्म छोरीको हेरचाह गरेको बताइन । पतिले फर्निचरको काम गर्ने गरेको तर सबै पैसो रक्सीमा उडाउने गरेकोले छोरीको उपचार नभएको बताउँदै आफु कसरी उनको उपचार गराउने भन्दै उपचारको लागि सहयोग गरिदिन आग्रह गरिन् ।
स्थानीय पार्वती देवीले राम्रो र काम गर्ने छोरी पाए पनि उपचार अभावमा उनी तिनवर्षदेखि ओछयानमै विताउनु परिरहेको बताउनुहुदै उनलाई उपचारको लागि नगरप्रमुख, वडाध्यक्ष सबैलाई गुहारे पनि कोही पनि सहयोग नगरेको बताइन । उनले आफुहरुले चन्दा उठाएर पनि सहयोग गर्ने वताएपनि त्यसले उनको उपचार सम्भव हुने÷नहुने वताउनुहुदै उनको उपचार हुने हो भने ठिक हुने विश्वास गरिन् । उनले भनिन्,‘उनको बुबाले उनको जिन्दगी खराब गरेको छ, शुरुमै कहिँकतैबाट उपचार गरेको भए हुन्थ्यो तर सबै पैसा रक्सीमा उडाउँछ तर छोरीको उपचार गराउँदैन ।’
सोही ठाउँकी इन्द्रकला देवीले पतिले रक्सी खाने, मारपिट गर्ने तर छोरीको उपचार नगराउने गरेको बताउँदै एक्लै महिलाले कसरी उनको उपचार गराउने भन्दै उपचारमा सबैलाई सहयोग गरिदिन आग्रह गरिन् ।
सो वडाका वडाध्यक्ष रामतपेश्वर ठाकुरले आफुले उनको उपचारमा सहयोग हेतुले नगरप्रमुखदेखि अन्यलाई पनि अवगत गराइसकेको जानकारी गराउनुहुदै पहिलाको मुखियाभन्दा पनि कम आफुहरुको अधिकार भएकोले सहयोग गर्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले कम्बललगायतका सानो सानो सहयोग गरे पनि उनलाई उपचार चाहिएकोले उनको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।
ओरेक नेपालका महोत्तरी अधिकृत लिला दियालीले आफुहरुलाई पनि जानकारी भएको बताउनुहुदै उनलाई सहयोगको लागि आफुहरुले पहल गर्ने बताउनुभयो । स्वास्थ्य उपचार पाउनुपर्ने संविधानले मौलिक हकमा व्यवस्था गरेपनि रकम अभावमा उपचार नपाउनु दुर्भाग्य भएको बताउनुहुदै यसमा सबैले हातोमाले गरेर अगाडी बढनुपर्ने उहाँको भनाई थियो ।
दलित अधिकारप्रति प्रदेश सरकार गम्भिर ः सामाजिक विकास राज्यमन्त्री शर्मा
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २९ गते । प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रदेश सरकार दलितहरु प्रति जिम्मेवार र गम्भिर रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल राष्ट्रिय दलित कल्याण संघ महोत्तरी शाखाले नेपालमा जातीय विभेद विरुद्ध विश्वव्यापी आवधिक समिक्षा सिफारिसको कार्यान्वयन अवस्थाको बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश नं. २ सरकारले अन्य प्रदेशले कल्पना पनि नगरेको समयमा दलित सशक्तिकरण ऐन, प्रहरी प्रदेश ऐन तथा महिलाहरुलाई ५० प्रतिशतको आरक्षणको व्यवस्था दिने गरी कानुन ल्याएको बताउनुहुदै प्रदेश सरकार यसप्रति गम्भिर रहेको बताउनुभयो ।
उहाँले संघीय सरकारले ल्याउने गरेको राष्ट्रिय अभियानहरु प्रदेश सरकारलाई कमजोर गर्ने गरी ल्याइने गरिएको दावी गर्नुहुदै सबैलाई एकजुट भएर लाग्नुपर्ने वताउनुभयो । उहाँले यो प्रदेशमा नै सबभन्दा गरिबी, शिक्षामा कमजोर, स्वास्थ्य तथा विकासको क्षेत्रमा कमजोर रहेपनि संघीय सरकारको राष्ट्रिय अभियानले समस्या ल्याउने गरेको बताउनुभयो । उहाँले सरकारले केही दिन भित्रै नेपाल साक्षर घोषणा गदैछ तर प्रदेश २ का दलितहरु ८ प्रतिशत मात्रै साक्षर रहेको यसको उदाहरण रहेको प्रष्ट गर्नुभयो ।
उहाँले आफुले एकपल्ट शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई मोबाइल चलाउन जान्ने, उठाउन जान्ने साक्षर हो भने प्रदेश २ का मानसिक स्थिती विग्रेका बाहेक सबै साक्षर रहेको भन्दिए पुग्ने बताउनुहुदै साक्षर भए÷नभएको उदाहरण बैंकमा पुग्दा थाहा हुने दावी गर्नुभयो । प्रदेश सरकार शिक्षामा बढोत्तरीकै लागि छोरी बचाउ, छोरी पढाउ जस्ता अभियान ल्याएको बताउनुहुदै उहाँले सामाजिक स्तर उठान नभएसम्म राष्ट्रिय अभियानहरु कागजमा मात्रै सिमित हुने वताउनुभयो ।
सामाजिक रुपान्तरणको दिशामा प्रदेश सरकार लागिपरेको बताउनुहुदै उहाँले दलितको सवालमा मात्रै नभए नेपाल सरकारले गरिरहेको विभेदको कुरामा पनि आवाज उठाउन सबैसंग आग्रह गर्नुभयो ।
उहाँले संघीय सरकारले समग्र बजेटको ७० प्रतिशत आफुसंग राख्ने तथा १७ प्रतिशत स्थानीयतहलाई र १३ प्रतिशत मात्रै प्रदेश सरकारलाई दिने गरेको बताउनुहुदै अहिले नै यससम्बन्धमा आवाज नउठाइए संघीयता कमजोर भएर जाने दावी समेत गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता विकरु यादवले संविधानको धारा २९ मा शोषण विरुद्धको हकको व्यवस्था गरिएको छ तर अहिले पनि हरुवा, चरुवा, हलिया, बालिघरे आदि नाममा दलितमाथि शोषण हुने गरेको जानकारी गराउनुहुदै धारा १६ ले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ को स्वतन्त्रता सम्बन्धी हक तथा धारा १८ को सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने उल्लेख गरिएपनि दलितहरुले यी अधिकार सहजै उपयोग गर्न नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष विक्रम पासमानको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, राजपा नेपाल महोत्तरीको संयोजक मण्डलका सदस्य श्याम यादव, नेकपाका जिल्ला सदस्य अरविन्द साह, महिला अधिकारकर्मी गिता दासलगायतकाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
Wednesday, February 26, 2020
कचिङ्गलको भुमरीमा २ नम्बर प्रदेश !
प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले २ वर्ष पूरा गर्यो । यस प्रदेशको समृद्धिले नै मुलुकमा संघीयता टिक्ने वा नटिक्ने बयानबाजी जारी छ । यसबीच सरकारका आउँदा दिनहरू एकदमै असहज हुने संकेत देखिन थालेको छ ।
प्रदेश २ मा राउत सरकार समाजवादी र राजपाको गठबन्धनको हो । गठबन्धनभित्रको खटपट सतहमा नदेखिएपनि राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपाबीचको चुनावी तालमेलले राउत सरकार संकटमा फसेको देखिन्छ । तर, बेलाबेलामा चल्ने सत्तासीन दल समाजवादी र राजपाको एकीकरणको चर्चाले भने राउत राहत महसूस गर्छन् ।
मुख्यमन्त्री राउतले आफ्नो सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दाबी गरेपनि आर्थिक मामिलासँग जोडिएको केही सवालमा भने सरकार नराम्ररी फसेकोे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण खर्च समयमै सार्वजनिक नगरेर आलोचना खेपिरहेको राउत सरकार गत आर्थिक वर्षको ८६ करोड रूपैयाँ भुक्तानी झमेलामा फेरि तानिएको छ ।
त्यसैले विगतमा सरकारका कामकारवाही, प्रगति तथा प्रस्तुतिलाई समीक्षा गर्दै वर्तमानमा चुस्त कार्यसम्पादन तथा भावी कार्यदिशा र रणनीति निर्धारण सम्बन्धमा विमर्श गर्नु सान्दर्भिक हुनेछ ।
विगतसँग तुलना गर्ने हो भने राउत सरकार अधिकांश मोर्चामा असफल देखिन्छ । बेथितिको चाङ्गलाई राउत सरकारले चिर्न सकेको त छैन, बरू उल्टै मलजल गरेको जस्तो देखिन्छ । यसको अन्तर्य बुझ्नलाई मुख्यमन्त्री राउतले शपथग्रहण गरेसँगै ५ वटा ‘स’ लाई आधार बनाएर गरेको सम्बोधन, नीति तथा कार्यक्रम र सय दिने योजनालाई हेर्दा स्पष्ट हुन्छ । ५ वटा ‘स’मा सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई राउत सरकारले प्राथमिकतामा राखेको थियो । तर, नीति तथा कार्यक्रम, सय दिने योजना र सम्बोधनमा उल्लेख गरिएअनुसार अपेक्षित उपलब्धिको प्रत्याभूति जनताले गर्न सकेका छैनन् ।
आफ्नो सयदिने कार्यक्रम घोषणाकै बेला भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने भनी गरेको प्रतिबद्धता आफैंले लत्याएको देखिन्छ । आफ्नो पार्टीका आसेपासे कार्यकर्ताहरूको उपभोक्ता समिति बनाएर विकास निर्माणको कामका लागि ८६ करोडको बक्यौता फछ्र्यौट गर्ने लफडामा सरकार नराम्ररी फसेको छ । यो लफडालाई साम्य पार्न आर्थिक नियमावली बनाएर भुक्तानी दिने सरकारले तयारी थालेको कुरा सार्वजनिक मञ्चहरूमा मूख्यमन्त्रीले बारम्बार दोहर्याउदा पनि भुक्तानी हुन सकेको छैन । यस सन्निकट संकटको भुमरीमा परेर राउत सरकारको डुङ्गा नै डुब्न सक्ने खतरा ननिम्तिएला भन्न सकिन्न ।
यसका अतिरिक्त मन्त्री–मन्त्रीबीच समन्वय र सहकार्य नहुनु, मन्त्री र राज्यमन्त्रीबीच संवादहीनता, राजपाकाभन्दा समाजवादीका मन्त्रीहरूमा ‘सुपरमेसी’ बोध हुनु, मुख्यमन्त्री र मन्त्रीहरूको अमर्यादित र अश्लील भाषाको प्रयुक्ति, राज्यमन्त्रीहरूलाई जिम्मेवारीविहीन तुल्याइनु, यसको आक्रोश र असन्तुष्टि पनि सार्वजनिक रूपमै पोखिनु, मन्त्रीपुत्रहरूको इशारामा मन्त्रालयमा पात हल्लिनु, अमुक एनजीओलाई आयोजना दिने विषयमा मन्त्री र कर्मचारीबीच कुटाकुट हुनु, एनजीओ पृष्ठभूमिका मन्त्रीहरू हुनु, राष्ट्रिय स्तरमा स्थापित छविले नेतृत्व ग्रहण नगरेर सर्वाधिक मन्त्री तथा संवैधानिक पदमा आसीन हुनेहरूको पहिलो अनुभव हुनु, एक कर्मचारीले अर्को कर्मचारीलाई नटेर्ने प्रवृत्ति देखिनु, संघीय सरकारले समयमा कर्मचारी नपठाउनु, पठाएकालाई पनि घरिघरि यता–उता सरुवा गर्ने परिपाटी बस्नु, लामो समयसम्म अधिकांश मन्त्रालय सचिवविहीन हुनु, कचिङ्गलको कारण कर्मचारी नटिक्नु आदि विषय प्रदेश सरकारका लागि गम्भीर समस्याका रूपमा देखिएका छन् ।
त्यस्तै संंघीय सरकारका तर्फबाट ओभरटेक नगर्न प्रदेश सरकारलाई चेतावनी दिनु, भारतीय तथा एनजीओ मोडलको महत्त्वाकांक्षी योजनाहरूलाई प्राथमिकता दिनु, असारे विकास निर्माण कार्यको फछ्र्यौटका लागि सांसदकै सक्रियतामा होटलमा बिल भरपाइलगायतका कागजात तयार गर्नुजस्ता गैरराजनीतिक र अनियमिताबाट प्रायः कोही पनि पृथक रहेनन् ।
भारतीय कार्यक्रमहरूको नक्कल, भाजपाका प्रभावशाली नेताहरूको स्वागतसत्कारमा लाखौं रूपैयाँको अनियमित खर्च, मधेश आन्दोलनका अगुवाहरूलाई उचित सम्मान तथा स्थान दिन नसक्नु लगायतका विषय प्रदेश सरकारको असफलताका प्रमुख कारण हुन् । यसैगरी, प्रदेशको संयन्त्र र प्रणाली राम्रोसँग तयार नहुनु, चालू आर्थिक वर्षको ७ महिनामा ४ दशमलव १५ प्रतिशत पूँजीगत खर्च मात्र गर्न सक्नु, कार्यादेश खल्तीमा राखेर हुन्न ‘इक्सक्युज’ गर्ने ठाउँ पनि हुँदैन भनेर मूख्यमन्त्रीले आग्रह गर्दा पनि कार्यान्वयन नहुनु, असारे विकासको प्रतिक्षामा मन्त्रीहरू रहेको भान हुनु, महिला हिंसा बढ्दो हुनु, सरकारी सुस्तता, मदरसा बोर्डलाई लिएर मथिङ्गल, जनकपुरधाममाथि काठमाडौं भारी हुनु, एक सांसदले अर्को सांसदलाई झापड हान्नु, सवारीसाधनको दुरूपयोगलगायतका गतिविधिले प्रदेश सरकारलाई नराम्ररी गाँजेको छ । यसरी ‘आपके सरकार, आपके द्वार’ कार्यक्रम र तराई–मधेशको लाइफलाइन मानिएको चुरे संरक्षण अभियान भने फितलो छ ।
जे होस्, प्रदेश सरकारको गठन भएपछि वर्षाैदेखि शोषित, पीडित र शासितरूपमा रहेका मधेशी जनताले उनीहरूकै शब्दमा आफ्ना शासन–प्रशासन पाउने उपक्रमलाई गौरवबोधका रूपमा महसूस गरे । यद्यपि ‘बेटी पढाऊ, बेटी बचाऊ, छोरी बीमा, दलितका लागि विधेयक सरकारका महत्वपूर्ण उपलब्धिहरू हुन् । प्रहरी ऐन, लोकसेवा आयोगको गठन, दलित समुदायका लागि १८ प्रतिशत आरक्षण, ५० प्रतिशत सरकारी सेवामा छोरीहरूलाई विशेष आरक्षण, सीमान्तकृत समुदायका सशक्तीकरण ऐन लगायतका प्रमुख उपलब्धि हुन् । यस्तै २३ वटा कानून प्रदेश सभाबाट पारित भैसकेको, ८० वटा कानून तयारी अवस्थामा रहेका र २२ वटा कानून प्रदेश सभाका विधान समितिमा विचारधीन रहेको बताइएको छ । यस्ता नीति, कार्यक्रम र योजनाले प्रदेशको विकासमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांगे्रस र नेकपाका रचनात्मक प्रतिपक्षी भूमिकाले पेचिलो बन्दै गएको प्रदेशको स्थायी राजधानी, नामकरण र भाषासम्बन्धी विवाद पनि सहजै साम्य हुने छाँटकाँट छ ।
यिनै लथालिङ स्थितिका बीच प्रदेश २ मा एकातिर सरकार फेर्ने र केन्द्र सरकारमा राजपा सामेल हुने र अर्कोतिर राजपा र समाजवादीबीच एकीकरणको बहस नतातिएको होइन । तर यी दुवै सवालमा राजपाको अध्यक्षमण्डलका ६ जना सदस्यहरू विभाजित देखिन्छन् । अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव र सदस्य महन्थ ठाकुर सरकारमा जान नहुने पक्षमा र अन्य सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जाने पक्षमा देखिएका छन् । यस सन्दर्भमा महतो, भण्डारी र यादवको दिल्ली दौडाहालाई अर्थपूर्ण मानिन्छ । नेपालका प्रायः हरेक परिवर्तन तथा अप्ठ्यारा र असहज परिस्थितिमा भारतीय कुटनीतिक भूमिका अर्थपूर्ण रहँदै आएको ऐतिहासिक यथार्थ नै हो । कहिले सक्रिय त कहिले तटस्थ रेफ्रीको भूमिकामा रहँदै आएको भारतीय पक्षको भूमिकाको प्रभाव यसपटकको राजनीतिक खेलमा भने हेर्न बाँकी छ ।
राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा राजपाले नेकपासंग २ बुँदे सहमति गरेको थियो । पहिलो बुँदामा प्रदेश २ बाट राष्ट्रिय सभामा निर्वाचित हुने ४ सीटमा तालमेल र दोस्रो बुँदामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बेहोरा उल्लेख थियो । सहमतिको दोस्रो बुँदाको कारण त्यतिबेलादेखि नै संघीय सरकारमा राजपाको सहभागिताबारे अड्कलबाजी शुरू भएको छ ।
प्रदेश २ मा राजपाका तर्फबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी डिम्पलकुमारी झाले राजीनामा दिएपछि सरकार परिवर्तनको हल्ला चल्यो । कार्य समीक्षाको आधारमा मन्त्री परिषद्मा फेरबदल गरिनुपर्ने आशयसहितको कृषिमन्त्री शैलेन्द्र साहको फेसबूक पोस्टले पनि यसलाई मलजल गर्यो । तर मुख्यमन्त्रीले सरकार फेरिने कुरा निराधार र बजारको हल्लामात्र भएको भन्दै खण्डन गरे ।
अर्कोतर्फ संघीय सरकारबाट बाहिरिएलगत्तै समाजवादीले संविधान संशोधनको मुद्दा र पार्टी एकीकरणको विषयलाई अघि सारेको छ । समाजवादीसँग राजपाले सामीप्यता बढाउनका लागि राजपाका उपाध्यक्षमध्येका वृषेशचन्द्र लालले समाजवादी बुद्धिजीवीहरूको मञ्चले आयोजना गरेको कार्यक्रममै आग्रह गरे ।
सधैँभरि फुट्ने, जुट्ने, फेरि टुट्ने अनि जुट्ने आरोप खेप्दै आएका ६ वटा मधेशकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी अहिले पनि अस्थिरताबाट मुक्त हुनसकेको छैन । त्यस्तै एमालेबाट अलग भएर अशोक राईले गठन गरेको आदिवासी र जनजाति चरित्रको संघीय समाजवादी पार्टीसँग एकता गरेर संघीय समाजवादी फोरममा परिणत भएको उपेन्द्र यादवको पार्टी प्रचण्ड नेतृत्वको एनेकपाबाट अलग्गिएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग मिलेर समाजवादी पार्टीमा परिणत भएको छ ।
मधेशवादी दलहरूको एकीकरण साँच्चिकै सैद्धान्तिक, वैज्ञानिक र राजनीतिक अवधारणाको आवरणमा भएको हो वा अस्तित्व जोगाउन थ्रेसहोल्डको दबाब अथवा कुनै बाह्य प्रभाव, जनताको दबाब अथवा कार्यकर्ताको प्रभावले भएको हो भन्ने सवालहरूको समुचित कारण खोज्दै अघि बढ्न सक्नु नै मधेशवादी दलहरूको प्रारम्भिक चुनौती हुन सक्दछ । यस सन्दर्भमा जिल्ला र सदरमुकामका प्रमुख चोक तथा सामाजिक सञ्जालमा मात्र मधेशका बहसलाई केन्द्रित नगरी जिल्ला तथा गाउँका वडासम्म आफ्नो संगठनको विस्तार गर्नु अर्को चुनौती हुन सक्दछ । त्यस्तै नेतृत्वका निम्ति कार्यकर्ताको स्वाभिमान, योग्यता, क्षमता तथा प्रभावको आधारमा उचित व्यवस्थापन, पदभार वितरण तथा हरेक संगठनको पिँधसम्म पार्टीको निर्णय कार्यान्वयन गराउनु अर्को महत्वपूर्ण चुनौती हो । यसरी नै जातीय माइजनहरूको पार्टीको आरोप खेप्दै आएका मधेशकेन्द्रित दलहरूले नेतृत्वभित्र सन्तुलन कायम राख्न नसक्नु पनि महत्वपूर्ण चुनौती देखिन्छ ।
लोकतन्त्रमा पार्टी बन्नु र बिलीन हुनु अप्राकृतिक, अस्वाभाविक, अप्रजातान्त्रिक पक्कै पनि होइन । दर्शन, सिद्धान्त, उद्देश्य, राजनीतिक दिशा, रणनीतिक कार्यनीति, कार्यक्रम, कार्यशैलीको आधारमा पार्टी निर्माण हुन्छ र यिनमा गम्भीर मतभेद भए पार्टी फुट्छ । त्यति मात्र होइन, कार्यान्वयन पक्ष, त्यसको परिणाम, परिणामको अनुभूति, पार्टीभित्र विधान निर्माण, विधानको कार्यान्वयन, दण्ड र पुरस्कारको व्यवस्था, क्षमताअनुसारको पदोन्नति, अवनति र अवकाश, अस्वस्थ प्रतिस्पर्धा, व्यक्तित्वको टकराव आदि घटना र मनोवृत्तिहरू पार्टी निर्माण र लोप हुनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । राष्ट्रिय अन्तरविरोध, अन्तर्राष्ट्रिय दबाब, स्वार्थ र छलप्रपञ्चले पार्टी फुटाउन र निर्माण गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । समयसापेक्ष सही नीति लिन सक्ने सबल र सक्षम निर्भिक नेतृत्व, त्यस्तो नीतिलाई आफूले बुझेर जनतालाई बुझाउन सक्ने कार्यकर्ताको ठूलो पंक्ति र त्यसरी प्रक्षेपित सही नीतिलाई जनताले गरेको समर्थन सहयोग ग्रहण र अनुमोदनका आधारमा पार्टी दीर्घायु र व्यापक हुन्छ । त्यस्तो भएन भने पार्टी र नेता पनि साउने झरीको भ्यागुता हुन्छन् ।
विचार र नेतृत्वको खडेरी परेपछि संगठन कमजोर हुन्छ । विचार मेटियो, नेतृत्व स्खलित भयो, संगठनको बजारीकरण भयो, सिद्धान्त र व्यवहारमा, नीति र निर्माणमा, भाषण र क्रियाकलापमा ठूलो अन्तर देखा पर्यो भने नेतृत्व कमजोर हुँदै जान्छ । यसको प्रतिफलस्वरूप पार्टी पनि कमजोर हुन थाल्दछ । पार्टीभित्र देखा परेको अन्तरविरोधलाई सही ढंगले सञ्चालन गर्न सकिएन भने पार्टी विवादित बन्दै विभाजित हुन्छ । त्यसैले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टीविरोधी तत्वहरूसँग परहेज राख्नु मधेशवादी दलहरूका लागि हितकर हुनेछ । र, यिनै चुनौती र जटिलतालाई चिर्दै प्रदेश सरकार अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो ।
वस्तुतः वर्तमान अवस्थामा देशमा संकटका ऐतिहासिक कारणहरू धेरै होलान् । तर तत्काल सबभन्दा ज्वलन्त समस्या मधेशवादीले उठाउँदै आएको संविधान संशोधन, यिनीहरूसँग पूर्ववर्ती सरकारहरूले गरेको सम्झौता र सहमतिको कार्यान्वयन, माओवादीको राजनीतिक, सैद्धान्तिक सवाललगायतका समसामयिक मुद्दाको समाधान खोज्नु नै उनीहरूका लागि श्रेयस्कर हुनेछ ।
तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्
तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्
33
SHARES
| Share to Facebook |
उनी भन्छन्,‘असारदेखि भदौंसम्म तिन महिना बाढीको भेलमा गाउँ डुब्छ, कोही विरामी भए, गाउँमा एम्बुलेन्स आउने बाटो पनि हुदैंन। कोही बाँच्छ, धेरैलाई मर्ने पर्छ । हामी त भगवान् भरोसे बाँची रहेका छौं ।’ उनको सडक बनेको हेरेर मर्ने इच्छा छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामबाट १० अर्बको २३ वटा योजना संचालित छ । छोटीको पुस्ता फेरियो तर, हुलाकी सडकको हिलो र धुलो फेरिएको छैन । हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकको निर्माण लथालिङ्ग छ । सुरु गरिएको पुल र सडकको काम अधुरै छ ।
२०६८ सालदेखिका हुलाकी सडकको योजनाहरु २०७६ सालसम्म आइपुग्दा पनि अधुरै छ । निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाही गर्नुको सट्टा पटक पटक म्याद थपिएको छ । तर, पनि काम अधुरै छ । २३ योजना मध्ये १३ वटा योजना एक, दुई पटकसम्म म्याद थपिदा निर्माण लम्बिएको छ ।
ठेक्का लिने र वेपत्ता बन्ने ठेक्केदारको प्रवृत्ति हावी भयो । सरकारले ठेक्केदारलाई लगाम लगाउन चुक्यो भने, उचित मुआब्जा व्यवस्थान गर्न सरकार गम्भिर नहुँदा निर्माण सुस्त छ । विजुलीको पोल सार, सडकमा परेको रुख कटान गर्न वन कार्यालयहरुले नसघाउनु हुलाकी सडक निर्माणको बाधक बन्न पुग्यो ।
मुख्य ठेक्केदारले अरु ठेक्केदारलाई पेटी कन्टयाकमा ठेक्का दिनु त मुख्य बाध्क नै बन्यो । लोकल ठेक्केदारले ठेक्का लिएर राजनितिक आड्मा काम नगरेर योजनाहरुलाई कमाई खानेभाँडो बनाएका छन् । निर्माणको ठेक्का लिएका निर्माण व्यवसाही जिम्मेवार देखिए । उनीहरुको चरम लापरवाहीले बर्सौंसम्म योजना अलपत्र बन्नेको छ । ठेक्का तोड्ने भनेपछि बल्ल काम गर्न चासो लिएको छ ।
चार बर्ष अघि ठेक्का लागेको हुलाकी सडकको दुई पुलको निर्माण कार्य पनि सुरु भएको छैन । गलत डिजाइनका कारण सर्लाहीको धनकौल र हर्कठवा पुलको काम नभएको हो । २५ मिटर लाम्बाईको धनकौल पुल निर्माण गर्न २३ पौष २०७२ मा एक करोंड १० लाखमा भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौले ठेक्का लिएको थियो । भैरव निर्माण कम्पनीले नै
चालिस मिटर लम्बाई भएको हर्कठवा पुल १ करोंड ९१ लाखमा २४ असार २३ गते ठेक्काा लिएको थियो । दुवै पुलको डिजाइनमा समस्या देखिएकोले काम हुन सकेको छैन । पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो लिएको देखिदैंन ।
जनकपुर–जलेश्वर –भिट्टामोड १८ किलो मिटर छ । यो सडक निर्माण गर्न तीन बर्ष अघि नै ठेक्का लागेको थियो ।गत असोजमै निर्माण भइसक्नु पर्ने थियो । हालसम्म पनि अधुरै छ । यात्रीलाई सकडमा उड्ने धुलोले खेपिनसक्नु सास्ती छ । सडक एकातिर बन्दैछ अर्को तिर भत्किदैं छ । नेपाल –भारतलाई जोड्ने व्यपारिक र धार्मिक राजमार्ग हो ।
अलपत्रमा पर्ने अर्को पुलमा छ, सप्तरीको बलान नदीको पुल । १५ फाल्गुण, २०६८ ठेक्का लागेको पूलको निर्माण अधुरै छ । शर्मा पप्पु जेभीले ठेक्का लिएर काम छोड्दा नौं बर्षमा पुल बन्न नसकेको हो । एक पटक म्याद लिएर उनलाई १५ भदौं २०७५ मा निर्माण सम्पन्न गर्नु पर्ने थियो तर, कामै गरेनन् ।
नेपालको पूर्व मेची र पश्चिम महाकालीसम्मको तराईका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य राखेर हुलाकी राजमार्गको योजना ल्याइएको हो । लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यस आयोजना पूर्व–पश्चिम ९सय ७५ किमि फैलिएको छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।पछि भारत सरकारले हात झिकेपछि आयोजनाहरु अलपत्र परेको थियो । अहिले नेपाल र भारत सरकारको लागतमा अलग अलग रुपमा काम भइरहेको छ
हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाईको विरुद्धमा आन्दोलन पनि हुदैं आएको छ पाँच बर्ष अघि नेता रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समिति गठन भयो । निर्माण कार्य छिट्टो अघि बढाउन सिरहा र जनकपुरमा १ महिना रिले अनसन चल्यो । अभियानीहरु सप्तरीदेखि जनकपुरसम्म ७८ किलो मिटर पैदल यात्रा गरे ।
हुलाकी सडक संघर्ष समितिका संयोजक यादव भन्छन्,‘ हुलाकी राजमार्गको निर्माण पुरा नहुँदा ५० बर्ष अगाडीकै जीवनशैलीमा बाच्न विवश छन् । परिवर्तनकारी आन्दोलनको नेतृत्व तराईको जनकपुर, सिरहा, सप्तरीले ग¥यो । यहाँका स्थानीयहरुले त्यो परिवर्तनको स्वाद चाखन पाएका छैनन् ।’
हुलाकी सडक राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका इन्जिनियर सञ्जिब साह भन्छन्,‘मुख्य ठेक्केदारले श्रोत, साधन देखाएर ठेक्का लिन्छ । पछि उसले अरुलाई ठेक्केदारलाई पेटी ठेक्कामा दिन्छ । त्योसंग काम गर्ने श्रोत साधन नै हुदैंन । त्यसले त झन योजनाहरु सुस्त भएको छ ।’ पेटी ठेक्केदारको सिस्ट हटाउनु पर्ने उनको तर्क छ ।
हुलाकी राजमार्ग निर्माण नहुँदा व्यपारी, उद्योगी मारमा परेको छन् भने, उपभोक्तालाई महँगिले ढाँड सेकेको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह ‘हिरा’ले बताए । ‘सडकको विकासको पहिलो शर्त हो । झन् हुलाकी सडक तराईबासीको मुटु नै भन्दा हुन्छ,’उनले भने ।
हुलाकी राजमार्ग संचालनमा नआउँदा मालसमान आयात निर्यात गर्न व्यपारीलाई दोहोर भाडा र धेरै समय खर्चनु परेको छ । ‘ बजारमा बस्तु महँगिएको छ । उपभोक्ता महँगीको मारमा परेका छन्,’उनले भने,‘सडक संचालनमा आएपछि दुवानी खर्च घट्छ । किसानहरुले आफ्नो उत्पादन सिधा बजारमा ल्याउन सक्छ , बिचौलीहरु निरुत्साहित हुन्छ,’उनले भने ।
भौतक पुर्वधारसंग सम्बन्धित मन्त्रिहरुको गैरजिम्मेवारीले गर्दा हुलाकी राजमार्ग र त्यसका सडकहरु समयमा समम्पन्न नभएको जनकपुरधामका अर्थ शास्त्री डा. सुरेन्द्र लाभले बताए ।‘ हुलाकी राजमार्ग कोर मधेशको ‘लाइफलाईन’ हो,’उनले भने,‘मन्त्रीहरु इमान्दार नहुँदा हुलाकी सकडले मुहार फेर्न सकेन ।’ हुलाकी सडक वरिपरीका गाउँहरुको विकास बर्सौ पछाडि धकेलिएको उनले बताए । ‘हुलाकी सडकसंग कोर मधेशको जीवन जोडिएको छ । सकड विकासले उद्योग, बजार, शहर चम्किने छ,’उनले भने,‘तर, के गर्ने मन्त्रीहरुले आफ्नै कार्यकर्ताहरुलाई ठेक्का पार्छ, हुलाकी सडक कमाई खाने भाँडो बन्यो ।’
आन्दोलन गर्दा निर्माण अघि बढ्ने , अलिकती बजेट हाल्ने, फेरि सुस्त हुने, जनता फेरि आन्दोलित हुँदा काममा ठेक्केदार चासो लिने यस्तै रवैया छ, हुलाकी सकड निर्माणको । मुख्य ठेक्केदारबाट चार तह तलसम्म पेटी कन्टयाकमा ठेक्का लाग्ने गरेको बताउँदैं उनले थपें,‘ ठेक्का खरिद बिक्री भयो । जसले गर्दा निर्माण अलपत्र भयो ।’
महोत्तरी, धनुषा, सिरहा, सर्लाहीमा हुलाकी राजमार्ग अन्तर्गत संचालित सडक र पुलको योजनाहरुको अवस्था
काम : ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४८ करोंड ५१ लाख
भुक्तानी : २८ करोंड ७५ लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ जेठ २४ गते ( एक पटक म्याद थप)
निर्माण कम्पनी : प्रतिभा वाइपी जेभी, पुलचोक ललितपुर ।
हालको अवस्था : ६७ प्रतिशत काम मात्रै भएको, चार कलिमिटर मात्रै एक एकतर्फी कालोपत्रे, ठेक्केदारको ढिलासुस्तीले काम, ठेक्का तोड्ने भनेपछि चासो लिएको ।
काम : साढे ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४९ करोंड ८९ लाख
भुक्तानी : २३ करोंड ९० लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ भदौं २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : आशिष, पप्पु, रोशन जेभी काठमाण्डौं
हालको अवस्था : ६८ प्रतिशत काम मात्रै भएको । साढे ९ किलो मटिर बाटो मध्ये ४ किलोमिटर दुवै तिर पिच भइसेको, बस्ती क्षेत्रमा नालाको काम हुदैं । सडकको पोल प्राधिकरणले हटाउन चासो नदिँदा काममा अवरोध । सडमा परेको मठमन्दिर हठाएर सार्न बजेट अभाव । ढिलासुस्तीको कारण कामले गति लिएन, ठेक्का तोड्ने भनेपछि ठेक्केदार तात्यो ।
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ३० करोंड १६ लाख
भुक्तानी : २३ करोंड ९७ लाख
योजना सुरु मिति : २०७३ भदौं ३१ गते
सकिनुपर्ने : २०७५ कात्तिक ३० गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : हिमडुङ्ग एण्ड ठोक्कर एण्ड नमिता जेभी, तिनकुन्ने काठमाण्डौं
हालको अवस्था : ९५ प्रतिशत काम भएको, पाँच सय मिटर कालोपत्रे गर्न बाँकी । सुरुमै ६ महिना काम गर्न ढिलाई गरेर ठेक्केदारले काममा लापरवाही गरेको । ठेक्का तोड्ने कुरो पछि मात्रै चासो लिएको
काम : साढे १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २८ करोंड ६३ लाख
भुक्तानी : २४ करोंड ६० लाख
योजना सुरु मिति : २०७३ असोज १० गते
सकिनुपर्ने : २०७६ भदौ २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : रमण आश्रया जे.भि. बासुन्धरा, काठमाण्डौं
हालको अवस्था : ९८ प्रतिशत काम भएको, कालोपत्रे पुरा भएको नाला ३ किमि बनेको, ठेकेदारले समयमा काम नगर्दा काम ढिलो भयो ।
काम : २१ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४३ करोंड ७२ लाख
भुक्तानी : ३३ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ असोज ०२ गते
सकिनुपर्ने : २०७६ चैत्र ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : १९ किमी कालोपत्रे भएको । ३ किमी सडक वन क्षेत्रमा परेकोेले वन कटानी ढिलो हुँदा काम प्रभावित । वन क्षेत्रमा साविककै सडकमा कालोपत्रेको तयारी । ठेकेदारको व्यवस्थापकीय पक्षमा कमजोरीले निर्माण प्रभावित ।
काम : साढे १९ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४१ करोंड ४२ लाख
भुक्तानी : ३१ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ माघ ०२ गते
सकिनुपर्ने : २०७६ साउन ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : ८४ प्रतिशत काम पुरा भएको । सिंचाईको नहर सडकमा परेकोले काममा ढिलाई । विद्युतले सडकमा रहेको पोल नहटाउँदा काम प्रभावित । अहिले काम भईरहेको ।
काम : १२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २७ करोंड ९५ लाख
भुक्तानी : १३ करोंड ३९ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा÷रमण जे.भि.धनुषा
हालको अवस्था : ५५ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २२ करोंड ९७ लाख
भुक्तानी : १४ करोंड ८३ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते (एक पटक म्याद थपेको)
निर्माण कम्पनी : लामा रमण जे.भि.धनुषा
हालको अवस्था : ७२ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
काम : साढे ५ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १९ करोंड १४ लाख
भुक्तानी : ९ करोड ७७ लाख
योजना सुरु मिति : २०७४ असार ३० गते
सकिनुपर्ने : २०७६ असोज २८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : धुकुछु कन्स्ट्रक्सन प्रा.लि., बुद्धनगर, काठमाण्डौं
हालको अवस्था : ५१ प्रतिशत काम भएको । ५ किमीमा २.४ किमि कालोपत्रे भएको । गत अषाढको भिषण बाढीले १ किलोमिटर क्षति ग्रस्त । निर्माण कम्पनी क्षतिपूर्तिको लागि इन्स्योरेन्स कम्पनीमा धाउँदै । निर्माण अलपत्र ।
काम : ३० किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १ अर्ब ३५ करोंड ९२ लाख
भुक्तानी : ३८ करोड ४२ लाख
योजना सुरु मिति : २०७४ पौष ०९ गते
सकिनुपर्ने : २०७७ असार ८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : स्वच्छन्द रोशा महादेव खिम्ती जनकपुर ं
हालको अवस्था : ३० प्रतिशत काम भएको । १६ किलोमिटरमा माटो र ग्रेबलको काम भएको, बस्ती भएको ठाउँमा सडकमा परेको घरटहराले काममा अवरोध, १० महिना काम छाडेर ठेक्केदार वेपत्ता । तागेदा गर्दा आउन मानेन । ठेक्का समझौता तोड्ने कुरा आएपछी ठेक्केदारले काम गर्न चासो लिएको ।
काम : साँढे २२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८३ करोंड ८९ लाख
भुक्तानी : ३५ करोड ५२ लाख
योजना सुरु मिति : २०७४ पौष ०७ गते
सकिनुपर्ने : २०७७ असार ७ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा डाँफे गोल्डेन जेभी शतिनगर काठमण्डौं
हालको अवस्था : ४३ प्रतिशत काम भएको । माटो र ग्रेबलको काम भएको, ठेक्केदारको लापरवाहीले काम सुस्त ।
काम : साँवा २२ किलोे मिटर (टुलेन) कालोपत्रे सडक
भ्याटसहितको बजेट : १ अर्ब ७० करोंड ४६ लाख
भुक्तानी : ४० करोड २६ लाख
योजना सुरु मिति : २०७४ पौष ११ गते
सकिनुपर्ने : २०७७ असार १० गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : कालीका रमण जेभी जनकपुर, धनुषा
हालको अवस्था : ३६ प्रतिशत काम भएको । करीब ११ किलोमिटरमा माटो र ग्रेबलको अधुरा काम भएको, सडक केन्द्रको (ऐलाइण्डमेन्ट) को विवादले एक बर्ष काम प्रभावित, बिजुलीका पोलले काममा अवरोध, निर्माणमा ठेक्केदार गैरजिम्मेवार हुँदा कामले गति लिन नसकेको ।
काम : सवाँ २१ किलोे मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८६ करोंड १६ लाख
भुक्तानी : ३३ करोड ४४ लाख
योजना सुरु मिति : २०७४ पौष ६ गते
सकिनुपर्ने : २०७७ असार ५ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : टुण्डी आशिष सन्तोष जेभी मैतिदेवी काठमाण्डौं
हालको अवस्था : ३५ प्रतिशत मात्रै काम भएको । साँवा २१ किलोमिटर मध्ये १८ किलो मिटरमा मात्रै माटोको काम भएको र १५ किलोमिटरमा ग्रेबल हालिएको, सडक ऐलाइनमेन्टको विवादले बर्ष दिन ठाउँठाउँमा काम हुन नसकेको,
सुरु सुरुमा हुलाकी सडक विभागबाटै सडकको डिजाईन आउनु ढिलाई, सडकमा परेको घर टहरा नहटिदा निर्माण प्रभावित, पीडितहरुलाई क्षतिपुर्ती बाँड्न ढिलाई हुँदा काम प्रभावित । ठेक्केदारले स्रोतसाधन परिचालन गर्न नसक्दा काम झन सुस्त ।
काम : चार सय ४० मिटर पुल
भ्याटसहितको बजेट : २४ करोंड ९० लाख
भुक्तानी : १२ करोड ५५ लाख
योजना सुरु मिति : २०६८ जेष्ठ ३१ गते
सकिनुपर्ने : २०७५ मंसिर ३० गते (दुइ पटक म्याद थपेको )
निर्माण कम्पनी : पप्पु लुम्बिनी ं
हालको अवस्था : ५६ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको १२ वटै पिलर उठाइसकिएको । पप्पुले काम नगरेपछि भरखरै लुम्बीनी काममा जुटेको । ठेक्केदारको चरम लापरवाहीले निर्माण ८ बर्षमा पनि योजना सम्पन्न नभएको । निर्माण सुस्त ।
काम : चार सय ७० मिटर
भ्याटसहितको बजेट : २४ करोंड ६२ लाख
भुक्तानी : १५ करोड ४१ लाख
योजना सुरु मिति : २०६८ फल्गुण १५ गते
सकिनुपर्ने : २०७५ भदौं १५ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : शर्मा पप्पु जेभी ं
हालको अवस्था : ६५ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठाउनु पर्ने पुलको १२ वटै पिलर उठाइ सकिएको, माथिल्लो भागको काम हुदैं, निर्माण कम्पनी पप्पु पछि हटेपछि भरखरै शर्मा जेभी काम गर्न चासो लिएको । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको । ठेक्केदारको चरम लापरवहीले ८ बर्षमा पनि योजना सम्पन्न नभएको ।
काम : २० मिटर
भ्याटसहितको बजेट : ३ करोंड २६ लाख
भुक्तानी : ८७ लाख ३२ हजार
योजना सुरु मिति : २०७३ असार ५ गते
सकिनुपर्ने : २०७५ असार ४ गते (म्याद थप्ने तयारी )
निर्माण कम्पनी : देव एण्ड सयर कन्ट्रक्सन प्रा. लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । काम अलपत्र । ठेक्केदारको सिधा लापरवाही । धेरै तागेदा गर्दा बल्ल सम्पर्कमा आएको, सुस्त रुपमा काम गरिरहेको ।
काम : ६० मिटर
भ्याटसहितको बजेट : ५ करोंड ८४ लाख
भुक्तानी : ३ करोंड ६१ लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६७ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको । नयाँ डिजाईन(प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
काम : ४० मिटर
भ्याटसहितको बजेट : ६ करोंड ५४ लाख
भुक्तानी : ३ करोंड ८० लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको ।नयाँ डिजाईन (प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
काम : २५ मिटर
भ्याटसहितको बजेट : १ करोंड १० लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७३ पुष २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईनमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
काम : ४० मिटर
भ्याटसहितको बजेट : १ करोंड ९१ लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७४ असार २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ९४ लाख
भुक्तानी : १ लाख ५० हजार
योजना सुरु मिति : २०७५ असार २९गते
सकिनुपर्ने : २०७७ असार २८ गते
निर्माण कम्पनी : रोशन कन्ट्रक्सन प्रा.लि. जनकपुर
हालको अवस्था : ८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ६४ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति ; २०७५ असार २५गते
सकिनुपर्ने : २०७६ फाल्गुण २४ गते
निर्माण कम्पनी : सूर्या ÷विकास जेभी लहान सिरहा
हालको अवस्था : १८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
काम : ३० मिटर
भ्याटसहितको बजेट : ४ करोंड ८८ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति : २०७६ असोज ०९ गते
सकिनुपर्ने : २०७८ असोज ०८ गते
निर्माण कम्पनी : सुगम निर्माण सेवा महेन्द्रनगर, धनुषा
हालको अवस्था : ले आउट नहुँदा काम अघि बढ्न सकेको छैन । अब केही दिनमा सुरु हुनेछ ।
Tuesday, February 25, 2020
‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू !
‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्रीज्यू, सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि !
यहाँ हामी कुशल नै छौँ, आशा छ तपाईं, तपाईंको परिवार र सरकार पनि कुशल नै होला । सर्वप्रथमतः यहाँलाई ६९औँ जन्मोत्सवको हार्दिक शुभकामना ! रह्यो प्रश्न सरकारको, देशले प्रधानमन्त्रीका रूपमा यहाँको नेतृत्व प्राप्त गरेको पनि दुई वर्ष बितिसकेको छ । अहिलेसम्म त सरकारले कस्तो काम गर्यो र कति सफल रह्यो भन्ने विषयको मूल्यांकन आमजनताले गरेकै छन् ।
फेरि भन्दै छु, यहाँलाई जन्मदिनको शुभकामना ! तपाईं देशको प्रधानमन्त्री, त्यसमाथि घघडान कम्युनिस्ट नेता ! तपाईंले आफ्नो जन्मदिन मनाउनै हुँदैन भन्ने होइन । तर, नेपाली भाषामा एउटा भनाइ छ नि— जो अगुवा उही बाटो ... ! अहिले सर्वत्र प्रश्न गरिँदै छ, गरिब देशका प्रधानमन्त्रीले जन्मदिन मनाउने तरिका यही नै हो त ? तपाईंजस्तो मुलुकको राजनीतिक र सामाजिक जीवनमा सर्वोच्च स्थान तय गरिसकेका नेताले सम्पादन गर्ने कुनै पनि कार्यक्रम तथा व्यवहार अरू जनसामान्यका लागि अनुकरणीय हुनुपर्ने हो, अनुसरणीय आदर्श हुनुपर्ने हो । तर, यो कति सम्भव छ ? माथि पनि भनिसकियो, तपाईं एक सर्वहारा वामपन्थी नेता हो ।
म तपाईंको राजनीतिक विचार, दृष्टिकोण र आस्थासँग असहमति राख्ने व्यक्ति हुँ, तर व्यक्तिगत रूपमा तपाईंको दृढता र तपाईंले देश र जनताका पक्षमा देख्ने सपनाको प्रशंसा गर्ने व्यक्ति हुँ । तपाईं दुईतिहाइ बहुमतको सरकार प्रमुख अर्थात् देशका प्रधानमन्त्री हुँदा तपाईंको पार्टीका कार्यकर्ताजस्तै हामी पनि खुसी नै भएका थियौँ । मैले तपाईंको प्रशंसा गर्दै पक्षमा सार्वजनिक रूपमै विचार व्यक्त गर्ने गरेको हुँ । केही सञ्चारमाध्यममा लेखेको पनि हुँ । देशको विकासलाई गति प्रदान गर्न तपाईंलाई अवसर प्राप्त हुनुपर्छ भन्ने पक्षमा म पनि थिएँ । अहिले सोच्दै छु, बेकार गरिएछ प्रशंसा ।
प्रधानमन्त्रीज्यू, आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराजका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनु उचित हो ? के यो सामन्ती सोच होइन ?
तपाईंले आफूलाई अभिव्यक्त गर्ने उखाने शैली रमाइलै हुन्छ र यसले विपक्षीलाई प्रहार गर्छ भन्ने मैले मानेको थिएँ । तर, खासमा त्यसो होइन रहेछ । यी उखान त तपाईं आफ्ना कमजोरीको ढाकछोप गर्न र विषयान्तर गर्न प्रयोग गर्नुहुँदो रहेछ । खोइ त अहिले आफ्नो ‘शुभजन्मोत्सव’ र भ्रष्टाचारको आरोपमा यहाँका धर्मपुत्रजस्तै मानिएका गोकुलजीको सरकारबाट बहिर्गमनका सन्दर्भमा कुनै उखान टुक्का फुरेको ? खैर, यी तपाईंका व्यक्तिगत निजी जीवनका विषय हुन सक्छन् । त्यसमा जनसामान्यले ताकझाँक गरिरहनु त्यति जरुरी पनि छैन । तर हेक्का रहोस्, जब तपाईंका कुनै पनि व्यवहार देशको कल्याण र छविसँग जोडिन्छ भने व्यक्तिगत मानेर त्यसबाट कसरी उन्मुक्ति पाउन सकिन्छ ? तपाईं आफैँ जानकार हुनुहुन्छ, यस सन्दर्भलाई कसरी सम्बोधन गर्ने भन्ने यहाँलाई नै राम्ररी थाहा छ ।
पछिल्लो समय भ्रष्टाचार र कुशासनका सुई तपाईंतर्फ पनि सोझिएका छन् । तपाईंले आफूलाई सफल साबित गर्न पटक–पटक तथ्यांकको सहारा लिने गर्नुभएको छ । तपाईंका सल्लाहकारले तपाईंलाई त्यही नै सुझाएका छन् । तर, तिनले तपाईंलाई एउटा कुरा के भन्दैनन् भने एउटै तथ्यांकलाई विभिन्न ढंगले व्याख्या गर्न सकिन्छ । तपाईंले आप्mनो अनुकूलतामा व्याख्या गर्नुहुन्छ भने जान्ने विपक्षीले त्यसलाई तपाईंको प्रतिकूलतामा व्याख्या गर्न सक्छन् ।
एउटा जिम्मेवार देशवासीका नाताले मैले केही खास विषयमा यहाँको ध्यानाकर्षण मात्र गराउन खोजेको हुँ । अन्यथा लिनु हुनेछैन भन्ने आशा छ । होइन, अन्यथा नै लिनुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तपाईं सरकार प्रमुख हो, सबै कानुन यहाँकै अधीनमा छन् । मेरा पक्ष वा विपक्षमा यहाँलाई आवश्यकतानुसार कानुन कार्यान्वयनको छुट छ । आगे यहाँको मर्जी । मैले त यहाँको भलो चिताएर सुशासनसम्बद्ध विषयमा यहाँलाई केही भन्ने धृष्टता गरेको मात्र हुँ ।






















नित्यानन्द मण्डल
मण्डल जनकपुरमा क्रियाशील पत्रकार हुन् ।