
महेशकुमार दास
महोत्तरी २३ चैत । भारतीयबजारबाट ल्याइएको चुरा बेच्नेलाई भ्याइ न भ्याई हुने तर आफैले उत्पादन गरेको लहठी चुराले उचित बजार नपाउ“दा महोत्तरीका महिला लघुउद्यमी निरास भएका छन । केहि महिना पहिले राष्ट्रिय उद्यमशीलता विकाश केन्द्रले दिएको तालिम पश्चात लघु उद्योगतर्फअग्रसर भएका उनीहरु आफुले उत्पादन गरेको सामान नबिक्दा निरास भएका छन् ।
एक त कच्चा पदार्थको अभाव अर्कोतर्फखुला सिमाबाट भित्रिएका सामानसंग प्रतिस्पर्धा गर्न नसक्दा उनीहरुका उत्पादनले बजार पाउन सकेका छैनन । केन्द्रले लघु उद्यम विकाश कार्यक्रम अर्न्तगत गरीव तथा पिछडियका बर्गका २ सय ७ जनालाई विविध तालिम दिएपछि उनीहरुले जानेका सीपबाट घरैमा उत्पादन सुरु गरेका थिए । सीपमूलक तालिममा करिब ९५ जना महिलाले लहठी चुरा बनाउने तालिम लिएका थिए । सीप पाएपछि आर्थिक उपार्जन हुने आसमा सुरुमा निकै खुशि उनीहरु अहिले आउर मिहिनेत अनुसारको मूल्य नपाउदा हतोत्साहित भएका छन् ।
यसैमा भविष्य देखेर भारतबाट कच्चा पदार्थ ल्याई उत्पादन पनि सुरु गरे पनि आफुले उत्पादन गरेकेा चुरालाई ग्राहकले नरुचाइ दिएपछि उनीहरुमा निरासा छाएको हो । अहिले उनीहरु ब्यवसाय नै परिवर्तन गर्नु पर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् ।
साउन महिनादेखि लहठी चुरा उत्पादनमा लागेकी सम्सीका सुकमरिया देवीले आवश्यक पु“जीको अभाव तथा राम्रो प्रशिक्षण नपाएकोले उनीहरुको चुरा प्रतिस्पर्धामा खडा उर्तन नसकेके बताउछन् ।"हामीहरुलाई त राम्रो तालिम नै दिएनन्"भनेर गुनासो गर्दै सुकमरियाले भने "हामीले तालिममा सिकेको सीपअनुसार बनाएका चुरामा भारतीय चुरा लहठीजस्तो चमक आउदैन जस्ले गर्दा ग्राहकले आफना चुरा र लहठी किन्दैनन ।"
सुरुमा तालिम स्तरहीन रहेको अनुभव गर्न नसकेका उनीहरुले उत्पादनलाई बजार पठाए पछि आफनो सीपलाई आफैले मूलायङकन गरि हर्दा ज्ञान अधुरो रहेको अनुभूति भएको बताए । अर्कोतर्फपु“जीको अभावले चुरालाई आकर्ष पार्न फुलबुट्टा भर्ने आवश्यक रंगरोगन किन्न नसक्दा पनि अपेक्षित लाभ लिन नसकेको सुकमरियाले बताईन । यसका लागि खासै ठूलो रकमको समेत जरुरी नपर्ने उनीहरुको कथन छ ।
कच्च्ाा पदार्थ सहज आपर्र्ति नहुदा र महगोमा किन्नु पर्दा पनि भारतीय उत्पादनसंग प्रतिस्पर्धा हुन नसकेको उनीहरुको कथन छ । कच्च्ाा पदार्थ खरिद नै महगो परेपछि त्यसबाट हुने उत्पादनको लागत पनि बढी पर्नु स्वभाविक नै हो ।
सुगा -७ कि बचिया देविका अनुसार आफुले उत्पादन गरेका चुरा कम्तीमा प्रति सेट १ सय २५ रुपियामा नबेचे फाईदा हुदैन तर भारतबाट आएका आफनो भन्दा राम्रो चम्कदार चुरा भने सेटको केवल ७० / ८० रुपियाको दरले विकने हुदा प्रतिस्पर्धा गर्न नसकिएको हो । खुल्ला सिमानाका कारण भारतीय बजारबाट लुकाई छिपाई ल्याउने चुरालहठी विक्री गरि मनग्य आम्दानी गर्ने गरेकोले आफाना उत्पादनले बजार नपाएको उनीहरुको गुनासो छ ।
'यसका लागि सिप दिएर मात्र पन्छिन पाईदैन' बचियाले भने 'कच्चा पदार्थको सहज आपरर्ती र पु“जीका लागि सके अनुदान नसके सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्छ ।'विगत ६ महिनादखि आफु पनि लहठी चुराको कारोवारमा लागेकी बचियाले सहकारी खोल्ने नाममा सरकारले कडौरो रुपैया खेर फालेको तर ५/७ हजार पु“जीको अभावमा आफुहरुको सीपले ब्यवसायीक उत्पादन र प्रतिस्पर्धा गर्न नसकेकोले खिन्न छिन् ।