दाईजो कै कारण श्रीमानबाट अलग saptari 23 Aug.10


Written by तराई नेपाल
शुभ नारायण यादव
सप्तरी,०६ भादौ ।
छोरीलाई बिबाहपछि राम्ररी पालन पोषण गर्ने आशाले छोरीका हात आफ्ना ज्र्वाको हातमा राखेर एक लाख रुपैया आठ आना सुन र बिभिन्न सरसामान दहेज सहित अन्जुका आमा बुबाले छारीको बिबाह गरेर पठाएका थिए । सुखको आशा गरेकी मन्जुले बिबाह पछि आशु नझारी खान पाईनन तयो पनि आधा पेट । अन्जुकी कान्छी छोरी सातबर्षकी छन ।


तर दाईजो नल्याएको भन्दै अन्जुले श्रीमानबाट आँखामा भुस खादीदिने खानामा गिटी बालुवा खन्याई दिने खाना बनाउदा चुल्लो भत्काएको कुरा सम्झदै मन्जु बोल्दा बोल्दै भक्कानो फुटाएर रुदै भन्छिन मन्जु सुखको दिन कहिल्यै आएन ।


उनी अगाडी भनिछन जहिले देखि मेरो बिबाह भयो तहिले देखि मलाई कहिल्यै राम्ररी राखेन दाईजो लिएर आईज अनि बस्न दिन्छु भनदै सधै दारु भाङ खाएर मलाई पिट्थ्यो । नत नागरिकता बनाई दिन्छ न त केही गरि दिन्छ कुट्छ पिट्छ जा पैसा लिएर आईज माईतीबाट अनि मात्र राख्छ भन्छ । बिबाह गरेर नै जीबन गुजारा गरिरहेकी छु तीन जन छोरा छारी भईसके तर अझै पनि साडीमा ब्लेड ले काटी दिनछ ।।खाना पकाउदा चुद्यहो फुटाई दिन्छ खानामा गिटी पथ्थर हालि दिन्छ । आँखामा भुस हाली दिन्छ । नागरिकता बनाई माँग्दा कुट्छ पिट्छ बस्न दिन्द तलाई मैले बिबाह गरेको छैन भन्छ । मैले तँ संग बच्चा जन्माएको छैन । पैसालिएर आईज अनि राख्छु भन्छ । कति पैसा लिएर आउन भन्नु हुन्छ ।


एक लाख रुपैया गनेर मेरो बिबाह भएको छ । मेरो बुबा पनि मरिसक्नु भयो अब फेरी एक लाख रुपैया कहाबाट ल्याएर दिनु अनि म त्यस घरमा बस्नु तीन वटा बच्चा भईसके अब म कहा जाँउ फेरी माईतीबाट एक लाख दहेज ल्याएपछि बस्न दिन्छु भन्टछक्। तरो बुबाले बिबाहमा दिएको पैसा त मेरो बुबालाई दिएको छ मलाई दिएको छैन अब मलाई दिनु पर्छ यस्तै मन मनसन्की कुरा गर्छ बिबाह भएको प्रमाण देखा बच्चा जन्माएको प्रमाण देखा भन्छ । म तलाई राख्दिन भन्छ । र म धेरै बर्ष देखि माईतीमा छु ।


बिबाह भएको चार बर्ष भयो तर सुकुमार कुमारी शाह हहिले पनि माईतीमा नै बस्न बाध्य छन ् । दाईजो माँग गर्दै सुकुमार कुमारी लाई ससुरा पक्षले बच्चा पेटमा भएको समयमा नै घरबाट निकालिदियो । कारण हो दाईजो बिबाहमा एक लाख रुपैया र तीन तोला सुन सरसमान दिए पनि जग्गा माँग गर्दै ससुरा पक्षले घरमा बस्न दिएनन् । बिबाह भएको तीन महिना देखि यातना शुरु भयो अनि नौ महिना भएपछि पेटमा भएको बच्चा समेत मार्छु भनेर यातना दिन थाले पछि सुकुमार कुमारी चारबर्षदेखि माईतीमा नै बसेको बताउछीन सुमार कुमारी शाह सुकुमार कुमार कुमारी शाहको आवाज


शाह क्बिलाषा गाबिस वडा नंबर तीन बस्ने शैलेन्द्र शाहसंग मेरो बिबाह भएको दाईजोमा मेरो बुबाले एक कठा जग्गा सुन तीन तोला र सामान थ्यो अनि बिहे पछि फेरी तीन तोला सुन एक लाखरुपैया र एक कठा जग्गा मागेको थ्यो बिबाह पछि तैले दाईजो ल्याईनस भने के गर्छु भननु हुन्थ्यो दाईजो ल्याईनस भने तेरो पेटको बच्चा राजबिराज लगेर मारिदिन्छु अपरेसनन गरेर झिकी दिन्छु मारि दिन्छु त्यसैले बाबुसंग छिटो गएर पैसाा माँगेर लिएर आईज भन्थ्यो धम्की दिन्थ्यो बच्चा हुने टाईममा मलाई मेरो श्रीमानले आदिबाटोमा लगर छोडी दियो अनि म माईती गएर बसे दाईजो कारणले म मात्र होईन म ेरो देउरानी संग बिबाह गरेको मेरो देवरले पनि देउरानीसंग छोडपत्र गरेको छ ईन्डियाको सुपौलबाट प्रेम बिबाह गरीन सन्जनले सप्तरीको इनर्वामा तर माँगेर बिबाह गरेको भए पाँच सात लाख दाईजो आउने थियो भन्दै ससु ा सासु नन्दले सन्जनलाई यातदिन थालेै । पटक पटक अपहरण गर्न मान्छे लगाएबिबाह भएको सात दिनदेखि नै सन्जनको श्रीमानलाई ससुरा पक्षले गायब गराएका छन ्। श्रीमान कहाँछ थाहा छैन बिहे गरेको पाँच बर्ष बिति सक्दा पनि सात लाख दाईजो ल्याए मात्र बस्न दिने भन्छन दाइजोका कारण सन्जनले धेरै यातना भोगेकी छन ।

उनी आखाभरी आसु पार्दै रुदै भन्छिन –मैले लब म्यारिज बिबाह गरेकाले दहेज पाएनन् । त्यसैले मलाई धरै दुख दिन्छन् । मलाई अपहरण गर्न मान्छे पठाए धेरै पिट्छन ् । एक पटक धेरै पिटे अनि म अस्पतालमा भर्ना भए अनि उनीहरुलाई पनि ठानामा थुने । अनि उसको लागी केही गर्छे ज्यानको जिम्मेवारी लिन्छु भन्यो तर केही गर्दैन न त ज्यानको जिम्मेवारी लिन्छ नत खान खर्च केही दिदैन न त घरमा बस्न दिन्छन ् । न त नागरिकता बनाई दिन्छछ बिबाह लब म्यारिज गरेकाले एिनौ बिबाह पछि मेरी एउटी ननद छन ् । क् उनलाई हामीले फोन गरेर आउदै छौ भन्योैत्उसपछि ननद रुन थालिन सासु ससुरा सब रुन थाले किन दाईजो नलिई बिबाह गरेको भनन थाले तैले यसलाई राखिस भने बिष खाएर मर्छु तैले दाइजाबिना बिबाह गरि भनदै सबै रुन थाले उसैको र्बनीको कारणले मेरो श्रीमान अहिले सम्म बेपता छ मलाई पनि केही हेर्दैन ।


हाल सप्तरीका २० महिला मध्ये एक महिला दाईजोबाट पिडित छन ् ।सप्रीको बिष्हरियाकी रेखा चौधरीको पिडा पनि उस्तै छ । छ रेखाको पनि सात बर्ष अघि बिबाह भयो सुनसरीको पच्मि कुसाहामा मागे जति दाईजो नल्याएको भन्लै रेखालाई सासु ससुरा र श्रीमानले यातना दिन थाले पेटमा बच्चा हुदा सुत्केरी गराउने पैसा माईतीबाट लिएर आईज नत्र तेरो बच्चा मारि दिन्छै भन्थे रेखाको सासु ससुराले माईती जाँदै पिच्छे बिबाहमा कम दाईजो ल्याएको भन्दै पाँच हजार दश हजार दाइजो माँग गरे अन्त्यमा पेटमा भएको बचलाई नै मारिदिने भने पछि रेखाले ससुरको घर छोडिन र सात बर्ष दखि माईतीमा नै छन ।


उनी अगाडि भन्छिन् ः–मलाई दहेज ४५ हजार माँगेको थियो त्यसमा बुबाको भनाई अनुसार २५ हजार दिनु भएको उनीहरुको भनाई अनुसार १५ हजार मात्र दिएको छ भन्छ । तेरो बुबाले दाईजो दिएन भन्दै कुटपीट गर्छन् ।गाली गलौज गर्छन ् । बुबासंग पैसा मागेर लिएर आईज भन्छ । बुबा पनि किड्नीको बिरामी हुनुहुन्थ्यो । पैसाा पनि दिन सक्नु भएन कुनै पटक दश हजार कुनै पटक पाँच हजार लिएर लिएर आईज भन्थ्यो । बच्चा पेटमा हुदा जा पैसा लिएर आईज तलाई बिना अपरेन बच्चा हुदैन जा पैसा लिएर आईज अनि हुद मात्र घरमा बस्नु भन्थ्यो । यस्तै यातना दिन थाल्यो अनि म पेटमा बच्चा ै माईत आएर बस्न थाले माईतीमा नै छोरा भयो बचलाई मारिदिन्छु भन्न थालो र म ६ बर्ष देखि माईतीमा नै बस्छु तर मेरोभाईले भन्यो म कमाउने भएपछि मेरो बुबाले ४५ हजार रुपैया दिन्छु भन्नु भएको भएको छ भने म एकान्न हजार रुपैया दिन्छु भनो । तर उनीहरुले मानेनन् ।


यता आफु संग पैसा र पहुच नभएकोले कतै आफुलाई परेको अन्यायका बिरुद्ध केश नदिएको बताउन रेखाले प्रहरीलाई जाहेरी दिनु भएन ? मेरो कुनै प्रमाणै छैन । न बिबाह दर्ता छ । प्रमाणै नभएकाले मैले कही पनि केश दिएको छैन । गाँउलेहरुले मलाई भर गएको बेला केश दे म पनि सहयोग गर्छु भने तर म संग त्यति पैसा पनि छैन केश दिनको लागी नजिक भएको भए त म हिडेर पनि जान सक्थे । तर त्यहा त जान आउन दुई सय रुपैया लाग्छ फेरी मेरा े बुबा भाई पनि हुनु हुन्न । नकसैलाई मैले चिनेकी छु एउटा बिधुवा आमा हुनु हुन्छ । फेरी सानो छोरालाई छोडेर कहा जाने एक्लै ।संस्थाको पहलमा दाईजो घटनामा कमी आएको बताउनु हुन्छ महिला हिंसा सम्बन्धी काम गर्ने संथा हुेक सप्तरीकी उपाध्यक्ष उमा पोख्रेल संस्थाले संचालन गरेको पारालिगल प्रोग्रामले ३३ गाबिस र एक नगरपालिकाका महिलामा लुकेर बसेका महिला माथि भएका घटना बाहिर ल्याउन थालेको बताउनु हुन्छ ।यस्ता घटनामा बोल्नसक्ने कुरा उठाउने हिम्मत आएको बताउनु हुन्छ उमा पोखरेल ।



तराईमा भनौ न झा बाहुन देब जी यसमा चाहि दहेज प्रथा भनेको भयङ्कर ठूलो रोग हो जसको ईलाज हुदैन जो अन्तिममा मर्छ नै । त्यस्तो किसिमको रोग हो यो एउटा दहेजलाई जतिसुकै चाहेर पनि उन्मुलन गर्न खोज्यौ होईन बिभिन्न संघ संस्था हामी पनि त्यसै बिरुद्ध लागी परेका छै । केही कमी आएको छ तर यो चाहिने यसलाई सम्पूर्ण रुपले निकनलेर फ्याक्न अझै २५ , ३० बर्ष लाग्छ । सप्तरी जिल्लामा महिलाको उपरमा भने कुनै एनजीओ थिएन पारा लिगल पोग्राम जब आयो अनि महिला र बालबालिकाको क्षेत्रमा नै काम गर्ने भनेर संस्था भनेर महिला दिदि बहिनी थाहा पाए पछि यस्ता कुरा जो दाइजो कुटपीट रेप केश धेरै यस्ता बिबाद थिए ती कुरा पहिला लुकेको अबस्थामा थिए यी केश हरु अब सुन्ने ठाँउ छ पोख्ने ठाँउ छ भन्ने थाहा पाएपछि वहाहरुले उठाउन थाल्नु भएको छ ती गाबिसका महिलाहरुले धेरै नजानेका मबझेका महिलाको मुखमा आवाज आएको छ । हामीले न्याय पाउछौ भन्ने कुरामा बिश्वास भएका छौ ।


तराईमा झा बाहुन र देबजी समुदायमा दाईजो लेनदेन धेरै हुन्छ भन्नु हुन्छ कानुन ब्यबसायी उमाशंकर देब एसएलसी पास गरेको केटालाई पाँच लाख रुपैया रेट नै जस्तो भएको छ जति पढाई बढ्दै जान्छ त्यति नै रेट पनि बढ्दै जाने बताउनु हुन्छ उमा शंकर देब ।

देबले अहिले समाजमा सबभन्दा ठूलो बिक्रिती दहेज छ यहाँ दहेजले जरा गाडी सकेको छ । यो मधेशी समुदायमा यहा एस एल सी पास गर्ने केटा भयो भने त्यसको रेट पाँच लाख रुपैया फिक्स भई सकेको हुनछ । गोरु ज्स्तै यहा मान्छे खरिद बिक्री हुन्छ ।एउटाले पाँच लाख दिउो भने देखि अर्कोले ६ लाख दिन खोज्छ । यहा दाईजो कै कारण महिलाहरु ीहंसामा परेका छन ् । देबजी समुदायमा सबभन्दा बढी दहेज लेनदेन हुन्छ । कसैले दहेजमा कार दिन्छ कार दियो भने मेरो छोरा पनि ईन्जीनियर हो मलाई पनि कार चाहियो भनेर डिमान्ड हुन्छ । डाक्टर इन्जीनियर भयो भने १६ देखि २० लाख रुपैया सम्म रेट छ ।


एम बी बिएस केटाले त नपढेकी केटी बिबाह गर्दैन पढेकी केटी भए पनि दाम त्यही हो । रेट त्यही हो पढे लेखेकी केटी भए पनि त्यसको बुबाले केटालाई दहेज दिनै पर्छ ।


दाईजोबाट जति पिडित भए पनि उजुरी गर्न प्रशासनमा कोही जाने गरेकाले चलनकै रुपमा सबैले स्वीकारेकाले पनि यो सम्स्या बढ्दै गएको बताउनु हुन्छ उमा शंकर जसले जे गरे पनि हुने र कानुनी राज्य नभएकाले यस्ता घटनामा बृद्धि भएको बताउनु हुन्छ देब ।


हुन त दाईजो कम गर्नका लागी राज्यले नै कडा कानुन बनाएर कडाईका लागु गर्ने हो भने मात्र दहेज लेनदेनको अन्त्य अनि महिला हिंसामा कमी आउने देखिन्छ ।