न्यायका लागि एक महिला भौतारिदै

महोत्तरी समाचारदाता
जलेश्वर, चैत २८ गते । रक्षक नै रक्षा गर्न नसकेपछि कहाँ जाने ? अहिले यस्तै प्रश्न गुनगुनाउँदै महोत्तरीकी एक महिला न्यायका लागि भौतारि रहेकी छिन् ।
महोत्तरी जिल्लाको भारतीय सीमावर्ती भिठ्ठामोरस्थित प्रहरी चौकी मैं पिटिएर थिलथिलो भएकी जलेश्वर–१२ की रेणु साह अहिले न्यायका लागि एक हप्तादेखि सदरमुकाम जलेश्वरमा चाहारी रहे पनि अहिले सम्म उनलाई न्याय भेटन सकेको छैन. । अहिले उनी आफुलाई न्याय भेटला भन्ने आशा समेत मारीसकेकी छिन् ।
आफ्नै पति रामनन्दन साहसंग घरायसी कुरामा भनाभन हुँदा सिमा नाका भिठामोड स्थित अस्थायी प्रहरी चौकी झिकाइएकी रेणुलाई प्रहरीकै सामुन्ने त्यहीका केही मानिसले मरनासन्न हुने कुटपिट गरेका थिए । उनले उनीहरुको विरद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपनि एक हप्ता भै सक्दा पनि उजुरी दर्ता हुन सकेको छैन् । प्रहरीले सो घटनामा संलग्न कसैलाई पक्राउ समेत गर्न सकेको छैन् । पिडित रेणुले कुटपिट गर्ने क्रममा प्रहरीले रक्षा गर्नुपर्नेमा उल्टै मुकदर्शक बनेको बताइन ।
आफुलाई सार्वजनिकस्थलमै प्रहरीका सामु लछारपछार पारेर कुटपिट गरे विरुद्घ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदा दत्र्ता सम्म नगरेर प्रहरी अधिकृतहरुले फर्काइदिएका पिडित रेणुले आफ्ना शरीर भरीका निलडाम देखाउदै बताइन् । उनले भक्कानिदै भनिन् रक्षक नै भक्षक भएपछि न्याय भेट्छु भन्ने आशा नै छैन्’ ।
दिउँसो नै जलेश्वर–१२ भिठ्ठामोरका सञ्जय पाण्डे, रवि पाण्डे, अशोक पाण्डे, दिलिप पाण्डे, बीरेन्द्र पाण्डे र नागेन्द्र पाण्डे सहितकाले चौकी मैं उनलाई कुटपिट गर्दे गाउँ समेत निकाला गरेको रेणुले बताइन । सात छोराछोरीकी आमा रेणुले आफुलाई न्याय दिलाई दिन विभिन्न मानवअधिकारकर्मीहरुलाई गुहारेकी छिन् । यसै घटनाको विषयमा आफुहरुले छानविन गरिरहेकी महिला मानवअधिकारकर्मी रेखा झाले वताईन । उनले गल्ती गर्नेहरुलाई सजाय हुुनुपर्ने माँग समेत गरिन् । यता मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले आफुहरुले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक संजयराज शर्मासंग यस सम्बन्धित कुरा गरेको र छानविन गरेपछि आफुहरुले प्रशासनलाई दवाव दिने वताउनुभयो । उहाँले प्रहरी परिसर भित्र यदि कुटेको हो भने प्रशासनले यसमा गल्ती स्विकार गरी महिलालाई न्याय दिनुपर्ने माँग गर्नुभयो ।