रुढीवादी परम्पराविरुद्ध पुरोहित
(गोपालप्रसाद बराल)महोत्तरी, ७ माघ । महोत्तरीको सुदूर उत्तरवत्र्ती क्षेत्रमा अहिले कर्मकाण्डबाटै रुढी परम्पराविरुद्ध सामाजिक जागरणमा लागिपरेका पुरोहित झलक दाहालको चर्चा चुलिएको छ । पुरोहित दाहाल रुढी परम्पराविरुद्ध आफ्नो पेसाभित्रैबाट सामाजिक तथा सांस्कृतिक जागरणमा नयाँ अभ्यास गराएपछि सबैतिर उहाँको चर्चा बढेको हो ।
पछिल्लोपटक छोरा नभएकी गौरीवास–१ की चण्डीमाया आलेको निधनपछि उनको किरियाकर्म छोरीहरुबाट गराउने निर्णय सुनाएपछि झलकको यो कामको सबैले प्रशंसा गरेका छन् ।
घरमा छोरी भए पनि महिलाले किरियापुत्री बस्न हुन्न भन्ने पुरानो मान्यतालाई पन्छ्याउँदै पुरोहितले नै चण्डीमायाका छोरीलाई किरियाकर्म गर्न लगाएपछि अब महिलाले काजकिरिया गर्न हुन्छ भन्ने सामाजिक मान्यता नै यहाँ स्थापित भएको छ । छोरी भए पनि किरियापुत्री बस्न छोरा नै चाहिन्छ भन्ने हिन्दू धर्ममा कुनै मान्यता नभएको भन्दै पुरोहित दाहालले सजिलो बाटो बताइदिनुभएको स्थानीय युवा सुजन खतिवडाले बताउनुभयो ।
गाउँका बूढापाका, पुरोहित, पण्डित र दलका अगुवा प्रतिनिधिहरु सामाजिक र सांस्कृतिक गतिविधि एवम् परम्परा धान्ने कुरामा समयानुकूल सुधारका पक्षमा उभिए लैङ्गिक र अन्य विभेद् न्यूनीकरण गर्न सघाउ पुग्ने आम युवाको धारणा छ । आफ्नो गाउँमा दाहालले छोरी पनि किरियापुत्री बस्न सक्छन् भन्ने सन्देश दिएर सांस्कृतिक रुपमा महिलाविरुद्ध हँुदै आएको विभेद् चिर्न सघाउ पु¥याउनुभएको सञ्चारकर्मी गीता चिमोरियाले बताउनुभयो ।
आमाको मृत्युपछि किरिया बस्न कसलाई बोलाउने भनेर रनभुल्ल परेका बेला पुरोहित दाहालले आपूmहरुलाई किरिया बस्नुभन्दा सन्तान हुनुको सन्तुष्टि प्राप्त भएको भर्खरै आमाको किरिया सम्पन्न गरेकी पविमाया आलेको भनाइ छ । चण्डीमायाको गत पुस २४ गते मृत्युपछि उहाँका पाँच छोरीले सामूहिक किरिया गरेका थिए । आपूmहरुको आमाको किरिया गर्ने चाहना पुरोहित दाहालको सकारात्मक सोचले साकार भएको ती दिदीबहिनीको धारणा छ ।
कर्मकाण्डी परम्परा मान्छेले नै बनाएकाले यो समयअनुसार परिवर्तित गरिँदै लानुपर्ने पुरोहित दाहाल बताउनुहुन्छ । पछिल्ला दिनमा आपूmले गराएका कर्मकाण्डसम्बन्धी नयाँ अभ्यासलाई समाजले सजिलै पचाउँदा धेरै सजिलो भएको दाहालले बताउनुभयो ।
किरियापुत्रीलाई कोरा (किरियापुत्री बस्न बनाइने ठाउँ) भित्र बस्नैपर्ने र सेतो मार्किनको लुगामात्र लाउनुपर्ने चलन फेरेर सामान्य पहिरनमै शोक बार्न लगाउँदा कतिपयले पुरोहितकोे विरोध गरेका स्थानीय युवाको भनाइ छ । तर, धेरैजसो युवाले पुरोहितको सुधारात्मक कदमलाई समर्थन गरेपछि त्यस्ता स्वर सुनिन छाडेका बर्दिवास–७ का मधुसूदन शर्माले बताउनुभयो ।
गत भदौ महिनामा पनि गौरीवास–१ कै पवित्रा देवकोटाले पतिको निधनपछि किरिया आफैँ गर्न व्यक्त गरेको इच्छा पनि पुरोहितकै सहमतिमा रातो लुगा लाएरै सम्भव भएको थियो ।