हराउन थाले मिथिलाबाट गोदना

हराउन थाले मिथिलाबाट गोदना

जनकपुर पुस ८ गते ।images1
मिथिलाञ्चलका महिलाहरुले आप्mनो अंगमा खोपाउने गरेको गोदना अहिले आधुनिकताको कारणले लोप हुने अवस्थामा पुगको छ । महिलाहरुले अहिले गोदना खोपाउने कार्य नै बन्द गरेका छन । अहिले समाजमा आधुनिक प्रकारको गहनाहरु पाउने गरेको कारणले गर्दा समेत गोदना परम्परा लोप भएको संस्कृति विदहरुको कथन रहेको छ । उनिहरुका अनुसार अहिले गाउँमा समेत गोदना महिलाको हातमा देखिन छाडेको छ ।
कतिपय मिथिला साहित्यका जानकारहरु गोदनालाई समेत चित्रकलाको रुपमा नै लिने गरेका छन । उनिहरुका अनुसार शरिरलाई श्रृंगार गर्नको लागि गोदना खोपाउने गरिएको छ । साहित्यकार रामदयाल राकेशका अनुसार गोदना अचेल मैथिल महिलाहरुमा धेरै लोकप्रिय नभए तापनि यसको अस्तित्व नै छैन भन्न नसकिने बताउनु हुन्छ । उहाँले केही निम्न जातिका महिलाहरुमा यो आभुषणको रुपमा अहिले पनि प्रचलित रहेको राकेशको कथन रहेको छ । कहिले काहिँ त शारिरिक सौन्दर्यलाई यसले बिगारेको जस्तो लाग्छ तर यो एक प्रकारको मिथिलाको पौराणिक पहिचानको रुपमा रहेको बताउनु हुन्छ । गोदना खास गरेर मैथिल ग्रामीण समाजमा धेरै प्रचलित भएकाले ग्रामीण महिलाहरु यसलाई मन पराउछन् । नटिन जातिका महिलाहरु खोप्ने काम गर्दछन । गाउँ गाउँमा गएर महिलाहरुका हात, छाति, खुट्टामा खोपेवापत पारिश्रमिकको रुपमा नगद मेहनत मजदुरी लिने गर्दछन । यिनहिरु यस काममा खुब खप्पिस हुन्छन । मिथिलामा गोदना खोपाउने कार्य नट नामको एउटा फिरन्ते जातिले गर्ने गर्दछन । अहिले पनि ति जातिहरु मिथिलाञ्चलको गाउँ गाउँमा आउने गरेका छन । र अहिले पनि महिलाहरु गोदना खोपाउने गर्छिन तर विस्तारै यो परम्परामा थोरै वहुत कमि भने आएको छ ।
मिथिलामा सौन्दर्य एवं प्रसाधन परम्परामा गोदनाको प्रयोग कहिले देखि भएको हो । त्यस विषयमा विशेषज्ञहरु मौन रहेका छन् । यद्यपि अनुमान गरिन्छ कि यो परम्परा १३२६ इश्वीमा मिथिलामा कर्णट राजवंशको पतन पश्चात मुस्लीम शासकबाट आक्रान्त एवं अत्याचार बढेपछि मिथिलामा यो परम्परा भित्रिएको हो । भनिन्छ गोदना गोदाउने काममा सुंगुरको छालाको रसको प्रयोग गरिन्थ्यो । गोदना जस्तै सुंगुरको छालाको रस मानव शरिरमा सदाको लागि बस्ने गरिन्थ्यो । इस्लाम धर्ममा सुंगुरलाई सबैभन्दा घृणास्पद वस्तु मानेर त्यसबाट सदैव टाढा बस्न भनेको छ । जसले कुनै सुन्दरी स्त्रीलाई चाहेर पनि मुस्लीम शासक स्पर्श गर्न चाहदैनथे । त्यसैले पहिला पहिला महिलाहरु आप्mनो शरिरमा गोदना कुनै न कुनै भागमा गोदाउने गर्थिन । जो विस्तारै मिथिलाको सभ्यता र सांस्कृति नै बन्यो । त्योे परम्पराकोरुपमा अहिले सम्म मिथिलामा जिवन्त रहेको छ ।
गोदना गितमा प्रेमको भाव झल्कीने गर्छ । प्रस्तुत अर्को लोकप्रिय गोदना लोकगित–
उतरि राज से अएलै एक नटिनिए रे जान,
बसिएर गेले चानन विरिछिए ,रे जान,
घर पछु अरबामे नटवाके बेटवा रे जान
जान सेहो र गेले मनवा मे बसिए रे जान….
विशेष गरेर गोदना अहिलेपनि थारु महिलामा त्यतिकै लोकप्रिय रहेको छ । थारु समाजमा जतिको आधुनिता आएपनि उनिहरुले अहिलेपनि गोदना प्रथालाई छाडेका छैनन । स्थानिय साहित्यकारहरुका अनुसार गोदनाको नै अर्को स्वरुप ट्याटु रहेको छ । जो विशष गरेर युवायुवतिको बिचमा निकै लोकप्रिय रहेको छ ।