कतै तपाई पनि त ठगिनु भएको छैन ?
रञ्जन भण्डारी
सदरमुकाम जलेश्वर अधिकांश कार्यालयहरु भएको ठाउ यहा सरकारी पचास भन्दा माथी र गैरसरकारी सयौ कार्यालय रहेको छ । यतिको कार्यालय हुदा काम पनि यहा धेरै हुन्छ र कामसंगै भ्रष्टाचार पनि हुन्छ । किन हुन्छ त भ्रष्टाचार ? को छन दोषी ? र भ्रष्टाचार निर्मुल कसरी गर्ने त ? प्रथमत हामी यसमा विचार गर्नु पर्ने आवश्यक छ ।
नागरिकता बनाउने,पासपोर्ट बनाउने,जमिन नामसारी ,रजिष्ट्री,जग्गाको नक्सा निकाल्ने आदी काम प्राय हामीसवैले गर्ने गरेका छौ । यी कामहरुको लागि सरकारले सेवा वापतको रकम निर्धारण गरेको प्राय सवैलाई विदितै छ । हामी दुरुस्त कागजात र समयको अभावमा यी कामहरु गराउन खोज्दा भ्रष्टाचारीहरुको चपेटामा पर्ने गरेका छौ । हामीले देखाएको कागजात एवं काम छिटो गराउन हामीमा देखिएको व्यग्रताको फाईदा भने त्यसता व्यक्ति लिन खोज्छन र हामीसंग काम गरिदिए वापत केहि धनको आश गर्छन । यहि धनलिने कार्य भ्रष्टाचार हो र लिने व्यक्ति भ्रष्टाचारी ।
उपभोक्ताहरु जिम्मेवार नभईदिनु ,कागजात दुरुस्त नराख्नु,तुरुन्त सेवा लिन खोज्नु र सम्बन्धित काम कसरी र कहा गर्ने भन्ने जानकारीको अभावमा यस्ता भ्रष्टाचारीहरुको टारगेटमा पर्ने गर्छन । यसको सुरुवात भनेयस्ता कामहरुमा सहयोग गर्ने लेखापढी व्यवसायीहरुबाट नै हुन्छ । लेखापढी व्यवसायीले तपाईको फाईलमा गल्तीहरु देखाउन थाल्छन र सो गल्ती भित्र गएर मिलाईदिने भन्दै कर्मचारीलाई केहि दिनु पर्छ भन्दै रकम मांग गर्छन । यहा एउटा थप समस्या छ कर्मचारीले विभिन्न कारणले सिधै तपाईसंग पैसाको डिमाण्ड नगर्ने तर तपाईको काम समेत थाती राखिदिने हुनाले वाध्यतावश तपाईलाई यिनको सहारा लिनै पर्ने हुन्छ र सुरु हुन्छ पैसाको खेल ।
उदाहरणका लागि मालपोतको कुरा गरौ । तपाई जग्गा किन्दै हुनुहुन्छ र सो को लागि मालपोत पुग्नु भयो । जिल्ला मालपोत कार्यालय महोत्तरी परिसरमा रहेको लेखापढी व्यवसायीले प्रत्येक कामको दर रेट तोकेको छ जस्तै रजिष्ट्रेशनको रु ८१५,दृष्टीबन्धक,दाखिला खारेज र नामसारीको रु.५१५,अंशवंडाको रु २०१५,कपाली तमसुकको रु सय र सटटापटटको रु दुई हजार तर सो दर रेटको चार्ट कुनै लेखापढी व्यवसायीले उपभोक्तालाई देखिने गरि राखेका हुदैनन । यहा तपाईलाई कार्यालय भित्र धेरै कामको चाप रहेको र तपाईको काम हुन ढिलो हुन सक्ने भन्दै आफुसंग रहेको सहायक वा आफै तपाईको काम गराईदिने र भित्र प्राय सवै कर्मचारीसंग आफ्नो सम्बन्ध रहेको बताउदै थप पैसा मांग्छन । यहा तपाई राजी हुनु भयो भने भित्र तपाईले थोरै खर्च गरे पुग्छ नभए दान पेटीमा पैसा दान गरे जस्तै यहावाट चढावा चढाउदै जानुस । प्रथमत तपाईको मोठ खोज्नु पर्ने हुन्छ तर त्यहा सहयोगीको संख्या कम छ र काम धेरै अव के गर्नु हुन्छ काम गराउनु छ भने केहि भेटी त्यहा नचढाए प्रतिक्षामा वस्नुस । सो पछि मोठ भिराउनलाई समेत केहि त हुनुपर्र्यो नि हैन र ? यि दुई काम सकेर कम्प्युटर रुममा सो जग्गा अरुकसैले समेत हकभोग गरेको छ लगायतका वारे विश्वस्त हुन थप केहि उहालाई समेत दिनुस । सो पछि प्रत्येक टेबलमा भोज वापत वाडदै जादा वाहिर तपाईको लेखापढी व्यवसायीले मांग गरेको भन्दा महगों पर्छ । भोज खाने नाममा तपाईसंग केहि रकम भने लिएरै छाड्छन दिनुहुन्न भने एकदिनमा हुने कामको लागि दुई तिन दिन सम्म दुगुर्नु पर्ने वाध्यता समेत रहेको हुन्छ हामीसंग । राम्रो काम हुने दिनमा रजिष्ट्रेसन,दृष्टीबन्धक,दाखिल खारेज,नामसारी,अंशवण्डा,कपाली तम्सुक लगायतका सवै काम मिलाई सय जति हुन्छ मालपोतमा र एकाध सवै कागजात दुरुस्त पेश गर्ने र काम नगरे प्रतिवाद गर्न सकने व्यक्ती वाहेक सवैसंग हजार देखि तिन हजारसम्म तोकेको रकम भन्दा वढी लिईएको पाईन्छ । अर्थात यस्तो ठाउमा एकलाख देखि तिनलाखसम्म वाहिरी कमाई गर्छन । यस्तै जिल्ला प्रसासन कार्यालयमा समेत नागरिकतामा उमेर घटाउने ,बढाउने,राहदानी लिन अपुग कागजात मिलाउन देखि लिएर कार्यालयमा प्रवेश गर्ने अधिकांश सेवाग्राहीले चढावा दिनै पर्छ । यी दुवै र अन्य कार्यालयमा समेत समानता भनेको तपाईमा केहि न केहि कमजोरी हो जसको यिनले भरपुर फाईदा उठाउछन । यहा कमजोरीको अर्थ माथी उल्लेखित मात्र नभई तपाईमा म घुस दिन्न जे गर्नु पर्छ जुन कागजात ल्याउनु पर्छ त्यो ल्याउछु भन्ने आट र आत्मविश्वास नहुनु हो । हामीले चाहे भने एक दिनमा भ्रष्टाचार समाप्त गर्न सक्छौ तर हामी आट गर्दैनौ किनकी अधिकांश ठाउमा हामी समेत गलत हुने गरेका छौ ।
भ्रष्टाचारको अर्को अखाडा भन्सारलाई लिन सकिन्छ । सिमाक्षेत्रमा वसोवास गर्ने अधिकांश नागरिक,व्यापारी सवै भारतवाट घरेलु तथा व्यापारिक प्रयोजन आदीको लागि सामानहरु ल्याउने गरेका छौ तर सो ल्याए वापत भन्सार नै नकटाई गेटमै थोरै पैसा दिएर सामान भित्रयाउन खोज्छौ । यहापनि गेटमा वस्ने देखि लिएर भित्रसम्मको सवैले केहि न केहि लाभ पाउछ । सुचना यहा पनि लुकाईन्छ कुन सामानको भन्सार महसुल कति हो को जानकारी गेटमा हुदैन कि त जानकारी लिन भित्र जानुस हामी यहा पनि कन्जुस्याई गर्छौ र झन्झट कसले वेहोर्छ भनि गेटमै कुरा मिलाउछौ ।
जिल्ला विकासको हकमा जिल्ला भरीका योजना निर्माण देखि कार्यान्वयन यहिवाट हुने हो र करोडौ अरवौको योजना आफ्नो हात पार्न नजराना स्वरुप सो योजनामा लाग्ने रकमको केहि प्रतिशत जसलाई पिसी भन्ने गरिन्छ सो हामी भेटी चढाउछौ अनि कसरी नहोस भ्रष्टाचार । विभिन्न तालिम,गोष्ठी,सभा आदी सम्पन्न गर्न लाग्ने रकम वारे हरेक सर्वसाधारणले जान्ने हक छ तर सो कार्यक्रममा उपस्थित हुनेले समेत वजेट सार्वजनिक गर्न मांग गर्दैनन । प्रहरीमा मुद्दा फाटमा काम लिन ठुला वडा हाकिमलाई समेत नजराना दिईन्छ र केस मिलाउने,समाप्त गर्ने लगायतको विभिन्न कार्यको लागि मोटो रकम मांग गरिन्छ यहा समेत केहि यस्ता काम गराईदिने मानिसहरुको उठवस भने हुन्छ । गैरसरकारी संघसंस्थामा समेत अधिकांशले कागजमै काम मिलाएर दाताहरुसंग रकम निकासा गराएको उदाहरण एक खोज्दा हजार भेटिन्छ । हाम्रा केहि गाविस सचिवहरु पैसाको लागि जेठो दाईको उमेर कान्छो भन्दा कम गर्न समेत पछि पर्दैनन । या भनौ भारतिय नागरिकलाई नेपाली नागरिक बनाउन सिफारिस समेत गरेको तिन देखि चार वटा मुद्दा त गत वर्ष नै भेटियो ।
यहा भ्रष्टाचार निर्मुल गर्न पहल भने नभएको हैन वेला वेलामा अख्तियार,जिल्ला प्रसासन कार्यालय लगायतका सरोकारवाला निकायले प्रयास गरेकै हुन तर त्यो प्रभावकारी हुन नसकदा,आरोपी धरौटीमा वा विना कार्यवाही कै उम्किने गर्छन । जसले उनको हौषला झन वढछ र उनी यस्ता कार्यमा झन लिप्त हुन्छन ।
अहिले भ्रष्टाचारकै कारण महोत्तरी लगायत देश नै आक्रान्त वनेको अवस्था छ । यसले आपराधिक गतिविधि,महंगाई र समाजलाई नै कलंकित गरिरहेको अवस्थामा यसको विकल्प अनिवार्य छ । जसको पहल आफैवाट गर्नु पर्ने हुन्छ । हामीले साना साना लाभको लागि देशलाई अन्धकारमा धकेलिरहेका छौ । हाम्रो गल्ती नहुदा समेत भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेका हुन्छौ भ्रष्टाचारका कारण समाज,देश सवै ठाउमा विकृती फैलिदै छ ।
मालपोत,जिल्ला प्रसासन,भन्सार लगायतका सवै सार्वजनिक निकाय,गैरसरकारी कार्यलयहरुमा कागजात दुरुस्त पारेर जाउ ,सरकारले तोकेको भन्दा वढी पैसा नदिउ,हरेक योजना,कार्यक्रम,गोष्ठी र सेमिनारहरुमा जादा वजेट देखाउन मांग गरौ । सुचनाको हकको सहि प्रयोग गरि शंकास्पद कार्यलय,राजनितिकदल लगायतका सवैसंग सुचना मागौं । भ्रष्टाचारीलाई समाजवाट वहिस्कार गरेर भ्रष्टाचारमुक्त समाजको निर्माण गरौ । आफूमै दृढ संकल्प गरौ जस्तो सुकै परिस्थितिमा हामी अडिग रहन्छौ र पैसा लिएर काम गर्नेहरुको विरोध गर्छौ । यिनीहरु माथी औला उठाउदा औला आफुतिर पनि देखिन्छ । त्यसैले प्रथमत हामीले आफुमा नै सुधार गर्नु पर्ने हुन्छ । कुनै कार्यालयमा काम गराउन जादा सवै थोक दुरुस्त भएर पनि भोज माग्यो भने भ्रष्टाचार विरुद्ध आवाज उठाऔ किनकी पैसा रुखमा फल्दैन ।