तेस्रो मधेश आन्दोलनको एक वर्ष पुरा ६ शहिद, ८८ जनामाथि मुद्दा

संविधानको मस्यौदा आएदेखि नै आफ्ना अधिकारको लागि आन्दोलन गर्दै आएका मधेशवादीदलहरुले ६ महिना लामो अवधिसम्म गरेको आन्दोलनको एकवर्ष पुगिसकेको छ । 
सो अवधिमा महोत्तरीमा ६ जनाले सुरक्षाकर्मीको गोली खाएर शहादत दिए भने विभिन्न कार्यक्रमहरुमा सहभागी भएर शहादत दिएकाहरुको संख्या महोत्तरीमा १० छ । एकजना सशस्त्र प्रहरीको पनि आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको थियो । दर्जनौं घाइते पनि भए । तर विभिन्न कारणहरुले गर्दा सरकारले ६ जनाबाहेक कसैलाई पनि शहिदको दर्जामा राखेको पाईन्न् । 
गतवर्ष साउन २९ गतेदेखि शुरु भएको आन्दोलन उत्कर्षमा पुग्दै विभिन्न चरणमा गरेर झण्डै ६ महिना लामो अवधिसम्म चल्न सफल भएको थियो । जो दुनियाँमै यतिका दिनसम्म चलने आन्दोलन मध्येको एक हो । यस्ता आन्दोलन संसारमा विरलै हुने गर्छन् र होला पनि । 
सो अवधिमा महोत्तरीमा सुरक्षाकर्मीको गोली लागि भदौ २३ गते चारजना र भदौं २५ गते एक सुरक्षाकर्मीसहित ३ जना गरी ७ जनाको मृत्यु भएको थियो । 
भदौं २३ वुधबार महोत्तरीमा सुरक्षाकर्मीको गोली लागि जलेश्वर नगरपालिका वडानं. ७ बजराही बस्ने रोहन चौधरी, जलेश्वर नपा १४ बखरी बस्ने अमित कापर र महोत्तरी गाविस वडानं. ५ बस्ने रामविवेक यादव, पिगौनाका विरेन्द्र बिच्छा, भदौ २५ गते शुक्रबार सशस्त्र प्रहरीका असई थमनबहादुर बिक, हात्तिलेटकी राप्रपाकी नेतृ रामशिला देवी मण्डल तथा जलेश्वर नगरपालिका वडानं. ७ का रेडक्रसकर्मी गणेश चौधरीको मृत्यु भएको छ । मृतकहरु मध्ये रोहन र गणेश चौधरी नाति र हजुरवुवा रहेका थिए । 
त्यसतै जलेश्वर १४ को बखरीबाटो भई सशस्त्रको केही गाडीहरु गइरहेको बेला मचेको भगदडमा सोही गाविसमा रहेकी छोरीको ससुराली आएका महोत्तरीको फुल्हटटा गाविस ८ का हकिम अन्सारी आत्तिएर भाग्न खोज्दा लडेर उनको मृत्यु भएको थियो  भने असोज ३ गते नेपालको संविधान २०७२ जारी भएपछि सो संविधान आफुहरुको पक्षमा नभएको भन्दै सोही राति गौशाला नगरपालिका ५ रजखोरका रामप्रदिप महतोले गम्छाको पासो लगाएर आत्महत्या गरेका थिए । त्यसैगरी मोर्चाले असोज १४ गते बिहीबार आव्हान गरेको मेची महाकाली मानव साँगलोको कार्यक्रममा मनरा ७ मा सहभागी भएका सिस्वाकटैया ८ सहसरामका ४५ वर्षिय उमेश कापरको पनि मृत्यु भएको थियो । मानव साँगलोमा सहभागी भएका उनी त्यही एक्कासी ढलेका थिए र उनलाई जलेश्वर अस्पताल ल्याएपछि चिकित्सक डा.सतिश साहले मृत घोषित गरेका    थिए । मोर्चाले उनीहरुलाई पनि शहिद घोषणा गर्नुपर्ने माँग गर्दै आएका छन् ।

आन्दोलनकै क्रममा सुरक्षानिकायले मुद्दालाई कमजोर बनाउन तथा नेताहरुलाई तर्साउन सशस्त्र प्रहरीका असई थमनबहादुर बिकको हत्यामा संलग्न रहेको भन्दै तिनजनालाई पक्राउ र अन्य नेताहरुमाथि मुद्दा लगायो । बिकको हत्या तथा एम्बुलेन्समा आगजनी गरिएको घटनामा प्रहरीले पक्राउ परेका तिनजनासहित २८ जनामाथि कर्तव्य ज्यान तथा २५ जनामाथि एम्बुलेन्समा आगजनीको मुद्दा लगाएका थिए । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीले फागुन २ गते आईतबार सो घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका वडानं. ३ बस्ने २५ वर्षिय सञ्जय कुमार साह, जलेश्वर नगरपालिका वडानं. २ बस्ने वर्ष ३० का प्रदिप साह माझी र फुल्हट्टा परिकौली गाविस ३ हाल जलेश्वर नगरपालिका वडा नं. १७ का वर्ष ५५ का मोहन ठाकुरलाई सार्वजनिक गर्दै यस घटनामा संलग्नहरुको खोजीकार्य तिव्र गरिएको प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभएको थियो ।
प्रहरीले जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने वर्ष २५ को संजय कुमार साह (पक्राउ), जलेश्वर वार्ड नं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी (पक्राउ), फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुर (रिहा) सहित थप २५ जनालाई फरारको सुचीमा राखेको छ । यसरी फरारको सुचीमा रहेकाहरुमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव र सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो तथा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसांसद कौशलकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रामशंकर मिश्र शाहीजी, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेय, सदभावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र रायसहितका रहेका छन् ।
त्यसैगरी जलेश्वर न.पा.वार्ड नं. ३ का वर्ष २५ को संजय कुमार साह (पक्राउ), जलेश्वर वार्ड नं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी (पक्राउ), फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुर (रिहा), जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने वर्ष ४५ को रमेशप्रसाद साह, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २७ को सतेन्द्र चौधरी, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष ४० को चन्देश्वर साह मेहतरी, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी, जलेश्वर वार्ड नं. १३ बस्ने वर्ष ३० को देवेन्द्र चौधरी, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष ३५ को नरेश साह, जलेश्वर वार्ड न. २ बस्ने वर्ष १८ को रामराजा साह, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष १८ को गोलु साह, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष २४ को हरिओम कुमार भगत रहेका छन् ।
त्यस्तै अन्य फरारको सुचीमा जलेश्वर वार्ड नं. १ मा बस्ने वर्ष २२ को रविन्द्र राम चमार, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष २५ को रंजित साह, जिल्ला सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने वर्ष २२ को बिकी साह, जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष २६ का फुले यादव, जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ४५ को पवन कापर, महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने वर्ष ३५ को रोहीत कुमार शर्मा, जलेश्वर वार्ड नं. ४ बस्ने वर्ष ५० को लालबाबु बिन, भटौलिया वार्ड नं. २ बस्ने वर्ष ३४ को शम्भु साह, भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने वर्ष ४० को अनिल ठाकुर, सोनमा वार्ड ३ बस्ने वर्ष ४६ को देवेन्द्र यादव, खैरवनी वार्ड नं. ६ बस्ने ४५ को कौशल कुमार यादव, निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने वर्ष ६० को लक्ष्मी महतो, अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने वर्ष ३७ को अभिराम शर्मा, पर्सापतैली वार्ड नं. ७ बस्ने वर्ष ४२ को धर्मेन्द्र राय, पिगौना वार्ड नं. ५ बस्ने वर्ष ४७ को शंकर साही भन्ने राम शंकर मिश्र तथा सुगा भवानीपट्टी वार्ड नं. ९ बस्ने वर्ष ४८ को सुरेश पाण्डे रहेका छन् ।
त्यसैगरी एम्बुलेन्स आगजनीमा जलेश्वरका रामराजा साह, गोलु साह र रंजित साह बाहेक २५ जनामाथि मुद्दा दिइएको जनाइएको छ ।
गतवर्ष चैत्र १ गते सशस्त्रका असई थमनको हत्या तथा एम्बुलेन्समा आगजनी घटनामा संलग्न आरोपमा पक्राउ परेका तिनजनालाई पूर्पक्षको लागि जेलमा राख्ने आदेश भएको थियो भने एम्बुलेन्समा आगजनी गरेको भन्दै जनही चार÷चार हजार धरौटी राख्ने आदेश समेत भएको छ । जिल्ला अदालत जलेश्वरका १ नं. न्यायधिश किरणकुमार पोखरेलको ईजलाशले कर्तव्य ज्यान मुद्दाको अ.ब.११८(२) वमोजिम पक्राउ परेका तिनैजनालाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश भएको थियो तर पुनरावेदन अदालतको आदेशले भने ठाकुर रिहा भइसकेका छन् ।
मोर्चाले समेत आफ्ना कार्यकर्तामाथि लगाएको झुठो मुद्दा खारेज हुनुपर्ने माँग गर्दै आन्दोलन गरेका थिए । फागुन ११ गतेदेखि झण्डै १५ दिनसम्म गरेको गरेको आन्दोलन पनि कुनै निष्कर्षमा पुगेको थिएन । मोर्चाका विभिन्न घटकहरुले प्रतिदिन आ–आफ्नो नेतृत्वमा आन्दोलन गरेपनि सो आन्दोलनले कुनै प्रतिफल दिन सकेको थिएन भने फरारको सूचीमा रहेका केन्द्रीय नेतादेखि जिल्ला अध्यक्षसहित जिल्लातहका नेताहरु तिर्थयात्रामा निस्केका थिए ।
त्यसैगरी आन्दोलनमा सुरक्षाकर्मीको ज्यादतीबाट मृत्यु भएपनि प्रहरीले छानविनको लागि आफ्नो उजुरी नलिएको भन्दै रामविवेक यादवका वुवा परमादेशको लागि अदालत जानुभएको थियो । २०७२÷६÷२९ गतेमा जिल्ला हुलाक कार्यालय महोत्तरी मार्फत प्रेषित जाहेरी दरखास्त दर्ता गर्न र मृत्यु सम्बन्धमा समय सिमा तोकेर निष्पक्ष तथा विश्वसनीय अनुसंधान गर्न माँग गदै मुद्दा दर्ता गराइएको थियो । 
रामविवेक यादवको बुवा ईन्दु यादवले पुनरावेदन अदालत जनकपुरमा परमादेशको लागि दिनुभएको मुद्दामा चैत १६ गते मंगलबार अदालतले विपक्षीहरुलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको थियो । पिडित यादवले जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी दर्ता नगरेको र हुलाक मार्फत पठाउदाँ समेत अटेर गरेकोले परमादेशको लागि पुनरावेदन अदालत जनकपुरमा चैत १३ गते आईतबार मुद्दा दायर गर्नुभएको थियो ।
सोही मुद्दामा पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायधिश पुरुषोत्तम भण्डारी र न्यायधीश रामचन्द्र यादवको संयुक्त ईजलाशले विपक्षी जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रशासन कार्यालयलाई वादीहरुको मागदावी अनुसार परमादेश किन जारी नगर्ने भन्दै १५ दिन भित्र लिखित जवाफ लिएर उपस्थित हुन आदेश जारी गरेको हो । रिट निवेदकका तर्फबाट अधिवक्ता दिपेन्द्र झा, विकरु यादव लगायतकाले वहस गर्नुभएको थियो ।
यसैबीच वर्तमान सरकारले विभिन्न झुठा मुद्दाहरु फिर्ता लिने गृहकार्य गरिरहेको समयमा महोत्तरीमा भने आन्दोलनकै घटनामा संलग्न केही आन्दोलनकारीहरुमाथि पक्राउ पूँजी जारि गरिएको छ भने कतिपय मुद्दाहरु पर्ने क्रम जारी नै रहेको छ ।
सो आन्दोलनको क्रममा विभिन्न प्रहरी चौकीहरुमा आन्दोलनकारीहरुले आगजनी गरेका थिए । सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले विभिन्न १७ वटा गाविसमा यस्ता मुद्दा लगाउने गृहकार्य गरिरहेको प्रहरी श्रोतले जनाएको छ । १७ वटा मध्ये अहिलेसम्म प्रहरीले इटहर्वाकट्टी, सहोडवा (पिपरा), पर्सापतैली, मनरा, लोहारपट्टी, बलवा, भ्रमरपुरा, धिरापुर, औरही, गौशाला र रघुनाथपुर प्रहरी चौकीमा आगजनी तथा लुटपाट गरेको भन्दै मुद्दा दायर गरिसकेको छ । जसमध्ये चारवटा प्रहरी चौकीमा आगजनी गरेको घटनामा ३५ जना संलग्न रहेको भन्दै उनीहरुमाथि पक्राउ पुँजी जारी समेत भइसकेको अवस्था छ भने अन्यको कारवाही प्रक्रिया अगाडी बढाइसकिएको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार थप ७ वटा प्रहरी चौकीमा आगजनी र लुटपाट गर्ने ५३ जनामाथि कारवाही प्रक्रिया अगाडी बढाइसकिएको छ तर उनीहरुको पक्राउ पुजीँ अहिलेसम्म जारी नभएको श्रोतले जनाएको छ । महोत्तरीमा ३५ जनामाथि पक्राउ पुँजी जारी गरिएको छ । उनीहरुमाथि वारेन्टसहितको ७० दिने म्यादी पुँजी जारी गरिएको स्रोतको कथन छ ।
मधेश आन्दोलनको क्रममा भदौं २३ गते वुधबार महोत्तरीमा प्रहरीको गोली लागेर तिन तथा त्यसको दुई दिन नवित्दै २५ गते तिनजनाको गरी ६ जनाको मृत्यु भएको थियो । 
त्यसैगरी भदौ २५ गते आन्दोलनकारीको कुटपिटबाट सशस्त्र प्रहरीका असई थमनबहादुर विकको पनि मृत्यु भएको थियो । सोही घटनापश्चात आक्रोशित भएका आन्दोलनकारीहरुले विभिन्न गाउँमा रहेको प्रहरीचौंकीमा तोडफोड, आगजनी गरेका थिएँ ।
जिल्लाको मनरा १ स्थित खाद्य संस्थानको भवनमा रहेको प्रहरी चौकीमा स्थानीय आन्दोलनकारीहरुले भदौ २३ गते राति साढे ११ बजे, पिपरा ३ स्थित प्रहरी चौंकीमा भदौ २४ गते डेढबजे, पर्सापतैली प्रहरी चौंकीमा भदौ २४ गते साँझ ७ बजे तथा इटहर्वाकट्टीमा भदौ २४ गते बिहान ८ बजे, बलवा ३ स्थित प्रहरी चौकीमा भदौ २३ गते साँझ साढे सातबजे, लोहारपट्टी ४ वडा स्थित कृषि सेवा केन्द्रमा भदौ २३ गते राती १० बजे, गौशाला ७ स्थित डिउटी विटमा भदौ २१ गते साँझ साढे ४ बजे, रघुनाथपुर १ स्थित चौकीमा भदौ २३ गते राती १० बजे, धिरापुरमा भदौ २४ गते बिहान ८ बजे, औरही वडानं. ३ स्थित प्रहरी बिटमा भदौ २३ गते साँझ ६ बजे र भ्रमरपुरामा भदौ २४ गते बिहान सवा ७ बजे आगजनी गरिएको थियो । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीले सबै प्रहरी चौंकीमा आगजनी र लुटपाट गरेको भन्दै ८८ जनामाथि सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा १८ वमोजिम आगजनी र डाँकामुद्दा लगाएको छ । मुद्दा लगाइएका मध्ये ३५ जनामाथि साउन २८ गते शुक्रबार जिल्ला अदालतले पक्राउ पुँजी जारी गरिसकेको छ भने अन्य ५३ जनामाथि कारवाही प्रक्रियामा रहेको छ ।
पर्सापतैली चौंकीमा आगजनी र लुटपाट गरेको आरोपमा ८ जना, इटहर्वाकट्टीका १२ जना, पिपराका ८ जना र मनराका ७ जना गरी ३५ जनामाथि आगजनी र डाँका मुद्दा लगाइ पक्राउ पुँजी जारि गरिएको हो भने लोहारपट्टीका ८ जना, बलवाका १९ जना, भ्रमरपुराका ६ जना, धिरापुरका ४ जना, औरहीका ३ जना, गोशालाका ६ जना र रघुनाथपुरका ७ जनामाथि पनि मुद्दा लगाइएको छ ।
यसरी पक्राउ पुँजी जारि गरिएकाहरुमा पर्सापतैली चौकीमा आगजनी र लुटपाट गर्ने आरोपमा पर्सापतैली ७ का ५५ वर्षिय गुलाब राय, वडानं. ५ बस्ने वर्ष ३२ को सुशिल शर्मा भन्ने सुशिल राउत, वडानं. ६ बस्ने वर्ष ४५ को राम एकवाल कापर, वडानं. ३ बस्ने वर्ष ५० को राजाराम ठाकुर, वडानं. ४ बस्ने वर्ष ४५ को सुकेश्वर राउत, वडानं. ७ बस्ने राजेश मण्डल, वडानं. ५ बस्ने नागेन्द्र राउत, वडानं. ४ बस्ने नागे शर्मा भनने नागेन्द्र राउत रहेका छन् । 
त्यस्तै सहोडवा पिपरा चौंकीमा आगजनी गरेको आरोपमा पिपरा वडानं. २ बस्ने वर्ष ३५ को सन्तोष मिश्र, वडानं. ६ बस्ने वर्ष ३५ को श्रवण मण्डल, वडानं. ५ बस्ने वर्ष २३ को लक्ष्मण महासेठ, वडानं. ६ बस्ने वर्ष ५५ को रविन्द्र ठाकुर, वडानं. ८ बस्ने वर्ष ४५ को शेखर मिश्र, वडानं. ३ बस्ने वर्ष ३८ को महेन्द्र पासमान, वडानं. ३ बस्ने वर्ष ४० को चेतरु पासमान भन्ने रामनाथ पासमान र वडानं. ८ बस्ने वर्ष ३३ को संजय मिश्रमाथि पक्राउ पुँजी जारी गरिएको जनाइएको छ ।
त्यसैगरी इटहर्वाकट्टी चौंकीमा आगजनी गरेको आरोपमा इटहर्वाकट्टी ७ बस्ने वर्ष ५५ को राजनकुमार सिंह, वडानं. ८ बस्ने वर्ष ५१ क जितेन्द्र चौधरी, वडानं. ८ का ५१ वर्षिय राजिव ठाकुर पाण्डे, वडानं. ९ बस्ने वर्ष ३५ को विमेलश चौधरी, वडानं. ७ बस्ने वर्ष ४० को चन्दे पासमान, वडानं. ८ बस्ने वर्ष ३५ को लालबाबु ठाकुर, वडानं. ८ बस्ने वर्ष ३५ को पंकज ओझा, वडानं. ८ बस्ने वर्ष ३२ को लवदेव ओझा, वडानं. ७ बस्ने वर्ष ४० को मोहन पाण्डे भन्ने बिनयकुमार पाण्डे, वडानं. ५ मा बस्ने वर्ष ४५ को जयराम तिवारी, वडानं. ७ मा बस्ने वर्ष ४२ को सुरेश सिंह भन्ने सुरेश पाण्डे र वडानं. ९ मा बस्ने ३५ वर्षिय सुरेश चौधरी भन्ने सुरेश पण्डितलाई पनि पक्राउ पुँजी जारि गरिएको छ ।
त्यस्तै मनराकट्टी प्रहरी चौकीमा आगजनी गरेको आरोपमा मनराकट्टी वडानं. ७ मा बस्ने वर्ष २२ का राजनकुमार सिंह, सोही वडा बस्ने वर्ष २० को शनिकुमार सिंह, सोही वडा बस्ने वर्ष १८ को सोनुकुमार सिंह, वडानं. ८ बस्ने २० वर्षिय अभिषेककुमार सिंह, सोही वडाबस्ने १७ वर्षिय नुनु कुमार सिंह, वडानं. ६ मा बस्ने वर्ष १९ को गोपाल सिंह र वडानं. १ मा बस्ने वर्ष २२ को दिपुकुमार सिंह भुमिहारमाथि पनि पक्राउ पुँजी जारि गरिएको स्रोतले जनाएको छ ।
त्यसैगरी रघुनाथपुर प्रहरी चौकीमा आगजनी र डाँका गरेको आरोपमा रघुनाथपुर वडानं. ६ बस्ने वर्ष ४० को भरत यादव, सोही ठाउँ बस्ने वर्ष ४५ को फुलबाबु यादव, वर्ष २४ को जितेन्द्र यादव, वडानं. ५ बस्ने वर्ष ३५ को दयाराम पटेल, सोनमा वडानं. ५ बस्ने वर्ष ५२ को देवेन्द्र यादव भन्ने देवेन्द्रकुमार यादव, वडानं. २ बस्ने वर्ष ३२ को राजाराम यादव भन्ने राजकुमार यादव, वडानं. ५ बस्ने वर्ष ३२ को मनोज यादव भन्ने मनोजकुमार यादवलाई आरोपित गरिएको छ । 
त्यस्तै गौशालामा आगजनी मुद्दामा गौशाला ६ बस्ने वर्ष ४० को रिझन महतो, वडानं. ५ बस्ने वर्ष ४० को हरिनारायण साह, वडानं. ३ बस्ने वर्ष २७ को हरीनारायण महतो, वडानं. ९ बस्ने वर्ष ३० को गुदर महतो, फुलकाहा वडानं. ३ बस्ने वर्ष ३७ को बिजय साह, सोनामाई वडानं. ३ बस्ने वर्ष ३६ को बेचन ठाकुर भन्ने बिरेन्द्र ठाकुरलाई पनि आरोपित बनाइएको छ ।
त्यसैगरी औरही प्रहरी बिटमा आगजनी गरेको आरोपमा औरही वडानं. ५ बस्ने वर्ष ३० को ओमेन्द्र यादव, वडानं. ३ बस्ने वर्ष ४५ को घनश्याम यादव, वडानं. ५ बस्ने वर्ष ४५ को सत्यनारायण यादवमाथि पनि मुद्दा चलाइएको छ भने धिरापुर अस्थाई प्रहरी चौकीमा पनि आगजनी गरेको भन्दै धिरापुर वडानं. ३ बस्ने वर्ष ३२ को रामप्रवेश मण्डल, वर्ष ४३ को विपिन झा, वर्ष ४३ को मकेश्वर ठाकुर र वडानं. ४ बस्ने वर्ष ४० को संजय रायमाथि पनि मुद्दा चलाइएको श्रोतले जनाएको छ ।
त्यस्तै सुरक्षानिकायले भ्रमरपुरा वडानं. ८ मा रहेको प्रहरी चौकीमा आगजनी गरेको आरोपमा भ्रमरपुरा ७ बस्ने वर्ष ४७ को मनिर राईन, वडानं. २ बस्ने वर्ष ४२ को गणेश ठाकुर, वर्ष २५ को राजीव ठाकुर, वडानं. ७ बस्ने वर्ष ४५ को नसिव राईन, वडानं. २ बस्ने वर्ष ४० को सुनिल शर्मा, वडानं. ७ बस्ने वषृ ४७ को राममिलन मण्डलमाथि पनि मुद्दा चलाएको छ । 
प्रहरीले लोहारपट्टी वडानं. ४ स्थित रहेको जिल्ला कृषि सेवा भवनमा रहेको इलाका प्रहरी कार्यालयमा आगजनी र डाँका गरेको आरोपमा लोहारपट्टी ७ बस्ने अब्दुल रहिम, वडानं. ४ बस्ने उपेन्द्र मण्डल, वडानं. ६ बस्ने उषमान शेष, वडानं. ४ बस्ने विजय ठाकुर, वडानं. ६ बस्ने ओपी मण्डल, वडानं. ३ बस्ने लालबाबु साह, वडानं. ४ बस्ने अरुण मण्डल र धमौरा ३ बस्ने वर्ष ४८ को भरत ठाकुरमाथि पनि मुद्दा चलाइएको जनाइएको छ ।
सुरक्षाकर्मीले वलवा वडानं. ३ स्थित इलाका प्रहरी चौकीमा आगजनी र डाँका गरेको भन्दै १९ जनामाथि मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भएकाहरुमा बलवा ६ बस्ने वर्ष ४१ को अजय यादव, वडानं. ७ बस्ने वर्ष २५ को रमेश यादव, वडानं. ३ बस्ने वर्ष २८ को जयकिशोर भन्ने जय कुमार राउत, वडानं. ३ बस्ने वर्ष ४५ को वैद्यनाथ झा भन्ने बिकरु झा, वडानं. ८ बस्ने वर्ष ३८ को बिजय सिंह महतो भन्ने बिजयकुमार महतो, वडानं. ६ बस्ने वर्ष ३२ को मनोजकुमार यादव, सरपल्लो वडानं. १ बस्ने वर्ष ३७ को सरोज सिंह, वर्ष ३१ के सुनिल महतो, वडानं. ३ बस्ने वर्ष ३८ को बिनोद गामी, वडानं. ६ बस्ने वर्ष ३५ को राजदेव चौधरी,    वडानं. ५ बस्ने वर्ष २६ को विवेक साह, बलवा ३ बस्ने वर्ष २० को लला नादाफ मिया, वडानं. ३ बस्ने वर्ष ५० को जिवछ साह, वर्ष ३२ को सुमित झा, बनौटा ८ बस्ने वर्ष २६ को बलिराम यादव, सरपल्लो ६ बस्ने वर्ष ३२ को  बिनोद साह, वडानं. २ बस्ने वर्ष ३२ को संजय यादव, पडौल २ बस्ने वर्ष २१ को कारी भन्ने रामशरण यादव र वडानं. ९ को वर्ष २७ को सुनिल दास रहेका छन् ।
इटहर्वाकट्टी प्रहरी चौकीका प्रसनि जगन्नाथ चौधरी, पर्सापतैली प्रहरी चौकीका प्रसनि भेषबहादुर कार्की, सहोडवा प्रहरी चौकीका प्रसनि श्यामकुमार आले, मनरा प्रहरी चौकीका सनि दिपेन्द्रप्रसाद जैसवाल, रघुनाथपुरका प्रसनि मनोज पासवान, गौशालाका प्रसनि कृष्णबहादुर थापा तथा प्रनानि रामबाबु राय यादव, औरहीका प्रसनि बब्लुकुमार ठाकुर, धिरापुरका प्रसनि हरेन्द्रप्रसाद यादव, भ्रमरपुराका प्रसनि नितेन्द्र झा, लोहारपट्टीका प्रनानि अरुण राय र बलवाका प्रनानि गोपाल यादवले दिएको प्रतिवेदनको आधारमा मुद्दा दिइएको हो । 
इटहर्वाकट्टीका प्रसनी चौधरीको प्रतिवेदनमा ४४ हजारको सामग्रीमा आगजनी तथा ४१ हजार ६ सयको सामग्री लुटिएको, पर्सापतैलीका प्रसनी कार्कीको प्रतिवेदनमा १ लाख १७ हजारको सामग्रीमा आगजनी तथा ५० हजारको सामग्री लुटिएको, सहोडवाका प्रसनि आलेको प्रतिवेदनमा ६ लाख ५३ हजार ५ सयको सामग्री आगजनी तथा ९० हजारको सामग्री लुटिएको तथा मनरा चौकीका सनि जैसवालको प्रतिवेदनमा २ लाख ८० हजार आगजनी तथा ८८ हजारको सामग्री लुटिएको उल्लेख गरेका छन् ।
त्यसैगरी बलवा प्रनानि यादवको प्रतिवेदनमा १ लाख ९१ हजार ३ सयको सामग्रीमा आगजनी र ५ लाखको सामग्री लुटिएको, लोहारपट्टीका प्रनानि रायको प्रतिवेदनमा १ लाख ८२ हजारको सामग्रीमा आगजनी र ६ हजारमा डाँका, भ्रमरपुराका प्रसनि नितेन्द्र झाको प्रतिवेदनमा १ लाख २ हजारको सामग्रीमा आगजनी, धिरापुरको प्रसनि यादवको प्रतिवेदनमा ५३ हजारको सामग्रीमा आगजनी, औरहीका प्रसनि ठाकुरको प्रतिवेदनमा १ लाखको सामग्रीमा आगजनी गरिएको उल्लेख छ ।
त्यस्तै गौशालाका प्रनानि यादव र थापाको प्रतिवेदनमा १ लाखको सामग्रीमा आगजनी र रघुनाथपुरका प्रसनि पासवानको प्रतिवेदनमा ४० हजारको सामग्रीमा आगजनी र ८ लाख २८ हजारको सामग्री लुटिएको उल्लेख गरिएको छ ।  
यता आन्दोलनको समयमा भएको विभिन्न घटनाहरुको मुद्दा फिर्ता भइरहेको समयमा प्रहरीले सुनियोचित तरिकाले आन्दोलनकारीहरुलाई फँसाइरहेको भन्दै यस्तो कार्यको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष रामनरेश राय तथा तराई मधेश समाजवादी पार्टीका जिल्ला सदस्य गजेन्द्र गुप्ताले आपत्ति प्रकट गर्नुभएको छ ।
उहाँले सरकार र मधेशी मोर्चाको सहमती पश्चात आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दाहरु फिर्ता लिने गृहकार्य भइरहेको समयमा जिल्लामा फेरी पक्राउ पुँजी जारी गरिएकोप्रत्ति आश्चर्य व्यक्त गर्नुहुदै उहाँहरुले तत्कालै यो कार्य बन्द गर्नुपर्ने वताउनुभएको छ ।
त्यसैगरी कानुनविद अधिवक्ता विकरु यादवले पनि यस्तो कार्यले सरकार र मधेशी मोर्चाको सम्वादमा खलल पुग्ने र यसले अन्य समस्या ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो,‘एकातर्फ सरकारले मुद्दा फिर्ताको तयारी गर्ने र अर्को तर्फ आन्दोलनकारीहरुलाई हतोत्साहित गर्ने गरी पक्राउ पुँजी जारी गरिनु विवादास्पद हो, यो समस्याको समाधान गरिनुपर्छ ।’